२६ माघ, एजेन्सी ।
बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मका लागि बलिउडमा हिजो–आज कलाकार छनोटलाई लिएर निकै चर्चा भइरहेको छ । संजयको भूमिकामा रणवीर कपूरलाई पर्दामा उतारिने छ, भने उनकी पत्नी मान्यता दत्तको भूमिकामा दिया मिर्जालाई देखिइने छ ।
त्यस्तै सबैभन्दा महत्वपूर्ण भूमिका संजय दत्तकी आमा नर्गिसको भूमिकाका लागि निर्देशक राज कुमार हिरानीले अभिनेत्री मनिषा कोइराला छानेका छन् । सन् १९८१ मा नर्गिस दत्तको क्यान्सका कारण मृत्यु भएको थियो, यता मनिषा आफैँ पनि क्यान्सरलाई जितेकी व्यक्ति हुन् ।
मनिषाको सुन्दरताबाहेक नर्गिसको भूमिकाका लागि छानिनुको क्यान्सर एउटा कारण रहेको छ । नर्गिसको क्यान्सरसँगको संघर्षलाई मनिषाले राम्ररी बुझ्न सक्छिन्, र उनीले भूमिकालाई न्याय दिनसक्छिन् । पछिल्लो समय राजकुमार हिरानीले मनिषासँग भेट गरेका थिए। भेटको तस्विर मनिषाले सामाजिक सञ्जालमा पनि सेयर गरेकी थिइन।
मनिषा र संजयले एक साथ थुप्रै फिल्ममा काम गरिसकेका छन्, जसमा, ‘खौफ’, ‘कारतुस’, ‘यलगार’, ‘सनम’, ‘अचानक’, ‘बागी’आदि त्यस्तै, संजयको बुबाको भूमिकामा पेश रावललाई छानिएको छ ।
The post मनिषा कोइरालाले निभाउने भइन संजय दत्तको आमाको भूमिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kMn2wG
via IFTTT
एजेन्सी । पर्दामा ‘परफेक्ट लुक’ दिने चर्चित कलाकारका यस्ता खराब भनौ वा घिन लाग्दो बानीका बारेमा थाहा पाउनु भयो भने अचम्ममा पर्नुहुन्छ । यस्तो लिस्टमा को–को पर्छन् जान्नुहोस् ।
मेगन फोक्स – अभिनेत्री मेगन फोक्सले ट्वाइलेटको सिट प्रयोग गरेपछि ‘फ्लस’ अर्थात् पानी हाल्ने गर्दिनन् । एफएचएम नामक पत्रिकालाई अन्तरवार्ता दिने क्रममा मेगनले भनिन्, ‘म एकदम फोहोर भएर बस्छु, जाताततै कपडा राख्छु, ट्वाइलेटमा फ्लस गर्न भुल्छु । मलाई धेरै मेरा साथीले भनिसकेका छन्, ‘मेगन तिमीले हाम्रो ट्वाइलेट पूर्ण रुपले फोहोर बनायौ ।’
सुस्मिता सेन – अभिनेत्री सुस्मिता सेनलाई खुल्ला छतमा नुहाउन मन पर्छ । उनले घरको छतमा बाथ–टप राखेकी छिन् । यसबाहेक उनलाई सर्प खुब मनपर्छ, एकपटक ‘पाइथान’ नामको सर्प पालेकी थिइन् ।
जितेन्द्र – अभिनेता जितेन्द्र ट्वाइलेटभित्र मेवा तथा अन्य फलफूल खान्छन् ।
केशा – सुनेर छक्क पर्नुहुन्छ, अमेरिकी गायिका केशा आफ्नो पिसाब आफैँ पिउथिन् ।
ब्रिट्नी स्पेयर्स – ब्रिट्नीलाई दाँत माझ्न मन पर्दैन, त्यसैले उनको मुखबाट नमिठो गन्ध आउँछ भनिन्छ । उनलाई नुहाउन पनि मन लाग्दैन ।
लियोनार्डो डिक्याप्रियो – टाइटनिक हिरो लियानार्डोलाई नुहाउन पटक्कै मन पर्दैन । उनी हप्तामा एक वा दुई पटक बल्ल–तल्ल नुहाउँछन् ।
शाहरुख खान – अभिनेता शाहरुख खानले यो मानेका थिए कि उनी दिनमा एक पटक मात्रै जुत्ता खोल्छन् । कहिले काँही त जुत्ता लगाएरै निदाउँछन् । साथै उनले यो पनि भनेका छन कि उनी ट्वाइलेटभित्रै पढ्ने र आफ्ना दैनिक योजना समेत बनाउने गर्छन
The post ट्वाइलेट ‘फ्लस’देखि दाँत नमाझ्ने, सेलिब्रेटीका अचम्मका यस्ता बानी (फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k0Swj7
via IFTTT
सम्राट सिंह/ बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङको जिल्ला अबिधेसनमा नेताहरुविच विवाद हुँदा एकै दिन दुई ठाउँमा जिल्ला अबिधेसन भएको छ । राप्रपा एकिकरण पछि हुन थालेको जिल्ला अधिबेशन नेताहरुको विवाद पछि क्षेत्र नम्बर एकको सदरमुकाम चैनपुरमा र क्षेत्र नम्बर २ को भैरवनाथ गाविसको झोतामा अधिबेशन हुन लागेको हो ।
