काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् शहरि बिकास मन्त्री अर्जुननरसिंह केसीले हालै सम्पन्न भएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको भेला पार्टी सगंठन सुदृढीकरणका लागि महत्त्वपूर्ण भएको बताएका छन् ।
मन्त्रालयमा कोषाध्यक्षहरुले गरेको सम्मान ग्रहन गर्दै केसीले आ- आफ्नो जिल्लामा रहेको पार्टी कोषाध्यक्षहरुलाई सहि तरिकाले संचालन गर्दै निस्पक्ष रुपमा पार्टी कार्यकर्ताको काम गर्न आग्रह गरे । केही दिन अघि काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पहिलो भेला सम्पन्न भएको थियो ।
The post काँग्रेसका जिल्ला कोषाध्यक्षहरुले मन्त्री केसीलाइ गरे सम्मान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2inNJqa via IFTTT
काठमाडौँ । आजसम्म ठ्याक्कै कतिजनाले नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्थांक छैन। होस् पनि कसरी । देशभरीका जिल्ला प्रशासन कार्यालयले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिए पनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाईदैन अथवा पठाइए पनि पूर्ण विवरण हुँदैन। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
मन्त्रालयको नागरिकता फाँटका उपसचिव सागरमणि पाठक यसको तथ्यांक गृहकै ई गर्भनेन्स शाखाले राख्नुपर्ने बताउँछन् ।
यो शाखाका प्रमुख श्रवण पोख्रेलले पनि यसको ठ्याक्कै उत्तर भन्न नसकिने बताए।
The post कतिजनाले आजसम्म नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्थांक छैन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iyqBFG via IFTTT
१७ पुस, एजेन्सी।
हालै बलिउड अभिनेत्री विद्या बालनले मराठी फिल्म ‘एक अबलेला’मा चर्चित अभिनेत्री गीता बालीको दमदार भूमिका निर्भाह गरिन् । त्यसपछि उनले ‘कहानी–२’जस्ता अन्य फिल्ममा पनि काम गरिन् । विभिन्न खाले भूमिका निभाउनमा पोख्त विद्या बालन आज ३८ बर्ष पुगेकी छिन् ।
उनले एक भारतीय मिडियालाई अन्तरवार्ता दिने क्रममा आफूलाई सर्प र बिरोलोदेखि निकै डर लाग्ने बताएकी छिन् । आफ्नो घरमा रहेको लाइब्रेरीमा केहिले काही रातको समयमा किताब खसेको आजावले उनलाई निकै डराउने गरेको बताइन् ।
त्यस्तै कुनै पनि चिजबाट आफू चाँडै अघाउने बिद्याले बताइन् । त्यसैले, उनी सँधै फरक किसिमको काम गर्न रुचाउँछिन् । फिल्ममा पनि फरक–फरक किसिमको भूमिका निभाउन चाहान्छिन् ।
बिद्याले अभिताभ बच्चनलाई आफ्नो सच्चा स्टार मान्छिन् भने आलिया भट्ट मनपर्ने नयाँ जेनेरेसनकी कलाकार हुन । उनको ‘बेगम जान’ फिल्म रिलिजको तयारीमा छ ।
यो पढ्नुस्।
शाहिदसँग नाम जोडिएका ८ चर्चित अभिनेत्रीः जो विवाहमा आएनन् (फोटो फिचर)
The post विद्या बालनलाई सबैभन्दा धेरै डर के को लाग्छ ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hCItus
via IFTTT
काठमाडौँ। सरकारले ट्याक्सी चढ्दा सर्वसाधारण नठगिऊन् भनेर आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान गर्ने कामको सुरुआत गरेको छ ।
उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले हाल सञ्चालनमा रहेका मिटरजडित ट्याक्सीमा अनिवार्य रुपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन सूचित गरेको छ । विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाइ बालाजुबाट जाँच पास गराउन यही पुस ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो ।
ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुने छ ।
The post उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर) जडान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hGnwSF via IFTTT
Tateyama Bay of Chiba, Japan is a meeting factor of two pals that are human and fish. Regional diver Heroyuki Arakawa and also Yoriko, a fish of Asian Ship-shed are buddy and also they fulfill each other day-to-day right into water. They are buddy considering that 25 years and fulfill daily.Friendship with Human and Fish.Tateyama Bay of Chiba, Japan is a meeting point of 2 pals who are human and also fish. Neighborhood diver Heroyuki Arakawa as well as Yoriko, a fish of Eastern Ship-shed are friend and they meet each other daily into water. They are pal considering that 25 years and also satisfy daily.
Arakawa dealing with ‘Shinto Shrine’ which lies into bay of water and he is also an overview for those people who like to see that shrine. One day, while came to be overview, he fulfill a fish and also came to be more detailed with that fish. Nowadays, while he call a fish by name called ‘Yoriko’ and also defeat a iron untensil by hammer, fish come over him and also rejoice. Their friendship is around 25 years long.Neighborhood diver Arakawa have a store of diving in Japan and also satisfy a friend. He always write a message on his Facebook wall surface regarding their friendship. This partnership make vacationer appealing and also the majority of visitors opt for diving to see the pal partnership of these two.
