काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचारपछि आज स्वदेश फकिएका हुन् । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भएका भण्डारी भारतको मुम्बईमा अढाइ महिना उपचार गरेर आज साँझ नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्केसँगै डा भण्डारीले एक विज्ञप्ति जारी गरी आफ्नो उपचारमा सघाउनु हुने र स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यवाद दिएका छन् । डा भण्डारीले पछिल्लो समय नेपालमा आगलागीको घटनाबाट वर्षेनी सयौं व्यक्तिले अकालमा ज्यान गुमाउनु परेको बताउँदै यस्ता घटनालाई कम गर्न आफूले निरन्तर पैरवी गर्ने बताए ।
“राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हरेक वर्ष २०७९ सालमा आगलागीको घटनाबाट एक सय १० जनाले ज्यान गुमाउँदा मेरो आमाको ज्यान गुमेकाले अब त्यस्ता घटना हुन नदिन दक्ष जनशक्तिसहित सुविधा सम्पन्न अस्पताल निर्माणमा सरकारले ध्यान दिनुपर्छ, कमसेकम प्रत्येक प्रदेशमा एक/एकवटा वर्न अस्पताल निर्माण गर्नुपर्छ”, डा भण्डारीले भनेका छन् ।
सांसद भण्डारीले ‘आगामी दिनमा कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगालागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ आफ्नो आगामी अभियान हुने बताए । उनले खाना पकाउने ग्यासलगायत हुने आगलागीका घटनाबाट हुने जनधनको क्षतिलाई कम गर्न जनचेतनामूलक अभियान तथा अभ्यासलाई तीव्रता दिनुपर्ने बताए । आगामी दिनमा आगलागीबाट हुने घटना कम गर्न नीति निर्माणका तहमा वा अन्य कुनै पनि ढङ्गले योगदान गर्न सके आफ्नो आमाप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।
गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित डा भण्डारी र उनकी आमा हरिकला भण्डारी आगलागीको घटनामा परी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो भने डा भण्डारीलाई सोही दिन नै थप उपचारका लागि भारत लगिएको थियो ।
The post कुनै नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै नेपालीले मर्न नपरोस्’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Hvqoxh via IFTTT
काठमाडौँ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
सोफा उत्पादक सङ्घको प्रारम्भिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताउनुभयो ।
“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो । मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री लामाले रोजगारीका लागि विदेश जाने श्रमशक्तिलाई तालिम प्रदान गरेर पठाउन सकिए देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोफा उत्पादक सङ्घका नवनिर्वाचित अध्यक्ष तारालाल धरेलले सोफाका लागि आवश्यक कच्चा पदार्थ भित्र्याउनका लागि सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपालमा प्रयोग हुने सोफामध्ये ३० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताउँदै विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता वासुदेव तिमल्सिना र राजन बुर्लाकोटीले वेरोजगार युवालाई स्वदेशमा रोजगारी प्रदान गर्न सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।
सोफा उत्पादक सङ्घको अध्यक्षमा धरेल
सोफा उत्पादक सङ्घको आज सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा हुनुभएको छ ।
The post सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नु पर्छ : मन्त्री लामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VgV5vI via IFTTT
काठमाडौं । हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन पुस २६ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै कोइरी पनि संसद् भवनमा लाम लागेका थिए। कोइरीलाई पक्राउ नगरी त्यतिकै जान दिएपछि गृहमन्त्री लामिछानेको आलोचना भएको थियो। त्यसपछि कोइरीलाई गिरफ्तार गर्न लामिछानेले प्रहरीलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेका थिए।
कोइरी भारत गएको थाहा पाएपछि नेपाल प्रहरीले उनलाई निगरानी गर्दै पक्राउका लागि भारतीय प्रहरीलाई आग्रह गरेको थियो। हत्या अभियोगमा अदालतबाट दोषी ठहरिएका कोइरी भारतमा भएकाले गिरफ्तार गरिदिन भारतीय पक्षलाई नेपाल प्रहरीले आग्रह गरेको थियो।
