अबुधाबी । तमु ल्होसारको अवसरमा तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले संयुक्त रुपमा आगामी जनवरी ९ मा अबुधाबीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
अबुधावीको अल नादा स्कुल प्रांगणमा तमु ल्होसार पर्व २०१५ घोडा वर्गलाई बिदाई गर्दै ल्हु अर्थात भेडा बर्गलाई स्वागत गर्दै तमु ल्होसार बिबिध सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अायोजकले जनाएको छ।
बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा मनाउन लागेको ल्होसार बिबिध सांस्कृतिक कार्यक्रमका अतिथि कलाकारहरु रजनी तमुस्याे तथा सबिन तमु युएर्इ आइसकेकाे र अर्का चर्चित राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली जनवरी ७ मा आउने आयोजक समितिका सदस्य गुन्जमान गुरुङले बताए ।
घोडा वर्गलाई बिदाई गर्दै ल्हु अर्थात (भेडा बर्ग) को शुभकामना आदानप्रदान गर्दै प्रबासमा रहे पनि तमुहरुको भेषभुषा, आफ्नो मौलिक धर्म संस्कार तथा संस्कृतिको जगेर्ना गर्न तल्लिन तमु समुदायले नेपाली पात्रो अनुसार पुष १५ लाई आफ्नो नयाँ वर्षको रुपमा मनाउदै आए पनि छुट्टीको दिन मिलाएर ९ जनवरीमा कार्यक्रम गर्न लागिएको गुरुङले बताए।
from Online Khabar » प्रवास http://ift.tt/1HhK7cY
via IFTTT
विवाहपछि नवविवाहितासँग पहिलो यौनसम्पर्कमा रगत आउनुलाई नै योनिच्छद च्यातिएको प्रमाणका रूपमा लिइन्थ्यो अर्थात् अत-योनि भएको प्रमाण। मध्ययुगमा कन्याको पिसाब र स्तनलाई आधार बनाइएको पाइन्छ। अतयोनि कन्याको पिसाब सफा र चम्किलो हुने र स्तन झोल्लिएको नभएर केही माथितिर फर्किएको हुने विश्वास गरिन्थ्यो। भारत वर्षमा पनि 'कुकरीकी रश्म', पानीकी धीज अनि अग्निपरीाजस्ता परिण गरिएको कुरा उल्लेख छ। अहिले विशेष गरेर एचआईभीको प्रकोप बढ्दै गएको सन्दर्भमा कौमार्य परीण कतिपय आधुनिक समाजमा पुन: चर्चाको विषय बनेको छ। महिलाहरू विवाहपूर्व एकदमै पवित्र हुनुपर्ने कडा मूल्य-मान्यता भएका केही मुलुकमा योनिच्छद छ-छैन भनेर परीण गर्ने चलन फैलँदो छ, तर यस्ता कुरा महिलामाथिको हिंसा हो भनेर महिला अधिकारवादी संस्थाहरूले विरोध गर्ने गरेका छन्।
from Bichitra Khabar http://ift.tt/1AdVj79
via IFTTT
from Nepali Khabar Site ➭ http://ift.tt/1xwCSwy
via IFTTT
- उनको उक्त लाजमर्दो अबस्थाको भिडियो यहाँ दिइएको छ, हेर्नुहोस् ।
from Nepali Khabar Site ➭ http://ift.tt/1xwCUog
via IFTTT
सो खेलको पछाडि नेकपा(एमाले)का नेता रघुवीर महासेठ खुलेर लागेका छन् । युटिएलमा महासेठको कम्पनी नेपाल भेन्चर प्रालि (एनभीपीएल) को २० प्रतिशत सेयर समेत रहेको छ । गृहमन्त्रालय एमालेले सम्हालेको, संयुक्त सरकारमा प्रमुख साझेदार समेत भएको भन्दै एमाले नेता महासेठले युटिएलमा कार्यरत कर्मचारीलाई जवरजस्ती हटाउन लागिपरेका छन् ।
युटिएलका प्रमुख कार्यकारी अधिकृत एस पी पचौरीलाई महासेठले हाल कार्यरत सबै कर्मचारीलाई निकाल्न र नयाँ भर्ना गर्न भनेका छन् । उनले हाल कार्यरत कर्मचारीले आफूले भने अनुसारको काम नगर्ने र राजनीतिक विचार समेत नमिल्ने भएकाले जुनसुकै हालतमा पनि वर्खास्त गर्न निर्देशन दिएको र सोही निर्देशनअनुसार पछिल्लो दिनमा कर्मचारीले जारी राखेको आन्दोलनलाई समाधान गर्ने भन्दा पनि चर्काउन लागेका छन् ।
