काठमाडौँ । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ ।”
उहाँले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै विसं २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय रहने बताउनुभएको छ ।
The post डा स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी छाडेको घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3M1nRhl via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजावदी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीको नाम माग्ने बित्तिकै दिने निर्णय गरेको छ।
मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्मा पहिला आफूले पाउने मन्त्रालयको भागबण्डा टुङ्गयाउने र पार्टीले पाउने मन्त्रालय टुंगो लागेपछि तत्काल बैठक बसेर मन्त्रीको नाम टुंग्याउने निर्णय गरेको हो।
बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम मागेपछि तत्काल बैठक बसेर निर्णय गर्ने बताएका छन्।
‘पहिला हामीले पाउने मन्त्रालयको टुङ्गो लाग्नुपर्यो, त्यसपछि मन्त्रीको नाम टुङ्गो लगाउने निर्णय भएको छ,’ उपमहासचिव प्रकाश ज्वालले भने।
मन्त्रिपरिषद्मा भागबण्डा र मन्त्रीको नाम टुङ्गो लगाउन बनाएको ३ सदस्यीय कार्यदलका संयोजक तथा अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गयाइसकेको सार्वजनिक भएको छ।
अध्यक्ष नेपालले पार्टीबाट मन्त्रिपरिषद्मा उपाध्यक्ष बेदुराम भुषालको नेतृत्वमा अन्य मन्त्रीहरुलाई पठाउने तयारी गरेको सार्वजनिक भएको हो।
पार्टीले भागबण्डा अनुरुप आफ्नो भागमा परेको मन्त्रालयअनुसार प्रथमदेखि क्रमश: उपाध्यक्ष बेदुराम भुषाल, उपमहासचिव प्रकाश ज्वाल, भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रिपरिषद्मा पठाउनको लागि अध्यक्ष नेपालले नाम टुङ्गो लगाइसकेको उनी निकट स्रोतले बताएको छ।
The post अध्यक्ष नेपालको खल्तिमा मन्त्रीको नाम, प्रचण्डले माग्ने बित्तिकै दिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40LDQED via IFTTT
काठमाडौं १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले धरौटी बुझाएर छुटेका हुन्।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका थिए।
The post प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा छुटे appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZuOnDa via IFTTT
काठमाडाै १३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का केन्द्रीय कारागार पठाइएका हुन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले धरौटी नबुझाएका कारण उनीहरुलाई जेल चलान गरिएको जनाएको छ ।
गत हप्ता थापाथाउँस्थित वानेश्वर ब्याङ्क्वेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा यी युवाहरुले बैंकको ब्याजदर घटाउन माग गर्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।
The post प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LTDlUA via IFTTT
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ८ हजारको मात्रै नाम राजपत्रमा प्रकाशित गरिएकोमा आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले राजपत्रमा नाम समावेश नभएका बाँकी ९ हजारको हैसियत के हुने र तिनीहरु सहिद हुन कि होइनन् ? भनी प्रश्न गरेका हुन् ।
‘द्वन्द्वमा मरिएको १७ हजार छन् भनिन्नछ । तर, ८ हजारलाई राजपत्रमा नाम निकालेर तिनलाई सहिद घोषणा गरियो । बाँकी ९ हजारको हैसियत के हो ? ती सहिद हुन कि होइनन् ? ती नौ हजारकोबारेमा कसले सोच्ने हो ?’– उनले प्रश्न गरे ।
साथै, शान्ति सम्झौता भएको १६ वर्ष पुरा हुँदा पनि राजनीतिक इच्छाशक्तिको कमीले द्वन्द्वकालीन समस्या समाधान हुन नसकेको उनको बुझाई छ । द्वन्द्वकालीन मुद्दामा सरकारले चासो नदेखाएर केही मानिसहरुलाई जोगाउन खोजेको उनको आरोप छ ।
‘शान्ति सम्झौता भएको १६ वर्ष भइसक्यो । यती समयसम्म पनि यो समस्या किन समाधान भएन ? समाधान नहुनुको कारण के ? समाधान नहुनुको कारण राजनीतिक इच्छाशक्तिको अभाव हो । केही मानिसहरुलाई जोगाउन खोज्ने चाहना हो,’– उनले भने ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपन मेलमिलाप ऐनलाई संशोधन गर्न संसद्मा पेस भएको विधेयकमा विद्रोही पक्ष र उनीहरुको आपराधिक क्रियाकलाप र जघन्य अपराधलाई जोगाउने उद्देश्यले ल्याइएको उनको आरोप छ ।
‘बेपत्ता पारिएका व्यक्तिका परिवार, मानव अधिकार सम्बन्धित व्यक्ति, संघ, संस्था तथा सरोकारवाला व्यक्तिको यसमा असहमति रहेको छ । विधेयकको मस्यौदा एक पक्षीय देखिन्छ । विद्रोही पक्षलाई मात्र जोगाउने, उनीहरुको अपराधिक क्रियाकलाप र जघन्य अपराधलाई लुकाउने भएकाले यो विधेयकले समस्या खडा गर्छ,’– उनले भने ।
