काठमाडौं। गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी लतितपुरका बालकुमारीमा घटेको घटनालाई लिएर भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा तानिएका छन् । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहु्ँदै सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । उक्त घटनलाई लिएर सुर्खेतको वीरेन्द्रनगरमा व्यापक प्रदर्शन भएको छ । प्रदर्शनमा स्वतस्फूर्त सहभागी भएका युवाहरुले मुख्य सडकसमेत चक्काजाम गरेका थिए ।
कोरिया भाषा परीक्षाबारे विवादमा आन्दोलनरत युवाहरुले बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजानीसमेत गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । उक्त विषयलाई लिएर प्रतिनिधि सभाको राज्य व्यवस्थापन तथा सुशासन समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई भोलिको बैठकमा बोलाएको छ । समितिका सभापति रामहरि खतिवडाले प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्रीले सो बाटो प्रयोग गर्नु गलत भएको बताए । आफूहरुले उक्त घटनालाई गम्भीर रुपमा लिएको खतिवडाले बताए ।
‘प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै मन्त्री त्यही बाटो किन हिँड्नुपर्थ्यो ? बाटोहरु त धेरै थिए । मन्त्री र मन्त्रीको पिएसओहरुको पनि कमजोरी देखिन्छ,’- रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले भने ।
प्रदर्शन भइरहँदा मन्त्री ज्वाला सवार गाडी सोही बाटो आएपछि भीड झनै आक्रोशित बनेको थियो । तर, मन्त्री ज्वालाले आफू सो गाडीमा नरहेको झुठो स्पष्टीकरण दिएका छन् । घटनाबारे प्राप्त भिडिओहरुले उनी सोही गाडीमा सवार रहेको पुष्टि गर्छ । दुई जना होनाहार युवाले देशमा रोजगार नपाएपछि विदेश जान देउ भन्दै गरेको प्रदर्शनमा घटेको दुःखद् घटनाबारे मन्त्री ज्वालाले दिएको झुठो स्पष्टीकरण आफैंमा गैरजिम्मेवार र लज्जास्पदसमेत छ ।
The post बालकुमारी घटनाः ज्वालाको मन्त्री पद धरापमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3S0PaLh via IFTTT
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको छ ।
ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गरेको हो ।
रास्वपाले पुत्ला बनाएर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ मागेको हो । रास्वपाले प्रधानमन्त्रीलाई रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो ? भनेर प्रश्न गरेको छ ।
यस्तै ‘प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’ का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ ?’ रास्वपाले गृहमन्त्रीको राजीनामा समेत मागेको छ ।
उसले ‘हिजोको घटनापछि तपाईँ यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू, जवाफ चाहियो, दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनुभयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो, आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू जवाफ चाहियो ।’ लगायतका प्रश्नहरू गरेको छ ।
The post देश छोड्न खोज्ने युवालाई संसार छोड्न किन बाध्य पार्नुभयो ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vjrYzc via IFTTT
काठमाडौं। न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै परिषद्ले न्याय परिषद् ऐन २०७३ को दफा २१ अनुसार सफाई पेस गर्न सूचना दिइ कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । थपलियाले कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा परिषदद्वारा गठित छानविन समितिले दिएको प्रतिवेदनउपर भएको निर्णय अनुसार उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।
उक्त छानबिनबारे न्याय परिषदको निर्णयबमोजिम तोकिएका न्यायाधीश र कर्मचारीउपर आक्षेप लगाउने किसिमबाट अनलाइन सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएको भन्दै परिषदको ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
न्याय परिषद्को संवैधानिक तथा कानुनी दायित्वअन्तर्गत विचाराधीन काम कारबाहीमा कुनै प्रकारको अवाञ्छित प्रभाव पार्ने किसिमबाट सम्प्रेषित समाचारप्रति आपत्ति प्रकट गर्दै परिषदले यस्ता समाचार सम्प्रेषण नगर्न नगराउन आग्रह समेत गरेको छ ।
The post न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RyRojy via IFTTT
काठमाडौं । सरकारले ८ जना सहायक सीडीयोसहित गृहमन्त्रालयका १७ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले आज १७ जना उपसचिवको सरुवा गरेको हो ।
मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।
आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।
The post ८ सहायक प्रजिअसहित १७ जना उपसचिवको सरुवा,को कहाँ पुगे ? (सूचीसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47cgtGR via IFTTT
काठमाडौं । कथासंग्रह ‘छापामारको छोरो’का लागि मदन पुरस्कार पाएका नेपाल प्रहरीका पूर्वडीआइजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाहसहित चारजनालाई बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
