काठमाडौं । उच्च अदालत पाटनले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
निर्वाचन आयोगले तोकेकै समयमा खर्च विवरण सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकिएको भन्दै रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाल आयोगको निर्णय खारेजीको मागसहित उच्च अदालत पुगेका थिए ।
रास्वापा सांसदले दायर गरेको उक्त रिटमाथि सोमबार उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ ।
आयोगले समयमै निर्वाचन खर्च नबुझाएको भन्दै गत शुक्रबार प्रतिनिधि सभाका ४ मन्त्री १८ सांसदसहित २ हजार ४ सय भन्दा धेरै उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।
The post निर्वाचन आयोगलाई जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43OMG5l via IFTTT
मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो ।
बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
The post एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Yi12dE via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र बेथिति निम्त्याउन खोज्ने व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले बेथितिविरूद्ध लड्छु भनेर रास्वपामा लाग्ने तर पार्टीभित्रै बेथिति निम्त्याउँन उद्यत व्यक्तिहरूलाई नेतृत्वले चिनेको बताएका हुन्।
उनले त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूलाई पर पुगेर विदा गर्नुभन्दा आजै विदा गर्दा ठिक हुने बताए।
‘स्वार्थ लिएर जोडिनुभएको भए त्यस्ता पार्टीहरू बजारमा छ्यापछ्यापती छन्। तिनको ढोकासम्म म आफै पुर्याइदिउँला, रास्वपामा ठाउँ छैन,’ उनले भने।
सभापति लामिछानेले रास्वपामा जोडिनु उम्मेदवार बनिहाल्नु नभएको पनि स्पष्ट पारेका छन्। रास्वपाबाट सांसद, मेयर, उपमेयर, वडाध्यक्षको उम्मेदवार हुँ भन्दै केही मानिसहरू हिँडेको आफ्नो जानकारीमा आएको बताउँदै लामिछानेले पार्टीमा प्रवेश गराउनु उम्मेदवारको कन्फरमेसन नभएको बताए।
त्यसैका लागि पार्टीमा जोडिनेहरूको यात्रा लामो समय नजाने पनि उनले बताए।
‘किनकी यो पार्टी कुनै साधारण परिस्थितिमा जन्मिएको पार्टी होइन, यो पार्टी कसैलाई पोस्न पाल्न बनेको होइन। नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो,’ उनले भने।
उनले रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने पनि बताए। वडादेखि केन्द्रसम्म सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनैपनि शक्तिले रास्वपालाई हराउन नसक्ने लामिछानेको दाबी छ।
उम्मेदवार र पदाधिकारी छनोट गर्दा लिगलिगकोटमा दौडिएर राजा भएजस्तै दौडिएर पहिले जो आयो उ राजा हुने भनेजस्तो नहुने उनले बताए।
‘त्यस्तो भयो भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौं भने भएको २१ सिट पनि जोगाउन सकिँदैनं,’ उनले भने, ‘हामी ०८४ सम्म आफू बन्ने अभियानमा छैनौं पार्टीलाई बनाउने हो।’
The post पार्टीभित्र बेथिति निम्त्याउन खोज्नेहरूलाई चिनेका छौं: रवि लामिछाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/458bHtk via IFTTT
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले पद छोड्न भन्दैमा राजीनामा नदिने बताएका छन् । बिहीबार महोतरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार, तस्करी र अपराधको विरुद्ध अभियान चलाएकै कारण आफ्नो राजीनामा मागिएको बताए । भ्रष्टाचारविरुद्धको अभियानमा कसैले धम्क्याउँदैमा आफू पछि नहट्ने उनले बताए । अहिले एमालेले सरकारलाई विचलित बनाउन सकिन्छ भन्ने गतल मनशायले राजीनामा मागिरहेको उनको आरोप छ ।
‘जसले भ्रष्टाचार, तस्करी र अपराधको विरुद्ध अभियान चलाउँछ, उसले पद छोड्दिनुपर्यो भनेर कोही–कोही कराइरहेको देख्नुभएको होला । हामी कसैलाई सजिलो बनाउनलाई छोड्नेवाला छैनौं । कसैले नसोच्दा हुन्छ, एकचोटी धम्क्याएपछि पछाडि जान्छ भनेर,’– उनले भने ।
सरकारले भ्रष्टाचार विरोधी अभियानमा आम जनताको समर्थन रहेको बताउँदै उनले आफ्नो निहित स्वार्थमा मात्रै अस्तित्व देख्नेहरुले विरोध गरिरहेको बताए । उनले कुनै पनि भ्रष्टाचार, अपराध र ठगीमा संलग्नता नभएकाहरुलाई आनन्दले निदाउनसमेत आग्रह गरे । सरकारको भ्रष्टाचार विरोधी अभियानले कसैकसैलाई निद्रा नलागेको बताउँदै उनले अपराधिक कर्ममा संलग्नता रहेको कारण निद्रा नलागेको हो भने आत्मसमर्पणका लागि आग्रह गरे । आत्मसमर्पण गरेको खण्डमा आफूहरुले सुत्ने ठाउँको व्यवस्थापन गरिदिने उनको भनाई छ ।
‘कोही–कोही मान्छेहरु सुत्दैसुत्दैनन् रे । मेरो के दोष भो त ? गल्ती नगरेको भए आरामसँग सुत्नु, निदाउनु । अपराध कर्ममा संलग्नता छैनभने, भ्रष्टाचारमा संलग्नता छैन भने, तस्करीमा संलग्नता छैन भने, ठगीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ । अपराधमा संलग्नता भएको कारणले निद्रा नलागेको हो भने आउनुस् कान्ुनमा आत्म समर्पण गर्नुस्, मजाले तपाईँहरुको सुत्ने ठाउँ हामी व्यवस्थापन गर्दिन्छौं । हामीले समात्नुभन्दा अगाडि नै मैले गल्ती गरेँ भनेर आउनुस्, आनन्दसँग निदाउनुस्,’– उनले भने ।
