योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रीय संयोजक कुल आचार्यले पोर्तुगलमा राजदूतावास स्थापनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आचार्यले एनआरएन केन्द्रमा रहेको विवाद पूरै मिलिसकेकोले पटक्कै शङ्का नगर्न पनि अनुरोध गरेका छन् ।
संयोजक आचार्यको स्वागत, सम्मान र भेटघाट कार्यक्रममा मृगौलापीडित जय सुवेदीलाई १८ लाख ७ हजार ४४० रुपैयाँ बराबरको सहयोग जुटाइएको घोषणा पनि गरिएको छ । सहयोगका लागि बेल्जियम पर्वत समाजले ६०२, नेदरल्याण्डसले ५०७, अस्ट्रियाले ६१५, स्वीट्जरल्याण्डले ४५०, पोर्तुगलले ९३० युरो र जापान पर्वत समाजले ६९ हजार येन सहयोग जुटाएका छन् । सहयोगस्वरुप एनआरएन पोर्तुगलले ११६२, बेलायतले ३५५०, डेनमार्कले ४७९ युरो र बेल्जियम एनआरएनले ६ लाख रुपैयाँ सङ्कलन गरेको जानकारी दिइएको छ ।
आचार्यले आफूलाई युरोप संयोजकमा निर्विरोध चयन गर्न सहयोग पुरयाएकोमा पोर्तुगलका संघसंस्था प्रमुख तथा अगुवाहरुलाई मायाको चिनो दिएका थिए । कार्यक्रममा अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल, आइसीसी सदस्य रमेशकुमार गुरुङ र युरोप काँग्रेस काबा अध्यक्ष पूर्ण हमालले स्वागत र शुभकामना मन्तव्य राखेका थिए ।
भीम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सोम शेर्पाले गरेका थिए । कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्टमा भएको थियो ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Q99CiK
उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन् । कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन ।
स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन् ।
आफ्नो दैनिक आवश्यकतानिम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन् - गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष ।
त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए ।
सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे । कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए ।
निजी सवारीसाधनमा कार्यालय आउँछन् उनी । इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन् । २०७० असार २५ गते तत्कालीन सँस्कृतिमन्त्री रामकुमार श्रेष्ठले अनुरोध गरेपछि टण्डन चारवर्षे कार्यकालका लागि दोस्रोपटक पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् ।
- नागरिक दैनिक
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1QVe5KL
काठमाडौँ १८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निलम्वित महानिरीक्षक कोषराज वन्त सहित ११ जना विरुद्व आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। सामान किनेको नक्कली विल बनाई ६ करोड ७९ लाख भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले वन्त सहित ११ जना विरुदद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले वन्तसँगै ८ जना सशस्त्रका कर्मचारी र २ जना ठेकेदारलाई समेत सो मुद्दामा प्रतिवादी बनाएको छ।अख्तियारद्वारा जारी विज्ञप्तिमा हलचोकको समान ढुवानी प्रकरणमा अनुसन्धान गर्दा सामानै ढुवानी नगरी महानिरीक्षक वन्तको निर्देशनमा लेखा प्रमुख शसस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापाले सदाज्योती तथा अदिती ट्रान्सपोर्टका संचालकहरुसंग मिलेमतो गरी खाली तथा विभिन्नर युनिटहरूमा
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
भुकम्प पिडितहरुको सहयोगको लागि ‘फन्ड रेज’ गर्न गरिएको सांगीतिक साँझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु, संगीत क्षेत्रका हस्तीहरु, र सर्वसाधारणको बाक्लो उपस्थ्तिी रहेको थियो ।
गत बैसाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो ।
सडकको विकटताका कारण अफ्ट्यारो संग संघर्ष गरिरहेका छाप गाउँबासीको जिबनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले बताउनुभयो ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1QBWRA3
via IFTTT
