काठमाडौं,साउन२०–मलेसियामा गैरकानूनी हैसियतमा रहेकामध्ये १ हजार नौ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसै वर्ष जनवरीदेखि जुन महिनासम्मको अबधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।
स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत ६ महिनाको अबधिमा नेपालीसहित१५ हजार एक सय ९ जना गैरकानूनी आप्रबासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अबधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोस्रो ठुलो हो ।
स्वदेश फर्कनेमा श्रीलंकाली सबैभन्दा धेरै छन् । उक्तअबधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली,एक हजार ८ सय ५८ भारतीय,एक हजार ६ सय २ इन्डोनेसियाली,एक हजार १६ वर्मेली,एक हजार नौ पाकिस्तानी,नौ सय ५२ पाकिस्तानी,र नौ सय ४८ भियतनामी रहेको जनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिकगर्नुहोस :
- Feed Source from hamro naya khabar http://ift.tt/1v4ISuQ
via IFTTT
आजको राशिफल साल साउन २०,अगस्ट ५ तारिख,मंगलबार
#Canadanepal.net
- Feed Source from hamro naya khabar http://ift.tt/1uhafxH
via IFTTT
सेक्स समस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो । कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन् । शताब्दीयौँदेखि 'मोरल पुलिसिङ'को एक मात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वभाविक हो । यसपटक सेक्सकाबारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल ।
यही असारभित्र विवाह बन्धनमा बाँधिन लागेका २७ वर्षीय एक शहरिया र शिक्षित युवक यौन विशेषज्ञकहाँ पुग्छन् । देशविदेश घुमेका उनी धेरै कुरासँग परिचित छन् । तर, उनलाई एउटा कुराले साह्रै नराम्रोसँग पिरोलिरहेको छ । उनी असाध्यै अशान्त छन्, छटपटाइरहेका छन् । सेक्सका बारेमा उनले प्रशस्तै पढेका पनि छन् । उनलाई लाग्छ- उनको लिंग सानो छ । श्रीमतीलाई कसरी सन्तुष्टि दिने होला ? यही प्रश्नले उनलाई भित्रभित्र खाइरहेको छ । यौन विशेषज्ञले कुनै उपाय सुझाउँछन् कि भन्ने आश छ उनलाई ।
भर्भराउँदो जवानी चढिसक्दा पनि चौबिस वर्षीया सीमा (नाम परिवर्तन) का स्तन आलुबखडाका दाना जत्रा छन् । अरूका पुष्ट स्तन देख्दा उनी हीनताबोधले खङ्रङ हुन्छिन् । रातारात भोगटेजत्रो स्तन बनाउने भनी पत्रपत्रिकामा छापिने विज्ञापनमा उनलाई विश्वास छैन । त्यसैले उनी पनि महिला यौन विशेषज्ञकहाँ स्तनको आकार बढाउन सकिन्छ कि भनेर पुगेकी छिन् । विवाहपछि श्रीमान्लाई स्तन सानो भएकै कारण सन्तुष्ट बनाउन सकिँदैन कि, यसकै कारण घरबारै बिग्रन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनलाई ।
सेक्ससम्बन्धी भ्रम, अन्धविश्वास या कुण्ठाका यस्ता हजारौँ केस छन् । यौन भ्रमको वृक्ष झ्यागिदै जाँदा मानिसहरू रोगी भइरहेका छन् । खुम्चेर बाँचिरहेका छन् । युगौँदेखि यौन उदार कहलिएका अमेरिकी र युरोपेली समाजमा पनि पर्याप्त यौन भ्रम छन् भने हामीकहाँ त सेक्सका बारेमा कुरा गर्न बल्ल सुरु गरिएको छ । भनिन्छ, सेक्ससँग सम्बन्धित ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन् ।
'बेड'मा जाँदा पुरुष 'ब्याटल' मा गए जसरी जानु र सेक्सलाई विजय/पराजयको विषय बनाउनु पुरुषप्रधान मानसिकता (मेल सौभनिजम) को प्रतिविम्ब हो । गुलाब बोक्नुपर्ने कोमल अवस्थामा बन्दुक बोकेपछि के हुन्छ ? असन्तुष्टि र हीनताबोधबाहेक के नै हात लाग्छन् र ?