हत्या अभियोगमा अदालतबाट दोषी करार एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।
भारतीय प्रहरीको वाराणसी स्पेसल टास्क फोर्स (एसटिएफ) ले उनलाई पक्राउ गरेपछि तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्री लामिछानेलाई जानकारी गराएका थिए। त्यतिबेला लामिछाने सशस्त्र प्रहरी बलको वार्षिकोत्सव कार्यक्रममा भाग लिन हल्चोक पुगेका थिए।
कोइरीले भारतीय प्रहरीलाई आफू राजनीतिक व्यक्ति रहेको र मधेसका निम्ति क्रियाशील रहेको बताउँदै आफ्नो उद्देश्य भारतलाई समेत सहयोग गर्ने रहेको भनेपछि त्यहाँको प्रहरीले उनलाई नेपाल प्रहरीका प्रतिनिधिलाई हस्तान्तरण गर्न अस्वीकार गरेको थियो। नेपाल प्रहरीले मात्र नभएर कर्मचारीतन्त्रको माथिल्लो तहबाट पनि उनलाई नेपाल प्रहरीसमक्ष बुझाइदिन आग्रह गरिएको थियो।
तर भारतीय प्रहरीले नबुझाउँदा नेपाल प्रहरीको हातबाट कोइरी उम्किएका थिए। दोस्रोपटक सांसद बनेर प्रतिनिधिसभामा प्रवेश गरेका लामिछानेले शुक्रबार फेरि यस विषयलाई प्रवेश गराएका छन्। लामिछानेले बैठकमा कोइरी वाराणसीमा उनकै सालासँग रहेको थाहा भएको बताउँदै एउटा तस्बिरसमेत मोबाइलमा देखाएका थिए।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीसँग कोइरीलाई हत्या अभियोगमा अदालतले दोषी ठहर गर्दै जेल सजाय तोकेकाले जसरी पनि फिर्ता गर्न आग्रह गरेको थियो। सो आग्रहप्रति सुरुमा भारतीय प्रहरी सहमत भए पनि कोइरीले भारतीय प्रहरीलाई आफू नेपालको सांसद भएको र नेपालमा आफ्नो पार्टीको सरकार रहेको बताउँदै केही दिनपछि आफैं नेपाल जाने बताएका थिए।
नेपाल प्रहरीका तत्कालीन आइजिपी सिंहले पनि त्यतिबेला गृहमन्त्री रहेका लामिछानेसँग कोइरीलाई ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। ‘सशस्त्र प्रहरीको स्थापना दिवस थियो, त्यही दिन मैले उहाँलाई कोइरी पक्राउ परेको जानकारी गराएको थिएँ, उहाँले त्यतिबेला सुन्नु मात्रै भयो, कुनै उत्तर दिनुभएन। उहाँले पहल गर्नुभएको भए कोइरीलाई त्यही बेला नेपाल ल्याउन सकिन्थ्यो,’ नेपाल प्रहरीको उच्च स्रोतले सिंहलाई उद्धृत गर्दै भन्यो।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार माघ ९ गते बिहान नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेर कोइरीलाई पक्राउ गरी वाराणसीस्थित एसटिएफ अफिसमा लगेको थियो।
संसद् बैठकमा लामिछानेले उनी कसरी भारत गए भन्नेबारे आफूलाई जानकारी रहेको र आवश्यक परे सम्बन्धित निकायलाई उक्त जानकारी दिने बताए पनि आफू गृहमन्त्री भएका बेला प्रहरीले भारतमा कोइरी पक्राउ परेको तस्बिर, प्रमाण सबै पठाउँदा पनि उनी किन मौन बसेका हुन् भन्ने बारेमा केही बोलेनन्। ‘हाम्रो प्रहरीले माघ ९ गते बिहानै उनी बसेको स्थान लोकेट गरेर पक्राउ गरी दिउँसो एसटिएफ अफिस लगेर पाँच घन्टा राखेको थियो, त्यहीबेला नै उच्च तहको पहलकदमी आवश्यक परेको जानकारी गराइएको थियो,’ स्रोतले भन्यो, ‘उहाँ (तत्कालीन अवस्थामा गृहमन्त्री रहेका लामिछाने) ले कुरा सुन्नु मात्रै भयो, प्रतिक्रिया दिनुभएन।’
कोइरीले वाराणसीस्थित एसटिएफ कार्यालयमा आफू हत्यारा नभएको र मधेसको हितमा लडेको बताएका थिए। उनले मधेसको हितमा लड्नु भनेको भारतको पनि हितमा लड्नु रहेको भन्दै नेपाल प्रहरीसँग नपठाउन र केही दिनमै आफैं जाने बताएपछि एसटिएफले हस्तान्तरण गर्न मानेन। त्यही जानकारी प्रहरी नेतृत्वले तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गराएको थियो।
नागरिक दैनिकबाट
The post भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oYeENh via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान गरेको छ ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका पदाधिकारीहरु ,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका पधादिकारीहरु ,पुर्व र पश्चिम क्षेत्रका पदाधिकारीहरु , १४ वटा इकाई समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले वन निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ११ हजार ग्रील तथा स्टील ब्यवसायी संगठनमा आवद्ध भएको भएपनि सरकारको प्रष्ट नितीनभएकोले ६० प्रतिशत व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानूनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए । उनले अझै सम्म सरकारले बैद्यानिक रुपमा दर्ता समेत नगरेको, सहज रुपमा बैंकबाट कर्जा नपाएकाले सो कार्य महासंघको तर्फबाट पनि सरकारलाई दवाव दिई उपलव्ध गाराई दिन आग्रह गरे ।