२०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा ४ वर्षअघि भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
यस प्रकरणमा लेखापाल एवम् पूर्व प्रहरी नायव निरीक्षक दिपेन्द्र प्रसाद पनेरु, केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेलाई विशेषले दोषी ठहर गरेको हो। यससँगै विशेषले अब उनीहरूविरुद्धको सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश दिएको छ।
२०७२ असोज २२ देखि २०७३ माघ २३ सम्म तालिम केन्द्रको समादेशक बनेका उनले तालिमे जवानको तलबमा हिनामिना आरोपपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत प्रहरी निरीक्षणालयका एक एसएसपीको कमाण्डमा छानबिन टोली गठन गरेको थियो । छानबिन टोलीले अध्ययनपछि भ्रष्टाचार गरेको तथ्यसहितको प्रतिवेदन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको थियो ।
अख्तियारले उनीहरूविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। पूर्व डीआईजी शाहले छापामारको छोरो कथा संग्रहका लागि २०६३ सालको मदन पुरस्कार पाएका थिए ।
The post पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3tAXKY0 via IFTTT
सुनसरी । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् ।
राउतलाई कतारको अदालतले तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङको ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोपमा पक्राउ गरी मृत्युदण्डको फैसला सुनाएको थियो । सो घटनामा आफू निर्दोष रहेको उनको जिकिर थियो । तर, त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि स्वीकार्नुबाहेक अर्को कुनै विकल्प थिएन ।
त्यसपछि उनको परिवारले हारगुहार गर्दै देशविदेशमा बस्ने नेपालीबाट ब्लडमनी संकलन अभियान सञ्चालन गरेको थियो ।
‘उनलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि ब्लडमनी संकलन मृतक राईको परिवारलाई बुझाएपछि उनी केही दिनअघि नेपाल आइपुगेको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘सुरुमा परिवारले ९० लाख रुपैयाँ ब्लडमनीबापतको पैसा मागेको रहेछ,’ नगर प्रमुख पोखरेलले राजधानीसँग भने, ‘पछि परिवारसँग समन्वय गरी २० लाख रुपैयाँ बुझाएर नेपाल फर्काउन सफल भयौं ।’
आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा तीन वर्षदेखि मृत्युदण्ड कुरेर बसेका उनी साथीभाइ र छरछिमेकीको सहयोगमा अन्ततः नेपाल फर्किएका हुन् । हत्या हुने र आरोपी दुवै नेपाली भएकाले ब्लडमनी तिरेर नेपाल फर्काउन सहज भएको हो । यो समाचार राजधानी दैनिकमा छ ।
The post मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3tkTUCg via IFTTT
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि असफल भने नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘मैले जति सोचेको हो, त्यसरी भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सीमा अप्ठ्यारो हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारीको कुरा हो । तर, जे जति सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरा छ मेरो दाबी के हो भने सफल भएको छु भन्ने लागेको छ,’ उनले भने, ‘मिडियामा पनि पुरै नबुझी लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो ? भू–माफियाविरुद्ध कदम चालिएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’
प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानुनभन्दा माथि कोही पनि नरहेको बताए । ‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन । विधि, र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन । यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ,’ प्रचण्डले भने ।
The post सोचेजति काम गर्न सकेको छैन, अब टार्गेटमा काम हुन्छ : प्रधानमन्त्री appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/484lfaX via IFTTT
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयलाई दिइने अनुदानलाई शैक्षिक उपलब्धिसँग आबद्ध गर्न सुझाव दिएको छ ।
आयोगले सामुदायिक विद्यालयमा भएका विद्यार्थी सङ्ख्या, सामुदायिक विद्यालयको भौगोलिक अवस्थिति र सो स्थानको जनघनत्वका आधारमा सामुदायिक विद्यालयको खारेजी वा एकीकरण गरी शिक्षक दरबन्दीको पुनरावलोकन गर्न सुझाएको छ ।
आयोग र सरकारका सचिव तथा विभागीय प्रमुखहरूबीच भएको अन्तरक्रिया पछि आयोगले उक्त विषयमा स्पष्ट मापदण्ड तर्जुमा गरी लागू गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो ।
आयोगले दिवा खाजा, पोसाक भत्ता, छात्रवृत्तिलगायत विषयमा दिइने रकमलाई वस्तुगत मूल्याङ्कन गरी पुनरावलोकन गर्न र यसको दुरुपयोग रोक्न आवश्यक मापदण्ड बनाई एकरूपता कायम गर्न पनि भनेको छ । आयोगले गत कार्तिक १२ र १३ गते सरकारका सचिव तथा विभागीय प्रमुखहरूसँग अन्तरक्रिया गरेको थियो ।
The post दिवा खाजा र पोसाक भत्ताको दुरुपयोग रोक्न अख्तियारको सुझाव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4839667 via IFTTT
विदुर । क्षणभरमा महत्वकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दीगो नबन्ने नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यो हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’
