१५ साउन, काठमाडौं । अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्री दाजुभाइलाई नेपाल भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । क्षेत्री दाजुभाइलाई पक्राउ गरेकोबारे जनकारी दिन प्रहरी अपराहृन ५ बजे पत्रकार सम्मेलन गर्दैछ ।
क्षेत्री दाजुभाइ भारतमा लुक्दै आएका थिए । हालै मात्र कृष्ण केसीले आफ्नो दाजु विष्णुको गोली हानी हत्या भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा अफबाह फैलाएका थिए ।
गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सउरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।
युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए । अनलाइन खबर बाट साभार भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>
## News source from Zoomnp http://bit.ly/1M14mAI
via IFTTT
मिडिया एनपी, काठमाडौं, १५ साउन । ठगी गरेको आरोपमा क्रिश्चियन धर्मका पास्टर प्रताप भट्ट पक्राउ गरेका छन् । उनी माथि अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकको वर्किङ भिसा लगाइदिन्छु भन्दै ठगी गरेको आरोप लगाइएको छ ।
चर्च मार्फत विदेश पठाउन वर्किङ भिसा लगाइ दिने भन्दै भट्टले ठगी गरेको प्रहरीको अनुन्धानमा खुलेको जनाइएको छ । सर्लाही लालबन्दी–१ घर भई हाल भक्तपुर दुवाकोट बस्ने प्रताप भट्टलाई काठमाडौंको पेप्सीकोलाबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
वर्क भिसामा क्यानडा, युरोप, अष्ट्रेलिया पठाउने भन्दै विभिन्न पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेका भट्टले विभिन्न व्यक्तिबाट लाखौं ठगेको बताइएको छ । आफूलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै भट्टले ठगेको धापासीका कृष्ण कुँवरले गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कुँवरलाई सुरुमा प्रक्रिया गर्न २७ लाख रुपैयाँ लाग्ने भएपनि २ लाख ७५ हजार मागेका भट्टले काभ्रे महांकाल ढुप्साङग लामा, पर्सा सुर्वणपुरका पर्वत श्रेष्ठ, रामेछापका भरत मगर लगायत व्यक्तिबाट प्रतिव्यक्ति १२ लाख दिए चर्चमार्फत सजिलै अमेरिका पठाइदिन्छु भन्दै ३ लाख ६० हजार लिएको पाइएको प्रहरीको चनाइ छ ।
The post ठगी आरोपमा क्रिश्चियन धर्मका पास्टर भट्ट पक्राउ appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1Mybpjt
via IFTTT
काठमाडौं, १४ साउन । विहीबार विहान फांसीमा चढाइएका मुम्बई हमलाका दोषी याकूब मेमनले एक दिन पहिला आफ्ना नजिकका आफन्तसँग भेटघाट गरेका थिए । त्यो क्रममा उनी खुब रोएका थिए । उनी आफन्तलाई देख्ने वित्तिकै अंगालो हाल्दै रुँदै गर्थे ।