कार्यक्रममा मनतव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रील तथा स्टिल व्यवसायीमा संलग्न उद्योगी तथा व्यवसायीलाई वैद्यानीक र सरकारी पूर्ण मान्यता उपलव्ध गराउने कार्यमा आफु लाग्ने बताएका छन् । उनले आफ्नै कार्यकालभित्रै सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन गराएर छोड्ने समेत बताएका छन् ।
अध्यक्ष ढकालले ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए । उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए ।
महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए ।
The post ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान तथा शुभकामना प्रदान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ncF2CJ via IFTTT
काठमाडौं। ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको प्रेस सल्लाहकारमा मिडियाकर्मी डि.बि.पराजुली मनोनित भएका छन् ।
इकाई समितिको बैठकले संगठनलाई लामो समयदेखि सहयोग गर्दैआएको र आम ब्यवसायी तथा कर्मचारीहरुको नेतृत्व बिकास लगायतका कार्यक्रम तय गरि लागुगर्न मिडियाको आवश्यकता महशुस गर्दै पराजुलीलाई प्रेस सल्लाहकारको भुमिकामा मनोनयन गरेको हो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको बिषेश उपस्थितिमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका सह कोषध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र), ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका सल्लाहकार बाल मुकुन्द नकर्मी ,अध्यक्ष शैलेस ठकुरी,कोषध्यक्ष रामचन्द्र नगरकोटी, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको अध्यक्ष राजकुमार खड्का ,कोषाध्यक्ष रामहरी सेन्चुरी,सदस्य रमेश महर्जन, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत गोंगबु सामाखुसी इकाईका अध्यक्ष गोपाल बि.क.को उपस्थितिमा पराजुलीलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो ।
यो संगठनलाई सहि दिशामा अगाडी बढाउन संचार जगतको महत्वपुर्ण भुमिका रहने र यो भुमिकामा डि.बि.पराजुलीको आवश्यकता महशुस भएकोले उनलाई मनोनयन गरिएको इकाई अध्यक्ष राजकुमार खड्काले बताए ।
आम ब्यवसायी र संगठनको हितमा मिडियाको तर्फबाट हुनसक्ने सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै आफूले सकेको सहयोग गर्ने मनोनित पराजुलीले बताएका छन् ।
The post ग्रील तथा स्टील ब्यवसायी संघको प्रेस सल्लाहकारमा डि.बि.पराजुली मनोनित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LBF5RS via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका छन्।
बिहीबार चितवन-२ बाट विजयी भएपश्चात कामठाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘पहिले सरकारमा जाने कारणहरू हामीले बताएका थियौं। अहिले त्यस्तो कारण नै छैन। हावामा टेकेर जाने कुरा आउँदैन। मन्त्री बन्नका लागि मात्रै सरकारमा जाने पनि होइन।’
यस्तै सभापति लामिछानेले आफू सरकारमा रहँदा ल्याइएको न्यूनतम साझा कार्यक्रममा आफ्ना बुँदाहरु हटाइएको बताउँदै भने, ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ। भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन। हामी थप मजबुत भएर आएका छौं।’
The post सरकारमा सहभागिताबारे रविको टिप्पणी, ‘हावामा टेकेर जाने कुरा हुँदैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oOPG34 via IFTTT
वैशाख । वैशाख १० मा भएको बारा २ को उपनिर्वाचनमा दलको तर्फबाट र स्वतन्त्रगरी उम्मेद्वार बनेका ३४ जनामध्ये ३१ उम्मेद्वारकाेजमानत जफत भएकाे छ ।निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा जमानत जफत हुने सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐन अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ । गणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्।