The post गृहमन्त्री श्रेष्ठको एमालेलक्षित अभिव्यक्तिः ‘भ्रष्टाचार र तस्करीमा संलग्नता छैन भने आनन्दले सुतेहुन्छ’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DzSqFq via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिमा राखेको आफ्नो धारणाको लिखित रुप र फरक मत पनि सार्वजनिक गरेका छन् । सो क्रममा उनले विभिन्न १३ बुँदे फरक मत पनि सार्वजनिक गरेका छन् ।
थापाले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आफूले पार्टीको केन्द्रीय समितिको साउन ८ गतेको बैठकमा राखेको धारणालाई लिखित फरक मतको रुपमा राखेको भनेर उल्लेख गरेका छन् ।
The post गगन थापाको फरक मत र केन्द्रीय समितिमा बोलेको धारणा सार्वजनिक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OvJwiD via IFTTT
काठमाडौं। काठमाडौं प्रहरीले काठमाडौंको भीआईपी क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका बस्ने ४७ वर्षीय घनश्याम कटवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई बूढानीलकण्ठ–५ बस्ने ४० वर्षीय दिनेश भनिने लीलाबहादुर घलान छन् ।
जयराम केसी नाम राखेर घनश्याम कटवालले आफैंलाई उपसचिव घोषणा गर्दै कार्यालयमा प्रमुखका रुपमा बसेको पाइएको छ ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौंको बुढानिलकण्ठमा मासिक एकलाख ८० हजार रुपैयाँमा घरभाडामा लिएर कार्यालय खोलि नक्कली कार्यालय खडा गरेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएका थिए ।
यसरी कार्यालय खोलेर ठगीगर्नेमा कार्यालय प्रमुख जयराम केसी, कार्यालय सञ्चालक पेम्बा तामाङ, आकाश राई र प्राविधिक इन्जिनियर दिपेश गुरुङ रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनीहरुमध्ये केसीले आफुलाइृ नेपाल सरकारको उप सचिव बताउने गरेका थिए भने पेम्बा तामाङले शाखा अधिकृत र आकाश राईले जनसम्पर्क अधिकृत रहेको बताएका थिए । उनीहरु हाल फरार छन् ।
उनीहरुले आफुहरु नेपाल सरकारको कर्मचारी भएको दाबी गर्दै केही कर्मचारीहरुलाई पछि नियुक्ती दिने गरी काममा लगाई डब्लुएफपीको नक्कली छाप तथा लेटर प्याड समेत बनाएर विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा करोडौं रुपैयाँको टेण्डर आह्वानको विज्ञापन समेत प्रकाशित गरेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
The post नक्कली कार्यालय खोलेर ठगी,नक्कली उपसचिवसहित दुई जना प्रहरी नियन्त्रणमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qbbd1y via IFTTT
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुन तस्करी भएको घट्नामा राजश्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ ।
विभागले नेपाल प्रहरीसँग पनि यो प्रकरणमा अनुसन्धानमा सघाउनको लागि सहयोग मागेको छ । प्रहरी हेडक्वार्टरले भने एसपी कृष्ण पंगेनीलाई खटाएको छ । एसपी पंगेनी हाल मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन्।
विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो। यो प्रकरणमा १९ जना पक्राउ परिसकेका छन् ।
The post राजश्व अनुसन्धानले सहयोग मागेपछि प्रहरीले खटायो एसपी कृष्ण पंगेनी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qe8Ef0 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले २०८४ सालमा हुने निर्वाचनको भन्दा वर्तमान अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुपर्ने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारमा किन गएको र प्रतिपक्षमा किन नबसेको अनि सरकारमा जाँदा आम नागरिकले अनुभूति गर्नेगरी के गनृ सकियो भन्ने आम चासोको विषय भएको बताउँदै कांग्रेसले सरकारको लिड गर्नुपर्ने बताए ।
उनले भने “हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो । यो संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको कुरा सकारात्मक लिएर पार्टीले लिड गर्नुपर्छ । पार्लामेन्टलाई थप समावेशी बनाउने हो । स्थिर सरकारका लागि उपाय छन्, २०८० सालमा छौँ तीन तहमा हामी सरकारमा छौँ । अझै साढे चार वर्ष समय सरकार चलाउन छ । हामीले यो समयमा काम गर्नुपर्छ, सबैजना ०८४ को कुरा गर्छन् । यो चार वर्षको जिम्मेवारी कसको त ? हामीले सरकारको लिड गर्नुपर्छ ।”
The post कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छः गगन थापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Q9cWnW via IFTTT
काठमाडौं। कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षा मन्त्रालय, सिंहदरबारमा आज (आइतबार) भएको भेटवार्तामा कावा प्रधानमन्त्री खड्काले केही समयअगाडि मात्र जिम्मेवारी पदभार सम्हालेको उनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा कावा प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे । उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवं घनिष्ठ रही आएको उल्लेख गर्दै चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पु¥याएको सहयोगका लागि उनले धन्यवाद व्यक्त गरेका थिए ।