‘अप्ठ्यारो पर्यो भने, अधिकारमाथि आक्रमण भयो भने निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई हामीले बुझाउनुपर्छ’, मन्त्री डा. महतले भन्नुभयो, ‘सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर, समपर्ण र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले विचलित हुनुपर्ने कारण छैन, निरन्तर बगिरहने त्रिशुली नदीजस्तै हो– नेपाली कांग्रेस । समस्या कांग्रेसभित्र पनि रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘आफ्नैलाई शत्रु देख्ने, अरुलाई मित्र देख्ने ठूलो समस्या कांग्रेसभित्र छ ।’ कांग्रेससँग धेरै पुस्ता जोडिएका छन्, लामो समयसम्म उठबस हुँदा उही अनुहार देखिन्छ, पार्टीभित्र प्रतिस्पर्धा पनि हुन्छ, निर्वाचन पनि वडासम्म पुग्छ । हारेको, हराएको अनुभूति हुन्छ । त्यसलाई हामी मनभित्र कसेर राख्छौं । त्यसपछि आफ्नैलाई शत्रु देख्ने खतरनाक प्रवृत्ति रहेको मन्त्री डा. महतले स्पष्ट पार्नुभयो ।
वास्तवमा पार्टीभित्रको आन्तरिक लोकतन्त्र स्थापित गरौं भनेर त्यसो गरिएको हो । आन्तरिक शत्रुता, वैमन्शता बढाउन आन्तरिक प्रतिस्पर्धा नगरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नुवाकोटमा पनि यो परम्पराको शृङ्खला लामै भएको बताउनुभयो । पार्टीकै प्रतिनिधि सत्तामा पुगेको, इमान्दारिताका साथ काम गरिराखेको, परिणाम पनि ल्याइराखेको छ, त्यसलाई अपनत्व लिनुको सट्टा प्रश्नै मात्र गरेर सर्वसाधारणलाई दिग्भ्रमित पार्ने काम भएको उहाँले बताउनुभयो । कांग्रेसले नै गरेको काम कांग्रेसले नै नकार्ने काम भएको भन्दै उहाँले स्पष्ट पार्नुभयो ।
आफूले पार्टीभित्र कसैलाई लान्छाना नलगाएको, आरोप–प्रत्यारोप नगरेको, अरु खराब, म राम्रो भन्दिनँ, यस्ता कुरा भन्नुपर्यो भने सार्वजनिक ठाउँमा होइन, पार्टीले बोल्न दिएको ठाउँमा मात्र बोल्छु भन्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यस्ता कुराले पार्टी र व्यक्तिलाई हित गर्दैन ।’
पदमा हुँदा वा नहुँदा पनि आफूले जिल्लाको विकासमा योगदान दिइरहेको मन्त्री डा. महतले स्पष्ट पारे । यो गरेको कामलाई प्रकाश महतले गर्यो भन्नुपर्दैन, हामीले पठाएको प्रतिनिधिले गर्यो अथवा कांग्रेसले गर्यो भनेर अपनत्व लिन उहाँले आग्रह गर्नुभयो । यसको फाइदा भोलि चुनावमा व्यक्तिले होइन, कांग्रेसले पाउँछ, नत्र जनता भ्रमित हुन्छन भन्दै उहाँले भन्नुभयो, ‘दुवै निर्वाचन क्षेत्रमा काम भएको छ ।’
‘बालाजु–तीनकुने सडक एडीबीको सहयोगमा बन्ने योजना थियो, ठेक्कामा लफडा भयो । रानीपौवादेखि उताको खण्ड टुंगियो । ठेक्का प्रकृयामा जान्छ, यताको एसियन बैंकले नै गर्छ’ उहाँले भन्नुभयो, ‘म यता र उता भन्ने जान्दिनँ, देशैभरि गर्नुपर्छ, नुवाकोटमा पनि गर्नुपर्छ । त्यस खण्डको निर्माण कार्य अनिवार्य थियो, बन्न थाल्यो त्यसमा खुशी मानौं ।’
राजनीतिक दिशा कतातिर गइरहेको छ, त्यसलाई बुझेर हामी अगाडि बढ्नुपर्ने मन्त्री डा. महतले बताउनुभयो । पार्टीको गठबन्धन हामीले आवश्यकताको सिद्धान्तमा गरेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, ‘सबैको सहमतिमा गरिएको हो, सभापति एक्लैले गर्नुभएको होइन । हामी बलियो बन्नुपर्छ, पहिला एक्लै लड्दा चुनाव जित्छु भन्ने संगठन बनाउनुपर्छ ।’ हामीले आफ्नो क्षमता वृद्धि गरौं, एकअर्कोको खुट्टा नकाटौं ।’
एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने हामी छोड्दैनौं । तर, किनबेच अर्थमन्त्रालयले हेर्दैन, दूरसञ्चार प्राधिकरणले हेर्छ । त्यसको पनि छानबिन हुँदै गरेको उहाँले स्पष्ट पार्नुभयो ।
The post भ्रम पैदा गर्ने राजनीतिक दल दीगो हुँदैनः अर्थमन्त्री डा. महत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47dCCF2 via IFTTT
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको कार्यालय परिसरमा कर्मचारी घाम तापेरै दिन बिताउँछन् । कार्यालयको मूल ढोकामा दुई वटा ताला लगाइएको छ । झन्डै एक महिनादेखि यस्तै छ दैनिकी ।
उपस्थित कर्मचारीले मूल ढोकामै राखिएको हाजिरी पुस्तिकामा हाजिर लगाउँछन् । अनि दिनभरि घाम तापेर साँझ परेपछि घरतिर लाग्छन् ।
आफूहरूमाथि भएको चरम शोषणविरुद्ध विभिन्न माग राखेर अपाङ्गता भएका व्यक्तिले मङ्सिर ४ गतेदेखि कार्यालयमा तालाबन्दी गरी आन्दोलन थालेपछि खगेन्द्र नवजीवन केन्द्र अस्तव्यस्त छ । सङ्घका पदाधिकारी कहिलेकाहीँ मात्रै आउँछन् । यसबाट गम्भीर किसिमका अपाङ्गता भएका व्यक्तिको बसाइ निकै अप्ठ्यारो भएको छ।
केन्द्रको प्रशासन शाखामा कार्यरत सूर्यकुमारी गुरुङले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिका तर्फबाट सङ्घर्ष समिति गठन गरी तालाबन्दी गरिएको बताइन् । उनका अनुसार सरकारको सिफारिसका ५२ सहित ९० जना अशक्त र बेसहारा बस्ने नवजीवन केन्द्रमा १५ जना विद्यार्थी पनि छन् ।
उनले भनिन्, “सरकारी अङ्गको रूप रहेको केन्द्रमा पदाधिकारीको मनपरी रोक्नकै लागि उहाँहरूले आन्दोलन थाल्नुभएको हो । अपाङ्गता भएका व्यक्तिको वास्तविक पीडा र समस्या उठान गरिएको छ तर सङ्घको कार्यसमिति र नेतृत्व माग सम्बोधन गर्नतर्फ नलाग्दा ताला खुल्न सकेको छैन ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।