The post बारा २ मा ३१ जना उम्मेद्वारकाे जमानत जफत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3oLlztr via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भ्रष्टाचार निवारणको मन्त्र जप्नेहरुबाटै बढि भ्रष्टाचार हुने गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भ्रष्टाचार ठूलो रोगका रुपमा देखा परेको बताएका हुन् ।
‘चीनमा एउटा भनाई छ, जति कानुन बनायो त्यति अपराध हुन्छ । नेपालमा त्यस्तै अवस्था सिर्जना हुन थाल्यो । भ्रष्टाचार र भ्रष्टाचार निवारण भन्ने, सबैभन्दा बढि जसले त्यो मन्त्र जप्छ, त्यहीबाट सबैभन्दा बढि हुन थालेको आभास हामीलाई हुन थालेको छ । यो वास्तवमा ठूलो रोग नै बन्न थाल्यो । हामीले यति हेर्यौं, ओम्नी हेर्यौं । वाइट वडी हेर्यौं । ठूलाठूला जति सबै मिलेका छन् भन्ने बाहिर हल्ला आउँछ,’– उनले भने ।
The post मन्त्र जप्नेबाटै बढि भ्रष्टाचार भएको छ – रामहरि खतिवडा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3HfbICf via IFTTT
काठमाडौँ । चितवन २ को मतगणना सम्पन्न भएको छ । चितवन–२ को उपनिर्वाचनमा रास्वपाका रवि लामिछाने अत्यधिक मतले निर्वाचित भएका छन् ।लामिछाने करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका हुन् । उनले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ११ हजार २ सय ५१ मत ल्याएका छन् । यस्तै, एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३५ मत ल्याएका छन् ।
निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।
The post चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43VTj7v via IFTTT
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले एकै पटक ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । कानुन विपरित्त कित्ताकाट गरेको अभियोगमा नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादव,तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका २ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा ९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका ९ का नविन दाहालविरुद्ध विशेषमा अभियोग पत्र दायर गरेको छ ।
मूलपानी १ख कित्ता नम्बर ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारका सहसचिव भोला दाहालले बताए ।
The post काठमाडौं चाबहिलका नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40pzORG via IFTTT
काठमाडौं। संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको छ।
सञ्जालले पत्रकार सम्मेलन गरी सञ्जालले देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासनलाई व्यवस्थापन एवं मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरतातर्फ धकेलिएको भन्दै ऐन जारी गर्न माग गरेको हो।
सञ्जालले हालै सरकारले सरोकारवाला पक्षहरुसँग छलफल नै नगरी सङ्घीय निजामती सेवा ऐनको विधेयक सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको भन्दै ध्यानाकर्षणसमेत गराएको छ। सञ्जालले भनेको छ, “निजामती प्रशासनलाई सङ्घीय शासनअनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्नेगरी जतिसक्दो चाँडो ऐन जारी गर्न अनुरोध गर्दछौँ।”
The post संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KRtcG3 via IFTTT
काठमाडौं ६ बैशाख ।राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ । राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली छ । त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए ।
शिक्षण अस्पतालका चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण पाइए पछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको हो ।
केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
The post राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियाे appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MXkQ2k via IFTTT
काठमाडौं । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।