सो अवसरमा पोलिटब्यूरो सदस्य युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका महामहिम राष्ट्रपति सि चिनफिङको भ्रमणका अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताएका थिए ।
उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकासलगायतका क्षेत्रमा सहकार्य गर्न सकिनेतर्फ विचार राखेको मन्त्रालयले जनाएको छ ।
साथै, चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम आफ्नो भ्रमणकै क्रममा अगाडि बढाइने कुरा उनले उल्लेख गरेका थिए। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदानप्रदान हुने बताएका थिए ।
साथै, उनले पूर्वप्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गरेका थिए ।
पोलिटब्यूरो सदस्य युआनले नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीन विरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए । सो अवसरमा उनले कावा प्रधानमन्त्री खड्कालाई उपयुक्त समयमा चीन भ्रमणका लागि निमन्त्रणा दिएको मन्त्रालयले जनाएको छ ।
The post कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rK2dGA via IFTTT
काठमाडौं । सडक विभागका वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजनाका आयोजना निर्देशक रहेका पोखरेलले आफ्नै घरमा घरायसी क्षेत्रमा काम गर्ने २३ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको भिडिओ बाहिरिएको हो।
पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्। सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका छन्। त्यसपछि उनले युवतीको हात तानेर आफूतिर तान्न खोजिरहेका छन्। त्यसपछिको दृश्य भने स्पष्ट देखिएको छैन। जसमा धक्कामुक्की भइरहेको बुझिन्छ। युवतीले पोखरेललाई अवरोध गर्न खोज्दै चिच्याइरहेकी छिन्।
पीडित युवतीका अनुसार उनी पोखरेलको सिनामंगलस्थित घरमा एक वर्षदेखि घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन्। अविवाहित रहेकी उनले दैनिक एक डेढ घण्टा काम गर्नेगरी मासिक ६ हजार तलब बुझ्दै आएकी थिइन्। आमाबुवाको अवस्था नाजुक रहेको र ऋणमा रहेकाले आफू यसैगरी घरायसी कामदारका रूपमा काम गरेर जीविका चलाइरहेको पीडित युवती बताउँछिन्। ‘यसैगरी दुईतीनवटा घरमा दैनिक एक डेढ घण्टा भाँडा माझ्ने, पुछा लाइदिने काम गरेर थोरथोरै रकमले जीविका चलाउँदै आएकी छु,’ उनले भनिन्, ‘तर श्रम गरेर खान खोज्दा पनि समाजले दिने रहेनछ।’
पोखरेलको घरमा चिनजानकी दिदी नाता पर्नेले काममा लगाइदिएको पीडित युवती बताउँछिन्। उनी भन्छिन्, ‘म उहाँ(पोखरेल)लाई अंकल र उहाँकी पत्नीलाई आन्टी भनेर आदर गरेर बोल्थेँ। पहिला केही थिएन। पछि उहाँ जिस्कन थाल्नुभयो। मैले इग्नोर गर्दै आइरहेकी थिएँ।’
त्यसै क्रममा फागुन २७ गते पोखरेलले आफूमाथि पहिलोपटक दुर्व्यवहार गरेको पीडित युवतीले बताइन्। ‘त्यसपछि म केही समय उहाँको घरमा काम गर्न गइनँ। केही दिन नगएपछि आन्टीले फोन गरेर कर गर्नुभयो। मेरो आर्थिक अवस्थाले जानैपर्ने भयो,’ उनले भनिन्। काममा गएको दिन नै पोखरेलले कोही नभएको मौका पारेर खुट्टा छोएर माफी मागेको उनी बताउँछिन्।
केही समय फेरि सामान्य ढंगबाट काम गरिरहिन्। फेरि वैशाखको १० गते कोही नभएको मौका पारेर पोखरेलले आफूमाथि उसैगरी दुर्व्यवहार गरेको पीडित युवती बताउँछिन्।
यसै क्रममा असार ८ गते उनी पोखरेलको घरमा काममा जाँदा थोरै ढिलो भयो। ‘उहाँ (पोखरेल)ले मलाई कल गरेर किन ढिला गरेको ? छिटो आऊ काममा भन्नुभयो,’ पीडित युवतीले भनिन्, ‘मलाई शंका लागिसकेको थियो, खास्सै ढिलोचाँडो हुँदा फोन नगर्ने मान्छेले फोन गरेपछि।’ त्यो दिन पोखरेलको घरमा श्रीमती र छोराछोरी कोही रहेनछन्। ‘शंका लागेकाले बाहिरबाटै क्यामरा खोलेर गएकी थिएँ। उहाँले फेरि उसैगरी दुर्व्यवहार गर्नुभयो। त्यही रेकर्ड हो यो,’ पीडित युवतीले भनिन्। आफूमाथि लगातार भइरहेको दुर्व्यवहार को प्रमाण खोजिने भएकाले भिडिओ रेकर्ड गर्नुपरेको पीडित युवती बताउँछिन्। त्यसपछि पोखरेलकी श्रीमतीलाई त्यो भिडिओ देखाउँदा उल्टै ‘तँ फसाउन लागेकी’ भनेर प्रतिक्रिया दिएको पीडित युवतीले दुःखेसो गरिन्। नागरिक दैनिकबाट
The post आयोजना निर्देशकको यौन हर्कत ! appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rJAlC8 via IFTTT
काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेका १० जनालाई अनुसन्धानका लागि म्याद थप गरेर बयान लिने क्रम चलिरहेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिएको छ । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
“विस्तृत अनुसन्धानका लागि अनुसन्धान अधिकृतहरू तोकिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पक्राउ परेकाहरूले बयानमार्फत थप कसैको नाम पोल्ने र अनुसन्धान गर्दा थप प्रमाण फेला पार्न सकिन्छ कि भनेर अबको अनुसन्धान त्यतातर्फ केन्द्रित भएको छ”, विभागका सूचना अधिकारी नवराज अधिकारीले भने ।
यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ । ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको निर्देशनमा काम गर्ने गरी अनुसन्धान अधिकृत तोकिन सक्ने व्यवस्था गरेको छ ।
