काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले आज इतिहासकै कालो दिवस भएको टिप्पणी गरे । राष्ट्रपति पौडेलले संविधान र कानुनमा उल्लेख नै नभएको अधिकार प्रयोग गरेको उनको दाबी छ । ‘आज नेपालको राष्ट्रियताको इतिहासमा कालो दिवस हो । संविधानमा १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । १६ दिनका दिन गर्न पाइँदैन । रामचन्द्र पौडेलले ०७९ सालमा विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको विधेयकमा लालमोहर लगाउनु भयो । कहाँ छ त्यस्तो व्यवस्था ?,’– उनले प्रश्न गरे ।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलले भारतलाई रिझाउनका लागि नागरिकता विधेयक प्रमाणीकरण गरेको उनको आरोप छ । भारतले पौडेललाई उपचार गराएर र प्रचण्डलाई १० वर्षे युद्दमा हतियार दिएर सहयोग गरेको र त्यसकै ज्यालाका लागि उनीहरुले यो विधेक ल्याएको नेउपानेले आरोप लगाए । ‘मालिकले औषधि उपचार गरेर पठाएको थियो रामचन्द्र पौडेललाई । अर्को मालिक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १७ हजार मार्न हतियार पठाएको थियो । बम पठाएको थियो । १० वर्ष ज्वाईँ जसरी पालेको थियो भारतमा । त्यसको ज्याला बुझाउनु थियो भारतलाई,’– उनले भने ।
भारतले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरी छुटाएर र नागरिकता विधेयक प्रमाणीकरण गरेर आउनका लागि भनेको उनको आरोप छ । यो देशको रक्षा गर्ने जिम्मा अब तराईवासी नागरिकको काँधमा गएको उनको दाबी छ । ‘तराईका नागरिकलाई म के भन्न चाहन्छु भने यो देशको रक्षा अब तपाईहरुले गर्नुपर्छ । होइन भने, यो देश रहेन भने भोलि विदेशीले लात हान्छ । यही कामका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाईएको हो । यो देशलाई लेन्डुप दोर्जेबाट बचाउन पर्छ । नागरिक जागेको खण्डमामात्र यो सम्भव छ,’– न्यौपानेले भने ।
The post मालिकले औषधिउपचार गरेर पठाएको थियो, राष्ट्रपतिले ज्याला तिरेः बालकृष्ण न्यौपाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MIcZDV via IFTTT
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादित रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनको यो कमद संविधानको भावना र मर्म विपरीत भएको संविधानविद्हरुको भनाई छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राष्ट्रपति पौडेलको यो कदमलाई भारतलाई रिझाउन चालिएको राष्ट्रघाती कदमको रुपमा चित्रण गरेका छन् । पौडेलको यो निर्णयविरुद्ध आफूहरुले सर्वोच्चमा रिट निवेदन लौजाने तयारी गरेको उनले बताए । भोलि सर्वोच्च खुल्नेवित्तिकै रिट निवेदन दर्ता गराउने उनको दाबी छ ।
‘विदेशीहरुलाई खुसी पारेर शासन सत्ता टिकाउने, नेपाली नागरिकहरुलाई शोषण गर्ने र नेपालीहरुलाईलाई अल्पमतमा पार्ने खेल भइरहेको छ । यसको परिणाम गम्भीर हुनसक्छ । हामी यो कदमलाई चुनौति दिन्छौं । हामी भोलि नै सर्वोच्चमा रिट निवेदन लिएर जाँदैछौं,’– रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।
The post नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MGrDvr via IFTTT
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका छन्।
मङ्गलबार अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू मरेपछि आफ्नो शालिक र मूर्ति बनाउनु नपर्ने बताएका हुन्।
उनले भने, ‘म मरेपछि मलाई सम्झिनु पर्दैन्, मेरो शालिक बनाउनु पर्दैन्, मैले थाहा पाउने भए पो हो भन्नलाई किन सम्झिने, किन समय खेर फाल्ने, मूर्ति बनाउनु पर्दैन्, शालिक बनाउनु पर्दैन, स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन। मेरो त धारणा त्यो हो।’
The post म मरेपछि मेरो शालिक र मूर्ति बनाउनु पर्दैन : अध्यक्ष केपी शर्मा ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3C07oE6 via IFTTT
काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदैै आएको प्रोतसाहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता खारेज गर्ने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तिय श्रोतमा परेको चापलाई कम गर्न यस्तो उद्धघोष गरेका हुन् ।
The post आगामी वर्ष प्रोत्साहन भत्ता खारेज गर्ने सरकारको घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43dJ2Cz via IFTTT
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् ।
आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए ।
समानुपातिक सांसद बनाउन आफूबाट महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद आर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।
The post ढकालद्धारा ढाका कुमारविरुद्व मानहानि मुद्दा दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43cYEGx via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा गरिएको नागरिक अभिन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले देशको गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नुपर्ने बेला आएको बताएका हुन्।
पूर्वराजा शाहले हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्ने बताउँदै आफ्नो पहिँचान हाम्रो शान र आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान भएको बताएका छन्। उनले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान भएको बताएका छन्। आफू जहाँ पुग्दापनि त्यहाँ नेपालीहरूको यस्तै आवाज सुनिने बताएका छन्।
उनले भने, ‘त्यसैले अब कसरी जाने के कस्तो विधी व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुन ताजारूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ। अब सोची के गर्दा देशको राम्रो हुन्छ अब सोची के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ।’