१८ माघ, काठमाडौं । एक बर्षअघिसम्म पनि बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य हुन्थ्यो- मलेसिया । नेपालसँग मिल्दो हावापानी र अन्य मुलुकभन्दा केही आकर्षक कमाइका कारण नेपाली कामदार एकदेखि डेढ लाख रुपैयाँसम्म खर्चेर मलेसिया जान्थे ।
तर, यतिबेला परिस्थीति फेरिएको छ । मलेसियाबाट आएका करिव १२ हजार माग काठमाडौंका म्यानपावरका थन्किएका छन् । उहिले पैसा तिरेर जाने नेपाली कामदार अहिले फ्री भिसामा पनि मलेसिया जान खोज्दैनन् ।
एकातिर फ्री भिसा र फ्री टिकटको निर्णयका कारण मलेसियाबाट नेपाली कामदारको माग घट्दो छ भने आएका मागमा पनि कामदार पाउन निकै गाह्रो छ भन्छन् वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष बिमल ढकाल ।
मलेसिया जान तयार हुने युवाको संख्या न्युन भएपछि म्यानपावरहरुलाई माग पूर्ति गर्नु टाउको दुखाइ बनाएको छ ।
‘हजारौंको डिमान्ड छ । तर, त्यसअनुसार कामदार मलेसिया जान तयार भएनन्,’ महासंघका उपाध्यक्ष कुमुद खनालले भने-‘यसमा विभिन्न कारणहरु छन् । तर, मलेसियमा जान नेपाली युवा अहिले पटक्कै इच्छुक देखिएका छैनन् ।’
उनले आफ्नो कम्पनीसँग पनि मलेसियाबाट ७० वटा डिमान्ड आएकोमा सबै कामदार पठाउन नसकिएको सुनाए ।
असुरक्षाको भ्रम मुख्य कारणः व्यवसायी
मलेसिया नेपाली कामदारका लागि असुरक्षित छ भनेर सामाजिक सञ्जालमा हुने प्रचारबाजीले नै माग अनुसार कामदार पठाउन नसकिएको व्यवसायीको ठहर छ ।
विशेषगरी मलेसियामा नभएका घटनाहरु पनि सामाजिक सञ्जालमा आउँदा समस्या भएको व्यवसायीको तर्क छ ।
‘प्रायः सबै युवा सामाजिक सञ्जालमा आवद्ध छन् । उनीहरुले फेसबुक र ट्वीटर लगायत सामाजिक सञ्जालमा भितनाम र कम्बोडियाका हत्या र आक्रमणका घटनाका विभत्स तस्वीर मलेसियाको भन्दै पोष्ट गरिएका छन्’ उपाध्यक्ष खनालले भने-‘त्यस्ता पोष्टहरुले मलेसियाका ज्यादै असुरक्षित रहेको भन्ने भ्रम फौलाएको छ ।’
पछिल्लो समयमा मलेसियामा देखिएको आर्थिक संकटले त्यहाँको मुद्रा कमजोर हुनु पनि नेपाली कामदारको आकर्षण घट्नुको प्रमुख कारण मानिएको छ ।
उनले यसैलाई आधार बनाएर मलेसियामा बसेर झुटा र भ्रामक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने गरी कानुन निर्माणको तयारी गरेको बताए ।
केही समयअघि मलेसियाका आप्रबासी कामदार हेर्ने मन्त्रीले नेपालका म्यानपावर व्यवसायीसँगको भेटमा फेसबुकमार्फत मलेसियाका झुटा खबर फैलाउने विरुद्ध ‘साइबर क्राइम’ को मुद्दा चलाउने जानकारी दिएका थिए ।
यसैगरी म्यानपावर एजेन्टहरुले पनि युवालाई ‘मलेसिया नजान’ भन्न गरेकाले पनि युवा त्यता जान उत्साहित नभएको म्यानपावर ब्यवसायी बताउँछन् ।
‘गाउँबाट आउने युवालाई एजेन्टले पहिले नै मलेसियाका नजाने गरी ल्याएका हुन्छन् । त्यहाँ पठाउँदा असुरक्षा हुने एजेन्टहरुमा पनि भ्रम छ । त्यसैले अहिले आएको डिमान्ड पनि पेन्डिङ छ’ खनालले भने ।
महासंघका अध्यक्ष ढकाल भने फ्री भिसाको निर्णयको प्रभाव स्पष्ट देखिएको बताउँछन् । मलेसियाबाट माग घटेका कारण त्यहाँ जाने युवाको संख्या घट्दा विभिन्न बाहानामा ‘ट्रेन्ड’ अन्त मोडिएको उनको दावी छ ।
मुद्रा अवमूल्यनको असर
मलेसिया जाने कामदार घट्नुमा ब्यवसायीले भने जस्तो ‘असुरक्षाको हल्ला’ मात्र कारण नभएको विज्ञहरु बताउँछन् ।
पछिल्लो समयमा मलेसियामा देखिएको आर्थिक संकटले त्यहाँको मुद्रा कमजोर हुनु पनि नेपाली कामदारको आकर्षण घट्नुको प्रमुख कारण मानिएको छ ।
कुनैबेला एक मलेसियन रिंगेटको मूल्य ३२ रुपैयाँसम्म थियो । तर, पछिल्ला केही महिनामा २४ रुपैयाँसम्म झरेको थियो ।
अहिले केही उकासिएर २६ रुपैयाँको हाराहारीमा पुगेको छ । तलब नबढेको अवस्थमा मुद्रा अवमूल्यन हुँदा आम्दानी प्रभावित हुने डरले कामदार मलेसिया जान नचाहेको वैदेशिक रोजगार विभागले बताएको छ ।
नेपालको ३५ प्रतिशत रेमिट्यान्सको स्रोत मुलुक मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य बन्ने दौडबाट तेस्रोमा झरेको छ ।
जाने घटेको घट्यै
