काठमाडौँ । सवारी चालक अनुमतिपत्रको प्रतिक्षामा १५ लाख ४० हजार जना रहेका छन् । लामो समयदेखि सवारी चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ । कार्ड छपाइको उपकरण, कार्डको अभाव र काम गर्ने जिम्मा पाएको व्यवसायीले समयमा काम नगर्दा सेवाग्राहीहरु मर्कामा गरेका छन् ।
सरकारले सवारी चालक अनुमतिपत्र छपाइलाइ सहज बनाउन अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन र सुधारको गुन्जायस पनि छैन । नक्कली सवारी चालक अनुमतिपत्रको बिगबिगी पनि उस्तै छ । सवारी चालक अनुमतिपत्र प्रदान गर्ने निकायको प्रणालीभित्र नै प्रवेश गरेर नक्कली चालक अनुमतिपत्र बनाएको गुनासो पनि यसबीचमा व्यापक मात्रामा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसबारे छानबिन गरेको छ ।
ती समस्या समाधानका लागि आज मन्त्रालयले प्रदेशका यातायात हेर्ने मन्त्री, सचिवसहित सरोकारवाला निकायबीच छलफलको आयोजना गरेको थियो । छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको बताए ।
“लामो समयदेखि गिजोलिएको समस्या समाधान गर्न लामो समय लाग्छ । त्यसका लागि हामीले योजनाबद्ध प्रयास थालेका छौँ । आशा गरौँ, समस्याको समाधान हुन्छ”, मन्त्री ज्वालाले भने ।
सवारी चालक अनुमतिपत्र छपाइका लागि प्रदेश सरकारलाई नै जिम्मा दिनु उपयुक्त रहेको निष्कर्ष निकाल्दै उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेशका मन्त्री र सचिवलाई आग्रह गरे ।
The post लाइसेन्सको प्रतिक्षामा १४ लाख ४० हजार जना,मन्त्री ज्वालाका आश्वासन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47HGbDC via IFTTT
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई जोडिएको सहकारी ठगी सम्बन्धी प्रकरणको छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले गर्ने भएको छ ।
सिआईबीले लामिछाने र राई जोडिएका सहकारी घोटलाको उपत्यका र उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेका फाइल मगाएको छ ।
रवि र जीवीको समूहले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोप छ ।
लामिछाने र राईविरुद्ध यसअघि सहकारी विभाग काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा समेत उजुरी परिसकेको छ ।
The post लामिछाने र राई मुछिएका सहकारी घोटलासम्बन्धी अनुसन्धान सिआईबीले गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4b2t3f5 via IFTTT
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन्।
छलफलमा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधान सेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकलगायत सहभागी भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
रक्षामन्त्रीसमेत रहेका खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका हुन्।
कार्यवाहक प्रधानमन्त्री खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन उनले आग्रह गरेका थिए। जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन उनको आग्रह छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले सञ्चालित गतिविधिलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए।
The post मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/491Mva7 via IFTTT
काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ।
The post आज मकर सङ्क्रान्ति पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41XNzcA via IFTTT
चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताएका हुन् ।
“आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ । अनि समस्या हट्दै जान्छ,”– उनले भने ।
सवारी चालक अनुमतिपत्र छपाइको काम विगत एक वर्षदेखि रोकिएको छ ।
The post मन्त्री ज्वाला भन्छन्, ‘माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुन्छ’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48sp49U via IFTTT
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् ।
बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि उनका समर्थकहरुले गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले आफ्नो पहिचान सार्वजनिक गरिएको भन्दै ६ वटा सामाजिक सञ्जालका पेजहरु उल्लेख गरेर ब्यूरोमा उजुरी दिएकी हुन् ।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।
अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।
गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन।
गौशालाको उजुरीपछि साइबर ब्यूरोले पनि आवश्क छानबिन थालेको छ । ब्यूरो स्रोतका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिरिराज ढकालको एकल इजलासले १३ पुसमा सन्दीपलाई दोषी ठहर गरेको थियो । भने उनै ढकालको इजलासले बुधबार लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको थियो ।
