बलिउडमा छाउनु पुर्व नायिकाहरु कि त मोडलिंङमा थिए, कि कुनै सुन्दरी प्रतियोगिता जितेका थिए, कि त बलिउडकै सफल कलाकारका छोरी थिए। केही यस्ता नायिका पनि छन् जो फेसन डिजाइनर पनि छन्। आफुले लगाउने लुगाको डिजाइन आफै पनि गर्छन्। भर्खरै मात्र चर्चित नायिका माधुरी दिक्षितले आफ्नै कपडाको ब्रान्ड ‘मैडज’ सुरु गरेकी छिन्। यी हुन् बलिउडका ती नायिका जो फेसन डिजाइनिजसंग जोडिएका छन्।
आलिया भट्ट
‘जबङ’ नामल ब्रान्डसंग जोडिएकी यी जल्दीबल्दी नायिका आलिया भट्ट आफ्नै उमेर समुहको फेसनमा बढी जोड दिन्छिन्।
सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)
करिना कपुर
बलिउडकी बेबो अन्तर्राष्ट्रिय ब्रान्ड ‘बेबो’संग जोडिएकी छिन।
करिना कपुरका १० ‘सेक्सी’ तस्विर..(फोटो फिचर)
श्रद्धा कपुर
नायिका श्रद्धा कपुर आफ्नै ब्रान्ड ‘इमरा’ को लागि डिजाइनिग गर्छिन्।
श्रद्धाको सबैभन्दा बोल्ड तस्विर (फोटो फिचर)
सोनम कपुर
आफ्नो बहिनी रियासंग मिलेर नायिका सोनम कपुरले आफ्नै ब्रान्ड ‘रेसन’ लञ्च गरेकी थिइन।
सोनमको अहिलेसम्मकै हट पोज..(फोटो फिचर)
दिपिका पादुकोण
दिपिका पादुकोण ‘भ्यान ह्युसेन’ संग जोडिएकी छिन्।
बलिउडका १० सेक्सी तस्विर..( फोटो फिचर )
कंगना रनावत
कंगना रनावत आफ्नो कयौं फिल्ममा आफै कस्ट्युम डिजाइन गर्छिन्।
कंगना रनावतको सेक्सी फोटो शुट ( तस्वीर सहित)
मलाइका अरोरा खान
मलाइका अरोरा खानको आफ्ने फेसन ब्रान्ड छ ‘द क्लोजेट लेबल’।
The post बलिउडका फेसन डिजाइनर नायिका – फोटो फिचर appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1eJMHyG
via IFTTT
मिडिया एनपी, म्याग्दी, १६ साउन । ताकम–८ शिवाङ बस्ने ३८ वर्षीया लालमती कामीको उनकै पति ३७ वर्षीय रामबहादुर कामीले कुटपिट गर्दा मृत्यु भएको छ । साउन १२ गते कुटपिट गर्दा घाइते भएकी लालमतीको स्वास्थ्य चौकी ताकममा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । रामबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
The post कुटपिटबाट पत्नीको मृत्यु, पति पक्राउ appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1IQ5UwT
via IFTTT
बोगाटा : कोलम्बियन सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। राष्ट्रपति जौन मेनुअल सन्तोषले दुर्घटनामा विमानको प्राविधिक गडबडी दोषी रहेको जनाएका छन्। ‘कोलम्बियन एयरफोर्सका १२ हिरोहरुको ज्यान लिने गरी भएको दुर्घटनाप्रति हामी दुख प्रकट गर्छौं,’ ट्विटरमा उनले लेखेका छन्।मृतका आफन्तजनप्रति उनले शोकप्रकट गरेका छन्। उनका अनुसार विमान दुर्घटना हुनुअघि त्यसमा प्राविधिक समस्या देखापरेको थियो। विमान लास पालमास क्षेत्रमा दुर्घटना भएको थियो।
## News source from Zoomnp http://bit.ly/1MDw4nc
via IFTTT
मिडिया एनपी, काठमाडौं, १६ साउन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा ठूला ठूला पहिरो आई अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शनिबारबाट सुरु गरिएको छ । नेपाल सरकारको निर्णयअनुसार सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरीका इन्जिनियरिङ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायसमेतको समन्वयमा राजमार्ग खुलाउन थालिएको हो । चिनियाँ सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य सुरक्षा निकायका संयुक्त टोली परिचालन भएका छन् । राजमार्ग खुलाउन चीनबाट १९ इन्जिनियरिङ र २० सपोर्टिङ इक्युप्मेन्ट प्रयोगमा छन् ।
