एजेन्सी ।
यदि तपाइँले आफ्नो जीवनमा यौन इच्छा घट्दै गएको अनुभव गर्नु भएको छ भने यसबारे नयाँ तथ्य बाहिर आएको छ । डेलीमेलमा प्रकाशित शोध अनुसार महिलाहरुले आफ्नो जीवनमा यौन सम्बन्ध बरबाद गर्ने प्रमुख कारण ल्यापटप र स्मार्ट फोनलाई मान्छन् । ।
बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक शोधले ७० प्रतिशत भन्दा बढी महिला आफ्नो यौन जीवनमा ल्यापटप र स्मार्टफोनले सबै भन्दा बढी असर गरिरहेको बताएको उल्लेख छ ।
स्मार्टफोनमा भुल्ने बानीले यौन जीवनको रस हराउँदै गएको उनीहरुको भनाइ छ । कतिपय महिलाले ल्यापटप र स्मार्ट फोनकै कारण सम्बन्ध धरापमा परिरहेको समेत बताएका छन् ।
फेसबुकबाट साथीहरुसँग च्याट गर्ने बानीले परिवारमा झगडा हुने गरेको पनि शोधले देखाएको छ । जोडीहरु ओच्छ्यानमा पुगेपछि पनि स्मार्ट फोन या ल्यापटपमा ब्यस्त हुने भएकाले सम्बन्धहरु धरापमा पर्दै गएको शोधमा सहभागी महिलाहरुले बताएका थिए ।
शोधमा १ सय ४३ जना महिलाको यौन र जीवनका अन्य पाटोमा टिभी, कम्प्युटर र स्मार्टफोन जस्ता उपकरणले पारेको प्रभावबारे अध्यन गरिएको थियो ।
यो शोध साइकोलोजी अफ पपुलर मीडिया कल्चर नामक जर्नलमा प्रकाशित छ ।
News Source from Taja Nepal http://ift.tt/18D2Sfb
via IFTTT

ओखलढुंगा, फागुन १८–
कोरियामा दुर्घटनामा परी उपचार
गराईरहेका सोलुखुम्बुका महेन्द्र कार्कीलाई सोलुखुम्बु
सम्पर्क समिति कोरियाले आर्थिक सहयोग प्रदान
गरेको छ ।
तिङ्ला ४ स्थायी घर
भएका कार्कीको कम्पनी बाहिर दुर्घटना भई
बायाँ खुट्टामा गहिरो चोट लागेको छ । कम्पनीले
उपचार खर्च नबेहोरेपछि समस्या परेका कार्कीलाई
समितिले उपचार खर्च हस्तान्तरण गरेको हो ।
खर्चको अभावमा उपचारबाट बञ्चित कार्कीलाई
समितिले १५ लाख कोरियन वन सहयोग हस्तान्तरण
गरेको समितिका अध्यक्ष प्रकाश राईले
जानकारी दिनुभयो । कोरियामा कुनै स्वास्थ्य
विमा नभएकोले कम्पनी बाहिर
दुर्घटनामा पर्दा व्यक्ति स्वयंले उपचार गर्नुपर्ने
कानुनी प्रावधान रहेको छ ।
समितिका पदाधिकारीहरुले
कोरियामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग
संकलन गरेर हस्तान्तरण गरेका हुन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1BvziTU
via IFTTT
काठमाडौं । खास गरी टिन एजका युवा युवतीमा अनुहारमा अनावश्यक गन्डीफोर आउने, काला दागहरु बस्ने समस्याले सताउने गरेको छ भने उमेर बढ्दै जाँदा छाला चाउरिने र अनुहारभरी दाग बस्ने समस्या प्रौढहरुमा देखिने गरेको छ ।
तपाईं पनि अनुहर कुरुप भयो भनेर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता छाड्नुहोस् र अनुहारको दाग हटाउने उपाय गर्नुहोस् । यसकालागि तपाईंले ठुलो रकम खर्च गर्नुपर्दैन ।
अनुहारका दाग हटाउन मानिसले के के गर्दैन होला ? डन्डिफोर एउटा आएपछि हुरुरु आउन थाल्छ र एउटा विसो हुन कम्तीमा हप्ता दिन लाग्छ भने गहिरो दागहरु बसिरहेका हुन्छन् ।
यस्ता दागले टिनएजर्सहरुमा निराशा छाउने गर्दछ । यो उमेरमा युवा युवतीमा केहि परिवर्तन देखिन्छन् । यो उमेरमा रित, आवेग र चन्नलता बढी हुने हुँदा शरीरमा तेलीय पदार्थको उत्पादन धेरै हुने र यस्तो पदार्थले अनुहारमा दागहरु आउने गर्दछ ।