The post जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घमा चरम लापरबाही appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RlOluY via IFTTT
काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् ।
शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने र नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ, भन्ने विषयमा गहिरो अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेकोसमेत पाइएको छ ।
त्यसरी अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित, एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार दिएर मिलेमतोमा मिलाइ पठाउने देखिएको पाइएको पनि उनले बताए ।
सोही आधारमा मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई विभिन्न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ ।
सोही अध्ययनका आधारमा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसँग मिलेमतोमा नक्कली कागजातका आधारमा विदेश पठाउने र विदेश पुगेपछि महिलालाई घरेलु कामदारका रुपमा लगाइने र शोषणसमेत हुने तथा पुरुषलेसमेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लागाइने गरेको पाइएको छ ।
त्यसरी गएकालाई पछि स्वदेशमा फर्काउनसमेत कठिनाइ हुने गरेको प्रहरीको निष्कर्ष छ । अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई पक्राउ गरी अनुसन्धान गर्दा उनले यसरी मिलेमतोमा तीन सय जना पठाएको पाइएको छ ।
यस्तै निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र निजकै ट्राभल्समा काम गर्ने उनकै सालो पदम लामालाई पक्राउ गरी लिखितसम्बन्धी कसुर समेतका अपराधमा प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ ।
सोही कार्यमा संलग्न रहेका आधारमा नेपाल एयरलाइन्सका अरविन्द यादव, होम पोखरेल, ट्राभल्स एजेन्सीका मनुराम चौधरी, स्काई ट्राभल्स एण्ड टुरका दिनेश ज्ञवाली, रोयल ट्राभल्सका सञ्चालक देवराज खनालसहित गणेश पाण्डे, सञ्जय तामाङ, रामप्रसाद भण्डारी सरोजकुमार यादव, राजकिशोर शाह, रविन अर्याललगायतलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ ।
The post भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vbMrWn via IFTTT
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।‘पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन’, उनले भने ।
गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापाले बताए । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।
पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ ।
The post कांग्रेसको विधान परिमार्जन गर्नुपर्छ : महामन्त्री थापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48o1zyv via IFTTT
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७ मंसिरमा शिलान्यास गरेको ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’ विवादमा परेको छ । महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएर विरोध जनाएको छ ।
२०७६ सालको सम्झौताविपरीत महासंघलाई जानकारीसमेत नदिई महिला औद्योगिक ग्रामको शिलान्यास भएको महासंघको दाबी छ । महासंघले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘२० भदौ २०७६मा पाँचखालमा महिला उद्यमी हरित औद्योगिक ग्राम बनाउनका लागि महिला उद्यमी महासंघले अग्रणी भूमिका खेलेर काभ्रे नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चको प्राविधिक सहकार्य गर्ने गरी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेकोमा २०८० मंसिर २७ गते दक्षिण एसियाली महिला विकास मञ्चले सभ्झौतापत्रको उल्लंघन गर्दै प्राविधिक सहायता मात्र गर्ने पक्षले महिला उद्यमी महासंघबाट नेतृत्व भइरहेको कार्यमा महासंघलाई नै संलग्न नगराई अगाडि बढेको र शिलान्यास पनि भएको छ ।’
महासंघले विगतको सम्झौताविपरीत शिलान्यास भएको भन्दै आपत्तिमात्र जनाएको छैन, नीतिगत रूपमा नै पूर्ण रूपमा महिला उद्यमी महासंघको अग्रणी भूमिका रहने गरी उक्त हरित औद्योगिक ग्रामको नेतृत्व गराइदिन आग्रह गरेको छ । महिला उद्यमी महासंघले पाँचखलको महिला उद्यमी हरित औद्योगिक ग्राममा दाबी गर्ने कारण पनि प्रधानमन्त्री प्रचण्डलाई सुनाएका छन् ।
महासंघको दाबी अनुसार विगतमा महासंघको प्रयासमा पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चको प्राविधिक सहकार्य गर्ने गरी त्रिपक्षीय सहमति भएको थियो । तर, औद्योगिक ग्राम शिलान्यास गर्ने बेलामा भने महासंघलाई जानकारी समेत नदिएको दाबी गरिएको छ । महासंघको अगुवाईमा औद्योगिक ग्राम बनाउने सहमति तत्कालीन अध्यक्ष शारदा रिजालको समयमा भएको थियो । महासंघको कार्यकाल सकिएपछि रिजाल अहिले दक्षिण एसियाली महिला विकास मञ्चमा भएसँगै महासंघलाई बाइपास गरेको आरोप लागेको छ ।