उनले गृहमन्त्रालय मार्फत प्रहरी प्रशासन परिचालन गरेरै भएपनि आन्दोलन दबाएरै छाड्ने अभिव्यक्ति समेत दिएका छन् । कर्मचारी आन्दोलनमा उत्रे लगत्तै महानगरिय प्रहरी प्रभाग कमलपोखरीबाट दर्जनौ संख्यामा प्रहरी परिचालन हुनुको पछाडि सोही कारण रहेको आन्दोलनरत कर्मचारीले जानकारी दिएका छन् ।
स्रोतका अनुसार महासेठ पछिल्लो दिनमा युटिएललाई पूर्णत डुबाउने खेलमा लागेका हून् । नेपाल दुरसञ्चार प्राधिकरणले पटक पटक एकीकृत लाइसेन्स लिन आग्रह गर्दै आएको भएपनि उनकै कारण रोकिएको छ । राज्यलाई बुझाउनुपर्ने कर समेत महासेठकै कारण नतिरेको कर्मचारीको भनाइ छ । प्रमुख लगानी भारतीयको रहेको युटिएलमा सेवा तथा सुविधाको माग गर्दै आधिकारिक टे«ड युनियनले आन्दोलन सुरु गरेपछि सो आन्दोलन रोक्न महासेठले गरेका गतिविधिले उनको गैरकानुनी व्यवहारलाई समेत सतहमा ल्याइदिएको छ ।
महासेठले कम्पनीलाई पूर्णत डुबाउने, कम्पनीको सबै स्वामित्व आफैले लिने र करिब २० अर्बमा भोडाफोनलाई बेच्ने तयारी स्वरुप आन्दोलनलाई जसरी भएपनि दबाएरै छाड्ने योजना बनाएको आन्दोलनरत कर्मचारीको भनाइ छ । युटिएलमा कार्यरत अखिल नेपाल संघ संस्था तथा बैंक तथा वित्तीय श्रमिक संघ युटिएल मूल इकाई कमिटिले राखेको सामान्य माग पूरा गर्न समेत तयार नहुनुले सो कुराको पुष्टि गरेको छ ।
युटिएलले हालसम्म पनि कर्मचारीलाई नियुक्तिपत्र समेत नदिइ काम लगाएको छ । प्रमुख कार्यकारी अधिकृत पचौरीको घरमा खाना पकाउने भान्छेको तलब रु १६ हजार भएपनि युटिएलमा काम गर्नेको तलब आठ हजार भन्दा माथि रहेको छैन । विगत १२ बर्षदेखि काम गर्नेहरुको तलब समेत मुस्किलले १२ हजार भन्दा बढी रहेको छैन । हाल मुलुकका ४४ जिल्लामा सेवा प्रवाह गरेको दावी गरेपनि गुणस्तर नभएको भन्दै सेवाग्राहीले प्रयोग गरिरहेका छैनन् ।
मुलुकभर रहेका २०० वटा टावरले समेत राम्रोसँग काम नगरेको युटिएलमै कार्यरत इन्जिनियरहरुको भनाइ छ । कुल पाँच लाख ग्राहक भएको भनिएपनि हाल मुस्किलले ८० हजार ग्राहक मात्रै युटिएलको नेटवर्कमा नियमित सम्पर्कमा रहेका छन् । फोन गर्दा नबुझिने, पैसा मात्रै चढ्ने भएकाले ग्राहक हैरानी र सास्ती मात्रै व्यहोर्न वाध्य भएपछि अन्य सेवाप्रदायकतिर आर्कर्षित भएका हून् । कम्पनीका लगानीकर्ता र व्यवस्थापनले कम्पनीको सेवा विस्तार गर्ने र नयाँ प्रविधि भित्र्याउने तर्फ कुनै पनि चासो देखाएको छैन । कम्पनीको आर्थिक अवस्था दिन प्रतिदिन झन्झन् कमजोर बन्दै गएको छ । भारतीय लगानीकर्ताले समेत यतिखेर युटिएललाई त्यत्ति चासो दिएका छैनन् । हालसम्म युटिएलले नेपाल सरकारलाई १५ अर्ब भन्दा बढी राजस्व तिरेको छैन । एकीकृत लाइसेन्स लिन दुरसञ्चार प्राधिकरणले अप्रिल २०१३ देखि आग्रह गरेको भएपनि फिक्वेन्सी मात्र होल्ड गरेर राखेको छ ।
हाल युटिएलले सिडिएमए प्रविधिमा ८०० हर्ज र १८०० हर्ज प्रयोग गर्दै आएको छ । फिक्वेन्सी भने युटिएलले सन् २०१० मा एक अर्ब २२ करोड आम्दानी गरेको देखाएको युटिएलले त्यसपछि घाटा मात्रै भएको देखाएको छ ।
पछिल्लो दिनमा युटिएलका अधिकाशं सिम भिओआइपीमा मात्र प्रयोग भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको अध्ययनबाट पुष्टि भएको छ । व्यूरोको अध्ययनअनुसार प्रति सय सिममा ६० वटा सिम भिओआइपीमा प्रयोग भएको छ । युटिएलले संस्थागत रुपमा नै भिओआइपी चलाएको भनी व्यूरोले सरकारलाई प्रतिवेदन दिएको भए पनि भारतको डरका कारण गृह प्रशासन युटिएललाई कारवाही गर्न हच्किदै आएको छ ।
