काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीचको भेटवार्तामा गृहमन्त्रालय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ।
रबि लामिछानेलाई गृहमन्त्रालयमा गैरसांसद्मा नियुक्ति गर्न प्रचण्डलाई केही दिनदेखि लगातार दबाब दिइरहेका अध्यक्ष ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
लामिछानेको नागरिकतासम्बन्धी अदालतको फैसलाको पूर्णपाठ नआउदाँसम्म गृहमन्त्रीमा कसैलाई नियुक्त नगर्ने बताइरहेका प्रधानमन्त्री प्रचण्ड लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेबाहेक अन्य सांसदलाई पनि गृहमन्त्री बनाउने मुडमा छैनन्।
यस्तै राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अभिव्यक्ति दिइरहँदा एमाले अध्यक्ष ओली भने पहिलादेखि नै केही रुष्ट बन्दै आएका थिए।
पूर्व शर्तअनुरुप एमालेबाट नै राष्ट्रपति पाउनुपर्ने धारणा राखिरहेको एमाले यतिबेला आफ्नै सत्तासाझेदार प्रधानमन्त्रीको दल माओवादीका निर्णयहरुबाट झस्किएको छ ।
ओलीको ठूलो दबाब हुँदापनि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेको र राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमती खोज्ने बताइरहेका प्रचण्डमाथि ओलीको अविश्वास सुरु भएको छ । कांग्रेसको सहयोग रहेको र ओलीले असहयोग गरे कांग्रेसबाट राष्ट्रपति बनाएर सरकार चलाउने प्रचण्डको योजना छ ।
The post प्रधानमन्त्री प्रचण्डसँग ओलीको निर्णायक भेटवार्ता हुँदै, केन्द्रविन्दुमा गृह मन्त्रालय र राष्ट्रपति निर्वाचन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XWAiOS via IFTTT
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा सुशिल ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्रबहादुर महत नियुक्त गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा उनीहरुलाई नियुक्त गरेको अर्थमन्त्री विष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जानकारी दिए ।
The post योजना आयोगको सदस्यमा ज्ञवाली, शाक्य र महत नियुक्त appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RhiQlm via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आज साँझ बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ ।
प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले भने सहमतिअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने दबाब दिएका थिए । प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लकाअनुसार गृहमन्त्रालय रास्वपालाई नदिने र आफ्नै दलबाट नियुक्त गर्ने प्रचण्डको तयारी छ । आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको थियो ।
दाहालले राष्ट्रपतिमा पनि एमालेलाई सहयोग गर्न नसकिने आशयको अभिव्यक्ति राखेका थिए । दाहालले २६ पुषमा संसद्मा अभुतपूर्व विश्वासको मत पाएसँगै राष्ट्रपतिमा समझदारी कायम गरिने बताउँदै आएका छन् ।
उनी राष्ट्रपतिमा कांग्रेसलाई पनि स्विकार्य हुने पात्रको खोजीमा छन् । कांग्रेस र माओवादीका कतिपय नेताहरुले राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई दिन नहुने पक्षमा छन् ।
उनीहरुले सोहीअनुसार प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा समस्या उत्पन्न भएको छ। दाहाल भने अब एमालेसँगको सहकार्य विस्तारै तोडेर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् ।
The post प्रचण्ड-ओलीको गरमागरम वार्ता : गृहमन्त्री आँफै राख्ने र राष्ट्रपतिपनि नदिने प्रचण्डको अडान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Ya9Dhd via IFTTT
काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थाल्ने भएका छन् । अहिले सर्वोच्चले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रिया अपनाउनुपर्ने फैसला गरेसँगै लामिछानेले नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा जाने तयारी गरेको स्रोतको दावी छ ।
सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्र्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै उनले नागरिकता पुनप्र्राप्ति प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बतायो । सम्भवतः उनी एक दुई दिनभित्रै नागरिकता पुनप्र्राप्ति प्रक्रियामा आउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले राजधानीलाई बताए । लामिछानले पनि आफ्ना कानुनी सल्लाहकारसँग यस विषयमा छलफल गरिरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।
रविले सबैभन्दा पहिला नागरिकता पुनप्र्राप्ति थालेर नयाँ नागरिकता प्राप्त गर्नासाथ उनी वैध ठहरिन सक्छन् । त्यसपछि पुनः उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति हुने बाटो खुल्नेछ भने चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन कुनै समस्या पर्दैन ।
लामिछानले अहिले नागरिकता पुनप्र्राप्ति प्रक्रिया थालेर नागरिकता पाएमा उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आउनुपर्नेछ । रविलाई चितवन–२ मा हुने उपनिर्वाचनमा जित हासिल गर्न झनै सहज हुने उनी निकटस्थको दावी छ ।
नागरिकता लिएपछि फेरी गृहमन्त्री
रविका निकटस्थका अनुसार सर्वोच्च अदालतको फैसलासँगै नागरिकता पुनप्र्राप्ति र त्यसलगत्तै उनी पुनः गृहमन्त्रीमा नियुक्त हुने सम्भावना छ ।
नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार रवि पुनः गृहमन्त्री नियुक्त हुने र ६ महिनाभित्र चितवन–२ मा हुने उपनिर्वाचनबाट सहजै जितेर सांसद भएर आउने दावी उनी निकटको छ ।
सत्ता गठबन्धनका नेता रविले नेपाली नागरिकता लिएपछि उनलाई पुनः गृह मन्त्रालयमै फिर्ता गर्ने विषयमा सकारात्मक रहेको बताइन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक रहेको जनाइएको छ ।
हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफंैले राखेका छन् । अन्यलाई गृहको जिम्मेवारी नदिनु ‘रविलाई नै पुनः सोही जिम्मेवारीमा ल्याउने’ तयारी भएको हुनसक्ने गृह स्रोतको दाबी छ । राजधानी दैनिकबाट
The post फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Y8h3Bg via IFTTT
कञ्चनपुर । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमीको मुख्यमन्त्री रावलले शुभकामना व्यक्त गरेका हुन।
मुख्यमन्त्री रावलले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताए। प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सरोकारावाला पक्ष एकजुट हुनु पर्नेमा उनले जोड दिए।
‘वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा पूजा आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ । ज्ञानको भण्डार मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग, कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ,’
सन्देशमा भनिएको छ, ‘वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याई असल कुरालाई ग्रंहण गर्न उत्प्रेरित गर्दछ ।’
सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको बताउँदै मुख्यमन्त्री रावलले विद्याले व्यक्तिको अन्तर्निहित क्षमता अभिवृद्धि गर्ने बताए।
The post बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक : मुख्यमन्त्री राजेन्द्र सिंह रावल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wx7Wyr via IFTTT
रुपन्देही । पुर्व सन्चारकर्मी रवि लामिछानेले गृह मन्त्रालयको कार्यभार सम्हाले लगतै गरेको निणर्य अनुसार देशैभरको अबैधानिक क्रसर बन्द गर्न स्थानिय प्रशासन तथा स्थानिय सरकारले कतिको चासो देखाएको छ भन्ने बिषयमा यतिबेला मिश्रृत प्रतिकृया आई रहेको छ ।
स्थानिय नागरिक तथा मिडियाको निरन्तर खवरदारी पछि रुपन्देहीमा सन्चालन भएका अबैधानिक क्रसरहरुले यतिबेला आफ्नो कार्यलाई स्थगित गरेको छ ।
क्रसरहरुले नदिजन्य पदार्थको उत्खनन् रोके पनि ठुला र गौरवको आयोजनाको नाममा भने खुलेआम तिनाउ नदिमा दोहन हुन थाले पछि बुटवल उपमहानगरपालिकाले अनुगमनमा आफ्नो सकृयता बढाएको छ ।