राजस्व चुहावटसँग सम्बन्धित प्रमाण सङ्कलन गर्दा कसुरमा मुछिएका व्यक्तिलाई पक्राउ गरी कारबाही चलाउने, गोदाम वा आवश्यकतानुसार अन्य स्थानको खानतलासी लिने, त्यस्तो गोदाम वा स्थानलाई सिल गर्ने, सम्बन्धित कागजपत्र तथा मालवस्तु आफ्नो कब्जामा लिनेलगायतका अधिकारसहित अनुसन्धान अधिकृतहरू तोकिएका हुन् ।
रेडी ट्रेडर्सका नाममा हङ्कङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर बरामद भएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली र भन्सार छलेर कसरी बाहिर आइपुग्यो भन्नेबारे पनि राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ । त्यसका लागि विमानस्थल भन्सार तथा कार्गो गोदामका सिसीटिभी क्यामेराका फुटेज र सुरक्षा जाँचपासका क्रममा लिइएका एक्सरे मेसिनका इमेज थप अनुसन्धानका लागि भन्दै विभागले नियन्त्रणमा लिइसकेको छ । बुधबार बरामद भएको सुन हाल अनुसन्धानकै क्रममा रहेको र तौल तथा गुणस्तर परीक्षणसमेत हुन बाँकी रहेको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ ।
The post सुन प्रकरणः विस्तृत छानविनका लागि तोकियो अनुसन्धान अधिकृत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43S0qg1 via IFTTT
काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मागेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको थियो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने वयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।
विभागको टोलीले छापा मार्ने क्रममा छ वटा ठूला बाकस फेला परेको बताइएको छ । उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन ।
उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।
The post सुन लुकाएको आशंकामा बालुवाटारस्थित एक गोदाममा छापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44A78YT via IFTTT
काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
The post प्रधानमन्त्री दाहाल र कतारका राजदूत युसूफ बिन मोहम्मद अल हइलबीच भेटवार्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OkSUp7 via IFTTT
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।
इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरेको छ ।
समितिमा डा.शंकर कोइराला, डा.सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, डा.आत्माराम घिमिरे, डा. कृष्ण प्रसाद दुलाल, ज्ञानेन्द्रलाल प्रधान, उदय नेपाली श्रेष्ठ, अरुण सुवेदी, हरिप्रसाद पाण्डे, मोतिलाल दुगड, सुमन शर्मा, प्रदिप कुमार श्रेष्ठ, कुशकुमार जोशी र कृष्णप्रसाद भण्डारी मनोनित भएका छन् ।
इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था रहेको छ । विधानको सोही व्यवस्था बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २९ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष कार्कीले जानकारी दिए ।
गत असार १ गते बसेको कार्यसमितिको १७१औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्ने सम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो ।
सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकार मनोनयन गरेका हुन् । कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्ने बताइएको छ ।
The post इप्पानले गठन गर्यो विज्ञ सल्लाहकार समिति गठन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43Nz8HD via IFTTT
काठमाडौं। निर्वाचन आयोगले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित ३९ राजनीतिक दलहरुलाई जरिवाना गरेको छ ।
जरिवानामा पर्ने पार्टीहरुमा मन्त्री रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी, सांसद प्रभु साहको आम जनता पार्टी लगायत रहेका छन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र लेखापरिक्षण प्रतिवेदन तयार पारेर त्यसको एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
आयोगले निर्धारण गरेको समय वितिसक्दा पनि ३९ पार्टीहरुले लेखापरिक्षण प्रतिवेदन नबुझाएकाले जरिवाना गरिएको हो ।
The post बाबुराम भट्टराई सहित ३९ राजनीतिक दललाई जरिवाना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YbTZ6h via IFTTT
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई विधेयक प्रमाणीकरण गरेका छन्। बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
साथै उनले आव २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।
दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन्।
The post बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3K2NQmN via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।
शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका हुन्।
उनले भने,‘अहिले नयाँ-नयाँ प्रवृत्तिहरू आइरहेका छन्। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस।’
यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।
The post नयाँ दलहरू अब हामी गर्छौं भनेर आएका छन्, टिक्दैनन् : अर्थमन्त्री महत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pI4EZz via IFTTT