The post हाम्रो गौरव र गरिमालाई पुन: ताजारूपमा ल्याउन सोच्नै पर्ने बेला आयो : पूर्वराजा ज्ञानेन्द शाह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBl7dU via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पशुपति क्षेत्र विकास कोषको ३० रोपनी जग्गा अधीकरण भएको बताएका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका आलेले पशुपति क्षेत्र विकास कोषको कूल पाँच सय ३४ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी हालसाविक गर्न त्यहाँका सदस्य सचिवले भन्दा नमानेको बताए । अहिले त्यहाँका सदस्य सचिवले भने अनुसार बहालवाला मन्त्री सुदन किराँतीले पशुपति विकास कोषको जग्गा सुकुम्बासीका नाममा बाँड्ने तयारी गरेको उनको आरोप लगाए ।
‘अहिलेको मन्त्रीले कता–कता मैले सुनिराखेको छु, भैगो विचरा ती सुकुम्बासीहरु ३० रोपनी खाए खान्छन्, म त दिन्छु पुर्जा भनेर पूरै हैकमवादी जमाइराखेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू पनि पशुपति क्षेत्र विकास कोषको संरक्षक हुनुहुन्छ । पशुपति क्षेत्र विकास कोषको जग्गा अलिकति पनि तलमाथि भयो भने हामी छोड्नेवाला छैनौं,’ हिजो (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा आलेले भने ।
The post प्रेम आलेले लगाए मन्त्री किराँतीमाथि गम्भीर आरोप appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/437Qm2O via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैले प्रहरीसमक्ष उपस्थित् भएर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन् ।
उनले सरकारी अधिकारीहरूले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने सुझाव दिएका छन् ।आज (बुधवार) संघीय संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सापकोटाले भने,यो प्रकरणको पहरो प्रधानमन्त्रीसम्मै तानियो भने पनि पछाडि हट्नु हुँदैन। ज/जसका नामहरू आइराखेका छन्, सबभन्दा राम्रो कुरा के हुन्छ भने यदि उहाँहरूलाई विवादमा मात्रै पारिएको भन्ने उहाँहरूको तर्क हो भने नैतिकताका हिसाबले प्रहरीमा आफैं गएर आफैंले बयान दिने। होइन भने नैतिकताको शिक्षा पनि हुन्छ नि।
The post नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरु सबैले प्रहरीसमक्ष गएर अनुसन्धानमा सघाउनुपर्छ : सापकोटा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43u1fM9 via IFTTT
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि दश दिशाबाट हमला भएको र जिउँदै खाएर सिद्याउन खोजिएको दाबी गरेका छन्।
मङ्गलबार काठमाडौंमा आयोजित जनसंगठन पदाधिकारी भेलामा बोल्दै अध्यक्ष ओलीले आफूहरूमाथि दश दिशाबाट हमला भएको र जिउँदै खाएर सिद्याउन खोजिएको दाबी गरेका हुन्।
ओलीले भने, ‘हामीले यो दुई वर्षमा धेरै भयानक हमला, चारै दिशाबाट मात्रै हैन दसै दिशाबाट हामीमाथि तीव्र हमला भयो। हामीलाई सिध्याउन दशैँ दिशाबाट हमला भयो। तलमाथि, वरपर, पूर्व पश्चिम, उत्तरदक्षिण कुनाकुना कतै बाँकी नराखेर चौतर्फी हमाल भयो। हुँडारको बथान जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ, कसैले टाउकोतिर टोक्छ। हीही गरेर कराएर झम्टिए। जिउँदै खाएर सिद्याउन खोजियो।’
उनले त्यस्तो प्रतिकुल २ वर्षको अवस्थामा पनि पार्टी जोगाएको र पार्टीलाई पुनर्जीवित गराएको बताए।
The post एमाले दशै दिशाबाट हमला भयो, जिउँदै खाएर सिद्याउन खोजियो : अध्यक्ष ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43jH9UI via IFTTT
काठमाडौं । नेकपा (एमाले) ले सरकारको नीति तथा कार्यक्रम नेपाली जनता र मुलुकको हितमा नरहेको आरोप लगाएको छ । एमालेको नीति अनसन्धान प्रतिष्ठानले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै सरकारको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्रमा रहेको संटकलाई समाधान गर्न नसक्ने भन्दै त्यसलाई स्विकार गर्न नसकिने बताएको हो ।
सरकारको नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक विकास गर्न र नागरिकमा देखिएको त्रास र निराशाको भावनालाई आशामा बदल्न नसक्ने एमालेको निष्कर्ष रहेको छ । सरकारको नीति तथा कार्यक्रमले देशले भोगिरहेको समस्याको सामना गर्न नसक्ने एमालेको ठहर छ ।
The post ‘सरकारको नीति तथा कार्यक्रम स्विकार गर्न सकिँदैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Izyd5Q via IFTTT
काठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ।
विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए।
गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ। जसमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सदस्य तथा गृह सचिव सदस्य सचिव रहेका छन्।
समितिले जेठ १४, १५ र १६ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ। जसअनुसार जेठ १४ गते सञ्चारमाध्यममार्फत गणतन्त्र दिवसकेन्द्रित विशेष संवाद, परिसंवाद र जनचेतनामूलक कार्यक्रम र गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने सामग्री प्रकाशन/प्रसारण गरिने छ।
सोही दिन सबै जिल्लाहरुमा सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदान कार्यक्रम आयोजना गर्नेछ भने सबै पक्षको सहभागितामा सार्वजनिक तथा ऐतिहासिक स्थलको सरसफाई र डेंगी रोगविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले जानकारी दिए।
जेठ १४ गते नै विभिन्न आन्दोलन आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरुलाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा सम्मान गर्ने कार्यक्रम तय गरिएको छ। जिल्लास्तरका फरक क्षमता भएका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा शैक्षिक तथा उपयुक्त हुने खेलकूद सामग्री वितरणलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ।
