काठमाणडाै १७ चैत्र – फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी काभ्रे भकुन्डेबेसीकी २३ वर्षीया पिया थापाले प्रेमको नाटकमा अपहरण र लुटपाट गरेकी हुन्। व्यापारका लागि भनेर भेट्न बोलाएर सहयोगी लगाई थापाले विकलाई अपहरण गराई पैसा र मोबाइल लुटपाट गराएकी हुन्। पिया र उनका वास्तविक प्रेमी ललितपुर इमाडोलका सन्तोष घिमिरेलाई प्रहरीले तीन साताअघि पक्राउ गरेको थियो। गत १४ फागुन बिहान ४ बजे विकको कोटेश्वरबाट अपहरण भएको थियो। २० फागुनमा महानगरीय प्रहरी वृत्त बानेश्वरले पिया र सन्तोषलाई पक्राउ गरेको हो।५७
The post फेसबुकमा बनेकी प्रेमीकाले यसरी लुटिन् appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ चैत – उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट चर्को दबाब आएको छ। राप्रपा नेपाल सरकारमा गएपनि एक अंश पनि पार्टीको एजेन्डा सम्बोधन नभएको तथा आन्तरिकरुपमा पार्टिभित्र झन् भाँडभैलो मच्चिएको भन्दै अध्यक्ष थापामाथि सरकारबाट फिर्ता आउन चर्को दबाब दिइएको हो। सुविधा खानका लागि मात्र सरकारमा बस्नुको औचित्य नभएको भन्दै राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले तत्काल सरकार छोडी लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपालको चौथो ठूलो दल हो। राप्रपा नेपालले संघीयताको समेत विरोध गर्दै आएको छ। ‘
The post यसकारण परेको हो कमल थापालार्इ सरकार छोड्न दबाब appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ चैत – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले अध्यक्ष ओलीले गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका थिए। पार्टी चलाउने जिम्मा पाएपनि अध्यक्षले गुटमात्र चलाएको भन्दै सचिव भट्टराईले आलोचना गरेका थिए। उपमहासचिव भुसालले सत्ता र शक्त्किो दुरुपयोग गरेर गुट भेला गरेको भन्दै आपत्ति जनाएको स्रोतले बतायाृे। मदन भण्डारी प्रतिष्ठानका नाउँमा हालै राजधानीमा भएको भेलाप्रति पनि उनले असन्तुष्टि जनाए।
The post यस्तो छ एमाले भित्र गुट-उपगुटको लडाईँ – ओली–नेपाल पक्षीय नेताबीच बैठकमा चर्काचर्की appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाडौं, १७ चैत – कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल र कार्यसमिति निर्वाचनअघि नै विधान संशोधनका लागि अग्रसरता लिएका छन्। उनले नेता रामचन्द्र पौडेललाई मंगलबार फोन गरी निर्वाचनअघि नै विधान संशोधन गर्नेबारे आश्वस्त तुल्याएका हुन्। पौडेल पक्षधरले विधान संशोधन नगरी दलको नेता र कार्यसमिति निर्वाचन गर्न नहुने बताएकाले देउवाले संशोधन गर्न अग्रसरता लिएको उनी निकट नेता विमलेन्द्र निधिले बताए। तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधनपछि उक्त पद खाली छ। पौडेलले विधान संशोधन र चैत २० गते बार एसोसिएसनको निर्वाचनका कारण जनाई पूर्वनिर्धारित निर्वाचन मिति सार्न आग्रह गरेका थिए। कानुन व्यवसायीको पृष्ठभूमि भएका कतिपय सांसदहरू नै मतदानका लागि जिल्ला
The post पौडेलले फोन गरेर बिन्ती बिसाएपछि देउवाले दिए यस्तो आश्वनसन appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
काठमाण्डाैँ १७ चैत्र – नेपाली कांग्रेसको १३ अाैँ महाधिबेशन सकिएकाे लामाे समय बितिसक्दा पनि बिबादका कारण राेकिएका १० जिल्लाको अधिवेशन अझै टुंगो लाग्न सकेको छैन । केन्द्रीय महाधिवेशन सकिएको महिना पुग्न लाग्दा पनि ती जिल्लाको अधिवेशन हुन नसकेको हो । सिन्धुपाल्चोक , सिरहा, धनुषा, सप्तरी, डोल्पा, कञ्चनपुर, महोत्तरी, रसुवा र हुम्लाको अधिवेशन हुन बाँकी छ । जिल्ला अधिवेशनपछि कांग्रेसमा केन्द्रीय महाधिवेशन हुने भए पनि क्रियाशील सदस्यतालगायत विवादका कारण १० जिल्लाको अधिवेशन हुन सकेको थिएन । ती जिल्लामा सहमति नजुटेपछि अधिवेशनबिनै केन्द्रीय निर्वाचन समितिले महाधिवेशन गराएको थियो ।क्षेत्रीय अधिवेशन भने २४० निर्वाचत क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ । पार्टी कार्यालयका सचिव
The post कांग्रेसको १० जिल्लाको अधिवेशन किन हुन सकेन ? appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अाफूले नेतृत्व गरिरहेकाे संस्थाकाे प्रमूख जिम्मेवारीबाट बिदा लिने भएका छन् । उनी १४ बर्षपछि अखिल नेपाल किसान महासंघको नेतृत्वबाट बिदा हुने भएका हुन् । लगातार दुई कार्यकाल महासंघको अध्यक्ष रहेका गौतम पछिल्लोपटक एउटै कार्यकाल झन्डै नौ बर्ष अध्यक्ष भए । छैटौं राष्ट्रिय महासम्मेलनबाट बिदा लिने इच्छा गौतमले निकट नेता तथा कार्यकर्तासँग व्यक्त गरेका हुन् । २०५८ सालमा एमाले र तत्कालीन मालेबीच एकीकरण भएपछि बनेको महासंघमा गौतम अध्यक्ष थिए र २०६४ सालमा पुन नेतृत्वमा पुगेका गौतम ६८ बर्ष पुगेका छन् । बुधवार साप्ताहिकबाट
The post बामदेव गाैतमले अव नेतृत्व छाेड्ने appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
ट्राफिकको आँखा छल्ने बानी भएकाहरुलाई दुखद खवर छ । किनभने अब ट्राफिककाे अाँखा छल्न सजिलाे छैन । आँखा छलेर नियम मिच्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ ।ट्राफिकको आँखा छलेर ट्राफिक नियम भिच्ने बानी परेकाहरुलाई ट्राफिक प्रहरीको आँखाले नदेखे पनि क्यामेराले भने निगरानी गरिरहेको हुन्छ । किनभने शरीरमा एक्सन क्यामेरा भिरेर बुधबारदेखि ट्राफिक प्रहरी सडक चेकिङमा निस्कदैछन् । चालकको गल्ती अडियोरभिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाही गरिने छ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए ।क्यामरासहितको लेन
The post ट्राफिकको छातीमा क्यामरा, ट्राफिक नियम मिच्दा कार्वाहीमा परिएला ! appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR