काठमाडौं । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदबिनै सुरु भएको बैठक प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।
विहान ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्म पनि सुरु नभएपछि सत्तापक्षका सांसदहरुले आजको बैठक वहिष्कार गरेका थिए ।
सत्तापक्षका सांसदबिनै सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेटमा असन्तुष्टि जनाउँदै एमाले र राप्रपाले अवरोध गरेपछि सभामु भुवनकुमार पाठकले १७ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
The post सांसदबिनै सुरू भएको बागमती प्रदेशसभाको बैठक आइतबारसम्म स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CUnrnn via IFTTT
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको।
कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको जानकारी दिए। उनले अन्यको हकमा चार, पाँच रोपनी जग्गा रहेको देखिएको बताए।
यस्तै, अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको आरोप लगाइएको छ। प्रहरीले मङ्गलबार गुरुङ र शाहसहित धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ।
सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये अन्य तीन जनालाई भने कागज गराएर हिजो नै छाडिएको थियो। सिआइबीका अनुसार उनीहरुलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो। यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी हुन्।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि सिआइबीले पुन अनुसन्धान थालेको हो। उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
The post भाटभटेनीका सञ्चालक गुरूङ र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3COfxvM via IFTTT
काठमाडौं। झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र नीजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जुदेवीले नेपाली नागरिकता लिएका हुन् ।
उनीहरुले झुठो विवरण पेश गरी केही कर्मचारीहरुको मिलेमतोमा नेपाली नागरिकता प्राप्त गरेका हुन् । नेपाली नागरिकता प्राप्त गरेपश्चत उनीहरु नेपालमा विभिन्न किसिमको अवैध कार्यमा संलग्न रहँदै आएका छन् । सुन चाँदीको तस्करी, अवैध भारतीय रुपैयाको कारोबार हुन्डी लगायत लागूऔषध ओसार पसार तथा कारोबारमासमेत संलग्न रहेका छन् । अवैध धन्दाबाट उनीहरुले नेपालमा अकुत सम्पत्ति आर्जन गरेका छन् । उनीहरुले पर्सा जिल्ला साविकको बगही गाविस वडा नं–३ हाल विरगञ्ज महानगरपालिका वडा नं–२८ स्थायी ठेगाना राखेर नागरिकता लिएका हुन् ।
सोनार दाजुभाइहरुको भारतको विहार स्थित पन्चायत आमनिर्वाचन नामवली सन् २०२१ मा नाम रहेको भोटर आईडी समेत फेला परेको छ। भारतीय नागरिक महादेव साह सोनारका छोरा रामनाथ साह सोनार, नेपालमा रामनरेश साह सोनारको नामले नेपाली नागरिकता प्राप्त गरेका (भारतमा बच्चा साह सोनारको नामले चिनिएका) उनीहरु भारतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । उनीहरुको नाममा विहारको मोतीहारी जिल्ला अदालतमासमेत अनेकौ मुद्दा रहेको खुलेको छ ।
रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले प्ररिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोबार सघाउँदै आएका छन् । उनीहरुको वीरगञ्ज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदस् कारोबार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् ।
त्यसैगरी, भारतमा बच्चा साह सोनारको नामले कुख्यात पहिचान बनाएका रामनरेशले अहिले वीरगञ्जको माईस्थानमा जय माँ दुर्गे ज्वेलर्स, माँ दुर्गे मनि चेन्जर र मा दुर्गे मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन् । उनले त्यसैको आडमा सुन चाँदीको तस्करी, अवैध भारतीय तथा विदेशी मुद्राको कारोबार र लागुऔषधकोसमेत कारोबार सञ्चालन गर्ने गरेका छन् । अवैध कारोबारको आडमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनी र उनीकी श्रीमती मन्जु देवी सोनारिनको नाममा अहिले चितवन जिल्ला अदालतमा लागुऔषध (खैरो हेरोईन) कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा विचाराधीन छ ।
