काठमाडौं, फागुन १८ - होली सुरु
भएकोप्रतिककोरुपमाकाठमाडौंकोबसन्तपुरमाउठाइएकोचीर
ढलेको छ । आइतबार बा १ ज ७०२४ नम्बरको ट्याक्सीले
ठक्कर दिँदा चीर ढलेको प्रहरीले जनाएको छ ।
ट्याक्सी चालक सुमन केसीलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
यसवर्षको होली पर्व विधिवत रुपमा सुरु भएको प्रतिक
स्वरुप गएको बिहीबार विहान ११ बजे चीर
ठड्याइएको थियो । भक्तपुरको बाँसघारीबाट
ल्याइएको बाँस तथा गुहेश्वरीबाट
ल्याइएको मयलको रुखको हाँगालाई
चीरको रुपमा ठड्याइने गरिन्छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wIcjPF
via IFTTT
आफ्नै लगानी र निर्देशनमा नयाँ चलचित्र ‘ड्रिम’ निर्माण गर्न लागेका नायक भुवन केसीले चलचित्रको लागी नायिका छनोट गरेका छन् । लामो समय देखी नायिकाको खोजीमा रहेका नायक भुवन केसीले आफ्नो छोरो अनमोल केसीको जोडीको रुपमा भिजे सन्ध्या के.सी.लाई छनोट गरेका छन् । अब चलचित्र ‘ड्रिम’ सन्ध्या केसी नायक अनमोल केसीसगँ देखिनेछिन् । करोडपति, सुपरस्टार लगायतका फिल्म बनाएका भुवनले हरेक फिल्ममा नयाँनयाँ मुहारलाई प्राथमिकता दिने क्रममा भुवनले सन्ध्याको इमेज टेलिभिजनमा कार्यक्रम हेरेपछि उनले फोननै गरेर आफ्नो घरमा बोलाएका थिए ।
सन्ध्यासँग मौखिक कुरा भए पनि कागजी प्रकृया भने हुन बाँकी रहेको उनले बताए । इमेज टेलिभिजनमा लामो समयदेखी कार्यक्रम सञ्चालन गदैं आएकी सन्ध्या चलचित्रनगरिमा भने नयाँ मुहार हुन । उनले अहिलेसम्म कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन । केहि प्राविधिक कठिनाईका कारण फागुन ५ गतेबाट छायांकन सुरु हुन नसकेको जानकारी दिदैं नायक भुवन केसीले अब चलचित्र ‘ड्रिम’ को छायांकन चैत १० गतेबाट हुने बताए । चलचित्रका लागी हाल भुवन केसी अन्य कलाकारहरुको खोजीमा पनि रहेका छन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ANixmz
via IFTTT
यौन स्वास्थ्य शिक्षक तथा चर्चित किताब बिकज इट फिल गुडु का लेखक डेब्बी हर्बेनिकका अनुसार विहानको यौन सम्बन्धले रोग प्रतिरक्षा प्रणालीमा बृद्धि गर्दछ, जसबाट तपाई दिनभरी नै तन्दरुस्त तथा स्फूर्त अनुभव गर्नसक्नुहुन्छ ।
हर्बेनिकका अनुसार यौन संबन्ध गर्ने अवस्थामा केही त्यस्तो रसायन पैदा हुन्छ, जसले शरीरमा एस्ट्रोजनको स्तरलाई बढाउँछ, जसले तपाईको छाला तथा कपाललाई स्वस्थ तथा बलियो बनाउँछ । हर्बेनिक भन्छन् ( यौन सम्बन्धले इम्यूनोग्लोबुलिन ए ९आईजी ए० को स्तरलाई बढाउँछ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।
News Source from Taja Nepal http://ift.tt/1EEop35
via IFTTT
के हो स्वाइन फ्लु ?