जेठ १५ गते सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिने छ भने सबै सरकारी कार्यालय, महत्वपूर्ण स्थल, विदेशस्थित नेपाली दूतावास तथा आम जनताका घरघरमा साँझ दीपावली भर्न आव्हान गरिने मन्त्री शर्माले जानकारी दिए।
गणतन्त्र दिवसकै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको विशिष्ट विशेषता झल्कने विद्युतीय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरुमा पठाउने कार्यक्रम तय गरिएको छ। जेठ १६ गते रेडियो तथा टेलिभिजनबाट जागरणमूलक गीत प्रसारण गर्ने तालिका तय गरिएको छ।
नेपाल सरकारले सबै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ। सबै स्थानीय तहमा पनि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्षको अध्यक्षतामा समिति गठन गरी गणतन्त्र दिवस भव्य बनाउन अनुरोध गरिएको नेपाल सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो। ‘तिनै तहका सरकारले गणतन्त्र दिवस भव्य बनाउने छन्’– प्रवक्ता शर्माले भने– ‘यसपटक सामान्य दिवसको रुपमा मात्र नभई पन्ध्र वर्षको समीक्षा र आगामी रोडम्यापसमेत झल्कने गरी दिवस मनाउने तयारी गरिएको छ।’
नेपाल सरकारले पन्ध्र वर्षे उपलब्धि समेटेर पुस्तिका नै प्रकाशन गर्ने तयारी पनि थालेको छ। जेठ १६ गते साँझ टुडीखेलमा गणतान्त्रिक सांस्कृतिक साँझको आयोजना गर्ने तयारी पनि सरकारले गरेको छ।
The post गणतन्त्र दिवस भव्य बनाउने सरकारकाे तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3IAuJjh via IFTTT
काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए। यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो। वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ।
परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।
छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो तर सो कार्यदलको प्रतिवेदनमा नै अनुसूची थपेर नेपाली नागरिकको समेत नाम थपी अमेरिका लैजाने गिरोहको योजनामा यो घटना भएको हो। गोरखापत्र दैनिकबाट
The post नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41UkEEK via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । शनिबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम समर्थनयोग्य नरहेको भन्दै पार्टीका सांसदहरुलाई विरोध गर्न भनेका छन् ।
‘यसले कुनै मार्गदर्शन गर्दैन । यो स्विकारयुक्त छैन । समर्थन योग्य छैन । विरोध योग्य छ । यस्ता फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुःखद् कुरा हो । यसर्थ, यसलाई पास गर्न हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिसन त्यही हो,’– उनले भने ।
साथै, उनले आफ्ना सांसदहरु संसदमा नुन खाएको कुखुराझैं भएको टिप्पणी गरे । उनले संसद्मा जोस र जाँगरका साथ उपस्थित हुनसमेत सांसदहरुलाई आग्रह गरे ।
‘संसद्मा हाम्रो उपस्थिति लुलो– लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो। एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो,’– उनले भने ।
ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेकोसमेत बताए । उनले सरकारको नीति तथा कार्यक्रम केवल नजान्ने विद्यार्थीले चिट चोरेजस्तो भएको टिप्पणी गरे ।
‘दीगो विकासका लक्ष्य भन्छौं हामी, त्यो गन्तव्य हो । गन्तव्यहरुमध्ये कुन–कुन गन्तव्य पूरा गर्ने सन्दर्भमा यस वर्षमा के–के काम गर्ने ? यस नीति कार्यक्रममा आउनुपर्छ । संविधान कार्यान्वयनको सन्दर्भमा के गर्ने ? अर्को पञ्च वर्षीय योजनाको अन्तिम वर्ष छ, यस वर्ष कहाँ हामीले तार्गेट मिट गर्नेवाला छौं ? पञ्च वर्षीय योजनाको कि कुनै पनि मिट हुँदैन ?’ प्रश्न गर्दै उनले भने ‘त्यतातिर ध्यानै गएको छैन । हामी अर्को पञ्च वर्षीय योजनामा कसरी प्रवेश गर्छौं ? त्यसका निम्ति हाम्रो तयारी के हो रु ती कुराहरु आउनुपर्ने हो । यस कोणबाट हेर्दाखेरि यो नजान्ने विद्यार्थीले चिट चोरेजस्तो छ ।’
The post ओलीको निर्देशन, ‘सरकारका नीति तथा कार्यक्रमको विरोध गर्नु’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WlrFNy via IFTTT
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको अन्त्य नगरी आर्थिक समृद्धि र देश विकास गर्ने कुरा सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि सरकारले नछाड्ने दृढता व्यक्त गरे।
“प्रमाण पुग्ने दोषी जोसुकै भए पनि सरकारले छाड्दैन”, उनले भने, “अनावश्यक र सस्तो लोकप्रियताका लागि तथ्य र प्रमाणबिना सरकारले कसैलाई पनि छुँदैन।”
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नपरुन् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो। छानबिनलाई निष्कर्षमा पुर्याउन आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दह्रो साथ दिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठलाई प्रवास समन्वय समितिले बधाई तथा शुभकामना व्यक्त गरेको थियो। भ्रष्टाचार विरोधी सरकारको कदमलाई विश्वभर रहेका नेपालीको साथ र समर्थन रहेको समितिले जनाएको छ। प्रवास समितिले ठगी, मानव तस्करी, सरकारी कागजात कीर्ते र राज्यविरुद्धको अपराध गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको थियो।
प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वको प्रतिनिधिमण्डलमा सहईन्चार्ज लक्ष्मण पन्त, सचिव टेकबहादुर पाठक, कार्यालय सदस्य इन्द्रराज भट्टराई, सदस्यहरू सुरेन्द्र भुसाल, मनऋषि धिताल, डा कृष्ण कुमार श्रेष्ठ, रमेश तिवारी, हर्क थापालगायतको उपस्थिति थियो।
