भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने भ्रमणका लागि काठमाडौं आएका छन्। इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह १२ बजेर २० मिनेटमा नेपाल आएका हुन्। त्रिभुवन विमानस्थलमा भारतीय राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। मुखर्जीलाई नोपाली सेनाको टुकुडीले सम्मान गारत दिएको छ। आजै राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबीच शितल निवासमा भेटवार्ता हुने छ।
मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने छन्। उनी शुक्रबार जनकपुर र पोखरा जाने कार्यक्रम छ।
यस्तो छ उनको तीनदिने कार्यक्रम
१७ गतेको कार्यक्रम
राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा स्वागत
राष्ट्रपति भण्डारीसँग शीतल निवासमा दुईपक्षीय भेटवार्ता
भारतीय दूतावासले आयोजना गरेको रिसेप्सनमा सहभागी
होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता
साँझ सोल्टी होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने स्टेट ब्यङक्वीटमा सहभागि
१८ गतेको कार्यक्रम
पशुपतिनाथमा पुजाअर्चना
काठमाडों विश्वविद्यालयले दिने अनोररी डक्टरको कार्यक्रम ९आर्मी अफिर्ससक्लव० मा सहभागी
काठमाडौं महानगरपालिकाले नगरवाबासीको तर्फबाट राष्ट्रिय सभागृहमा दिने नागरिक अभिनन्दनमा सहभागी
इन्डिया फाउन्डेसनले गर्ने कायक्रममा सहभागी
होटल हायातमा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता ९मधेसी दलका नेताहरुलाई संयुक्त भेटवार्ता ०
साँझ होटल द्वारिकामा प्रधानमन्त्रीले उनको सम्मानमा रात्रिभोज
१९ गतेका कार्यक्रम
जनकपुर भ्रमणको लागि पस्थान
जानकी मन्दिरमा पुजाअर्चना
नागरिक अभिनन्दन र सम्बोधन
जनकपुरबाट पोखरा प्रस्थान
पोखरा ग्रान्डी होटलमा लञ्च
भूतपूर्व गोर्खा सैनिक पेन्सन शिविरमा सम्बोधन
साँझ काठमाडौं फिर्ता हुँदै सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2fudzZB via IFTTT
१८ कात्तिक, एजेन्सी ।
ऐश्वर्या राय तथा रणबीर कपुर अभिनित चलचित्र ‘ऐ दिल है मुश्किल’ले बलिउड ब्लकबस्टरमा राम्रै गरिरहेको भएपनि यी २ कलाकारको रोमान्सले बच्चन परिवारमा तनाव बढेको छ ।
शाहरूखको छोरा र अमिताभकी नातिनीले मनाए पार्टी, यसरी भेटिए पार्टीमा
शुरु देखि नै रोमान्टिक सिनका कारण विवादमा रहेको यो चलचित्रकी अभिनेत्री ऐश्वर्याको परिवार उनले दिएका रोमान्टिक सिनबाट खुसी नभएको बताइएको छ । त्समाथि पछिल्लोपटक रणबीर कपुरले त्यस्ता सिनको विषयमा गरेको टिप्पणीले बच्चन परिवार भड्किएको हो ।
हालै मात्र एक रेडियोमा दिएको अन्तर्वार्तामा रणबीर कपुरले ऐश्वर्यासँग रोमान्सको सिन दिँदा आफू नर्भस भएको बताएका थिए । रणबीरले ऐश्वर्याको नजिक पुगेर उनको गालामा हात पुर्याउँदा आफ्ना हात काँपेको तर ऐश्वर्याले सम्हाल्दै अभिनय मात्र गरेको भनेर सम्झाउनु परेको रणबीरले बताएका थिए ।
ऐश्वर्याका गाला छुँदा मेरा हात काँप्थे – रणबीर कपुर
उनले ऐश्वर्यासँगको अभिनय गर्ने रहर पुरा भएसँगै २ इच्छा पुरा भएको पनि खुलासा गरेका थिए । माधुरी दीक्षितसँग नृत्य गर्ने र ऐश्वर्यासँग अभिनय गर्ने आफ्नो रहर पुरा भएको पनि उनको भनाइ छ ।
पूर्वप्रेमी सलमानसंग काम गर्न ऐश्वर्याको एक सर्त!
