माघ १९, काठमाडौं : नेपाल प्रहरीका एक डिएसपीसहित तीन प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदा लिँदै सोमबार राति रंगेहात पक्राउ गरेको छ ।
ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिजको गेट अगाडिको थाई घर रेस्टुरेन्टमा एक पेट्रोल पम्प सञ्चालकबाट घुस लिँदा लिँदै डिएसपी दयानन्द (डिएन) ज्ञवालीसहित दुर्इ प्रहरीलाई अख्तियारले सोमबार राति पक्राउ गरेको हो ।
ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकबाट मुद्दा मिलाइदिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ ।
त्यसैगरी सई लालमणि पाण्डेलार्इ अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ ।
घुससहित पक्राउ परेका तीनैजनालाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।
- अन्नपूर्ण पोष्ट
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1RWAh8s
काठमाडौं, १९ माघ - काठमाडौ-कुलेखानी-हेटौँडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्ष पहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन् ।
कम्पनीमा बुझाइएको राजीनामा पत्रमा ’व्यक्तिगत कारण’ पद त्यागेको उल्लेख गरिए पनि स्थानीय लगानीकर्ता समेतको डेढ महिना लामो धर्नापछि उनले राजीनामा दिएका हुन् ।
जोशीले आफूलाई पदबाट राजीनामा दिएको स्वीकार्दै नयाँ लगानीकर्ता नआएसम्म जिम्मेवारीबाट भने नहट्ने बताए । केही बोर्ड सदस्यको धम्कीपछि आफूले बाध्यतामा राजीनामा दिएको उनले बताए ।
केही बोर्ड सदस्यले राजीनामा नदिए आफ्नो घर घेर्नेसम्म धम्की दिएको उनले आरोप लगाए । जोेशीको राजीनामाबारे माघ २७ को बोर्ड बैठकले निर्णय लिने कम्पनी स्रोतले जनाएको छ ।
- नागरिक दैनिक
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1UEGjbN
रौतहट, १९ माघ – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सोमबारदेखि चन्द्रनिगाहपुरमा नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माण मापदण्ड र राष्ट्रियता भवनसंहितासम्बन्धी आठदिने तालिम सुरु भएको छ । तालिममा मुलुकका विभिन्न स्थानका १५ नगरपालिका इन्जिनियर तथा जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको सहभागिता रहेको छ । तालिममा सुरक्षित तथा स्वस्थकर नगरको विकास गर्न नयाँ नगरपालिकाका लागि सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड तयार गरेको जानकारी दिइएको थियो ।
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
वीरगन्ज, १९ माघ । आन्दोलनरत संघीय समावेशी मधेसी गठबन्धनले सीमा नाकाको धारणा यथावत् राख्दै केही समयका लागि बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने निर्णय गरेको छ । आन्दोलनलाई अझ बढी व्यवस्थित बनाउनाका साथै आन्दोलनरत सबै दल र मोर्चालाई मिलाएर महागठबन्धन निर्माण गर्नका औपचारिक रुपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्ने बैठकले निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले जानकारी दिनुभयो । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनलाई परिणाममुखी बनाउनका लागि मधेसी, थारु, आदिवासी जनजाति, दलित र मुसलमान लगायत सबै वर्ग र समुदायलाई आन्दोलनमा सक्रियताका साथ लाग्न आह्वान गर्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
काठमाण्डौ १९ माघ – भारतको अघोषित नाका बन्दी र मधेस आन्दोलनका कारण नाका मा भएको अबरोध र आपुर्ती समस्या भएपछि नेपाल भित्रिएको इन्धनको सम्पूर्ण हिसाव बिबरण १५ दिन भित्र बुझाउन सर्बोच्चले सरकारलाईआदेश दिएको छ । कालोबजारी रोकी उपभोक्ताको हक संरक्षण गरी पाऊँ भनी अधिवक्ता तुलसी सिंखडाले माघ ३ मा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै पधानन्यायाधीश कल्याण श्रेष्ठको इजलाशले सरकारलाई अदालतमा हाजिर हुन पनि आदेश दिएको छ । गत असोज ४ यता कति मात्रामा ग्यास एवं पेट्रोल डिजेल भित्रियो, त्यसको आँकडा नेपाल सरकारसँग हुनुपर्छु भन्दै सिंखडाले त्यसको हिसाब, मूल्य र वितरणको पूर्ण विवरण सार्वजनिक हुनुपर्ने माग गरेका गर्नुभएको थियायो
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय संयोजक कुल आचार्यले पोर्तुगलमा राजदूतावास स्थापनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आचार्यले एनआरएन केन्द्रमा रहेको विवाद पूरै मिलिसकेकोले पटक्कै शङ्का नगर्न पनि अनुरोध गरेका छन् ।
संयोजक आचार्यको स्वागत, सम्मान र भेटघाट कार्यक्रममा मृगौलापीडित जय सुवेदीलाई १८ लाख ७ हजार ४४० रुपैयाँ बराबरको सहयोग जुटाइएको घोषणा पनि गरिएको छ । सहयोगका लागि बेल्जियम पर्वत समाजले ६०२, नेदरल्याण्डसले ५०७, अस्ट्रियाले ६१५, स्वीट्जरल्याण्डले ४५०, पोर्तुगलले ९३० युरो र जापान पर्वत समाजले ६९ हजार येन सहयोग जुटाएका छन् । सहयोगस्वरुप एनआरएन पोर्तुगलले ११६२, बेलायतले ३५५०, डेनमार्कले ४७९ युरो र बेल्जियम एनआरएनले ६ लाख रुपैयाँ सङ्कलन गरेको जानकारी दिइएको छ ।
आचार्यले आफूलाई युरोप संयोजकमा निर्विरोध चयन गर्न सहयोग पुरयाएकोमा पोर्तुगलका संघसंस्था प्रमुख तथा अगुवाहरुलाई मायाको चिनो दिएका थिए । कार्यक्रममा अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल, आइसीसी सदस्य रमेशकुमार गुरुङ र युरोप काँग्रेस काबा अध्यक्ष पूर्ण हमालले स्वागत र शुभकामना मन्तव्य राखेका थिए ।
भीम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सोम शेर्पाले गरेका थिए । कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्टमा भएको थियो ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Q99CiK
उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन् । कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन ।
स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन् ।
आफ्नो दैनिक आवश्यकतानिम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन् - गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष ।
त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए ।
सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे । कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए ।
निजी सवारीसाधनमा कार्यालय आउँछन् उनी । इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन् । २०७० असार २५ गते तत्कालीन सँस्कृतिमन्त्री रामकुमार श्रेष्ठले अनुरोध गरेपछि टण्डन चारवर्षे कार्यकालका लागि दोस्रोपटक पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् ।
- नागरिक दैनिक
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1QVe5KL