दोलखा,२० चैत्र । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति शैलुङ्ग गाउँपालिकाको ५ वर्ड को युबा विरोध गर्ने जनाएको छ। ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचाहेको र सडक विभागले ठेक्का तोड्न नचाहेको कारण सडक निमार्ण कार्यमा ढिलाई भएको शैलुङ्ग गाउँपालिकाका एक युबा पासङ घिसिङ द्वारा उल्लेख गरिएको छ । ‘‘समयमै सडक निमार्ण नहुँदा हिउँदमा धुँवा, धुलो र खाल्डाखुल्डी तथा बर्षायाममा हिलोको समस्याले नियमित रुपमा यातायात शुचारु नहुँदा यस क्षेत्रका नागरिकले बार्षिक करोडौँको क्षति व्यहोर्नु परेको छ’’। २०५४ सालमा ट्र्याक खनेर शुरु गरेको सडक निमार्ण कार्य एक हप्ताभित्र शुरु गरी २ महिनाभित्र नसकेमा सम्पुर्ण युबाको सहयोग लिएर सडक डिबिजन घेराउको चेतावनी दिएको छ । २०७१ असार ३१ मा १८ करोडको लागतमा २ बर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी लामा विल्डर्ससँग ठेक्का सम्झौता भएको भएपनि ठेकेदारले विविध कारण देखाई तोकिएको अवधिमा काम गर्न नसकेकोले एक बर्ष समय थप गरिएको थियो । थपिएको समयमा पनि सन्तोषजनकरुपमा काम नभएको भन्दै सैलुङ गाउँपालिका छ्हरे युबा क्लब युबा नेता पासङ घिसिङ्ले बताईएको छ । शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाभित्र पर्ने यो सडक खण्ड निमार्ण पश्चात्त पर्यटकिय स्थलको रुपमा चर्चित शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकास र त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुले राम्रो बजार पाउने देखिएको छ ।यदि सड्क डिभिजनले पनि अटेर गरेको खण्डमा अर्को दोस्रो आन्दोलनको कार्यक्रम तुरुन्त घोषणा गर्ने चेतावनी दिएको छ ।
The post मुडे–मेलुङ्ग सडक समयमै नबने सैलुङ गाउँ पालिका सड्क डिबिजन घेराउ गर्ने चेतावनि appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oNcCv1 via IFTTT
काठमाडौँ,२० चैत्र । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराई पक्राउ परेका छन् ।
निर्वाचन आयोग धर्ना दिन गएका भट्टराई सहित नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल पनि पक्राउ परेका छन् ।
उनीहरुलाई आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालय अगाडीबाट पक्राउ गरिएको विश्वस्त सुत्रले जनाएको छ ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार भट्टराईसहित नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी पनि पक्राउ परेकी छिन् । पक्राउ परेका नेताहरुलाई ट्रकमा राखेर लगेको र तल्लो स्तरको ब्यबहार गरेको पाण्डेले बताए ।
स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका पाँच दर्जन दलले कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिइरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
The post पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईलाई प्रहरीले गर्यो पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nNJczf via IFTTT
डोटी २० चैत । डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा भिषण आगलागी भएको छ ।
व्यस्त बजारमा रहेको पम्पमा आगो लागेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । अहिलेसम्म ६ वटा पसल जलेर नष्ट भइसकेका छन् ।
२ वटा मोटरसाइकल पनि जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै नियन्त्रणमा अएको छैन । दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरिरहेको बताईएको छ ।
आगलागीका कारण पम्प सँगैको राष्ट्रिय बाणिज्य बैंकमा पनि आगो सल्किएको छ । आगलाागीका कारण अहिलेसम्म मानवीय क्षति भएको छैन । पेट्रोल अनलोड गर्ने क्रममा टयाँकरमा आगो सल्किएको अनुमान गरिएपनि बास्तविक कारण भने खुल्न सकेको छैन ।
The post दिपायलमा पेट्रोल पम्पमा आगलागी, आगो नियन्त्रण बाहिर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2opk4zW via IFTTT
२० चैत, एजेन्सी ।
भारतीय चर्चित कमेडियन कपिल शर्मा २ एप्रिलमा ३६औँ जन्मदिन मनाइरहेका छन् । हिजोआज कपिल आफ्नो शोभन्दा बढी सहकर्मी सुनिल ग्रोभरलाई कुटपिट तथा गाली–बेइज्जती गरेको विवादलाई लिएर चर्चामा छन् ।
यस्तै, कपिलका १२ विवादका बारेमा जान्नुहोस्
१. मदिराको नशाामा कुटपिट – यसअघि पनि कपिललाई मदिरा सेवन गरी सहकर्मीलाई पिटेको आरोप लागिसकेको छ । एक अन्तरराष्ट्रिय फिल्म फेस्टिभल अवार्डको अवधिमा कपिलले निक्कै मदिरा पिएका थिए ।
उनले त्यसबेला मोनाली ठाकुर, तनिषा मुखर्जी र अन्य महिला पाहुनालाई पनि पिटेका थिए । कथित पूर्वप्रेमिका प्रीति सिमोस पनि कपिलको दुव्र्यवहार सहन नसकेर कार्यक्रम छोडेर हिडेको पनि समाचार आएको थियो ।
२. कलर्स टिभीसँगको विवाद – जतिबेला कपिल आफ्नो शो ‘कमेडी नाइट्स विद कपिल’ कलर्सबाट प्रसारण गर्दै थिए, त्यस ममय कलर्स च्यानलसँगको विवाद पनि बढ्दो थियो । विवाद बढ्दै जाँदा कपिलले कलर्स टिभि नै छोडिदिए ।
आज पनि कपिल र कलर्सबीचको सम्बन्ध राम्रो छैन । कपिल भन्छन्, ‘कमेडी नाइट्स विद कपिल’को कन्सेप्टमाथि अर्को शो ‘कमेडी नाइट बचाओ’ सुरु गरिएकाले बन्द गर्न बाध्य भइयो ।’ तर, यता कलर्स टिभिका अनुसार, कपिलले आफ्नो स्टारडम सम्हाल्न सकेनन् त्यसैले यस्तो भए ।
३. सन्नी लियोन शोमा नबोलाएको – सन् २०१४ मा कपिल शर्माले अभिनेत्री सन्नी लियोनलाई आफ्नो शोमा ल्याउँन अस्विकार गरेका थिए, किनकि उनी एक पोर्नस्टार थिइन् ।
त्यस समय सन्नी आफ्नो फिल्म ‘ज्याकपट’को प्रचारका लागि आउँन चाहान्थिन्, त्यसअघि ‘रागिनी एमएमएस–२’को प्रचारका क्रममा पनि कपिलले सन्नीलाई शोमा आउन रोकेका थिए ।
४. कपिलसँग रिसाएर सुनिलले छोडेका थिए शो – सन् २०१३ मा सुनिल ग्रोभरले ‘कमेडी नाइट विद कपिल’ शो छोडेका थिए । ‘गुत्थी’को भूमिका चर्चित हुँदै जाँदा सुनिलले कपिल बराबरको फि मागेका करण विवाद उत्पन्न भएको थियो ।
यद्यपी, सुनिलले भने खबरको खण्डन गर्दै सम्झौताको मिति सकिएपछि छोडेको बताएका थिए ।
५. एजाज खान रहेको एपिसोड प्रसारण नगरेको आरोप – अभिनेता एजाज खान आएको श्रृंखलाको कार्यक्रम नगरेको आरोप कपिल शर्मामाथि एजाजले लगाएका थिए, जुन २०१४ को एप्रिलमा निक्कै चर्चामा रह्यो ।
