एजेन्सी।
सन २०१५ मा आएको इरोटिक हलिउड फिल्म ‘५० शेड्स अफ ग्रे’को दोस्रो भाग ‘५० शेड्स डार्कर’ रिलिज हँदैछ। अमरिकाको लस एन्जल्समा रिलिज भइसकेको छ भने अन्य सबै ठाउँमा यहि हप्ता रिलिज हुनेछ। करिब ४३० करोड रुपैयाँ बजेटमा बनेको यो फिल्मले करिब ६,००० करोड रुपैयाँ संकलन गरेको थियो। फिल्ममा डकोटा जोनसन र जेमी डोरनानको इरोटिक सम्बन्ध देखाइएको छ।
यहाँ यहि फिल्मको सुटिङ कसरी भएको थियो, Behind The Scene तस्बिरहरु प्रस्तुत छन्:
The post ६ हजार करोड भन्दा बढी कमाउने ‘५० शेड्स अफ ग्रे’को यसरी भएको थियो सुटिङ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2laFYSh
via IFTTT
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन्। प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ।
नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रहसमेत गर्न थालेका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए। सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ। पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन्।
कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए। ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन।’
नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए। ‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने।
संविधान सम्बोधनमार्फत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग पूरा गर्ने तथा चैतभित्र स्थानीय निर्वाचन गराएर सत्ता कांग्रेसलाई हस्तान्तरण गर्ने सहमतिका साथ दाहाल नेतृत्वको सरकार १९ साउनमा गठन भएको थियो। सरकारले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक संसद्मा टेबुल गरे पनि त्यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने मोर्चाको अडान छ। प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनले संशोधन प्रस्तावलाई अस्वीकार गर्दै पारित हुन नदिने बताइरहेका छन्।
सरकारले संशोधन चैतमा निर्वाचन सम्पन्न गर्नुको सट्टा अहिलेसम्म निर्वाचन मिति नै घोषणा नगरेपछि मुख्य सत्तारूढ घटक कांग्रेस असन्तुष्ट देखिएको हो। कांग्रेसका कतिपय नेताले १ वैशाखसम्म स्थानीय चुनाव गराए पनि नगराए पनि सत्ता हस्तान्तरण गर्नुपर्ने लिखित सम्झौता भएकाले जसरी पनि सत्ता छाड्नुपर्ने समेत बताएका छन्। ‘यो सरकार गठन हुँदा नै सत्ता हस्तान्तरणको लिखित सम्झौता भएको हो,’ नेता कोइराला भन्छन्, ‘१ वैशाखदेखि चुनाव भए पनि नभए पनि माओवादीले सत्ता हस्तान्तरण गर्नुपर्छ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० जेठभित्र निर्वाचन गराउने भनेर निर्वाचन गर्न नै नदिने खेल त भइरहेको छैन भनेर आशंका व्यक्त गरे। ‘निर्वाचन मिति तोकिएको छैन, १० जेठभित्र निर्वाचन गर्ने भनेर धकेल्न हुन्न,’ उनले भने। दुई चार दिनभित्रै स्थानीय निकाय कि तहको निर्वाचन भन्ने टुंग्याउन आफूले आग्रह गरेको भन्दै नेता पौडेलले तत्काललाई तहको गर्न नसकिने भए निकायकै भए पनि निर्वाचन गर्नुपर्ने समेत बताए।
कांग्रेस नेता डा। नारायण खड्काले सरकारले निर्वाचन आयोगलाई तयारी गर्नु भनेर कानुनी र प्राविधिक पाटो अघि बढाउन सन्देश दिए पनि यो पर्याप्त हुन नसक्ने बताए। उनले मोर्चालाई बाहिर राखेर निर्वाचन सम्भव नरहेको भन्दै जसले समस्या समाधान गर्न सक्छ उसैले सरकार चलाउँदा फरक नहुनेसमेत बताए। ‘मोर्चालाई पनि सहमतिमा ल्याउनु पर्छ, कति सकिन्छ उनीहरूका माग सम्बोधन गर्नुपर्छ,’ नेता खड्काले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याउन सक्छ, संविधान संशोधन गर्न सक्छ भने एमालेकै सरकार बन्दा पनि फरक पर्दैन।’