रामनरेशका भतिज पर्ने गोपालप्रसाद सोनार पनि उक्त अवैध धन्दामा संलग्न रहेका छन् । निजहरुमाथी जिल्ला प्रसाशन कार्यालय पर्सामा दोहोरो नागरिकता मुद्दा तथा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमासमेत मुद्दा परिसकेको छ। त्यसैगरि जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता छानबिनका लागि गृहमन्त्रालयमासमेत सिफारिस गरिसकेको तथ्य सार्वजनिक भएको छ। हालसम्म निजहरु निधर्क साथ आफ्नो कारोबार संचालनमा राखेका छन।
रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।
त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ ।
मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । reportersnepal
The post सात जना गैरनेपालीले पर्साबाट लिए नेपाली नागरिकता, पटक–पटक उजुरी पर्दा पनि भएन छानविन (प्रमाणसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PzfsDU via IFTTT
काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ। यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट गरे।
मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन जानकारी दिए। उनले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको बताए। हाल एक सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्।
हिमाली तथा तराईका जिल्लाका पालिकामा दिनैपर्ने विशेष परिस्थितिमा मात्रै स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिसबमोजिम स्थानीय तहमा कार्यरत सबैभन्दा ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको उनले जानकारी दिए।
The post सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने : मन्त्री अमनलाल मोदी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NNr2cZ via IFTTT
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेस तीनै तहको सरकारमा रहेपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले अब पार्टी सरकारमा बस्नुको औचित्य नभएको बताए ।
प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन् । सरकारमा बस्ने औचित्य सिद्दियो ।’ उनले पार्टी अब प्रतिपक्षमा बस्नुपर्ने धारणा राखेका छन् ।
उनले थपे,‘हाम्रो पार्टी तीनै तहको सरकारमा छ, स्थानीय तह, प्रदेशदेखि संघीय सरकारमा हाम्रो पार्टीको जबरजस्त उपस्थिति छ । तर, कांग्रेसका मन्त्रीहरुको राम्रो पर्फर्मेन्स देखिएन । स्थानीय तहमा पनि देखिएन । सरकारमा रहने नेतृत्वकर्ता असफल भएको देखियो ।’
सो क्रममा उनले अहिले एमालेसँग मिलेर सरकार बनाउनेबारे किन मिल्ने भन्नेबारे खाका प्रष्ट पारिनुपर्ने बताए । उनले भनेका छन–‘एमालेसँग किन मिल्ने भन्नेबारे अहिले नै सूत्रवद्ध कुरा बाहिर आउनुपर्छ । एउटा स्पष्ट रोडम्याप चाहिन्छ । बरु, कांग्रेस प्रतिपक्षमा बस्दा राम्रो हुन्छ । सरकारमा गएर काम छैन् ।’ उनले आफ्नो तर्फबाट अब पार्टीबाट महामन्त्री गगन थापा प्रधानमन्त्रीको उम्मेदवार भएको बताए ।
The post कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन, प्रतिपक्षमा बस्नुपर्छ : प्रदीप पौडेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/430hwb0 via IFTTT
The post परिबर्तनले जनतालाई राहत दिन सकेन,उल्टो संकटको चक्रब्युहमा फस्यो:- कमल थापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qZPjnr via IFTTT
काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङ्ले यस्तो बताएका हुन् ।
उनले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतामा बनेको हो ।
The post चिनियाँ राजदूत छन् सोङले भने–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत हो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/449xDUz via IFTTT
काठमाडौं। भ्रष्टाचार मुद्दामा आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले ९ वर्षको कैद सजय सुनाएको छ ।
कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँको जरिवाना सुनाएको हो।
आज (मंगलबार) विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।
The post भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन जनालाई ९/९ वर्ष कैद र चार अर्ब १० करोडभन्दा बढी जरिवाना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NCR3Mc via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चादेखि नतर्किन आग्रह गरेका छन्।
सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मोर्चादेखि नतर्किन र ढुक्क हुन आग्रह गरेका हुन्।