नेपाली सेनाले उक्त कार्य अवधिभर समन्वयात्मक ढङ्गले सुरक्षा प्रदान गर्ने गरी करिब १५–२० दिनभित्र सम्पूर्ण पहिरो हटाई बाटो सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाल–चीनबीच सन् १९५५ अगस्ट १ मा स्थापित कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवका अवसरमा थालिएको सो कामले अरनिको राजमार्ग खुलाएर अवरुद्ध व्यापार र आवागमन सञ्चालन गर्नाका साथै दुई राष्ट्रबीच रहँदै आएको मित्रवत् सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
The post सेनाले थाल्यो अरनिको राजमार्ग खुलाउने कार्य appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1gwzyuP
via IFTTT
१६ श्रावण, काठमाडौं – अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकमा वर्किङ भिसामा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा क्रिश्चियन धर्मका पास्टर पक्राउ गरेका छन् ।
पास्टर प्रताप भट्टले चर्च मार्फत सजिलै विदेश पठाउँछु भन्दै ठगी धन्दा चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही लालबन्दी-१ घर भई हाल भक्तपुर दुवाकोट बस्ने प्रताप भट्टलाई पक्राउ गरेको हो । पेप्सीकोलाबाट पक्राउ परेका उनी क्रिश्चियन धर्मका पास्टर भएको खुल्न आएको छ ।
उनले वर्क भिसामा क्यानडा, युरोप, अष्ट्रेलिया पठाउने भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेका थिए । विज्ञापनकै आधारमा सम्पर्कमा पुगेका धापासीका कृष्ण कुँवरले आफूलाई भट्टले अष्ट्रेलिया पठाउँछु भन्दै २७ लाख मागेको प्रहरीलाई वयान दिएका छन् ।
प्रक्रिया सुरु गर्न भन्दै प्रतापले सुरुमा २ लाख ७५ हजार लिए । तर, आफू ठगिएको थाहा पाएपछि कुँवरले अपराध महाशाखामा ठगीको उजुरी दिए ।
प्रहरीले प्रतापलाई पक्राउ गरी अनुसन्धान गर्दा काभ्रे महांकाल घर भएका ढुप्साङ्ग लामा, पर्सा सुर्वणपुरका पर्वत श्रेष्ठ, रामेछापका भरत मगर समेतलाई प्रतिव्यक्ति १२ लाख दिए चर्चमार्फत सजिलै अमेरिका पठाइदिन्छु भनी ३ लाख ६० हजार लिएको पाइएको छ । सनसनी खबर बाट साभार
## News source from Zoomnp http://bit.ly/1IeQqgb
via IFTTT
सन् १९९३ मा भारतको मुम्बईमा भएको बम हमलामा सम्लग्न भएको भन्दै याकूब मेमनलाई भारतीय सर्वोच्च अदालतले जुलाई ३० मा फाँसी दियो । फाँसीपछि अन्डरवल्र्ड डन दाउद ईब्राहिमले भारतीय सरकारसँग त्यसको बदला लिने बताएको समाचार भारतीय मिडियाहरुमा सार्वजनिक भएका छन् । भारतको आर्थिक राजधानी मुम्बईमा भएको श्रृङ्खलाबद्ध बम हमलाका मुख्य योजनाकार मानिने दाउदले सन् १९९४ मा याकूब समातिए पछि इन्डिया टुडेका लागि शिला भट्टलाई टेलिफोन अन्तर्वार्ता दिए । उक्त अन्तर्वार्तामा उनले आफुले भारतीय कांग्रेसआई बाहेक सबै पार्टीलाई चन्दा स्वरुप पैसा दिने गरेको खुलासा गरे । मुम्बई बम हमलामा सम्लग्न भएको निष्कर्ष निकाल्दै भारतीय सर्वोच्च अदालतले याकूब मेमनलाई फाँसी दिएको सन्दर्भ पारी उक्त अन्तर्वार्ता हामीले प्रकाशित गरेका छौं । इन्डिया टुडेको उक्त अन्तरवार्ता खबरडबलीका लागि सहकर्मी सरिता कार्कीले गरेको अनुवादको सम्पादित अंश –सम्पादक यो सम्पूर्ण समाचार खबर डबली बाट साभार गरिएको हो |
० याकूब मेमन समातिए नि, यसले तपाईंलाई केही फरक पारेको छ ?
