काठमाडौं । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन्।
पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान सुरु गरेका प्रसाईंले पत्रकार सम्मेलन गर्दै ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि नेपाली नागरिकको हैसियतमा आन्दोलनमा आउन पनि आग्रह गरेका छन्।
यस्तो छ उनको मागसहितको विज्ञप्ति
श्री ५ बडामाराज धिराज पृथ्वीनारायण शाह जसरी नेपाल एकिकरणको लागि हातमा तरबार बोकेर सडकमा निस्कनु भएको थियो । श्री ५ त्रिभुवन विर विक्रम शाहदेव जसरी जाहाँनिया राणा शासनको बिरुद्ध जनताको मायाले जनताको साथमा २००७ सालमा प्रजातन्त्रको लागि सडकमा आउनु भएको थियो । त्यसैगरि पूनः प्रजातन्त्र प्राप्तीको लागि आम नेपाली जनसमुदायलाई माया गर्दै श्री ५ ज्ञानेन्द्र विर विक्रम शाहदेव लगायत सम्पुर्ण राजपरिवार लाई यो आन्दोलनमा नेपाली नागरिकको हैसियतले सरिक हुँदा २०७४ को संविधानले कुनै किसिमको अवरोध उत्पन्न गर्न सक्नेछैन ।
१) राष्ट्रलाई सेतो हात्ती भएको संघीयता खारेज गर्नुपर्ने ।
२) सबै धर्मलाई सम्मान गर्दै वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने ।
३) गणतन्त्रको बाटो हिंड्दा अफाप सिद्ध भएका कारण २०४७ सालको संम्बिधान लागु गर्नुपर्ने ।
४) बैंक, लघुवित्त सहकारी र बिमा कंम्पनिहरु लाई तुरुन्त राष्ट्रिय करण गरी निक्षेपकर्ताहरुको निक्षेपलाई ध्यानमा राख्दै निक्षेप कर्ता को व्याज ६% प्रतिशत भन्दा माथि नहुनेगरि ऋणीहरुको बिस लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकालि सुकुम्बासी बनाई सडकमा पुऱ्याएका परिवारहरुलाई एकैठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने ।
५) २० लाख भन्दा माथिको ऋण ४% देखी ५% प्रतिशत व्याजदरमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदिशिक रोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने साथै बैंक तथा वित्तिय संस्थाबाट पत्रपत्रिका मा ३५ दिने सुचना प्रकाशन गर्ने काम बन्द गर्नुपर्ने ।
६) बैंकले धितो लिलाम गरि सुकुम्वासी बनाईएकाहरुको धितो फिर्ता गरि उक्त ऋणलाई पूनः सम्रचनागरि १५ वर्ष सम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने । यसको जिम्मा सरकारले लिनुपर्ने ।
७) संम्पूर्ण सरकारका मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा ०% प्रतिशत व्याजमा राखिनुपर्ने । सरकारले एफ डि खाता खोल्न नपाउने ।
८) निजामति कर्मचारी र तल्लोतहका सुरक्षकर्मीहरुको तलब सुविधा कम्तिमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने ।
९) सर्वोच्च अदालतमा १०० जना न्याधिशहरु थप गरि जस्तो सुकै मुद्दाहरुलाई पनि २ वर्ष भित्र छिनोफानो गर्ने वातावरण गर्नुपर्ने ।
१०) जेल परेका कैदिवन्दिहरुलाई उच्च स्तरीय आयोग गठन गरी छानविन गरि जेल मुक्त गराई बाँकि वन्दीहरुलाई श्रम शिवीरमा रुपान्तरण गरीनुपर्ने र जेलको अवधारणा हरेक विकाश क्षेत्रमा एउटा ल्याई जेलमा विभिन्न किसिमका अध्यापन गराईनुपर्ने ।
११) उच्चशिक्षा हासिल गर्न विदेश जाने बाटो वन्द गरि नेपालमै थप विश्वविद्यालयहरु खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने ।
The post दुर्गा प्रसाईंले गरे ११ बुँदे मागसहित आन्दोलनको घोषणा (मागसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KKet0U via IFTTT
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्रीको विदेश भ्रमण किन रोकेकोबारे खुलासा गरेका छन्। राजीनामा बुझाउन गएका एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण रोकेको बारेमा जानकारी गराएका हुन्।
उनले परराष्ट्र मन्त्रलायको नेतृत्व सम्हालेकी मन्त्री बिमला राई पौड्याललाई तपाईं विदेशमै रहँदा नै तपाईंको पद नजाओस भनि विदेश भ्रमण रोकेको बताएका हुन्।
पौड्याल निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, ‘विमलाजीलाई अपमान गर्नेगरी भ्रमण नरोकेको हुँ। २०६५ सालको घटना सम्झेर भने मेरो नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो।’