उनले भने,‘कुनै पार्टीलाई हामीले घुर्क्याउन खोजेका हैनौं। कसैलाई दबाब दिन पनि हामीले चाहेका हैनौं। कसैलाई तर्साउन पनि चाहेका हैनौं। नतर्सिनुस्, ढुक्क हुनुस्। तिनै तर्सिन्छन् जो प्रगतिको पक्षमा छैन। तिनै तर्सिन्छन् जो अग्रगमनको पक्षमा छैनन्। तिनै तर्सिन्छन् जो समाजलाई अमूल परिवर्तनको गर्नुपर्छ भने मान्यताको पक्षमा छैन।’
The post समाजवादी मोर्चादेखि नतर्सिनुस्, ढुक्क हुनुस् : अध्यक्ष नेपाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3p6bDLA via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किनेबित्तिकै एमालेसँग सहकार्य गर्ने तयारीमा छन् । उनी अहिले उपचारको क्रममा पत्नी डा. आरजु राणासहित सिंगापुरमा छन् । यो बीचमा एमाले नेतृत्वले माओवादीसँगको गठबन्धन तोडेर नयाँ रुपमा अघि बढ्न सभापति देउवालाई प्रस्ताव पठाएको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दसहितको समाजवादी मोर्चा नेपाल घोषणा गरेकोमा कांग्रेस सभापति देउवा रुष्ट छन् । एउटा गठबन्धन हुँदाहुँदै अर्को गठबन्धन गठन गरेपछि देउवा दाहालसँग रुष्ट बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने पक्षमा छन् ।
उनले यो बीचमा आफ्ना विश्वासपात्रमार्फत सभापति देउवासँग सम्पर्क बढाएका छन् । देउवा र ओलीबीच तत्काल सत्ता सहकार्यको लागि शेखर कोइरालालाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे पनि छलफल भएको बुझिएको छ । तर, एमाले नेतृत्व पँक्तिभित्र पनि शेखरलाई भन्दा देउवालाई नै प्रधानमन्त्री जानुपर्ने मत बलियो भएपछि ओली त्यसबारे पनि सकारात्मक बनेका छन् ।
एमाले नेतृत्वले प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नको लागि हरेक विकल्पमा छलफल खुला राखेको छ । एमालेले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि प्रधानमन्त्रीको लागि अफर गरेको चर्चा छ । तर, प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर रुष्ट बनेका देउवा माओवादीसँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गर्न राजी भएको सन्देश बालकोट पुगेपछि अहिले एमाले नेताहरु खुशी भएका छन् । देउवा स्वदेश फर्किएलगत्तै एमाले–कांग्रेस सहकार्यको लागि पहल सुरु गरिनेगरि दुवै दलका नेतृत्वकर्ताका विश्वासपात्रहरु सक्रिय भएका छन् ।
The post सिंगापुरबाट फर्किएलगत्तै एमालेसँग मिलेर सरकार बनाउने देउवाको तयारी, ओलीले दिए ग्रिन–सिग्नल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/445Obgi via IFTTT
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानो पार्टी एमालेमै फर्किएका छन् । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनी एमालेमा फर्किन राजी भएको एमाले नेताहरुले दाबी गरेका छन् ।
उनले आफू काम गर्न र खटिनको लागि एमालेमा आउन लागेको बताएका थिए । अध्यक्ष ओलीले पनि एमालेमा स्वागत रहेको भन्दै सक्रियतापूर्वक पार्टीको काममा लाग्न आग्रह गरेका छन् । सो क्रममा उनले अब पार्टीलाई बलियो बनाउन र ०८४ को निर्वाचनमा ६० लाख भोट कटाउनेगरि काम गर्ने बताएका थिए ।
नेकपा विभाजनपछि एकताको लागि अभियान चलाएर आएका गौतम पछिल्लो समय निश्क्रिय थिए । उता, भोलि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भोलि नै समाजवादी मोर्चा घोषणा गर्दैछन् । नेता गौतमलाई पनि उक्त मोर्चामा सहभागी हुन आग्रह गरिएको थियो । त्यसकै पूर्वसन्ध्यामा गौतमले ओलीसँग भेट गरेका हुन् ।
एमालेमा फर्किन लागेका वामदेवले आफ्नो अभियानमा सहभागी भएकाहरुको व्यवस्थापनको कुरा उठाएका थिए । स्वयम गौतमको एमालेमा कसरी व्यवस्थापन हुन्छ ? भन्ने कुरा खुलाईएको छैन् ।
The post वामदेव एमालेमा फर्किए, ६० लाख भोट कटाउने उद्घोष appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CyhYSY via IFTTT
काठमाडौं । हिमालपारी मनाङ तथा बिकट ठाउँका बालबालिकाहरुको शिक्षा लाई मध्यनजर गर्दै सन् २०१४ मा मनाङका बौद्ध भिक्षु सोनाम ग्याल्त्से घले (बौद्ध नाम ः लामा धुन्डुप) द्वारा स्थापना गरिएको स्नो मन्जुश्री बिद्यालयले छात्राबास उद्याटन ,बिद्यार्थी बिदाई तथा सहयोगी दाताहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
दुर्गम हिमाली क्षेत्र (मनाङ जिल्ला)का विपन्न बालबालिकालाई निःशुल्क गुणस्तरीय शिक्षा पाउने अवसर प्रदान गर्न उनले यो संस्था सुरु गरेका हुन् ।
हाल काठमाडौंस्थित विद्यालयले २ देखि १६ वर्ष उमेर समूहका १४० बालबालिकालाई वातावरण र शिक्षाजस्ता छात्राबास सहित उपलब्ध गराउँदै आएको छ ।
