काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय रहेको भवन तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले भवन तत्कालन नभत्काउन आदेश जारी गरेको हो । राप्रपाको कार्यालय भत्काउन महानगरको टोली गत साउन १५गते डोजरसहित धुम्बराही पुगेको थियो ।
‘कित्ता नं. ७०७ मा निर्मित घरको सम्बन्धमा कुनै निर्णय भएको वा निवेदकलाई जानकारी दिएको नदेखिएको परिप्रेक्ष्यमा सुविधा सन्तुलनको दृष्टिकोण समेतबाट प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको उक्त जग्गामा निर्मित भवन भत्काउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० वमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ’,– आदेशमा भनिएको छ ।
उक्त मुद्दा छिटो टुंग्याउन पर्ने भन्दै आदलतले अग्राधीकार समेत प्रदान गरेको छ ।
The post बालेनलाई अदालतको झड्काः राप्रपाको कार्यालय नभत्काउन आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44EGBZD via IFTTT
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक सिरहाको धनगढीमाइ नगरपालिकाको सर्रे अम्बासमा सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि सबै पदाधिकारी सहभागी रहेका छन् । निलम्बित सचिव टोपबहादुर रायमाझी भने बैठकमा उपस्थित छैनन् । उनी हाल भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुसन्धारामा रहेका छन् ।
अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।
The post सर्रे अम्बासमा एमालेको सचिवालय बैठक सुरू appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44AkWC1 via IFTTT
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास आवश्यक नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश प्रमुख र मुख्यमन्त्रीका नाममा अर्बौं खर्च गरेर दरबार बनाउन आवश्यक नरहेको बताएका हुन् ।
‘प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा आवास बनाउने होईन, आ–आफ्नै प्रदेशमा राख्ने हो । काठमाडौंमा आएर दुई/चार दिन बस्नलाई त जनताले होटल खोलेकै छन् नि । यत्रो अर्बौं रुपैयाँको दरबार बनाउन जरुरी छैन,’– उनले भने ।
The post ‘काठमाडौंमा दुई/चार दिन बस्न जनताले होटल खोलेकै छन्, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अवास किन चाहियो ?’सुवाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45vHxkz via IFTTT
काठमाडौं । निर्वाचन भएको ९ महिनापछि मात्रै प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिले पूर्णता पाएका छन् । १० वटै समितिमा सभापतिनिर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।
एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् ।
सभापति घोषणासँगै आजै सपथ ग्रहण भएको छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।
त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भए ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का ऋषिकेश पोखरेलको निर्वाचित भए।
The post ९ महिनापछि संसदीय समितिले पूर्णता पाए, निर्वाचित सभापतिले लिए शपथ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44tww1B via IFTTT
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताएका छन् ।
आज (आईतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका कारण राष्ट्रियता खतरामा रहेको बताए ।
‘एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी हो। त्यसको अभिन्न अंग हो। अहिले अमेरिकाले कार्यान्वयनमा जोड दिइरहेको छ,’– उनले भने ।
The post एमसीसीका कारण राष्ट्रियता संकटमा छ: पूर्वप्रधानमन्त्री खनाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KZ4qVd via IFTTT
काठमाडौं । ललिता निवास प्रकरणमा सरकारी वकिलको कार्यालयले आईतबार मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले ललिता निवास प्रकरणमा जोडिएका २८९ जनालाई प्रतिवादी बनाएको छ भने विगो मागदाबी भने २३९ जनासँग मात्रै गरेको छ ।
उक्त प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वहालवाला सचिव कृष्णबहादुर राउतसँग १० करोड ५१ लाख १२ हजार ९ सय तीन रुपैयाँ माग दाबी गरेको छ ।
व्यक्तिलाई लाभ पुर्याउने तथा सरकारको हक मेटाई हानी पुर्याउने गलत नियतले फरक व्यहोराको टिप्पणी स्वीकृत गराई मन्त्रालयको तर्फबाट मन्त्रिपरिषदमा निर्णायार्थ प्रस्ताव लगेको उनीमाथि आरोप छ ।
