




१७ जेठ, काठमाडौं ।
चर्चित हास्यकलाकार दिपकराज गिरीले भूकम्पको विषयमा जोक बनाएका छन् । उनले पुरानो नेपाली उखानलाई भूकम्पसँग तुलना गर्दै जोक बनाएका हुन् । भुकम्प पनि अव नबोलाएको पाहुना जस्तो भएको भन्दै भूकम्पसँग होसियार भएपनि नडराउन उनको आग्रह छ । उनले फेसबुकमा सार्वजनिक गरेको भूकम्प जोक ।
दिपकराज गिरीको जोक
एक दिनको पाहुना- मीठो मीठो खाऊ
दुइ दिनको पाहुना- जेसुकै खाउ
तीन दिनको पाहुना – जतासुकै जाउ
अब चेन्ज
पहिलो दिनको भूकम्प-त्रिपालमा सुताउ
दुइ दिनको भूकम्प-डराइ डराइ घर भित्रै जाउ
तीन दिनको भूकम्प- कति रेक्टरको रहेछ भनेर ओछ्यानमै बसेर मोबाइल चलाउ
होशियार हुने, नडराउने
The post दिपकराज गरीको भूकम्प जोकः कति रेक्टर भूकम्प आउँदा के गर्ने appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://ift.tt/1M2RHKy
via IFTTT


नचिनेको ब्यक्तिसँग जिस्किने



गायक एवं संगीतकार -चिरञ्जीवि भण्डारी
संगीत सबैलाई आवश्यक पर्छ चाहे त्यो बच्चा होस् अथवा वृद्ध तर संगीतक्षेत्रमा लाग्ने व्यक्तिहरुको पिडा धेरै कम व्यक्तिहरुलाई मात्र थाहा होला । यस क्षेत्रमा आउँनका लागी सजिलो छ भन्नेहरु यसक्षेत्रमै साधना गरिरहेका व्यक्तिहरु यस क्षेत्र फरक रहेको बताउँछन् । संगीतक्षेत्रमा लागेर केहि गर्छु भन्नेहरुको जमात अहिले संगीतक्षेत्रमा निकै बाक्लो देखिन्छ । कोहि पैसाको भरमा गायक बन्न खोज्छन् तर कोहि अरुको संगीत चोरर संगीतकार बन्न खोज्छन् तर यि व्यक्ति केहि दिनका मात्र पाहुना हुन भन्दा फरक नहोला । संगीतक्षेत्रमा लाग्न त्याग आवश्यक छ,अध्ययन आवश्यक छ । अनि मात्र एउटा सफल गायक,संगीतकार बन्न सकिन्छ । यहि सपना बोकेर काठमाडौं आएका एक गायक एवं संगीतकार हुन चिरञ्जीवि भण्डारी । उनी आफुलाई एक स्थापित गायक एवं संगीतकार भएको हेर्न चाहन्छन् । ७ बर्षसम्म संगीतक्षेत्रलाई तन मन दिएका भण्डारीसँग हाम्रा सहकर्मी मनिष दाहालले यसै क्षेत्रको आरोह, अवरोहको विषयमा गर्नुभएको कुराकानी :
१.हाल तपाई के गर्दै हुनुहुन्छ ?
हाल म संगीतक्षेत्रमै तन मन दिएर लागेको छु । र हाल म आफ्नैं आवाज र संगीतमा रहेको साननानी एल्बमको तयारीमा छु ।
२.साननानी एल्बममा कति वटा गीत रहेका छन् र कस कसको आवाज रहेको छ ?
यस एल्बममा ६ वटा गीत रहेका छन् जसमध्य ४ वटा गीतमा मैले आवाज दिएको छु भने एउटै गीत शिव परियारले गाउनुभएको छ र अर्को गीत प्रमोद खरेलले गाउनुभएको छ । शिव परियार र प्रमोद खरेलले गाउनुभएको गीतमा चाहि मेरो आफ्नैं कम्पोज रहेको छ । र संगीतकार बसन्त सापकोटाको पनि कम्पोज रहेको छ ।
३.संगीतक्षेत्रमा लागेर पेट पाल्ने बाटो चाहि के छ ?
