चीनले प्रस्ताव तथा नयाँ बन्न लागेको एक एसियाली बैंकमा जापानले नबस्ने सङ्केत दिएको छ ।
चीनले प्रस्ताव गरेको एक नयाँ बैंक, एसियाली पूर्वाधार विकास बैँकमा जापान नबस्ने सङ्केत दिएको समाचारमा जनाइएको छ । नयाँ बैंक निर्माणको सो प्रस्ताव चीनले गरेको छ ।
चीनले केही समयमात्र अघि एसियाको बैंकका रुपमा एसियाली पूर्वाधार विकास बैंक (एआइआइबी) स्थापनाको प्रस्ताव गरेको थियो ।
यसअघि चीनका लागि जापानी राजदूतले भने सो बैंकमा जापान पनि सहभागी हुनसक्ने आसय व्यक्त गर्नुभएको थियो ।
तर आज सो आसयको विपरीत जापानी मन्त्रिपरिषदका मुख्य सचिवले सो कुराको खण्डन गरेका छन । उनले यस विषयमा जापानले केही नसोचेको पनि बताएका छन ।
यसअघि फाइनान्सियल टाइम्ससँगको कुराकानीमा चीनका लागि जापानी राजदूत मासातो कितेराले सो बैंकमा जापान बस्नसक्ने भनी अन्तरवार्ता दिएका थिए ।
यस विषयमा जापानी मन्त्रिपरिषदका मुख्यसचिव योसिहिदे सुगाले भने– सो बैंकका विषयमा जापानको अडानमा कुनै परिवर्तन आएको छैन, हामीले कुनै नयाँ निर्णय गरेका छैनौँ ।
जापानको राजधानी टोकियोमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– मैले पनि यस विषयमा सूचना पाएको छु कि राजदूतले पनि यस बारेमा कुनैपनि प्रतिक्रिया दिनुभएको छैन ।
मुख्य सचिव सुगाले यस विषयमा जापानी राजदूतले जापान सहभागी हुने भनेर कुनैपनि अन्तरवार्ता नदिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
चीनले जापानलाई पनि उक्त बैंकको संस्थापक सदस्यको रुपमा प्रवेशका लागि प्रस्ताव गरेको छ । चीनले संस्थापक सदस्यका लागि आवेदन गर्न यही मार्च महिनाको अन्तिम समय दिएको छ ।
सो समय पूराहुन केही दिनमात्र बाँकी रहँदा जापानको यो प्रतिक्रिया आएको छ ।
सो बैंकको संस्थापक सदस्यताका लागि अष्ट्रेलिया, जर्मन, फ्रान्स, बेलायत, इटाली र रसियाले भने समर्थन गरिसकेका छन् । ती देशले संस्थापक सदस्यताका रुपमा ५० अर्ब अमेरिकी डलर बराबरको पुँजी पनि जम्मा गर्ने जनाएका छन् ।
त्यस्तै चीनको अर्काे एक छिमेकी एवम् चीनसँगको लामो समयको सत्रुतापूर्ण सम्बन्ध रहेको देश ताइवानले पनि सो बैंकमा सहभागिताका लागि छिटै नै आवेदन गर्ने जनाएको छ ।
तर एसियाकै दोस्रो ठूलो अर्थतन्त्र जापानले भने यस विषयमा केही बताएको थिएन । जापानले मङ्गलबार भने स्पष्ट रुपमा सो बैंकमा नबस्ने सङ्केत गरेको हो ।
जापानले यस एसियाली पूर्वाधार विकास बैंकको काम स्पष्ट नभएको र यसको कार्यक्षेत्रका बारेमा पनि कयौँ दुविधा रहेको आरोप लगाएको छ ।
जापान एसियाको दोस्रो ठूलो अर्थतन्त्रमात्र होइन एसियाली विकास बैंकको पनि प्रमुख लगानीकर्ता पनि हो ।
भावी दिनहरुमा चीनले प्रस्ताव गरेको यस विकास बैंक पनि एसियाली विकास बैंककै एक प्रतिश्पर्धी बैंकका रुपमा रहनसक्ने बताइन्छ ।
नयाँ बन्न लागेको यस बैंक वल्र्ड बैंक र एसियन डेभलपमेन्ट बैंक (एडिबी) को एक प्रमुख चुनौतीका रुपमा रहनसक्ने पनि बताइन्छ ।
यी दुई बैंकमा अमेरिका र जापानको ठूलो प्रभाव रहेको छ । त्यसैकारण पनि अमेरिकाले यस बैंक स्थापनाका बारेमा आलोचना गर्ने गरेको छ । रासस, एएफपी
from Bhadragol Sansar http://ift.tt/1GbwTiw
via IFTTT
जोम्बी भनेको एक प्रकारको विभत्स रुप भएको राक्षस वा बोक्सी भन्ने विश्वास छ । यस्ता जोम्बी बन्नेहरुले सामाजिक कामका लागि सहयोग जुटाउने काम गर्छन् ।
यो मेलामा मानिसहरु जोम्बीकोरुपमा सडक र गल्लीमा एक अर्कालाई डराउन दिँने प्रयास गर्छन् ।
यस्तो मेला स्वीडेनमा मात्र होइन अन्य ठाउँमा यस्तो मेला लाग्छ ।