त्यसैगरी, महासंघले विगत २० वर्षदेखि हरित महिला औद्योगिक ग्राम माग गर्दै आएकोमा सरकारले महासंघलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण पनि गराएको छ । महासंघले देशका ६१ जिल्लाहरूमा संजाल विस्तार गरी देशभरका ५ हजार २५० प्रत्यक्ष र करिब ५० हजार अप्रत्यक्ष उद्यमी महिलाहरूलाई आफ्नो छाताभित्र रहेको दाबी गरेको छ । महिला महासंघमा विभिन्न छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संघसंस्थामा आबद्ध महिला उद्यमीहरू सदस्य रहेका छन् ।
Nabil BankSagarmatha Cement
करिब एक सय रोपनी जग्गामा झण्डै एक अर्ब रुपैयाँको लगानीमा महिला औद्योगिक ग्राम बन्न लागेको हो । महिला उद्यमीहरू नजोडिएको संस्था दक्षिण एसियाली महिला विकास मञ्चलाई राजनीतिक सम्बन्ध र पहुँचका आधारमा उक्त औद्योगिक ग्राम सञ्चालनको जिम्मा दिन लागिएको भन्दै विवाद देखिएको हो । २४ जेठ २०८० को मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत निर्माणाधीन पाँचखालको पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो । औद्योगिक पार्क २५ वर्षका लागि जमिन भाडामा दिने सम्झौता भएको छ । झण्डै एक अर्ब लगानी हुने अनुमान गरिएको ग्रामका लागि सरकारले औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
The post महिला औद्योगिक ग्राम शिलान्यासको विरोधमा महिला उद्यमी महासंघद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41r0HXi via IFTTT
काठमाडौं । बिहीबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
तर अदालतले यसअघि सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोबहादुर रायमाझी भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
अदालतले सत्तापक्षीय नेता खाणलाई धरौटीमा छाडेर र प्रतिपक्षीय नेता रायमाझीलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिनु संयोग मात्रै हुनसक्छ । तर नागरिकस्तरबाट प्रश्न उठेको छ कि– एउटै प्रकरणमा सत्तापक्षीय नेतालाई जेल बाहिर र प्रतिपक्षीय नेतालाई किन भित्रै राखेर अनुसन्धान गर्नुपर्ने भयो ?
खाणको ममलामा यसअघि पनि न्यायाधीशहरुको मत बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छाड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।
दुवै न्यायाधीशहरु बीचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो ।
खाण र रायमाझीलाई लागेको अभियोग उस्तै
पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेको थियो।
ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई चार प्रकृतिका कसुर आकर्षित गरिएको थियो। मुलुकी फौजदारी संहिताको व्यवस्थाअनुसार एकीकृत कसुरमा हुने सजाय दाबी पनि अभियोगपत्रमा गरिएको थियो।
प्रहरीको करिब दुई महिनाको अनुसन्धानले उनीहरुले आर्थिक लाभ लिने उद्देश्यले आपराधिक समूह निर्माण गरेको, नेपाली नागरिकलाई भुटानी शरणार्थी कायम गरेको, मुलुकको स्वाभिमान र राष्ट्रहितविपरीतको काम गरेको कसुर स्थापित भएको भन्दै मुद्दा दर्ता गरिएको थियो। जसलाई सङ्गठित अपराधसँग पनि जोडिएको थियो।
अभियोगपत्र अनुसार पूर्वमन्त्री खाणलाई चारवटै मुद्दा लगाइएको छ। खाणले ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराध गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख थियो।
पूर्वमन्त्री रायमाझीविरुद्ध पनि ठगी, सरकारी कागजात किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमै मुद्दा चलाइएको थियो। तर, एकै प्रकृतिको अभियोगमा खाणलाई थुना बाहिर र रायमाझीलाई भित्र किन ? प्रश्न पेचिलो बनेको छ ।
अझै उच्च अदालतको आजको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछन् । तर त्यस्तो नहोला । किनकि, सत्तासाझेदार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाण धरौटीमा छुट्ने धेरैको आकलन थियो । जुन आकलन मिल्यो । सायद, यो संयोग मात्रै होइन ।
The post उस्तै अभियोगमा सत्तापक्षीय खाण बाहिर, प्रतिपक्षीय रायमाझी जेलमै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47ZuyZI via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले न्यायपूर्ण ब्यबहार नगरेको आरोप लगाएका छन् । आज (बुधबार) इतर समूहले बोलाएको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सभापति देउवा एउटा समूहको संरक्षकमात्रै बनेको आरोप लगाएका हुन् ।
पार्टीको १४औं महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा स्थानीय तह र प्रतिनिधि सभालगायतको निर्वाचन भएको भएपनि कुनै मापदण्ड नबनेको र बनाउन नसकिएको उनले बताए । यस पटकको राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड बनाएर पार्टीमा लामो समयदेखि अवसर नपाएकाहरुलाई स्थान दिनुपर्ने उनको भनाइ छ । उनले उम्मेदवार छनोट गर्दा संविधान र राष्ट्रिय सभाको स्प्रिटलाई ख्याल गर्नुपर्ने बताए ।