नेपाली समाज यौनका मामिलामा उदार बन्दै छ । यो उदारतासँगै सेक्ससम्बन्धी पर्याप्त भ्रम र अन्धविश्वास पनि हुर्काएका छौँ हामीले । हाम्रो सेक्स लाइफ निकै बोझिलो भएको छ । अधिकांश समय सेक्सकै बारेमा चिन्ता गरेर बिताइरहेका छौँ । आफ्नो यौनांगको साइज, यौन सम्पर्कको अवधि, दुब्लो-मोटो शरीर, स्तनका आकारलगायत भ्रमै भ्रमको महाजालमा हाम्रो सेक्स लाइफ अल्झिएको छ, बल्झिएको छ ।
पूर्वीय दर्शनले 'आहार, निद्रा, भय र मैथुन'लाई उहिल्यै मानव जीवनका अनिवार्य तत्व घोषणा गरिसकेका हुन् । तर, सेक्सलाई जहिले पनि छोपेर राख्नाले हाम्रो यौन जीवन निरस र पट्यारोलाग्दो भएको छ । दिनभरि 'हर्षमान्' बने पनि राती ओछ्यानमा आँशुका 'वर्षमान्' धेरै छन् यहाँ । पत्रपत्रिकामा आउने यौन जिज्ञासा र यौन विशेषज्ञका क्लिनिकमा लाग्ने ताँतीले यस सत्यलाई सोह्रै आना पुष्टि गर्छन् । लज्जा र हीनताबोधका कारण गुपचुप बस्ने, डराएर र खुम्चेर बाँच्ने त कति छन्, कति !
यौन विशेषज्ञ या मनोविज्ञसँग सामान्य परामर्श गरेर आफूभित्रका भ्रम निवारण गर्दा यौन जीवन हरिलोभरिलो हुन्छ भन्ने ज्ञान साह्रै थोरैलाई मात्रै छ। यौनसम्बन्धी बिहान पढेको कुरा बेलुका श्रीमतीसँग सहवास गर्ने बेलामा भुल्ने जमात पनि सानो छैन।
सहवासलाई युद्ध र खाटलाई युद्धमैदानका रूपमा लिने गलत मानसिकताका कारण पनि अधिकांशको यौन जीवन बर्बाद भएको छ। यौन सम्पर्कका बेला पुरुष हाबी हुनैपर्छ, श्रीमती वा पार्टनर सन्तुष्ट हुन सकिनन् भने त नामर्द नै भइन्छ भन्ने स्कुलिङका कारण हरेक पुरुष यौन सम्पर्कका बेला योद्धाको मानसिकतामा हुन्छ। पुरुषप्रधान मानसिकता कति चर्को छ भने सेक्समा श्रीमती या पार्टनरलाई 'हर्ट' गरेर 'सन्तुष्टि' दिन सकिएन भने पुरुषको 'इगो' मर्माहत हुन्छ। यसैका कारण जिन्दगीको सबैभन्दा ठूलो आनन्द सबैभन्दा ठूलो पीडा बनेको हुन्छ, धेरैका सन्दर्भमा।
मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, 'सेक्स भनेको ९० प्रतिशत मानसिक कार्य हो, १० प्रतिशतमात्रै शारीरिक कार्य हो। जबसम्म हामी मानसिक रूपमा आफूलाई फिट राख्न सक्दैनौँ, तबसम्म हामी सेक्समा सन्तुष्टि प्राप्त गर्न सक्दैनौँ।'
सेक्स भनेको कला पनि हो। यस कलालाई जसले राम्रोसँग ह्यान्डल गर्न सक्छ, उसैले आनन्द उठाउन सक्छ। सेक्सलाई जटिल ठान्नेहरूको जीवन जहिले सदा तनावमा बित्छ। डा. शाक्य भन्छन्, 'दिमागमा रहेका अनावश्यक भ्रम नहट्दासम्म स्खलितमात्रै हुन सकिन्छ, सेक्सको असली आनन्द लिन सकिन्न।'
सेक्स सम्बन्धी केही भ्रम
कुमारीत्व : आफूले बिहे गरेर भित्याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ। बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भने मात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ। योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यवहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक। वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, 'हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।'
साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ। यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। 'त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,' मनोचिकित्सक डा. शाक्य भन्छन्। 'बिहे नभएकी केटी'- बस्, कुमारीको परिभाषा यही हो।
हस्तमैथुन : नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। 'म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,' उनी भन्छन्।
पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले 'धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सकका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। 'हस्तमैथुनले विवाहपछि यौन जीवनलाई कुनै असर गर्दैन,' डा. गौतम भन्छन्।
लिंगको आकार : लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पोर्न फिल्म हेर्नेहरू फिल्मको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ।
पार्टनरलाई चरर्मोत्कर्षमा पुर्याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। 'लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो ।'
स्तनको आकार : महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला 'श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ' भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंग मात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।
सेक्स अवधि : सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्।
आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।
दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ : दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्।
पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।
महिनावारीमा सेक्स गर्नुहुँदैन : हाम्रो समाजमा रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। 'मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,' डा. अनुपमा कार्की भन्छिन्, 'लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।'
रक्सीले सेक्स अवधि बढाउँछ : मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन। डा. रवि शाक्य भन्छन्, 'रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरी मासु थुंगेजस्तै हुन्छ।'
गर्भधारणपछि सेक्स गर्नुहुँदैन : गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ । डा. रवि शाक्य भन्छन्, 'गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ।'
बच्चा पाएपछि योनी खुकुलो हुन्छ : बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। डा. बद्री भन्छन्, 'योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ।'
हिजोआज दुईचार हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन्। यो भ्रमको खेतीबाहेक केही पनि होइन। ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन्। तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन्। ओशोले भनेका थिए, 'संसारमा सबैभन्दा बढी शोषण कुण्ठित मानिसको हुन्छ।' यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन्। यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ। बस्, भ्रमको ओखती गरौँ। भिडियो हेर्न तल क्लिक गर्नुहोस्
- Feed Source from hamro naya khabar http://ift.tt/1uhaed9
via IFTTT
अधिकाँश पुरुषलाई लाग्छ महिलालाई बुझ्न कठिन छ । महिलालाई बुझेर सम्हाल्नका लागि धैर्यताका जरुरी हुन्छ ।
यहाँ १० त्यस्ता कुरा उल्लेख गरिएको छ जो महिलाले नगर्नु राम्रो हुन्छ ।
१
यदि तपाइँ डेटिङ जाँदै हुनुहुन्छ भने पहिला नै प्रेम ब्यक्त नगर्नुस् । शुरु गर्ने अवसर पार्टनरलाई दिनुस् । आफूले नभन्दा प्यार गुम्ला कि भन्ने नठान्नुस् बरु तपाइँको प्यार हो भने जसरी पनि तपाइँसँगै हुन्छ ।
२
अधिकाँश मानिसहरुको आजकल धेरै वटा सम्बन्ध हुने र टुट्ने हुन्छ । त्यसैकारण यदि तपाइँको पनि पूर्व सम्बन्ध छ भने महिला पार्टनरलाई नभन्नुस् । पहिला गर्लफ्रेण्ड थियो भनेपनि यस विषयमा अहिलेकीसँग नभन्नुस् । महिलाहरु तपाइँको विगत जान्न खुव उत्सुक हुन्छन् तर यो खुलासा गर्नासाथ तपाइँको सम्बन्धमा समस्या आउन सक्छ ।
३
