२१ माघ, एजेन्सी ।
अस्लिल फिल्मलाई बिदा गरेर बलिउडमा कदम राखेकी अभिनेत्री सन्नी लियोनले एक पटक फेरि आफ्नो विगत कोट्याएकी छिन् । उनले युट्युवमा ‘हनी चवन’ नामक च्यानललाई अन्तवार्ता दिने क्रममा एक पटक उनका बुबाले सन्नी र एक युवकलाई रंगेहात पक्रेको बताएकी छिन् ।
जब सन्नी १८ बर्षर्की थिइन्, त्यही बेला उनको पहिलो पटक मन टुटेको थियो, जतिबेला उनको परिवार मिशिगनदेखि क्यालिफोर्निया सरेको थियो । सन्नीका अनुसार, मिशिगनमा उनी एक युवकलाई डेट गर्थिन् । सन्नीले भनिन्, ‘ति युवकले मलाई यति मन पराउँथे कि दिन–दिनै प्रेम पत्र लेख्थे र सबे कुरा ठिक चलिरहेकै थियो, म उनको साथमा खुशी थिए । हामीले रोमियो र जुलियट सिरियल हेरेपछि पहिलो पटक किस गरेका थियौँ । तर, जब मलाई घर छोडेर जाँदैछौ भन्ने थाहा भयो, मेरो मन दुख्यो र त्यस दिन निक्कै रोएकी थिए ।’
यो पढ्नुस्: भारतीय विज्ञापनमा प्रियंका कार्की, हेर्नुस् भिडियो
उनले भनिन्, ‘उसलाई बास्केटबल खेल्न खुब मन पर्थ्यो । उनी राम्रा र सेक्सी थिए, तर मेरो परिवारलाई मन परेको थिएन । एक पटक हामी सँगै थियौ । ठूलो हलको एक कुनामा हामी बसेका थियौँ । म उसको काखमा बसेकी थिए, हामी विस्तारै नजिकिदै थियौँ । अचानक बुबा आइपुग्नु भयो र मलाई गाली गर्न थाल्नुभयो । म जुन स्थितिमा थिए, त्यही स्थितिमा बुबा मेरोअगाडि भएको देखेर म निकै डराएकी थिए । त्यो मेरो जीवनको सबैभन्दा खराब क्षण थियो, किनकि मेरो बुबाले हामी दुवैलाई आपत्तिजनक अवस्थामा देख्नुभएको थियो ।’
यो पढ्नुस्।
यी हिरोइनले खाइन् चप्पल धुलाई !
The post जब आफ्नै पिताले आपत्तिजनक अवस्था भेटे सन्नी लियोनलाई… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l4dEkw
via IFTTT
२१ माघ, काठमाडौं। ।
नेपालकी चर्चित तथा सुन्दर अभिनेत्री प्रियंका कार्की एक भारतीय विज्ञापनमा देखिएपछि उनको चर्चा चुलिएको छ । भारतीय चाउचाउ कम्पनी ‘ईट–ओ’को विज्ञापनमा दुई छोराकी आमाको भूमिकामा देखिएकी छिन् ।
विज्ञापन हिन्दी भाषामा छ र उनले हिन्दीमै संवाद दिएकी छिन् । नेपाली उत्पादक ‘जी ट्वान्टी वान’ले बनाएको ४० सेकेन्ड लामो विज्ञापन अहिले युट्युबको नम्बर १ ट्रेन्डिङमा छ । यस विज्ञापनमा अभिनय गरेसँगै ‘के प्रियंका कार्की बलिउड फिल्ममा पनि ‘इन्ट्री’ मार्ने तयारी छिन् ?’ भन्ने अड्कल गर्नु स्वाभाविक भएको छ।