बुटवल उपमहानगरपालिका को उप प्रमुख तथा अनुगमन समिति संयोजक ले तिनाउ नदिमा अनुगमन गरे लगतै प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी प्रमुख , जिल्ला समन्वय समिति रुपन्देही , बुटवल उपमहानगरपालिका प्रमुख सहितको टोलीले शुक्रबार पुन अनुगमन गरि सर्ब पक्षिय बैठकले निर्णय नगरुन्जेल को लागि सबै कार्य रोक्न निर्देशन गरेको थियो । शनिबार बसेको सर्बपक्षिय बैठकले भने स्थितिलाई केहि सहज बनाउने सर्त सहितको निर्णय गरेको छ ।
वुटवल उपमहानगरपालिकाको मेयर खेलराज पाण्डे, प्रशासकीय अधिकृत टेकराज पन्थी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जिल्ला प्रहरी कार्यलय रुपन्देहीको प्रमुख रविन्द्र रेग्मी, जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुख लगाएतका निर्माण ब्यबसायी संघ र सम्बन्धित आयोजना को ठेक्का पाएको कम्पनिको प्रतिनिधि सहित बसेको बैठकले आयोजना लाई कामगर्न बाधा नपर्ने गरि कार्यगर्ने निर्णय गरेको छ ।
बैठकले स्थानिय सरकार संगको समन्वयमा र स्थानिय सरकारलाई बुझाउनुपर्ने कर लगायतका प्रकृया पुरा गरेमा आयोजनाको काममा बाधा नपार्ने तर अनाधिकृत रुपमा कार्य गर्ने कसैलाईपनि नछोड्ने निर्णय गरेको छ ।
The post तिनाउ नदिमा अनाधिकृत दोहन गर्नेलाई बुटवल उपमहानगरपालिकाले नछोड्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3iSeQLp via IFTTT
काठमाडौं । गीत संगीत को क्षेत्रमा आजकाल बजारमा दैनिक जस्तै नयाँ नयाँ एल्बम हरु आई रहेका छन् ।
यहि नयाँ एल्बम आउने क्रममा आज सुदिप लामाको “खासा बजार घुम्नलाई जाँदा ” नामक गीत बजारमा आएको छ ।
यो गीतमा सुदिप लामा र लामु शेर्पा को स्वर ,रिक्देन पाख्रीन को शब्द ,जोगलाल लामाको एरेन्ज तथा संगीत , दीप स्टुडियोमा अर्पन थिङ को मिक्सिङ छ ।
यो गीत को म्युजिक भिडियोमा सुदिप लामा र कुन्साङ लामाको मुख्य अभिनय रहेको छ भने निरमाया तितुङ र मीन बहादुर बोम्जन ले पनि अभिनय गरेका छन्।
अतिथी कलाकार को रुपमा आकाश श्रेष्ठ ,दिनेश बोम्जन,विशेष बोम्जन पनि यो भिडियो मा देखिएका छन् ।
पाल्देन लामाको निर्देशनमा बनेको यो भोडियोको छायांकन र सम्पादन कृष्ण ब्लोनले गरेका छन् ।
सेलो भाकामा बनेको यो गीतले साँगीतिक बजारमा राम्रै चर्चा पाउने निर्माण पक्षहरूले दाबी गरेका छन्।
The post “खासाको बजार घुम्नलाई जाँदा” बोलको म्युजिक भिडियो सार्वजानिक ( भिडियो सहित ) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CWN3k0 via IFTTT
धनुषामा एक भारतीय महिलाको शव भेटिएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ स्थित स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला भेटिएको धनुषा प्रहरीले जनाएको छ ।
करिब ५५ वर्षीया महिलाको सनाखत हुन सकेको छैन । मृतक महिलाको झोलामा कागजको टुक्रामा भारतीय नम्बर फेला परेको छ ।
सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।
उक्त घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।
The post धनुषामा भारतीय महिलाको शव खेतमा भेटियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3G7nZHu via IFTTT
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन ।काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।उक्त कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले ललितपुरको एकान्तकुनासिथत यातायात व्यवस्था कार्यालय तथा काठमाडौँको ठूलोभ-याङ र चाबहिलबाट उनीहरूलाई पक्राउ गरी कारबाही थालेको हो ।
The post यातायातको सेवामा विकृति : स्वास्थ्य रिपोर्ट नै नक्कली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QfbFtm via IFTTT
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको छ । उहाले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको छ । बैठकमा मन्त्रालयलाई आ-आफ्नो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु भएको (प्रधानमन्त्री) प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएकाबताउनु भएको थियो ।
The post प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3jMmjM3 via IFTTT