तर, कपिलले त्यस श्रृंखला प्रसारण नहुनुमा आफ्नो गल्ति नभएको बताएका थिए, यता एजाजले भने श्रृंखला कपिलले रोकेको बताएका थिए ।
६. ‘हेट स्टोरी–२’ फिल्मको टिमलाई बहिष्कार गरे – सन् २०१४को जुलाईमा वयस्क दृश्य बोकेको फिल्म ‘हेट स्टोरी–२’को टिमलाई आफ्नो शोमा प्रचार गर्नबाट अस्विकार गरेका थिए । यद्यपी, कपिलले कलर्स च्याननले नै फिल्मकी अभिनत्री सुरविन चावलालाई नबोलाउँने फैसला गरेको बताएका थिए ।
७. गर्भवती महिलाको उपहास गरेको आरोप – ‘कमेडी नाइट्स विद कपिल’ शो अवधिमा एक श्रृंखलामा कपिलले गर्भवती महिलाको खिल्ली उडाएका थिए । जसको विरोध भारतीय विभिन्न महिला संगठनले गरेका थिए । यसका लागि कपिलले माफी नै माग्नु परेको थियो ।
८. नर्सको खिल्ली उडाएको आरोप – गत मे महिनामा कपिलको शो माथि नर्सको खिल्ली उडाएको भन्दै युपी राजकीय नर्स संघले अल इन्डिया गभरमेन्ट नर्सेज फेडरेशनसँग मिलेर विरोध दर्ता गराएका थिए र कपिलले यसमा पनि माफी मागेका थिए । नर्सहरुले किकु शारदा र रोशेल रावले निर्भाह गरको भूमिका असमानजनक रहेको बताएका थिए ।
९. फिल्मबाट निकालिएका थिए कपिल – कपिल शर्मा एक पटक ‘बैंक चोर’ नामक फिल्ममा अनुबन्धित भएको खबर आएको थियो । तर, योभन्दा बढी चर्चा कपिलले फिल्म छोडेको खबरको थियो । खबर अनुसार, त्यस फिल्ममा कुनै पनि अभिनेत्री कपिलसँग काम नगर्ने बताएपछि कपिललाई फिल्मबाट निकालियो ।
१०. ट्विटरमा कपिल र केआरकेबीचको भिडन्त – कपिललाई ‘बैँक चोर’ फिल्मबाट निकालिएपछि उनी कमाल आर खानको निशानामा परे । कमालले नरगिस फखरीले कपिलसँग काम गर्न नचाहेको ट्विट गरेका थिए ।
कमालको ट्विटलाई जवाफ दिँदै कपिलले ‘मेरो शोमा आउनअघि एक पटक फोन गरेर आऊँ, पंजाबीसँग कसरी व्यवहार गर्ने सिकाउँछु भनेका’ थिए । उनीहरुबीचको सवाल–जवाफले निक्कै चर्चा पायो ।
११. सीसीएलको अवधिमा कपिलको नाटक – सन् २०१४ को सीसीएलमा होस्टको रुपमा कपिलले १.२५ करोड रुपैयाँ मागेका थिए । उनको यो माग पुरा भयो, तर कपिल यस कारण नाटक गरिरहे, किनकि उनलाई भेनिटी भ्यान उपलब्ध गराइएको थिएन । यद्यपी, पछि कपिलले माफि मागेका थिए ।
१२. नरेन्द्र मोदीलाई ट्विटरमा भ्रष्टाचारको आरोप – गत बर्ष तत्कालिन भारतीय प्रधानमन्दी नरेन्द्र मोदीलाई भ्रष्टाचार विरुद्ध एक ट्विट गरेको विवादमा फंसेका थिए । तर, पछि उनले आफ्नो ट्विटमा व्यक्त चिन्ता कुनै राजनीतिक दल वा नेताप्रति आरोप नभएर अनुभव साटेको बताएका थिए ।
The post ३६ बर्ष पुगे कमेडियन कपिल शर्मा, फसे यी १२ ठूला विवादमा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2opfMco
via IFTTT
२० चैत, एजन्सी । अभिनेता शाहिद कपूरकी पत्नी मीरा राजपूतको परिचय कुनै फिल्म अभिनयसँग जोडिएको छैन । एक साधारण युवतीलाई एक स्टारले विवाह गरेपछि एकाएक चर्चामा आइन् र अब मिरा पनि फिल्ममा देखिने बताइएको छ ।
