सर्जिकल टेक्नोलोजी इन्टरनेसनलमा प्रकाशित एक जर्नलका अनुसार हामीले मोबाइलमा निहुरेर चलाउँदा हाम्रो गर्दनमा २७ केजी बराबर तौलको असर परिरहेको छ । निहुरेर मोबाइल चलाइराख्नु भनेको हाम्रो घाँटीमा २७ केजी तौल राखेर झुण्डाइरहनु बराबर रहेको वैज्ञानिकहरु बताउँछन् ।
यस विषयमा अध्धयन गरेका मेरुदण्ड र हाडका सर्जन डाक्टर केनेथ हन्सराज भन्छन्, ‘अहिले स्मार्टफोनका कारण मानिसहरुले लामो समयसम्म मोबाइलमा झुण्डिने गरेका छन् । यसले उनीहरुको घाँटी र ढाडमा समस्या देखिने गरेका छन् ।’ ‘जता गयो त्यहीँ मानिसहरु निहुरेर मोबाइल चलाइरहेका हुन्छन् । विशेष गरेर यो बानी ‘महामारी’ जस्तै युवाहरुमा देखिएको छ,’ उनी भन्छन् ।
हामीले मोबाइल फोन चलाउँदा बनाउने घाँटीको कोणले त्यस भागमा अतिरिक्त भार पर्ने उनी बताउँछन् । हाम्रो टाउकोको औसत तौल ५ केजी रहे पनि मोबाइल चलाउँदा बनाइने ६० डिग्रीको कोणले २२ केजी थप भार थप्ने उनले बताए ।
‘यसरी हाम्रो गर्दनमा अतिरिक्त भार पर्नाले मासुहरु च्यातिने, हड्डी खिइने र अन्त्यमा अपरेसनसम्म गर्नुपर्ने स्थिति आउन सक्छन्,’ हन्सराज भन्छन् ।
यसबाट बच्नका लागि उनी सजिलो उपाय पनि सुझाउँछन् । ‘यसबाट आँखाकै लेभलमा मोबाइल ल्याउनुपर्दैन । लामो समयसम्म निहुरेर मोबाइल नचलाए पुग्छ ।’ त्यस्तै समय समयमा आफ्नो कुमले कान छुने व्यायाम वा टाउकालाई हातले ठेल्ने र गर्दनलाई ढाड भएकोतिर लाने व्यायाम गर्न उनी सुझाव दिन्छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/12ecbiv
via IFTTT
ट्रेकिङ गएकी हिरोइनलाई हिल जुत्ता, परिक्षामा विद्यार्थीलाई रातो कलम
काठमाडौ । डेढ वर्ष अगाडि प्रदर्शन हुँदा निकै राम्रो ब्यापार गरेको थियो चलचित्र होष्टेलले । गतिलो नेपाली फिल्म हेर्न नपाएर दिक्क भएका दर्शकले होष्टेलबाट राम्रै मनोरञ्जन लिए ।
एमबीबीएस अध्ययन गर्ने छात्र छात्राको जीवनशैलीलाई मुख्य विषय बनाइएको कथामाथि बनेको फिल्ममा एउटा सामान्य तर, लाजमर्दो दृष्य छ । एमबीबीएसको परीक्षामा सहभागी भएका विद्यार्थी मध्ये एकजनाले रातोमसी भएको डटपेनले लेखेर परीक्षा दिन्छन् ।
जबकी नेपालमा रातो मसी निश्चित काममा मात्रै प्रयोग हुन्छ भने स्कुल कलेज पढ्ने विद्यार्थीका हकमा रातो लेख्ने कलम बर्जित नै छ । तर, यति सामान्य कुराको पनि ख्याल गरिएको छैन, राम्रो र चलेको भनिएको फिल्ममा ।
सामान्य कमजोरी दोहोर्याउँदा केही फरक पर्दैन भन्दै निर्देशक स्वयंले हेलचेक्राइँ गर्नाले पनि नेपाली फिल्म झुर भन्नेहरुलाई बल पुगेको छ । भीसीडीमार्फत होष्टेल हेरेका एकजना दर्शक भन्दै थिए ‘परिक्षामा कस्तो कलमले लेख्ने समेत ज्ञान नभएका निर्देशकवाट के अपेक्षा गर्ने हामीले ?’
