काठमाडौं । अन्तराष्ट्रिय सहरसँग सम्बन्ध सुधार्न काठमाडौं महानगरपालिकामा अन्तराष्ट्रिय सम्बन्ध सचिवालय छ ।
तर दुई जना कर्मचारीका भरमा उक्त सचिवालय सञ्चालनमा छ भन्दा अचम्म लाग्न सक्छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक टोली र भ्रमण आदन प्रदान गर्ने, अन्तराष्ट्रिय सहरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने, विशेष व्यक्तिको सम्मान गर्ने र प्रवद्र्धनात्मक सामाग्रगी तथा कार्यक्रम गर्ने लगायत जिम्मेवारी अन्तराष्ट्रिय सचिवालयको थियो ।
तर उदेश्यविहीन रुपमा यो सचिवालय स्थापना भएको महानगरपालिकाको कार्ययोजनाले बताउँछ ।
महानगरपालिकाका एक उच्च अधिकृत भन्छन् जिम्मेवारी एउटा छ तर काम अरु नै भइरहेको छ । विदेश घुम्नेबाहेक अरु काम भएको छैन । उनका अनुसार विदेश गएका कर्मचारीले पनि ६ बर्षदेखि प्रतिवेदन बुझाएका छैनन् । कतिपय कर्मचारी विदेश गएको अभिलेख समेत छैनन् ।
The post सरकारी कर्मचारीको काम विदेश घुम्ने मात्र appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ldzcv1 via IFTTT
गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको छ ।
फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ ।
उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङ गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने । तर आफूले गाउँपरिषद्मा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।
आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । शान्ती प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।
यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
The post विप्लव नेतृत्वको नेकपा माओवादी धम्कीको शैलीमा चन्दा उठाउदै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kbRahn via IFTTT
एजेन्सी । खुशी होस् वा दुःख मनाउन मानिस मदिरा पिउने गर्छन्, त्यसमा पनि कलाकारिता क्षेत्रमा मदिरा पिएर मनाउने एउटा चलन नै बनेको छ ।
बलिउड फिल्म उद्योगमा प्रत्यके फिल्मको सक्सेस पार्टी होस् वा बर्डथे पार्टी, पिउने–पिलाउने कुनै अवसर बाँकी छोड्दैनन् । बलिउड स्टार, जो मदिरमा लठ्ठ हुँदा यस्ता देखिने गर्छन्।
The post सलमान, शाहरुखसहित बलिउड कलाकार मदिराले लठ्ठ भेटिदाँ… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kfvAuT
via IFTTT
२३ माघ, एजेन्सी ।
अभियन र ‘लुक्स’ को कारण चर्चामा आउने रणवीर कपुर पछिल्लो पटक क्याट्रिना कैफ संगको सम्बन्धको कारण चर्चामा थिए। अहिले उनी शुटिङ स्थलमा मादक पदार्थ सेवन गर्ने बानीको कारण चर्चामा छन्।
सायद कमैलाई लाग्ला कि, यस्ता ह्याण्डसम देखिने हिरोको कुनैबेला ड्रग्सको लत लागेको थियो ।
भारतीय मिडिया लेख्छन्, कुनै बेला रनवीर ड्रग्स नलिदाँसम्म कुनैपनि काम गर्न सक्दैनथे । तैपनि बलीउड हिरोको सूचिमा रहेअनुसार सुटिङको समयमा सबैभन्दा धेरै लागुपदार्थ सेवन गर्नेमा रनवीरको नाम अरु हिरोहरुभन्दा अगाडि आउँछ ।
उनले एक अन्तर्वातामा पनि भनेका थिए कि रकस्टारको सुटिङको समयमा उनले ड्रग्स लिएका थिए । उनका अनुसार एक दृश्यको सुटिङका लागि उनलाई डर लागेकाले उनले ड्रग्स लिए तब मात्र उनले उक्त काम सहि तरिकाले गर्न सके ।
यो पढ्नुस्।
भित्र सलमान र बाहिर शाहरुखलाई पछि पारे आमिरले
The post शुटिङमा सबैभन्दा बढि मापसे गर्छन् रनवीर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lb9sk3
via IFTTT
२३ माघ, एजेन्सी ।
अभिनेता आमिर खानले सलमान खान र शाहरुख खानलाई पछि पारेका छन् । भारतभित्र सलमानलाई र देशबाहिर बढी व्यापार गर्ने शाहरुख खानलाई आमिरले पछि पारेका हुन् ।
भारतबाहिरको व्यापारलाई हेर्ने हो भने शाहरुख खानलाई आमिरले पछि पारेका छन् । यससँगै आमिर सबैभन्दा बढी कमाउने अभिनेता बनेका छन् । शाहरुख खानले अन्तराष्ट्रिय बजारमा लगातार पाँच बर्षदेखि सबैभन्दा बढी कमाएर राज गरिरहेका थिए ।
भारतभित्रै फिल्म ‘दंगल’लाई ४.५ करोडले, ‘सुल्तान’लाई ४ करोडले, ‘रईस’लाइे २ करोड दर्शकले हेरेका छन् । त्यस्तै, व्यापारलाई हेर्दा भारतभित्र ‘दंगल’ले ३८५ करोड, ‘सुल्तान’ले ३०० करोड, ‘रईस’ले १४० करोड कमाएको छ ।
त्यस्तै, अन्तराष्ट्रिय बजारमा दंगल, सुल्तान र रईसले क्रमश, १५ करोड, १५ करोड, १५ करोड व्यापार गरेका छन् । लोकप्रियतालाई हेर्दा पनि सलमान र शाहरुखलाई आमिरले पछि निकै पारेका छन् ।
The post भित्र सलमान र बाहिर शाहरुखलाई पछि पारे आमिरले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2keyUGY
via IFTTT
बलिउडमा सफलता पाउन अभिनय अनि सुन्दरताको साथसाथ नायिकाको उचाइले पनि भूमिका खेल्ने गरेको छ। उचाइकै कुरा गर्दा दिपिका पादुकोण तीन खान भन्दा पनि अग्ली छिन्। हेर्नुस् कुन-कुन नायिकाको उचाइ कति छ?
The post बलिउडका १३ नायिका: कसको उचाइ कति? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kFJNlK
via IFTTT