हिजोआज मीरालाई धेरै फिल्मको अफर आइरहेको बताइएको छ । मिरा आफ्ना सेलिब्रेटी श्रीमान् शाहिदसँग सबैजसो कार्यक्रममा सहभागी भएको देखिन्छ । मिराले मिडियाको अगाडि पहिलो पटक ‘कफि विद करण’मा डेब्यु गरिन् । त्यसबेला मीराले फिल्म ‘पद्मावती’मा काम गर्न चाहेको इच्छा व्यक्ति गरेकी थिइन् ।
यद्यपी, मीराले अफर गरिएका सबै फिल्म अस्विकार गरिरहेको पनि बताइएको छ । शाहिदले पनि एक अन्तरवार्तामा अहिले नै मीराको फिल्ममा आउँने कुन मनसाय नभएको बताए ।
The post शाहिद पत्नी ‘मीरा’ अब फिल्ममा देखिने ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nsS9ed
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nYhn88
१९ चैत । मोडलिङ तथा एक्टिङको लागि रुप रंग संगै शारिरिक उचाई पनि उत्तिकै महत्वपुर्ण छ । हलिउडमा मात्र होइन बलिउडमा पनि लामो उचाई भएका नायिका प्रशस्तै छन् । जसमा अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना क्याफ लगायतका चर्चित हिरोइनहरु छन् ।
तर यस सन्दर्भमा १९९० देखि २००० को दशकमा धेरै लामो उचाई खासै चल्न सकेन । किनकी हिरोइनको अगाडि हिरो नै होचा देखिन्थे । र लामो उचाई भएकै कारण तिनै हिरोइनले कतिपय चर्चित फिल्म तथा हिरोसंग खेल्ने पाउदैनथे । त्यहि उचाई पछि गएर आफ्नै लागी बोझ बन्न पुग्यो ।
१.पुजा बन्ना -५ फिट ९ इन्चकी पुजा फिल्म विरासतबाट चर्चामा आएकी हुन् । एकपटक उनले भनेकी थिइन् कि लामो उचाइ भएकै कारण कुनैपनि हिरो संगै काम गर्न तयार हुँदैनन् । लामो उचाई भएकै कारण उनले सजिलै फिल्ममा प्रवेश हुन पाउन्नथिन् ।
२. शिल्पा सेट्टी- शिल्पालाई बलिउडमा ग्ल्यामरसकी मम्मी भनेर चिनिन्छ । तर उनको फिल्मी करियरका शुरुवाती दिनमा उनको मान्यता खासै थिएन । कारण थियो उनको अति लामो उचाई । शिल्पाको अगाडि शाहरुख खान, सलमान खान र अमिर खान लगायत हिरो होचा देखिन्थे । उनको उचाई ५ फिट ८५ इन्च रहेको छ ।
३. सुस्मिता सेन -मिस युनिभर्स समेत रहेकी सुस्मितालाई फिल्म मेने प्यार क्यु कियामा सलमान भन्दा आफ्नो उचाई बढि भएकै कारण उनले थुप्रै तनाब सहनु परेको थियो । उचाइ कै कारण उनले कतिपय फिल्म रिजेक्ट समेत गर्नुपर्दछ । सुस्मितको उचाई ५ फिट ९५ इन्च रहेको छ ।
४. सोनाली -विहेपछि फिल्म क्षेत्रबाट पछि हटेकी नायिका सोनालीको उचाई ५ फिट ८ इन्च रहेको छ । उनले आफ्नो लामो उचाई र पातलो कम्मर भएकै कारण फिल्म अफर आउँदैनथ्यो । सोनालीले कैयौ फिल्म खेलेपनि खासै चर्चामा भने आउन सकिनन् । हाल उनी कुनै टेलीभिजन शो मा जजको भुमिकामा देखा पर्दछिन् ।
५. युक्ता मुखि- साउथ फिल्म उद्योगकी यि हिरोइनले जम्मा ६ फिल्ममा काम गरेकी छिन् । लामो उचाई भएकै कारण उनले मिस वल्र्डमा नाम लेखाइन् तर फिल्म भने फ्लप भए । यिनको उचाई ६ फिट १ इन्च रहेको छ ।
६. दिपानिता शर्मा -मोडलबाट नायिका बनेकी दिपानिताले ८ वटा काम गरिसकेकी छिन् । लामो उचाइ भएक्रै कारण उनको जोडि कुनैपनि हिरोसंग मिलेन र मुख्य भुमिका खेल्नबाट बन्चित समेत हुनु पर्यो ।
The post ६ नायिका जसका लागि लामो उचाई बन्यो बोझ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2omncNt
via IFTTT