छालाका छिद्रहरु टालीदा अनुहारमा डन्डीफोर झनै बढी आउने भएकाले तपाईंले सवैभन्दा पहिले सरसफाईमा ध्यान दिनुपर्दछ । तर, अनुहार धुँदा धेरै रगेट्ने काम भने नगर्नुस् ।
हलुका तरीकाबाट अनुहारको सफाई गर्नुहोस । कपालमा तेल लगाउनुभएको छ भने अनुहारसम्म आउन नदिनुहोस् । तेतका कारण डन्डीफोर थप मौलाउने भएकाले कपाललाई रवरले बाँधेर राख्नुहोस ।
अनुहारमा बेला बेलामा हात लाने बानी छोड्नुहोस । हातको ब्याक्टेरियाले अनुहारमा भएको डन्डीफोरमा थप संक्रमण फैलाएर दाग बढाउँछ । अनुहास धुँदा सफा र हल्का तौलियाको मात्र प्रयोग गर्नुहोस् ।
धेरै पटक प्रयोग गरिएको तौलीयामा ब्याक्टेरीयाहरु हुन सक्छन् । पानीको बाफले अनुहार सफा गर्ने र सुख्खा राख्ने खालको क्रिम प्रयोग गर्नुस् । जथाभावि औषधिको प्रयोग नगर्नुस् । यती गर्नुभयो भने डन्डीफोरको संक्रमण हुने छैन । र तपाईंको अनुहार सफा र सुन्दर हुने छ ।
www.nepalsandesh.com

लण्डन– पहिलोपटक कसले र कुन जीवले सम्भोग गर्यो भन्ने कुराको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । ‘नेचर’ नामक शोधपत्रमा प्रकाशित एक अनुसन्धात्मक आलेखका अनुसार माइक्रोब्रेसियस डिकी नामको एक
माछाले पहिलोपटक सम्भोग गरेको थियो । सम्भोग बिनानै अण्डा उत्पादन गर्ने यो माछाले अण्डा दिन बन्द गरी सम्भोगको माध्यमबाट प्रजनन सुरु गरेको थियो । करिब ८ सेन्टिमिटर लामो यो माछा तीन लाख आठ सय ५० लाख वर्ष पहिलेको भएको बताइएको छ । उक्त माछा पाइने ठाउँ अहिलेको स्कटल्याण्डमा पर्छ । शोधपत्रका प्रमुख लेखक अस्ट्रेलियाका फिलन्डर्स विश्वविद्यालयका प्रोफेसर जोन लागका अनुसार माछाबाट सुरु भएको सम्भोग लामो समयसम्म भने चलेन । माछाको विकस बढ्दै गएपछि माछा प्रजननका लागि पुनः अण्डा उत्पादनमा नै फर्कियो । माछालाई सम्भोगको चरणमा फर्कन फेरि लाखौँ वर्ष लागेको बताइएको छ । सार्क र रे माछाका पूर्वजमा यस्तो संकेत देखिन्छ । (एजेन्सी) /www.ratopati.com

BOLLYWOOD
0
काठमाडौं । फिल्म सुटिङका लागि नेपाल आएका एक जोडी बलिउड हिरो-हिरोइन एकाएक हराएको खवरले यतिबेला भारतीय संचारमाध्यममा चर्चा पाएको छ ।
मनोज धमनको फिल्म सुटिङका लागि नेपाल आएका अभिनेत्री र अभिनेता रुस्लान मुम्ताज हराएका थिए ।
हालै सुटिङ सकेर मुम्बई फर्किएपछि उनीहरु हराएको खवर त्यहाँ दैनिक पत्रिका मिड डे ले छापेको छ ।
सुटिङबाट ब्रेक लिँदै काठमाण्डौ आसपासको दृष्यावलोकनका लागि सुटिङ युनिट दुईवटा गाडीमा निस्किएका थिए । हिरो हिरोइन चढेको गाडी अघिअघि थियो भने टीमका अरु सदस्य अर्को गाडीमा उनीहरुलाई पछ्याइरहेका थिए ।
राजमार्गतिर पुग्दै गर्दा हिरो हिरोइन चढेको गाडी अचानक हरायो । टीमका सदस्यहरुले उनीहरु चढेको गाडी खोजिरहेका थिए भने उनीहरुले टीम सदस्यको खोजी गर्दै थिए ।
अन्ततः हिरो हिरोइन चढेको गाडीका ड्राइभरले अगाडी नबढ्ने निधो गरे । उनीहरुको फोन नेटवर्कले पनि काम गरिरहेको थिएन । साँझपख काठमाण्डौमा चिसो थियो । जसले गर्दा यो जोडी आत्तिइसकेको थियो ।