पहिलाको जस्तो अवस्था अहिले संगीतक्षेत्रमा छैन । पहिलाको भन्दा अहिलेको संगीतक्षेत्र भने घरासायी जस्तैं छ । संगीत हाम्रो रग—रग, कण—कणमा बसेको छ,न हामीले संगीतक्षेत्र छोड्न सक्छौं न त संगीतक्षेत्रले नै हामीलाई छोड्छ । त्यसैले संगीतक्षेत्रमा लागेर सबैले त भन्दिन प्राय जसोले आफ्नो राम्रो जिवन यापन पनि गरिरहेका छन् । अहिले पेट पाल्ने बाटो भनेको इन्टरनेटबानै हो । अहिले इन्टरनेटबाटनै व्यापार हुन्छ । त्यसैले यूटुव लगायतको समाजिक सञ्जालबाटनै हो व्यापार हुने भनेको र अर्को गायकहरुले मुख्य त स्टेज कार्यक्रमबाटनै आम्दानी गर्ने गरेका छन् र म पनि स्जेटबाटनै आफ्नो जिवन यापन गर्ने गरेको छु ।
४.तपाई संगीतपनि भर्नुहुन्छ,एउटा गीतमा संगीत भर्न र आवाज दिन कति फरक र गाह्रो छ ?
मलाई के लाग्छ भनेनी जो मान्छे गाउँछ उसमा संगीत कला हुन पनि आवश्यक छ । यदि गायकले संगीतसम्बन्धी ज्ञाननै छैन भने भोली अरुको गीत गाउँदा कसरी उसले संगीतलाई निभाउन सक्छ । त्यसै संगीत भर्न र गाउन कुनै फरक र गाह्रो हुन्छ जस्तो लादैंन । हो यस विषयमा बुझ्न आवश्यक छ,पढ्न आवश्यक छ । यदि यो भयो भने गाह्रो भन्ने छैन ।
५.अहिले सांगीतक क्षेत्रको यस बारे जानकारीनै नभएका व्यक्तिहरु प्रवेश गरिरहेका छन् नी होइन ?
हो अहिले धेरै व्यक्तिहरु पैसाको बलमा पनि यसक्षेत्रमा भित्रिरहेका छन् । तर यो क्षेत्र पैसाको बलले मात्र पुग्ने चिज भने होइन ।
६.ति व्यक्तिहरु यस क्षेत्रमा सधै रहन सक्छन् ?
संगीतक्षेत्रको ज्ञान नहुने,पैसाको बलले यसक्षेत्रमा प्रवेश गर्नेहरु यो क्षेत्रका लागी पाहुना मात्र हुन् । यसका लागी साधना आवश्यक छ,ज्ञान आवश्यक छ अनि मात्र यसक्षेत्रमा सफलता हात पार्न सकिन्छ ।
७.कोहि व्यक्ति यो क्षेत्रमा आउन चाहान्छन् भन्ने तपाईको सुझाब के रहन्छ ?
मेरो सुझाब यो होकी म पनि यसक्षेत्रमा लागेको करिब ७ बर्ष जति भयो । म के भन्छु भने यसक्षेत्रमा आउँन चाहानुहुन्छ भन्ने सिक्नुस्,साधना गर्नुस्,रियास गर्नुस् अनि मात्र यो क्षेत्रमा आउँनुहोस् । म्यूजिकक्षेत्रमा आत्तिएर हुदैंन,म्यूजिकक्षेत्रमा लाग्न ८÷१० बर्ष साधना चाहिन्छ ।
८.अबको १० बर्ष भित्रमा तपाईलाई कहाँ देख्न पाइन्छ ?
धेरै ठुलो उद्देश्य त छैन तर एउटा स्थापित गायक तथा संगीतकार भएको देख्न पाउनुहुन्छ ।
१०.अन्तत : के भन्न चाहानुहुन्छ ?
साधना सजिलो छैन,साधना गर्न र एउटा सफल गायक हुनका लागी धेरै त्याग गर्नुपर्छ । जसरी मान्छेहरुले घर त्याग गरेका छन् त्यसरीनै केहि न केहि त्याग यस क्षेत्रमा लाग्नका लागी पनि गर्नुपर्छ । एउटा सुख सहेलको जिन्दगी लिएर पक्कै पनि यो स्थानमा पुग्न सकिदैंन त्यसैले म के भन्छु भने यसक्षेत्रमा लाग्नका लागी केहि चिज गुमाउनैं पर्छ,मेहेनत गर्नै पर्छ त्यसैले साधना गर्नुहोस्,पढ्नुहोस् भन्न चाहान्छु ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1FkQR6t
via IFTTT
१८ जेठ, काठमाडौं । सरकारले आगामी एक महिनाभित्र ४८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यो आर्थिक वर्षमा सरकारलाई खर्च गर्ने पैसाको अभाव नभए पनि आगामी आर्थिक वर्षदेखि भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणमा खर्च गर्ने उद्देश्यले आन्तरिक ऋण उठाउन लागिएको हो ।
चालू आर्थिक वर्षमा सरकारले कूल ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर, अबौर्ं रकम खर्च हुन नसकेर सरकारी ढुकुटीमै थन्किएकाले १० महिनासम्म पनि आन्तरिक ऋण उठाएको थिएन ।