उनीमाथिको अभियोगमा भनिएको छ, ..‘जग्गाको विवरणहरुमा केही मानविय भूल तथा त्रुटीहरु देखिन गएकोले सो सच्याई कार्यान्वयन गर्न गराउन भुल सुधार गरी कायम हुने अनुसुची १,२ र ३ लाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाटै हुनु कानून सम्मत हुने हुँदा मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न भनी उप प्रधानमन्त्री समक्ष पेश भएको व्यक्तिलाई लाभ पुर्याउने तथा सरकारको हक मेटाई हानी पुर्याउने गलत नियतले फरक व्यहोराको टिप्पणी स्वीकृत गराई मन्त्रालयको तर्फबाट मन्त्रिपरिषदमा निर्णायार्थ प्रस्ताव लगेकोमा सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले सरकारी अभिलेखसँग भिडाई उक्त जग्गा सरकारी हो वा मोही कायम भएको जग्गा हो भन्ने एकिन गरी मिल्ने भए मात्र ऐन, नियम र बिनियमका आधारमा टिप्पणी स्विकृत गरी पेश गर्नु पर्नेमा प्राप्त कागजातलाई मात्र आधार लिई, बिश्वास गरी र अन्तिम तथ्य मानि सरकारी जग्गा व्यक्तिको नाममा लैजान आधारभूत प्रमाण (कीर्ते प्रमाण) जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको देखिएको, जग्गाको मोठ श्रेस्ता अध्ययन गरी जग्गाहरुको श्रो एकिन गरी अभिलेखमा समेत भिडे पश्चात मात्र तयार गर्नु पर्नेमा सो नगरेको देखिएको गलत तथ्यको आधारमा टिप्पणी उठान गरेको, नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको सरकारी जग्गालाई व्यक्ति तथा संस्थाको नाममा दर्ता कायम गरी व्यक्ति बिशेषको नाममा मोही कायम समेत गराई अर्काको हक जाने नोक्सान हुने, झुट्ठा काम गरी आफैलाई वा अरु कसैलाई फाईदा पुग्ने कार्य गरी सो कार्यबाट निज प्रतिवादी कृष्ण बहादुर राउतले विगो रु १०,५१,१२,९०३ बराबरको नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्ति बिशेषको नाममा मोही कायम गरेको देखिदा निज प्रतिवादीले साविकको मुलुकी ऐन, कीर्ते कागजको महलको १ नं. र २ नं. मा परिभाषित कसूर गरेको देखिन आयो ।’
The post ललिता निवास प्रकरणः सञ्चार सचिव राउतसँग १० करोड ५१ लाखभन्दा बढि विगो मागदाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3EgV1EA via IFTTT
काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का दुई वटा बैठकका निर्णयबाट विभिन्न मन्त्रालयको प्रस्तावमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारी दरबन्दी स्वीकृत गर्ने निणर्य गरिएको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
यस्ता छन् मन्त्रिपरिषद्का दुई वटा बैठकले गरेका २९ वटा निर्णय
The post यी हुन् मन्त्रिपरिषद्का २९ वटा महत्वपूर्ण निर्णय (सूचीसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/480b07Z via IFTTT
काठमाडौं । देशमा व्याप्त,विकृति,विसंगती,अराजकता,सामाजिक बिखण्डता सरकार तथा कर्मचारी प्रशासन र गृहप्रशासन हुँदै न्याय पालिकामा समेत देखिएको चरम भ्रष्टाचार कै कारण आम नागरिक मारमा परेको भन्दै सरकार र सम्बन्धित पक्षलाई खवरदारी गर्न स्वतन्त्र संगठन निर्माण गर्न बसेको एक भेलाले संगठनको नाम स्वतन्त्र नागरिक जनजागरण अभियान राख्दै संगठनको संयोजकमा युवा अभियतन्ता मुकुन्द सिलवाल लाई चयन गरेको छ ।
सामाखुसी स्थित स्काई रेष्टुरेन्टमा भएको भेलामा हिन्दु धर्मका अगुवा राम बाबा , शन्तोष राजावादी प्रगतिशिल नागरिक मन्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ, स्वतन्त्र पार्टीका स्थानिय नेता दिनेश श्रेष्ठ , भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका महासचिव अर्जुन के.सी. युवा नेता तथा संचारकर्मी उद्यव भेटवाल , सामाजिक अभियन्ता अर्जुन थापा , श्याम थापा ,देवेन्द्र महर्जन, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी, लगाएत दर्जनौ संघ संस्थाका प्रतिनिधिहरु तथा मिडियाकर्मी हरुको उपस्थिति रहेको थियो ।
भेलामा संयोजक मुकुन्द सिलवालले आफ्नो तर्फबाट कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्र माथि उपस्थित केहि सहभागिहरुले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यपत्र यस्तो छ
भूमिका
आदरणीय साथीहरु नमस्कार । विभिन्न राजनीतिक व्यवस्थाका नाममा नेपाली जनताले थुप्रै संघर्ष र आन्दोलन गरे । लामो संघर्ष र उतारचढाव पछि आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा छ । व्यवस्थालाई उन्नत भनिएपनि जनताका अधिकार र आवश्यक्ताको पुर्ती हुनसकेको छैन । राजनीतिक दलहरुले जनताकामाझ कयौं वाचा गरेपनि आज जनताको अवस्था जस्ताको त्यस्तै छ । दुईछाक टार्नका लागि उचित रोजगारीको व्यवस्था नहुँदा लाखौं युवा विदेशिन परेको अवस्था छ । विदेशको भूमिमा रगतपसिना गरेपनि उनीहरुको सुरक्षाको प्रत्याभूति छैन । दैनिक युवाहरु काठको बाकसमा लास बनेर फर्किनु परेको विडम्वना हाम्रो सामु छ । बेरोजगार युवाहरुले देशमा कुनै आशाको किरण देखेका छैनन् । भावीपुस्ता पुरै पलायन हुने खतरा रहेको छ । यति हुँदापनि हाम्रो यथास्थितिवादी शासन व्यवस्था र शासकहरु रमिता हेरिरहेका छन् । सरकारी अड्डादेखि अदालतसम्म भ्रष्टाचार छ । देशका गृहमन्त्री र उपप्रधानमन्त्री भएका मान्छे नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने तस्करी धन्दामा लाग्छन् । त्रिभूवन विमानस्थल बाट सयौं किलो सुन खुलेयाम तस्करी हुन्छ । तस्करहरु राजनीतिक संरक्षणमा उन्मुक्त हुन्छन् । मंहगीले बजारमा छोइनसक्नु भएको छ । आर्थिक मन्दीले देशनै त्रस्त छ । यस्तो अवस्थामा हामी सामाजिक राजनीतिक अभियानमा लागेका मानिस मौनता साँधेर बस्नु उपयुक्त हुन्न । आजको अस्तव्यस्त अवस्थाबाट अघि बढेर मुलुकमा जनताका न्यूनतम अधिकार प्रत्याभूत गर्न हामीकुनै न कुनै माध्यम र सहकार्य मार्फत जोडिनु नै पर्दछ । यसर्थ आजको यो भेला आयोजना गरिएको छ ।
भेलाको उद्देश्य