यसअघि, अर्की नेपाली अभिनेत्री सृष्टि श्रेष्ठले पनि ‘कभी जो बादल बर्से’ बोलको बलिउड गीतमा अभिनय गरिसकेकी छिन् । ‘थ्रि लभर्स’ फिल्मबाट कलिउडमा यात्रा आरम्भ गरेकी प्रियंकाले पछिल्लो समय निकै राम्रा फिल्ममा अभिनय गरेकी छिन् । प्रियंका अभिनयका साथै नृत्यमा पनि पोख्त मानिन्छिन् ।
The post भारतीय विज्ञापनमा प्रियंका कार्की, हेर्नुस् भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kzKFZ6
via IFTTT
एजेन्सी । ‘कहो ना प्यार हे’बाट अभिनेत्री अमिषा पटेलले बलिउडमा सानदार पदार्पण गरिन् । यद्यपी, आफ्नो सफलतालाई निरन्तरता दिन भने सकिनन् । बलिउडमा पाइला टेकेपछि उनको परिवारमा मनमुटाव सुरु भएको थियो ।
बलिउडको हिस्सा बनोस् भन्ने चाहाँदैन थिए अमिषाको परिवार । यही मनमुटावका कारण अमिषा आफ्नो परिवारबाट अलग भएकी थिइन् । बलिउडमा अमिषा एक्ली छैनन् जो परिवारबाट अलग भए ।
बुबा–आमाको सोचाई र सन्तानको रोजाई नमिल्दा परिवारबाट अलगिने हुन्छन् । तर, यस्तो मनमुटावले कहिले काहि गम्भिर रुप लिन्छ, जुन अमिषा पटेलसँग पनि भयो । अमिषा र उनका बुबाबीच यति फाटो आएको थियो कि अमिषाले आफ्नो बुबाविरुद्ध १२ करोड रुपयाँ हिनामिनाको आरोप लगाइन् ।
यति मात्र होइन, अमिषाले बुबाले उनको पैसाको दुरुपयोग गरेको पनि आरोप लगाएका थिइन् । अमिषाले बुबाले चप्पलको धुलाई दिएर घरबाट निकालेको पनि आरोप लगाएकी थिइन्, जुन घटना उनी कहिल्यै भुल्दिनन् ।
The post यी हिरोइनले खाइन् चप्पल धुलाई ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k8rYLk
via IFTTT
२१ माघ, एजेन्सी।
नंग्न तस्बिरले चर्चामा आएकी अर्चना पनेरुलाई नेपाली सनी लियोनी भन्दै भारतीय मिडियाले खबर छापेका छन्। सामाजिक सञ्जालमा आपत्तीजनक तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी अर्चना पनेरुसंग उनकी आमा सुनिता पनि एडल्ट इन्डस्ट्रीसंग जोडिएको व्यहोराको समाचार प्रकासित भएका हुन।
कञ्चनपुर स्थायी घर भएकी १७ वर्षकी अर्चना अहिले काठमाडौमा बस्दै आएकी छन्। अर्चनाले ९ कक्षासम्म मात्र पढाइ गरेकी छिन्। लिटिल बुद्ध स्कूलमा १० कक्षा पढ्दै गरेकी अर्चनालाई स्कुलबाट निकालिएको थियो। उनी MNR प्रिंस एन्ड प्रिन्सेस ब्युटी कन्टेस्टको सेकेन्ड रनर अप रहेको भनी तस्बिरका साथ भारतीय मिडियामा अर्चनाको चर्चा गरिएको छ।
इन्टरनेटमा आपत्तिजनक तस्बिरका कारण आमा छोरी नै पक्राउ परेका थिए।
म्युजिक भिडियोबाट मोडलिङ सुरुवात गरेकी अर्चनाको सन् २०१६मा डेब्यु फिल्म ‘जिस्म’ को लागि ४.५ लाख पारिश्रमिक लिएको चर्चा भारतीय मिडियाले गरेका छन्।
यो पढ्नुस्
‘ए कान्छी रे’ मा अर्चनाको यो रूप !