The post नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2l608kI via IFTTT
२२ माघ, एजेन्सी ।
बलिउडबाट हलिउडमा पाइला टेकेकी अभिनेत्री प्रियंका चोपडा बिहिबार राति न्यूयोर्कको सडकमा देखा परिन् । ‘स्टाइलिस ब्ल्याक कक्टेल’ पहिरमा देखिएकी प्रियंका आफ्नी साथीसँग थिइन् ।
एक दशक लामो समयदेखि ‘युनिसेफ इन्डिया’मा संलग्न रहेकी प्रियंका चोपडालाई गत डिसेम्बरदेखि युनिसेफले जम्सेदपुर आदीवासी नागरिकका लागि विश्वव्यापी सद्भावता राजदूतको रुपमा नियुक्त गरेको छ । यसैबारे उनले ‘लिंकेडलन’ ब्लगमा एक लेख लेखेकी छिन्, जसको बारेमा समसामयिक चर्चाका क्रममा उनी बिहिबार देखिएकी थिइन् ।
युनिसेफले आफूलाई विश्वव्यापी रुपमा जोड्न सकेको प्रियंकाले लेखमा बताइकी छन् । प्रियंकाले लेखेकी छिन्, ‘इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाएरपछि उत्पन्न भएको यो रिस, निराशा, असहायपन जायज छ ।’
उनले लेखेकी छिन्, ‘अमेरिकाले पनि यो देश आप्रवासीद्धारा बनेको स्विकार गरेको छ र वैश्विक नागरिको रुपमा यो प्रतिबन्धले मलाई पनि असर गरको छ । ‘ति सबै प्रतिबन्ध गरिएका देशहरुमा युनिसेफले कति धेरै काम गर्न गइरहेको छ, जहाँका बालबालिकाको अवस्था एकदमै दुःखदायी छ ।
The post न्यूयोर्कको सडकमा प्रियंका एक्लै भेटिएपछि… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l3GUfe
via IFTTT
२२ माघ, काठमाडौं।
रक्षामन्त्री बालकृष्ण खाँणले झलक तेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शिर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा तेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन्।
मन्त्रि खाँणले भने,‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको सिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीको लागि आर्दशको रुपमा तेरिया अघि आएकि छिन्, तेरियाको ईच्छा चाहाना र आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ, तेरियाको योगदानको उच्च कदर गर्दछ, मैले तेरियाको सफलता र तेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा तेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।’
त्यस्तै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले तेरियाले देशका लागि पुर्याएको योदानलाई सञ्चारमाध्ययमले देश तथा बिदेशमा प्रचार प्रसार गर्नको लागि कुनैपनि कसर बाँकी नराख्ने र आगामी दिनमा पनि यस्तै प्रगतिका लागि निरन्तर साथ दिने बिश्वास व्यक्त गरे।
उनले भने,‘रङ्गमञ्चको दुनियाँबाट मनिषा कोईरालाले जसरी नेपाल नेपालीलाई चिनाएकी छिन् त्यो भन्दा बिशाल नाम राख्न टेरिया सफल बन्नेमा बिश्वस्त छु, यो सुरुवात हो, तेरियाले धेरै गर्नसक्ने देख्छु, यो प्रगतिमा हामी नेपालीको साथ छ।’
तेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ।
उनले फरक प्रसँगमा आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताईन्।
उनले अघि थपिन्,‘म नेपालमा बसेर केही काम गरे भनें टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’
बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी तेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा सांसद आदित्यनारायण कंसुधर,फाउण्डेशनका अध्यक्ष कृष्ण फौजामगर लगायतले टेरियाको प्रगती र भावि भबिष्यको बारेमा आफ्ना कुरा राखेको थिए।
The post तेरियाले भनिन् ‘म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l870d2
via IFTTT
२२ माघ, एजेन्सी ।
भनिन्छ, कुनै बेला बलिउड अभिनेता अक्षय कुमार आफ्नी श्रीमती ट्विंकल खन्ना हुँदा–हुँदै अभिनेत्री प्रियंका चोपडासँग प्रेम सम्बन्धमा थिए । अक्षय–प्रियंकाबीचको सम्बन्धले ट्विंकल र अक्षयको सम्बन्धमा फाटो आएको थियो ।
हालै चर्चित भारतीय टीभी शो ‘आज की अदातल’मा बल्ने क्रममा अक्षय कुमारले प्रियंकासंगको सम्बन्धका बारेमा बोलेका छन् । कार्यक्रम प्रस्तोता रजत शर्माले गरेको ‘के तपाईले प्रियंका चोपडासँग काम नगर्ने कसम खानु भएको थियो ?’ भन्ने प्रश्नमा अक्षयले भने, ‘त्यस्तो केही होइन, रानी मुखर्जीवाहेक मैले सबै हिरोइनसँग काम गरिसकेको छु । प्रियंकासँग पाँच वटा फिल्ममा काम गरेको छु । यदि मौका मिल्योे भने फेरि प्रियंकासँग काम गर्नेछु ।’
जब यसबारे अझै सोधियो र अक्षयले भने, ‘प्रियंकालाई यहाँ बोलाएर सोध्नुहोस्, उनलाई मसँग केही समस्या छ ?’ विवाहित अक्षय र प्रियंकाका बारेमा सुनेर श्रीमती ट्विंकललाई खुब रिस उठेको थियो । तर, उनले सोचेर कमद चलाइन् र उनले त्यही समयबाट श्रीमान्लाई प्रियंकासँग काम गर्न दिइनन् । हिजोआज अक्षय कुमार आफ्नो आगामी फिल्म ‘जोली एलएलबी – २’को प्रचार–प्रसारमा व्यस्त छन् ।
The post प्रियंका चोपडासँगको सम्बन्धबारे अक्षयले मुख खोले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k6u9N3
via IFTTT
२२ माघ, एजेन्सी।
सन् २०१५ को इरोटिक रोमान्टिक फिल्म ‘फिफ्टी शेड्स अफ ग्रे’ को सिक्वेल ‘फिलटी शेड्स डार्कर’ को प्रिमियर बिहिबार राती लस एञ्जल्समा राखिएको थियो। जहाँ फिल्मका नायक जेमी डोरनान (३४ वर्ष) र नायिका डाकोटा जोसन (२७ वर्ष) आकर्षणको केन्द्र बने।
ब्रालेस अवतारमा करिब करिब अर्धनग्न पुगेकी नायिका डाकोटा माथी सबैको ध्यान थियो।
‘फिफ्टी शेड्स अफ ग्रे’का कतिपय दृश्यमा डाकोटालाई निकै उत्तेजक रुपमा देखाइएको थियो। यो फिल्मले चर्चा संगै निकै विवाद खडा गरेको थियो।
‘फिलटी शेड्स डार्कर’ २ फेब्रुअरीमा लस एञ्जल्समा रिलिज भएको छ भने १० फेब्रुअरीमा पुरै अमेरिकामा रिलिज गरिनेछ।
The post ‘फिफ्टी शेड्स अफ ग्रे’ को सिक्वेलको प्रिमियरमा नायिकाको यस्तो रुप ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jNI9Kt
via IFTTT
२२ माघ, एजेन्सी।
बलिउड नायिका दिपिका पादुकोणका हजुरबुवाको ९५ वर्षको उमेरमा ३० जनवरीमा निधन भएको छ। आफ्नो मामाघरका हजुरबुवा जयंत करकलसंग उनी निकै नजिक थिइन। यो नयाँ वर्ष उनले आफ्नो हजुरबुवासंग मनाएकी थिइन।
‘पद्यावती’ को सुटिङमा व्यस्त दिपिकाले केही दिनको बिदा लिएर परिवारलाइ समय दिएकी छिन्।
दिपिकाकी आमा उज्जला मुम्बईमा बस्दै आएकी छिन् भने हजुरबुवा दक्षिणी मुम्बईमा बस्थे। दिपिकाका बुवा प्रकास पादुकोण भारतका चर्चित ब्याडमिन्टन खेलाडी हुन।
यो पढ्नुस्।
दिपिका भन्दा पहिले बलिउडमा चर्चित थिए अर्का एक पादुकोण, जसले गरे आत्महत्या
The post दिपिकाको घरमा शोक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kyW4si
via IFTTT