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन्।
राष्ट्रियसभाको बिहीबार बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताए।
“विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ”, मन्त्री गुरुङले भने, “न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउने छु ।”
मन्त्री गुरुङले नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको सदनलाई जानकारी दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको जानकारी दिए।
The post न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइने : मन्त्री गुरुङ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pSj1u7 via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू÷ नगराउनु ।”
निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ । आदेशमा निवेदक तथा महान्यायाधिवक्ता मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिन र उक्त विवादमा उक्त मितिमा सुनुवाइमा राखी निर्णयार्थ पेश गर्न भनिएको छ ।सर्वोच्चले उक्त मुद्दामा रिट निवेदकको माग बमोजिमको अन्तरिम आदेश अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
कोशी प्रदेश सभामा कुनै दलको पनि बहुमत छैन । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभाबाट बहुमत गुमाएपछि उनी पदमुक्त भएका थिए । कार्की पदमुक्त भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले पाँच दिनको समय सीमा दिएर सरकार गठनका लागि आह्वान गरेका थिए ।
नेकपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका उद्धव थापाले प्रदेश सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा बहुमत पुर्यार सरकार गठनका लागि दाबी पेश गरेका थिए । दाबी पेश गरेकै दिन मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति गैरसंवैधानिक रहेका भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा वारेसमार्फत रिट दर्ता गराएका थिए ।
सर्वोच्चले विपक्षीको नाममा सात दिनको समय सीमा दिएर साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न भनेको छ । निवर्तमान मुख्यन्त्री कार्कीले मुख्यमन्त्रीको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) बमोजिम सरकार गठनको माग गरेका थिए ।
The post कोशी सरकारलाई सर्वोच्चको आदेशः ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्नु’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XVW324 via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि प्रधानमन्त्री दाहालले माओवादीबाटै सरकारमा सहभागी एक मन्त्रीको जिम्मेवारी खोस्ने भएका हुन् । अहिले माओवादीबाट प्रधानमन्त्री दाहालसहित पाँच मन्त्री छन् ।
उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ छन् । यस्तै, सञ्चारमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, पर्यटनमा सुदन किराँती र संघीय मामिलामा अमनलाल मोदी छन् । जनमतले प्रधानमन्त्री दाहाललाई विश्वासको मत कायमै राखेको छ । जनमत पुषमै सरकार गठन हुँदा सरकारमा सहभागी थियो ।
तर, पछिल्लो समय भने उसले भनेको मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुनको लागि जनमतलाई धेरै अघिदेखि नै प्रस्ताव गरिरहेका थिए । तर, विभिन्न कारणले जनमतको सरकारमा सहभागितामा ढिलाई भैरहेको थियो । आज विहान भने प्रधानमन्त्री दाहालले जनमतका अध्यक्ष सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
सो छलफलमा राउतले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिश गरेका छन् । उनले अनितादेवीको नाम मन्त्रीको लागि सिफारिश गरेका छन् । प्रधानमन्त्री दाहालले भोलि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले मन्त्री मोदीलाई फिर्ता बोलाउने निधो गरिसकेका छन् ।
मन्त्री मोदीले पनि आफू बिदा हुने मुड बनाईसकेका छन् । तर, यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा पर्यटनमन्त्री सुदन किरातीको पनि जिम्मेवारी खोसिने सक्ने चर्चा चलेको थियो । अहिलेपनि मन्त्रीहरु मोदी र किरातीमध्ये एकलाई हटाएर जनमतलाई सरकारमा सहभागी गराउने दाहालको तयारी छ । माओवादीनिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री दाहालले मोदीलाई नै हटाउने निधो गरिसकेका छन् ।
जनमतले भने विकासे मन्त्रालय मागेको छ । राउतले प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा पनि आफ्नो दलले पहिलेपनि उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको स्मरण गराउँदै यसपटकको मन्त्रिपरिषद हेरफेरमा विकास मन्त्रालय दिन माग गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले गठबन्धनभित्र छलफल गर्ने वचन दिएका छन् ।
