एजेन्सी ।
जुनसुकै बिषयमा खुलस्त बोल्ने बलिउड अभिनेत्री कंगना रनोटले विवाह र आमा बन्नेबारे आफ्नो खुल्ला राय व्यक्त गरेकी छिन् । कंगनाले एक अखबारसँग कुराकानी गर्नेक्रममा उनी यसै बर्ष विवाह गर्ने सोचमा रहेको पनि बताएकी छिन् ।
उनले भनिन्, ‘बच्चा जन्माउनका लागि विवाह नै गर्नपर्छ भन्ने छैन ।’ कंगनाले थपिन्, ‘हामी जुन किसिमको जिन्दगी बाँचिरहेका छौँ, कसैसँग प्रेममा पर्नु वा डेटिङ गर्नु निकै समस्या हुन्छ । आफ्नो लागि असल जीवनसाथीको खोजीमा अर्कोको काँधमाथि चड्नमा लागेका छन् ।’
‘म सम्बन्धलाई निकै गम्भिरताका साथ अघि बढाउन चाहान्छु । म यसै बर्ष मार्चमा ३० बर्ष पुग्छु र मलाई लाग्छ अब मेरो सन्तान हुनुपर्छ । यद्यपी, बच्चा जन्माउनका लागि विवाहको आवश्यकता पर्दैन । तर, हाम्रो समाजले यो स्विकारर्दैन ।’ कंगनाले भनिन् ।
The post ‘बच्चा जन्माउन विवाह गर्न आवश्यक छैन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kWcW9E
via IFTTT
एजेन्सी । ‘ग्रामिण युवती’ भन्ने सुन्ने बित्तिकै सिधा–सोझी युवतीको तस्विर दिमागमा आउँछ । तर, तपाईको यो सोचलाई चीनले गलत साबित गरिदिन्छ । चीनका ग्रामिण क्षेत्रका युवतीका तस्विर देखेर मोडेलहरु पनि लजाउँछन् ।
चीनको ग्रामीण क्षेत्रका यी सुन्दर युवतीहरुको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । घरबाहिर काम गरिरहेका यी युवतीहरुको तस्विर हेर्दा कुनै मोडलिङ एजेन्सीमा काम गर्ने मोडलहरु जस्तो देखिन्छ ।
सामाजिक सञ्जालमा असरल्लै छरिएका यी युवतीका तस्विरहरुले मोडलहरुलाई सुन्दरतामा टक्कर दिइरहेका छन् । तस्विरलाई हेरेर निकै राम्रा – राम्रा प्रतिक्रियाहरु आइरहेका छन् । यद्यपी, यी युवतीहरुको तस्वीर चीनको कुन गाउँको हो भन्ने पत्ता लाग्न सकेको छैन ।
The post यो गाउँका युवती देखेर मोडल लजाउँछन् appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k2ch8z
via IFTTT
काठमाडौं २० माघ। भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको खबर आजको नागरिकमा छ ।
काठमाडौंमा हालै सम्पन्न अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसीया सम्मेलनमा सन् २००४ (२०६० साल) यता अन्तराष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफुले गरेको कारबाही विवरण प्रस्तुत गर्दै नेपालले आतकंवादविरुद्ध लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस गरेको हो ।
ब्युरोप्रमुख डिआइजी बमबहादुर भण्डारीले नेपालले अन्तराष्ट्रिय आतकंवादी संगठनका पछिल्ला घोषणाले उत्पन्न सम्भावित खतराविरुद्ध तयारीबारे जानकारी गराएको खुलाए ।
उनले नेपालको चारै सुरक्षा निकायको आतकंवादकेन्द्रित कार्यप्रणालीको सारांश र विगतका कारबाहीबारे जानकारी दिइएको पनि जनाउ दिए ।
‘आतंकवादविरुद्ध लडाइँमा नेपालले गर्दै आएको सहकार्य र सहयोगबारे सम्मेलनमा छलफल भएको हो,’ डिआइजी भण्डारीले भने, ‘हामी तयारी अवस्थामा सधैं थियौं र छौं भन्ने जानकारी दिएका हौं।’
