१८ चैत, काठमाडौं । पूर्व युवराज पारस शाह बिहीबार नेपाल आउने भएका छन् ।
लामो समयदेखि थाइल्याण्ड बस्दै आएका शाह नेपाल आउन लागेको उनका साथी सुनिल खड्काले अनलाइनखबरलाई जानकारी दिए । उनले भने-‘अब नेपालमा नै बस्नुहुन्छ होला ।’
from Bhadragol Sansar http://ift.tt/19JyQ99
via IFTTT
नेपालको सीमा क्षेत्रमा पर्ने भारतीय राज्य उत्तारा खण्डको चमोलीमा सडक फराकिलो पार्ने क्रममा एक पहाड नै भत्किँदा कम्तिमा ४ जनाको ज्यान गएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।
चमोलीको जोशीमठ ब्लकमा पर्ने रैणी गाउँ नजिकैको सडकमा यस्तो घटना भएको हो । सडक फराकिलो पार्ने क्रममा मजदुरहरु काममा ब्यस्त थिए । यही समयमा एक्कासी पहाड खसेपछि मजदुरहरु पहिरो भित्र पुरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घटनामा कम्तिमा ४ मजदुरको निधन भएको र अन्य दर्जनौं घाइते भएको समाचारमा उल्लेख छ । घटनास्थलबाट कम्तिमा ४ जनाको शव निकालिएको छ ।
जेसीबी पहाड धौली गंगामा खसेको समाचारमा जनाइएको छ ।
from Bhadragol Sansar http://ift.tt/1F214Vl
via IFTTT
एजेन्सी ।हट छविका कारण बलिउडमा स्थापित भएकी पूर्व पोर्नस्टार सन्नी लियोनविरुद्ध मुद्धा परेको छ । सन्नीले झुक्क्याएको भन्दै एक फ्यानले उनीमाथि मुद्धा हालेका हुन् ।सन्नी लियोन आफ्नो पछिल्लो चलचित्र ‘एक पहेली लीला’ को प्रचारका लागि ब्यस्त छिन् । फिल्म प्रचारकै क्रममा उनी सुरत पुगेकी थिइन् ।
सन्नीलाई हेर्न भिड जम्मा भएको थियो । सोही भिडका कारण उनीहरुले कार्यक्रम गर्ने होटल परिवर्तन गरेर अन्यत्रै कार्यक्रम गरे । तर सन्नीका फ्यान भने उनीसँग रिसाए । सन्नीले टपलेश पोष्टर टाँसेर आफूलाई झुक्याएको भन्दै एक फ्यानले पुलिसमा एफआइआर दर्ता गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सन्नीले यो विषयमा सामाजिक सञ्जालबाट माफी मागिसकेकी छिन् । तर उनीमाथि परेको उजुरीबारे छानविन पनि शुरु भएको छ ।सन्नीको नयाँ चलचित्र १० एप्रिलमा रिलिज हुँदैछ ।
from Nepali Khabar Site ➭ http://ift.tt/1aiqBC5
via IFTTT
१८ चैत, एजेन्सी ।संसारकै सबै भन्दा वृद्धा भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा अंकित जापानी महिलाको निधन भएको छ । ११७ वर्षकी मिसाओ ओकावाको बुधबार ओसाकामा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चिकित्सकहरुले मासाओ ओकासाको निधन हृदयघातका कारण भएको बताएका छन् । १० दिन अघि देखि उनलाई भोक लाग्न छोडेको परिवारका सदस्यले जानकारी दिए । ओकावाले गत अक्टोबरमा ११७ औं जन्मदिन मनाएकी थिइन् ।
जीवनको विषयमा के सोंच्नु हुन्छ भनेर सोधेको प्रश्नमा उनले अलि छोंटो भएको जवाफ दिएकी थिइन् ।गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार उनको जन्म १८९८ मार्च ५ मा भएको थियो ।
from Nepali Khabar Site ➭ http://ift.tt/1Dt23S1
via IFTTT
दाङ, चैत्र १८ – पश्चिम दाङको पञ्चकुले गा.वि.स.मा रहेको झारगजेरी सामुदायिक वन समुहका २ जना हेरालु (चौंकीदार) लाई जिल्ला वन कार्यालय दाङले नियन्त्रणमा लिएको छ । वन समुहभित्र ३ वटा असना प्रजातिका रुख ढालेर चिरानसहित २२ वटा गोलिया पारेको अवस्थामा भेटिएपछि वन हेरालु टोप बहादुर खत्री र प्रेम बहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत नवराज काफलेले जानकारी दिए ।
वन समुहभित्र ३ वटा असनाका रुखहरु ढालेर गोलिया पारेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि वन हेरालुको रुपमा बसेका खत्री र विकलाई ल्याएको अधिकृत काफलेले बताए । ३ सय बढी क्युफुट रहेको काठको बजार मुल्य प्रतिक्युफुट २ हजार ५ सयका दरले ७ लाख ५० हजार हुन आउने फरेष्टर ध्रुव गौतमले जानकारी दिए ।