The post मन्त्री मोदीको जिम्मेवारी खोस्ने प्रधानमन्त्री प्रचण्डको तयारी, जनमतकी साह मन्त्री बन्दै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43mQxX2 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता शंशाक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सभापति देउवालाई महाधिवेशनले सभापति बनाएको र उनको कार्यकालमा सहयोग गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ। विरोध मैले नै गर्न थालेँ भने के हुन्छ।
The post अधिवेशनबाट देउवालाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ : शंशाक कोइराला appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NSPbOq via IFTTT
काठमाडौं । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगित भएको छ । लगाताररुपमा अवरुद्ध हुँदै आएको बैठक तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि खआज सञ्चालनमा आएको थियो ।
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना अभिव्यक्तिका सम्बन्धमा सदनमा प्रष्टीकरण दिएका थिए ।
प्रधानमन्त्री दानहालको प्रष्टीकरणपछि तत्कालित राष्ट्रियसभाका सदस्य लालकाजी गुरुङ्गको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक शुक्रबार सम्मका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।
The post प्रधानमन्त्रीको स्पष्टीकरणपछि संसद बैठक चार दिन स्थगित् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pMoMth via IFTTT
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रदर्शनस्थमै पुगेका छन्।
मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरूलाई भेट्दै गृहमन्त्री श्रेष्ठले प्रदर्शन रोक्न र सरकारले पीडितहरूको पक्षमा काम गरिरहेको बताएका थिए।
आइतबार पीडितहरूले प्रदर्शन गरिरहेको स्थल नयाँ बानेश्वर पुगेका गृहमन्त्री श्रेष्ठले पीडितहरूलाई भने, ‘पीडितहरुलाई न्याय दिनको लागि अध्यादेश ल्यायो। अनुचित लेनदेन वा मिटरब्याजी सम्बन्धी ल्याएका थियौं। अध्यादेशको अवधी सकिएको कारणले निष्क्रिय भएको छ। विधेक संसदमा छ। अस्वीकार भएको होइन। विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने छ। कानुन बनाइछाडिनेछ।’
The post मिटरब्याजी पीडितसँग वार्ता गर्न प्रदर्शनस्थलमै पुगे गृहमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44Dju1Y via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को तनावमा परेका छन् । यसअघि आफ्नो अभिव्यक्तिको कारण एमालेले सदन अवरोध गरिरहेको थियो । सदन खुलाउन प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
सो छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति भएको थियो । एमालेले भने प्रधानमन्त्रीबाट चिक्तबुझ्दो जवाफ नआएमात्रै थप सदन अवरोधबारे निर्णय लिने तयारी थियो । बैठक २ घण्टा पर सारिएको थियो ।
दिउँसो ३ बजे बैठकका लागि सांसदहरु संसद् भवन पुगिसकेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली पनि संसद् भवन पुगेका थिए । तर, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जारी गरेको एक विज्ञप्ती पढेपछि भने माहोल फेरि बिग्रियो । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले लेखेको विज्ञप्ती पढेपछि भने ओली एकाएक फायर भएको उनीसँगै रहेका एक एमाले सांसदलले जानकारी दिए ।
उनकाअनुसार ओलीले प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार आचार्यले लेखेको विज्ञप्तीमा सदन अवरोध गर्ने एमालेको निर्णयमा मिटरब्याजसम्बन्धी कानून ल्याउन अवरोध गर्ने उद्देश्य रहेको गम्भीर आरोप लगाईएको पाएपछि प्रधानमन्त्री दाहाललाई त्यहीँबाट फोन गरेका थिए । ओलीले सिधै आचार्यले लेखेको विज्ञप्ती स्मरण गराउँदै कि आफूहरुमाथि लगाईएको आरोप पुष्टि गर्नुपर्ने नत्र माफी माग्नुपर्ने शर्त सुनाए ।
नत्र अहिले पनि सदन चल्न दिन्नँ भनेर चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले आफूले बुझेर भन्ने जवाफ दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले नै सभामुख घिमिरेलाई फोन गरेर आजको सदन स्थगित् गर्न आग्रह गरेका थिए ।
The post प्रधानमन्त्री प्रचण्डलाई थपियो अर्को तनाव, सल्लाहकारको विज्ञप्तीले ओली फायर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3rs7ulC via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि पार्टीको संसदीय दलको नेताबाट शेरबहादुर देउवालाई हटाउने घोषणा गरेका छन् । उनले आफू सुरुदेखि नै दलको नेता बदल्न लागिपर्ने बताउँदै आएका थापाले सो कुरा दोहोर्याएका छन् ।
उनले अब आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको सुनाए । कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
यसअघि दलको नेताको लागि उनले सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका थिए । पछिल्लो समय नेता थापाले सभापति देउवालाई एकपछि अर्को गरेर चूनौति पेश गरिरहेका छन् । युवा नेता प्रदीप पौडेलले पनि सरकारले यस्तै काम गरेर आगामी ०८४ को निर्वाचनमा कांग्रेस पराजित हुने दाबी गरेका छन् ।
The post महामन्त्री थापाले किन गरे फेरि संसदीय दलको नेता बदल्ने कुरा, प्रधानमन्त्री बन्ने आकांक्षा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43bPfOM via IFTTT
