राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम असार मसान्तसम्म नसके निर्माण कम्पनी कारबाहीमा पर्ने भएको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म र थप १५ किलोमिटर सडक कालोपत्र असार महिनासम्म नगरे सम्झौता रद्द गरी कारबाही गर्ने भएको हो ।कार्यालय प्रमुख नारायणदत्त भण्डारीले ठेकेदार कम्पनीले पुस मसान्तसम्म तीन किलोमिटर सडक ग्राभेल, पाँच सय मिटर नाली निर्माण र अक्षते बिहुँ खण्डमा यातायातमा सहज हुने गरी मर्मत नगरे ठेक्का सम्झौता रद्द गर्ने निर्णय भएको बताए । ठेकेदार सूर्य कन्ट्रक्सनका रामकाजी श्रेष्ठले लिखित प्रतिबद्धता जनाएका छन् ।
ठेकेदार कम्पनीले पुस १५ गतेसम्म एक सय जना कामदार, एक/एक ग्रेडर/रोलर, पाँच वटा टिप्पर लगाएर काम गर्ने प्रतिबद्धता जनाएको छ । ठेकेदार कम्पनीले जनाएको प्रद्धिबद्धता अनुसार काम नभए ठेक्का सम्झौता रद्द गरिने छ । कार्यालय प्रमुख भण्डारीले प्रतिबद्धता जनाएको समयसम्म काम नगरेमा ठेक्का रद्द गरि नयाँ प्रक्रियामा जाने बताए ।
प्रद्धिबद्धता अनुसार काम गरेमा भने २०८० असार ५ गतेसम्मलाई म्याद रहने छ । पटक–पटक म्याद थप गर्दासमेत अक्षते–बिहुँ खण्डको १२ किलोमिटर सडक कालोपत्र हुनसकेको छैन । सडक कालोपत्र नहुँदा दैनिक सैयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन र यात्रुले सास्ती भोग्न बाध्य भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा यस सडक कालोपत्रका लागि पेटी ठेक्काको रुपमा सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । केही समय अघि विभिन्न बहाना बनाउँदै ठेकेदार श्रेष्ठ फरार भएको बिहुँका स्थानीयवासीले बताएका थिए ।
The post निर्धारित समयमा कालोपत्र गर्न निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VseMzf via IFTTT
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्वीर पठाई पीडितलाई मानसिक तनाव, दु:ख हैरानी दिने कार्यमा संलग्न रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
The post सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने युवा पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3hUNZ10 via IFTTT
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो ।
काठमाडाँै उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम प्रदान गरिरहेका छन् ।
अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन हुनुपर्ने भए पनि यसअनुसार नभएको पाइएको विभागको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै अभिमुखीकरण तालिम प्रदायकहरुलाई आह्वान गरेको छ । यसका साथै अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन अबको केही समयभित्रै अनलाइनमार्फत् सुरु गरिने पनि पनि विभागले जनाएको छ ।
The post वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3jmmXzI via IFTTT
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।
देउवा बुढानीलकण्ठ फर्किने भएपछि उनको निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ ।
The post बालुवाटारस्थित सरकारी निवास छाड्दै शेरबहादुर देउवा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VqVWIR via IFTTT
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् । उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पुर्याएका थिए ।
त्यहाँ पुर्याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको छ ।
The post मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3hL7Srb via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको हो ।
अध्यागमन विभागका अधिकारीहरूका अनुसार शोभराजलाई अब कहिल्यै नेपाल फर्किन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भइरहेको छ। दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो।