भारत सरकारले अलकायदा, इस्लामिक स्टेट अफ सिरिया (आइएसआइएस), लस्कर–ए–तोयबा, इन्डियन मुजाहिद्दिनजस्ता अन्तर्राष्ट्रिय आतंकवादी संगठनको आक्रमणको खतरा रहेको भन्दै नेपाल आउने विमानमा परिचालित भारतीय एयर मार्सल विस्तार गर्ने योजना बनाएको छ। योजनाअनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै एयर मार्सलका लागि अस्थायी बेस स्थापना प्रस्ताव गरिएको छ। जसको दीर्घकालीन प्रभाव नेपालसँग सुमधुर सम्बन्ध भएका तर भारतले दुस्मनको सूचीमा राखेका देशसँगको सम्बन्धमा पर्ने अनुमान सुरक्षाविज्ञको छ। सन् १९९९ मा भएको इन्डियन एयरको आइसी ८१४ विमान अपहरणपछि भारतले हवाई सुरक्षाको विषयलाई लिएर प्रश्न उठाउँदै आएको छ।
‘नेपालमा अलकायदा १३ वर्षअघि नै आएको हो’
तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। एकीकृत सुरक्षा योजनाअन्तर्गत सुरक्षाफौज नाका–नाकामा जाँचपडतालमा खटिएको थियो। देशका विभिन्न भागमा दोहोरो भिडन्त चलिरहेका थिए।
ठिक त्यही बेला अमेरिकामा भएको आतंकवादी आक्रमणको चौथो वर्ष बितेको थियो। विश्व समुदाय आतंकवादी संगठन अलकायदा र प्रमुख ओसामा बिन लादेनको खोजीमा सक्रिय थियो। यस्तै वातावरणका बिच २०६० मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका सक्रिय सदस्य इस्माइल फैयाज नेपाल आए। काठमाडौंमा बसे। नेपालका अन्य प्रमुख सहरसम्म पुगे, भेटघाट, सम्पर्क बढाए र फर्किए।
सोही वर्ष फैयाज पाकिस्तानमा पक्राउ परे। उनका साथबाट बरामद कागजपत्रका आधारमा अफ्रिका र नेपालका विभिन्न स्थानमा गोप्य छापामारी भयो। सबै सूचना गोप्य राखिए। काठमाडौंमा फैयाजको सम्पर्कमा देखिएका र आर्थिक कारोबार भएका चार जनालाई विशेष ब्युरो (तत्कालीन आतंकवाद निर्देशनालय) ले पक्राउ गर्यो। प्रहरीले चारै जनाविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाएर कारबाही गरेको थियो। पक्राउ परेका मध्ये एक जना भारत कश्मिरका बसिर अहमदसमेत थिए।
नेपालमा २०६० पछि दर्जनौं अन्तर्राष्ट्रिय आतंकवादी संगठनका सदस्यदेखि मुख्य व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीले गोप्य राख्दै आएका त्यस्ता घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध नेपालको प्रचलित कानुनबमोजिम कारबाही भएको छ। धेरैलाई नेपालले गोप्य रुपमा सम्बन्धित देशको जिम्मा लगाएको छ।
आतंकवादी गतिविधि प्रहरी निगरानीमा
केही वर्षअघि मात्र लस्कर–ए–तोयबाका सदस्य नेपाल आए। काठमाडौं, नेपालगन्ज, रुपन्देही र कपिलवस्तुमा केही महिना बिताए। उनले कपिलवस्तुबाट नागरिकता लिए। उनको नेपाल आगमनबारे जानकार नेपाल प्रहरीले उनका गतिविधि निगरानीमा राखेर उनको सम्पर्कसूत्र पत्ता लगायो। अन्त्यमा उनलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्तेमा कारबाही गरियो। कारबाही किनारा लागेर सजाय भुक्तानपछि उनलाई गोप्य रुपमा सम्बन्धित देशको जिम्मा लगाइयो। ब्युरोका अनुसार उनी दक्षिण एसियामा संगठन विस्तारका लागि नेपाल आएका रहेछन्। उनका साथबाट केही रकम र अन्य कागजपत्र प्रहरीले बरामद गरेको थियो।
प्रहरीले सिन्धुपाल्चोक कारागारमा रहेका भारतीय आतंकवादी इब्राहिमका विषयमा समेत इन्टरपोल सम्मेलनलाई जानकारी दिएको थियो। अति गोप्य रूपमा पक्राउपछि कारबाही गरी कारागारमा राखिएका इब्राहिम नाम भएका ती व्यक्ति गत वर्षको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट फरार भएका थिए। प्रहरीले खोजिरहेका इब्राहिम भारत पुगेपछि उतै पक्राउ परिसकेका छन्।