The post भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3onpFYy via IFTTT
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले तीन दिनभित्र आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नउपाका नेता लक्ष्मण थारुले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरिएको खण्डमा सरकारको समर्थन फिर्ता लिने बताएका हुन् ।
‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिता बारे सोच्न बाध्य हुनेछौं,’– उनले भने ।
The post सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Wg92ul via IFTTT
काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरेका छन् । आज (बुधबार) मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिए। निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताए ।
बागमती प्रदेशको ११ मन्त्रालयमध्ये छ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन् । पाँच वटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो । सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अझै पनि प्रदेशको दुई मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ ।
बागमती प्रदेशमा पाँच वटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन् ।
The post बागमती प्रदेशमा मन्त्री बहादुरसिंह लामालाई चार मन्त्रालयको जिम्मेवारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Mmy6f0 via IFTTT
काठमाडौँ । शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिवार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आरोपीहरूसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।
The post नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3W4FuQE via IFTTT
काठमाडौं । गत बैशाख २१ गते सम्पन्न ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा तथा ९ औं महाधिवेशनबाट निर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् ।
१८ बर्ष सम्म निरन्तर अध्यक्षको पदमा रहेर कार्यगरेका निवर्तमान अध्यक्ष मोहन कटुवाल तथा संस्थाको स्थापनाकाल देखिनै महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठको बिशेष उपस्थिति र बिभिन्न जिल्ला समिति ,क्षेत्र समिति ,इकाई समितिका अध्यक्ष र पदाधिकारीहरुको उपस्थितिमा नवनिर्वाचित समितिको पदभार ग्रहण गराईएको थियो ।
संस्थाका नवनिर्वाचित महासचिवले सन्चालन गरेको कार्यक्रममा क्षेत्रका अध्यक्ष जिल्ला अध्यक्षहरु तथा महासंघका निवर्तमान समितिका ब्यक्तिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो ।
कार्यक्रममा निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठले स्वागत मनतब्य राखेका थिए भने ,राम्रो कार्य सम्पादन गरेको भन्दै संस्थाका बिभिन्न कार्यालयको कार्यालय सचिवहरुलाई सम्मान गरिएको थियो ।
महासंघको कार्यालय सचिव मिरा श्रेष्ठ र काठमाडौं जिल्लाको कार्यालय सचिव सर्मिला तामाङ सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मोहन कटुवालले संस्था र ब्यवसायी हरुको हकहितकोलागि आफ्नो अन्तिम स्वास रहेसम्म लागिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए भने संस्थालाई राजनैतिक अड्डा र गुटबन्दिको चंगुलबाट बचाउन सकियो भनेमात्र सोचेजस्तो संगठन निमार्ण गर्नसकिने विचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै निर्वाचित बहालवाला अध्यक्ष ठुलोबाबु श्रेष्ठले “आम ब्यवसायीहरुको हकहित र उत्थानको लागि हामि कतिसम्म निर्मम हुने र कतिसम्म लचकहुने भन्ने कुरा समय माग गर्ला त्यहि बमोजिम चलौला तर हिजो संगठनको स्वरुप निर्माण गर्दै गर्दा वा पद मिलान गर्ने समयमा हामिले देखाएको ब्यबहार अनुसारको काम गर्न सक्छौं कि सक्दैनौ अब संगठनका सबैले प्रतिबद्धता जाहेर गर्ने बेला आएको छ ।
नेतृत्व सफल हुने या असफलहुने भन्नेकुरामा उ संग रहेको टिमले कस्तो काम गर्छ ,कति जिम्मेवारी बोध गर्छ त्यसले महत्वपुर्ण स्थान ओगटेको हुन्छ । नेतृत्वलाई स्थापित गराएर लैजान सके आफुपनि स्थापित भईन्छ र संगठनपनि बलियो हुन्छ भन्ने मान्यतालाई हामि सबैले स्विाकार गर्नुपर्ने हुन्छ ।
महासंघ बलियो हुनको लागि हाम्रो संगठनमा आबद्ध भएका ब्यबसायी बलियो हुन जरुरी छ । ब्यबसायीहरुको नजिकै रहेर कामगर्ने भनेको इकाई समिति हो ,त्यसकारणले सबै इकाई समितिहरु हाम्रो संगठनको मेरुदण्ड भएर उभिएका छन् । इकाईहरुको ब्यवस्थापन र केहि आधिकार क्षेत्रको दायरा फराकिलो बनाएर लानुपर्ने अवस्था देखिएको छ ।
सबै इकाईहरुको ब्यबस्थापन गरि रहेको क्षेत्र तथा जिल्ला समितिहरुलाई समेत कृयाशिल बनाएर महासंघलाई बलियो बनाउन सकिन्छ ।
आम ब्यवसायी ,इकाई समिति ,क्षेत्र तथा जिल्ला समितिहरुबाट आएका सुझाव सल्लाह तथा रिपोर्टकोआधरमा मात्र महासंघले योजना बनाएर अगाडी बढ्न सक्ने भएकोले आ—आफ्ना क्षेत्रमा भएका सम्भावना ,चुनौति तथा कार्ययोजनाहरु लिखितरुपमा महासंघमा पेशगर्न मातहतका सबै संगठनहरुलाई म अनुरोध समेत गर्दछु । अधिकारको खोजि गर्दा कर्तव्य भने बिर्सनु हुन्न । महासंघलाई प्रभावशालि संगठनकोरुपमा स्थापित गराउन तपाईहामि सबैको बराबर भुमिका रहन्छ भन्नेकुरा हामि सबैले भुल्नु हुँदैन ।
हामि ले हाम्रो संगठनलाई मजबुद बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील ब्यवसायलाई उद्योगकोरुपमा बिकास गर्ने योजना बनाउनु आजको आवश्यकता हो ।
उद्योग बनाउने भन्दै गर्दा हामि आफैंले गरिरहेको ब्यवसाय कतिको मर्यादित ढंगबाट सन्चालन गरेका छौं त ? नेपाल सरकारको कानुन बमोजिम दर्ता गर्ने मापदण्डमा हामि छौं की छैनौं ? वातावरणिय प्रभाव मुल्याङ्कन ,सामग्री ढुवानि ब्यबस्थापन लगायतका बिषयमा हामि कति गम्भिर छौं ?