यसअघि दलहरुले तीन वटै क्षेत्रका लागि आ आफ्ना उम्मेदवार उठाईसकेका छन् । तर, केन्द्रमा भने चुनावको मुखमा महागठबन्धन बनाउने तयारी भएको छ। रास्वपाका उम्मेदवारलाई रोक्नको लागि नै प्रमुख दलहरुबीच महागठबन्धनको तयारी भएको छ । उच्च स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बस्दै आएको तीन दलका शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय टुँग्याउने विषय र संवैधानिक परिषद्को बैठकमार्फत प्रधानन्यायाधीशको नियुक्त गर्ने विषयमा छलफल हुँदै आएको बताईएको छ । तर, यसको अलावा शीर्ष तीन नेताहरुबीच बैशाख १० गतेको उपनिर्वाचनको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । आजमात्रै पनि शीर्ष नेताहरुबीच उपनिर्वाचनमा महागठबन्धन गर्ने विषयमा छलफल भएको हो ।
तीन नेताले चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सघाउने, तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई र बारा-२ मा उपेन्द्र यादवलाई जिताउने सहमति गरेको चर्चा छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने उम्मेदवार छन् । उता, तनहुँ १ मा पनि रास्वपाका डा. स्वर्णिम वाग्ले मैदानमा छन् ।
उता, बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् । सो क्षेत्रमा महागठबन्धन भए जसपाका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने तयारी भएको छ । महागठबन्धनको टुँगो भने आजै लाग्ने बताईएको छ ।
The post उपनिर्वाचनको मुखमा कांग्रेस, एमाले, माओवादी र जसपाबीच महागठबन्धनको तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41hVC31 via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गरेका छन् । आज (सोमबार) दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने,“वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। वित्तीय तरलताको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ। समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ।”
बैठकमा प्रधानमन्त्रीले “नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको” समेत बताएका छन् ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गरे ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघ, साना तथा घरेलु उद्योग महासंघ लगायत निजी क्षेत्रसम्बद्ध संघसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वहरूको उपस्थिति थियो।
The post प्रधानमन्त्री दाहालको दाबी : समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GMC927 via IFTTT
काठमाडौं । सरकारले करिब सात वर्षअघि सात गन्तव्यमा रोजगारीमा जानेका लागि फ्रि भिषा फ्रि टिकटको व्यवस्था लागु गरे पनि यो पूर्ण रुपमा कार्यान्वयन भने अझै हुन सकेको छैन ।
महालेखा परिक्षणको ६० औं वार्षिक लेखा प्रतिवेदनले शून्य लागतको व्यवस्था पूर्ण कार्यन्वयनमा जान नसकेको औंल्याएको हो । निस्शुल्क भिषा र टिकटको अवधारणा पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा बताइएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा वैदेशिक रोजगारीको प्रक्रियामा निस्शुल्क भिषा र टिकटको प्रवाधान लागु गरेको सात वर्ष पुरा भइसकेको छ ।
नियम लागु भए पनि मेनपावर एजेन्सीहरुले फ्रि भिषा फ्रि टिकटको सट्टा विगतका जस्तै श्रमिकसँग चर्को सेवा शुल्क लिइरहेका छन् ।
The post फ्रि भिषा फ्रि टिकट : शून्य लागतमा सरकार असफल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3L7bVtS via IFTTT
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ।
दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए। सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ।
आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ। प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।
समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन्। समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ।
समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए। ‘सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको प्लाटिनम जुब्लीलाई सफल बनाउन कार्यक्रम तालिका बनाइरहेका छौँ, विदेशी पाहुना बोलाउनेलगायतका तयारी गरिएको छ’, उनले भने।
महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ। एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ।
त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ। खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण सङ्घले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ।
आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने सङ्घले जनाएको छ। हिमालबारे जानकारसमेत रहनुभएका शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न उपयोगी हुने बताउँछन्।
उनले भने, ‘सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरु राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ।’
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउँछन्।
उनी वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कएका छन्। पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।
सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन्। सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएका थिए।
The post सर्वोच्च शिखर सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3L5GCj6 via IFTTT
काठमाडौं । रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्।
शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन जना घाइते भएका हुन्।
जग्गासम्बन्धी विवाद हुँदा दुई पक्षबीच झडपका क्रममा गोली चलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोली लागेर राजकुमार रायको मृत्यु भएको छ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा गोली चलेको हो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
The post रौतहटमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41OqdoL via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्ना सांसद् ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको खुलासा गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सांसद् श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको खुलासा गरेका हुन्।
उनले भने, ‘उहाँले मेरो अडियो होइन भन्नुभयो। मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो।…तर, म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको छ। उहाँले कुन मानसिकताले भन्नुभएको हो।’
तर, आफूलाई कोर टिमबारे कुनै जानकारी नभएको लामिछानेले दाबी गरेका छन्।
रास्वपाले अडियो प्रकरणमा मुछिएका सांसद् श्रेष्ठलाई सांसद् र पार्टीको साधारण सदस्यताबाट पनि निष्काशित गर्ने निर्णय गरेको छ।
The post रबि भन्छन्, ‘ढाकाकुमारले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको छ’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UwZI4A via IFTTT
काठमाडौं। सरकारले काठमाडौं महानगरपालिकाले फोहोर नउठाए गम्भीर ध्यानाकर्षण गराउने बताएको छ। मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाको फोहोर स्थानीय तहले उठाउने नीतिगत ब्यवस्था भएको र सिंहदरबार फोहोर सोही अनुरुप काठमाडौं महानगरपालिकाले उठाउनुपर्ने बताएको हो।
मन्त्रिपरिषद्को बैठकपछि बाहिरिने क्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘काठमाडौं उपत्यकाको फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत ब्यवस्था हो। त्यो ब्यवस्था परिवर्तन भएको छैन। नीतिगत ब्यवस्थाअनुसार यसलाई ब्यवस्थापन गर्नुपर्छ। यो नीति पालना गर्नका लागि सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने गम्भिर ढंगबाट छलफल भएको छ।’
यस्तै, मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति अराजक भएको बताइन्।
The post सिंहदरबारको फोहोर बालेनले नउठाए गम्भीर ध्यानाकर्षण गराउँछौं : प्रवक्ता रेखा शर्मा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41jTaZd via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन संस्कृतिले देश निरन्तर ओरालोतर्फ लागेको टिप्पणी गरेका छन् । पार्टी निकट भातृ संगठन राष्ट्रिय युवा संघको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको बताएका हुन् । अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उनको टिप्पणी छ ।
‘गठे संस्कृति, यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने खाल्को स्थिति बनाएको छ । यस्ता समस्याहरु छन् । यसले देशलाई ओरालो लगाएको छ,’– उनले भने ।
देशलाई ओरालो लाग्नबाट रोकेर सही बाटोमा देशलाई अगाडि लान सकिन्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदाको छोटो अवधिमै प्रमाणित गरेर देखाएकोसमेत उनले दाबी गरे ।