काठमाडौं । ४ दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।
मोर्चा गठन भएपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको पहिलो बैठकले मोर्चाको चाँडै नै सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो।
बैठकले हरेक ६ महिनामा मोर्चाको अध्यक्ष परिवर्तन गर्ने निर्णय गरेको छ।
यस्तै, बैठकमा मोर्चाको आगामी नीति र आचारसंहिता निर्माणका लागि चार सदस्यीय कार्यदल गठनपनि गरेको छ।
कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेकपा खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन्।
अध्यक्षको औपचारिक निर्णय नहुँदासम्म मोर्चाको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्ने भएका छन्।
The post समाजवादी मोर्चा : ६/६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43hLXJT via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिम क्षेत्रको आयोजनामा बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिम सम्पन्न भएको छ ।
बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिमको प्रमुख अतिथिमा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , बिशेष अतिथिमा महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठ , काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य ,अतिथिहरुमा काठमाडौं जिल्लाका महासचिव पशुपति श्रेष्ठ , काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष बिष्ण्ुकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको सभापतित्व पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरीले गरेका थिए भने कार्यक्रम सन्चालन पश्चिम क्षेत्रका सचिव राजेन्द्र कार्र्कीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य पश्चिम क्षेत्रका वरिष्ठ उपाध्यक्ष सालिकराम सुबेदीले राखेका थिए ।
कार्यक्रमका मुख्य प्र्शिक्षकको रुपमा रहेका मिडियाकर्मी नवीन “पल्लव” ले कोष तथा बैठक ब्यवस्थापन सम्बन्धि नितिगत तथा ब्यवहारीक शिक्षालाई संगठनको हितमा कसरी प्रभावकारी कार्यन्वयन गर्न र गराउन सकिन्छ भन्ने बारेमा कारब चार घण्टा लामो प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ,काठमाडौ,पश्चिमक्षेत्र अन्तर्गतका पाँचवटा एरिया समितिका सचिव र कोषाध्यक्षहरुको उपस्थिति रहेको थियो भने आयोजकको रुपमा पश्चिम क्षेत्रिय समितिको पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले साथ र सहयोग गरे ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रिय कार्यालयले आम ब्यवसायीहरुको हक हित र संगठनलाई चलायमान बनाउन आफु सक्षम रहेको पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरीले बताएका छन् ।
आज ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रिय कार्यालयले आयोजना गरेको बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिममा मन्तब्य राख्ने क्रममा अध्यक्ष शैलेस ठकुरीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले यस्ता कार्यक्रमहरुले आम ब्यवसायीहरुको मनोवल उच्च बनाई संगठन प्रतिको जिम्बेवारी बहनगर्ने क्षमता बिकास गर्ने भन्दै कार्यक्रम आयोजना गर्ने पश्चिमक्षेत्रिय समिति परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौं जिल्लका अध्यक्ष सुनिलकुमार अमात्यले राम्रो कामकोलागि काठमाडौं जिल्ला सदैव सहयोग गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष तथा कानुन ब्यवसायी केदार अधिकारीले संगठन र ब्यवसाय भित्र हुन सक्ने कानुनी जटीलता र त्यसको निराकरणको बिधि बारे सैदान्तिक अवधारणा राख्नु भएको थियो ।
सहभागिको तर्फबाट पश्चिमक्षेत्रका कोषाध्यक्ष रामचन्द्र नगरकोटी र उपाध्यक्ष निरेश महर्जनले मन्तब्य राख्दै सिकेका ज्ञानहरुलाई ब्यवहारमा लागु गर्न सकेमात्र यस्ता कार्यक्रमहरुको महत्व बढ्ने र अझै धेरै सिक्न बाँकी रहेको बताएका थिए ।
यो कार्यक्रमको संयोजन तथा ब्यवस्थापन गर्ने जिम्मा सोसल मिडिया एण्ड लिगल सर्भिसले गरेको थियो ।
कार्यक्रमको प्रयोजन तथा सहयोगिको रुपमा गणपति नमोः सप्लायर्स ,किर्तिपुर , बोलबम हार्डवेयर प्रा.लि.,आर. जे. ट्रेडर्स लगायत बिभिन्न ब्यवसायीक संस्थाहरु रहेका थिए ।
कार्यक्रमको मिडिया सपोर्टरको रुपमा साराखवर डटकम,संवाददाता डटकम, राष्ट्रिय खवर डटकम र शान्तिनेपाल मिडिया हाउस रहेका थिए ।
The post ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिम क्षेत्रको आयोजनामा बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44yuE8d via IFTTT
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् । हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति विवादमा परेको छ ।
सो सन्दर्भमा बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको पनि आरोप लगाएका छन् । उनले देश भारतीय गुलामहरुले चलाईरहेको र आफूमात्र विरोधमा रहेको सुनाएका छन् । उनले अरु सबै मरेको लाश हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो,
दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ?