भेलाले सहभागीहरु सबैको राय, सुझाव र धारणा संकलन गरेर एउटा सशक्त अभियान लाई संस्थागत दिशमा लैजाने छ । देशको मौलिक धर्म संस्कृतिको रक्षा, बढ्दो वैदेशिक रोजगारी र त्यहाँ जाने आउने क्रममा श्रमिकले भोग्ने समस्याको समाधान, शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको माफिया वादका विरुद्ध र समग्र उपभोक्ताको अधिकारका लागि नागरिक आवाजको अभियानलाई मुर्तरुप दिनका लागि हामीले अभियानहरु सञ्चालन गर्नुपर्ने आवश्यक्ता देखिएको छ । यस अभियानमा जोडिएर हामीले वैदेशिक रोजगारीका पीडामात्र होइन पर्यावरणको सुरक्षा गर्नेछौं । शिक्षा, स्वास्थ्यमा जनताको पहुँच वृद्धि लगायत गर्न संस्थागत पैरवी र अभियान गर्नेछौं । बढ्दो बेरोजगारीको समस्याहल गर्न सम्बन्धित निकायसँग पैरवी गर्नेछौं ।
संगठनको स्वरुप
साथीहरु, यस समुहलाई हामी स्वतन्त्र नागरिक जनजागरण अभियान नाम दिने प्रस्ताव गर्दछौं । यस नामका सम्बन्धमा हामीले छलफल गरेर विकल्प नामपनि पारित गर्न सकिन्छ । हाम्रो उद्देश्य मूलभूत रुपमा मौलिक धर्मसंस्कृतिको रक्षा, वैदेशिक रोजगारीका क्षेत्रमाभएका समस्या समाधान, जनताकोे गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउनअभियानर पहल गर्ने रहेको छ । यीनै विषयमा कार्ययोजना बनाउन तथा संस्थाका उद्देश्य र विधानको मस्यौदा तयार पार्न यसै भेलाले एउटा तदर्थ समिति बनाउनेछ ।
निश्कर्ष
प्रिय मित्रहरु यहाँहरु समक्ष मैले हामीले निर्माण गर्न खोजिरहेको संस्था र त्यसमार्फत हामीले समाजको सुधार र रुपान्तरण गर्नका लागि गर्न सकिने कार्यहरुका बारेमा प्रस्ताव पेश गरेको छु । विभिन्न क्षेत्रमा स्थापित यहाँहरु सबैसँग समाजकायी समस्याका बारेमा जानकारी नै छ । हामी सबै आआफ्नो ठाउँबाट यो अव्यवस्था हटाउन चाहान्छौं । तर, हामी साझा उद्देश्यका लागि एकीकृत हुनसकिरहेको छैनौं । यसर्थ आजैका दिनदेखि हामी माथि उल्लेखित क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि संगठित, एकीकृत र सकृय हुनुपरेको छ । सबैलाई यही आग्रह गर्दछु ।
धन्यवाद ।
मुकुन्द सिलवाल
मितिः२०८०।०५।०७
The post स्वतन्त्र नागरिक जनजागरण अभियानको भेलाले चयन गर्यो मुकुन्द सिलवाल लाई नेतृत्व appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OPZ3c1 via IFTTT
काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको बुधबार बसेको बैठकले निलम्बन गरेको हो ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रायमाझीलाई निलम्बन गरिएको जनाकारी संसद्लाई गराएका छन्।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को प्रयोजनका लागि उनलाई निलम्बन गरिएको गरिएको सभामुख घिमिरेले भने ।
नियमावलीमा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो अवधिभर निज निलम्बनमा रहने व्यवस्था रहेको छ ।
The post टोपबहादुर रायमाझी निलम्बित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YPA9h6 via IFTTT
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसिसी खारेजीको माग राखेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसिसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । यो बीचमा विप्लवले प्रचण्डसँग सहकार्यको प्रयास गरेका छन् । माओवादी केन्द्र र नेकपाबीच एकताको गृहकार्य भैरहेको पनि चर्चा छ । तर, अहिलेसम्म एकताबारे ठोस निर्णय भने भएको छैन् । तर, दुवै नेताले सहकार्यको थालनी गरेका छन् । उनीहरु समाजवादी मोर्चामा छन् ।
पार्टी एकतासम्मको तयारी थालेका विप्लवले एकाएक एमसिसी कार्यान्वयनमा लगिए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहाल तनावमा पुगेका छन् । नेकपाले एमसीसी र सरकारबीच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न लागेको भन्दै यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रुपले अस्वीकार्य एवं असैह्य रहेको उल्लेख गरेको छ । मंगलबार पे्रस विज्ञप्ति जारी गर्दै नेकपाले एमसीसी अमेरिकी साम्राज्यवादी शासक गुटकाविरुद्ध सम्पूर्ण रुपले प्रतिरोध संघर्षमा उत्रिने चेतावनी दिएको हो ।
नेकपाले आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। बुधबार भदौ ६ गते देशव्यापी बालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन, ९ गते गाउँगाउँमा जागरण प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम र १२ गते नुवाकोट, तनहुँमा एमसीसीबारे अन्तरक्रियाका कार्यक्रम सार्वजनिक गरेको हो ।
The post विप्लवका कारण प्रधानमन्त्री प्रचण्ड तनावमा, बुधबारबाट एमसिसी खारेजीको आन्दोलन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sn0Yxg via IFTTT
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।
विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए । मन्सुरीलाई मत दिन लगाएर ठीक गरेको अथवा बेठीक भन्ने कुरा सर्वोच्चले व्याख्या गर्ने उनले बताए ।
‘प्रदेश सभा चाहिन्छ भनेर नै हामी यो निर्णयमा पुगेको हो । यो निर्णयविना अर्को विकल्प के छ त ? सरकार विहीन अवस्थामा त प्रदेश रहनु भएन । संविधान र संसद्को कुरा चाहिँ के छ भने उहाँहरु फेरि पनि अदालत जानुहुन्छ । फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला,’– उनले भने ।