पछिल्ला तीन वर्षहरुमा एमालेकाविरुद्ध विभिन्न प्रतिक्रियावादी शक्तिहरुले आक्रमण गरिरहेको पनि उनले बताए । आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको पनि उनको टिप्पणी छ ।
The post गठे संस्कृतिले देश ओरालो लाग्यो– ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43k8x5L via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नै पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा सत्यतथ्य छानबिनर गरेर कारबाही गर्न अगाडि बढाउन निर्देशन दिएको बताएका छन्।
आइतबार बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सांसद् श्रेष्ठको अडियो प्रकरणमा सत्यतथ्य छानबिनर गरेर कारबाही गर्न अगाडि बढाउन निर्देशन दिएको बताएका हुन्।
आफूहरुले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आफ्नै सांसदको अडियो टेप सार्वजनिक भएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताएका छन्।
‘अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु। ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु,’ उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो। अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला।’
रास्वपाका सांसद् श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो विभिन्न सञ्चारमाध्यममा आइतबार सार्वजनिक भएको थियो।
The post रबि भन्छन्, ‘७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3o1pFNk via IFTTT
काठमाडौँ । सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्ब प्रहरीको लाठी लागेर घाइते भएका थिए। उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको थियो।
मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए। सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।
यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थ्यो। आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग थियो।
The post पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43ba2mK via IFTTT
काठमाडौं । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।
साथै, झुठा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूको रिहाइका लागिसमेत गठबन्धनका दलहरु सहमत भएका छन् ।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका
अवसर र पुनस्र्थापन सम्बन्धी कार्य गर्ने सरकारका न्यूनतम् नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
The post राजनीतिक बन्दीहरूको रिहाइका लागि १० दलीय गठबन्धन दल सहमत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KEPI5P via IFTTT
२२ चैत। सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको र त्यहाँको भूबनोट कमजोर रहेको र काम गर्दा उपकरणमा बिग्रने समस्या आइरहेको छ ।
यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ । धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन ।
आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ । आयोजनामा हालसम्म भौतिक प्रगति ५० दशमलव १५ प्रतिशत रहेको छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो ।
नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो । सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ ।
The post नागढुङ्गा सुरुङमार्ग उत्खनन रोकियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Kx0RG0 via IFTTT
काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिएको लामो समयसम्म पनि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
नेपाली कांग्रेसबाट बागमतीमा मुख्य सचेतक रहेका कुन्दनराज काफ्लेले गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारकोबारेमा छलफल भइरहेको बताए । अबको एक दुई दिनभित्र प्रदेश सरकारले पूर्णता पाउने उनको दाबी छ । कांग्रेसले प्रदेश सभामा सात वटा मन्त्रालयको दाबी गरेपनि अन्तिम सहमति छ वटा मन्त्रालयमा हुनसक्ने उनले बताए ।
‘मन्त्रिपरिषद् विस्तारको अन्तिम–अन्तिम स्वरुप आउँदैछ । हामीले सात वटा मन्त्रालयमा दाबी गरेको हो । कम्तिमा पनि छ वटा मन्त्रालय चाहिन्छ भन्ने हाम्रो लाइन हो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै काफ्लेले भने ।