सोनाम ग्याल्त्से घलेको सभापतित्वमा भएको कार्यक्रममा मनाङका अवतारी राजाको रुपमा प्रख्यात बौद्ध गुरुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा यो बिद्यालयलाई यहाँसम्म पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने सबैलाई गुरुको बाहुलीबाट सम्मान गरिएको थियो ।
जर्मनमा आफ्नै क्लिनिक सन्चालन गर्दै आउनुभएकी डा. मिरा निरौला तथा बिजय निरौलाले यो विद्यालयलाई लामो समयदेखी सहयोग गर्दै आउनु भएको भन्दै कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा बिभिन्न ठाउँबाट लामा गुरुहरु , स्थानिय प्रसाशन , बिभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका बिदेशी पाहुनाहरुको समेत उपस्थिति रहेको थियो ।
यहि बिद्यालयमा अध्ययन गरेर १२ कक्षा पास गरि उच्चशिक्षाको लागि जाने बिद्यार्थिहरुलाई यो कार्यक्रममा सम्मान तथा बिदाई गरिएको थियो ।
The post स्नो मन्जुश्री बिद्यालयको छात्राबास उद्याटन ,बिद्यार्थी बिदाई तथा सहयोगी दाताहरुको सम्मान कार्यक्रम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CB65vA via IFTTT
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाले स्पष्ट गरे।
विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको उल्लेख गर्दै उनले भने, “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ।”
नेपाल–चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ। चीन र नेपाल एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन्।”
विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन तथा आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रवर्द्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धि विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकको हित प्रवर्द्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सराहना पनि गरे।
The post नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3p9IiQk via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी २०८४ सालमा हुने निर्वाचनमा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।
रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुट्न आह्वान गरेका हुन् ।
“आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ”, उनले भने, “वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा तयार गर्ने योजना छ ।”
सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे । रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ ।
The post निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुट्न लामिछानेको आग्रह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Jjk0u0 via IFTTT
काठमाडौं । कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत गरिएको छ।
कांग्रेसले मीन विश्वकर्माको नेतृत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा ३९ जना सदस्य मनोनीत गरिएको विज्ञप्तिमार्फत जनाएको छ।
The post कांग्रेसको केन्द्रीय प्रचार विभागमा ३९ सदस्य मनोनीत (सूचीसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3X8ILia via IFTTT
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को २१औं वार्षिक साधारणसभा तथा कार्य समितिको निर्वाचनमा एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्ष सिन्धुपाल्चोक बलेफी ६ का भरत प्रसाद पराजुली इपानको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ ।
आजै सम्पन्न साधारणसभा तथा कार्यसमितिको निर्वाचनबाट पराजुली केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।
लामो समय देखि हाईड्रो ब्यवसायमा लाग्नुभएका भरत पराजुली एक समाजसेवी समेत हुुनुहुन्छ ।
एकीकृत व्यापार कम्पनी मार्फत महत्वपुर्ण भुमिका निभाईरहनुभएका पराजुली सिन्धुपाल्चोकमा मात्र नभएर देशैभर चर्चा कमाउँदै गरेका ब्यवसायीहरुको अग्रपंतिमा देखिनु भएको छ ।
सामाजिक सेवामा बिशेष भुमिका निभाएको भन्दै राष्ट्रपतिबाट प्रदान गरिने पदक बाट बिभुषित भएपछि पराजूलीको चर्चा झन चुलिदै गएको थियो ।
सिन्धुपाल्चोकबाट स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)को केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित भरत प्रसाद पराजुलीले उर्जा उत्पादनको क्षेत्रमा अझ नयाँ आयम थप्ने बिस्वास गरिएको छ ।
नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी ,महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल , सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त सहित सबै पदाधिकारी निर्वाचित हुनु भएको छ ।
३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित हुनु भएको छ ।
The post एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरको अध्यक्ष भरत प्रसाद पराजुली नेपाल (ईप्पान)को केन्द्रीय सदस्यमा निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3JkOQlV via IFTTT
काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका भट्टराईले सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पुरानो घाउ कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुले चलखेल गरिरहेको बताए ।
“यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ,”– उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए ।
“द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ । त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो,”– उनले भने ।
उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको दाबी गरे । । “धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक–फरक दललाई छ”, अध्यक्ष डा भट्टराईले भने, “थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।”
The post घाउ कोट्याएर देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भइरहेको छः भट्टराई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42EDEHO via IFTTT
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३ सांसदले विश्वासको मत दिएभने २ सांसद् अनुपस्थित रहेका थिए।
मुख्यमन्त्री यादवलाई सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको एमालेलेसमेत विश्वासको मत दिएको छ।
योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्।
*मत संख्या अन्यथा हुन गएकोमा सच्याइएको छ।
The post मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45ZvAnQ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।
नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए।
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आज आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिए।
पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले कांग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताए। आशाले मान्छे बाँचे जस्तै कांग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने उनको भनाइ थियो।
देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा कांग्रेस रहेको बताउँदै उनले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याए।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको मन जित्न विकासको एजेन्डा र भिजन आवश्यक रहेको बताए। उनले पार्टी र नेतृत्वसँगको मनमुटावलाई सामाजिक सञ्जालमा जथाभावी रूपमा लेखेर समस्या समाधान नहुने बताए।
The post कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री गगन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CrKYM0 via IFTTT
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रुपमा अगाडि बढाएर निष्कर्षमा पुर्याउन माग गरेको छ । गत जेठ २५ र २६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको हो ।
बैठकले द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न प्रतिगामी हर्कतहरु भइरहेको भन्दै भत्सर्नासमेत गरेको छ । साथै, टीकापुर घटनाका दोषी रेशम चौधरीले पाएको आम माफीको बैठकले स्वागत गरेको छ । मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन लगायतका बन्दीहरुलाई यथाशीघ्र रिहाइको मागसमेत गरिएको छ ।
The post द्वन्द्वकालीन मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्ने प्रतिगामी हर्कत भइरहेको छःभट्टराई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42EitW6 via IFTTT
‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भन्नुभयो, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’
अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ ।’
‘बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो । आम्दानी नभइ खर्च गर्न सकिँदैन’ मन्त्री डा. महतको भनाइ थियो ।