The post पन्तको प्रश्न– ‘द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ९ हजारको हैसियत के हुने ?’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40En9L0 via IFTTT
काठमाडौ १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् ।लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी थिए ।माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
The post लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40yQZRd via IFTTT
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । यससँगै नेपालको आधिकारिक जनसंख्याको घोषणा गरिएको छ । तर प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ । १२औँ जनगणना–२०७८ को विस्तृत प्रतिवेदनमा नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ। सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।
गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
The post नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3K5dpUK via IFTTT
काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक नेतृत्व, सांसद तथा अन्य बिचौलियाको हस्तक्षेप हुन पुग्दा प्रायः अधिकांश सरुवाहरू विवादित हुने गरेका छन् ।
प्रशासनका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा सरुवामा अत्यधिक आर्थिक चलखेल हुने क्रम बढेपछि सरुवा बढी विवादित हुन थालेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद्ले गर्ने सचिव तथा सहसचिवको सरुवा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने अन्तरमन्त्रालय स्तरीय सरुवा र अन्य विकासे मन्त्रालयहरूले गर्ने सरुवा बढी विवादित हुने गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतले गर्ने सरुवामा बढी आर्थिक चलखेल हुने गरेको दाबी सरकारकै उच्च अधिकृतको छ । ‘केही समयअघि केही विभागमा गरिएको महानिर्देशकहरूको सरुवामा आर्थिक चलखेल भएको र पोस्टपेड तथा प्रिपेडका आधारमा सरुवा भएको छ ।’ एक मन्त्रालयका सहसचिवले दाबी गरे । ‘पैसा तिरेर महानिर्देशक भएकाहरूले त्यहाँ गएर पैसा उठाउन भ्रष्टाचार र अनियमितता गर्ने गर्छन्, छानबिन गर्ने निकाय आफैं भ्रष्ट हुँदा छानबिन हुने कुरै भएन ।’ – ती सहसचिवले भने ।
अधिकारीहरूका अनुसार सिंहदरबारभित्र सरुवामा ठुलै सेटिङ हुने गरेको छ । अहिले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा पनि विभिन्न खाले सेटिङको प्रयास शुरू भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
देशभरका स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भएर आएको झण्डै एक वर्ष पुग्नै लाग्दा जनप्रतिनिधिहरूले सेटिङकै आधारमा प्रमुख प्रशासकीय अधिकृतलाई लैजाने प्रयास थालेको बताइएको छ । जनप्रतिनिधिहरूले आफ्नो पार्टीका केन्द्रीय नेता सांसदमार्फत आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत लैजाने क्रमलाई निरन्तरता दिन थालेका छन् ।
सरुवाकै विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विभिन्नखाले विवाद र आतंकसमेत मच्चिने गरेको छ । सरुवाकै विषयलाई लिएर बिहीबार पनि मन्त्रालयमा विवाद भएको बताइन्छ । विभिन्न दलका नेताहरू भने सेटिङ मिलाउन आफू अनुकूलका कर्मचारी लैजानका लागि सिंहदरबार धाउने क्रम शुरू भएको छ ।
विशेषगरी कांग्रेस, माओवादी केन्द्र र जसपाका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले स्थानीय तहमा आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत लैजान सिंहदरबारमा मन्त्री तथा सचिवमाथि दबाब दिन थालेको मन्त्रालयका एक अधिकृतले बताए ।
ती अधिकृतका अनुसार अहिले विभिन्न जिल्लाबाट विभिन्न पार्टीका सांसदहरू आफ्ना पार्टीका केन्द्रीय नेताहरू बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सचिव, सहसचिवलाई भेट्न आउने क्रम तीव्र पारिरहेका छन् । सरुवामा प्रधानमन्त्री, मन्त्री र अन्य उच्च पदस्थहरूमार्फत समेत निर्देशनात्मक भनसुन हुने गरेको ती अधिकृतको दाबी छ । नेपाल समाचारपत्र दैनिकबाट
The post किन हुन्छ सधैं कर्मचारी सरुवामा सेटिङ, नियमित सरुवालाई विवादित बनाइँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TGIr8t via IFTTT
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताए। उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।
प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नभएको पनि बताए। जनतामा नैराश्यता देखिएको भन्दै उनले सरकारलाई काम नगरी बस्ने छुट नहुने पनि बताए।
The post नागरिक तर्साउनेतर्फ नलाग्न प्रधानमन्त्री प्रचण्डलाई गगनकाे आग्रह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3M1RvTZ via IFTTT