सेक्स गरिसकेपछि महिलालाई धन्यवाद नभन्नुस् । यसले सम्बन्ध विगार्न पनि सक्छ । सेक्स सकिएपछि थ्याङ्क यू भन्दा पुरुषले केवल सेक्स गर्न चाहेको जस्तो भान हुन्छ ।
४
स्त्रीहरु आफ्नो शरीरको बनौट र फिगरबाट सँधै असन्तुष्ट हुन्छन् । यदि तपाइँसँग कुनै महिलाले आफू मोटी छु कि छैन भनेर सोधेमा तपाइँले कहिल्यै पनि सकारात्मक जवाफ नदिनुस् । जति नै मोटी भएपनि छैन भनिदिनु राम्रो हुन्छ ।
५
कुनै पनि स्त्रीसँग कुरा गर्दा उनको परिवारको विषयमा कहिल्यै पनि नकारात्मक कुरा नगर्नुस् । किन भने केटीहरु परिवारको बारेमा नकारात्मक कुरा सुन्न चाहँदैनन् ।
६
स्त्रीको रिसलाई बुझ्नुस् । यदि तपाइँले तिमी रिसाको हो भनेर सोध्दा केही जवाफ नआएपनि उनीहरु रिसाइरहेका हुन सक्छन् ।
७
सकेसम्म आफ्नी गर्लफ्रेन्डका साथीहरुको विषयमा टिप्पणी नगर्नुस् । किन भने सकारात्मक टिप्पणी गर्दा उनीहरुलाई जलन हुन सक्छ भने नकारात्मक भनेको पनि मन पर्दैन । त्यसकारण केही नभन्नु नै जाती हुन्छ ।
८
असहमति झगडाको जड हुन्छ । यदि कुनै विषयमा असहमति आयो भने चुप लाग्नु नै बेस हुन्छ । चुप बस्न सकेमा केही समयपछि अवस्था सामान्य बन्न सक्छ ।
९
गर्लफ्रेण्डका कपडा वा अन्य कुरालाई नराम्रो नभनिदिनुस् । त्यसले राम्रो गर्दैन । बरु साथीहरुले तारिफ गरेका छन् भने तपाइँ पनि तारिफ नै गर्नुस् ।
१०
हुन सक्छ तपाइँलाई सपिङ गर्न मन नै पर्दैन । तर गर्लफ्रेण्डले सपिङ जाउँ भन्दा नाइँ नभन्नुस् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
- Feed Source from hamro naya khabar http://ift.tt/1o7QcSP
via IFTTT
पछिल्लो समय नेपाली नायिका तथा मोडलहरु सेक्सका बारेमा निकै खुलेर बोल्ने गरेका छन् । त्यहि मध्यकी एक नायिका हुन महिमा सिलवाल । उनले पनि सेक्सका बारेमा निकै मज्जाले खुलेर बोलेकी छिन् उनले भनेकी छिन् आफुले सेक्सको अनुभब नभए पनि ब्लु फिल्म भने हेर्ने गरेको बताएकी छिन् । प्राय ब्लु फिल्म साथीहरुले दिने गरेकोले साझँ तिर त्यहि ब्लु फिल्म हेर्ने गरेको उनले बताइन् । तर ब्लु फिल्म हेरे पनि अहिलेसम्म सेक्सको अनुभब भने नभएको बताएकी छिन् । १४ बर्षको उमेर देखी सेक्स आबश्यक रहेछ भन्ने थाहा पाएको बताउने महिमा सेक्स एक प्रकृतिको देन रहेको बताउछिन् । आँखा र ओठ आफुलाई निकै सेक्सी लाग्ने गरेको बताउने महिमा ब्लुफिल्म हेरेपछि स्तन र योनी खेलाउने गरेको खुलाइन् । महिमाले आफुलाई सारी लगाउदा निकै सेक्सी देखिने गरेको बताइन् ।
- Feed Source from hamro naya khabar http://ift.tt/UMuneI
via IFTTT
१९ साउन, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउने सोमबारको अवसर पारेर आज पशुपतिनाथको दर्शन गरेका छन् । मोदीले मन्दिरमा बिशेष पुजा गरेका छन् ।
उनले मन्दिरमा विशेष पूजा गरी २ हजार ५ सय किलो श्रीखण्ड दान गरेका हुन् । मोदीले दान गरेको श्रीखण्ड ३ करोड रुपैयाँ बराबरको भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले बताए । भारतीय प्रधानमन्त्री मोदी विशेष पूजाका लागि सोमबार विहान पशुपतिनाथ मन्दिर पुग्नु अगावै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरको सरसफाइ र विशेष सजावट गरेको थियो । पशुपतिमा पुजा आजा सकिएपछि मोदी राष्ट्रपति डा. रामवरण यादबलाई भेट्न शितलनिवास जानेछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
- Feed Source from hamro naya khabar http://ift.tt/1o4xk6n
via IFTTT
काठमाडौ, श्रावण १९ - भारतले एकमुष्ट एक अर्ब डलर (करिब ९८ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा घोषणा भएको उक्त ऋण नेपालले पाएको हालसम्मकै ठूलो हो। उक्त रकमलाई नेपालले आफ्नो प्राथमिकताअनुसार खर्च गर्न सक्ने अर्थमन्त्री रामशरण महतले बताए।
