धादिङ, मंसिर १५ - आइतबार राति ट्रकले किच्दा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम नीलकण्ठ-७, तल्लोबेंसीमा खेतबाट पराल लोड गर्न आएको बा २ ख ४०४५ नंवरको ट्रकले किच्दा नीलकण्ठ-३ , साँखु निवासी १५ वर्षीय सहचालक सागर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राति १० बजे भएको उक्त घटना पछि पहिचान हुन नसकेका ट्रक चालक फरार रहेका छन् भने ट्रक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1B53LZ6
via IFTTT
काठमाडौं, मंसिर १५ - सत्तारुढ एमालेले सरकारमा आउन मधेसवादी दललाई औपचारिकरुपमै प्रस्ताव राखेको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा आउन औपचारिक प्रस्ताव राखेका छन् । मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने अडान एमालेलाई स्मरण गराएको छ ।
राष्ट्रिय सहमति नभए माघ ८ गते संविधान जारी हुन नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले मधेसवादी दलका नेताहरुलाई राष्ट्रिय सहमतिको सरकारका लागि आहृवान गरेका हुन् ।
बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले सरकारको शब्द उच्चारणसमेत नगर्ने बताए । 'हामीले एमालेले राखेको राष्ट्रिय सहमतिको सरकारको एजेन्डा सुरुमै खारेज गर्यौं,' उनले ईकान्तिपुरसित भने, 'संविधान निर्माण नभएसम्म सरकारको 'स' पनि उच्चारण गर्दैनौं ।'
बैठकमा एमालेले संविधानका प्रमुख विवादित संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमतिका लागि लचिलो हुन मधेसवादी दललाई आग्रह गरेको महतोले बताए ।
'हामीले संविधानका अन्तरवस्तुमा आवश्यक छलफल गर्न तयार छौं भन्यौं,' उनले भने, 'तर जसरी बहुमतको अहंकार देखाएर शीर्ष नेताहरु नै हस्ताक्षर अभियानमा उत्रनुभएको छ, यसले वातवरण बिगारेको छ ।'
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1B53MME
via IFTTT
हेटौंडा, मंसिर १५ - हेटौंडा-काठमाडौं वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको सिस्नेरी- २ थिमडाँडामा सोमबार दिउँसो टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
रौतहटबाट काठमाडौं गइरहेको ना १ ज २७६६ टाटासुमो दिउँसो साढे ३ बजे सडकबाट दुई सय मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1B53MvZ
via IFTTT
१५ मंसिर, काठमाडौं । म्युजिक भिडियोवाट अभिनय सुरु गरेकी थिइन् रुपा उपाध्यायले । म्युजिक भिडियो गर्नु अगाडी नै हट फोटो शेसन गरेर चर्चामा आएकी रुपाले आधा दर्जन भिडियोमा काम गरेपछि सुभाष गजुरेल निर्देशित चलचित्र ‘को होला मेरो मायालु’ मा काम गरिन् ।
चलचित्रको सुटिङ हुँदै गर्दा बजारमा हल्ला चल्यो- रुपाको काम निकै राम्रो छ । त्यहि विचमा रामकृष्ण ढकालको चर्चित गीत ‘बचन तोडें…’ मा मोडलिङ पनि गरिन् ।