‘अन्यायपूर्ण, विभेदपूर्ण भयो । पार्टी सभापतिले सबैसँग न्यायपूर्ण ब्यबहार गर्नुपर्ने ठाउँमा सभापति आफैं एउटा समूहको संरक्षकजस्तो हुनुभयो । आफ्नो समूहमा जो छ, उसका लागि एउटा ब्यबहार, जसले हिजो अधिवेशनमा मत दिएन, उसलाई अर्को नजर । सभापति बाहेकको ब्यक्तिले त्यो गर्नु स्वभाविक होला । सभापतिले त्यसो गर्नुभो । त्यसकारणले गर्दा यो पटकको राष्ट्रिय सभा निर्वाचनमा दुईटा कुरामा प्रष्ट हुनुपर्छ,’– महामन्त्री थापाले भने ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा सभापति देउवाले सिंगो कांग्रेसको सभापति बन्न सक्नुपर्ने उनको सुझाव छ । साथै, उनले आजको बैठकमा पार्टीको आसन्न महासमिति बैठक, सरकारका काम कारबाही र सुशासनका बारेमा छलफल भएको बताए । उनले कांग्रेस सरकारमा रहेका बेला एकपछि अर्को काण्डहरु सार्वजनिक हुनुले गम्भीर हुन जरुरी रहेको बताए । उनले सुशासनका लागि संगठित रुपमा दवाब सिर्जना गर्नुपर्ने बताए ।
‘दोस्रो कुरा महासमितिको बैठक । तेस्रो आज हामीले छलफल गरेको महत्वपूर्ण विषय भनेको चाहीँ सुशासन हो । एकपछि अर्को काण्डहरु सार्वजनिक हुँदै आउने, अहिले हामी नेपाली कांग्रेस आफैं सरकारमा हुने, हामी सरकारमा भएको बेलामा एकपछि अर्को काण्ड सार्वजनिक हुँदैगर्दा यी विषयहरुलाई सामान्य रुपमा हामीले लिन हुँदैन । संगठित ढंगले हामीले यो विषयमा दवाब सिर्जना गर्नुपर्छ भन्ने बारेमा हामीले छलफल गरेका छौं,’– उनले भने ।
उनले बैठकमा संस्थापन इतर समूहको संवाद एकदमै कमी भएको बारेमा सबैले मनन गरेको बताए ।
The post गगनको आरोप, ‘सभापतिले न्यायपूर्ण ब्यवहार गर्नुभएन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46Ta1o1 via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको यात्रामा सरिक एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुको यात्रा रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै खोटाङ पार गरेको छ ।
अध्यक्ष ओलीले दिनभर व्यस्त रहेकोले साँझ दिक्तेल आएपछि प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेको र जन्मदिनको शुभकामना दिएको जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्-
आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !
The post ‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3uXkjqd via IFTTT
काठमाण्डौ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को महासमिति चयन प्रक्रिया रद्ध भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितीले काठमाण्डौ जिल्ला सभापतिलाई पत्र लेख्दै महासमिती सदस्यको निर्वाचन गर्नका लागि निर्वाचन अधिकृत तोकेर गर्नका लागि निर्देशन दिएको छ।
समितीले निर्वाचन अधिकृत तोकेर प्रक्रिया पुरा गरी नामावली पठाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकुल हुने गरी क्षेत्रीय सभापतिको हस्ताक्षरमा पठाएको नामावलीलाई रद्ध गर्दै नयाँ प्रक्रिया शुरु गर्न निर्देशन समेत दिएको छ।
२०८० असोज ३० गते नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरुले क्षेत्रीय समितिले विधान विपरित महासमिती सदस्यहरुको मनोनयन गरेको भन्दै निर्वाचन समितीमा निवेदन दिएका थिए ।
पार्टीको विधान विपरित अन्य प्रयोजनका लागी भएको भेलाको माइन्युट प्रयोग गरेर सर्वसम्मत रुपमा महासमिति सदस्य चयन भएको सिफारिस गर्नु झुटा रहेको भन्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरु परशुराम पोखरेल ,दुर्गा प्रसाद बराल ,जयराज भण्डारी र सुशीला बरालले निर्वाचन समितीमा निवेदन हालेका थिए ।
केन्द्रीय निर्वाचन समितीको निर्देशन :
The post नेपाली कांग्रेस काठमाण्डौ-३ को महासमिति चयन प्रक्रिया रद्ध appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4adHVqC via IFTTT
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमाले बाहेकले नसक्ने दाबी गरेका छन्।
शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे।
उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे।
‘नेकपा एमाले बाहेक जति वटा मिले पनि, जति वटा पार्टी मिले पनि देश बनाउने काम राजनीतिलाई स्थिर बनाउने, लोकतन्त्रलाई बलियो बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन सक्दो रहेनछ। हामीले कोभिडको समयमा पनि त्यस समस्याको पनि सफलतापूर्वक समामना ग¥यौँ,’ उनले भने, ‘भूकम्पको पनि सामना ग¥यौँ। भूकम्पले भत्काएका नौ लाख घर साढे ८ लाख भन्दा बढी हामीले पुनः निर्माण गरेर पीडितलाई हस्तान्तरण गरेका थियौँ।’
अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए।
The post जति पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरूले सक्दैनन् : ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41ns7NV via IFTTT
काठमाडौं । २०७७ को जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदके फैसला सुनाइएको छ ।
जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज मंगलबार सकिएपछि यस्तो फैसला आएको हो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
यी हुन जन्मकैदको सजाय पाउनेहरु
सौरभ पुन
तुलाराम घर्ती
रेशम बहादुर मल्ल
रमित पुन मगर
दीपेन्द्र चन्द
तुल बहादुर मल्ल
सन्तोष मल्ल
डम्बरबहादुर मल्ल (वडाअध्यक्ष)
प्रेमबहादुर ठकुरी
विनोद मल्ल,
सर्वजित भन्ने सविन पुन
टोपबहादुर मल्ल
डिल्ली घर्ती
भीमबहादुर पुन
इन्द्रबहादुर मल्ल
तिलक चन्द
क्वापे भनिने लोकेन्द्र घर्ती
नेत्रबहादुर मल्ल
विराज पुन मगर
विष्णु मल्ल
मोहन पुन मगर