हामिले आफ्नो तर्फबाट गर्नुपर्ने सुधारहरु तथा मापदण्ड पुर्याउँदा पनि नेपाल सरकारले हामिलाई दर्ता गर्न आनकान गर्छ भने त्यसको कानुनि तथा ब्यवहारीक उपचारको खोजि किन नगर्ने ??
सर्वप्रथम त हामिले आम ब्यवसायीहरुलाई संगठनको महत्व मिसन र भिजनको बारेमा स्प्रष्ट बनाएर एक ढिक्का बनाउन जरुरी छ । हाम्रो संगठनमा नजोडीएका ब्यवसायीहरुलाई जोड्न पहल गर्दै हाम्रो संगठनमा जोडिएका तर नेपाल सरकारको मापदण्डमा दर्ता नभएका ब्यवसायीहरुलाई सहजरुपमा दर्ता गराउन सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पहलकदमि हामिले लिनुपर्ने हुन्छ ।
राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडीन नचाहाने अवैध ब्यवसायीहरुको हकमा भने हामि निर्मम बन्नैपर्ने अवस्था छ । यिनको कारण भएको उपभोक्ता ठगि तथा बजारको अस्थिरताको बिषयमा ठोस निति बनाएर स्थानिय सरकार र स्थानिय प्रशासन संगको सहकार्यमा कार्वाही प्रकृया अगाडि बढाउन सबै इकाईहरुलाई कृयाशिल बनाउन जरुरी छ ।
हामिले धेरै कुराहरु तथा धेरै कामहरु गर्नुपर्ने छ । समयको पावन्दिलाई ख्याल गर्दै आफ्नो कार्यकाल सफल बनाउन सिंगो महासंघको टिम , जिल्ला समितिहरु ,क्षेत्र समितिहरु तथा इकाई समितिहरु एक ढिक्का भएर उभिनुको बिकल्प छैन ।
महासंघको वर्तमान कार्यसमितिलाई सफल बनाउन केहि महत्वपुर्ण बिषयमा गम्भिर भएर लाग्नुपर्ने अवस्था छ । अन्य क्षेत्रगत महासंघ जस्तै हाम्रो महासंघलाई पनि सरकारबाट हुने सेवा सुबिधा प्राप्त गर्न र हरेक वर्षको बजेटमा हाम्रो संगठनलाई समाहित गराएर बिभिन्न किसिमका तालिम को ब्यबस्था गरि दक्ष कामदार उत्पादनगर्न हामिले सरकारको उपल्लो निकायमा पहल गर्नुपर्ने अवस्था छ ।
हार्डवेयर ब्यवसाय र ग्रील तथा स्टील ब्यवसायको बिचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदाभएको महशुस भएको अनुभुति भएकोले यी दुई ब्यवसाय बिचको सम्बन्ध शुमधुर बनाउन महासंघले छलफल र अन्तरकृया गर्दै अगाडी बढ्ने छ । रोलिङ मिल हरु संग समेत सम्बन्ध सुधार गर्दै जाने निति तय गर्नु पर्छ ।
सहकार्य र सम्बन्ध बिस्तारको वहनामा गैरकानुनि काम गर्ने छुट कसंैलाई पनि हुन्न तसर्थ गणस्तर तथा नापतौल बिभाग ,आन्तरिक राजस्व बिभाग ,स्थानिय सरकार र स्थानिय प्रशासन संग सहकार्य गरेर बेलाबेलामा महासंघको अनुगमन टोलिले छड्के अनुगमन गर्दै गैरकानुनि कामलाई निरुत्साहित गर्न महासंघ योजनाबद्ध तरिकाले अगाडी बढ्ने छ ।
हाम्रो ब्यवसाय हरेक हिसावले जोखिमयुक्त ब्यवसाय भएकोले कर्मचारीको दक्षताको आधारमा श्रम ऐन बमोजिम सेवा सुबिधा सहितको कर्मचारी नियुक्ति, कम्पनि ऐन र नियम बमोजिम जिवनबिमा म्यादि बिमा स्वास्थ्य बिमा ,मुल्यमा एकरुपता र अन्य आधरभुत कुराहरु ,उत्पादनबाट हुने खुद मुनाफा बाट गर्नुपर्ने सामाजिक उत्तरदायीत्वलाई समेत संस्थागत गर्दै लैजाने बिषयमा महासंघले संबन्धित सरकारी निकायसंगको सहकार्यमा कार्यक्रहरु बनाउने छ ।
महासंघको नेतृत्व सफलहुनु भनेको आम ब्यवसायी तथा तपाई संगठनका सबै पदाधिकारीहरु सफल हुनु हो । यसलाई मनन गर्दै सामुहिक नेतृत्वको बिकास गर्ने तथा प्रभावशालि उत्तराधिकारी उत्पादन गर्ने कुरामा महासंघ हरदम हरपल कृयाशिल रहने प्रविद्धता सहित पुन सबैलाई हार्दिक आभार व्यक्त गर्दै म ठुलोबाबु श्रेष्ठ आजैका दिनबाट ग्रील तथा स्टील ब्यवसायी महासंघको अध्यक्षको पदभार ग्रहण गर्दछु” ।भनेका थिए ।
आजै पदभार ग्रहण गरेको भएपनि अब जेठ १ गते मात्र महासंघका नवनिर्वाचित अध्यक्षले महासंघको कार्यालयमा पुगेर आफ्नो कार्य सम्पादनको पहिलो निर्णय गर्ने समय तालिका रहेको सम्बन्धित श्रोतले जनाएको छ ।
The post ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरु द्वारा पदभार ग्रहण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3nWAMaN via IFTTT
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ(दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन्।
उनीहरूलाई शुक्रबार अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।
The post गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ,दीपक मनाङे फे्रि मन्त्री बन्दै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MmmjP1 via IFTTT
काठमाडौं २८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताए । यस्तै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन् । उनले भने, ‘ चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’
The post भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गते संसदमा बोल्छु : ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LSQRq8 via IFTTT