स्वाइन फ्लु एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो । यो नयाँ र चर्चा गरिएजस्तो खतरनाक रोग होइन । इन्फ्लुएन्जा अर्थात एचवन एन वन नामक भाइरसका कारण यो रोग लाग्ने गर्छ । यो रोग १९१८ मा अमेरिकामा पहिलोपटक देखिएको हो । सिडिर यापिड भन्ने ठाउँमा आयोजना गरिएको सुंगुर मेलाबाट सो भाइरस संक्रमण भएको हो । सुरुमा सुंगुरहरुमा देखिएको यो संक्रमणबाट मानिसहरु पनि ग्रस्त भए । संसारभर फैलिएयो एनवन एनवन भाइरसका कारण संसारभर लाखौंको ज्यान गयो । रोग फैलिएको एक वर्षपछि एक एक जना पशु चिकित्सकले अनुसन्धानबाट पत्ता लगाए कि त्यो भाइरस एचवन एन वन थियो । त्यही एचवन एन वन नै स्वाइन फ्लु हो । उनले पत्ता लगाएकी स्वाइन फ्लुको मुख्य श्रोत चरा चुरुंगी हुन् । पछि यो सुंगुर हुँदै मानिसमा फैलियो । यो अचम्मको भाइरस हो ।
यस अर्थमा अचम्मको कि यो कहिले चरा, कहिले सुंगुर र कहिले मानिसमा घुमिरहन्छ । यो कहिले आफैं बिलाएर जान्छ । कहिले फेरि महामारीमा रुपमा आउँछ । चाख लाग्दो कुरा के छ भने गत वर्ष देखिएको एच वन एन वनमा पहिलोपटक १९१८ मा देखिएको ८ मध्ये ३ वटा जिन फेला परेको थियो ।
यसरी फैलन्छ स्वाइन फ्लु संक्रमण
यो संक्रमणले मानिस वा जनावरको स्वास नलीमा संक्रमण गर्छ । स्वाइन फ्लु सजिलै संक्रमण हुनसक्छ । यो हावा, सिंगान वा थुकबाट सर्न सक्छ । यो भाइरसबाट संक्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा एक जनाबाट अर्कोमा सर्ने गर्छ । संक्रमितहरुले प्रयोग गरेको साबुन, टाबेल, धारा, भाँडाकुँडा, ओछ्यान र कपडाबाट यो रोग सर्न सक्छ । यस्तै संक्रमितले छोएको घर, कार्यालय, गाडी वा जहाजको ढोकाबाट पनि यो फैलन सक्छ ।
स्वाइन फ्लुका लक्षण
स्वाइन फ्लु चिसो मौसममा बढी छिटो फैलन्छ । सुरुमा रुघा खोकजस्तै लक्षण यसमा देखिन्छ । त्यसपछि बिस्तारै ज्वरो आउने, घाँटी सुख्खा हुने, शरीर वा टाउको दुख्ने वा झाडापखाला लाग्ने हुन्छ । माथिका अलावा स्वास फेर्न असजिलो हुने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने वा पेट दुख्ने जस्ता लक्षण एकैसाथ देखिए भने तत्काल अस्पताल जानुपर्छ ।
कसका लागि बढी घातक
तपाईं हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनैबेला स्वाइन फ्लु भइसकेको हुन सक्छ । यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सजिलै आक्रमण गर्छ । यो रोग खास गरी बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाका लागि बढी घातक हुन्छ । पर्याप्त खाने कुरा खान नपाउने वा पोषणयुक्त खानेकुराको अभाव भएका मानिसमा पनि यसले बढी असर गर्छ । दम वा निमोनियाका रोगीहरु,हेपाटाइटिस, एचआईभी र संक्रमितका लागि बढी घातक मानिन्छ ।
औषधि सबैतिर पाइन्छ
स्वाइन फुल्को औषधि संसारभर पाइन्छ । नेपालमा पनि औषधिको कमी छैन । सामान्य रुघाखोकी वा अन्य भाइरसले आक्रमण गर्दा प्रयोग हुने औषधि नै स्वाइन फ्लुका बिरामीका लागि चलाउन सकिन्छ । ओसेल्टामिभिर र जनामिभर जस्ता औषधि यो रोगका लागी बढी प्रभावकारी हुन सक्छन् । लक्षण देखिएको ४८ घण्टाभित्र औषधि सेवन गर्न सकिए स्वाइन फ्लु सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।
किन आतंक फैलाउन काम हुँदैछ
स्वाइन फ्लु हिजो थियो, आज छ र भोलि पनि हुन सक्छ । सामान्य ज्वरो आएका बेला पनि स्वइन भएको हुन सक्छ । तर रोगप्रतिरोधात्मक क्षमता राम्रो भएको मानिसलाई छिट्टै निको हुन्छ । जब एकैपटक धेरै मानिसमा महामारीका रुपमा यो भाइरस फैलिन्छ तब हल्ला हुने गरेको छ । यसपटक पनि भएको त्यही हो । ज्वरो आएका धेरै मानिसलाई चेकअप गर्दा कसै न कसैमा यो हुन्छ नै । स्वाइन फ्लु संसारभर घुमिरहेको हुन्छ । कहिले फैलने रुपमा त कहिले नफैलने रुपमा यो आउँछ । अहिले अघि ठूलो रुपमा यो आएको छ । यसलाई आतंकमा रुपमा प्रचार गरिनु राम्रो कुरा होइन । यो कुनै आतंक पनि होइन । हामीले सतर्कता अपनाउन सक्यौं भने स्वाइन फ्लुको संक्रमण रोक्न कठिन छैन ।
