१६ असोज, एजेन्सी।
ऐश्वर्या राय बच्चन आफ्नो पूर्व प्रेमी सलमान खानसंग काम गर्न तयार भएकी छिन्। तर यसबारेमा उनको एक सर्त छ। फिल्म क्रिटिक राजीव मसन्दले यस्तो एक सर्त अगाडी सार्दै लेखेका छन्।
ऐश्वर्या आफ्नो विगत भुलेर सलमानसंग काम गर्न तयार छिन्। उनलाई अब पुरानो सम्बन्धले बाधा गर्दैन तर सलमानसंग संगै फिल्ममा काम गर्न उनको एक कडा सर्त छ। सर्त हो, फिल्मको स्क्रिप्ट र निर्देशन असाधारण हुनुपर्छ।
१९९९ देखि २००२ सम्म अफेयर
ऐश्वर्या र सलमानको फिल्म ‘हम दिल दे चुके सनम’ (१९९९) मा संगै काम गरेका थिए। यो फिल्मको सुटिङको क्रममा यी दुई नजिकिए। ‘हम तुम्हारे है सनम’ (२००२) को रिलिज पश्चात यो जोडीको ब्रेकअप भयो। यो फिल्ममा पनि ऐश्वर्या सलमानको गर्लफ्रेन्डको भुमिकामा थिइन।
यो जोडीको ब्रेकअपको वास्तविक कारण के थियो? यसको कारण सायदै थाहा होला तर ऐश्वर्याले सलमान माथी मारपिटको आरोप लगाएकी थिइन। त्यसपश्चात ऐश्वर्यको नाम विवेक ओब्रोयसंग जोडियो। अनि सन् २००७ मा ऐश्वर्याले अभिषेक बच्चन संग विवाह गरिन।
यो पढ्नुस्।
टिजर पछि अब गित सार्वजनिक, रणवीर-ऐश्वर्याको रोमान्टिक सिन (भिडियो)
ऐश्वर्यालाई सलमानबाट यसरी खोसेका थिए विवेकले
यस्ता यस्ता विवादमा परेकी थिइन् ऐश्वर्या राय
The post पूर्वप्रेमी सलमानसंग काम गर्न ऐश्वर्याको एक सर्त! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dPD3iq
via IFTTT
१६ असोज, एजेन्सी।
बलिउडमा नायक ऋतिक रोशन र नायिका कंगना रनवाट बीचको विवाद अझै थामिएको छैन।
केही दिन अघि ऋतिकका बाबु तथा फिल्म निर्माता राकेश रोशनले दिएको एक अन्तर्वार्ता पछि झन् कंगना र ऋतिक बिच विवादको अर्को बिउ उम्रेको छ।
राकेक रोशनले भनेका थिए, ‘यदि ऋतिकले साँचो बोले सबै चकित पर्नेछन्। जब कोही उसको बारेमा झुटो कुरा फैलाउँदै थियो, तब ऋतिकले शान्त बस्न चाह्यो। यदि उसले साँचो बोलेको भए सबै चकित पर्ने थिए।’
राकेशले कंगनाको भलै नाम लिएनन् तर उनको यो बयान कंगानले ऋतिकको बारेमा बोलेका कुरा प्रति तेर्सिएको थियो।
अब कंगनाले राकेश रोशनको नाम नलिइ भनिन, ‘उनी ४३ वर्षका छोरा हुन, वयस्क हुन र उनी आफ्नो विवादलाई राम्रो तरिकाले आफै ह्याण्डल गर्न सक्छन्, तर किन सधै पिता उनको बचाउमा आउनु पर्छ र कहिले सम्म आउँछन्?’
कंगनाले भनिन, ‘त्यो निकै साधारण विवाद थियो। मैले बुझ्न सकेको छैन कि किन आफ्नो छोरा बचाउन पिता सधै अगाडी आउने गर्छन्?’