The post विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44g1Q3T via IFTTT
काठमाडौं । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ।
मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो।
सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन।
एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारसहित केही ज्येष्ठ सांसदहरू सभामा उपस्थित नहुने एक स्रोतले बताएको छ।
स्रोतका अनुसार उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा बैठकमा उपसभामुख उपस्थित हुनेछैनन्।
त्यस्तै, उपसभामुख नहुँदा एमालेका ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमालेले केही ज्येष्ठ सदस्यहरूलाई प्रदेशसभामा अनुपस्थित गराउने योजना थालेको छ।
यस्तै, राप्रपाले पनि आफ्ना सबै सदस्यहरूलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ।
The post कोशी प्रदेश सरकार फेरि संकटमा ! appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3P3uCjN via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले आफ्नो पार्टीका सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरिएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सिंहदरबारमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा केसीले यस्तो बताएका हुन् ।
उनले सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सन्दर्भमा शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको पनि बताए ।
उनले भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई आफूहरुले नजिकबाट नियाँलिरहेको बताए । तर, अहिले तत्कालै एमालेसँग गठबन्धन बनाउने कुनै सम्भावना भने नरहेको उनको टिप्पणी छ ।
The post तत्कालै एमालेसँग गठबन्धन गर्ने सम्भावना छैन् : केसी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sbNpQZ via IFTTT
काठमाडौं । साना बोटल तथा जारको पिउनेपानि उत्पादन र बिक्री गर्दैआएको उद्योगीहरुको एकमात्र छाता संगठनको रुपमा रहेको नेपाल बोटल वाटर उद्योग संघले खानेपानी क्षेत्रका बिचौलिया अन्त्य गर्न आवश्यक प्रकृया अगाडी बढाउने भएको छ ।
संघको केन्द्रीय कार्यालय सुकेधारामा आज भएको पत्रकार सम्मेलन गर्दै संघले यो घोषणा गरेको हो ।
पत्रकारहरु संग कुराकानि गर्दै नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धु्रव गौतमले बिचौलियाकै कारण उद्योगीहरुमारमा परीरहेको बताउनुभयोे ।
बिचौलियाका कारण आमउपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्र पार्न खोजेको बताउनुभयो ।
संघका अध्यक्ष धु्रव गौतमका अनुसार उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँ सम्म र बोतलको पानीमा प्रति बोतल १६ रुपैयाँ सम्म तथा उपत्यकाबाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुनेछ ।
संघले पानीको बजार अनुगमन गर्न संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको जनाएको छ ।
उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे–नराखेको, ट्रेडमार्क मिसयुज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आमउपभोक्तालाई आग्रहसमेत गर्नुभएको छ ।
संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न आमउपभोक्तालाई आग्रह गर्नुभएको छ ।
हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार पानी खपत हुँदै आएको छ। नेपालबाट आर्थिक वर्ष ०७९र८० मा मात्र रु। ६० करोड मूल्यबराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ। हाल काठमाडौं उपत्यकाभित्र झन्डै दुई सय र देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन् ।
विज्ञप्ति जस्ताको तेस्तै
काठ्माडौँ उपत्यका तथा देशभरी संचालित पानी उद्योगीहरु स्थापनाकालदेखि नै संचालनमा रहदै आएको छ, भने आज चौतर्फी घेराबन्दिको सामना गरिहरेको छ । हालै विभिन्न सरोकारवालाको तारो बन्नुको साथै पानी माफिया, बिचौलियाको कारणबाट निकै प्रभावित बनेको छ । जबकी गत बर्ष २०७९ जेठ १९ गतेदेखि बिभिन्न खाद्द बस्तुको मुल्य बृद्धि हुदासमेत कोहि सरोकारवालाहरुको केहि सुनुवाई थिएन । उपभोतmाको हितलाई ध्यानमा राखि जारमा उद्योग मुल्य रु १८, बजार मुल्य रु ३५, उपभोतmा रु ४५,४७ र बोतलमा उद्योग मुल्य प्रति बाकस रु १३० बजार मुल्य १४५, १६० र अधिकतम खुद्रा मुल्य प्रति बोटल रु १६ कायम भएको छ । तर हाल बिचौलियाको चरम खेलवाड तथा नियमन निकायको ससतm अनुगमन तथा उद्योगीलाई बिना जानकारी जार नष्ट गर्दा उद्योगी दोहोरो तेहोरो मर्कामा पर्न गएका छन् । उपभोक्तालाई ध्यानमा राख्र्दै बर्षातको अवस्थामा पनि गुणस्तर पानी बिक्रि बितरण गर्र्दै सहजीकरण गर्ने कार्य गर्दा पनि माफिया र बिचौलियालाई आपत्ति भएको पानीका आम उद्योगीहरुको भनाई छ ।, यता भने, सोहि प्रकृतिको ग्यासको हकमा एक सिलिण्डर २९ केजी ढुवानी गर्दा रु १०० मन्जुर दिन हुने तर पानीमा ढुबानी खर्च जोड्दा पहाडै खसेझै गर्ने प्रचलनले समेत पानी उद्योगी कमाउने भन्दा दिन दुई गुण रात चोगुना गुमाउदै गएको आम उद्योगीको गुनासो रहेको छ । संघलाई पटक पटक जानकारी गराउदै आएको र मध्य नजर गर्दै अन्य उपभोग्य खाद्य बस्तुको चौगुण मुल्य बृद्धि भएतापनि पानीको हकमा गत बर्ष लिएको मुल्यलाई यथावत कायम राख्दै तपसिल बमोजिमको मुल्यलाई निरन्तरता दिने कार्य भएको छ । यस्त प्रवृतिदेखि कहिलेसम्म आम उद्योगी व्यवसायीले सहनुपर्ने ? के आम जनतालाई हाम्रो देशमा गरि खान नपाउने हो ? सरोकारवालाहरुले कहिले सुन्ने साना तथा सझौला व्यवसायीको मर्का ? के हाम्रो देशको नितिनियम यही होत ? जहा पनि माफिया र बिचौलियाको खेल ? सम्बन्धित निकायमा ध्यान जावस ।