दीपक श्रेष्ठ निर्देशित अर्को फिल्म ‘पहिलो पहिलो मायाँ’ मा हिरोइनहरुको एउटा समूह सराङकोटतिर ट्रेकिङमा जान्छ । दुःखको कुरा उनीहरुको पोशाक हेर्दा आम ट्रेकिङ रुटमा हिंड्नेहरु रिसाउन सक्छन् । हिरोइनहरु टाइट जिन्स पाइन्ट र हाइ हिलमा ट्रेकिङमा देखिन्छन् । जुन पोशाक त्यो रुटमा हिंड्ने मान्छेका लागि हुँदै होइन ।
साना–तिना भनिने तर, गम्भीर अर्थ लाग्ने कमजोरी दोहो¥याउनेमा धेरै निर्देशकलाई बानी परिसकेको छ । ‘होष्टल’ र ‘पहिलो पहिलो मायाँ’ बाहेक अरु सयौं फिल्म छन् जुन फिल्ममा यस्तै लाज लाग्ने दृष्य भेटिन्छन् । गरिब पात्रको भब्य बेडरुम, भट्टीमा महंगा रक्सीका बोत्तल, गाउँमा जम्मेकी युवतीको छाती देखिने पोशाक त नेपाली फिल्मका रेडिमेड कमजोरी हुन् ।‘यति त हाम्रा दर्शकले पचाइ हाल्छन् नि भनेर साना कमजोरी दोहोर्र्याउने चलन छ ।’ पूर्व मिस नेपाल एवं नायिका मलिना जोशी बताउँछिन् ।
दर्शकको अवमूल्यन
pahilo pahilo mayaनेपाली दर्शकको चेतनाको स्तर कहाँ छ भन्नेमा कतिपय निर्देशकलाई जानकारी नै छैन । फिल्म बनाउनुअघि अध्ययन नगर्ने त पुरानो परिपाटी हो नै, आफूले जे बुझेको छ त्यही ठिक हो भन्ने ढिपीले झन् समस्या निम्त्याएको छ ।
निर्देशक नबीन सुब्बा भन्छन ‘दर्शकले के चाहन्छन् भन्नेमा हामी जाँदै जाँदैनौ, हामीले जे बुझेका छौं त्यही ठिक हो भनेर थोपर्छौं ।’ दर्शकको अवमूल्यन गर्ने संस्कार सबै भन्दा घातक हुने पनि उनको बुझाइ छ ।
नेपाली फिल्मको हरेक कमजोरीमा निर्मातालाई दोष दिने चलन आफूलाई मन नपर्ने धारणा राख्ने निर्माता प्रदीप उदय निर्देशकका कमजोरीलाई निर्मातासँग नजोड्न आग्रह गर्छन् ।
‘रातो र कालो कलमको मूल्य एउटै हो निर्देशकले निलो मागेको भए पक्कै रातो कलम दिदैन थिए निर्माताले ।’ उनले भने । निर्देशकका यस्ता कमजोरीलाई पनि निर्मातासँग जोड्ने गरेकोमा उनको दुखेको थियो । -
from Bichitra Khabar http://ift.tt/1yufZXC
via IFTTT
काठमाडौं । एनसेल नेपालले मंसिर २७ गते काठमाडौमा गर्न ला
गेको ‘पर्पल फेष्ट’ मा सहभागी हुन नेपाल आउने तयारीमा रहेका भारतीय कमेडिन कपिल शर्माले नेपाली भाषामै नेपाली दर्शकलाई सम्बोधन गरेका छन् । भारतीय टेलिभिजन च्यानलवाट प्रशारण हुने चर्चित कार्यक्रम ‘कमेडी नाइट वीथ कपिल’ का प्रस्तोता कपिल शर्माले सम्बोधन गरेको भिडियो एनसेलले सार्वजनिक गरेको छ । भिडियोमा उनले भनेका छन्- ‘नमस्कार म कपिल शर्मा । म आउँदैछु बुद्ध, सगरमाथा, अनि जानकीको भुमिमा तपाइहरुलाई हँसाउन ।’ दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सबैलाई सहभागी हुन उनले आग्रह समेत गरेका छन् । उक्त कार्यक्रममा कपिलसँगै भारतीय गायक सोनु निगमले गीत प्रस्तुत गर्ने भएका छन् । त्यस्तै नेपाली गायक सुगम पोखरेल र र्यापर यमबुद्धको पनि विषेश प्रस्तुति रहने छ । कार्यक्रममा नेपाली हास्य कलाकार जीतु नेपाल र विल्सन बिक्रम राई-तक्मेबुढा) ले विषेश प्रस्तुती दिनेछन् ।
from Bichitra Khabar http://ift.tt/1yufWLr
via IFTTT
धनगढी: शुक्रबार राति धनगढी–डडेलधुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको सहजपुर गाविस सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु घोषित डोटीको डौड गाविस–५ का जंमबहादुर भण्डारी जीवितै भेटिएका छन् ।
जंमबहादुर भण्डारीको मृत्यु भएको जानकारी प्राप्त भई सोही बमोजिमको सूचना जिल्ला प्रहरी कार्यालय कैलालीले उपलब्ध गराएको थियो । मृतकहरूको शव सेती अञ्चल अस्पताल धनगढीमा पुर्याई सनाखत गराउने क्रममा मृत घोषित जंमबहादुरको भनिएको शव अर्कै व्यक्तिको भएको पुष्टि भएको हो । उनको भनिएको शव उनकै गाउँका डौड गाविस–२ का टीका ढोलीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
भण्डारीको हाल भारतमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डोटीको दीपायलबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ५४२० नं को उक्त बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1pGmZjz
via IFTTT
बलिउड अभिनेत्रि सोनाक्षी सिन्हाले अव पाकिस्तानी अभिनेता फवाद खानसँग रोमान्स गर्ने भएकी छन्।
यद्यपी यो रोमान्स केवल अनस्क्रिन रोमान्स मात्र हो ।
एक जीवनीमा आधारित चलचित्रमा सोनाक्षी र फावादको रोमान्स देख्न पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि फावादले अनिल कपुरकी छोरी सोनम कपुरसँग अनस्क्रिन रोमान्स गरेका थिए ।source dainik online khabar
from Bichitra Khabar http://ift.tt/12e4lp5
via IFTTT
यद्यपी यो रोमान्स केवल अनस्क्रिन रोमान्स मात्र हो ।
एक जीवनीमा आधारित चलचित्रमा सोनाक्षी र फावादको रोमान्स देख्न पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि फावादले अनिल कपुरकी छोरी सोनम कपुरसँग अनस्क्रिन रोमान्स गरेका थिए ।source dainik online khabar
from Bichitra Khabar http://ift.tt/12e4lp5
via IFTTT