The post नेपाली सन्नी लियोनी भन्दै भारतीय मिडियामा अर्चना पनेरुको चर्चा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k27EZq
via IFTTT
२१ माघ, एजेन्सी ।
पाकिस्तानमा प्रकाशित खबरअनुसार, पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले भारतीय फिल्मलाई पाकिस्तानमा प्रदर्शन गर्न दिने संकेत दिएका छन् । यही महिनाबाट पाकिस्तानमा बलिउड फिल्म प्रदर्शन सुरु हुनेछन् । यसको सुरुवात फिल्म ‘काबिल’ र ‘रईस’बाट हुने बताइएको छ ।
जानकारीअनुसार, फिल्मको आयत र स्विकृति प्रमाणपत्रका लागि काम बाँकी छ । त्यहाको सूचना मन्त्रालयले जारी गरेको खबर अनुसार, सरकारले अन्तराष्ट्रिय फिल्म प्रदर्शनलाई लिएर बनेको वर्तमान नीतिलाई नै जारी राख्ने उल्लेख गरेको छ ।
भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण ‘इन्डियन मोसन पिक्चर्स एसोसिएशन’ले पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न नदिने निर्णय गरेको थियो । त्यस्तै, पाकिस्तानी हलको मालिकहरुले पनि आफ्नो हलमा भारतीय फिल्म नदेखाइने फैसला गरेको थियो । तर, यो घोषणापछि पाकिस्तानी हलहरुलाई धेरै घाटा झेल्नु परेको थियो ।
The post अब पाकिस्तानमा बलिउड फिल्म रिलिज हुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l0V2mq
via IFTTT
काठमाडौँ। प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ। दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ तीव्र पारेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। नेपाल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले अवकाश पाएपछि ती दुई संगठनले फागुन ३ मा नयाँ महानिरीक्षक पाउनेछन्। दुवै संगठनको महानिरीक्षक बन्न हुँदै गरेका अस्वाभाविक दौड रोक्नुसट्टा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधिले आईजीपी बनाउने खेलमा लागेका व्यक्तिहरूलाई बिचौलिया बनाएर ‘सौदाबाजीु गरिरहेको स्रोत बताउँछ। त्यसका लागि दाहाल र निधिका पारिवारिक सदस्यहरू नै सक्रिय रहेको स्रोतको दाबी छ। सशस्त्रमा भन्दा नेपाल प्रहरीमा भावी प्रहरी प्रमुख को होला भन्ने विषयले बढी चासो पाउँछ। आखिर किन हुन्छ प्रहरी प्रमुख बन्न यत्रो रस्साकस्सी र अस्वाभाविक चलखेल रु पूर्वगृहसचिव गोविन्द कुसुमका अनुसार महानिरीक्षक बन्न मूलतः तीनवटा कारणले आकर्षित गर्छः पहिलो, आफूले काम गर्दै आएको संगठनको प्रमुख बन्ने अवसर, दोस्रो ‘पावर इन्जोयु र तेस्रो अवकाशपछिको सामाजिक प्रतिष्ठा। उनले भने, ‘यी तीनबाहेक अन्य कारण संगठन प्रमुखको कार्यक्षमता र पारदर्शितामा भर पर्छ।ु नेपाल प्रहरीका डीआईजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीमध्ये एकजना आईजीपी बन्नेछन्। सबै अतिरिक्त महानिरीक्षक ९एआईजी० ले आईजीपी अर्यालसँगै अनिवार्य अवकाश पाउने भएकाले चारमध्ये एकले डीआईजीबाट सीधै प्रहरी महानिरीक्षक बन्ने सौभाग्य पाउनेछन्। सशस्त्रमा भने एआईजीहरू सिंहबहादुर श्रेष्ठ, प्रेम शाही र प्रकाश ओझामध्येबाट आईजीपी हुनेछन्। नेपाल प्रहरीका डीआईजी सिलवाल र सशस्त्रका एआईजी श्रेष्ठ पहिलो बरियतामा छन्। ‘बहुदल आएपछिका कुनै गृहमन्त्रीले प्रहरीलाई चेन अफ कमान्डमा राख्न सकेका छैनन्। आईजीपीहरू गृहमन्त्रीसँग झगडा गरेर बस्छन्ु, एक पूर्वमन्त्रीले भने, ‘अहिलेका प्रहरीमा न संस्कार छ र, न त अनुशासन। जसले जे गरे पनि हुन्छ।