The post नेपाल बोटल वाटर उद्योग संघले खानेपानी क्षेत्रका बिचौलिया अन्त्य गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44jx2z7 via IFTTT
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झरेको बताएका छन् । ओलीले बरामद भएको सुन गायब पार्दै लैजान खोजेको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्यो भन्दै ओलीले प्रश्न गरेका छन् । उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही रहेको उनले बताए ।
एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार यस्तो आशंका गरेका हुन् । उनले भने,‘हामीले सुन तस्करीको छानबिन गर्न उच्च समिति बनाउन भनेका थियौँ । तर,एक क्विन्टल भनिएको सुन ६१ केजीमा झर्यो, यो समिति नबनाउनुको परिणाम हो’ ।
पहिले एक क्विन्टल भनिएको सुन पगालेर जोख्दा ६० केजी ७१६ ग्राम भएको थियो । ब्रेक-सू सँगै जोख्दा १५५ केजी भएको थियो ।
The post छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ केजीमा झर्यो : ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sesJIh via IFTTT
काठमाडौं । जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोह स्रष्टा सम्मान , ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जनआकाश साप्ताहिकका प्रधान सम्पादक तथा सन्चारकर्मी मोहन कार्कीको सभापतित्व र प्रतिनिधिसभाको उप सभामुख ईन्दिरा रानामगरको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मनतब्य राख्दै संविधानसभाका उप(सभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै देखिने गरी समाजलाई देखाएर ऐनाको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
लोक गीतको लोकार्पण गर्दै उपसभामुख रानामगरले भन्नुभयो ‘म पनि रामेछापका बिभिन्न भू—भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै प्रशंसा गर्नुभएको थियो ।
अर्र्को प्रशङ्गमा उपसभामुख रानामगरले “यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दैहुनुहुँदोरहेछ । मैले पनि अनाथ स—सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थपे ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ” भन्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले जनआकाश साप्ताहिकलाई शुभकामना दिँदै जनआकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडिया जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मुख्य भूमिका हुनुपर्नेमा जोडदिनुभयो ।
शुभकामना दिने क्रममा टानका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य खुम बहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल छन् । यसको समस्याको सावधान सरकारी पक्षबाट हुनुपर्ने र पर्यटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने बताउनु भयो ।
कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर—पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।
The post मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईन : उपसभामुख ईन्दिरा रानामगर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qw1lVH via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका उपाध्यक्ष तथा पूर्वसभामखु कृष्णबहादुर महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका छन्।
मङ्गलबार सिंहदरबारमा सम्पादहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणमा नेता महराबारे प्रहरीले १/२ दिन मै निर्णय गर्ने बताएका हुन्।
‘यस विषयमा पनि मैले प्रहरीलाई महराजीहरूको संलग्नता भए अनुसन्धान गर्नुपर्थ्यो, मुद्दा चलाउनुपर्थ्यो भनें। दोषी छैनन् भने पनि आमनागरिकलाई उनीहरूको संलग्नता छैन भन्नुपर्थ्यो,’ उनले भने, ‘यो विषयमा मैले पार्टीभित्र पनि कुरा गरेको छु। प्रहरीलाई पनि भनेको छु। महराजीबारे प्रहरीले आज-भोलिमा के गर्ने भन्ने निर्णय गर्छ।’
The post महराजीबारे प्रहरीले के गर्ने भन्ने निर्णय गर्छ : प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QG7Mjv via IFTTT
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।
सोमबार सिआइबीले मुख्यसचिव पौडेलसँग ४ घण्टा लामो बयान लिएको हो।
सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का सदस्यहरूमाथि पनि अनुसन्धान गर्न आदेशदिएसँगै सिआइबीले तत्कालिन जग्गा प्रकरणसँग सम्बन्धित सबैको बयान लिने तयारी थालेको हो।