युटिएलमा कार्यरत एक इन्जिनियरले रातो पाटीलाई दिएको जानकारीअनुसार पुतलीसडकमा रहेको युटिएलको टावरमा नै भिओआइपीका दर्जन भन्दा पनि एन्टेना फिट गरिएको छ । ती एन्टेना मार्फत विदेशबाट नेपालमा आएको कल बाइपास गरी राज्यलाई ठग्ने काम गरिएको छ ।
युटिएलले हालसम्म नविकरण र रोयल्टी समेत सरकारलाई बुझाएको छैन । शाही सासन कालमा कम्पनी बन्द रहेको दलिल पेस गर्दै उसले हालसम्म १५ अर्ब भन्दा बढी रोयल्टी नविकरण दस्तुर, सेवा शुल्क तथा आयकर बुझाएको छैन । सूचना तथा सञ्चार मन्त्रालयलाई प्रभावमा पारेर कुनै पनि कर नतिरेको युटिएल यतिखेर पनि सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाललाई प्रभावमा पारेर सबै कर तथा शुल्क मिनाहा गराउने धन्दामा लागेको छ ।
युटिएलमा महानगर टेलिफोन निगम लिमिटेडको २६.६८ प्रतिशत, टेलिकम्युनिकेशन कन्सल्ट्यान्ट इन्डिया लिमिटेडको २६.६६ प्रतिशत, टाटा टेलिकम्युनिकेशन लिमिटेडको समान २६.६६ प्रतिशत र नेपाल भेन्चर प्रालिको २० प्रतिशत सेयर रहेको छ ।
तीन वटा भारतीयलाई हटाएर भोडाफोन भित्र्याउने धन्दा सुरु भएपछि एमाले नेता महासेठले सो को जानकारी एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री वामदेव गौतमलाई समेत गराएका छन् । महासेठसँग यस विषयमा सोध्न पटक–पटक सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् ।
आन्दोलनकारी कर्मचारीका अध्यक्ष विकासकुमार झाले पनि तीनवटा भारतीय कम्पनीलाई हटाएर अर्को भारतीय कम्पनी ल्याउने तयारी भित्रभित्रै भएको दावी गरे । आन्दोलनरत कर्मचारीलाई स्वैच्छिक अवकाश दिने योजना समेत कार्यकारी अधिकृत पचौरीले ल्याएका छन् । उनले १२ बर्ष काम गरेका कर्मचारीलाई पाँच लाख, ८ वर्ष काम गरेकालाई चार लाख, पाँच वर्ष काम गरेका इन्जिनियर तथा प्राविधिक कर्मचारीलाई एक लाख रकम दिने योजना सुनाएका छन् । पचौरीको सोे योजना पनि महासेठकै निर्देशनमा ल्याइएको झाको भनाइ छ ।
यस अघि युटिएलले लिमिटेड मोविलिटीको लाइसेन्स नविकरण गर्ने बेलामा प्राधिकरणलाई पठाएको लिखित पत्रमै नेपाल र भारत सरकारवीच बक्र्याैता रोयल्टीको बारेमा छलफल भइरहेको जनाएको थियो । पत्रमा उसले आफु घाटामा भएकाले बक्र्यौता तिर्न नसक्ने, दुई सरकारवीच छलफल गरेपछि मात्र कुराको टुङगो लाग्ने दलिल पेश गर्दै आएको छ ।
युटिएलले शाही सासनकालमा ४ अर्ब ४४ करोड घाटा भएको, नेपाल टेलिकमले अन्तरराष्ट्रिय आवद्धता दिन ढिला गरेको लगायतका कारण देखाउँदै बक्र्याैता रोयल्टी बुझाउन नसक्ने र बुझाउनु परे बन्द गर्न बाध्य हुने समेत बताउँदै आएको छ ।
दुरसञ्चार प्राधिकरणलाई युटिएल संचालन भएको पहिलो तिन बर्र्षमा रोयल्टी बापत बुझाउनु पर्ने २० करोड ११ लाख ४५ हजारमध्ये १ करोड १६ लाख ९४ हजार २ सय ८ रुपैया मात्र रोयल्टी बुझाएको थियो । बाँकी रहेको १८ करोड ९४ लाख ४० हजार ७ सय ९२ रुपैया ०६२ फागुन २५ गतेको मन्त्री स्तरीय निर्णयबाट मिनाह गरिएको थियो । सो रोयल्टी मिनाहा गर्ने मन्त्री थिए दिलेन्द्रप्रसाद बडु ।
युटिएलबाट मोटो रकम लिएर उनले रोयल्टी मिनाहा गरेको चर्चा त्यतिखेरै चलेको थियो । तर पछिल्लो दिनमा घटनाक्रम पुरै बदलिएको छ । र घटनाक्रम बदल्न एमाले नेता महासेठको प्रमुख हात रहेको छ । उनले कुनै पनि कर नतिर्ने, कम्पनीमा कार्यरत सबै कर्मचारीलाई कम्पनी पूर्ण रुपमा डुबेको भन्दै हटाउने र भोडाफोनलाई बेच्ने तयारी गरिएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1vIhmi5
via IFTTT