The post ‘विदेशमै रहँदा मन्त्री पद नजाओस भनेर भ्रमण रोकेको हुँ’प्रधानमन्त्री ‘प्रचण्ड’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YbYko1 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बनेको ८ दलीय नयाँ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ।
राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेलको पक्षमा अन्य दलसँग मत माग्नेदेखि सत्ता सहकार्यबारे छलफल भएको नेताहरुले बताएका छन्। बैठकमा आठ दलका शीर्ष नेताहरुले सहभागिता जनाएका छन्।
The post बालुवाटारमा ८ दलको बैठक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Zm7QWW via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत आठ दलको समर्थनमा उम्मेदवार बन्ने तयारीमा रहेको पौडेलले हात्तिगौंडा पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) ले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेका छन् । पौडेल रास्वपाकोसमेत समर्थन लिएर राष्ट्रपति बन्ने तयारीमा छन् ।
The post रविको निवासमा रामचन्द्र पौडेल, राष्ट्रपति निर्वाचनका लागि मागे सहयोग appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YhPENj via IFTTT
काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत् मतदाता नामावलीमा नाम समावेश भएकाहरु विरुद्ध उजुरी दिन सकिने छ ।
निर्वाचन आयोगले हिजो मतदाता नामावली सार्वजनिक गरेको थियो ।
आयोगका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसैगरी, १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ । आगामी फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ ।
The post राष्ट्रपति निर्वाचनः मतदाताविरुद्ध उजुरी दिन सकिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Zkcm8n via IFTTT
काठमाडौं । सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्। सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो।
शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो।
The post शनिबार बाहेकका सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YcPB5n via IFTTT
काठमाडौं । स्वास्थ्य व्यवसायी तथा एमालेका केन्द्रीय सदस्यबाट राजीनामा दिएका दुर्गा प्रसाईँ पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।
हालै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेपछि ‘नागरिक बचाऔँ महाअभियान’ सुरु गरेका प्रसाईँलाई एमालेले केन्द्रीय सदस्यबाट कारवाही गर्ने पहल गर्दा प्रसाईँले आफैंले राजीनामा दिएको बताएका थिए।
प्रसाईँले आज कैलालीको धनगढीमा आयोजित नागरिक बचाऔँ महाअभियानको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीलाई कारवाही हुनुपर्ने तपाईंलाई की मलाई भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘मेचीनगरमा मैले पानसमा बत्ती बालेको थिएँ, बन्दुक पड्काएको थिइनँ। हजुरबा (ओली)ले पार्टीबाटै निर्णय गराएर राजा बोक्ने पार्टी राप्रपा राजेन्द्र लिङदेनलाई भोट हाल्न लगाउनुभयो। उहाँलाई कारवाही हुनुपर्ने कि मलाई कारवाही हुनुपर्ने?’ उनले थपे ‘म पनि केपी हजुरबुबालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’
The post ओलीविरुद्ध खनिए दुर्गा प्रसाईँ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SpUSVH via IFTTT
काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।
यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो। यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ। जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ। जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ।
कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन्। साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
The post माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3klbelY via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौति भएको बताएका छन् । आज (सोमबार) कास्कीको लेखनाथमा आयोजित पोखरा विश्वविद्यालयको १८औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढ्दो शैक्षिक जनशक्तिको विदेश पलायन रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईंहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु। विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