The post जग्गा प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआइबीले लियो बयान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/448TqLx via IFTTT
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद् सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा गएर देउवाकै खुट्टा ढोग्ने बताएका छन्। आइतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगकुरा गर्दै सांसद् शर्माले पार्टी सभापति देउवाको घरमा गएर देउवाकै खुट्टा ढोग्ने बताएका हुन्।
उनले भने, ‘त्यतिबेला म अलि टेन्सनमा पनि थिए। पार्टीको सभापतिलाई मुर्दावाद भनेको सुन्नुभयो र? म उहाँलाई घरमा गएर खुट्टा ढोगेर भेट्छु भनेर भनिरहेको छु। शेरबहादुर देउवालाई जिन्दावाद भन्न पैसा तिर्नुपर्छ र? हाम्रा सबै नेता जिन्दावाद नै हो। व्यक्तिमा नजाउ।’
यस्तै, उनले देउवालाई प्रधानमन्त्री बनाएर अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जानुपर्छ भन्ने सीधा कुरा छ। दायाँ बायाँ कुरै छैन। नेताहरुले भित्र र बाहिरको परिस्थिति र विविध कुरा हेर्नु हुन्छ, तर ढिलो चाँडो त्यहीँ जान्छ।’
The post सुनिल शर्मा भन्छन् : देउवाको घरमा गएर खुट्टा ढोग्छु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3s7g6i6 via IFTTT
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको बताएका छन्।
शनिबार सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको र त्यसको छानबिनका लागि आफू तयार रहेको बताएका हुन्।
उनले भने, ‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो। ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो। त्यो मेरो नियतबस् नभई मन्त्रिपरिषद्को निर्णय हो। म छानबिनका लागि तयार छु।’
यस्तै, उनले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेको आरोप लगाए।
उनले अहिलेको निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताउँदै भने, ‘कुनै पनि दलको बहुमत नहुने, कसैले चाहे जतिबेला पनि गठबन्धन परिवर्तन हुने हुँदा हाम्रो निर्वाचन प्रणाली बदल्नुपर्छ। गठजोडको खेलमा लाग्नुभन्दा संविधान नै संशोधन गरौँ, निर्वाचन प्रणाली बदलौँ भन्ने हाम्रो आग्रह हो।’
The post ललिता निवास : ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो पूर्वप्रधानमन्त्री भट्टराईको स्वीकारोक्ति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3se6Us8 via IFTTT
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ५ जना डाक्टहरू पक्राउ परेका छन्।
बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले कांग्रेस सांसद डा सुनिल शर्मासहित ५ जनालाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेमा सांसद शर्माका अलावा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन्।
The post नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : शर्मासँगै पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3s9tDpp via IFTTT
पोखरा । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।
अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको बैदाम प्रहरीले जानकारी दिएको छ ।
The post २४ तोला सुन सहित महिला पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qneYGF via IFTTT
काठमाडौं । नेकपा(माओवादी केन्द्र) को कोटाबाट लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएका नेकपा(माओवादी केन्द्र) केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोकका नेता खेन्पो लार्क्याल लामाको बिषयमा मिडियामा तथा सामाजिक सन्जालमा बिभिन्न किसिमका बिरोधावास टिप्पणीहरु भए पनि उहाँको घरमै पुगेर बधाई तथा शुभकामना दिनेहरुको घुईचो पनि कम छैन ।
बुढानीलकण्ठ ,गाणेश चोक स्थित उहाँको निजि निवासमा बिहानै देखि वधाई तथा शुभकामना दिनेहरुको भिडभाड देखिएको थियो ।
आफ्नो निवासको अतिथिकक्ष र बाहिर कम्पाउण्डमा रहेका शुभ चिन्तक तथा माओवादीका नेता कार्यकर्ता संग ब्यस्त देखिनुभएका उपाध्यक्ष लार्क्याल लामाले यस्ता सानातिना बिरोधहरु आई रहने बताउँदै यदि आफु गलत भए प्रमाणित गरेर देखाउन चुनौति समेत दिनु भएको छ ।
अब दुनियाले के भन्छ होईन मैले यो पदमा रहेर के गर्छु त्यो हेर्नुस् भन्दै लामाले कुरा काट्नेहरुको पछि लागेर साध्य नहुने बताउनु भयो ।
भेटघाट तथा बधाई दिन माओवादीका उच्च स्तरका नेताहरुसमेत लामाको घरमै पुगेका थिए ।
यसै बिच नेकपा(माओवादी केन्द्र) सम्बद्ध सम्पर्क समन्वय बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठको नेतृत्वमा पुगेको टोलिले लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
शुभकामना दिन जाने टोलिमा बागमती प्रदेश अध्यक्ष ठुलोबाबु श्रेष्ठ , सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज महेन्द्र घोरासैनी , जिल्ला अध्यक्ष जयराम आचार्य , महिला नेतृ मिथिला सिग्देल , सिन्धुपाल्चोकका युवा नेता जिमि लामा (विश्व), जिल्ला उपाध्यक्ष महेशलाल श्रेष्ठ , १ नम्बर क्षेत्रिय संयोजक विश्वराम पराजुली, क्षेत्रिय सचिव देवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