‘धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको छ । धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैैन’ मन्त्री महतले भन्नुभयो, ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रवन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ ।’
‘म नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पु¥याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भन्नुभयो ।
‘गंगटेदेखि समुन्द्रटार मात्र होइन, थोर्पुभञ्ज्याङसम्म सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । यसैगरी विभिन्न शीर्षकमा विभिन्न ठाउँलाई त्यहाँको विकासलाई केन्द्रित गरेर बजेट छुट्टाइएको छ । जे जहायज छ, जे आवश्यक छ, जे न्यायोचित छ, हामीले बजेट विनियोजन गरेका छौं, मन्त्री डा. महतले भन्नुभयो, ‘ककनीको बाटोको कुरा पनि समेटिएको छ, त्यहाँबाट पिपलटार–त्रिशुली जाने बाटोको निर्माण व्यवसायी अदालत गएका कारण हामीले बजेट विनियोजन गर्न सकेनौं ।’
कृषिको सम्भावना ठूलो छ, अब उत्पादनमा अनुदान दिनेछौं । जसले उद्यम व्यवसायलाई सिर्जनशील ढंगबाट अगाडि बढाउँछ, उहाँले भन्नुभयो, ‘जसले उत्पादन गरेर देखाउँछ, उसले अनुदान पाउँछ । अब कृषि अनुदान दुरुपयोग हुने प्रवृत्ति समाप्त हुन्छ, वास्तविक कृषक उत्साहित हुन्छन् ।’
मन्त्री डा. महतले भन्नुभयो, ‘बजेटको मूल लक्ष्य बनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को बर्ष हामीले धेरै बजेट विनियोजन गर्न सकौं । आवश्यकताका आधारमा नुवाकोटले पाउनुपर्ने बजेट यस वर्ष सुनिश्चित भएको छ ।’
The post टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा. महत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NkQs1w via IFTTT
काठमाडौं। स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको तस्विर बाहिरिएपछि स्वतन्त्र युवाहरुले उनको समर्थनमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्वलनसमेत गरेका छन् ।
भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेसँग युवाहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् ।
The post ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45TvOwE via IFTTT
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७० वर्षे उमेर हद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने बताए ।
उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ । म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’
आफू पदका लागि नभएर एमालेभित्र योगदान दिनका लागि जान लागेको गौतमले बताए । आगामी ११औं महाविधेशनमा पनि ओली नै अध्यक्षको उम्मेदवार भएको उनको दाबी छ । ओलीको ठाउँमा एमालेमा अरु कोही नेता उत्पादन नभइसकेको उनले टिप्पणी गरे ।
‘यो महाधिवेशनको अवधि सकिएपछि ११औं महाधिवेशन हुन्छ । त्यसको अर्को १२औं महाधिवेशनसम्म पनि बाँचिरहनु भयो केपी ओली भने उहाँ नै हो अध्यक्ष । अर्को व्यक्ति त्यहाँ छैन,’– उनले भने ।
The post ११औं महाधिवेशनबाट पनि अध्यक्ष ओली नै हुनपर्छ: वामदेव गौतम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42uHtyY via IFTTT
काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।
उनलाई सरकारले गणतन्त्र दिवसको दिन आम माफी दिएको थियो । चौधरीको आम माफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिईन् ।
कडायतको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, त्रिलोकबहादुर चन्द, बद्रीप्रसाद भुषाल, ज्ञानेन्द्रराज आरण, लक्ष्मी रेग्मी, हरिप्रसाद पंगेनी, रामचन्द्र पौडेल, लोकेन्द्र सिंह धामी र हरिबाबु श्रेष्ठले बहस गरेका थिए ।
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी म्याद सूचना प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. १, २, ३, ४ र ५ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत तथा विपक्षी नं. ६ ले आफैं वा आफ्नो कानूनबमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूलाई म्याद सूचना पठाई म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’– आदेशमा भनिएको छ ।
The post रेशम चौधरीको आम माफी मुद्दामा सर्वोच्चले माग्यो जवाफ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42mDmoR via IFTTT
राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।