The post शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं– प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/41fB8YP via IFTTT
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौं सधारणसभा र तेश्रो अधिवेशन लाई संवोधन गर्न काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोल आउने आयोजक संस्थाले बताएको छ ।
काठमाडौं उपत्यकामा बार्षिक ठुलो रकमको कारोबार गर्ने व्यवसायको सुचिमा पर्ने ग्रील तथा स्टील व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत २ वटा क्षेत्र र १४ वटा इकाई समितिहरु रहेका छन् ।
बिषेशगरि स्थानिय सरकार र व्यवसायीहरु बिच समझदारिहुन नसक्दा वडाकार्यालयमा व्यवसाय दर्ताहुन नसकेको अवस्थामा उपमेयर प्रमुख अतिथिको रुपमा आउने कुरालाई सकारात्मक रुपमा लिईएको छ ।
काठमाडौं जिल्लामामात्र २ हजार भन्दा बढी व्यवसायी रहेको भएपनि कोरोना ,मुल्यवुद्धि र आर्थिक मन्दिको कारण धेरै व्यवसायी पलायन हुने अवस्थामा पुगेकोले सबै व्यवसायीहरुले संस्थामा नविकरण गर्न समेत नसकेको आयोजक संस्थाको महासचिव राजु्लाल श्रेष्ठले बताउनु भयो ।
पुरानो कार्यसमिति लाई बिदाई गर्दै नयाँ कार्यसमिति बन्ने यो अधिवेशनबाट केहि नयाँ अनुहारहरुको प्रवेश हुने भएकोले यो भन्दा अगाडीको सबै बिषय स्प्रष्ट र छर्लङ्ग पारेर आफुले यो संस्था जिम्मा लगाउन चाहेको वर्तमान अध्यक्ष यज्ञदास श्रेष्ठले बताउनु भयो ।
जिल्लाको अध्यक्ष पदमा करिब करिब सहमति भईसकेको र अन्य पदमा समेत कुनै बिवाद नरहेकोले सौहार्दपुर्ण वातावरणमा अधिवेशन सम्पन्न हुने आयोजक पक्षको दावी छ ।
बालाजु ,जरंखुको साझा पाटी प्यालेस मा बिहान १० बजे शुरुहुने कार्यक्रममा शुरक्षा निकाय , पत्रकार ,समाजसेवी समेतलाई निमन्त्रणा गरिएको छ ।
The post उपमेयर सुनिता डंगोल ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको अधिवेशनलाई संबोधन गर्न आउँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SdbG21 via IFTTT
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्य गर्ने भनेर गरेको प्रस्तावको बारेमा मुख खोलेका छन् । उनले ज्ञानेन्द्रले सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषयमात्रै हुन नहुनेमा जोड दिएका दिएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै अहिले बल राजाकै कोर्टमा रहेको पनि उल्ल्ेख गरेका छन् ।
उनले भनेका छन्–
सन्दर्भ राजाको सन्देश:
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरिनु सकारात्मक भएको मलाई लागेको छ।”अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन” भन्ने राजा ज्ञानेन्द्रको भनाई सान्दर्भिक छ। यस्तो सोच धेरै अघि नै आउनुपर्थ्यो, धेरै ढिलो भैसक्यो। वागमतीमा धेरै पानी बगिसक्यो।
वास्तवमा नेपालको भूराजनीतिक अवस्था तथा सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बिचको समाञ्जस्यता देशको निम्ति उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो। गणतन्त्रवादी र राजावादी बिचको ‘सिनर्जी’ नेपालको हितमा हुन्छ।
सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषय मात्र हुनु हुँदैन। सहकार्यको अवधारणा अघि सार्दा त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने वारे समेत राजाले सोचेको हुनुपर्छ। बल राजा कै कोर्टमा छ। यद्यपि राजसंस्था पाखा लगाउने काम नेपाली जनताले भोट हालेर व क्रान्तिबाट गरेका होईनन्। देशीविदेशी शक्तिहरुको षडयन्त्रबाट एकप्रकारले भन्ने हो भने ‘एम्बुस’मा पारेर राजसंस्था हटाईएको हो। तथापि अहिले राजसंस्था हटेको छ र देशमा गत चौध वर्षदेखि संघिय लोकतान्त्रिक गणतन्त्र कायम छ । यो धरातलीय यथार्थ हो। निश्चय पनि गणतन्त्रले जनताको जीवनमा सुधार आउन सकेको छैन, व्यवस्था परिवर्तन भए पनि अवस्था सुधार नभएको आम गुनासो छ। यसो भन्दैमा गणतन्त्र स्वत: हटेर राजसंस्था आउने होईन, राजा फर्कने वित्तिकै परिस्थितिमा चामत्कारिक सुधार हुने पनि होइन।