उनी समातिएकोमा म धेरै खुसी छु । कम्तीमा अनुसन्धान ठिक ढंगले भइरहेको छ भन्ने बुझियो ।
० तपाईंले नै उनलाई भारत पठाएको होइन ?
मैले किन पठाउने ? मेरो उनीसँग कुनै सम्बन्ध नै छैन । मैले अहिलेसम्म उनको अनुहार पनि देखेको छैन ।
० मुम्बई हमलामा आफ्नो संलग्नता छैन भनेर देखाउनका लागि तपाईंले याकूबलाई आत्मसमर्पण गर्न भन्नुभएको होइन ?
याकूब तपाईंसँगै छन् । उनलाई नै किन सोध्नुहुन्न ? समाचार थाहा पाएपछि नै मैले यसमा मेरो संलग्नता छैन भन्ने कुरा भन्न चाहेको थिएँ । सम्झिनुस त, याकूब आफैंले टेलिभिजनमा सम्पूर्ण देशवासीका सामु मसँग नभेटेको स्पष्टिकरण दिएका थिए ।
० तर तपाईंको नाम केही नभइकन त्यत्तिकै पनि त आएको छैन ?
यो राजनीतिक कारणले हो । उनीहरुलाई सोध, मेरा विरुद्ध के प्रमाण छ । मलाई लाग्छ म शरद पावर र एस.बी चभानको राजनीतिको शिकार हुँ ।
० तर तपाईंलाई पवारको साथी पनि त भनिन्छ नि ?
हामी न त साथी हौं न दुश्मन नै । जहिले मिडियाले पावरको सम्बन्ध दाउदसँग छ भन्न थाले त्यसपछि मुख्यमन्त्रीले मलाई उक्त घटनामा सम्लग्न गराउन पुलिसलाई निर्देशन दिए । तर चभानले उक्त घटनामा मेरो संलग्नता भएको देखाउँदै पावरसँग मेरो सम्बन्ध भएको देखाउन खोजे । यसमा उनको आफ्नै स्वार्थ छ । पवारलाई मसँग सम्बन्ध भएको देखाएमा उनले तत्काल पदबाट हटाउन उनलाई सजिलो थियो । त्यसैले ती दुबैले मलाई आफ्ना आफ्नै स्वार्थका लागि प्रयोग गर्न खोजे ।
० तपाईं सन् १९९३ मार्च १२ मा मुम्बईमा श्रृङ्खलाबद्ध बिस्फोट हुँदा कहाँ हुनुहुन्थ्यो ?