अग्लो कद, गोरो छाला र स्लिम बडी । नेपाली हिरोइनमा हुनुपर्ने न्युनतम गुण उनमा नभएको होइन । तर, जन्मजात प्राप्त यी गुणले उनलाई हिरोइनको रुपमा अघि बढाउन सकेन ।
फिल्मको ब्यापारिक असफलतासँगै उनलाई अन्य निर्देशकले मौका दिएनन् । अन्ततः उनको अभिनय यात्रा यहीँ ब्रेक लाग्यो र उनी अमेरिकातिर पलायन भइन् ।
यसरि एउटै फिल्ममा काम गरेर गायव हुने रुपा एक्ली युवती भने होइनन् ।
नृत्यङ्गना कञ्चन रेग्मीको पनि त्यही हालत दोहोरियो । सोभित बस्नेत निर्देशित प्रायः फिल्ममा गु्रप डान्स गर्दै आएकी कञ्चनले सोभितकै निर्देशन रहेको ‘कन्यादान’ मा मुख्य भुमिका निर्वाह गर्ने अवसर पाइन् । नायिका भएपनि स्वदेश र विदेशका केही स्टेजमा डान्स गर्ने अवसर पाएकी कञ्चनले फेरी फिल्ममा हिरोइन बनेर देखिने अवसर कहिल्यै पाइनन् ।
अहिले रजतपटमा गुमनाम बनेकी कञ्चनकै नियति भोग्दैछिन् अर्की नायिका सुनिता गन्दर्व पनि । सोभितकै निर्देशन रहेको ‘चिनो’ मा सह-नायिकाको रुपमा देखिएकी सुनिताले त्यसपछि केही फिल्ममा आइटम डान्स गर्ने अवसर पाए पनि अभिनेत्री बनेर देखिने मौका पाइनन् ।
पछिल्लो समय ब्युटिपार्लर ब्यबसाय सुरु गरेकी सुनिताले मुलुकभित्र र खाडी मुलुकका स्टेज डान्समा चित्त बुझाउँदै आएकी छिन् ।
विशुद्ध गृहणी बनेकी कविता शर्मा पनि चल्तिको हिरोइन हुने सोंचले फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । केही लोकगीतको म्युजिक भिडियोमा काम गरेकी कविताले पनि केही फिल्ममा सानो तिनो भुमिका निर्वाह नगरेकी होइनन् । तर, दर्शकले कबितालाई हिरोइनको रुपमा अहिले सम्झन गार्है मान्छन् ।
binita - sashi
केही फिल्ममा सानोतिनो भुमिका निर्वाह गरेका तर, दोहोरिन नसकेका हिरोइनको सूची लामै छ । बिनिता घिमिरे र शशी खड्का पनि अहिले यही कोटीमा दर्ज भएका छन् ।
रहरमा आउनेहरु टिक्दैनन्
नेपाली फिल्ममा हिरो हिरोइन वा निर्माता हुनका लागि अहिले पनि प्रशिक्षण एवं विषयवस्तु प्रतिको ज्ञान जरुरी मानिदैन । मिलेको ज्यान भएकै कारण युवतीहरुले हिरोइन बन्ने अवसर पाए जस्तै पैसा हुने जोसुकै निर्माता बन्ने चलन छ ।
प्रायः रहरमा आउने गरेका युवतीहरु नटिक्ने गरेको निर्देशकहरुको भनाइ छ । निर्देशक राजेन्द्र उप्रेतिका अनुसार कतिपय युवतीहरु रहर पूरा गर्न मात्रै फिल्ममा आउँछन् त्यस्ता युवती टिक्दैनन् ।
from Bichitra Khabar http://ift.tt/1waS9C1
via IFTTT
चलचित्रको सुटिङ हुँदै गर्दा बजारमा हल्ला चल्यो- रुपाको काम निकै राम्रो छ । त्यहि विचमा रामकृष्ण ढकालको चर्चित गीत ‘बचन तोडें…’ मा मोडलिङ पनि गरिन् ।
अग्लो कद, गोरो छाला र स्लिम बडी । नेपाली हिरोइनमा हुनुपर्ने न्युनतम गुण उनमा नभएको होइन । तर, जन्मजात प्राप्त यी गुणले उनलाई हिरोइनको रुपमा अघि बढाउन सकेन ।
फिल्मको ब्यापारिक असफलतासँगै उनलाई अन्य निर्देशकले मौका दिएनन् । अन्ततः उनको अभिनय यात्रा यहीँ ब्रेक लाग्यो र उनी अमेरिकातिर पलायन भइन् ।