The post अब मेरो काम हेरेर मात्र मुल्याङ्कन गर्नुहोला : लाहर्क्याल लामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/450xFPu via IFTTT
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले भ्याउनेसम्म अनुसन्धान हुने बताएका छन् । प्रतिनिधि सभामा आज आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले मन्त्रालयले प्रहरीलाई तथ्य र प्रमाणले भ्याउनेसम्म निरपेक्ष रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउन निर्देशन भएको उनले बताए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यहाँ भन्दा माथि किन नगएको ? भन्ने प्रश्नहरु उठेका छन् । हाम्रो स्ट्यन्ड बाई डाइरेक्टिभ छ प्रहरी संयन्त्रलाई । अध्ययन अनुसन्धान र तथ्य र प्रमाणले जहासम्म जानुपर्छ त्यहाँसम्म जाने र निरपेक्ष भएर दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउने,’– उनले भने ।
कसैलाई कुनै पनि मुद्दामा फलाना दोषी होला भन्ने लागेकै आधारमा कारबाही नहुने उनले बताए । तथ्य र प्रमाणले भ्याएसम्म कोही पनि नछुट्ने उनले बताए ।
‘हामीमध्ये कसैलाई फलाना पनि संलग्न होला, अनुसन्धान त्यहाँ पुगेन भन्ने लागेको होला । तर, सरकार र अनुसन्धान संयन्त्रले लागेको आधारमा गर्न मिल्दैन । तथ्य प्रमाणको आधारमा गर्नुपर्छ । तसर्थ दोषीलाई तथ्य प्रमाणको आधारमा कानुनको दायरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा गएको छ,’– उनले भने ।
माओवादी वा कुनै पार्टी होस् अनुसन्धान र तथ्य प्रमाणले दोषी देखाउँछ भने कुनै नछुट्ने उनले बताए । अनुसन्धानमा दोषी पाइएमा कोही उम्किन नसक्ने उनले बताए ।
The post ‘नक्कली शरणार्थी प्रकरणमा तथ्य र प्रमाणले जहासम्म जानुपर्छ, त्यहाँसम्म जान प्रहरीलाई निर्देशन दिएको छु’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Oq4spX via IFTTT
काठमाडौं । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नियम, कानुन बनाउने अधिकार पाएको संसद्ले कुनै पनि विषयमा छानविन गर्न पाउनु पर्छभन्दा हस्तक्षेप गर्न नहुने बताए । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरुको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने र आफ्नो अधिकार र महत्व नबुझ्नेले उच्चस्तरीय छानविन समितिको विषयमा बोल्न नहुने बताए ।
‘हामीले संसद् अवरुद्ध गरेको होईन । एयरपोर्टबाट एक पटकमात्रै होईन, नौ पटक सुन तस्करी भएको छ । भण्डै १४/१५ क्वीन्टल सुन तस्करी भएको छ । त्यसको प्रमाण बाहिर आइसकेको छ । यो सरकार के हेरेर बस्यो ? यसका निकायहरु के हेरेर बसे ? यसमा सरकारमा रहेका मान्छेहरुको भूमिका छ भन्ने सबैले पुष्टि गरिसकेका छन् ।’ उनले भने, ‘त्यस्तो चिजलाई संसदीय समिति बनाएर छानविन गर्नपर्छ भन्दा त्यसलाई अस्वीकार गर्नु भनेको संसद्को सार्वभौम अधिकारमाथि यो सरकारले बालात्कार गरेको छ ।’
संसदीय समितिले गरेको छानविनलाई अस्वीकार गर्ने हो भने सांसदहरुले सरकारलाई नै अस्वीकार गर्नुपर्ने उनको भनाई छ । सरकारका निकायहरु संलग्न रहेको अन्तराष्ट्रिय विमानस्थलबाट एक सय क्वीन्टल सुन बाहिर आउँदा एमालेले संसदीय छानविन समितिको माग गर्नु स्वभाविक भएको उनले बताए ।
उनले संसदीय छानविन समिति बनेको दिन नै संसद् अवरोध हट्ने बताए । सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरा गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुन प्रकरणमा आफ्ना सांसदको नाम आएपछि आत्तिएको उनले बताए ।
सर्वोच्च अदालतले बेला–बेलामा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गइरहेको उनको आरोप छ । ललिता निवास प्रकरणमा माधव नेपालले प्रचण्डको निर्णय कार्यान्वयन गरेको अभिव्यक्ति दिएको उनको भनाई छ ।
‘ललिता निवास प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई र प्रचण्डजी समेत संलग्न हुनुभएको छ,’– उनले भने ।
The post सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनेपछि संसद् अवरोध हट्छः नेता पोखरेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OMLlrC via IFTTT
काठमाडौं । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की हिजो (साउन २० गते) देखि सेवा निवृत्त भएपछि श्रेष्ठले नेतृत्व सम्हालेका हुन् ।
पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीले महसुस हुने गरी छिटो मुद्दा फछ्र्यौट गर्न आगामी दिनमा चाल्ने कदमका बारेमा न्यायाधीशहरुसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन गर्न कामहरु तय गर्ने बताए ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको सुधारका लागि सिङ्गो समूह नै लाग्नुपर्ने र त्यसका लागि सबै न्यायाधीशहरु र प्रशासनले सहयोग गर्न आग्रह गरे । संवैधानिक परिषद्को बैठकले नेपालको ३१औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस गरिसकेको छ ।
संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सुनुवाइदेखि नियुक्तिसम्मको प्रक्रियामा केही समय लाग्ने देखिएको छ ।