ु ती मन्त्रीका अनुसार राजाको शासनकालमा आईजी नियुक्ति पद्धतिअनुसारै हुन्थ्यो। सम्बन्धित मन्त्रीको देखिने हस्तक्षेप हुँदैनथ्यो। प्रजातन्त्र बहालीपछि राजनीतिक दबाब र प्रभावले प्रहरी संगठन राजनीतिक दलदलमा फसे। अहिले प्रहरी महानिरीक्षकहरू राजनीतिक लबिङका आडमा गृहसचिव फेर्नसक्ने हैसियत राख्छन्। कतिपय प्रहरी प्रमुखले राजनीतिक र आर्थिक सम्बन्धका आधारमा सीधै गृहमन्त्रीसँग सम्पर्क राखी गृहसचिवलाई औपचारिकताबाहेक टेर्दैनन्। प्रहरी संगठनका प्रमुखहरू प्रहरीभित्र हुने खरिदबाट पाउने कमिसनमा पनि लोभिने गरेको स्रोतले बताएको छ। जानकारहरूका अनुसार प्रहरी महानिरीक्षक बन्न मरिहत्ते गर्नुको अर्को कारण हो( राजनीतिक आडमा गरिने शक्ति दुरुपयोग। नेताहरू आफ्नो पोल्टाको व्यक्तिलाई आईजीपी बनाउन पाए जुनसुकै निर्वाचन सजिलै जित्न सकिने ठान्छन्। आफ्नो जित सुनिश्चितताका लागि उनीहरू प्रहरीसँग नजिकिने र सकेसम्म प्रहरीलाई पनि सहयोग गर्ने मनस्थितिमा रहन्छन्। नेताहरू आपराधिक गतिविधिमा संलग्न कतिपय कार्यकर्तालाई बचाउन पनि प्रहरी महानिरीक्षक पदसँग सौदाबाजी गर्छन्। जानकारहरूका अनुसार प्रहरीको ठेक्कापट्टा गर्दै आएकाहरू समेत कुनै अमूक व्यक्तिलाई महानिरीक्षक बनाउन करोडौं रकम खर्चिन तयार हुन्छन्। उनीहरूले राजनीतिक व्यक्तित्वलाई सजिलै प्रभावमा पार्ने भएकाले पनि महानिरीक्षकका आकांक्षी उनीहरूका पछि दौडिन्छन्। प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधि आईजीपीका लागि भइरहेको चलखेल र लबिङबारे बेखबर छैनन्। अस्वाभाविक चलखेल र प्रतिस्पर्धालाई रोक्नुसट्टा उनीहरू दुई संगठनमा आईजीपी बनाउन लागिपरेका गुट र उपगुटसँग निरन्तर गोप्य भेटघाट र संवादमा रहेको स्रोतले बताएको छ। ‘आफूले सेवा गरेको संगठनको प्रमुख बन्दा आत्मसन्तुष्टि मिल्छु, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाले भने, ‘सन्तुष्टि, प्रतिष्ठा र संगठन सुदृढीकरणका लागि प्रमुख बन्न लागिपरेका हुन्।ु प्रहरी निरीक्षकमा भर्ना भएपछि हरेक अधिकृतले संगठन प्रमुखको सपना देख्नु सामान्य भएको उनले बताए।
The post नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kXJu6I via IFTTT
नेपालगन्ज। शहरी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको आदेशलाई वेवास्ता गर्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा एक संस्थालाई स–शुल्क भाडा दिएका छन् ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष लक्ष्मण राज पौडेलले अनुमती पत्रमा आफै हस्ताक्षर गरी मिति २०७३÷०९÷१९ गते चलानी नं. २३६ अनुसार रुद्राक्ष फिल्मस् प्रालिलाई फागुन ४ देखि १४ गतेसम्म मन्त्रालय तथा अख्तियारको आदेशको बेवास्ता गर्दै स–शुल्क भाडामा न्यूरोड कोहलपुरको जमीन महोत्सवको लागि दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले (२०७३÷०३÷०८ चलानी नं. २६०८) शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २८(१) को देहाय (ख) बमोजिम नगर विकास समितिको स्वामित्वमा रहेको जग्गाको सन्दर्भमा नेपाल सरकारको पुर्व स्वीकृति नलिई कोही कसैलाई वितरण गर्न नमिल्ने तथा दिनु परेमा प्रक्रिया र कार्यविधि सहितको वस्तुपरक मापदण्ड बनाई नेपाल सरकारको पुर्व अनुमति लिनु पर्ने खालको निर्णय कार्यान्वयनको लागि पत्र पठाएको थियो ।