The post पहिचान सार्वजनिक भएपछि गौशाला-२६ ले दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48tGmmV via IFTTT
काठमाडौं । प्रहरीको लामो खोजीपछि पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनले पाँच करोडमा ल्याण्ड कु्रजर एक्सजेड गाडी खरिदका लागि तीन करोड रुपैयाँ नगदनै बुझाइसकेको खुल्न आएको छ ।
बम्जनले आफ्नो प्रयोगका लागि ललितपुर–३२ बुङमति बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. लाई तीन करोड रुपैयाँ नगदनै बुझाएर गाडी बुकिङ गरेको खुलेको हो ।
बम्जनले तुलाराम तामाङको नाममा रहेको प्रदेश–३–०१– ०२४ च ६७२९ नम्बरको सेतो रङ्गको टोयटा फच्र्युनर गाडी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी, बम्जनको निवासबाट प्रहरीले विभिन्न १७ देशका मुद्रा र ठूलोमात्रा नेपाली रुपैयाँ बरामद गरेको थियो । प्रहरीले नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच सय र विभिन्न १७ देशमा मुद्राहरु नेपालीमा कन्भर्ट गर्दा ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद गरेको थियो ।
बम्जनविरुद्ध बाल यौन दुराचारमा सर्लाहीमा मुद्दा चलिरहेको छ ।
The post पक्राउ परेका बम्जनले पाँच करोडमा बुक गरेका थिए गाडी, तीन करोड नगदै भुक्तानी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vEh5YH via IFTTT
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चसम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।
आज र भोलि उजुरीउपर जाँचबुझगरी उम्मेदवारीको नामावली प्रकाशन तथा पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ ।
The post राष्ट्रियसभा सदस्य निर्वाचन: नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48Nhu9D via IFTTT
काठमाडौं । राष्ट्रियसभा उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसका दुई नेताले फरक मत राखेका छन् । केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीको संयुक्त फरक मतमा उम्मेदवार चयनमा गम्भीर त्रुटि र स्वच्छाचारिता देखिएको टिप्पणी गरिएको छ । उम्मेदवार चयनमा सभापति देउवाको एकाधिपत्य र चरम एकक्षीय कार्यशैली देखिएको पनि दुई नेताको आरोप छ ।
केन्द्रीय कार्यसमितिको बैठकले स्पष्ट मापदण्ड बनाएकोमा त्यसको उल्लंघन गरेर निर्णयप्रति अविश्वनीयता खडा गरेको उनीहरूको भनाइ छ ।
यसअघि महामन्त्री गगन थापाले पनि उम्मेदवार चयनको विषयमा लिखितरूपमा फरक मत राखेका थिए ।
The post कांग्रेसले छानेको उम्मेदवारमा केसीद्वयको फरक मत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4aJWZwh via IFTTT
काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले मधेशवादी दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतसँग संयुक्त भेटवार्ता गरेका छन् । जयशंकर र यादवसहित ठाकुर र राउतहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको बताईएको छ ।
यादव, ठाकुर र राउतसँगको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा उनीहरुसँग भेट हुँदा खुशी लागेको उल्लेख गरेका छन् । र, सो भेटवार्तामा नेपाल र भारतबीचका द्धिपक्षीय सहकार्य र विकास साझेदारीबारे फलदायी अन्तरक्रिया भएको जयशंकरले जनाएका छन् ।
भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने कार्यक्रम छ ।
The post उपेन्द्र, महन्थ र सिके राउतसँग भारतीय विदेशमन्त्री जयंशकरको संयुक्त भेट appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48Fsypo via IFTTT
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरुलाई पनि राष्ट्रिय सभामा केही सिट दिन भनेपछि एमालेलाई पनि सहभागी गराउने गरी छलफल भएको दाबी गरे ।
‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।
कांग्रेस र माओवादीका नेताबीच आज विहान भएको बैठक पनि एमालेको प्रस्तावमा नै केन्द्रीत भएर छलफल भएको उनको दाबी छ । नेता पाण्डेले एमालेको प्रतावभित्रको रहस्य राम्रोसँग बुझ्न आवस्यक रहेको बताए ।
The post प्रधानमन्त्री प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RN1dul via IFTTT
काठमाडौं । सरकारले ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारसँग सहमति गरेको छ।
मृतकका परिवारले र सरकारसँग चार बुँदे सहमति गरेका हुन्। गृह मन्त्रालयमा गृहमन्त्रीको उपस्थितिमा भएको छलफलमाचार बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका छन्।
चार बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ।
यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ।
मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ।
The post बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारको सहमतिमा के छ ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TIxwgE via IFTTT