यसरि एउटै फिल्ममा काम गरेर गायव हुने रुपा एक्ली युवती भने होइनन् ।
अहिले रजतपटमा गुमनाम बनेकी कञ्चनकै नियति भोग्दैछिन् अर्की नायिका सुनिता गन्दर्व पनि । सोभितकै निर्देशन रहेको ‘चिनो’ मा सह-नायिकाको रुपमा देखिएकी सुनिताले त्यसपछि केही फिल्ममा आइटम डान्स गर्ने अवसर पाए पनि अभिनेत्री बनेर देखिने मौका पाइनन् ।
पछिल्लो समय ब्युटिपार्लर ब्यबसाय सुरु गरेकी सुनिताले मुलुकभित्र र खाडी मुलुकका स्टेज डान्समा चित्त बुझाउँदै आएकी छिन् ।
विशुद्ध गृहणी बनेकी कविता शर्मा पनि चल्तिको हिरोइन हुने सोंचले फिल्म उद्योगमा प्रवेश गरेकी थिइन् । केही लोकगीतको म्युजिक भिडियोमा काम गरेकी कविताले पनि केही फिल्ममा सानो तिनो भुमिका निर्वाह नगरेकी होइनन् । तर, दर्शकले कबितालाई हिरोइनको रुपमा अहिले सम्झन गार्है मान्छन् ।
binita - sashi
केही फिल्ममा सानोतिनो भुमिका निर्वाह गरेका तर, दोहोरिन नसकेका हिरोइनको सूची लामै छ । बिनिता घिमिरे र शशी खड्का पनि अहिले यही कोटीमा दर्ज भएका छन् ।
रहरमा आउनेहरु टिक्दैनन्
नेपाली फिल्ममा हिरो हिरोइन वा निर्माता हुनका लागि अहिले पनि प्रशिक्षण एवं विषयवस्तु प्रतिको ज्ञान जरुरी मानिदैन । मिलेको ज्यान भएकै कारण युवतीहरुले हिरोइन बन्ने अवसर पाए जस्तै पैसा हुने जोसुकै निर्माता बन्ने चलन छ ।
प्रायः रहरमा आउने गरेका युवतीहरु नटिक्ने गरेको निर्देशकहरुको भनाइ छ । निर्देशक राजेन्द्र उप्रेतिका अनुसार कतिपय युवतीहरु रहर पूरा गर्न मात्रै फिल्ममा आउँछन् त्यस्ता युवती टिक्दैनन् ।
from Bichitra Khabar http://ift.tt/1waS9C1
via IFTTT
एजेन्सी
पूर्व पोर्न स्टार सन्नी लियोनको पछिल्लो फिल्मी पोष्टरले बलिउड गर्माएको छ । रागिनी एमएमएस 2 पछि सन्नी अव एक नयाँ हट अवतारमा आउँदैछिन् ।कुछ-कुछ लोचा है’ नामक यो फिल्म पनि सेक्स कमेडी भएको बताइएको छ । यो फिल्मको पहिलो पोष्टर सार्वजनिक भएको छ ।
सेक्स र कमेडी मसलेदार चलचित्रमा सन्नीको भूमिका उनको छवि अनुसारको नै छ ।उनको विकिनी लगाएको पोष्टरले बलिउडमा चर्चा पाइरहेकव छ । सन्नीको पछाडी अभिनेता राम कपुर उँभिएका छन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ytzQq5
via IFTTT
काठमाडौं, मंसीर १५ – वैद्य नेतृत्वको नेकपा माओवादीसँग सम्बन्धबिच्छेदको घोषणा गरेको विप्लव पक्षले आज नयाँ पार्टी घोषणा गरेको छ ।
नेकपा माओवादी नाम दिइएको सो पार्टीले अहिले राष्ट्रिय नाच घर जमलमा पत्रकार सम्मेलनको आयोजना सुरु गरेको छ ।
वैद्य माओवादीबाट छुट्टिएपछि ब्राकेटभित्र माओवादी राख्ने तयारी गरिरहेको र सो नाम मात्रिका यादवको माओवादीसँग मिल्ने भएपछि नेकपा माओवादी मात्र राखिएको एक नेताले बताए ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1tD2gsg
via IFTTT