The post राष्ट्रिय सभाको बैठक स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43oSHqa via IFTTT
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए ।
“स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई बचाउँदै नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानका लागि सरकार दृढ रहेको बताए । समृद्ध मुलुक निर्माण गर्न सरकार अगाडि बढेको उनको भनाइ छ । उनले गोरखालाई नमूना जिल्ला बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । मौलिक पहिचान र संस्कृतिको रक्षामा लाग्ने कलाकारहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको कला, संस्कृतिको, भाषा, भेषभूषाको रक्षा गर्दै गोरखालाई सांस्कृतिक नगर निर्माण गर्नका लागि सरकारले ‘गोरखा सम्पदा वस्ती’ निर्माण गर्न लागेको उल्लेख गरे । गोरखाको सांस्कृतिक पहिचानको रक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपाल निर्माणमा ऐतिहासिक भूमिकादेखि लोकतान्त्रिक आन्दोलनमा गोरखाको महत्वपूर्ण भूमिका रहेकाले गोरखा विश्व जगतमा स्थापित हुन सकेको बताए । संस्कृति बचाउने जिम्मा लेखक, कलाकार र पत्रकारको भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले गोरखाबाट काठमाडौँ आएर छरिएर रहेका साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, गायिका, चित्रकार, मूर्तिकार नाट्यकर्मी, पत्रकार तथा कला संस्कृतिको क्षेत्रमा क्रियाशिल सम्पूर्णलाई गोलबन्ध गरी आठ वर्ष पहिले गोरखा सांस्कृतिक समाज स्थापना गरिएको जानकारी दिए ।
सो समाजले साधारणसभा तथा अधिवेशनका क्रममा मेल्मादेवी सङ्गीत सम्मान वरिष्ठ गायक रामचन्द्र अर्याल, शान्ति मास्के कला सम्मान वरिष्ठ कलाकार रश्मी भट्ट, युवा प्रतिभा सम्मान मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे) र पत्रकार सम्मान वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई प्रदान गरेको थियो । उनिहरुलाई दोसल्ला, नगद पाँच हजार पाँच सय ५५ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
The post भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CfBTpM via IFTTT
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुबै देशबीच पारवहान, सीमा, ऊर्जालगायत महत्वपूर्ण सहमति भएको गुरुङले बताए ।
आइतबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहान, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धीमूलक हो । यसबाट दुबै देशले फाइदा लिन सक्नुपर्छ” गुरुङले भने ।
कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको अर्को विकल्प नभएको बताए । संसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।
राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।
“नेपालमा वित्तीय एकाधिकार पुँजीपति वर्गले परनिर्भरतातिर धकेलिरहेको छ । यसले राष्ट्रिय स्वाधिनतालाई बलियो हुन दिँदैन । लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउछ कि भन्ने चिन्ता भएकै कारण केही व्यक्तिले विरोध गरिरहेका छन् । गणतन्त्रको विरोध जनताले गरेका होइनन्, अस्थिरता निम्त्याएर नेपालीलाई परनिर्भर बनाउँने वित्तीय दलालको स्वार्थमा हो” गुरुङले भने ।
कसैले चाहदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए ।
संचारकर्मीको प्रश्नको जिज्ञासामा बोल्दै गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको बताए । सरकारले छानविन गरेर दलालमा पेश गरेको र अदालतले हेरिरहेको बताउँदै गुरुङले दोषीलाई सरकारले नछोड्ने र निर्दोशलाई नफसाउने बताए । शरणार्थी प्रकरण गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उन्मुक्ति दिन नहुने आफ्नो पार्टीको धारणा भएको गुरुङले बताए ।
The post प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43KYExv via IFTTT
काठमाडौं। काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ।
उनीहरूबीच नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भेटवार्ता भएको हो।
भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डले यस अगाडि बिहीबार मात्रै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
The post प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपतिबीच भेटवार्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WNWB9K via IFTTT