एक बर्ष अघि कार्ययोजनाको म्याद सकीएको सामुदायिक वन समुह भित्र कार्ययोजना नविकरण नहुदा सम्म वन पैद्धावार निकासी गर्न नपाइने कानुनी व्यवस्था छ । विशेष सुराकीको आधारमा जिल्ला वन अधिकृत काफलेको अगुवाईमा वनको टोली झारगजेरी सामुदायिक वन समुहमा पुगेको थियो ।नविकरण नगर्दाको अवस्थामा सामुदायिक वन राष्ट्रिय वन सरह हुने भएकाले दोषी पत्ता लागेमा वन ऐन २०४९ र वन नियमावली ५३ अनुसार कारवाही हुने कारवाही प्रकृया अघि बढाइने वनले जनाएको छ ।
from Nepali Khabar Site ➭ http://ift.tt/19ITXIB
via IFTTT
कुनै कारणबिना नै हातबाट पसिना आउँछ अनि कुनै काम गर्दा, लेख्दा या यत्तिकै बस्दा पनि पसिना आएर हैरान बनाउँछ भने त्यस्तो अवस्थालाई चिकित्सा भाषामा ‘हाइपरहाइड्रोसिस‘ (Hyperhidrosis) भनिन्छ। हाइपरहाइड्रोसिस विशेष गरी ११ वर्षको उमेर देखि सुरु हुन्छ र सँधै भरी नै रहिरहन्छ।
यसको कुनै उपचार भने छैन तर यसलाई कम गर्न भने पक्कै पनि सकिन्छ।सँधै हातबाट बेकाममा पसिना आएर सताइरहन्छ भने यसो गर्नुहोस् त, अलिकति भएपनि तपाईँको समस्यामा कम हुन सक्छ।
यसको कुनै उपचार भने छैन तर यसलाई कम गर्न भने पक्कै पनि सकिन्छ।सँधै हातबाट बेकाममा पसिना आएर सताइरहन्छ भने यसो गर्नुहोस् त, अलिकति भएपनि तपाईँको समस्यामा कम हुन सक्छ।
१. चिसो पानीले हात धुनुहोस्:पसिनायुक्त हात यत्तिकै सुक्दैन, त्यसैले उक्त हातलाई आफैले सफा गर्नुपर्दछ। साधारण व्यक्तिले भन्दा धेरै मात्रामा नै हात धुनु जरुरी हुन्छ। तर हात धुँदा साबुन पानीले नधुनुहोस्, किनभने साबुनले तपाइँको हातलाई अझै धेरै सुख्खा बनाउँदछर झन् बढी पसिना आउँन टेवा पुग्दछ। अनि हात धोइसकेपछि सुख्खा र सफा कागजको रुमालले पुछ्ने गर्नुहोस्।
सँधै पानी उपलब्ध नहुने ठाउँ छ भने, आफ्नो साथमा ‘अल्कोहल बेस्ड ह्याण्ड स्यानिटाइजर‘ (Alcohol based hand sanitizer) राख्ने गर्नुहोस्। अल्कोहलको हलुका छिर्काले पसिनालाई एकछिन भएपनि सुकाउन मद्धत गर्दछ।
आफ्नो साथमा सँधै पेपर टावल (Paper towel) राख्ने बानी बसाल्नुहोस्, कसैसँग हात मिलाउनु छ भने उक्त टावलले पुछ्नुहोस्, किनभने पसिनाबाट किटाणुहरू सर्ने सम्भावना हुन्छ।
२. हातलाई चिसो बनाइराख्नुहोस्:धेरैजसोको हातमा पसिना आउने कारण भनेको उनिहरूको शरीरमा बढी तापक्रम हुनाले हो, त्यसैले तपाइँ घर अथवा अफिसमा हुँदा पङ्खा लगाउनुहोस् र शरीरलाई सकेसम्म चिसो राख्नुहोस्। शरीरलाई तातो हुन नदिनको लागि तातो पेय पदार्थहरू नपिउनुहोस्, जस्तै कफीको सेवन बन्द गर्नुहोस्, चिया सकेसम्म कम खानुहोस्।
३. हातमा हलुका पाउडर छर्किनुहोस्:यदि तपाईँ घरमा हुनुहुन्छ र हातमा हलुका सेतो पाउडर लगाउन समस्या हुँदैन भने नहिच्किचाउनुहोस्। पाउडरले पसिनालाई सोस्दछ र विहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ।
यस्तो किसिमको पाउडर लगाउन सक्नुहुन्छ:
बेबि पाउडर, सुगन्धीत अथवा सुगन्ध नभएको दुवै प्रयोग गर्न सक्नुहुन्छ।
बेकिङ्ग पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गर्न सक्नुहुन्छ।
३. हातमा हलुका पाउडर छर्किनुहोस्:यदि तपाईँ घरमा हुनुहुन्छ र हातमा हलुका सेतो पाउडर लगाउन समस्या हुँदैन भने नहिच्किचाउनुहोस्। पाउडरले पसिनालाई सोस्दछ र विहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ।
यस्तो किसिमको पाउडर लगाउन सक्नुहुन्छ:
बेबि पाउडर, सुगन्धीत अथवा सुगन्ध नभएको दुवै प्रयोग गर्न सक्नुहुन्छ।
बेकिङ्ग पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गर्न सक्नुहुन्छ।
from Nepali Khabar Site ➭ http://ift.tt/19ITZjI
via IFTTT