सायद यो दुनियाँमा त्यो अन्तिम भेट भएर होला उनी हरेक आफन्तलाई भेट्दा त्यसैगरी रुन्थे । उनले त्यो दिन करिब २५ जना आफन्तलाई भेट्दै रुँदै गरेर विताएका थिए । त्यस्तै, फांसीभन्दा पहिला अन्य कैदीहरु जेलका सुरक्षाकर्मीसँग पनि उनले रुँदै माफी मागेका थिए । उनले ‘यदि म बाट केही गल्ती भएको भए माफ गरिदिनु ।’ खबरअनुसार जून वार्डमा याकूबलाई राखिएको थियो, त्यहाँ एक महिला कैदीसहित १५ कैदी राखिएको थियो । अन्तिम रात याकूबलाई एक्लै छाड़ेर बाकी कैदीहरुलाई अन्य वार्डमा सारियो । ताकि उनी आत्महत्या गर्न नसकुन । फाँसीभन्दा एक दिन पहिला याकूब आफ्ना भाई सुलेमानसँग भेट गरेका थिए । त्यो बेला उनका आँखाबाट आशुको धारा बगेको थियो । फांसीभन्दा पहिला याकूबले आफ्ना कैदी साथीसँग भेट गरेका थिए । त्यहाँ खटिएका जेलकर्मीसँग पनि उनले यदि कुनै प्रकारको गल्ति म बाट जानि नजानि भएमा माफ गरिदिनु होला । त्यसपछि उनलाई निर्धारित नियमअनुसार फांसीमा चढाइयो । भिडियो हेर्नको लागि तलको लिक या बक्समा क्लिक गरि हेर्नुहोस भिडियो >>>
## News source from Zoomnp http://bit.ly/1M1114L
via IFTTT
एजेन्सी : अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले दाउदको तर्फबाट बोल्दै भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन् । शकिलले याकुबको फाँसीलार्इ कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलार्इ चेतावनी दिएका हुन् । शकिलले याकुबलार्इ भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको जनाउँदै त्यसको बदला लिएरै छाड्ने भन्ने समाचार आजको अन्नपुर्ण पोस्टमा छापिएको छ |
सन् १९९३ मा मुम्बईका दर्जन बढी ठाउँमा गरिएको धमाकामा दोषी ठहर्याएर याकुबलार्इ बिहीबार महाराष्ट्रको नागपुर सेन्ट्रल जेलमा फाँसी दिइएको थियो । छोटा शकिल पनि मुम्बर्इ बम आक्रमणका एक दोषी हुन् । ‘भारत सरकारले यो कस्तो सन्देश दियो ? तिमीहरुले एक निर्दोषलार्इ उसका भाइले गरेको अपराधमा सजाय दियो’, शकिलले एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै भने, ‘डि कम्पनी यसको निन्दा गर्छ ।’ शकिलले यो फाँसीको परिणाम भोग्न तयार हुन समेत भारतलार्इ चेतावनी दिए । उनले भारतलार्इ धोकेबाजको संज्ञा दिँदै उनका प्रमुख दाउद र भारतबाट भागेका अन्य मान्छे अब फर्कने सम्भावना पनि समाप्त भएको जनाए |शकिलले मुम्बर्इ बम हमलाका दोषी याकुबका भाइ टाइगर भएको जिकिर गरे । शकिलले भने, ‘दाउद भाइको पनि यही हालत हुनेछ यदि उनी भारत फर्के भने उनलार्इ पनि झुन्डाउनेछन् ।’ दाउदका साथै चाँदीका तस्कर तथा याकुबका दाजु टाइगर मेमनले मुम्बर्इ बम हमलामा संलग्न भएर त्यसलार्इ सफल पारेको आरोप छ । ‘अबबाट कुनै पनि भारतीय एजेन्सीको भरोसा गर्न सकिन्न’, शकिलले भने, ‘चाहे उनीहरुले जति नै धेरै भरोसा किन नदिउन् ।’
## News source from Zoomnp http://bit.ly/1Icy2Vi
via IFTTT
मिडिया एनपी, पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार भरण गर्न आदेश दिएको छ ।
पन्ध्र वर्षीया बालिकालाई राईले जबर्जस्ती करणी गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जेठ २७ गते उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले अनुसन्धान गरी असार १३ गते अदालतमा बुझाएको १५ दिनमै मुद्दा फैसला गरेको हो ।