राजसंस्था पाखा लगाउँदा राजनीतिक दलहरुले विगतमा राजाबाट पटकपटक प्रजातन्त्र मास्ने काम भएको र नेपालमा राजसंस्था प्रजातन्त्र र दलहरु विरुद्ध रहेको धारणा थियो र अहिले पनि छ। सहकार्यको प्रस्ताव गर्दा यो अविश्वास र आशंका निराकरण गर्ने जिम्मेवारी स्वयं राजा कै हो। किनभने देश जतिसुकै संकटग्रस्त रहेता पनि राजसंस्थासँग सहकार्य गर्ने अहिले सम्म दलहरुको सोचाई र प्राथमिकतामा छैन। राजनीतिक दलहरु राजसंस्था पुनःस्थापनाको ‘मुड’ मा छैनन्। त्यसर्थ, अविश्वास र आशंका निराकरण प्रयासको पहलकदमी राजाबाट हुनु सहकार्यको पहिलो पाईला हुनेछ। दलहरुसँगको अविश्वास र आशंकाको खाडल पुर्न राजाबाट आगामी दिनमा कस्तो पहल हुन्छ हेर्न बाँकी नै छ। पुरानो अनुभवलाई विचार गर्दा यो सहकार्यको प्रस्ताव पनि पानीको फोका हुनसक्छ। पहल राजा स्वयंबाट हुनु जरुरी छ।किनभने राजाको पक्षमा बोलिदिने अहिले राष्ट्रियस्तरका कुनै विश्वसनीय नेता वा भरपर्दो दल छैनन्।
राजसंस्था पुनर्स्थापित भए राजनीतिक दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुने छैन र प्रजातन्त्र कमजोर पार्ने काम हुने छैन दल र जनताले विश्वास गर्ने ‘ग्यारेण्टी’ आवश्यक छ।
दल र नेताहरुको कमजोरी वा असफलताको परिणामस्वरूप राजसंस्था पुनःस्थापना हुने होइन। प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई रहन्छ। त्यसैले, दलहरुले सिर्जना गरेको फोहोर देखाएर होईन, राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको निम्ति राजसंस्था सहायक हुन्छ भन्ने मान्यताको विकास हुनुपर्छ।
प्रजातन्त्र दिवसको अवसरमा राजाको सन्देशमा केही विरोधाभास देखिन्छ। एकातिर सहकार्यको कुरा गर्ने, अर्कोतर्फ अब “मौन नबस्ने” चेतावनी दिईएको छ। यो परस्पर विरोधी कुरा हुन्। यस्तो चेतावनीले दलहरुसँग सहकार्य होईन, द्वन्द्व बढाउने छ।
नेपालमा विदेशीले बोकेर वा देशमा राजनीतिक अस्थिरता बढाएर सेनाले राजसंस्था ल्याईदिन्छ भन्ने राजा ज्ञानेन्द्रको सोचमा परिवर्तन आएको मैले महसुस गरेको छु। राजाको आगामी कदमको म उत्सुकतापुर्वक पर्खिरहेको छु।
The post राजा फर्कने वित्तिकै परिस्थितिमा चामत्कारिक सुधार हुने पनि होइन : कमल थापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3EkdCjN via IFTTT
काठमाडौँ । बिरिसु मिडियाको आयोजनामा हुन लागेको “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० को आवेदन फारम खुल्ला भएको छ ।
काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० बिधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेखी चैत्र ११ गते सम्म फारम खुल्ला रहने छ ।
अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजानिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए ।
आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
साथै अवार्डको आवेदन फारम भर्नको लागि बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२(मनोज डंगोल), डाँडापारी सन्देशको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखरा (सुदर्शन रन्जित ९८०६६०२५००), इटहरी पुर्वान्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७(लक्षु प्रकाश मल्ल), ९७६२४५२२९७(बिरिसु मिडिया) , बौद्ध ९८६५०९१२१९(बैरागी मोक्तान), नरेन भट्टराइ कमलादी ९८४८७९८००३, ९८५११९५२९० (प्रकाश बराइली) लाई सम्पर्क गर्न सकिने आयोजक पक्षले बताएको छ ।
अवार्डमा २०७७ चैत्र २५ गतेदेखी २०७९ चैत्र ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिने छ । फारम दर्ता शुल्क नेपालबाट एक हजार रुपैँया र बिदेशबाट १५ सय रुपैँया लाग्नेछ । अवार्डमा एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० % र जुरिको निर्णय ५० % हुने आयोजक टिमले बताएको छ ।
मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन । गीत संगीत, टेलिसियल र त्यस सँग सम्बन्धित सबै पक्षलाई समिटेर यस अवार्ड गर्न लागिएको गर्न लागिएको र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए ।
अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा कलाकार, पत्रकार एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो ।
कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए ।
The post बिरिसु मिडियाले “दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड –२०८० गर्ने : अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Z0pfUF via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने बताएका छन् । ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको शुभकामना सन्देश
नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
प्रजातन्त्र दिवसको सन्दर्भमा हामी प्रजातन्त्रका उत्प्रेरक हाम्रा पूज्य जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभुवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्न चाहन्छौँ । जनचाहना बमोजिम राजसंस्थाले गद्दी दाउमा राखेर प्रजातन्त्रका लागि जनतासँग हातेमालो गरेको आठौँ दशक पुग्दै गर्दा यसका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षाका साथै ऐतिहासिक क्षणको विस्तारित एवं यथार्थपरक संस्मरण नयाँ पुस्ताको ज्ञान र प्रेरणाका लागि आवश्यक भइसकेको छ ।
बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देखि आजको समयावधिसम्म हेर्दा नेपालको राज परम्परा सदा नै लोकसम्मत, प्रजातान्त्रिक, युगानुकूल जनहितकारी र विकासमुखी रही आएको छ । नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौँ । विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमूलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ । प्रविधिको विकास र अन्तर्राष्ट्रिय सन्निकटताले समाजका आधुनिक अपेक्षाहरू सम्बोधन गर्ने विधि निषेध होइन, सहकार्यको राजनीतिमा अन्तर्निहित छ । अहिले युवाहरूको हकमा नेपालको इतिहास मै अद्वितीय जनसाङ्ख्यिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरू आफ्ना सम्भावना र अवसरबाट वञ्चित हुने अवस्था, आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिन्छ । विगत बिस वर्षमा दसौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।
देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान होला । तर कडा मेहनत गरी आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरू अहिले निराश छन् । देशभित्र उज्यालो सम्भावना नदेखिएकोले अप्रिय बाटो रोज्न बाध्य छन् । देशको परिस्थितिले आशा जगाउन नसक्दा हिमाल, पहाड र तराई मधेसका सबै दीन दुःखी नेपाली दाजुभाइ, दिदीबहिनीहरूले स्वदेश मै गरिखाने माहौल नहुनु भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय हो । स्वदेश मै उद्यम गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्मशील युवाहरू अगाडी बढ्न खोज्दै छन् ।
राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरू फसेका छन् । तिनका धेरै कार्यकर्ताहरूमा राजनीतिक छत्रछाया नभई जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ । प्रश्न गर्न नसक्दा र नपाउँदा दलहरूको आन्तरिक सुधार एवं विकल्पको गुन्जाइस नदेखेको आभास समाजमा उजागर भएको छ। दलहरूले नेपालको निम्न एवं मध्यमवर्गको मुद्दामा मौन रहने प्रवृत्ति बढ्दो छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको छ । नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको छ ।
नेपालको अत्यधिक बहुसङ्ख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरूमा पनि हामीले सम्यमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौँ । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति ,स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।
यस वर्ष यो दिवस मनाउँदै गर्दा नयाँ पहलको प्रण गर्दै नेपालको प्रजातन्त्रलाई थप उन्नत र सार्थक बनाऔं । देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्म सहितको नेपाली पहिचानको सम्वर्द्धन गर्ने गराउने ध्येय नै मूलमानयताको रूपमा स्थापित गरौँ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल , २०७९ साल फागुन ७ गते