म त्यतिबेला घरमा नै थिएँ । सिन्धिया, मुस्लिम, गुजरातीबाट फोनको बाढी आइरहेको थियो । म निकै अचम्मित थिएँ, त्यस विषयमा केही भन्न सकिरहेको थिइनँ । तर जब एउटा कार भेटियो तब केही प्रमाण भेटिएकोमा मलाई थोरै भएपनि हल्का महसुस भयो र अब डराउनुपर्ने केही कुरा छैन जस्तो लाग्यो । त्यसबेला अब चाँडै नै वास्तविकता प्रष्ट हुन्छ होला भन्ने लागेको थियो । तर एकजना दाउद तक्लुनामका व्यक्तिले सोधपुछको क्रममा मेरो नाम लिएको थाहा पाएँ । त्यतिबेलासम्म पत्रपत्रिकाले बम्बे पुलिसका प्रमुख सम्रालाई घटनामा मेरो संलग्नताको बारेमा प्रश्न सोध्न सुरु गरिसकेका थिए । उनले यसबारे केही भन्न सकिरहेका थिएनन् । एकजना मानिसले मेरो नाम लिएको आधारमा नै मेरो छवि बिग्रिएको थियो ।
० तपाईंले टाइगर मेमनलाई चिन्नुहुन्छ ?
उनीसँग मेरो व्यक्तिगत र व्यवसायिक कुनै पनि सम्बन्ध छैन । उनलाई मैले सबैले चिनेजसरी चिन्छु । उनलाई मैले धेरैपटक देखेको पनि छु ।
० तर टाइगर र तपाईंको त एउटै प्रकारको व्यवसाय छ नि ?
पुलिसलाई टाइगर मेमनको रेकर्ड निकाल्न लगाएर उनको मसँगको सम्बन्धबारे निष्कर्ष निकाल्न भन्नुहोस् । यदि उक्त रेकर्डले उनको र मेरो सम्बन्ध भएको देखाउँछ भने तपाईंलाई म बिरुद्ध जे गर्न पनि छुट दिनेछु ।
० के तपाईंले मुम्बई ब्लास्टमा आफ्नो केही संलग्नता छैन भनेर पुष्टि गर्न खोज्नुभएको हो ?
हो, मलाई विश्वास गर्नुहोस् । म मेरो छाती चिरेर त देखाउन सक्दिनँ तर मुम्बई ब्लास्टमा मेरो केही संलग्नता छैन ।
० याकूब मेमनले ब्लास्टको योजना आइएसआइको भएको बताएका छन् । तपाईंको आइएसआइ र टफिक जालियावालासँगको सम्बन्ध के हो ?
मलाई आइएसआइ बारे केही पनि थाहा छैन । जहाँसम्म जालियावालाको कुरा छ, मैले उनलाई विगत १० वर्षदेखि दुबईमा बिजनेस गरिरहेका बिजनेसम्यानको रुपमा चिनेको छु ।
० हामीलाई अहिले थाहा भयो जालियावाला आइएसआइमा संलग्न छन् । के तपाईंलाई यो बारे केही थाहा थियो ?
यदि मलाई उनी आइएसआइका सदस्य हुन् भन्ने थाहा भएको भए म उनको विवाह समारोहमा किन जान्थें होला, जब कि मेरो नाम मुम्बई हमलाको मुख्य योजनाकारको रुपमा फैलाइएको थियो । अथवा मैले आफैंले आफैंलाई उनको विवाहको भिडियो रेकर्डिङमा किन कैद गर्न दिन्थें होला ?
० तपाईंलाई टाइगर मेमन, जालियावाला र बम्बे अन्डरवल्र्ड बारे थाहा छ ।तपाईंलाई लाग्छ कि मुम्बई ब्लास्ट पाकिस्तान र मेमनको राणनीतिमा भएको हो ?
मलाई लाग्छ यो घटनामा टाइगर मेमन संलग्न छन् किनभने उनको आफ्नै भाइले सो कुरा बताइरहेका छन् ।
० तर टाइगर एक्लैले यस्तो ठूलो घटना घटित गराउन सकेनन् होला । तपाईंले आफू निर्दोष छु भनेर कसरी पुष्टि गर्नुहुन्छ ?