दाङ । घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा अमेरिका जान चाहेकाले मेसो मिलाइदिन आग्रह गरिन्। उनको प्रस्ताव पारित भयो। दुई दिदीबहिनी सँगै अमेरिका जाने निर्णयमा पुगे।
सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक २०७७ चैत २३ गते एउटा फाराम भर्न काठमाडौं बोलाइयो। उनीहरूले फाराम भरे, ५–५ लाख रूपैयाँ पनि बुढाथोकीको हातमा थमाइदिए। सविनाले भनिन्, ‘फाराम भर्नुपर्छ भनेर भर्न लगाए।’ उनीहरूलाई सहजै अमरिका पुर्याउने भन्दै बिचौलियाको भूमिका खेलेका व्यक्ति हुन् बुढाथोकी। ‘अमेरिका जाने तयारीमा रहेकी दिदीलाई मैले मलाई पनि लैजान भनिदिनुस् भनेर अनुरोध गरें,’ सविनाले भनिन्, ‘दिदीले कुरा गरिदिनुभएछ। अनि मलाई पनि दिदीसँगै अमेरिका जाने तयारी गर्न भनियो, काठमाडौं गएर फाराम भर्न भनियोे, फाराम भरेपछि ५–५ लाख रूपैयाँ हामीले बुझायौं।’
तीन महिनापछि २०७८ असार दोस्रो सातातिर उनीहरूलाई चितवनमा बोलाइयो। त्यो बेला अन्तर्वार्ता भन्दै बोलाइएको थियो। लकडाउनका बेला भएकाले बुढाथोकीले गाडीको पास बनाइदिए। चितवन पुगेका उनीहरूलाई चितवनको एक होटेलमा राखियो। ‘राति १२ बजेतिर चितवनको एक होटेलमा लगियो, अन्तर्वार्ता छ भनेर हामीलाई रातारात बोलाइएको थियो,’ उनले भनिन्, ‘सरकारी कर्मचारीको ड्रेस लगाएका मान्छे थिए, उनीहरूले पनि हामीलाई भुटानी शरणार्थी बनेर सजिलै अमेरिका जान सकिने बताए।’ त्यो होटेल रामबहादुर थापाले सञ्चालन गरेको भनिएको थियो। त्यो बेला उनीहरूले फेरि १०–१० लाख रूपैयाँ बुझाए।
उनीहरू चितवनबाट घर फर्किए। फेरि सोही वर्षको कात्तिकमा उनीहरूलाई विराटनगर बोलाइयो। उनीहरूलाई त्यतिखेर भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले लिन भन्दै विराटनगर बोलाइएको थियो। विराटनगर बोलाउनेले भुटानी शरणार्थीको परिचयपत्र आइसकेकाले मेडिकल जाँच गर्न लगाए। सविनाले त्यो बेला आफूले फेरि ३० लाख रूपैयाँ बुझाएको बताइन्। ‘सबै गरेर मैले ४५ लाख रूपैयाँ बुझाएँ, विराटनगरमा मेडिकल जाँच गरेपछि हामीलाई घर फर्कन भनियो र दुईचार दिनमै अमेरिका उड्ने भनियो।’ तर सविना दिदीबहिनीको अमेरिका उडान भएन। भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग जोडिएका बुढाथोकी फरार भए। ‘आज होला भन्यो भएन, भोलि होला भन्यो भएन, हामीलाई अमेरिका पठाइदिने भनेका मान्छे (गजेन्द्र बुढाथोकी) सम्पर्कविहीन भए,’ सविनाले भनिन्, ‘बुझाएको ४५ लाख रूपैयाँ पनि फिर्ता भएको छैन।’ उनकी दिदीले भने ३५ लाख रूपैयाँ बुझाएकी रहिछन्। सविना दिदीबहिनीसहित ६० जना दङालीको लाखौं रकम भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी धन्दा गर्ने गिरोहले लियो।
तुलसीपुरका समीर केसी (नाम परिवर्तन) ले पनि भुटानी शरणार्थी बनेर अमेरिका जाने प्रलोभनमा २० लाख रूपैयाँ डुबाएका छन्। बुढाथोकी अमेरिकी ग्रिनकार्ड होल्डर भएको र उनले सहजै अमेरिका पुर्याइदिने आशामा समीरले पैसा बुझाएका थिए। ‘गजेन्द्र बुढाथोकी अमेरिकाको ग्रिनकार्ड होल्डर भएकाले उनले सजिलै अमेरिका पुर्याउँछन् भन्ने लागेर पैसा बुझाएको थिएँ,’ केसीले भने, ‘तर ठगको फेला परिएछ, २० लाख रूपैयाँ डुब्यो।’ उनलाई पनि सबिनालाई जस्तै फाराम भर्न भनेर काठमाडौं, अन्तर्वार्ता भनेर चितवन र परिचयपत्र लिन र मेडिकल जाँच भनेर विराटनगर बोलाइएको थियो। केसीका अनुसार चितवनमा उनलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो। अमेरिका जाने भनेर सुरुमा दाङका ६० जना गिरोहको सम्पर्कमा पुगेका थिए। त्यसपछि पनि दाङका १०-१५ जना गिरोहको सम्पर्कमा पुगेको देखिन्छ।
The post शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए दाङका ६० जना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LSr2pU via IFTTT
काठमाडौं २६ वैशाख । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरू भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सहभागिता रहेको छ । बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीको बोलावटमा नेताहरूबीच छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने छ।त्यस्तै, राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि तीन नेताबीच छलफल हुने भएको छ ।
The post तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3HVNPjx via IFTTT
काठमाडौँ । काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताएका छन्।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताएका छन् । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उनले भने ।
डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गरे ।
उनले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।