पार्टी भित्रै रहेका केहि ब्यक्तीहरुका विचार नमिल्दा दुई ठाँउ जिल्ला अधिबेशन हुन लागेको कार्यकर्ताको बुझाइ छ ।
क्षेत्र नम्बर एकमा हुन लागेको अधिबेशनको तयारीमा पार्टीका अध्यक्ष विश्व प्रकास जेठारा लगायतको टिम लागेको छ भने कार्यवाहक अध्यक्ष धिरज विक्रम सिंहको तयारीमा अधिबेसन क्षेत्र नम्बर २ भैरवनाथ गाविसको झोतामा कार्यकर्ताहरुको भेला गरेको छ ।
अधिबेशन दुई ठाँउ हुने भए पछि पार्टीमा आबद्ध कार्यकर्ताहरु भने कता जाने अन्यौलमा छन् । केन्द्रीय स्तरका नेताहरुको सर्कुलर अनुसार अनुसार आफुहरुले अधिबेशन गर्न लागेको अध्यक्ष विश्व प्रकाश जेठारा र कार्यवाहक अध्यक्ष धिरज विक्रम सिहँले बताए ।
The post राप्रपामा चरम विवाद, एकै दिन दुई ठाँउ जिल्ला अधिबेशन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lezI09 via IFTTT
काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ ।
व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने ३२ दलमध्ये नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपा भने कम्तीमा तीन प्रतिशत थ्रेसहोल्डको पक्षमा छन् भने साना १६ दल यसको विपक्षमा उभिएका छन् ।
आगामी माघ ७ गतेभित्र संविधानले परिकल्पनाअनुरुप सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बाँकी कानुन निर्माण गर्ने सन्दर्भमा थे्रसहोल्ड अहिले तगारो बनिरहेको छ ।
कानुन निर्माणका लागि प्राथमिकताको सूचीमा परेका पाँचमध्ये थ्रेसहोल्ड विवादका कारण राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ राज्य व्यवस्था समितिमा अड्किएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने वा समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्ने पार्टीलाई राष्ट्रिय दलको मान्यता दिने कि भन्ने विषयमा दलहरुबीच अहिले बढी गृहकार्य भइरहेको बुझिएको छ ।
The post थ्रेसहोल्ड राख्ने कि नराख्ने भन्ने चरम विवाद कायमै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kgnPCK via IFTTT
काठमाडौं । सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीमाथि अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेको छ । यससँगै उनी कम्तीमा चार दिन हिरासतमै रहने भएका छन् ।
संगठित अपराधको मुद्दाअन्तर्गत एसएसपी खत्रीमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन तथा थप अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थपिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का एसएसपी मनोज न्यौपानेले बताए । सुन तस्करीमा संलग्न भएको पुष्टि भएपछि आइतबार सिआइबीले उनलाई प्रहरी प्रधान कार्यालयबाट नियन्त्रणमा लिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
एक महिनाअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करिब ३४ किलो सुन तस्करीमा एसएसपी खत्रीको संलग्नता रहेको ब्युरोले जनाएको छ । दुबईबाट ल्याएको सुन तस्करी हुँदा एसएसपी खत्री विमानस्थलमा कार्यरत थिए । सिआइबीको हिरासतमा राखी खत्रीमाथि थप अनुसन्धान भइरहेको सिआइबी कार्यालयले जनाएको छ ।
अब के हुन्छ ?