मलेसियामा आर्थिक मन्दी देखिएसँगै कतार र साउदीमा बढी नेपालीहरु जान थालेको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको सुरुवाती ५ महिनामा मलेसिया जाने नेपाली कामदारको संख्या झण्डै ३ गुणाले घटेको छ ।
एकातिर फ्री भिसा र फ्री टिकटको निर्णयका कारण मलेसियाबाट नेपाली कामदारको माग घट्दो छ भने आएका मागमा पनि कामदार पाउन निकै गाह्रो छ ।
केही वर्षदेखि नेपालीको मुख्य रोजगार गन्तव्यका रुपमा स्थापित भएको मलेसिया यो वर्ष तेस्रो गन्तव्यस्थल बनेको छ ।
साउनदेखि मंसिरसम्म ५४ हजार १ सय कामदार लगेको कतार पहिलो श्रम गन्तव्यका रुपमा देखिएको छ भने ५३ हजार ७ सय कामदार लगेको साउदी अरेबिया दोस्रो मुख्य श्रम गन्तव्य बनेको छ ।
महिनामा औषत २० हजार कामदार जाने मलेसियामा अहिले ६ हजारमा झरेको छ । गत वर्ष साउनदेखि मंसिरसम्म एक लाख ६ सय कामदार मलेसिया गएकोमा यो वर्ष यही अवधिमा ३१ हजार दुई सय जनामा सीमित भएको छ ।
समीक्षा अवधिमा अघिल्लो वर्षभन्दा यो वर्ष मलेसिया जाने कामदारको संख्या ६९ हजार ४ सय जना कम छ ।
साउनदेखि नै मलेसिया जाने कामदारको संख्यामा निरन्तर गिरावट जारी छ । मंसिरमा ९ हजार ५ सय कामदार मलेसिया गएकोमा भदौमा घटेर ६ हजार ७ सयमा आएको थियो ।
असोज र कात्तिकमा पनि मलेसिया जानेको संख्या घट्ने क्रम जारी रह्यो । असोज महिनामा ५ हजार ९ सय कामदार मलेसिया जाँदा कात्तिकमा ३ हजार १ सयमा सीमित बन्न पुग्यो ।
मंसिर महिनामा भने मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या सामान्य बढेर ५ हजार ५ सय पुग्यो । तर, अघिल्लो वर्षको मंसिरकै तुलनामा यो संख्या झण्डै १६ हजारले कम हो । गत मंसिरमा २२ हजार कामदार मलेसिया गएका थिए ।
श्रम सम्झौतामा जोड
अब सरकारी तवरमा श्रम सम्झौता गरेर सबै किसिमबाट मलेसियालाई सुरक्षित रोजगार गन्तब्य भएको सन्देश दिन जरुरी भएको ब्यवसायीको भनाइ छ ।
मलेसियमा दक्ष कामदार लैजाने गरी सम्झौता हुनुपर्ने उनीहरुको माग छ । मलेसियासँग श्रम सम्झौताको प्रक्रिया अघि बढेपनि लामो समयदेखि त्यो अलपत्र परेको छ ।
मलेसियाले नेपालको बेवास्ताले सम्झौता नभएको बताउने गरेको छ भने नेपाली अधिकारी मलेसिया सरकारका कारण ढिलाई भएको आरोप लगाउँछन् ।
- अनलाइनखबर
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1m7T16Z
विराटनगर, माघ १८। मोरङमा आज बिहान एक प्रहरी हबल्दारको डढेर मृत्यु भएको छ ।
सिजुवा–१ घर भएका अन्दाजी ४५ वर्षीय रामचन्द्र ताजपुरियाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राति सुतिरहेको कोठाबाट एक्कासि धुवाँ निस्किरहेको देखेकी उनकी छोरीले आगो निभाएर उद्धार गरेकी थिइन् ।
उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
आगलागीबाट उनको ओछ्यान जलेको पाइएको छ । कोठाबाट लाइटर र चुरोटको ठुटोसमेत बरामद भएकाले चुरोट खाँदाखाँदै निभाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
इलाम जिल्लामा कार्यरत उनी १० दिनको बिदामा घर आएका थिए । रासस
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1SmfNGR
माघ १८ - आईसीसी यू-१९ विश्वकपमा भारतसँग नेपाल ७ विकेटले पराजित भएकाे छ । टस हारी ब्याटिङ गरेकाे नेपालले ४८ अाेभरमा ८ विकेट गुमाइ १६९ रन बनाएकाे थियाे । भारतले १७० रनकाे लक्ष्य १९ अाैं अाेभरमा ३ विकेट गुमाएर हासिल गरेकाे हाे ।
नेपालका लागि अाेपनर ब्याट्स्म्यान सन्दीप सुनारले ९७ बल सामना गरि ३७ रन बनाएका थिए । यस्तै प्रेम तामाङले अविजित २९, राजवीर सिंहले ३५ र अारिफ शेखले २६ रनकाे याेगदान दिएका थिए ।
भारतकाे तर्फबाट अभेस खानले ३, मयंक डगर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए ।
नेपालले अन्तिम पाँच अाेभरमा २९ रन बनाएकाे थियाे ।
बंगलादेशमा भइरहेको प्रतियोगितामा न्युजिल्यान्डमाथि ३२ रनको जित हात पारेको नेपालले त्यसपछि आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । भारतले आयरल्यान्डलाई ७९ र न्युजिल्यान्डलाई १ सय २० रनले हराएपछि नेपालसँगै एक खेलअगाडि नै नकआउट चरण पुगेको थियो ।
- कान्तिपुर
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Smd28f