The post यसरी सक्रिय थिए प्राधिकरणका सिइओ पोख्र्रेल पार्टीको गतिविधिमा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wB5nuE via IFTTT
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक संजिव गौतमलाई हटाउने योजनामा रहेका पर्यटन मन्त्री जितेन्द्रनरायण् देव असफल भएका छन्। मन्त्री देवको उक्त योजनामा निर्वाचन आयोगले ब्रेक लगाइदिएको छ।
निर्वाचन आयोगको सहमति बिना गौतमलाई सरुवा गरिएको र उक्त कार्य आचारसंहिता बिपरीत भएको भन्दै आयोगले आचारसंहिता उलंघनको आरोपमा मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ।
मन्त्री देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई गत ९ गते सरुवा गरेका थिए। उनले आचारसंहिता विपरित काम गरेको पुष्टि भएकाले उपस्थित भएरै स्पष्टिकरण दिन निर्देशन दिएको आयोगले जनाएको छ।
The post महानिर्देशक हटाउन पर्यटन मन्त्री ‘असफल’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xlPibJ via IFTTT
काठमाडौं । सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक अवस्था र समस्याबारे छलफल गर्न तीनै राजदूत संसदीय समितिमा
सरकारले दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो ।
सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको हो । समितिमा उनीहरूले आफ्नो काम, भूमिका, ती देशमा नेपालको अवस्था र महत्त्वबारे प्रस्तुति दिनेछन् ।
ती प्रस्तुतिमा मन्त्रालयसँगको समन्वय र मन्त्रालयले गर्ने ‘रेसपोन्स’ लाई समेत ध्यान दिइने जनाइएको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल काठमाडौं आइसकेका छन् ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय बिहीबार बिहान आइपुग्नेछन् ।
नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्व शक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न लागेको हो ।
The post भारत, चीन र अमेरिकाका राजदूतलाई किन डाकियो काठमाडौं ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xWvZYJ via IFTTT
काठमाडौं । नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । यसको गृहकार्य गर्न कार्यदल बनेको छ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेको भोलिपल्ट कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउन पहल गर्ने निर्णय लिएको थियो ।
लगतै बालुवाटारमा ६ दलको बैठक बस्यो, जसमा चुनावी गठबन्धन बनाउने सहमति जुटेको छ । ‘सिटको बाँडफाँड कसरी गर्ने भनेर सात सदस्यीय कार्यदल बनेको छ’ राजपा नेता राजेन्द्र महतोले भने ।
कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन् ।
तीन वाम दलले मोर्चाबन्दी गरेकाले लोकतान्त्रिक गठबन्धन आफूहरुको बाध्यता भएको नेता महतोले बताए ।
कांग्रेस नेता विमलेन्द्र निधिले यो गठबन्धनसँग बहुमत भएकाले सरकार बनाउन सक्ने बताए । साथै उनले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै समयमा हुने बताए ।
The post वाम गठबन्धनलाई टक्कर दिदै बन्यो कांग्रेस नेतृत्वमा ६ दलिय लोकतान्त्रिक गठबन्धन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2y0xBCi via IFTTT
काठमाडौं । एमाले–माओवादी केन्द्रबीच हुन लागेको चुनावी तालमेल र पार्टी एकीकरणको विषयमा दुबै पार्टीभित्र खैलाबैला मच्चिएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझीको दवावमा एमालेसँग एकीकरणको चर्चा चलिरहेको छ । श्रेष्ठ र रायमाझीले नै एमालेसँग पार्टी एकीकरणको दवाव दिएका हुन् ।
हुन त एक महिना अगाडि नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्दै छन् भन्ने समाचार सम्प्रेषण गरेको थियो । समाचार सम्प्रेषण भएपछि श्रेष्ठले फेसबुकमा स्ट्याटस लेखेर खण्डन गरेका थिए ।
तर, नेता श्रेष्ठले फेसबुकमा लेखेको स्ट्याटसको मसी सुक्न नपाउँदै माओवादी केन्द्र एमालेसँग एकीकरण गर्ने निर्णय सोमबार बेलुका बाहिरिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको निर्णय र एमालेले गरेको सहमतिसँगै समाचारको पुष्टि भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र आफ्नो पार्टीलाई उचाइँमा लगीरहेका बेला एकाएक एमालेसँगको पार्टी एकीकरणले दुबै पार्टीभित्र असन्तुष्टि बढेको हो । प्रचण्डको लोकप्रियता समाप्त पार्न केपी ओलीको डिजाइनमा श्रेष्ठ र रायमाझीले भूमिगतशैलीमा काम गरेको आरोप छ ।
एमालेका अध्यक्ष केपी ओलीको आर्थिक र व्यक्तिगत पदीय स्वार्थमा लोभिएका नेता श्रेष्ठको दवावमा माओवादी केन्द्रलाई समाप्त पार्न लागेको नेताहरूको भनाइ छ । श्रेष्ठलाई माओवादी केन्द्रका अर्का नेता टोपबहादुर रायमाझीले साथ दिइरहेका छन् ।
स्रोतका अनुसार माओवादी केन्द्रलाई एमालेमा बिलय गराउन नेता श्रेष्ठ र रायमाझीले ओलीसँग ३० करोड रुपियाँ लिएका छन् । सो रकम चीनले ओलीलाई उपलब्ध गराएको दाबी गरिएको छ ।
माओवादी केन्द्रले स्थानीय तहमा जितेको सिट संख्या र प्रचण्डले पाएको राजनीतिक उचाइँलाई एमाले र माओवादी केन्द्रका नारायणकाजीसहितका नेताहरूलाई फिटिक्कै मन नपरेको बताइन्छ । सोही कारण माओवादी केन्द्र र प्रचण्डलाई डुबाउन यति ठूलो ‘गेमप्लान’ ओलीसहितका एमाले नेताहरूले गरेको खुलासा भएको छ ।
कांग्रेसका कारण माओवादी केन्द्रले स्थानीय तहमा उल्लेख्य सिट जितेको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताउँदै आएका छन् ।
प्रदेश र संसदको निर्वाचन आउन थोरै समय हुँदा एमालेका नेताहरूको भ्रममा परेर हुन लागेको चुनावी तालमेल र पार्टी एकीकरणको कुरालाई माओवादीभित्र रुचाइएको छैन । एमालेका बहुमत नेताहरूले पनि यो विषयलाई नरुचाएको बताइएको छ । रिपब्लिक दैनिक
The post यी हुन् माओवादी सिध्याउन ओलीसँग ३० करोड लिने नेता ! के होला त पार्टी एकीकरण ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gb9ffP via IFTTT
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको तयारीका लागि बनाएको पार्टी एकता संयोजन समितिबाट एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल बाहिरिएका छन् ।
एमालेले संयोजन समितिमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई राखेको थियो । तर, झलनाथ खनाललाई हटाएर एमालेले उनको स्थानमा महासचिव ईश्वर पोखरेललाई संयोजन समितिमा ल्याएको हो ।
माओवादी केन्द्रबाट भने अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ संयोजन समितिमा रहेका छन् । झलनाथलाई हटाएर ईश्वर पोखरेललाई ल्याउनुको कारण खुल्न सकेको छैन् ।
The post पार्टी एकता संयोजन समितिबाट झलनाथ खनाल आउट, ओलीले कसलाई भित्र्याए ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yVdzHG via IFTTT