सरकारले मात्र सक्दैन
नेपाल र भारतबीच खुला सीमाना छ । लाखौंको संख्यामा मानिसहरुको आवतजावत भइहेको हुन्छ । धेरैवटा नाका छन् । सरकारले नाकामा हेल्प डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको सुनिन्छ । तर यो तरिका प्रभावकारी हुन सक्दैन । किन भने कुनै निश्चित नाकाबाट मात्र मानिसहरुको आवतजावत हुँदैन । खुला बोर्डर भएको स्थानमा निश्चित ठाउँमा हेल्प डेस्क राखेर केही हुँदैन । यो विमानस्थलमा हेल्प डेक्स राखेर इबोला भाइरस चेक गरेको जस्तो होइन । स्वाइन फ्लु फैलन सक्ने क्षमता भएको रोग हो । त्यसैले सरकारले यसको संक्रमण रोक्न सक्दैन ।
बरु यसो गर्नुपर्छ
सरकारले सहरका सरकारी र निजी अस्पताल, क्लिनिक र रिसर्च सेन्टरका साथै गाउँगाउँमा रहेका स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीहरुमा स्वाइन फ्लुको औषधि तयारी हालतमा राख्नु पर्छ । सबै अस्पताल वा स्वास्थ्य संस्थालाई सम्भावित महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट औषधि र उपकरणसहित उपचारका लागि आवश्यक तयारीका लागि निर्देशन दिनुपर्छ । नाकामा चेक गर्ने होइन । यसको औषधि सस्तो र सर्वसुलभ छ । औषधि सबैतिर पठाउन कुनै गाह्रो कुरा छैन । यत्ति कुरा हो कि सरकार त्यसका लागि गम्भीर हुनुपर्छ ।
दिनमा दुई चक्कीका दरले पाँच दिन खाए निको हुने रोगका लागि किन यत्रो हल्ला खल्ला गर्नुपर्छ ? बरु जनतालाई भन्नुपर्छ कि झाडापखाला, रुघा, खोकी लागेको छ भने तत्काल अस्पताल वा चिकित्सकको सम्पर्कमा जाऊ । नाकानाकामा चेक गरेर स्वाइन फ्ले निको पार्ने सपना नदेखे पनि हुन्छ ।
संक्रमण रोक्न
मानिसहरुको बढी जमघट हुने स्थानमा सतर्कता अपनाउनुपर्छ । बस, प्लेन, स्कुल, क्याम्पस, हाटबजार र बन्द कोठामा हुने कार्यक्रमबाट स्वाइन फ्लु संक्रमण हुन सक्छ । ती स्थानमा आफू पहिल्यै सचेत हुनुपर्छ । जस्तो सामान्य नै भए पनि माक्स लगाउने र हाच्छ्युँ वा खोकी लाग्दा रुमालले मुख छोप्न सकियो भने मात्र पनि स्वाइन फ्लु संक्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । बरु सरकारले सार्वजनिक मिडिया मार्फत वा अरु कुनै माध्यमबाट सर्वसाधारणलाई केही अपिल गर्नुपर्छ । रोगको प्रकृति, अपनाउनुपर्ने सतकर्ता, रोकथामको उपाया, उपचार आदिबारे भन्नुपर्छ । अरु केही भन्न नसके पनि सरकारले हाच्छ्युँ आउँदा र खोक्दा मुख छोप्नुस् भन्ने हने भने पनि रोग नियन्त्रणका लागि प्रभावकारी हुन सक्छ ।
यसकारण डराउनुपर्दैन
अहिले स्वाइन फ्लु आतंक फैलाउने काम भइरहेको छ । मानिस मरेको समाचार सुन्दा सबैलाई डर लाग्नु स्वभाविकै हो । मानिस मरेको हल्ला चलेपछि डर लाग्नु स्वभाविकै हो । तर समयमै रोग पत्ता लगाउन र औषधि सेवन गर्न सकियो भने सजिलै निको हुन्छ । १९१८ मा यो रोग विश्वभर फैलिएको थियो । त्यतिबेला औषधि उपचार थिएन । चिकित्सक थिएन, रोग पत्ता लागेको थिएन । तर आज औषधि छ । सार्कका भिआईपी काठमाण्डु आउँदा औषधि र चिकित्सकको व्यवस्था गर्ने सरकारले स्वाइन फ्लुको औषधि उपलब्ध गराउन किन सक्दैन ? सर्तकता छाड्नु हँुदैन । आतंक मच्चाउने होइन । स्वाइन फ्लुबारेमा जनतालाई कुरा बुझाउन सरकार, सञ्चार माध्यम, सचेत नागरिक सबै लाग्नुपर्छ ।
स्रोत : काठमानडु टुडे बाट
News Source from Taja Nepal http://ift.tt/1E8errD
via IFTTT
१. सकेसम्मको दुब्लो हुनुहोस तर तौल तपाइको उचाइ अनुसारको हुनु पर्छ । कसरि थाह पाउने तपाइको तौल र उचाइको सम्बन्ध ?