अख्तियारबाट प्राप्त भएको पत्रको अनुसार शहरी विकास मन्त्रालयले मिति २०७३÷०३÷२४ गतेको चलानी नम्बर २८४२ अनुसार निर्णय कार्यान्वयन गर्न गराउनको लागि शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, बाँकेमार्फत ८ वटा नगर विकास समितिहरुलाई पत्र समेत पठाइएको थियो ।
कोहलपुर नगर विकास समितिले असोज १६ गते र माघ ३ गते सम्पन्न गरेको बैठकमा महोत्सवको लागि नेपाल सरकारको स्वामित्व अर्थात कोहलपुर नगर विकास समितिको स्वामित्वको जमीन भाडा वा निशुल्क दिने विषयमा कुनै कुरा नउठाइएको समितिका एक सदस्यले बताए ।
कोहलपुर नगर विकास समितिका अध्यक्ष पौडेलले बोर्डलाई जानकारी नै नदिई पत्रमा आफैले हस्ताक्षर गरी महोत्सवको लागि जमीन स–शुल्क जमीन उपलब्ध गराएका छन् ।
मन्त्रालय र अख्तियारले जग्गा नदिने विषयमा जारी गरेको पत्रलाई बेवास्ता गर्दै कोहलपुर नगर विकास समितिले व्यक्तिगत स्वार्थपुर्तिको लागि जग्गा दिइएको भन्ने खालको अहिले टिकाटिप्पणी समेत शुरु हुन थालेको छ ।
कोहलपुर क्षेत्रमा हुने महोत्सवको फाइदाको विषयमा करिब ५० लाख भन्दा बढी मुनाफा हुने चर्चासँगै कोहलपुर नगर विकास समितिका अध्यक्ष पौडेलले आफुमाथिका कुनै पनि निकायलाई कुनै जानकारी नगराई तथा पुर्व स्वीकृत नलिई ठुलै रकमको चलखेलमा परी जग्गा दिएको भन्ने खालको टिकाटिप्पणी हुने गरेको पाइएको छ ।
कोहलपुर नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनको लागि ठुलै रकम खर्च गरिएको तथा खर्च भएको रकम असुली गर्नको लागि यस्ता कार्य गरेको हुन सक्ने खालको कुरा पनि अहिले बाहिर आउन थालेको छ ।
शहरी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशलाई बेवास्ता गरी जग्गा भाडामा दिने विषयमा सम्बन्धित सरोकारनिकायले छानबिन गर्नु पर्नेमा कोहलपुर क्षेत्रका बासिन्दा अहिले एक देखिएका छन् ।
कोहलपुर क्षेत्रमा हुने महोत्सवको कारण बजारमा ध्वनि प्रदुषण हुनुको साथै व्यापारमा समेत अवरोध हुन सक्ने आसपासका व्यापारीले बताएका छन् ।
राजनीतिक नियुक्तीको आधारमा नेपाली काँग्रेसको तर्फ कोहलपुर नगर विकास समितिको अध्यक्ष पदमा आसिन हुन पुगेका अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले गरेको यो कार्यप्रति नेपाली काँग्रेस बाँकेका सभापति श्रीमती किरण कोइराला भन्नुहुन्छ – ‘पार्टीभन्दा पनि जुन सुकै पदमा बसेका पदाधिकारीहरु नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नियम अनुसार कार्य गर्नु पर्छ ।’उहाँले घुमाउरो पाराले ऐन नियम अनुसार काम गर्ने जो कोहीको विषयमा छानबिन हुन जरुरी हुनुको साथै गलत कार्य भएकै हो भने दोषी ठहर भए कानुन अनुसार कारवाही समेतको धारणा राख्नु भयो ।
The post शहरी विकास मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको आदेशलाई वेवास्ता गर्दै लक्ष्मणराज पौडेल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kWZuTf via IFTTT