## from http://bit.ly/1OZaCpR
१७ पुस, एजेन्सी।
बलिउड अभिनेत्री प्रियंका चोपडाको सफलताको उचाई बढ्दो छ । प्रियंकाले फेरि एक पटक हलिउडका थुप्रै हस्तिहरुसँग काम गर्न पाउने भएकी छिन् ।
प्रियंकालाई सन् २०१७ को प्रतिष्ठित ‘गोल्डन ग्लोब अवार्ड’ कार्यक्रम सञ्चानल गर्नका लागि आमन्त्रण गरिएको छ । अर्को बर्षको ८ जनवरीमा अमेरिकाको लस–एजञ्जल्सको ब्रेवर्ली हिल्टनमा हुन गइरहेको अवार्ड कार्यक्रममा कार्यक्रम सञ्चालनका लागि अनुवन्धित गरिएको हो ।
ड्रेव बेरीमोर, सोफिया वर्गेरा, निकोज किडम्यान र मेट डिमानजस्ता हलिउडका ठूला हस्तिहरुसँग प्रियंकाले कार्यक्रम सञ्चानलन गर्नेछिन् । यो उनका लागि पहिलो अवसर हुनेछ ।
अमेरिकी टिभि शो ‘क्वांटिको’ र हलिउड फिल्म ‘वेवाच’मा काम गरेपछि प्रियंकाको अन्तराष्ट्रिय ग्राफ माथि चढ्दै गएको छ । यसअघि हलिउडको ‘पिपुल्स च्वाइस अवार्ड’, ‘ओस्कार अवार्ड’, ‘एमी अवार्ड’लगायत ठूला अवार्ड कार्यक्रममा प्रियंका सहभागी भइसकेकी छिन् ।
यो पढ्नुस।
अग्रेजी नयाँ वर्षको दिन नाना पुगे ६६ वर्ष, यस्ता छन् उनको जीवनका रोचक कहानी
The post ‘गोल्डन ग्लोब अवार्ड’ सञ्चालन गर्न प्रियंकालाई निमन्त्रणा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hFZjfm
via IFTTT
१७ पुस, एजेन्सी।
नाना पाटेकर बलिउडका सबैभन्दा पोख्त र निखारिएका मानिने कलाकार आज ६६ बर्ष पुगे । सन् १९५१ जनवारी १ मा जन्मिएका नाना पाटेकर ‘रियल लाइफ हिरो’ मानिन्छन् । जान्नुहोस्, नाना पाटेकरको बारेमा थाहा नभएका केही जानकारी ।
नाना पाटेकरले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफू कालो भएकै कारण बाल्यकालदेखि नै विभिन्न चुनौती सामना गर्नु परेको बताएका छन् । उनले ९ बर्षको हुँदादेखि काम गर्न थाले, जसमा उनलाई ६५ रुपैयाँ र एक छाक खाना दिइएको थियो ।
नानाले दैनिक ८ किलोमिटर हिँडेर पहिलो जागिर गरेका थिए । मुम्बईमा रहेको उनको घर त्यो समयमा १ लाख १० हजार भारुमा किनेका थिए, अहिले त्यस घरको मूल्य ३.५० करोड छ । नाना अहिले आफ्नी आमासँग बस्दै आएका छन् । उनलाई मुम्बई शहरभन्दा आफ्नो गाउँ गोवा मन पर्छ ।
नानाले कलाकार नीलकान्तिसँग विवाह गरे, विवाह जम्मा ७५० भारुमा भएको उनको थियो । यद्यपी, हिजोआज उनी आफ्नो श्रीमतीबाट बेग्लै बस्छन् । सुरुवातमा नाना एक ‘थिएटर एक्टर’ थिए र उनलाई ‘गमन’ नाम फिल्ममा पहिलो पटक ‘कास्ट’ गरिएको थियो ।
‘परिन्दा’ फिल्ममा काम गर्दा आगोले उनी पुरै जलेका थिए । उनका अनुसार, काम गरेका प्रत्येक फिल्ममा उनी एक पटक झगडा गरेकै हुन्थे, त्यसैले उनको सम्झौता पत्रमा एक पटक झगडा गर्न पाउने पनि लेखिएको हुन्छ ।
‘पुरुष’ नामक एक शोमा नानाले बलात्कार गरेको अभिनयमा पनि दर्शकले ताली बजाइरहेका थिए, यस्तो असामाजिक काममा पनि ताली मिलेका कारण उनले शो नै छोडे ।
नाना पाटेकर एक पोख्त ‘स्केच आर्टिस्ट’ पनि हुन् । फिल्ममा आउनुअघि उनले जेब्रा क्रसिङ रंगाउने काम पनि गरे । उनी आफ्ना फिल्म हेर्न हल कहिल्यै जाँदैनन्, पछि टिभिमा आएपछि बल्ल हेर्छन् ।
The post अग्रेजी नयाँ वर्षको दिन नाना पुगे ६६ वर्ष, यस्ता छन् उनको जीवनका रोचक कहानी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hGv0Xs
via IFTTT