प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेपछि कानुनी रूपमा एसएसपी खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने अधिकार सिआइबीले पाएको छ । प्रहरीले मंगलबारदेखि बयान प्रक्रिया अगाडि बढाउने भएको छ । त्यसपछि उनीमाथि लागेको आरोपको सबुत प्रमाणको परीक्षण हुनेछ ।
बयानमा अनुसन्धान हुँदा थप कुरा खुल्न आएमा फेरि थप अनुसन्धानका लागि उनले दिएको बयानको आधारमा अरूलाई पनि प्रहरीले नियन्त्रणमा लिनेछ । खत्रीले गल्ती गरेको देखिएमा सबुत प्रमाणको आधारमा प्रहरीले उनीमाथि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ ।
The post अब के हुन्छ सुनकाण्ड ? एसएसपी खत्री थप चार दिन हिरासतमै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jWqaq8 via IFTTT
२४ माघ, एजेन्सी । बलिउडका ‘खेलाडी’ अक्षय कुमार आफु अभिनित फिल्ममा प्राय फरक फरक शैलीमा देखा पर्दछन् । फिल्ममा भिन्न भिन्न रोलमा अभिनय गर्न मनपराउने अक्षयको वास्तविक जिवनशैली कस्तो छ ?
अक्षय आफ्नी श्रीमती ट्विंकल, दुईटा सन्तान आरव र नितारासंगै भारतस्थित लोखडवाला कम्प्लेक्समा बस्दै आएका छन् ।
अक्षय कुमार बलिउड नायक ऋतिक रोसनका छिमेकी पनि हुन । जुहुस्थित अक्षयको फ्ल्याट भएको विल्डीङमै ऋतिक रोशनको फ्ल्याट छ । ऋतिक अघिल्लो वर्ष सो विल्डिङमा सरेका हुन । छिमेकी बनेका यी नायकले अहिलेसम्म कुनैपनि फिल्म संगै खेलेका भने छैनन्। यस्तो छ भारतीय मिडियामा आएका अक्षयका घरका तस्बिर:
The post यस्तो घरमा बस्छन् अक्षय कुमार appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lfJT1i
via IFTTT
२४ माघ, एजेन्सी।
छोरा तैमुर अली खानको जन्मको ४६ दिन पश्चात करिना कपुर र्याम्पमा क्याट वाक गर्दै देखिएकी छिन्। लेकमी फेसन सप्ताह २०१७ को ग्र्याण्ड फिनालेमा करिना सामान्य मेकअप र लामो पहिरनमा देखिएकी हुन।
कार्यक्रममा मलाइका अरोडा खान र सुष्मिता सेनले पनि र्याम्पमा आफ्नो प्रस्तुति दिएका थिए।
हेर्नुस् तस्बिर:
The post छोरो जन्माएको ४६ दिन पश्चात करिना र्याम्पमा – फोटो फिचर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kctppr
via IFTTT