काठमाडौँ महानगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले समाजमा हुने अपराध न्यूनीकरण गर्दै शान्त वडा निर्माणका लागि महानगरपालिकाले काम गरिरहेको बताए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न व्यावसायिक आचारसंहिता बनाएर लागू गर्नुपर्ने बताए।
प्रहरीवृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रलाई समृद्ध बनाउन यस क्षेत्रभित्र देखिएको विकृति अन्त्य गर्नुपर्ने बताए । कार्यक्रमका सहभागीले ठमेल, दरबारमार्ग र लाजिम्पाट क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्नुेपर्नेमा जोड दिएको थियो ।
The post काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3nK114k via IFTTT
काठमाडौँ २४ वैशाख । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
उनले सरकार कसैको दबाबमा पर्न नहुने पनि बताए ।
उनले प्रधानमन्त्री दाहाललाई यो प्रकरणमा दोषीलाई कारबाही गर्न खुट्टा दह्रोसँग टेक्न पनि सुझाव दिए ।यो प्रकरणमा अरु नेताहरु पनि तानिनसक्ने सम्भावनाबारे पत्रकारको जिज्ञासामा नेपालले यस्ता कुराबाट आफू नडराउने बताए ।उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए ।
The post नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुकाेस :माधव कुमार नेपाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LHnCpT via IFTTT
काठमाडौँ २२ वैशाख। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा आइतबार स्थगितको सूचीमा परेको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि मुद्दाको पेशी स्थगित गरिएको हो ।
हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ । सर्वोच्चको दैनिक कार्यसूची अनुसार सन्दीपको मुद्दा आज न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन् ।
The post सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज पनि स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42dFrny via IFTTT
काठमाडौं । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज देखि सुरु हुँदैछ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्नेछ। दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित गरिनेछ।
हेर्नुस् यस्तो छ आज बस्ने दुवै सदनको कार्यसूची
The post बजेट अधिवेशन आज देखि (यस्तो छ कार्यसूची) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3M2fth7 via IFTTT
काठामाडौं । आर्थिक अभावको कारण उपचारमा समस्या भएकी पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ जिम्बा परिवार बाट ३० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
समाजसेवी एवं यूवा नेता अविरल जिम्बा र खानिखोला ३ को वडाध्यक्ष सागर जिम्बाको उपस्थितिमा सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
सो आर्थिक सहयोग जिम्बा परिवारको सदस्यहरु बाट संकलन गरिएको हो ।
समिट हस्पिटल लोकन्थली उपचारत पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ आर्थिक अभाव भएपछि आफन्त ,दाजुभाई तथा ईच्छुक दाताहरुबाट सहयोग संकलनको अभियान चलाईएको समाजसेवी एवं यूवा नेता अविरल जिम्बाले बताउनु भयो ।
आर्थिक सहयोग गर्न चाहाने महानुभावका लागि एसबीआई बैंकको खाता नम्बर ४३११५२४२९००१५३, मोबाईल नम्बर, ९८४१९९७४९५ ज्ञान बहादुर जिम्बा लाई सम्पर्क गर्न सकिने छ ।
The post पक्षघात बिरामी ठूलिमाया जिम्बा स्याङ्तानको उपचारार्थ सहयोग जुट्दै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42875SY via IFTTT
काठमाडौं । २८ बर्ष देखि ग्रील तथा स्टील ब्यवसायीहरुलाई संगठित गर्दै ब्यवसायीहरुको हक हित र उत्थानकोलागि कार्य गरिरहेको ग्रील तथा स्टील ब्यवसायी महासंघले आफ्नो स्थापनाको अवसरपारेर २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि उप राष्ट्रपति रामसहाय प्रसाद यादव , बिशेष अतिथिमा उद्योग बाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बिभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
महासंघले आफ्नो स्थापना दिवसको अवसरमा ब्यवसायीहरुको हकहितमा काम गर्ने आफु अन्तरगतका बिभिन्न इकाई ,क्षेत्र, जिल्ला ,कार्यक्रममा सहयोय गर्ने सहयोगदाता तथा समचार संप्रेषण गर्ने मिडियाकर्मीहरुलाई “ग्रील तथा स्टील ब्यवसायी सम्मान २०८० ” बाट सम्मान समेत गरेको छ ।
यो संगठन ग्रील तथा स्टील ब्यवसायीहरुको एकमात्र छाता संगठनकोरुपमा कृयाशिल रहेको संस्था हो । यो संगठनमा करिब ११ हजार ब्यवसायी आबद्ध रहेका छन् भने १ लाख ५० हजार जति कर्मचारी रहेका छन् ।
बार्षिक अरबौंको कारोबार गर्ने यो संस्थाले नयाँ नेतृत्व तथा समितिको चयन गर्दै २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा सम्पन्न गरेको छ ।
९ औं राष्ट्रिय महाधिवेशनबाट पुर्व प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध चयन भएको छ ।
