काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको तयारीका लागि बनाएको पार्टी एकता संयोजन समितिबाट एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल बाहिरिएका छन् ।
एमालेले संयोजन समितिमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई राखेको थियो । तर, झलनाथ खनाललाई हटाएर एमालेले उनको स्थानमा महासचिव ईश्वर पोखरेललाई संयोजन समितिमा ल्याएको हो ।
माओवादी केन्द्रबाट भने अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा ‘बादल’ संयोजन समितिमा रहेका छन् । झलनाथलाई हटाएर ईश्वर पोखरेललाई ल्याउनुको कारण खुल्न सकेको छैन् ।
The post पार्टी एकता संयोजन समितिबाट झलनाथ खनाल आउट, ओलीले कसलाई भित्र्याए ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yVdzHG via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका संसद भंग गर्ने तयारी गरेका छन् । एमालेसँग एकताका नाममा प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्ने अवस्था आएलगत्तै देउवाले तुरुन्तै संसद भंग गर्ने बालुवाटारको उच्च स्रोतले बतायो ।
यसका लागि देउवाले आन्तरिक तयारी समेत गरिसकेका छन् । उनले सरकारका कानूनी सल्लाहकार (महान्यायाधिवक्ता) र प्रधानन्यायाधीश गोपाल पराजुलीसँग परामर्श गरिरहेका छन् । उनीहरुले देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै कानूनी रुपमा संसद भंग गर्न सकिने सुझाव दिएका छन् ।
अब प्रधानमन्त्री देउवाले संसद भंग गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाउने कसरत पनि थालिसकेका छन् । गठबन्धन भत्किएलगत्तै क्याविनेट बैठकबाट संसद भंगको निर्णय अनुमोदन गराउँदै देशबासीका सम्बोधन गर्ने योजनामा देउवा छन् । त्यसपछि मात्रै राष्ट्रपतिलाई भेट्ने तयारीमा रहेको स्रोतको दाबी छ । स्रोत भन्छ– ‘यसो गर्दा संसद भंग गर्ने निर्णय अनुमोदन गर्न राष्ट्रपतिमाथि पनि दबाब पर्छ ।’
संसद भंग गरेर गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने
बालुवाटार उच्च स्रोतका अनुसार देउवाले संसद भंग गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारी समेत गरेका छन् । संविधान सभाको दोस्रो चुनावका बेला तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाएजस्तै देउवाले पनि पराजुलीलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउन प्रधानमन्त्री बनाउने तयारी गरेका हुन् । स्रोतका अनुसार यो कदम चाल्दा चुनाव केही दिन सर्ने अवस्था आउनसक्छ । यसमा देउवालाई कुनै पछुतो नहुने र अचानक आएको राजनीतिक घटनाक्रमले यो कदम उठाउनेसक्ने सम्भावना छ ।
The post संसद भंग गरेर गोपाल पराजुलीलाई प्रधानमन्त्री बनाउने तयारीमा देउबा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xVU7Mm via IFTTT
काठमाडौं । माओवादी केन्द्र को पदाधिकारी बैठकमा एमाले सँगको पार्टी एकताबारे छलफल भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।
“पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले भने ।
एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।
The post एमालेसँग पार्टी एकता गर्नेबारे माओवादीमा छलफल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xcjye4 via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2yEw5mN
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2hFq85T
काठमाण्डौ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भर्खरै सम्पन्न स्थानीय चुनावमा उम्मेदवार छनोट गर्दा पक्षपात भएकाले आरोप लगाएकी छिन् । उम्मेदवार छनोट गर्दा पक्षपात भएका कारण कांग्रेसले राम्रो परिणाम ल्याउन नसकेको उनको भनाई छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने पक्षपात नगरी योग्य उम्मेदवार छनोट गर्न पनि उनले जोड दिइन् ।
विराटनगरस्थित गिरिजाप्रसाद कोइराला प्रतिष्ठानमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब हुने निर्वाचनमा गुटबाट माथि उठेर कार्यकर्ताको माझबाट छनोट भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताइन् ।
The post उम्मेदवार छनोटमा पक्षपात भएको कोइरालाको आरोप appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x8KyGe via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2fS3SSz