मानबहादुर मल्ल
भीमबहादुर बुढा
हर्कबहादुर मल्ल
इन्द्र बहादुर भन्ने इर्दबहादुर ठकुरी
धनाराज राना
डिल्ली मल्ल ठकुरी
नवीन कुमार घर्ती मगर
लिपेन्द्र कुमार मल्ल
The post नवराज हत्या प्रकरण: थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला (नामसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3T84M0J via IFTTT
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्केका छन् ।
प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारी, यहाँस्थित युएईको राजदूतावासका उच्च अधिकारी उपस्थित थिए । यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो ।
प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी भएका थिए । साथै उनले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए ।
त्रिभुवन विमानस्थलमा ओर्लेपछि प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ-
उपस्थित सञ्चारकर्मी मित्रहरू,
1. संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति His Highness Sheikh Mohammed bin Rashid Al Maktoum को निमन्त्रणामा दुबईमा आयोजना भएको United Nations Framework Convention on Climate Change को 28th Conference of the Parties (COP 28) को World Climate Action Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०८० मंसिर १३ देखि १७ गते (2023 नोभेम्बर २९ देखि डिसेम्बर ३) सम्म भाग लिएर आज स्वदेश फर्किएको छु।
2. भ्रमणका क्रममा मैले मंसिर १४ गते (नोभेम्बर ३०) अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ/चुनौतीहरू लगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु। संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु।
3. यसै गरी नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरूले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि उहाँहरूलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको छु।
4. नेपाल सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्बन गरेका नीति तथा कार्यक्रमहरूले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको धारणा नेपाली समुदायका प्रतिनिधिहरूबीच राखेको छु ।विदेशी भूमिमा दुख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको छु ।
5. सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको Nepal-Dubai Business Forum लाई सम्बोधन गरेँ। उक्त कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गरेको छु। नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको थिएँ।उक्त फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीहरूले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा उद्योगी, व्यापारी एवम् लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
6. भ्रमणको तेस्रो दिन मंसिर १५ गते (१ डिसेम्बर २०२३) का दिन जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ औं सम्मेलन COP28 को औपचारिक उद्घाटन समारोहमा सरिक भएँ।
7. उक्त उद्घाटन समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग भेटघाट भएको थियो। सम्मेलनमा भाग लिन आउनुभएका भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग समेत उद्घाटन कार्यक्रमका दौरानमा भेटघाट भएको थियो। सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री श्री मोदीले भूकम्प पीडितलाई आवश्क पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो।
8. सोही दिन अपरान्ह सम्मेलन आयोजना स्थलमा रहेको Nepal Pavilion को अवलोकन भ्रमण गरेको थिएँ। सो क्रममा Pavilion मा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदमहरू र COP28 मा नेपालले उठाउने एजेण्डा र प्राथमिकताका क्षेत्रहरूको बारेमा जानकारी गराएको थिएँ। जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै Pavilion भएको हुँदा यसको विशेष महत्त्व रहेको मैले पाएको छु।
9. सोही दिन Global Stocktake (GST) High-Level Leaders’ Event on Adaptation विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले Paris Agreement को प्रतिबद्धता अनुरूप नेपालले दोस्रो Nationally Determined Cointributions (NDC) पेश गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु। जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु।
10. सम्बोधनका क्रममा मैले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको थिएँ।
11. सम्मेलनको साइड लाइनमा मैले G77 and China का अध्यक्ष क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुका अतिरिक्त G77 and China लाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी गरेको थिएँ।
12. भ्रमणको चौथो दिन मंसिर १६ गते (२ डिसेम्बर २०२३) का दिन बिहान नेपालले आयोजना गरेको High-Level Roundtable on Call of the Mountains: Who Saves us from the Climate Crisis? को अध्यक्षता गर्दै जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेको विषयमा जोड दिएको थिएँ।