The post दलहरुसँग सहकार्यको लागि ज्ञानेन्द्रको प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3lLFdDU via IFTTT
प्रहरीले फागुन १ गते बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसअघि पनि प्रहरीले दुवै घटनामा संल्गनहरुलाई पक्राउ गरेको थियो। अहिले पनि प्रहरी संदिग्धहरुको खोजीमा छ।
प्रहरी भ्यानमा आगजनी र तोडफोड कसुरमा पक्राउ पर्नेमा वर्ष २१ को गणेश कुमार श्रेष्ठ, वर्ष २२ को विक्रम नेपाली, वर्ष २१ को आकाश भुजेल, वर्ष २८ को सुमन श्रेष्ठ, वर्ष २४ को सुमन लामा, वर्ष २९ को विजय मगर, वर्ष ३० को रन्जित कुमार तामाङ, वर्ष २६ कि संगिता खड्की, वर्ष २० को रबि तामाङ, वर्ष १९ को प्रकाश क्षेत्री, वर्ष २२ को ईलाराज गुरूङ, वर्ष १८ को ईन्द्र तामाङ, वर्ष ३३ को माधव शाही, वर्ष २७ को राजन रावत र वर्ष २८ को हरी शरण तामाङ रहेका छन्।
यस्तै, सोही अभियोगमा वर्ष १९ को सुजन मगर, वर्ष २२ को रोमन नगरकोटी, वर्ष १८ को सुनिल कालिकोटे, वर्ष १८ को सुदिप तामाङ, वर्ष १८ को विकाश गुरूङ, वर्ष २७ को सविधान परियार, वर्ष १९ को केशर राई र वर्ष १९ को कविन खड्गी रहेका छन्।
नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरि काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
यस्तै,ल्होत्से मलका मोवाइल पसल लुटपाटमा संलग्न अभियोगमा वर्ष २३ को रोजन डंगोल, वर्ष ३० को सुजन तामाङ, वर्ष २३ को सुवास अधिकारी, वर्ष १९ की जोना चौधरी, वर्ष ३० को रितेश बस्नेत र वर्ष ३० को एमन राई रहेका छन्।
उनीहरुबाट प्रहरीले पावर बैंक, इयरफोन, युएबी केबल, मोबाइल फेला पारेको छ। उक्त घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भई रहेको छ।
प्रहरीले घटनामा संलग्न थप एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ।
The post ल्होत्से मलमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XDEim8 via IFTTT
काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार भएको छ। नियमावली संसद्बाट पारित भएपछि लागू हुनेछ।
नियमावलीमा कुनैपनि महाभियोग पाँच महिनाभित्र टुंग्याउनु पर्ने नटुंगिएमा सदनको सम्पत्ति बन्ने ब्यवस्था राखिएको छ। यस्तै एउटा संसद्मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन्। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्ने विषयपनि मस्यौदामा राखिएको छ।
यस्तै अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा गएपछि सांसद्को पद स्वत: निल्मबनामा पर्ने, अदालतको आदेश छलेर सांसद् फरार रहे संसद्लाई थुनमा रहनुपर्ने मानेर निल्मबन गर्ने विषयहरु मस्यौदामा प्रस्ताव गरिएको छ।
यस्तै संसदीय विषयगत समिति १० वटा बनाउने र स्वार्थ बाझिने सांसद विषयगत समितिमा सदस्य बन्न नपाउने पनि प्रस्ताव गरिएको छ।
The post प्रतिनिधिसभाको नियमावली मस्यौदा तयार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YA5J1y via IFTTT
काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र डेङ्गुको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको हो।
महाशिवरात्रि पर्वका अवसरमा जानकारी दिन आज पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचारप्रसार तथा स्वयंसेवा परिचालन व्यवस्था उपसमितिका संयोजकसमेत रहनुभएका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा भक्तजनको भीड हुने भएकाले ५० भन्दा बढी विशेष पूजाको कार्यक्रम नराखिने पनि उनले बताए। कोषले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि रु ८० लाख बजेट विनियोजन गरेको छ। महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौँ आउनुहुने भएको छ। फागुन ५, ६ र ७ गते तीन दिन उनले पशुपति क्षेत्रमा विशेष प्रवचन गर्नुहुने कार्यक्रम रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।
महाशिवरात्रिमा कम्तीमा पाँच हजार साधुसन्त भारतलगायत विभिन्न देशबाट आउने अनुमान गरिएको छ। साधुसन्तलाई महाशिवरात्रिको पर्वको रौनकका रूपमा हेरिन्छ। पर्वका अवसरमा कोषले पशुपति क्षेत्रलाई रङरोगन गरिरहेको छ। फूल र बत्तीले पशुपति क्षेत्रलाई बिहीबारदेखि सजाउने तयारी भएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए। महाशिवरात्रि पर्वको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
