एजेन्सी । मानिसहरु विभिन्न स्टाइलमा सेक्स गर्न मन पराउँछन् । तर, एक अध्ययनअनुसार पुरुषमाथि महिला रहेर गरिने (वुमन अन टप) सेक्स सबैभन्दा खतरनाक सेक्स
पोजिसन रहेको पाइएको छ । क्यानडाका अनुसन्धानकर्ताहरुले आधाभन्दा बढी लिंगको फ्र्याक्चर यस्तो सेक्स पोजिसनका कारण भएको पत्ता लगाएका थिए । यस्तै, अर्को पोजिसन ‘डग्गी स्टाइल’ का कारण २९ प्रतिशतमा लिंगको फ्र्याक्चर हुने समस्या देखिएको छ । अधिकांश पुरुषले प्रयोग गर्ने मिसनरी पोजिसन अर्थात् पुरुष माथि रहेर गरिने सेक्ससमेत सुरक्षित नरहेको अनुसन्धानबाट पत्ता लागेको छ । २१ प्रतिशत लिंग फ्र्याक्चर यस्तो स्टाइलका कारण हुने गर्छ । पुरुषलाई पीडा सुरु हुनेबित्तिकै सेक्स नरोकिने भएकाले पनि ‘वुमन अन टप’ पोजिसन बढी खतरनाक मानिन्छ । सेक्सका दौरान महिलाको तौलले पुरुष लिंगमा भार पार्ने भएकाले पनि समस्या सुरु हुनेबित्तिकै रोकिने सम्भावना कम हुन्छ । यसको बदलामा पुरुष माथि रहने पोजिसनमा भने पुरुष तत्कालै अलग हुन सक्छ । यो अध्ययन निरन्तर १३ वर्षसम्म गरिएको थियो । यसक्रममा डाक्टरहरुले ब्राजिलका तीन अस्पतालमा यौनांग फ्र्याक्चरको समस्या लिएर पुगो ४४ पुरुषको पोजिसनका बारेमा जानकारी लिएका थिए । यसमा २८ जनाले सेक्सका क्रममा लिंगमा समस्या आएको स्वीकार गरेका थिए । अचम्म त के थियो भने आधाभन्दा बढी मानिसले लिंग फ्र्याक्चर भएको आवाज पनि सुनेका थिए । यसपछि लिंग सुनिएको र पीडाको समस्या पनि सुनिएको थियो ।
from Bichitra Khabar http://ift.tt/1COGXfR
via IFTTT

हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा भारी हिमपात भएको छ । शनिबार रातिदेखि लगातार हिउँ परिरहेको र अहिले त्यहाँ डेढफिट बाक्लो हिउँ जमेको त्यहाँका बासिन्दाले बताएका छन् ।
कोठाबाट कार्यालय आउँदा पनि बेल्चाले हिउँ पन्छाएर आएको कृषि विकास कार्यालय मनाङका एक कर्मचारीले बताए । पाखापखेरा, डाँडाकाँडा, घरका छाना अहिले त्यहाँ सेताम्मै छन् ।
त्यहाँ अत्यधिक चिसो बढेकाले मानिसहरू घरभित्रै बाक्लो लुगा लगाई आगो तापेर बस्ने गरेका छन् । चिसोले ती जिल्लाका दैनिकी कष्टकर बनेको छ ।

यस्तै मुस्ताङमा पनि दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेको छ । मुस्ताङमा पनि अत्यधिक चिसो बढेको छ ।
मुस्ताङको जोमसोम विमानस्थलको धावनमार्गमा पनि हिउँ जमेकाले केही दिनसम्म विमान अवतरण गर्न नसकिने भएको छ ।
मुस्ताङको जोमसोम विमानस्थलको धावनमार्गमा पनि हिउँ जमेकाले केही दिनसम्म विमान अवतरण गर्न नसकिने भएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1yZ9nh2
via IFTTT
बजार मूल्यमा कडा प्रतिस्पर्धाले नेपालगन्जका पानी उद्योगहरुको लगानी जोखिममा परेको छ । साना लगानीमा खोलिएका पानी उद्योगहरु बन्द हुदै गएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेको अभिलेखमा २०७१ असार मसान्तसम्म २६ वटा पानी उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरु मध्ये करिब डेढ दर्जन जति पानी उद्योगहरु मात्र हाल सञ्चालनमा रहेको पाइएको छ ।
बजारमा अस्वस्थ प्रतिस्पर्धा भएका कारण थोरै लगानीमा खुलेका उद्योगहरु टिक्नै नसकेर बन्द भएका हुन् । निरन्तर सञ्चालनमा रहेका उद्योगहरु ठूलो लगानीमा खुलेको र उत्पादन समेत बढी छ ।
बढी उत्पादन भएका उद्योगहरुले कम मूल्यमा बजारमा पानी विक्री गर्दा कम लगानीका उद्योगहरु संकटमा परेका हुन् । साना लगानीका केही उद्योग बन्द भइसकेको र केही बन्द हुने अवस्थामा पुगेको पानी उत्पादक संघ बाँकेले जनाएको छ ।
पानी उत्पादक संघमा २२ वटा मात्र उद्योग आवद्ध छन् । आवद्ध उद्योगहरु मध्ये करिब आधा दर्जन जति मात्र निरन्तर रुपमा सञ्चालनमा रहेको पानी उत्पादक संघ बाकेकी अध्यक्ष रचना श्रेष्ठले जानकारी दिइन् । यहाँका पानी उद्योगहरुमा न्यूनतम रु २० लाख देखि रु अधिकतम रु ३ करोड सम्मको लगानी छ । ‘लगानी अनुसार उत्पादन क्षमता भएकाले समेत कम लगानीका उद्योगहरु बन्द हुूदै गएका छन्’ श्रेष्ठले भनिन् ।
उद्योगहरु सञ्चालनको छोटो समयमै बन्द हुने क्रम बढ्दै गएपनि नयाँ खुल्ने क्रम समेत त्यत्तिकै मात्रामा रहेको उनको भनाई छ । चालु आवमा कम्तीमा नयाँ पाँच उद्योग सञ्चालनमा आउने तयारी रहेको उनले जानकारी दिइन् । अध्यक्ष श्रेष्ठका अनुसार, जिल्लामा सुप्रिम, क्रिस्टिलो, अमृत जल, एक्वारियो, संजीवनी, एभेरष्ट र आरुष पानी उद्योगले निरन्तर रुपमा उत्पादनलाई बजारमा ल्याएका छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wQXitu
via IFTTT
नेपाल प्रहरीले फोनबाट चिट्ठा परेको भन्दै ठगी गर्ने क्रम बढेकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।
पाकिस्तानको ९२, अस्टे«लियाको ६१, मलेसियाको ६०, स्वीडेनको ४६ कोड भएको फोनबाट ठूलो रकमको चिट्ठा परेको भनेर एसएमएस पठाउने र बैंकमा पैसा जम्मा गर्न लगाएर ठगी गर्ने गिरोह बढेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ ।
विदेशी तथा नेपाली नम्बरबाट चिट्ठा परेको भनी एसएमएस तथा फोन आएमा प्रलोभनमा नपर्न तथा त्यस्ता एसएमएस आए प्रहरी कार्यालयमा जानकारी दिन पनि सिआइबीले अनुरोध गरेको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/15Zt5Te
via IFTTT