र म मात्र अदालतको अबहेलनामा ?
सबै जना मरेका लाशहरु हुन ?
The post मेयर बालेन शाह सांसदहरुमाथि खनिए, सबै जना मरेका लाशहरु हुन ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PLMeS5 via IFTTT
काठमाडाैं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक आज संघको केन्द्रीय कार्यालय धापासी काठमाडौंमा सम्पन्न भयो । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत नेपाल महिला संघलाई सशक्त भातृ संगठनको रूपमा अगाडि बढाउने उद्देश्यका साथ बैठक बसेकाे हो ।
लोकतन्त्रवादी महिलाहरूको एकमात्र छाता संगठनको रूपमा ७६ वर्ष अगाडि नेपाली महिलाहरूको सर्वाङ्गिण हित, राजनितिक अधिकार प्राप्ति, स्वतन्त्रता, समानता, आर्थिक समानताका सवालमा बुलन्द आवाज उठाउने पवित्र उद्देश्यका साथ स्थापना भएको नेपाल महिला संघले आम महिलाको हक अधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भुमिका खेल्नुपर्नेमा बैठकमा सहभागी महिलाहरूले जोड दिएका छन् । बैठकमा बोल्दै संघका अध्यक्ष मिश्रले महिला संघ स्थापना पश्चात हरेक राजनितिक आन्दोलनहरूमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको यो संगठनको भविष्यमा पनि विशेष भुमिका रहने बताउनुभयो ।
बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसा विरूद्धको समिति (Domestic violence) संयोजकमा सरस्वती बस्नेत र सदस्यहरूमा डा. सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, Rapid Response Team मा डा. अमिता प्रधान, डा. सिता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भिमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।
पार्टीको चौधौं महाधिवेशन पछि बनेको तदर्थ समितिले यथासक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । बैठकले प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, संघको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको स्मृति दिवस मनाउने लगायतका निर्णयहरू गरेको र जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रदेश प्रशिक्षणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने अधिकार अध्यक्षलाई दिएको भण्डारीले जानकारी दिनुभयो ।
वर्तमान परिस्थितीमा महिलाका राजनितिक, आर्थिक हक अधिकार लगायत समानता र सुरक्षाका विषयमा नेपाल महिला संघ कसरी प्रस्तुत हुने, नेपाली काँग्रेसको नीति तथा सिद्धान्त लगायत महिला सुरक्षा र महिला संघको आगामी कार्यदिशा सहित विभिन्न विषयहरूमा जानकारी गराउने उद्देश्यका साथ सातैवटा प्रदेशमा प्रशिक्षण गर्न लागिएको हो ।
बैठक पछि संघका अध्यक्ष तथा सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटि महिला संघको बैठक तथा भावि कार्ययोजनाका बारेमा जानकारी गराएका छन् । भेटमा सभापति देउवाले नवगठित केन्द्रीय तदर्थ समितिका अध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । संघलाई महत्वपुर्ण निर्देशन दिँदै आधा आकाश ढाक्ने महिलाहरूको संगठन अझ संगठित र जुझारू भएर आफ्ना हक अधिकारका लाग्नुपर्ने र विगतमा पार्टी निर्माणमा महिला संघको अहम् भुमिका निर्वाह गरेको पनि देउवाले बताउनुभयो । संघले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिहरूको मनोनयन गर्ने कामलाई छिट्टै पुरा गरी संगठनलाई गतिशील बनाउने जनाएको छ ।
The post नेपाल महिला संघको प्रथम बैठक सम्पन्न, विभिन्न समिति गठन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/46EagEw via IFTTT
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पूरा गर्न सम्झाएका छन् ।
हिजो दलको एक कार्यक्रममा गगन थापाले भनेको कुरा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाईँदैन भनेका थिए ।
थापाको उक्त अभिव्यक्ति स्मरण गराउँदै मेयर शाहले अब काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय र सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
माननीय गगन थापाज्यु ! दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।
The post महामन्त्री थापालाई आफ्नो बोली आँफैलाई भारी भयो, मेयर बालेनले बोलेको कुरा पून गर्न भने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PIJAwp via IFTTT
काठमाडौं । नेपाली कांग्रेको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
The post कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3JMHtUz via IFTTT
काठमाडौं । ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन्।
आइतबार महानगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले ललिता निवासमा नगर प्रहरी पठाएका थिए।
महानगर प्रहरीले सो क्षेत्रमा पुगेर बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो।
The post ललिता निवास जग्गा भित्रका संरचना हटाउन बालेनको ७ दिने अल्टिमेटम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Xzvxew via IFTTT
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा दिइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि प्रदेश प्रमखु खापुङले आह्वान गरेका छन्।
The post कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NZq6Tb via IFTTT