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा सहभागी हुने भएको छ। सो दलबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आँफै मन्त्री बन्नेगरि गृहकार्यमा लागेकी छिन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।
नागरिक उन्मुक्ति पार्टीले अहिले २ मन्त्रालयमा दाबी गरेको छ । रञ्जिताको चाहना भने पर्यटन मन्त्रालय लिने रहेको छ ।
अहिले माओवादी केन्द्रबाट सुदन किराँतीले सो मन्त्रालयको नेतृत्व गरिरहेका छन् । उनले राम्रै काम गरेकोले प्रधानमन्त्री दाहालले किराँतीलाई हटाउने सम्भावना कम रहेको चर्चा छ । नागरिक उन्मुक्तिले सरकारमा सहभागिताको लागि रेशम चौधरीको रिहाईलाई मुख्य शर्त बनाएको छ।
अहिले नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताहरुले रेशम चौधरी चाँडै रिहा हुने दाबी गरिरहेका छन् । प्रधानमन्त्री दाहालले पनि चौधरीको रिहाईको लागि पहल गरिरहेका छन् ।
The post नागरिक उन्मुक्तिद्धारा २ मन्त्रालयमा दाबी, अध्यक्ष रञ्जिता आँफै मन्त्री बन्ने तयारीमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LKup3V via IFTTT
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टी सरकारमा नजाने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको जनमोर्चा सरकार नजाने भएको हो।
संघीय संसद्मा अध्यक्ष चित्रबहादुर केसीमात्रै सांसद् रहेको जनमोर्चाले सरकारलाई समर्थन मात्र गरेको तर सरकारमा नजाने बताएको छ।
सरकारमा सहभागी बारे अध्यक्ष केसीले भने, ‘सरकार बनाउनका लागि विश्वासको मत दिएर समर्थन गरेका हौं। तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन। हामी जादैनौं।’
The post जनमोर्चा पार्टी सरकारमा नजाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42trlz3 via IFTTT
सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो । विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।
विभागले सेवाग्राहिको चापलाई ध्यानदिँदै कार्यलय खुल्ला रहने निर्णय गरेको हो ।
The post घोडेजात्राको बिदामा पनि राहदानी विभाग खुला रहने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TxLHTV via IFTTT
काठमाडौँ ६ चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिँदै छन् । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् ।
The post एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LBpmmh via IFTTT
काठमाडौँ ६ चैत। नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
The post रासायनिक मलमा दिँदै आएको अनुदान यथावत रहने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3yOpVlh via IFTTT
काठमाडौँ ६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउनेरनचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्। सरकारका तर्फबाट कुनै मुद्दा चलाउनेरनचलाउने भन्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनले राहदानी प्रकरणमा लामिछानेलाई मुद्दा चलाउन नपर्ने राय दिएपछि यस विषयमा अब महान्यायाधिवक्ताले दिने निर्णय अन्तिम हुनेछ
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरी त्यससम्बन्धी प्रस्ताव उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ। उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ।
सरकारका तर्फबाट कुनै मुद्दा चलाउनेरनचलाउने भन्ने अन्तिम निर्णय गर्ने संवैधानिक अधिकार महान्यायाधिवक्तालाई छ। महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार हुने व्यवस्था छ। सरकारका तर्फबाट दर्ता भैसकेको कुनै मुद्दा फिर्ता लिँदा पनि महान्यायााधिवक्ताको राय लिनुपर्ने व्यवस्था संविधानमै गरिएको छ। लामिछानेले अमेरिकी नागरिक हुँदाकै बखत पुरानै नेपाली नागरिकताबाट नेपाली राहदानी लिएको विषयमा प्रहरीमा उजुरी परेको थियो। त्यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयलाई एक साताअघि प्रतिवेदन पठाएको थियो।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेविरुद्ध नागरिकता विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सर्वोच्चको फैसलापछि उनको सांसद, गृहमन्त्री र पार्टी सभापति पद गुमेको थियो। राहदानीको विषय भिन्नै रहेकाले मुद्दा चलाउने÷नचलाउने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ। लामिछानेको राहदानी विषयमा जिल्ला हुँदै उच्च सरकारी वकिल कार्यालयले एउटै निर्णय गरेको हो।