टाइगर र उनको भाइ जो मुम्बई ब्लास्टका मुख्य योजनाकार हुन्, उनीहरु नै घटनामा के भएको थियो भन्ने बारे बताउने सबैभन्दा राम्रा व्यक्ति हुन् ।
० तपाईंलाई ३ सयभन्दा बढि मानिस मारेको आरोप लागेको छ । अनुसन्धानकर्ताले तपाईंमाथि नै औंला ठड्याएका छन । यसबारे के भन्नुहुन्छ ?
आफू निर्दोष छु भनेर देखाउनको लागि म जे गर्न पनि तयार छु । तर मलाई जसको बारे केही थाहा छैन त्यस बारे बोल्न लगाइनु हुँदैन ।
० पश्चिमी भारतमा तपाईंको बलियो सञ्जाल थियो जतिबेला ब्लास्ट भएको थियो ।
त्यसोभए मुम्बई ब्लास्टमा मेरा कति मानिसहरु सहभागी भए त ?
० पुलिसले जे भन्छ हामीले त्यो नै विश्वास गर्ने हो । यदि तपाईं आफू निर्दोष छु भनेर प्रमाणित गर्न चाहनुहुन्छ भने यसमा कसको संलग्ना थियो भनेर तपाईंले भन्नै पर्छ ।
यो घटनामा टाइगर मेमन संलग्न छन् भने अरु कुरा मैले के भनूँ ।
० टाइगर पछाडि को छन् ?
यस विषयमा तपाईं किन उसको भाइलाई सोध्नुहुन्न ?
० तपाईं निर्दोष हुनुहुन्छ भने किन आत्मसमर्पण गर्नुहुन्न त ?
मलाई आत्महत्या गर्न त्यति मनपर्दैन । अनुसन्धान सुरु गर्नुभन्दा पहिले नै पुलिसले मलाई दोषी बताएको थियो र पछि म विरुद्ध प्रमाण जम्मा गर्न सुरु गर्यो । म मेरो जीवनमा यस्तो कायर काम कहिले पनि गर्न सक्दिनँ । यदि मैले गर्नु नै थियो भने म यो तरिका अपनाउँदैनथें । हिंसा र हत्या भड्काउने विरुद्ध म लाग्थें होला सर्वसाधारण विरुद्ध होइन ।
० तपाईं घटनामा संलग्न हुनुहुन्न होला तर के तपाईंले यो घटनामा लगानी गर्नुभएको थियो ?
मैले एक पैसा पनि दिएको छैन । हेर्नुहोस्, म ग्याङ्ग वार र स्मगलिङको मान्छे हुँ, मलाई यस्तो योजनाको बारेमा कसरी थाहा हुन्छ ?
० तर उनीहरुले स्मग्लिङ नेटवर्कको सहायता लिएका छन्, यस्ता क्रियाकलाप बारे ज्ञान हुने व्यक्तिलाई नै उनीहरुले प्रयोग गरेको देखिन्छ ।
तपाईं के भन्दै हुनुहुन्छ ? मसँग पुलिसले जस्तो तर्क नगर्नुहोस् । म निकै हतास मनस्थितिमा छु । उनीहरुले मलाई मुसाजस्तो दुर्बल बनाइदिएका छन् । म जालमा फसेको छु, खुल्ला रुपमा हिँड्न सकेको छैन ।
० याकूबले पनि तपाईं जालियावालासँग सम्बन्धित हुनुहुन्छ भनेका छन् ।
ती जालियावाला व्यापारी र स्मग्लर हुन् । म दुबईमा भएका सबैसँग मित्रवत् सम्बन्ध राख्छु । म मुस्लिम भएका कारण मैले के पाकिस्तानीसँग बोल्नुहुँदैन भन्ने छ ?
० ब्लास्टको पछाडि जालियावाला संलग्न छन् जस्तो लाग्छ ?
मैले उनको संलग्नताको बारेमा कहिले पनि सुनिनँ । वास्तवमा म यसको बारेमा थाहा पाउँदा निकै अचम्मित भएँ ।
०के तपाईं दुबईमा पनि अनुसन्धानभित्रै हुनुहुन्छ ?