करिव दुई घण्टासम्म एकले अर्काको खोजी गर्दै बिताएपछि अन्ततः हिरो-हिरोइन टीमका अन्य सदस्यको सम्पर्कमा आए ।
समाचारमा उनीहरु हराएको ठाउँ उल्लेख गरिएको छैन् । सुटिङका लागि उनीहरु करिव तीन साता नेपाल बसेर फर्किएका छन् ।
भारतीय अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लूको संक्रमण भएको खवर सेलाउन नपाउँदै सेलिब्रेटी सलमान खानलाई पनि स्वाइन फ्लू भएको आशंका गरिएको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।
पछिल्लो समय सोनमसँगै चलचित्र सुटिङमा रहेका कारण सलमान पनि यो रोगको शिकार भएको हुन सक्ने टाइम्स अफ इण्डियाले जनाएको छ ।
राजकोटमा सलमान खानसँग सुटिङमा रहेको समयमा सोनमलाई स्वाइन फ्लू भएको भन्दै अस्पताल भर्ना भएकी थिइन् ।
सोनामसँगै रहेका अन्य ब्यक्तिमा पनि स्वाइन फ्लूको शंकाले सबैको परीक्षण गरिन लागेको बताइएको छ ।
भारतमा अहिले सम्म स्वाइन फ्लूका कारण १००० भन्दा बढीको मृत्यु भैसकेको छ । नेपालमा समेत एक महिलालले ज्यान गुमाएकी छिन् ।
Source- Nepaliheadlines
News Source from Taja Nepal http://ift.tt/18AwbPw

स्वाइन फ्लु नामले चिनिने मौसमी इन्फ्लुएन्जा 'ए' (एच१पेन्डेमिक ००९) ले राजधानीमा एक महिलाको मृत्यु भएपछि सर्वसाधारणमा रोग बारे चासो बढेको छ। सरुवा रोग भए पनि यसबाट त्रसित भइहाल्नु पर्ने स्थिति नभएको चिकित्सकहरु बताउँछन्।
चिकित्सकहरूले प्रयोगशाला र अस्पतालमा पुग्नेमध्ये जोखिम समूहमा नपर्ने र असाधारण लक्षणसमेत नदेखिएकाहरूलाई घरमै आराम गरेर बस्न सल्लानह दिएका छन्।
चिकित्सकहरूका अनुसार बच्चामा वर्षमा औसत ६ पटक र वयस्कमा २–४ पटकसम्म रुघाखोकी लाग्छ। धेरैजसो रुघाखोकी इन्फ्लुएन्जा सी का कारणले लागे पनि ए र बी का केस पनि उत्तिकै भेटिन्छन्।
विश्वव्यापी रूपमा इन्फ्लुएन्जा ए (एच१एन१) मा संक्रमणको सम्भावना ७ प्रतिशत र बी (एच३एन२) मा ९२.४ प्रतिशत हुन्छ। तर, कुल रुघाखोकीको ८७ प्रतिशत ए का कारण र १२ प्रतिशत बी कारणले हुन्छ।
डाक्टरहरुका अनुसार गम्भीर अवस्था नभई आवतजावत गर्दा दोहोरो संक्रमण हुने सम्भावना बढी हुन्छ। गत वर्ष नेपालमा १ सय ७५ जनामा संक्रमित भेटिएका थिए। तीमध्ये १८ जनाको मृत्यु भएको थियो। संक्रमितमध्ये १ सय २५ जनामा ए र बी दुवैको संक्रमण देखिएको थियो।
नेपालमा ए को संक्रमणको सम्भावना २० प्रतिशतसम्म छ जसमध्ये १ प्रतिशतको हाराहारीमा मात्रै गम्भीर अवस्थामा पुग्ने गरेको टेकू अस्पतालको रकेर्डले देखाएको छ। टेकु अस्पतालका एक डाक्टर संक्रमण लागेका मान्छे गाडी, कुनै सार्वजनिक स्थलमा जाँदा वा कुनै कुरा छुँदा (अप्रत्पक्ष कारण) पनि रोगका भाइरस बढी फैलिने बताउँछन्।
खासगरी रोग लागेपछि १ मिटरको दूरीमा बस्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा मुख छोप्ने गरे प्रत्यक्ष रूपमा भाइरस सर्ने सम्भावना कम हुन्छ। 'तर, एउटै मान्छेले सार्वजनिक बसमा चढ्दा, अफिस जाँदा, घरमा बस्दा अप्रत्यक्ष कारणबाट पनि संक्रमण फैलन सक्छ,' उनले भने, 'भिडमा नजान र छुट्टै बसेर अरूलाई जोगाउनतिर लागेमा संक्रमण फैलिने क्रम रोक्न सकिन्छ।'
Source- Nagarik News
News Source from Taja Nepal http://ift.tt/18bvWcp