उनलाई अब अध्यागमनमार्फत निष्कासन गरिनेछ। साथै, उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ। जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ।
The post शोभराज नेपाल फर्किन नपाउने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3YMmgjk via IFTTT
हुस्सु-कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् ।
भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महामप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।
मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रममा रहेको बताए ।
उनका अनुसार नयाँ मौसमी प्रणाली अहिले नेपालमा छैन । आज र भोलि पानी पर्ने सम्भावना पनि छैन ।
The post त्रिभुवन विमानस्थलमा उडान प्रभावित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://ift.tt/dYiShxR via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश दिएको हो ।
शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढि कैद गरिएको भन्दै थुनामुक्त हुन निवेदन दिएका थिए ।
The post शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3v9Swzy via IFTTT
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।
विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए। सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो ।
शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उनले बताए ।
अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए । “राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ”, उनले भने ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । वडा नं १ का चार वटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालय शुल्क लिँदै आएको छ ।
The post मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3W8yTnk via IFTTT
दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ ।
नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल ग¥यौँ”, उनले भने, “अब नियमित रिफ्युलको कार्य हुनेछ ।”
शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । “यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौँबाटै ल्याउनुपर्ने हुन्थ्यो”, उनले भने, “अब भने त्यो समस्या हट्नेछ ।” इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।
टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पु¥याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । “हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ”, उनले भने, “कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।”
विगत छ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो । यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ ।
एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुईसय बढी लाग्ने गर्छ ।
The post टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3iWRXGw via IFTTT
प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । सो क्रममा उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई प्रभावकारी रुपमा काम गर्न र एकजुट हुन आग्रह गरेका छन् ।
उनले अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार शुन्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । सो क्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए ।
The post प्रधानमन्त्री देउवाद्धारा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UPc1I7 via IFTTT
दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ।
सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताए।
नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको जानकारी नआएको उनको भनाइ छ।
‘भारततिर कुनै कार्यक्रम हुन सक्छ। त्यसको हामीलाई कुनै जानकारी छैन’, उनले भने ‘स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा भएन।’
पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा छन्।
The post भारतीय पक्षले एकतर्फी बन्द गर्यो दार्चुलाको सीमा पुल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Hc5mo6 via IFTTT
कपा (एमाले) प्रदेश नम्बर १ मा सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश १ मा प्रत्यक्षतर्फ सबै मतगणना भइसक्दा प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिट जितेर एमाले पहिलो दल बनेको हो।
समानुपातिकतर्फ पनि अहिलेसम्म यो प्रदेशमा एमालेकै अग्रता छ। प्रतिनिधि सभाको समानुपातिकमा एमालेले अहिलेसम्म ६ लाख ८ हजार ६७९ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख २५ हजार ९५४ मत ल्याएको छ।
प्रदेश सभाको समानुपातिकतर्फ एमालेले ६ लाख ३२ हजार ७०४ मत पाउँदा दोस्रोमा रहेको कांग्रेसले ५ लाख ३२ हजार ८४५ मत पाएको छ।
मंसिर ४ को निर्वाचनअघि सत्ता गठबन्धनका प्रदेश १ स्थित नेताहरू ‘प्रदेशमा एमालेलाई पाँच सिटमा खुम्च्याइदिने’ बताउँथे। सार्वजनिक कार्यक्रममा मात्रै होइन, गठबन्धनको आन्तरिक बैठकमा पनि उनीहरू यस्तै आत्मविश्वासी कुरा गर्थे।
आफू जित्दै एमालेको ‘रिसाइजिङ’ गर्ने सत्ता गठबन्धनको ध्येय चुनावी नतिजाले पूरा हुन दिएन।
त्यसो त देशव्यापी रूपमा प्रत्यक्षतर्फ सय हाराहारी र समानुपातिकबाट ५० सिट जितेर एकल बहुमत ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको हाँक पनि पूरा हुन सकेन।
Esewa
ओलीकै गृह प्रदेशमै पनि एमालेले २०७४ को सफलता दोहोर्याउन सकेन। तर, सत्ता गठबन्धनको दाबीअनुसार कमजोर पनि भएन।
२०७४ को निर्वाचनमा माओवादीसँग वाम गठबन्धन गरेर चुनावमा होमिएको एमालेलाई त्यसबेला प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा प्रदेश १ मा ठूलो फाइदा भएको थियो। प्रदेशमा बलियै मानिने कांग्रेस वाम गठबन्धनको घेराबन्दी चिर्न नसक्दा कमजोर बनेको थियो।
प्रदेश १ मा प्रतिनिधि सभाका कूल २८ निर्वाचन क्षेत्रमध्ये त्यसबेला एमालेले १६ क्षेत्रमा जीतको झण्डा फहराएको थियो। कांग्रेसले ५ क्षेत्रमा जित हासिल गर्दा माओवादी केन्द्रले ६ ठाउँमा जीत हात पारेको थियो।
यसपटक एमालेले प्रदेशमा प्रतिनिधि सभामा १३ क्षेत्रमा जीत हात पारेको छ। कांग्रेसले ९, माओवादीले ३, जसपा, राप्रपा र स्वतन्त्रले १-१ स्थानमा जीत हासिल गरेका छन्।
२०७४ को दाँजोमा एमालेले यसपटक तीन सिट कम ल्याएको छ। माओवादीसहितको पार्टी एकता टुटेको र एमाले पनि विभाजित भएको बेला सत्ता गठबन्धनको चुनावी आक्रमण एमालेका लागि कठिन हुन सक्ने अनुमानविपरीत एमालेले उल्लेख्य नतिजा हात पारेको छ। यसक्रममा एमालेले आफ्ना केही प्रभाव क्षेत्र भने गुमाएको छ।
तेह्रथुम, खोटाङ, मोरङ १, ३ र ६, ओखलढुंगा र सुंखवासभा यसपटक एमालेले गुमाएको छ। यी सबै क्षेत्रमा २०७४ मा एमाले उम्मेदवार विजयी भएका थिए। यसपटक खोटाङमा माओवादी उम्मेदवार विजेता बन्दा अन्य सबै क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका छन्।
प्रदेश १ को ताप्लेजुङमा २०७४ मा एमालेका योगेश भट्टराईले जितेका थिए। उनले यसपटक पनि सफलता दोहोर्याएका छन्। पाँचथरमा वसन्तकुमार नेम्वाङले पनि दोस्रो पटक पुरानै प्रतिष्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बेलाई पराजित गरी सफलता पाउँदा पार्टीको सिट संख्या सुरक्षित राखेका छन्।
इलाम १ मा तत्कालीन एमालेबाट निर्वाचित झलनाथ खनाल यसपटक एकीकृत समाजवादीबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका थिए। पार्टीका संस्थापकमध्येका एक नेताले फरक पार्टीबाट उम्मेदवार दिए पनि इलाम १ मा एमालेका महेश बस्नेत निर्वाचित भएर पार्टीको सिट सुरक्षित पारेका छन्।