मूल समारोह समितिअन्तर्गत आठ वटा उपसमिति पनि बनाइएको छ। मूल समारोह समिति र यसअन्तर्गत गठन भएका उपसमितिले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पु¥याएका हुन्। फागुन ६ गते परेको महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई लाममा व्यवस्थापन गराउनका लागि चार हजार स्वयंसेवक खटाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
पर्वका दिन पशुपतिनाथ मन्दिरअघि संस्कृति महाशाखा रहेको भवनको डबली क्षेत्रमा मूल स्वास्थ्य शिविर आयोजना गरिएको छ। पशुपति क्षेत्र नजिक रहेका सबै अस्पतालमा महाशिवरात्रिका अवसरमा आवश्यकताअनुसार शय्याका लागि पनि व्यवस्था गरिएको कोषले जनाएको छ। महाशिवरात्रि पर्वकै अवसर पारेर कोषले माघ २९ गतेदेखि नै ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सुरु गरिसकेको छ। जसअन्तर्गत प्रत्येक दिन सफाइ भइरहेको छ। पहिलो चरणमा एक महिनासम्म यो अभियान चल्ने जनाइएको छ।
पाँच ठाउँमा जुत्ता चप्पलको व्यवस्थापन गरिने
भुवनेश्वरीमा स्थायी जुत्ता चप्पलको व्यवस्था भक्तजनका लागि पहिलेदेखि नै हुँदै आएको छ। यस अतिरिक्त महाशिवरात्रिका दर्शनार्थीका लागि लाइनलाई पायक पर्ने गरी दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक (शङ्कराचार्य मठ पछाडि), बज्रघर दक्षिणतर्फ र वाग्मतीपारि राम मन्दिर नजिक गरी पाँच ठाउँमा जुत्ता चप्पल व्यवस्थापन गर्न लागिएको हो।
दर्शनार्थी मन्दिर प्राङ्गणबाट बाहिर निस्कने स्थान नजिकै मुख्य क्षेत्रभित्र, जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगङ्गामा समेत नेपाल वेद विद्याश्रमका बटुकद्वारा चन्दन वितरणको व्यवस्था मिलाइने भएको छ। फागुन ६ गते बिहान ३ बजेदेखि चारै ढोका खुला गरिने मूल मन्दिरभित्र रात्रिकालीन व्यवस्थासहित कोषका कर्मचारी, मन्दिर सेवासँग सम्बन्धित रकमी र नेपाली सेनाको टोली परिचालन गरिने भएको छ। आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका जनशक्तिसमेत खटाउने कोषको तयारी छ।
बिहान सीमित मात्रामा र साँझ ६ बजेपछिमात्र विशेष पूजाको कार्यक्रम तय गरिएको छ। हंसमण्डप, वनकाली र तिलगङ्गा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। करिब एक सय संस्थाले निःशुल्क भोजन, पानी, चिया वितरण गर्ने व्यवस्था मिलाइएको छ। आवास क्षेत्र नजिक आवश्यकताअनुसार शौचालयको समेत व्यवस्था गरिएको छ। फोहर व्यवस्थापनका लागि आवास, भोजन वितरण गर्ने आयोजक संस्थाले अनिवार्यरूपमा डष्टबिन राख्नुपर्ने व्यवस्था गरिएको छ। पशुपति क्षेत्रमा प्लाष्टिक, काँच, शिशाजस्ता फुट्ने प्रकृतिका कप, प्लेटजस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको कोषले जनाएको छ।
बाहिरी क्षेत्रबाट तीन दर्शन मार्ग
गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट, मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका पश्चिम ढोकाबाट, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा भएर पिङ्गलस्थान–सुमार्गी भवन अगाडिबाट चार शिवालय–पञ्चदेवलबाट एक एक गरी बाहिरी स्थानबाट तीन वटा दर्शन मार्गको व्यवस्था गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।
तिलङ्गा–राममन्दिरतर्फ समेत आवश्यकताअनुसार लामको व्यवस्था गर्न सकिने गरी कोषले तयारी गरेको छ। महाशिवरात्रिका दिन बिहान ७ बजेअघि नै नित्य दर्शनार्थीले दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ। महाशिवरात्रिका लागि आवश्यकताअनुसार ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवं धार्मिक कार्यक्रमको पनि आयोजना गरिएको कोषले जनाएको छ। साजसजावट तथा मेला बजारको पनि व्यवस्था गरिने छ। फागुन ७ गतेदेखि एक हप्ताका लागि मेला बजारको व्यवस्था गरिने भएको छ।
The post पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RZGB1P via IFTTT