लामिछानेको राहदानी विवादमा जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गर्दै उच्च सरकारी वकिलको कार्यालय पाटनले प्रतिवेदन पठाएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। अनुसन्धानको पाटो कमजोर देखिएमा र मुद्दा चलाउन मिल्ने भएमा जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बदर गर्दै उच्च सरकारी वकिलको कार्यालयले पनि निर्णय गर्न सक्ने कानुनी व्यवस्था छ। मुद्दा चलाउने विषय देखेमा उच्च सरकारी वकिललाई पनि फाइल जिल्लामा फिर्ता पठाउन सक्ने अधिकार छ।
‘मुद्दा चलाउने, नचलाउने भन्ने विषयमा महान्यायाधिवक्ताको निर्णय अन्तिम हुने व्यवस्था छ। फाइल कार्यालयमा आइपुगेको छ’, महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले भने, ‘कुनै विषयमा अनुसन्धान गर्न बाँकी भएमा फाइल फिर्ता पनि जान सक्छ। मुद्दा नचलाउने निर्णयसहितको प्रस्ताव आएको छ।’
प्रहरीले पनि मुद्दा नचलाउने रायसहितको प्रतिवेदन पठाएको ती अधिकारीले बताए। महान्यायाधिवक्ताको कार्यालयमा फाइल पुगेपछि पनि प्रक्रियागत अनुसन्धान गर्दै नायब महान्यायाधिवक्तासमक्ष पेस हुन्छ। प्रहरी प्रतिवेदनमा लामिछानेलाई राहदानी मुद्दा चलाउन प्रमाण नपुगेको उल्लेख छ। सर्वोच्च अदालतको आदेशबमोजिम लामिछानेले नयाँ नेपाली नागरिकता प्राप्त गरेको, नागरिकता र राहदानीमा कुनै झुटा विवरण नभएको प्रहरीको प्रतिवेदनमा उल्लेख भएको बताइएको छ।
लामिछानेले अमेरिकी राहदानी हुँदासम्म नेपालको राहदानी प्रयोग नगरेको, हाल राहदानी विभागबाट रद्द भएको र कुनै झुठा विवरण पेस नगरेको प्रहरीको राय छ।
गत माघ १३ गते लामिछानेविरुद्धको नागरिकता मुद्दाको फैसलामा सर्वोच्च अदालतले नेपालमा नेपाली नागरिकले मात्रै राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत राख्ने नजिर कायम गर्दै एकैसाथ दोहोरो नागरिकता कायम हुन नसक्ने ठहर गरेको थियो। नेपालको कानुनी प्रक्रिया मिचेर पुरानै नागरिकताका आधारमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भई निर्वाचित भएको भन्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो। त्यसपछि उनको गृहमन्त्री पद पनि गुमेको थियो। सर्वोच्च अदालतको फैसलापछि माघ १५ गते जिल्ला प्रशासन कार्यालय पुगेर लामिछानेले प्रक्रियाअनुसार नयाँ नेपाली नागरिकता लिएका थिए।
सर्वोच्च अदालतमा लामिछानेको नागरिकता मुद्दाको बहसका क्रममा राहदानीको विषय पनि उठाइएको थियो। उनले अमेरिकी राहदानी साथमा हुँदाहुँदै नेपालको पुरानो नागरिकताका आधारमा नेपाली राहदानी लिएको विषय बहसका क्रममा कानुन व्यवसायीले उठाएका थिए। सर्वोच्च अदालतको फैसलामा राहदानीको विषयमा भने थप उल्लेख गर्न नपर्ने छ। ‘झुटा विवरण दिई राहदानी वा यात्रा अनुमति लिएको सम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुनबमोजिम निरूपण गरिनुपर्ने विषय देखिएको र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं समेतको जवाफबाट राहदानीको विषय छानबिन भैरहेको भन्ने तथ्यसमेत खुल्न आएको पाइयो,’ लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च भएको फैसलामा लेखिएको छ, ‘रवि लामिछाने प्रतिनिधिसभाको सदस्य पदमा उम्मेदवार भै निर्वाचित भएको सन्दर्भमा निजको नागरिकतासम्बन्धी योग्यतासँग सम्बन्धित रहेको देखिएको तथा राहदानी विषय निर्वाचन क्रममा उम्मेदवारको योग्यतासँग जोडिएको विषय नदेखिएको हुँदा निजले सन् २०१५ मा नेपाली राहदानी लिएको विषयमा अहिले थप उल्लेख गरिरहन परेन।’ नागरिक दैनिकबाट
The post अब के हुन्छ रविको राहदानी दुरूपयोग सम्बन्धी मुद्दा ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3JwDfj6 via IFTTT
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिइने बताएका छन । राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।
यसअघि गत पुस २६ मा राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो।
‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘जुन उद्देश्यका लागि हामीले गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्यौं, त्यो राजनीतिक उद्देश्यबाट प्रचण्ड बिचलित हुनुभएपछि हामीले समर्थन फिर्ता लिएको हो।’
The post राप्रपाले प्रचण्डलाई विश्वासको मत नदिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3JsGWGj via IFTTT
काठमाडौँ ५ चैत । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन्। कांग्रेसकाे अाज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेतृत्वको सरकारमा सहभागी हुने र सरकारमा जाने निर्णय गरेको हो।
The post प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3FyArAG via IFTTT
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको नेतृत्वका लागि मतदान सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न ४ बजेसम्म जारी हुनेछ ।
निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको जनाइएको छ ।
The post स्ववियु नेतृत्वका लागि मतदान सुरु, मतदान अपराह्न ४ बजेसम्म जारी रहने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42lAd9V via IFTTT
प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन्। पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन्। ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ। यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ।
विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन्।
नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दाबी गरेका हुन्। प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिनेगरी यसअघिबाटै आन्तरिक रूपमा शीर्ष तहमा छलफल गरिरहेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
The post गृह मन्त्रालयमा तीन पार्टीको दाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LuTgsg via IFTTT
काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यको लागि सिफारिस गरेको छ । सांसद सहनाज रहमानको निधन भएपछि रिक्त स्थानमा जसपाले मञ्जुलाई पठाउने भएको हो । आज बसेको पार्टिको बेठकले सो निर्णय गरेको हो ।
The post जसपाद्वारा समानुपातिक सांसदमा अन्सारी सिफारिस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LwN430 via IFTTT
उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सर्नुभएको छ । उहाँ आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो ।
नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।
निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्नुहुनेछ ।
The post निजी निवासमा सरे उपराष्ट्रपति नन्दबहादुर पुन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42etjmO via IFTTT
नेपाली कांग्रेसका नेता एवं सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । यसबारे अहिले पार्टीपंतिमा कुनै छलफल नै नभएको र प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्रै यसबारेमा छलफल हुने उनले बताए ।
पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय र नेतृत्वका बारेमा छलफल हुने बताए । ‘कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारेमा टुंगो लागेकै छैन । यसबारेमा छलफल नै भएको छैन । प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि पार्टी सभापतिजीले मन्त्रालय र नेतृत्व बारेमा छलफल गर्नुहुन्छ,’– निधिले भने ।
साथै, प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले आठ देखि दश वटा मन्त्रालयको दाबी गरिरहेको उनले बताए । ‘अहिलेको सरकारमा सहभागी हुँदा एमालेले पहिले लिएको मन्त्रालय र त्यसमा एक दुई वटा थप हुन्छ । हामीले आठ देखि १० वटा मन्त्रालयको अपेक्षा गरेका छौं । नेतृत्व गरेर सरकारम सहभागी हुन सबै योग्य हनुहुन्छ । पार्टी सभापति शेरबहादुरजीले जसलाई पठाउनुहुन्छ, उसैले पार्टीको पार्टीबाट सरकारको नेतृत्व गर्छ,’– उनले भने ।
The post १० मन्त्रालयमा कांग्रेसको दाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3FoPlJK via IFTTT
राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर अपडेट गरेको छ । यसपटकको तस्वीर वास्तविक देखिएको छ ।
त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा यसबारे चर्चा र आलोचना भएको थियो ।
उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धाबस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।
The post राष्ट्रपतिको औपचारिक तस्वीरमा हटाईएको कोठीको चर्चा पश्चात नयाँ तस्विर अपडेट गरियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZTQu4f via IFTTT
काठमाडौँ। निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।
उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य , प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।
The post उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार आज रातिदेखि निषेध appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZMMQsM via IFTTT
काठमाडौं । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज विहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।
यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए ।
आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।
The post उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी, १० दलीय गठबन्धनबाट वैकल्पिकसहित तीन जना उम्मेदवार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ytScgz via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्।
राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्।
उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा राजनीतिक कोर्स पूरा भएको छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिनेतर्फ हुनेछ।’
The post उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZzoouR via IFTTT
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ।विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गतेदेखि आइएफआर प्रणाली लागू भएको हो। हाल विमानस्थलबाट बिहान ६ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ।
बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए। उनका अनुसार हालसम्म बुद्धबाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेस गरेका छैनन्।
उनले भने, “पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलिदेखि बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ। बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन्।”
यसअघि यही फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भए पनि सो उडान नियमित तालिकाअनुसार थिएन। मौसमको खराबीका कारण तालिका ढिलाइ भएकाले राति अवतरण गरेको थियो।
बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति ८ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताए। बुद्धका चारवटा जहाज राति पोखरामा नै रात्रि बिसान गर्नेछन्। कर्णका अनुसार बिहीबार काठमाडौँबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवादेखि पोखरा साँझ ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ।
उनले भने, “हाल चारवटा जहाज पोखरामै रात्रि बिसान हुन्छ। भोलिपल्ट बिहान पोखराबाट सम्बन्धित गन्तव्यमा उडान सुरु हुन्छ। यसले पोखराको पर्यटनलाई ठूलो सहयोग पुग्ने विश्वास छ।”
पोखराको पुरानो विमानस्थलमा आइएफआर प्रणाली नहुँदा यसअघि रात्रिकालीन उडान हुनसकेको थिएन। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रात्रिकालीन उडानको ढोका खुलेको हो। पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै यात्रुलाई सहज हुने र यसबाट पर्यटन क्षेत्रलाई लाभ पुग्ने पर्यटन व्यवसायी बताउँछन्। यहाँका पर्यटन व्यवसायीले विगतदेखि नै रात्रिकालीन उडानको माग गर्दै आएका थिए।
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरिएको थियो। सोही दिनदेखि आन्तरिक उडान भए पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान अझै सुरु हुनसकेको छैन।
विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्दा समेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका पर्यटन व्यवसायी तथा उद्योगी निरास छन्। सरकारले भने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी मुलुकहरूसँग कूटनीतिक पहल भइरहेको जनाएको छ।
The post पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZzO76n via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विदेशलाई विद्यालय स्थापना गर्न दिन थालेको अध्यक्ष ओलीले एक कार्यक्रममा बताएका थिए। अध्यक्ष ओलीको सोही अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाएको हो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तथा सूचना मन्त्री रेखा शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले विद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन।’
The post ओलीको बोलीप्रति सरकारको आपत्ति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3mvO5he via IFTTT
काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना २४ घन्टाभित्र हटाउन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ ।बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण गरिएका संरचना, सम्झौताविपरीतका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।धर्मशालाले नक्सा पासविना नै संरचना निर्माण गरेकोसमेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको बताइएको छ ।
The post महानगरले पशुपतिका अतिक्रमित संरचना हटाउने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3mpFTiv via IFTTT
काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
‘हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ,’– उनले भने । पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।
यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।