Zombie भन्ने शब्द १८१९ मा ब्राजिलका कवि रोबर्ट साउथले चलनमा ल्याएका थिए । यो काल्पनिक प्राणीले मानिसको रगत र मासु खान खोज्ने विश्वास रहेको छ ।
हलिउडका हरर चलचित्रहरुमा यस्ता जोम्बी देखाउने गरिएको छ ।
from Bhadragol Sansar http://ift.tt/1CrHrrp
via IFTTT
सलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।
शुक्रबार अभिनेता खान पहिलो पटक अदालतको कठघरामा उभिएका थिए । उनले गाडी चलाउने आफू नभई आफ्नो ड्राइभर भएको बताएका थिए । सलमानलाई सन’ २००८, सेप्टेम्बर २८ तारिखमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको आरोप लागेको छ। सो समयमा उनी चढेको गाडीले फुटपाथमा सुतेका पाँच जनालाई किचेको थियो जसमध्ये एक व्यक्तिको मूत्यु भएको थियो।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OTq1KS
via IFTTT

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।
तपाइको सपनाले कुनै सन्देश दिन खोजेको हुन सक्छ।
सपनालाइ न त विज्ञानले नै पुरै व्याख्या गर्न सकेको छ न त किन र कसरि देखिन्छ भन्ने कुरामा छर्लङग भएको छ। त्यसैले त सपना एक रहस्यमय भोगाइ रहदैआएको छ। परापुर्वककाल देखि सपनामा देखिने कुराहरु यो दुनियाको नभइ अर्कै संसारको घटना हुन जसमा हामी जान सक्दैनौ तर त्यो दुनियाको दृश्यहरु हाम्रो सपनामा आउछन्। त्यसैले सपनाको कुरालाइ वेवास्ता गर्न नहुने कुराहरु चलिआएको छ। सपनाको बारेमा सभ्यता अनि संस्कृति अनुसार फरक-फरक धारणा रहिआएको भएतापनि, आउनुस् चर्चा गरौं के सन्देश बोकेका हुन्छन् सपनाले,
रामायणमा पनि मृत्यु बताउने सपनाको बारेमा लेखिएको छ
वाल्मिकीले लेखेको रामायणमा पनि त्यस्ता सपनाको बारेमा उल्लेख गरिएको छ जसले भविष्यको मृत्युको घटनाको बारेमा संकेत गरेको हुन्छ।
दशरथको मृत्यु भएको दिनको एक दिन पुर्व, भरतले दशरथ गाइको गोबरमा पौडी खेलिरहेको सपना देखेका थिए। भरत भने तेल पिउदै थिए। उनले कालो कपडा लगाएका थिए अनि कालै कपडा पहिरिएका महिलाहरुले घेरेका थिए भरतलाइ। दशरथ भने रातो माला अनि निधारमा टिका लगाएर यमराज तर्फ बढ्दै थिए।
मृत्युको संकेत
कालो रंग
कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइलाइ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।
सर्प
अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक- फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा। भयाकन डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।
कालो बिरालो
सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।
दाँत झर्नु
सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।
कालो चरा
कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन्।
बच्चाको स्याहार
सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ।
डुब्न लागेको मानिसलाइ बचाउदा
सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।
यात्राको योजना
यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।
दोहोरिने सपना
कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।
नाच्नु अनि गाउनु
सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ।
कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।
एक्लै पिउनु
सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ।
News Source from Taja Nepal http://ift.tt/1BYnDIu
via IFTTT
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|