प्रमाण र साक्षी जुटेपछि १५ दिनमै पीडकलाई सजाय दिन सम्भव भएको जिल्ला अदालत पाँचथरका स्रेस्तेदार इन्द्रहाङ योङ्हाङले बताए । लगातार सुनुवाइ गर्नुपर्ने किसिमका गम्भीर प्रकृतिका मुद्दाहरु चाँडै किनारा नलाग्दा प्रमाण नष्ट हुने, साक्षीलाई लोभलालच दिने र अन्य किसिमका सौदाबाजीले पीडितले न्याय नपाउने अवस्था छ । संवेदनशील किसिमका मुद्दाको किनारा चाँडो नहुँदा पीडितले मानसिक तनाब खेप्नुपर्छ । अपहरण तथा शरीर बन्धक, आगलागी, घरेलु हिंसा, चोरी, जबर्जस्ती करणी, जीउ मास्ने–बेच्ने, ठगी, मानव बेचबिखन तथा ओसारपसारका मुद्दालाई लगातार सुनुवाइ गरी चाँडो न्याय सम्पादन गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
The post १५ वर्षे वालीका बलात्कार गर्ने ७० वर्षीय वृद्ध ११ वर्ष जेल चलान appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1IxdpGQ
via IFTTT
सुन सस्तिएको कारण धेरै मानिसहरुले सुनका गहना खरिद गर्न खोजिरहेका छन् । तर सुन खरिद गर्दा हचुवाका भरमा खरिद गर्नुहुँदैन। सुन खरिद गर्दा यी छ कुरामा ख्याल पुर्याउनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सस्तिएसँगै नेपालमा पनि यसको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ। सुन खरिद गर्दा शुद्धता र यसका ज्यालामा समेत ख्याल गर्नुपर्दछ।
सुन खरिद गर्दा विशेष गरी यी ५ कुरामा ध्यान पुर्याउनुपर्छ।
१. ज्याला खर्च कम भएको गहना खरिद गरौँः
गहनाको प्रकृति अनुसार यसको ज्याला पनि भिन्न भिन्न तोकिएको हुन्छ। साथै नेपालमा एकै खालको गहनाको समेत फरक फरक पसलमा फरक फरक ज्याला तोकिएको हुन्छ। यसलै ज्याला सस्तो भएको गहना खरिद गर्नु उपयुक्त हुन्छ। त्यस्तै धेरै डिजाइन भएको भन्दा साधारण किसिमको गहना किन्नु राम्रो हुन्छ। डिजाइन धेरै भए ज्याला महंगो पर्ने र महंगो ज्याला तिरेर बनाएको गहनाको शुद्धता समेत कम हुने पाइएको छ।
२.ज्याला खर्चको ट्यागः
बजारमा गहना निर्माण गर्ने प्रतिस्पर्धा बढ्दै गएपछि केहीले ज्याला खर्च समेत गहनामा ट्याग गरेका हुन्छन्। यसलै यो ट्यागको हेरेर कम ज्याला खर्च ट्याग गरिएको गहना किन्नु फाइदाजनक हुन्छ।
३.सुनको शुद्धताः
सुन खरिद गर्दा यसको शुद्धतामा प्रमुख ध्यान पुर्याउनुपर्छ। खरिद गर्दा उक्त गहनाको सु्न कति शुद्ध छ र यसलाई बेच्न चाहेमा के कति पैसा फिर्ता हुन्छ भनेर बुझ्न जरुरी छ।
४.हलमार्क चार्जः
छापावाल सुनमा हलमार्क चार्ज लाग्ने हुनाले छापावाल गहना खरिद गर्दा केही महंगो पर्न जान्छ। छापावाल सुनको गहनामा पनि फरक फरक पसलले आफ्ना आफ्ना मूल्य तोकेका हुन्छन्। त्यसैले धेरै पसलमा बुझेर छापावाल सुनको गहना खरिद गर्न जरुरी हुन्छ ।
५.वेस्टेड चार्जः
गहना बेचेर नयाँ गहना खरिद गर्दा यसको वेस्टेड चार्जमा पनि ख्याल पुर्याउनुपर्छ । कसैले धेरै कसैले थारै वेस्टेड चार्ज लिन सक्दछन् । त्यसैले गहना बेच्दा वेस्टेड चार्ज कम काटेको पसलमा गहना बेचेर नयाँ गहना खरिद गर्नुपर्दछ।
## News source from Zoomnp http://bit.ly/1IOdV5q
via IFTTT