The post अवैध संरचना हटाउन बालेनको २४ घण्टे अल्टिमेटम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ZguDDT via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेता पौडेलले आज (बिहीबार) चौधरीसँग भेटवार्ता गरेका हुन् । उनी चौधरी भेट्न डिल्लीबजार कारागारमा पुगेका थिए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीसँगको भेटवार्तामा राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । चौधरीले राष्ट्रपतिका उम्मेदवार पौडेलसँग विभिन्न शर्तहरु राखेको बताइएको छ ।
The post राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको घरदैलो अभियान, भोट माग्दै डिल्लीबजार कारागारमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41G6Puv via IFTTT
काठमाडौं । बागमती प्रदेश सरकार भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल आज अनुगमनका क्रममा धादिङ पुग्नु भएको छ ।
मनहरी–आदमघाट जोडने १२ कि।मि पक्की मोटर बाटो अनुगमन गर्ने क्रममा गजुरी–६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्लम ढलान प्राबिधिक स्टमेट अनुकुल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परिक्षण गर्न निर्देशन दिनु भएको हो ।
अनुगमनका क्रममा गुणस्तरीय हिन काम देखिए पछि मन्त्री युवराज दुलाल ले तत्काल काम रोक्न र सम्पन्न भएको कामको ल्याव परिक्षण गर्नका निम्ति मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
धादिङ बेसिमा रहेको प्रादेशिक सडक डिभिजन कार्यलयको अनुगमन गर्नुका साथै कार्यलय प्रमुख मदन कुमार आले मगर तथा सम्बन्धीत कार्यलयमा कार्यरत इन्जिनियर, विभिन्न शाखा प्रमुख लगाएत कार्यरत सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा कार्य प्रगति विवरणको रिपोर्ट लिनुका साथै आबस्यक निर्देशन समेत दिनु भएको छ ।
The post प्राबिधिक स्टमेट अनुकुल नभएको भन्दै तत्काल काम रोक्न र बाँकी कामको परिक्षण गर्न मन्त्री युवराज दुलालको निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3kzinzn via IFTTT
काठमाडौँ । नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग राष्ट्रपतिमा पूर्वसभामुख सुवास नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।
रास्वपाको कार्यालय बसुन्धारा पुगेका नेताहरुले नेम्वाङको पक्षमा भोट मागेका हुन् । राष्ट्रपतिका उमेदवार नेम्वाङसहित नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत रास्वपा कार्यालय पुगेका थिए ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेम्वाङलाई शुभकामना दिँदै मतबारे पार्टीको बैठक बसेर निर्णय दिने जवाफ दिइएको बताए ।
“उहाँहरुले भोट माग्नुभयो । हामीले शुभकामना दियौँ । मतबारे पार्टीले निर्णय गर्ने हो निर्णय गर्न बाँकी छ । निर्णय गर्छौंं भन्यौं,” उनले बाह्रखरीसँग भने । एमाले नेताहरु आजै नेकपा एकीकृत समाजवादीको कार्यालय पनि पुगेका थिए ।
The post सुवास नेम्वाङलाई रास्वपाको शुभकामना,मतबारे पार्टीले निर्णय गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Zv1WTl via IFTTT
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठुला भनिने नेताहरुले गरिरहेको राष्ट्रदोहन र नितिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तिब्र रोष प्रकट गरेका छन् । “पुर्ब राष्ट्र प्रमुख र पुर्ब प्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नितिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो” थापाले भने । आज काठमाडौंमा पार्टी आबद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल ब्यबस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजि गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे । थापाले मुलुकको अबस्था अत्यन्तै नाजुक भएको कारण देशको अवस्थाले गर्दा ब्यबस्था परिबर्तन हुन सक्ने भन्दै गणतन्त्रका संबाहक हौ भन्नेहरु नसच्चिए दुर्घटना अबश्यमंभाबी भएको दाबी गरे । गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठुला नेताहरु ब्रम्हलुटमा लिप्त छन् । थापाले थपे :- “यो दुर्घटनाको सङ्केत हो” । भ्रष्टाचार ,बेरोजगारी ,कुशासन,धर्मपरिबर्तनले आक्रान्त जनता नाङ्गो ब्रम्हलुटबाट आजित भएको बताए । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र ब्यबस्थापिका प्रभाबहिन बन्दै जानू ब्यबस्था नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता,कार्यकर्ताहरुलाई अब सडक संघर्षको लागि तयारिमा लाग्न निर्देशन दिए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनबर्गिय संगठनका अध्यक्षहरुले बोलेका थिए ।
The post अबस्थाले ब्यबस्था परिबर्तन गर्छ, गणतन्त्रका संबाहक शक्ति नसच्चिए दुर्घटना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3IFUa23 via IFTTT