प्रधानमन्त्री सुशील कोइराला आइतबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्दै।
'बूढीगण्डकीजस्ता जलविद्युत् आयोजना र प्राथमिकताप्राप्त सडकमा खर्च गर्न सकिन्छ,' महतले कान्तिपुरसित भने। उक्त सहायतालाई मध्यपहाडी लोकमार्गमा पनि उपयोग गर्ने तयारी सरकारको छ। तराईलाई काठमाडौंसँग जोड्ने फास्ट ट्रयाकमा भने निजी क्षेत्रकै लगानी खोजिने महतले बनाए।
प्रधानमन्त्री सुशील कोइरालाको भ्रमणका बेला मोदीले दिने भनेको उपहार परियोजनाबारे भने आइतबार छलफल भएको छैन। सरकारले भारतीय कम्पनीले नै लाइसेन्स लिएको अरुण तेस्रो जलविद्युत् आयोजनालाई 'उपहार' का रूपमा अघि सार्ने तयारी गरेको थियो। 'अब अरुण तेस्रो सतलजले नै बनाउने सम्भावना छ,' महतले भने।
आइतबार घोषणा भएको सहुलियत ऋणको ब्याजदर तय नभइसके पनि यसअघि यस्तै खाले कर्जामा २ देखि २ दशमलव ५ प्रतिशत ब्याजदर छ। यो भारतको आयात निर्यात (एक्जिम बैंक) बाट लिइने ऋण हो। यसअघि दुई पटक गरेर ३५ करोड नेपालले लिएको छ। यसमा १ दशमलव ७५ प्रतिशत ब्याज छ। त्यसमाथि शून्य दशमलव २५ प्रतिशत सेवा शुल्क र शून्य दशमलव ५ प्रतिशत प्रतिबद्धता (कमिटमेन्ट) शुल्क लाग्ने गरेको छ। 'यस पटकका लागि छलफल गर्न बाँकी नै छ,' अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनीले भने, 'यसअघि २ देखि २ दशमलव ५ प्रतिशतसम्म ब्याज लाग्ने गरेको छ।' उक्त ऋण तिनुपर्ने अवधि २० वर्षको हुनेछ। जसमा सुरुको ५ वर्ष ब्याज तिर्नु नपर्ने मरासिनीले बताए।
मोदीले संसद्मा समेत प्राथमिकतासाथ जोड दिएको पछिल्लो ऋण भारतबाट प्राप्त यसअघिको नियमित सहायताभन्दा छुट्टै हुनेछ। 'पहिले दिँदै आएको सहायताभन्दा यो अलग्गै हो,' संविधानसभालाई सम्बोधन गर्दै उनले भने। भारतले वाषिर्क करिब ६ अर्ब रुपैयाँ अनुदान दिँदै आएको छ।
मोदीले सहायतासँगै नेपालको आर्थिक समृद्धिको आधारलाई पनि संसद्मा प्रस्तुत गरेका थिए। जलविद्युत् र पूर्वाधारका लागि छुट्टै सूत्र निकालेका उनले हिमाली जडिबुटी र पर्यटनबाट नेपाल सम्मृद्ध हुन सक्नेमा विशेष जोड दिए। 'जडिबुटीलाई नेपालले उपयोग गर्न सक्नुपर्छ,' उनले भने, 'पशुपतिनाथको दर्शन गर्न सवा अर्ब भारतीयले चाहिरहेका छन्।' बुद्ध जन्मेको भूमिबाट पनि नेपालले लाभ लिन सक्ने उनको सुझाव थियो। उनले अर्गानिक खेती प्रणाली अपनाएर नेपालले फाइदा लिन सक्ने धारणा राख्दै यसमा भारतको सहयोग रहने प्रतिबद्धता जनाए।
सार्क सम्मेलनअघि नै पीटीए र पीडीए
धेरै प्रयत्न गरेर पनि हुन नसकेको ऊर्जा व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पीडीए) ४५ दिनभित्र हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदी र समकक्षी कोइरालाबीच आइतबार दिउँसो भएको भेटवार्तामा जसरी पनि सार्क सम्मेलनअघि सम्झौता गर्ने सहमति भएको हो। पीटीएमा नेपालले पठाएको प्रस्ताव भारतले अध्ययन गर्न नभ्याएको भन्दै सम्झौता हुन सकेको थिएन। यसैगरी पीडीएमा तल बन्ने सिँचाइ आयोजना प्रभावित हुने विषय उठे पनि लगानी बोर्डले नै पारित गर्न सकेको थिएन।
यी दुवै सम्झौता मोदी भ्रमणकै क्रममा गर्ने तयारी थियो। 'अब ४५ दिनभित्र दुवै सम्झौता हुन्छन्,' अर्थमन्त्री रामशरण महतले कान्तिपुरसित भने। मोदीले पनि आफू फेरि नेपाल आउँदा सम्झौता भएको हेर्न चाहेको धारणा छलफलमा राखेका थिए। पीटीएले दुई देशबीच ऊर्जा व्यापारलाई खुला गर्नेछ। कर्णालीको पीडीए प्रवर्द्धक भारतीय कम्पनी जीएमआर र लगानी बोर्डबीच काम अगाडि बढाउनेबारे गरिने विस्तृत सम्झौता हो।
- Feed Source from hamro naya khabar http://ift.tt/1sjTW2M
via IFTTT