बैशाख १२ गते र २९ गतेको विनासकारी भूकम्पले ठूलो क्षति गरेपछि क्षतिग्रस्त संरचना पुननिर्माणका लागि आन्तरिक ऋणमार्फत सरकारले रकमको जोहो गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई बताए ।
सरकारले ३५ अर्ब विकास ऋणपत्र, १८ अर्बको ट्रेजरी बिल, २ अर्ब ५० करोडको नागरिक बचतपत्र, २५ करोडको बैदेशिक रोजगारपत्र गरी यो वर्ष ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यक्रम राखेको थियो ।
‘जसमध्ये पहिलो चरणमा ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र हप्तादिन अघिमात्रै बिक्री भइसकेको छ । बोलकबोलबाट बिक्री गरिएको पाँच वर्षे विकास ऋणपत्रको ४ प्रतिशत व्याजदर छ ।’ डा. श्रेष्ठले भने- जसमा ३७ अर्ब ३३ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन परेको थियो । घटीमा बोलकबोल गर्छ त्यसलाई बिक्री गर्ने सरकारी योजना हो ।’
श्रेष्ठका अनुसार जेठ १२ गतेदेखि २ अर्ब ५० करोडको नागरिक बचतपत्रको बिक्री खुल्ला गरिएको छ । खुल्ला छ । २६ गते बन्द हुने यो बचतपत्रमा लगानी गर्ने सर्वसाधारणले ८ प्रतिशत व्याज पाउने छन् ।
‘नागरिक बचतपत्र स-साना र छरिएर रहेका व्यक्तिग निक्षेपकर्ताहरुका लागि निष्काशन गरिएको हो ।’ उनले भने- जो कोही नेापाली नागरिकले नागरिकताको फोटोकपी बुझाएर देशभर रहेका विभिन्न ५१ स्थानबाट यो बचतपत्र किन्न सक्नेछन् । काठमाडौं उपत्यकाबाहेक धादिङ, चितवन, बुटव, कास्की, धनुसा, मोरङ, सर्लाहीबाट नागरिक बचतपत्र बिक्री भइरहेको छ ।
त्यसैगरी, यो आर्थिक वर्षभित्र नै ३० अर्ब रुपैयाँ बराबरको ५, ७, ९, १० र १५ वर्षे विकास ऋणपत्र निष्काशन गर्ने प्रवक्त श्रेष्ठले जानकारी दिए । यसको व्याजदर भने बजारले निर्धारण गर्नेछ । ‘जसले कम व्याजदरमा बोलकबोल गर्छ, यो बण्ड उसैलाई बिक्री गरिन्छ’ उनले भने ।
त्यस्तै, यसैवर्ष २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका नेपालीहरुले खरिद गर्नसक्ने यो बचतपत्रको व्याजदर सबैभन्दा बढी अर्थात ९ प्रतिशत छ ।
सरकारले असारको दोस्रो देखि तेस्रो हप्ताभित्र १८ अर्ब रुपैयाँ बराबरको बट्टादर ट्रेजरी बिल निष्काशन गर्ने श्रेष्ठले जानकारी दिए । ट्रेजरी बिलमा संगठित संस्था (जस्तै बैंक वित्तीय संस्थालगायतले) मात्रै लगानी गर्न पाउने छन । ३ देखि ६ महिना अवधिको यो ट्रेजरी बिलको व्याजदर पनि बजारले निर्धाण गर्ने र यसको व्याजदर अत्यन्तै न्यून हुने उनले बताए ।
वर्षान्तमा किन उठाइयो ?
यो आर्थिक वर्ष बजेट अपेक्षअनुसार खर्च नभएको हुनाले सरकार आन्तरिक ऋण नउठाउने योजनामा रहेको तर, बिनासकारी भूकम्पका कारण आगामी वर्ष सरकारलाई निकै ठूलो स्रोत चाहिने भएकाले वर्षन्तमै भए पनि ऋण उठाउन सरकार कस्सिएको डा. श्रेष्ठले बताए । प्रत्येक वर्ष सरकारले कूल ग्राहस्थ उत्पादनको ३ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन पाउँदैन ।
‘वर्षको अन्त्यमा उठाइएको आन्तरिक ऋणले सरकारलाई व्याजदरको भार पनि कम पर्छ र आगामी वर्ष खर्च गर्न स्रोत पनि जुट्छ ।’ उनले भने ।
विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन गर्न रकमको अभाव भएमा सरकारले आर्थिक ऐनमा उल्लेख भएअनुसार आन्तरिक ऋण उठाएर खर्च गर्न पाउने अधिकार छ । रकमको अभावमा विकास निर्माणका कामहरु ठप्प नहोउन भनेर सरकारलाई आन्तरिक ऋण उठाउन पाउने कानूनी व्यवस्था गरिएको हो ।
feed news collection from etaja khabar http://ift.tt/1BBwukA