चितवन क्षेत्र नं- २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै, २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।
अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उनले जानकारी दिए । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।
The post चितवन–२ उपनिर्वाचन: चैत २० गते उम्मेदवारी दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/40YQhNY via IFTTT
काठमाडौं । निर्वाचन आयोगले चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रबि लामिछानेको सांसद् पद सर्वोच्च अदालतले खारेज गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
सरकारको सिफारिसमा आयोगले बैशाख १० गते निर्वाचन गर्ने निर्णय गरेको हो।
The post चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3K4Ll4i via IFTTT
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजना तथा बोष्टर मिडियाको सहजीकरणमा आयोजित अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न भएको छ ।
वडा नं ६ स्थित खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि नवराज लामा,बिशेष अतिथि ब्यबस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडी ब्यबस्थापन समितिका सदस्य शिक्षक र अभिभावकको उपस्थितिमा आत्मविश्वास सहितको जागरण पैदा गर्नको लागि आयोजित कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा राजेन्द्रप्रसाद न्यौपानेले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले बाल बिकास कक्षामा समुदाय भिन्न भिन्न मुल्य मान्यता ,सामाजिक संस्कारमा हुर्केका बालबालिकाहरु बाल विकास कक्षामा आउने र उनीहरुको मनोभावना नबुझी एकै प्रकारको व्यवहार गर्दा मनोबैज्ञानिक चोट,आघात समेत पर्न जान सक्ने भएकोले बाल विकास कक्षामा बाल मनोविज्ञान बुझेर आएका सवालहरुलाई सहजिकरण गर्दै दैनिकी क्रियाकलाप गर्नु जरुरी हुने भएकोले बाल बिकास सहजकर्ताहरुमा बालमनोभावना बुझि सहजिकरण गर्न सहयोग पुर्याउने उदेश्यका साथ मनोपरामर्श सम्बन्धि तालिम संचालन गरिएको बताउनुभयो ।
बालबालिकामा देखिने मनोसामाजिक समस्या , कारण लक्ष्यण र प्रभाव, मनोपरामर्श , प्रकार, अन्तरवैयत्तिक सम्बन्ध , संचार सीप, बाल व्यवहार परिवर्तनमा अभिभावक र बालविकास सहजकर्ताको भुमिका लगायतका बिषयमा बोल्दै बस्थापन समितिका अध्यक्ष रमेश अर्याल ,वडा सदस्य बच्चु नारायण शर्मा कुइकेल ,प्राचार्य राधव प्रसाद दुवाडीले बोल्नुभएको थियो ।
बालबालिका जग भनेको बालबिकास भएको र बालबालिकालाई गरेको लगानीले दिर्घकाल सम्म प्रभाव राख्ने भएकोले पनि शैक्षिक बिकास क्रियासिल सामाजिक संस्थाहरुसँग समेत समन्वय र सहकार्य गर्दै सबै सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम गर्नुपर्ने पत्रकार मुकुन्द ढुंगानाले बताउनु भएको थियो।
गोकर्णेश्वर नगरपालिका वडा ६ को अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि कार्यक्रमा खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको केहि झलकहरु :
The post गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आयोजनामा अभिभावक र शिक्षकहरुका लागि बाल मनोविज्ञान विषयमा क्षमता अभिबृदि सम्बन्धि तालिम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XhT9m4 via IFTTT
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चर्को महंगीको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५ र १५ गते चर्को महंगीको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताएका हुन् ।
‘राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महंगीका बिरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ ।
The post विप्लवले मिटरब्याजी र महंगीका बिरुद्ध देशव्यापी प्रदर्शन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YB9Z0k via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छिन्। उनले माघ २७ गते दिउँसो ३ बजे संसद्को बैठकलाई सम्बोधन गर्नेभएकी हुन्।
The post राष्ट्रपति भण्डारीले संघीय संसद्लाई सम्बोधन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3HsvZUk via IFTTT