यस्तै, भारतमा विभिन्न समयमा भएका आक्रमणपछि नेपाल छिरेका करिब एक दर्जन विभिन्न आतंकवादी संगठनका सदस्यलाई प्रहरीले पक्राउ गरी भारतको जिम्मा लगाएको छ। नेपालमा सुनसरीबाट नक्कली कागजपत्र र अभिभावक बनाएर नागरिकतासमेत लिएका ती व्यक्ति भारतीय सुरक्षा अधिकारीको सूचनाका आधारमा पक्राउ परेका थिए।
अलकायदाको इन्डियन सबकन्टिनेन्ट (आइक्युआइएस)
अलकायदाले सन् २०१४ मा विज्ञप्ति नै निकालेर अलकायदा इन्डियन सबकन्टिनेन्टमा संगठन विस्तारको योजना सार्वजनिक गर्यो। इन्डियन सबकन्टिनेन्टअन्तर्गत बंगलादेश, भुटान, इन्डिया, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका छन्।
अलकायदाको घोषणापछि नेपाललाई सम्भावित ट्रान्जिट र आश्रयस्थलका रुपमा प्रयोग गर्ने सम्भावना देखेपछि नेपाल प्रहरीको विशेष ब्युरो र नेपाली सेनाको प्रतिआतंकवाद र मिलिट्री इन्टिलिजेन्स तथा राष्ट्रिय अनुसन्धान विभागको फरक–फरक समूह सक्रिय छ।
उच्च सुरक्षास्रोत अनुसार गाउँस्तरसम्म विस्तारित विभागका अधिकारीलाई एक जना अतिरिक्त प्रमुख अनुसन्धान अधिकृतले आतंकवादी गतिविधिका सूचनाका लागि परिचालन गरिरहेका छन्। विभागले आफूमातहत अधिकारीलाई सम्भावित स्थानको पहिचानसहित विशेष गतिविधिका सूचना एउटै चेनअन्तर्गत पठाउन निर्देशन दिएको छ। केन्द्रमा नेपाली सेना र प्रहरीको विशेष ब्युरो सक्रिय छन्।
प्रहरीले शंकास्पद गतिविधि सम्बन्धी सूचना पठाउन देशभरका युनिटलाई परिपत्र गरेको हो। सोहीअनुसारका सूचनामाथि कारबाही भइरहेको पनि जनाइएको छ।
लस्कर–ए–तोयबा र आइएममा विशेष ध्यान
अमेरिकाको प्यासिफिक कमान्डका कमान्डर एडमाइरल रोबर्ट विलार्डले नेपाल र बंगलादेशमा लस्कर–ए–तोइबा र इन्डियन मुजाहिद्दिन (आइएम) को सक्रियता बढेको अमेरिकी सिनेटलाई जानकारी दिएयता नेपाली सुरक्षा अधिकारी देशभर यसको सञ्जाल खोजिरहेका छन्। विलार्ड सिनेटलाई नेपाल र बंगलादेशलाई आधार बनाएर लस्करले भारतमा आक्रमण गर्न सक्ने खुलासा गरेका थिए। सन् २००८ मा भारतको मुम्बईमा लस्करले आक्रमण गरेको थियो।
लस्कर र आइएमले नेपाल र बंगलादेशलाई आफ्ना लडाकु राख्ने आश्रयस्थलका रुपमा प्रयोगगर्ने गरेको दाबीपछि नेपाल यी दुई संगठनका बिषयमा सुचना संकलनमा तिब्रता दिदै आएको छ। सुरुवातदेखि नै आइएसआइएस, लस्कर र आइएमका विषयमा चनाखो रहेको प्रहरीले तीनै संगठनका उच्च तहका नेता र लडाकुलाई पक्राउ तथा कारबाही गरिसकेको छ।
नेपालले भारतको मुम्बईमा सन् १९९३ को बमविस्फोट र त्यसपछिका दर्जनौं घटनामा संलग्न अब्दुल करिम टुन्डालाई २०७० भदौ ३ मा पक्राउ गरेको थियो। बम एक्सपर्टका रुपमा रहेका टुन्डालाई नेपाल र भारतीय सुरक्षा अधिकारीको संयुक्त टोलीले काठमाडौंमा पक्राउ गरेको थियो।
प्रहरीले भारतीय अलकायदाको उपमा पाएको इन्डियन मुजाहिद्दिनका सह–संस्थापक यासिन भट्कल र हिज्बुल मुजाहिद्दिनका सदस्य सैयद साह परिवारसहित २०६७ मा विमानस्थलबाटै पक्राउ गरेको थियो।
बंगलादेश घटनापछि चौबिसै घन्टा एसटिएफ
नेपालले बंगलादेशको राजधानी ढाकास्थित गुलसनमा आइएसको आक्रमण भएयता नेपालका अति संवेदनशील स्थानमा विशेष सुरक्षा दस्ता (स्पेसल टास्क फोर्स) लाई चौबिसै घन्टा तैनाथ राखेको छ। आइएसले दक्षिण एसियामा आफ्नो उपस्थिति देखाउँदै असार १८ मा बंगलादेशमा २० जनाको निर्ममतापूर्वक हत्या गरेपछि नेपालमा समेत सुरक्षा सतर्कता बढाएको हो।