दुबईका मानिसहरुले मलाई समर्थन गर्छन् । तर भारतबाट भने मलाई दबाब छ । ममाथिको दोषले मानिहरुलाई भ्रममा पारेको छ । भारतीय मिडियाले मलाई दोषी बनाइदिसकेका छन् । र सरकारले जे भन्छ, उनीहरुले त्यहि लेख्छन् ।
० मुम्बईमा तपाईंको केही सम्पत्ति छ ? छन् ।
मेरा अभिभावकको र दाइभाइको छ ।
० बेनामी सम्पत्ति बारे के भन्नुहुन्छ ?
किन, मुम्बईभन्दा अरु कुनै ठाउँ छैन र बेनामी सम्पत्ति राख्न ? जब मैले वैधानिक रुपमा सम्पत्ति आर्जन गर्नसक्छु भने बेनामी सम्पत्तितिर किन लाग्ने ? मैले करोडौं मूल्य पर्ने सम्पत्ति अरुको नाममा किन राखौं ?
० मानिसहरु भन्छन् तपाईं पवारको मान्छे हो ।
होइन । म पवारको मान्छे होइन । न त चभान (चौहान)सँग मेरो कुनै सम्बन्ध छ । यदि तपाईंलाई पवार मेरो सम्पत्तिको रखवाला हुन् भन्ने लाग्छ भने तपाईंहरु नै राख्नुहोस् । म तपाईंलाई लेखेरै दिन तयार छु ।
० आफ्ना बारे केही भनिदिनुस् न ?
मैले उर्दूमा एसएससी गरेको छु । म विगत ९ वर्षदेखि विवाहित छु । मेरो एउटा छोरा र तीनजना छोरीहरु छन् ।
० तपाईंको वर्तमान आर्थिक स्रोत के हो ?
मसँग विगतको पैसा नै धेरै छ ।तपाईंलाई डोनेसन चाहिएको हो ?
० राजनीतिक दललाई पैसा दिने गर्नुभएको छ ?
कंग्रेसआइ बाहेक म सबैलाई पैसा दिन्छु ।
० तपाईं पाकिस्तानमा बस्नुहुन्छ ?
तपाईं किन मेरो पछि लाग्नुभएको छ ? मलाई शान्तसँग बस्न दिनुहोस् । ममाथि छानो अडिन दिनुहोस् । म पाकिस्तान गइरहन्छु ।
० तर कसरी ? तपाईं साधारण मानिसजस्तो घुम्न सक्नुहुन्न ।
बाजी लगाउनुहुन्छ ? तपाईं संसारको कुनै पनि ठाउँ रोज्नुहोस् । मलाई त्यहाँ भेट्नुहुन्छ । ० तपाईं लण्डन र जेनेभा त जानसक्नुहुन्न किनभने भारतले प्रत्र्यपण सन्धीमा हस्ताक्षर गरेको छ । म औपचारिक रुपमा कतै पनि जाँदिन । यदि म कुनै ठाउँमा गएँ भने तपाईंलाई के को टाउको दुखाई ? म सधैं प्रत्र्यपण सन्धी नगरेको ठाउँमा जान्छु ।
०. तपाईंको भर्खरको फोटोहरु हेर्दा तपाईंले आफ्नो स्वरुपमा निकै परिवर्तन गर्नुभएको देखिन्छ । किन होला ?
केही पनि परिवर्तन गरिएको छैन । मात्र मैले जुंगा काटेको छु ।
० हमलाको दोषी बताएसँगै तपाईंको जीवनमा केही परिवर्तनहरु आए ?
केही पनि छैन । मलाई एउटै कुरा मात्र खट्किएको छ कि यस्तो अन्याय मलाई किन गरियो ? म साधारण रुपमै भ्रमण गर्छु । तपाईंले मेरा थुप्रै तस्बिरहरु देख्नुहुन्छ जसमा म स्मार्ट देखिन्छु ।
० अब तपाईं के चाहनुहुन्छ ?