13. उक्त High-Level Roundtable लाई प्रमुख वक्ता (Key Note Speaker) का रूपमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसले Roundtable आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिँदै जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकोले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो। आफूले हालै गरेको नेपाल भ्रमणको सुखद स्मरण गर्दै महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालहरूको संरक्षणमा राष्ट्रहरूले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो।
14. सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भूटानका State Secretary र अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिले Roundtable आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो।
15. कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
16. सोही दिन मैले नेपालको तर्फबाट National Statement दिँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकोले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थिएँ। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि मैले जानकारी गराएको थिएँ।
17. हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिएँ।
18. त्यसैगरी, मैले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गरेको थिएँ।
19. आजै बिहान पनि मैले संयुक्त राष्ट्र संघ अन्तर्गतका संघ-संस्थाहरू – WMO, UNDRR, ITU, IFRC ले आयोजना गरेको विपदबाट पर्न सक्ने जोखिमको पूर्व जानकारीमा सबैको पहुँच (Delivering Early Warnings for All) विषयमा नेपालको तर्फबाट मन्तव्य राखेको छु। संयुक्त राष्ट्रसंघका महासचिव समेत सहभागी हुनुभएको उक्त महत्त्वपूर्ण कार्यक्रममा मैले नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छु।यस महत्त्वपूर्ण Initiative मा नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनु भएकोमा संयुक्त राष्ट्र संघका महासचिवको प्रशंसा गरेको छु।
20. आजै बिहान मसँग बेलायतका विदेश राज्यमन्त्री Andrew Mitchel ले शिष्टाचार भेट गर्नुभएको थियो। भेटका अवसरमा नेपाल-बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयहरु लगायतमा कुराकानी भएको थियो।
21. अन्त्यमा भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
The post दुबईबाट स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले के भने ? (सम्बोधनको पूर्णपाठ) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46XFMg1 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका मन्त्रीहरुले काम गर्न नसकेको बताएका छन् । आज (शनिबार) कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दैै उनले पार्टीका नेता र मन्त्रीहरुले काम नगरेको कारण विपीले १५ सालमा गरेको कामको ब्याज खाइरहनु परेको बताएका हुन् । कांग्रेसले उद्योग, सहरी विकास, कानुन, स्वास्थ्यजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएर पनि काम हुन नसकेको उनको भनाई थियो ।
‘उद्योग मन्त्रालय हामीले चलाएका छौं, सहरी मन्त्रालय हामीले चलाएका छौं । स्वाथ्य मन्त्रालय, कानुन मन्त्रालय हामीले चलाएका छौं । सिंगो सरकारका बारेमा गर्न सकिँदैन ल, कांग्रेसको नेतृत्वमा चलाएको मन्त्रालयबाट दिनमा एउटा काम गरेर नागरिकले यतिधेरै सुखको अनुभूति गर्न पाउन कि गाउँ–गाउँमा, चोक–चोकमा, चौतारामा कांग्रेसका साथीहरु १० जना मान्छेको भीडमा गएर फुर्ती लगाउन पाइयोस् न ।’ उनले भने, ‘हिजो मेरो पार्टीको नेता फलानो मन्त्रालयमा हुँदै गर्दा यो मन्त्रालयको तर्फबाट यो निर्णय गरियो भनेर छाती ठोक्न पाइयोस् न । त्यहाँ गएर विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’
प्रदेशका मुख्यमन्त्री मन्त्रालय भागबण्डा नपुगेको मन्त्रालय थप्न भनेर काठमाडौं धाइरहेको उनको भनाई छ । उनले प्रदेशप्रति वितृष्णा बढिरहेको अवस्थामा यसो नगर्न पनि उनले आग्रह गरे ।
‘मैले सुनेको छु– प्रदेशको मुख्यमन्त्री काठमाडौं आइराख्नु भएको छ । यहाँको मन्त्रीको भागबण्डा मिलेन थप्नुपर्यो भनेर लागिरहनु भएको छ,’– उनले भने ।
कांग्रेसलाई ०८४ को निर्वाचनमा निहुरिएर टिकट माग्ने नबनाउन उनले आग्रह गरे । उनले काम गरेर देखाएर भोटमा हाम्रो अधिकार छ भनेर छाती ठोकेर भन्नसक्ने बन्नसमेत उनले आग्रह गरे । कांग्रेसले राम्रा काम गरेमा गौडा–गौडामा ढुकेर बसेका नक्कली राजावादी आफैं भाग्ने उनले बताए ।
‘०८४ सालमा धेरै हात जोडेर निहुरिएर भोट माग्ने होईन । छाती पिटेर हामीले काम गरेको आधारमा हामीलाई नदिए कसलाई दिने भनेर आधार हामीले बनाउन पर्नेछ, बनाउने हो ।’ उनले भने, ‘यति कुरा गरेर चलाउँ त गाडी, गौडा–गौडामा ढुकेर बसेका नक्कली सक्रिय राजावादी आफैं भाग्छन् । धेरै केही भन्न पर्दैन । हाम्रो लाईन लामो भयो भने अर्काको लाईन आफैं छोटो हुन्छ । आफ्नो लाईन तान्न सकेन भने अर्काको रेखा मेट्छु भनेर लागेर केही पनि हुँदैन ।’ F
The post मन्त्रीले काम नगरेकोप्रति गगनको असन्तुष्टि: ‘विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47GjIaP via IFTTT