बंगलादेश घटनापछि काठमाडौं उपत्यकाका तीनै सुरक्षा निकायलाई शंकास्पद व्यक्ति र स्थानमा उच्च सतर्कता र निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन जारी गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थल र संवेदनशील स्थानमा दस्ताका अधिकारी हतियारसहित खटिँदै आएका छन्।
The post आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jFhj7s via IFTTT
२० माघ, एजेन्सी । रियालिटी टेलिभिजन स्टार किम कादर्शिन ती हस्तीहरूको सूचिको शिर्षमा छिन् जसलाई अधिकांशले आफ्नो यौन साथी बनाउन चाहन्छन् ।
वेबसाइड ‘डेलिस्टार डट कम डट युके’ को रिपोर्ट अनुसार संसारमै गरिएको एक सर्भेक्षणले सबैभन्दा वढी पुरुष किमसंग यौनसम्वन्ध राख्न चाहने देखिएको छ ।
तर, सर्भेक्षणमा सहभागि भएका अमेरिकीहरू मध्ये अधिकांले किमसंग यौन सम्वन्धको चाहना व्यक्त गरेको भए पनि अन्य देशमा आ–आफ्नै चाहना रहेका छन् । अमेरिकामा भने ३६ वर्षीय किमले सबै हउिडस्टारलाई पछि पारेकी हुन् ।
बेलायतमा भने केट मिडल्टन् शिर्षस्थानमा रहिन् । अधिकांश बेलायतीले सैक्स सम्वन्धको लालसा राख्ने केट क्याम्ब्रिजकी रानी हुन् । केटसंगै शिर्षस्थानमा प्रिन्स विलियमकी पत्नीलाई पनि परेकी छन् । त्यसपछि नायिका एम्मा वाट्सन् र मोडल तथा केली बूक रहेकी छन् ।
The post किम ; अधिकांशले मन पराउने यौन साथी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kUU8I7
via IFTTT
१९ माघ, एजेन्सी ।
भारतीय फिल्म निर्देशक एसएस राजामौली र अभिनेता प्रभासको ‘मोस्ट अवेटेड’ फिल्म ‘बाहुबली–२’ले रिलिज अगावै कमाईको नयाँ रेकर्ड बनाएको छ । फिल्म रिलिज हुनअघि वितरण तथा ‘थिएट्रिकल राइट्स’बाट मात्रै ५०० करोड भारु कमाई गरेको छ । यो फिल्म तमिल, तेलुगु, हिन्दी र अन्य दुई भाषाका लागि वितरकले ठूलो रकम खर्च गरेका छन् ।
फिल्म उद्योगसँग जोडिएको ‘सोसल मिडिया स्ट्रेटेजिस्ट’ रमेश बालाद्धारा गरिएको आंकडाअनुसार, बलिउडका फिल्म निर्माता करण जौहरको धर्मा प्रोडक्सनले यो फिल्मको हिन्दी भर्जनको प्रोजेक्ट सम्हाल्दैछ । ‘बाहुबली–२’लाई हिन्दी भाषाको प्रतिलिपि अधिकारका लागि १२० करोड, तमिल भाषाका लागि ४७ करोड, कर्नाटका लागि ४५ करोड र केरला भाषाका लागि १० करोड रुपयाँमा बेचिएको छ । त्यस्तै तेलेगु भाषाको प्रतिलिपि अधिकारका लागि १३० करोड रुपयाँमा बेचिएको छ ।
यस्तै, अन्तराष्ट्रिय बजारमा रिलिजअघि नै फिल्मले उत्तर अमेरिकामा प्रतिलिपि अधिकारका लागि ४५ करोड रुपैयाँ कमाएको छ । अमेरिकामा गरिएको वितरणबाट आएको रकम भने खुलाइएको छैन । फिल्मले स्याटालाइट राइट्सबाट पनि ठूलो रकम कमाएको छ ।
बाहुबली फिल्मको पहिलो भाग २०१५ जुलाई रिलिजमा भएको थियो भने यसको दोस्रो भाग आगामी एप्रिल २८ बाट गरिँदैछ । टिमले फिल्म समापन गर्न साढे तीन बर्षको समय खर्चेको छ ।
यो पढ्नुस्।
आफु यौन दुर्व्यवहारको शिकार भएको इलियानाको खुलासा
आमा काजोलले तस्बिर सेयर गर्दा छोरीलाई अप्ठ्यारो !
The post रिलिजअघि कमाईको नयाँ रेकर्ड, ‘बाहुबली-२’लाई ५०० करोड ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kr1pBM
via IFTTT