बडि मास इन्डेक्स (Body Mass Index -BMI) ले तपाइको तौल र उचाइको सापेक्षिक सम्बन्धलाइ मापन गर्छ ।
तपाइको तौल (केजीमा) लाइ तपाइ को उचाइको (मिटरमा) वर्गले भाग गर्नुहोस र उतर १८-२५ को श्रेणीमा आयो भने तपाइको तौल स्वस्थ छ, १८ भन्दा कम आयो भने तौल उचाइको अनुपात मा कम छ, २५ भन्दा माथि भयो भने तौल उचाइको अनुपातमा अत्याधिक छ।
२. दिनमा कम्तिमा पनि ३० मिनेट शारीरिकरुपमा एक्टिभ हुनुहोस।
३. सुगर बढि भएको, बढि क्यालोरि भएको, र चिल्लो बढि भएको खाना सकेसम्म कम खानुहोस। फाइबर बढि भएको खानेकुराहरु जस्तै गहुँ, चामल, काजु, बदाम, काउलि, बन्दा, केरा, स्याउ आदिको सेवन बढि गर्नुहोस।
४. बिभिन्न प्रकारका फलफुलहरुको सेवन बढाउनुहोस। सधै एकै प्रकारको मिठो लाग्छ भन्दैमा नयाँ स्वाद परिवर्तन गर्न ढिलो नगर्नुहोस।
५. रातो मासु (खसी, बङ्गुर आदि) को सेवन कम गर्नुहोस र प्याकेटमा बेच्नराखिएका मासुजन्य पदार्थ त प्रयोग नै नगर्नुहोस।
६. रक्सी सेवन गर्दै नगर्नुहोस। दैनिक गर्ने बानि छ भने कम गर्दै लग्नुहोस र दैनिक पुरुषले २ र महिलाले १ सिप भन्दा बढि नपिउनुहोस।
७. क्यान्सरबाट बच्न भन्दै औषधिको रुपमा आएका भिटामिन, मिनरल्स, प्रोटिन पाइने झोल तथा चक्किको सेवन नगर्नुहोस।
८. ब्रोकाउली क्यानसरबाट बचाउने उत्कृष्ट तरकारी हो। ब्रोकाउली पकाउदा अन्य तरिकाले भन्दा पानीमा उसिनेर खाने बानि गर्नुहोस्। लसुनमा हुने सल्फर कम्पाउण्डले क्यानसर बिरुद्ध प्रतिरोध क्षमता बृद्धि गर्ने देखिएकोले लसुन खान नछुटाउनुहोस।
९. दैनिक १५-२० मिनेट मात्र भएपनि घाममा बस्ने बानि गर्नुहोस। शरिरलाइ चाहिने भिटामिन डि मध्ये ९०% सुर्यबाट लिइने र भिटामिन डि ले कोषहरुबिचको सञ्चारमा मुख्य भुमिका खेल्ने हुन्छ्।
१०. दुध पिउने बानि बसाल्नु होस्। क्याल्सियमले पेटको क्यानसर कम गर्ने पाइएको छ।
News Source from Taja Nepal http://ift.tt/1E8erbl
via IFTTT