न्याय । म भारतीय जनताको अघि न्याय चाहन्छु । भारतीय पुलिस जुन तरिकाले अघि बढिरहेको छ, मलाई लाग्दैन मैले केही न्याय पाउँछु । म एक तटस्थ देशमा प्रसाय गर्न रुचाउँछु । मृत्यु निश्चित छ र यो एकपटक मात्रै आउँछ । मलाई यसमा केही डर छैन । तर मलाई गलत प्रमाणहरुसँग डर लाग्छ । म फेरी एकपटक भन्छु कि भारतीय पुलिसको अनुसन्धान गलत छ । मैले धेरै लामो चार्जशिट पढेको छु जसमा मानिसहरुले दुबईमा आएर मलाई भेटेको बताएका छन् । भारतमा मेरा २ हजार मानिस छन् । के मैले आफ्ना मान्छेहरु ती मानिसकोमा पठाउन सक्दैनथें होला अथवा के मैले तीमध्ये कुनै एक मानिससँग फोनमा कुरा गर्न सक्दैनथें होला ?
० के तपाईंले आफू स्वच्छ मानिस भएको दाबी गर्नुहुन्छ ?
होइन । मैले म कुनै मन्दिरको पण्डित हुँ भनेको छैन । म खराब छु तर भारतीय सरकारले सोचेजति पनि होइन । म कुनै परी होइन न त कुनै अभतार । तर पनि म भन्छु, मुम्बई ब्लास्टमा मेरो कुनै संलग्नता छैन । मलाई लाग्छ मुम्बई ब्लास्टको मुद्दा समाधान गरिसकिएको छ । सिबिआइलाई यसबारे सबै थाहा छ । अब अन्तर्वार्ताको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस र भिडियो हेर्नुहोस >>
## News source from Zoomnp http://bit.ly/1MAMlIK
via IFTTT
के लिङ्गको टुप्पो नच्यातिएको वा नदोब्रिएको कारण बच्चा हुन्छ हुँदैन ? समस्या र समाधान – डा. राजेन्द् भद्रा
म २१ वर्षीय अविवाहित छात्र हुँ । मेरो लिङ्ग सामान्यभन्दा सानो छ र अहिलेसम्म लिङ्गको टुप्पो च्यातिएको (दोब्रिएको) छैन । मैले अहिलेसम्म यौनसम्पर्क राखेको पनि छैन । पछि बच्चा नहुने पो हो कि भन्ने डर लागिरहन्छ । मेरो समस्याको समाधान के होला ? भन्ने जिज्ञासाको समाधान मा कान्तिपुर साप्ताहिक मार्फत डा. राजेन्द्र भद्रा को जवाफ यस्तो छ ।
सामान्यत: हाम्रो लिङ्गलाई छालाले ढाकेको हुन्छ । बाल्यकालमा यो छाला लिङ्गको मुण्डसँग टाँसिएको हुन्छ तर ठूलो हुँदै गए पछि यो छुट्टिएर आए पनि यसको एक भाग भने तलतिर नै टाँसिएको हुन्छ । अब तपाईको समस्यालाई हेरौं ।
उपचार नगरे के होला ?