वास्तवमा कंगना र ऋतिकको विवाद त्यो समयमै सुरु भएको थियो जब कंगनाले एक अन्तर्वार्तामा ऋतिकलाई ‘सिल्ली एक्स’ भनेकी थिइन।
पछि ऋतिकले यसको जवाफ दिदै ट्वीट गरेका थिए, ‘एक पोपसंग सम्बन्ध सम्भव छ, तर त्यो वन्डरफुल महिला (कंगना) संग त विल्कुलै छैन।’
ऋतिकको यो ट्वीट पश्चात विवाद बढेर कानुनी झगडामा बदलिएको थियो।
यो पनि पढ्नुस्।
ऋतिकलाई कङ्गनाले पठाएका गोप्य मेल सार्वजनिक
ऋतिक रोशनलाई पक्राउ गर्न कंगनाको माग
The post ‘४३ वर्षको छोरालाई बचाउन बाबु नै आउनुपर्छ?’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cK7VMj
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2d4oWSx
एजेन्सी । केट राइट जति सुन्दर छिन् उनको विकिनी पोज उति नै आर्कषक र कामुक देखिन्छ । यसअघि विभिन्न शैलीमा विकिनी तस्बिर सार्वजनिक गर्दै आएकी यि टोएइ स्टार केट हालै स्पेनमा आयोजीत्त एक कार्यक्रममा रातो विकिनी अवतारमा देखिएपछि उनको थप चर्चा चुलीएको छ ।
रातो विकिनीमा प्रस्तुत भएकी २५ बर्षकी यी रियालिटी स्टारको आकर्षक फिगरको धेरैले खुलेर नै तारिफ गरेका छन् । विकिनीमा सजिएकी केटको बक्षस्थलको अधिकांश भाग अधिकांश देखिएको थियो । जुन विषयलाई उनले आफ्नो सोख भएको बताउँदै आएकी छिन् ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2dz7dTS
via IFTTT
१५ असोज, एजेन्सी।
पाकिस्तानी कलाकारलाई समर्थन गरि बयान दिएपछि सलमान खान विरुद्ध शिवसेना पार्टी भट्किएको छ। सलमानका पिता सलीम खानलाई आफ्नो छोरा सलमानलाई घरैमा राख्न शिवसेना पार्टीले चेतावनीको भाषा प्रयोग गरेको छ।
शिवसेनाले पहिले नै पाकिस्तानी कलाकारलाई भारतबाट निस्कन धम्की दिएको थियो। यसपश्चाय कयौं पाकिस्तानी कलाकारले भारत छोडेका छन्।
सलमान खानले यो मुद्धामा बोल्दै, उनीहरु कलाकार हुन् आतंककारी होइनन् भनेका थिए। सरकारले नै परमिट र भिसा दिएको भन्दै सलमानले पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए।
‘सर्जिकल अपरेशनमा मारिएका आतंककारी थिए, उनीहरुले मार्यौं ठिक भयो’, सलमानले भनेका थिए।
सलमानले आतंकवादको मुद्धामा पुरा देश एकजुट हुनुपर्ने सन्देश दिदै बोलेपनि पाकिस्तानी कलाकारको समर्थन भने शिवसेनाले प्रतिवाद गरेको छ।
यो पढ्नुस्।
शेरबहादुर देउवाको शैली जो तपाईंलाई थाहा नहुन सक्छ
किस्तानमा भारतीय च्यानलमा पनि प्रतिबन्ध लाग्यो
भारतमा पाकिस्तानी कलाकारको प्रतिबन्धबारे सलमान बोले, ‘उनीहरु आर्टिस्ट हुन’
The post ‘सलमानलाई घरमै थुनेर राख्नु’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dfZnja
via IFTTT
१५ असोज, काठमाडौं।
कुनै बेलाका सुपरस्टार राजेश हमाल त्यही स्टारडम इन्जोय गर्दैनन्। उनको क्रेज पनि घटेको छ। उनले पछिल्लो समयमा आफूलाई उही लिगमा राख्न सकेका छैनन्।तर वर्षौ देखि चल्तीकी नायिकाका रुपमा राज गर्दै आएकी नायिका रेखा थापा भने उही क्रेज र मागलाई कायम राख्न सफल देखिएकी छिन्।
यसको प्रमाण हो सामजिक सञ्जाल र खासगरि फेसबुकमा भएको उनको जबरजस्त उपस्थिती।
रेखा थापाको भेरीफाइड पेजमा लाइक गर्नेको संख्या ३० लाख नजिक पुग्न लागेको छ। संभवत फेसबकुमा सबै भन्दा बढि लाइक हुने नेपाली सेलेब्रेटी उनै हुन्।रेखाका चलचित्रले पनि निकै राम्रा चर्चा पाउने गर्दछन् भने व्यापारमा पनि राम्रै गर्दछन्। रेखाले आफूलाई सदाबहार राख्न सक्नुका कारण के हो त ?