प्रदेश सभामा प्रतिनिधित्व गरेको दलहरुलाई सांसद संख्याको आधारमा मन्त्रालय दिने तयारी रहेको पनि काफ्लेले बताए । कांग्रेसले कुन–कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने कुरा पनि छलफल भइरहेको उनले बताए ।
‘दलहरुबाट सांसद संख्याको आधारमा मन्त्रालय पाउने सहमति भएको छ । कुन–कुन मन्त्रालय हामीलाई दिने भन्ने बारेमा छलफल भइरहेको छ । एक दुई दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’– काफ्लेले भने ।
बागमती प्रदेशमा सरकारमा सहभागी रहेका दलहरु नेपाली कांग्रेसका ३७, नेकपा (माओवादी केन्द्र) का २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
The post बागमतीमा मन्त्रिपरिषद् विस्तार अड्कियो, आधा बढि मन्त्रालयमा कांग्रेसको दाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KAsQ7R via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चितवनलाई आवेगको भरमा मतदान गर्ने छुट नभएको बताएका छन् । आज (सोमबार) चितवन– २ मा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचनमा चितवनका जनताले आत्मसमीक्षा गरेर विवेक प्रयोग नगरेको खण्डमा देशका लागि दुर्भाग्य हुने बताएका हुन् ।
‘आवेगको भरमा मत दिने छुट चितवनलाई अब छैन । चितवनले पनि विवेक प्रयोग गर्दैन र गम्भीर समीक्षा गर्दैन भने यो देशको लागि दुर्भाग्य हुन्छ,’– उनले भने ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई धोका दिएको उनको भनाई छ । नो नट अगेनको नारा लिएर गत मंसिर ४ को निर्वाचन जितेका लामिछाने उनै प्रचण्डको क्याविनेटको मन्त्री बनेको उनको आरोप छ । रविले अहिलेको उपनिर्वाचनमा नो नट अगेनको नारा ल्याउन नसक्ने उनले बताए । ‘तपाई अझैं नो नट अगेन भन्न सक्नुहुन्छ ?’ भनी प्रश्नसमेत गरे ।
‘मैले मंसिर ४ को चुनाव जित्नका लागि नो नट अगेन भनेको थिए । अहिले यो भन्न सक्नुहुन्छ । अहिले देशको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ । म मन्त्रिपरिषदमा जानेछैन, किनभने मैले प्रचण्ड प्रधानमन्त्री बन्न हुन्न भनेको थिए । भनेर आज भन्न सक्नु्हुन्छ ?’– उनले प्रश्न गरे ।
The post आवेगको भरमा मत दिने छुट चितवनलाई छैन–विश्वप्रकाश शर्मा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40Xs4H7 via IFTTT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा स्वर्णिम र रमेशलाई हराउने कल्पना यो देशले गर्न नसक्ने बताएका हुन् ।
‘यस उपनिर्वाचनमा तपाईँहरुलाई यो मुलुकका लागि पनि हार्ने छुट छैन । मलाई लाग्छ स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन । रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, गर्न हुँदैन,’– उनले भने ।
साथै, स्वर्णिम र रमेश कुनै राजनीतिक स्वार्थले रास्वपामा नआएको उनको दाबी छ । उनीहरुलाई राजनीतिबाट कमाउने रोटी सेक्ने कुनै आशा नरहेको लामिछानेले बताए । स्वर्णिम र रमेशले यो समाजलाई दिएको योगदानका कारण पनि कमाउन पर्ने चिज सबै पाइसकेको लामिछानेले बताए ।
‘राजनीतिक स्वार्थ र रोटी सेक्नका लागि उहाँहरु आउनु भएको होइन । केही कमाउनका लागि आउनु भएको होइन । किन की यी दुई व्यक्तित्वले समाजमा दिएको योगदानले उहाँहरुले कमाउन पर्ने चिज सबै कमाइसक्नु भएको छ,’– लामिछानेले भने ।
The post यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छुट छैन– रवि लामिछाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40Ai1If via IFTTT
काठमाडौं। आन्दोलनरत मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने भएका छन्।
शनिबार गृहमन्त्रालयमा भएको सहमति पश्चात मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने सहमति गरेका हुन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच लिखित सहमति भएको छ।
सहमतिमा अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको गृहमन्त्रालयले जनाएको छ।
The post मिटरब्याजी पीडितको आन्दोलन फिर्ता, जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धतासहित पाँच बुँदे सहमति (पत्रसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3nGWkrm via IFTTT