रणबीर र ऐश्वर्याको इन्टिमेट सिनको विषय पछिल्लो पटक रणबीरले दिएको अभिब्यक्तिका कारण बच्चन परिवारमा तनाव बढेको र ऐश्वर्याका ससुरा अमिताभ बच्चन रणबीरको भनाइबाट क्रुद्ध रहेको बताइन्छ । यस अघि फिल्ममा रहेका सिनप्रति आपत्ति जनाउँदै निर्देशकलाई सिन काट्न भनेको कुराले बलिउडमै हंगामा भएको थियो ।
The post रणबीरको टिप्पणीले रिसाए अमिताभ बच्चन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ffYCVU
via IFTTT
१७ कात्तिक, एजेन्सी ।
नेपाली केटीको यो फोटोले भारतीय समाजिक सञ्जाल प्रयोगकर्ता माझ सनसनी चच्चाएको छ । भारतीय सञ्चारमाध्यममा आएका समाचारअनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई ट्रेण्ड बनाएका छन् ।
#Tarkariwali भनेर यो फोटो शेयर गर्नेको धुइरो लागेको छ । यसअघि एक पाकिस्तानी चिया पसलेको फाटोले यस्तो महत्व पाएको थियो । जसका कारण ती पाकिस्तानी युवालाई मोडलिङको कैयौं अफर आएको बताइन्छ ।
तरकारी बेच्न लग्दै गरेकी यी केटीको फोटो भाइरल हुनुमा यीनको सुन्दरता र मेहनती जीवनलाई मानिएको छ । यो फोटो ती पाकिस्तानी युवाभन्दा बढी चर्चित भएको बताइन्छ । भारतीय पत्रिका हिन्दूस्तानले जनाएअनुसार यो फोटो एक नेपाली फोटो ग्राफर रूपचंद्र महाराजनले एनटरनेटमा राखेका हुन् ।
When both cuteness and hardwork goes together, it results in #Tarkariwali from Nepal. Social Media Fame Jindabaad. http://pic.twitter.com/mLPM4BtFON
— Sabyasachi Puhan (@SabyasachiPuhan) November 1, 2016
रूपचंद्रकाअनुसार उनले यो फोटो लोकल वजारबाट लिएका हुन् । यो फोटो इन्टरनेटमा राख्नासाथ लाखौंले शेयर गर्न थालेपछि आफै छक्क परेको उनले बताएका छन् ।
पहिलो फोटोमा यी केटी वजारमा तरकारी बेच्न बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनवीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै छिन् ।
The post यी नेपाली केटीको फोटोले भारतमा हंगामा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eT6DU5
via IFTTT
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन आज दिनभर राजधानीका सडक प्रभावित हुने भएको छ ।
भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ भने धेरै जसो सडक सावारी हुने समयमा खाली गरिने भएको छ ।
मुखर्जीको सवारीलाई लक्षित गरी ट्राफिक प्रहरीले विभिन्न रुटको बैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई टाफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रभावित हुने रूटः साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म
विहान साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, थापाथली, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रमा सवारीक्षेत्रमा सवारी प्रभाति हुने भएकाले बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
१ बजे देखि ३ बजेसम्म
यस्तै दिउँसो १ बजे देखि ३ बजेसम्म केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायण गोपालचोक, सोह्रखुट्टे, जयनेपाल क्षेत्रमा गाडी चलाउन पाइने छैन ।
दिउँसो पौने २ बजे देखि पौने ४ बजे सम्मगौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घण्टाघर, पुरानो बसपार्क, मित्रपार्क, चावहिल, बौद्ध, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल, पुतलीसडक क्षेत्रको सडक प्रभावित हुने छ ।
साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म
यस्तै मुखर्जीको सवारीका कारण साँझ साढे ६ बजे देखि बेलुकी साढे ८ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माईतीघर, सिंहदरबार, मित्रपार्क, चावहील, बौद्ध, थापाथली, कुपण्डोल, त्रिपुरेश्वर, टेकु, भोटोबहाल, कालिमाटी, सोल्टीमोड, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बानेश्वर, शंखमुल क्षेत्रमा सवारी आवगमन प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ ।
राजधानीको सडक तीन दिन प्रभावित हुने छ भने विमानस्थल समेत प्रभावित हुने छ । साभार – अनलाइन खबर
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ffPaBR via IFTTT

ओख्खरमा भएको एमिनो एसिडले मुटुलाई हृदयाघात हुनबाट जोगाउनुका साथै अतिरिक्त तौल घटाउन समेत मद्दत गर्छ ।
१६ कात्तिक, काठमाडौं । बलिउड निर्देशक करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’ अहिले चर्चाको शिखरमा छ । फिल्म रिलिजमा भएको विवाद सेलाउन नपाउँदै एउटा अर्को विवादले बबण्डर मच्चिएको छ । यसको कारण अरु नभएर यो फिल्मको एउटा ‘डायलग’ रहेको छ ।
भरतीय सञ्चार माध्यममा आएका खबरअनुसार ‘ए दिल है मुस्किल’ को एउटा ‘डायलग’ ले ठूलै विववादको रुप लिएको छ । फिल्मको एक ठाउँमा नायिका अनुस्का शर्मा भन्छिन् ‘ मोहम्मद रफी गाते नही रोते थे ।’
अनुस्काको यो डायलगले निक्कै ठूलो विवाद निम्त्याएको छ । यो डायलग वारे रफीका छोरा शाहिदले भनेका छन्, ‘फिल्ममा यो डायलगको कुनै आवश्यकता थिएन । डायलग लेख्नेलाई थाहा हुनु पर्ने हो कसको वारेमा लेख्दैछु भनेर । रफी धेरै ठूला गायक हुन् । उनी मेरा पिता भएकाले मैले यो भनेको होइन ।’ शाहिदले थपे ‘उनको निधनको ३६ वर्ष वित्दासमेत उनको गीतको जति फ्यान आज पनि कसैको छैन । यो डायलग मेरो पिताको अपमान हो । यसका लेखक ठूलै बेवकुफ हुन् ।’
करणले यो ढायलगलाई फिल्ममा राखेकामा आफू आश्चार्यचकित भएको बताउँदै शाहिले भनेका छन्, ‘म करणसंग यस्तो आस गर्दिन ।’ शाहिद थप्छन् ‘ मलाई थाहा छैन करणले यो डायलग फिल्ममा किन राखे । शायद मात बढी भएर हो । जब मात बढ्छ तव मान्छे अगाडि प्रशंसा गर्छन र पछाडि थुक्छन् ।’
आफूलाई यस वारे कडा कदम चाल्न कैयौं म्यासेजहरू आएको बताउँदै उनले आफूले यस वारे एकपटक ‘सीबीएफसी’ संग सल्लाह गर्ने बताएका छन् ।
The post अनुस्काको ‘डायलग’ ले बबण्डर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fe4ijq
via IFTTT