श्रेष्ठको कार्यकाल आगामी वर्ष २०८१ असोजसम्म हुनेछ । न्याय सेवाको अधिकृत हुँदै जिल्ला न्यायाधीश, उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चको न्यायाधीश हुनुभएका कार्यकालमा अदालतमा रोकिएका कामहरु प्रारम्भ हुने विश्वास व्यक्त गरिएको छ ।
The post कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qx9h3t via IFTTT
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका छन्।
शनिबार बैठकस्थलबाट बाहिरिदैँ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका हुन्।
उनले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठूलो अभ्यास भएको बताउँदै भने, ‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ।’
The post केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भयो : अध्यक्ष प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Ymh2eo via IFTTT
The post कमल थापाले राजेन्द्र लिङ्देनलाई भने:- “सत्ताको फोहरी खेलमा नलाग्नुस्,सडकमा आउनोस् सङ्गै आन्दोलन गरौ” appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DJ4KmS via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौति दिँदै आफ्ना भनाई राखेका छन् ।
पार्टीमा परिवारवाद लादेकोदेखि छोरी गंगा दाहाललाई स्वकीय सचिव बनाएकोमा समेत केन्द्रीय सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।
केन्द्रीय सदस्यहरुले पार्टी रुपान्तरणको खाँचौ औंल्यउँदै रुपान्तरण प्रचण्डबाटै सुरु हुन आवश्यक रहेको बताए । आगामी महाधिवेशनबाट पनि प्रचण्डले पार्टी अध्यक्षको चाहना राख्ने भए चुनाव लड्न तयार हुनुपर्ने उनीहरुको भनाई थियो ।
The post प्रचण्डलाई केन्द्रीय सदस्यहरुको चुनौति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44S66aO via IFTTT
काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनशिलताको नितिलाई अबलम्बन गर्दै शान्ति,बिकास र उत्पादनको दिशामा अगाडी बढ्नु अहिलेको सरकारको मुख्य काम भएको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समितिका संयोजक भविश्वर पराजुलीले बताउनु भएको छ ।
आज नयाँबसपार्क बिजि मल अगाडी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय संघर्ष समिति र नेपाल सांस्कृतिक समाजको आयोजनामा भएको कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्धको अभियन्ता भविश्वर पराजुलीले यस्तो बताउनु भएको हो ।
जन गायकको रुपमा परिचय बनाउन सफल ऋषि अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रुकमिणी जाग्रीले राख्नु भएको थियो भने वक्ताको रुपमा बसन्त बहादुर भुजेल,हरि तामाङ,पहल सिंह परियार र भविश्वर पराजुली रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अब सबैले टोल टोलबाट भ्रटाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्ने र सरकारले भ्रष्टाचार बिरुद्ध निर्मम भएर लाग्नु पर्ने तर्क राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल सांस्कृतिक समाजका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
The post भ्रष्टाचार बिरुद्धका अभियन्ताहरु भन्नुहुन्छ “भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गर्नुपर्छ” appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44RAeTY via IFTTT
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी एक्सनमा उत्रिएका छन् । विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्दै एक्सनमा उत्रिएका हुन् । मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन् ।
मन्त्री मोदीको निर्देशनपछि सरुवा व्यवस्थापन कार्यदलले दिएको सुझावअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको थियो ।
यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ । जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ ।
त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ ।
यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ ।
यसअघिदेखि नै मन्त्री मोदीले पहुँच नभएकै कारणले विकटको विकट क्षेत्रमा रहिरहनुपर्ने कर्मचारीको बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन् ।
The post सिंहदरबार वरिपरीका कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउँदै मन्त्री मोदी, २२ जनाको भयो सरुवा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/455xbqO via IFTTT
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) छिटो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
आज (मंगलबार) कांग्रेस संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बसेको पदाधिकारी बैठकले संक्रमण कालीन मुद्दालाई टुंगोमा पुर्याउन उक्त ऐन छिट्टै पारित गर्न आवश्ष्क रहेको निश्कर्ष निकालेको हो ।
उक्त ऐन हाल प्रतिनिधि सभामा विचाराधीन छ । विधेयकको विवादित विषयमाथि अहिले प्रतिनिधि सभाको उपसमितिमा छलफल भइरहेको छ ।
The post टिआरसी विधेयक चाँडै पारित गर्न आवश्यक रहेको कांग्रेसको निश्कर्ष appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/47cGTJX via IFTTT