अग्रचर्मको प्वाल सानो र पछाडितिर फर्काउन नसकिने अवस्थालाई Phimosis भनिन्छ । यस्तो प्राय:जसो जन्मजात नै हुन्छ, तर कहिलेकाहीं लामो समयसम्म यो भागको संक्रमण हुँदा पनि हुन सक्छ । यो बाहिरी छालाको प्वाल साँगुरिएको भए पनि अलि बल प्रयोग गरेर पछाडि त फर्कायो, तर फेरि अगाडि ल्याउन सकिएन भने समस्या हुन्छ । यो छालाको साँगुरो भएको भागले लिङ्गको मुण्डमा कसिलो ब्यान्डजस्तै बनेर दबाब दिन्छ र सुन्निन्छ । यस्तो अवस्थालाई Paraphimosis भनिन्छ । तुरुन्तै उपचार गर्न सकियो भने शल्यक्रियाबिना नै पनि उपचार सम्भव छ, तर धेरै नै सुन्निसकेको छ भने यो कसिलो ब्यान्डलाई काट्नुपर्ने हुन्छ । कहिलेकाहीं यो छालामा भएको प्वाल निकै सानो हुन्छ र पिसाबको धारा पनि राम्रोसँग आउँदैन यदि मुण्डलाई जहिले पनि छोपिराख्ने अवस्था छ भने आवश्यक सरसफाइ हुन सक्दैन र संक्रमण तथा अन्य गम्भीर अवस्था उत्पन्न हुने खतरा हुन्छ । पिसाब गर्दा टुप्पाको छालामा पिसाब भरिएर फुलेर आउँछ र पछि बिस्तारै पिसाबको मसिनो धारा बाहिर निस्कन्छ । यसैगरी उक्त छालाको प्वाल निकै सानो छ भने मूत्र प्रणालीमा असर पर्न सक्छ । एक त जहिले पनि पिसाब फेर्न गाह्रो हुने नै भयो । मूत्रथैलीमा भएको सबै पिसाब पनि बाहिर ननिस्किई केही मात्रामा मूत्रथौलीमै बाँकी रहन्छ ।
Phimosis भएको हो भने circumcision भनिने एक किसिमको साधारण शल्यक्रिया गरी उपचार गर्न सकिन्छ । तपाईले यौन सम्पर्क राखिनसकेको कुरा लेख्नुभएको छ तर पनि लिङ्ग उत्तेजित हुँदा वा हस्तमैथुन गर्दा केही असजिलो भएको छ कि छैन लेख्नुभएको छैन । त्यस्तो छ भने त्यो पनि चासोको विषय हो ।
के गर्नु पर्ला ?
Phimosis भन्ने अवस्थाको उपचार एक किसिमको साधारण शल्यक्रिया अर्थात् काट्नु नै हो, जसलाई Circumcision भनिन्छ । यसका लागि शल्यचिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।
शल्यक्रिया गरिनुपर्ने मुख्य कारण यौनसम्पर्कका बेला यसैका कारणले केही बाधा उत्पन्न हुनु हो । तपाईंको प्रश्नका आधारमा हेर्दा हालसम्म यौनसम्पर्क नराख्नुभएकाले यसका लागि केही समय पर्खनुपर्छ । हस्तमैथुन गर्नुभएको छ भने त्यसमा कुनै समस्या भए–नभएको पनि थाहा भएन । मुख्य कुरा के हो भने अग्रचर्म (बाहिरी छाला) लाई पछाडितिर फर्काउन नसक्दा लिङ्ग उत्तेजित हुँदा असजिलो हुने वा सम्भोग गर्दा नै अप्ठ्यारो पर्ने हुन सक्छ, तर उपचारपछि यौनसम्पर्क राख्न बाधा पर्दैन, त्यसैले डराउनुपर्ने स्थिति छैन ।
यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन । वास्तवमा यस्तो किसिमको शल्यक्रिया १०–१५ मिनेटमै सकिन्छ । बाल्यावस्थामै यस्तो शल्यक्रिया गर्दा बेहोस गराइरहनुपर्ने आवश्यकता पनि पर्दैन । दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ । शल्यक्रिया गरेको केही बेरपछि घर जान सकिन्छ । शल्यचिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधी सेवन गर्नुपर्ने हुन सक्छ । त्यसबाहेक केही दिनपछि आफ्नो घाउ जँचाउन पुन: शल्यचिकित्सक कहाँ आउनुपर्छ । यस किसिमको शल्यक्रियामा साधारणत: धेरै खर्च पनि लाग्दैन । आफ्नो अवस्थाको उपचारका लागि अस्पताल वा अन्य स्वास्थ्य सेवा दिने केन्द्रहरूमा गएर शल्य चिकित्सा विभागमा वा शल्यचिकित्सकसँग भेट्नुहोला ।
## News source from Zoomnp http://bit.ly/1VSJ3EB
via IFTTT