उनले आफूलाई समाजिक सञ्जालमा अपटुडेट राखेकी छिन् । उनले संसार भर रहेका नेपाली दर्शकसंग आफुलाई जोडीराखेकी छिन फेसबुकबाट जहाँ उनको सर्वाधिक लाइक पनि छ।
रेखाले रेखा थापा फाउन्डेसबाट आफूलाई समाजसेवामा उतारेकी छिन्। समाजसंग जोडिदाँ उनिप्रति थप सकारात्मक धारणा बनेको छ। जानकारहरुले यसैलाई रेखा थापाको स्मार्ट म्यानेजमेन्ट मानेका हुन्।कुनै समयमा राजनीतिमा समेत तानिएकी रेखासंग जुनसुकै सामाजिक विषयमा धाराप्रहवाह बोल्ने क्षमता पनि छ त्यसले पनि उनलाई निकै मद्दत गरेको छ।
चलचित्र जगतमा चाहिने एउटा पाटो ग्ल्यामरमा पनि रेखा पछि परेकी छैनन् । केही दिन अघि उनले फेसबुकमा सार्वजनिक गरेका तस्विरले यसको झल्को दिन्छ।
यो पढ्नुस्।
दिपक, दिपाको ह्याट्रिक
पाकिस्तानमा भारतीय च्यानलमा पनि प्रतिबन्ध लाग्यो
सलमान र ऐश्वर्या फेरी एकपटक संगै!
The post तीन कारण सहित तीन फोटो जसले बताउँछ- रेखा किन अझै नम्बर १ ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dfkc1w
via IFTTT
१५ असोज,एजेन्सी।
सलमान खान र ऐश्वर्या राय बच्चनका फ्यानका लागि बलिउडबाट ठूलो खबर छ। फिल्म समिक्षक राजिव मसन्दले ऐश्वर्या र सलमान फेरी एकपटक संगै पर्दामा देखिने खुलासा गरेका छन्।
सलमान र ऐश्वर्याको ब्रेकअपको खबर अहिलेपनि चर्चामा आउने गर्छ। बलिउडमा सबैभन्दा रुचाइएको जोडी ब्रेकअप पश्चात एउटै कार्यक्रममा देखिनु पनि दुर्लभ थियो, एउटै फिल्म खेल्नु त परको कुरा।
यी सबैको पश्चात ऐश्वर्या ती पुराना दिन बिर्सन तयार देखिन्छिन्। अब सलमानसंगको पुरानो सम्बन्धले ऐश्वर्यालाई असर पार्ने छैन। ऐश्वर्या त्यो पुरानो चिसिएको सम्बन्धमा जमेरको बरफ तोड्न तयार छिन, ऐश्वर्या सलमानसंग फेरी काम गर्ने राजीवले एक लेखमा खुलासा गरेका हुन।
ऐश्वार्याले आफ्ना निकटतसंग सलमानसंग फिल्म खेल्ने बारेमा बताएकी पनि लेखिएको छ। तापनि यसबारेमा ऐश्वर्याको बयानको भने प्रतिक्षा रहन्छ। अझ सलमान आफ्नै तयार छन् कि छैनन् सो पनि सार्वजनिक भइसकेको छैन।
यो पढ्नुस्।
सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या
४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन्
The post सलमान र ऐश्वर्या फेरी एकपटक संगै! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2cIChyw
via IFTTT