साउन । मानीसलाई आर्कषण गर्ने क्षमता भएकाहरु नै सुन्दर हुन् । जसलाई हेरेर मानीस आनन्दको महसुस गर्छ उ नै सुन्दर हो । यसको कुनै आधार वा सिमा हुँदैन । सुन्दरता कसैको सिप होइन । न त सुन्दर बन्ने कला नै हुन्छ । यो केबल प्रकृतिको वरदान हो । मानीसको हेराई अनुसार पनि सुन्दरता फरक हुनसक्छ । किनकी कसैलाई सुन्दर लागेको मान्छेले अर्कोलाई आर्कषीत नगर्न सक्छ । गुगल सर्च इन्जीनले केहि नायिकाहरुलाई सबैभन्दा सुन्दर नायिका भनेका छ । गुगलले सुन्दर भनेका नायिकामध्ये तपाईँलाई कसले बढी आर्कषीत गर्छन ? हेर्नुहोस् तस्वीर ।
१. ऐश्वर्या राय बच्चन बलीउड सुन्दरी ऐश्वर्या सन् १९९४ की विश्व सुन्दरी हुन् । उनलाई भारतका पाँच शक्तिशाली महिलामा पर्छिन । सन् १९७३ मा जन्मीएकी यी नायिका अझै पनि उत्तीकै सुन्दर देखिन्छीन ।
२. स्कारलेट जोहान्स्सन हलीउड नायिका स्कारलेट सन् १९९४ देखि अभिनय सुरु गरेकी हुन् । उनी सुन्दर नायिकाको साथमा गायिका पनि हुन् । सन् २००६ मा उनी सेक्सीएस्ट उमनको रुपमा पनि विश्वभर चिनिएकी थिईन । यस्तै सन् २००७ मा उनलाई प्लेब्वाय पत्रिकाले सेक्सीएस्ट सेलीब्रेटीको उपनाम दिएको थियो ।
३. एन्जेलीना जोली एन्जेलीना जोली हलीउड सुन्दरी, फिल्मकर्मीको साथमा मानवअधिकारकर्मी पनि हुन् । उनी हलीउडमा सबैभन्दा बढी पारिश्रमीक लिने नायिकामा पर्छिन । १४ वर्षको हुँदादेखि नै उनको ब्वायफ्रेण्ड थिए जोसँगै बस्नका लागि उनकी आमाले अनुमति दिएकी थिईन ।
४. रिहाना रिहाना नायिकाभन्दा बढी गायिका हुन् । म्याडोनाबाट प्रभावित भएर उनले थुप्रै गित रेकर्ड गराएकी छिन् । उनी पनि विश्वका सुन्दरीहरुमा पर्छिन ।
५. क्लाउडीया लीनक्स क्लाउडीया लीनक्स नायिका, मोडल, लेखक, गायिकाको साथमा मानवअधिकारकर्मी हुन् । तेहेरानमा जन्मीएकी क्लाउडीया पर्सीयन पप स्टार पनि हुन् ।
६. जेस्सीका अल्वा जेस्सीका अल्वा अमेरिकन नायिकाको साथमा व्यवसायी पनि हुन् । थुप्रै अवार्डहरु हात पारिसकेकी जेस्सीकाले १३ वर्षदेखि अभिनय गर्न सुरु गरेकी हुन् । पाँच वर्षको उमेरमै उनलाई अभिनयप्रति रुची थियो । उनलाई सेक्सी सेलिब्रेटीको रुपमा लिने गरिन्छ ।
७. फ्लोरेन्स कोल्गेट सुन्दर मुहारका कारण फ्लोरेन्स कोल्गेट चर्चामा रहन्छीन । उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिएकी थिइन् ।
८. इभी मेनडेस इभी मेनडेस पनि अमेरिकन अभिनेत्री हुन् । सन् १९९८ देखि हलीउडमा सक्रिय इभी फेशन डिजाईनर पनि हुन् । फ्लोरिडामा जन्मीएकी इभी अहिले ४१ वर्षमा प्रवेश गरिसकेकी छिन् । उनको एउटा बच्चा छ ।
९. गीसेले गीसेले ब्राजेलीयन अभिनेत्री तथा मोडल हुन् । अन्र्तराष्ट्रिस्तरमा सफल अभिनेत्री बन्न सफल उनी पहिलो ब्राजेलीयन मोडल हुन् । सन् २०११ मा आस्कम्यान डट कमले सार्वजनीक गरेको बढी रुचाइएकी नायिकामा उनको नाम पनि परेको थियो ।
१०. पेनेलोपे क्रुज पेनेलोपे क्रुज स्पानीस अभिनेत्री हुन् । १६ वर्षको उमेर देखि उनले अभिनय सुरु गरेकी थिईन । उनका पनि दुई सन्तान छन् ।
## News source from Zoomnp http://bit.ly/1DUUnVJ
via IFTTT