The post ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघको २८ औं साधारणशभा र ९ औं राष्ट्रिय महाधिवेशन सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LY7thh via IFTTT
काठमाडौँ २२ बैशाख। आज २५६७ औँ बुद्ध जयन्ती गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीले आज विशेष तरिकाले बुद्ध जयन्ती मनाइरहेको छ ।
यति बेला लुम्बिनी क्षेत्र विशिष्ट तरिकाले सिँगारिएको छ । रङ रोगन तथा सरसफाइले मायादेवी मन्दिर, अशोक स्तम्भलगायतका पुरातात्त्विक संरचनाहरू मनमोहक बनेका छन् ।
आज भन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थले कठोर तपस्यापपछि बुद्धत्व प्राप्त गर्नुभएको थियो ।राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेका थिए। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।
चण्डी पूर्णिमा पनि भनिने आजको दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् भने क्षेत्री ब्रह्माण समुदायले देवाली पूर्णिमा मनाउने गर्दछन् ।
गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।
The post आज २५६७ औँ बुद्ध जयन्ती appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3paKabb via IFTTT
काठमाडौँ २१ बैशाख । जिल्ला अदालत काठमाडौँले एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा सन्दीप हिजो बुटवलबाट पक्राउ परेका हुन् ।
The post सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Lz2p1j via IFTTT
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई प्रहरीले भैरहवाबाट बुद्व एयरको जहाजमार्फत भर्खरै मात्रै काठमाडौं ल्याएर जिल्ला अदालतमा उपस्थित गराएको हो।
विमानबाट काठमाडौँ ल्याउनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ ।
The post सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयाे appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LUbzH3 via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने सम्भावना टरेको छ ।
प्रधानमन्त्री प्रचण्डले आज नेपाली कांग्रेसको तर्फबाट तीन जना मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।
रास्वपाले सरकारमा सहभागी हुनका लागि एक राज्यमन्त्रीसहित चार मन्त्रालय माग गरिराखेको भएपनि अब प्रचण्डसँग २ वटा मन्त्रालय रहेको छ । खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमात्रै अहिले खाली रहेको मन्त्रालय हुन् ।
रास्वपाले गृह मन्त्राल, श्रम, शिक्षा र एक राज्यमन्त्रीमा आफ्नो दाबी गर्दै आएपनि सबै मन्त्रालयमा प्रचण्डले मन्त्री नियुक्त गरिसकेका छन् ।
The post रास्वपा सरकारमा सहभागी हुने सम्भावना टर्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42mHHZv via IFTTT
काठमाडौं । रेशम चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधन गरेरमात्रै हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् ।
चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधनपछिमात्रै हुने उनको भनाई छ ।
The post चौधरीको रिहाइ ऐन संशोधन गरेरमात्रै’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42hRWyd via IFTTT
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले त्यसबारेमा ठोस निर्णय लिन सकेन । पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको भोलिपल्टै बसेको बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्नेबारे छलफल भएको थियो ।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे आगामी शुक्रबारमात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री दाहालसँग नियमित सम्पर्कमा रहेका सभापति लामिछाने आफूहरुले पाएको मन्त्रालय पाए सरकारमा सहभागी हुने विचारमा छन् ।
रास्वपाले सरकारका न्यूनतम साझा कार्यक्रममा आफूहरुले अघि सारेका कुरा पनि समेटिनुपर्नेमा जोड दिएको छ । उता, प्रधानमन्त्री दाहालले पनि रास्वपा सरकारमा सहभागी हुनेबारे आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
उनले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् । यो बीचमा रविले प्रधानमन्त्री दाहालसँग सरकारमा सहभागिताको विषयलाई लिएर पूनः छलफल गर्ने बताईएको छ ।
The post रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएन, शुक्रबार के गर्ला appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41XAeQM via IFTTT
वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने पनि बताएका छन् । उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।
The post अयोग्य लडाकुलाई पैसा दिने निर्णय कांग्रेसको-प्रधानमन्त्री ‘प्रचण्ड’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LG1vAv via IFTTT