इलाम २ मा सुवास नेम्वाङले जीतलाई निरन्तरता दिने सफलता पाउँदा झापा २ मा पनि एमालेले सफलता दोहोर्याएको छ। यसअघि पवित्रा निरौला निर्वाचित भएको क्षेत्रमा यसपटक देवराज घिमिरेले जीत हात पारेका छन्। झापा ४ मा लालप्रसाद साँवाले फेरि जीत दर्ता गर्दै पुरानै प्रतिष्पर्धी कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ बाट पुनः जित हासिल गरेर व्यक्तिगत सफलता दोहोर्याउँदा एमालेले सिट सुरक्षित गरेको छ।
संखुवासभाबाट २०७४ को चुनाव जितेका राजेन्द्र गौतम यसपटक पराजित बनेका छन्। उनलाई कांग्रेसका दीपक खड्काले जितेर एमालेबाट सिट खोसेका छन्।
एमालेले यसपटक तेह्रथुम गुमाएको छ। २०७४ मा भवानीप्रसाद खापुङले जितेको यो क्षेत्रमा यसपटक एमालेबाट विजय सुब्बा उम्मेदवार बनेका थिए। खापुङ एकीकृत समाजवादीतिर लागेपछि उम्मेदवार बनेका सुब्बा कांग्रेसकी सीता गुरूङसँग पराजित भएका छन्।
धनकुटामा वाम गठबन्धन हुँदा २०७४ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै क्षेत्र जितेको एमालेले यसपटक एक्लै लड्दा पनि पुरानै सफलता दोहोर्याएको छ। प्रतिनिधि सभामा राजेन्द्रकुमार राई दोहोरिँदा प्रदेशमा इन्द्रमणि पराजुली र निरन राई पनि पुनः निर्वाचित बनेका छन्।
मोरङ १ मा कांग्रेसले एमालेबाट सिट खोसेको छ। २०७४ का विजेता एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै कांग्रेसका डिगबहादुर लिम्बूले जीत हात पार्दा मोरङ ३ एमालेले गुमाएको छ। २०७४ मा कांग्रेसका सुनिल शर्मालाई पराजित गरेर विजेता बनेका भानुभक्त ढकाल यसपटक पुरानै प्रतिष्पर्धी शर्मासँग फराकिलो अन्तरमा पराजित भएका छन्।
मोरङ ६ एमालेले गुमाएको अर्को क्षेत्र हो, जहाँ यसपटक पनि लालबाबु पण्डित कांग्रेसका शेखर कोइरालासँग भिडेका थिए। तर, शेखरसँग पराजित भएर लालबाबुल हार व्यहोर्दा एमालेले सिट गुमाएको छ।
सुनसरी १ एमालेले जितेको क्षेत्र थियो। यसपटक एमालेकै समर्थनमा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित बनेका छन्। २०७४ मा प्रदेशको कुनै क्षेत्रमा जीत हात नपारेको जसपा यसपटक सिटको खाता खोल्न सफल भएको छ।
खोटाङ र ओखलढुंगा पनि एमालेले गुमाएको छ। २०७४ का विजेता विशाल भट्टराई यसपटक माओवादीका रामकुमार राईसँग पराजित भए। ओखलढुंगामा एमालेका यज्ञराज सुनुवारसँग २०७४ को बदला लिँदै कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका छन्।
वाम गठबन्धन हुँदा २०७४ मा प्रदेश १ का ६ वटा क्षेत्र जितेको माओवादीले यसपटक ३ क्षेत्रमा जीत हात पारेको छ।
२०७४ मा झापा १ राम कार्की निर्वाचित भएको ठाउँमा यसपटक माओवादीले टिकट पाएन। सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले जीत हात पार्दा त्यो सफलता कांग्रेसमा थपिएको छ।
भोजपुरबाट सुदन किरातीले पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै आफ्नो र पार्टीको सफलता कायम राखेका छन्। मोरङ ४ मा अमनलाल मोदीले सफलता जारी राख्दा यसपटक एमालेमा विनोद ढकाललाई पछि पारेका छन्। मोरङ ५ माओवादीले गुमाएको छ। २०७४ का विजेता शिवकुमार मण्डल यसपटक स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित हुन पुगेका छन्।
सोलुखुम्बु यसअघि माओवादीका हेमकुमार राई निर्वाचित भएका थिए। यसपटक सत्ता गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी उम्मेदवार थिए। तर, उनी एमालेका मानवीर राईसँग भए।
उदयपुर २ मा जितेका सुरेश राईको ठाउँमा नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा पराजित भएका छन्। उनी एमालेका अम्बरबहादुर रायामाझीबाट पराजित भए। उदयपुर २ सत्ता गठबन्धनबाट खोस्न एमाले सफल हुँदा गठबन्धनले नोक्सानी व्यहोरेको छ।
यसपटक प्रतिनिधि सभामा कांग्रेसले २०७४ को दाँजोमा प्रदेशमा दोब्बर सिट जितेको छ। वाम दलहरू विभाजित भएको र दुईटा वाम दलले आफैंलाई समर्थन गरेको फाइदा कांग्रेसलाई भएको छ।
२०७४ मा मोरङ २ मा मीनेन्द्र रिजाल, सुनसरी २ मा सीताराम महतो, सुनसरी ३ मा विजयकुमार गच्छदार, सुनसरी ४ मा ज्ञानेन्द्र कार्की र उदयपुर १ मा नारायण खड्का निर्वाचित भएका थिए।
यसपटक मोरङ २ का पुराना विजेता मीनेन्द्र रिजाल टिकटविहीन हुँदा कांग्रेसबाट सुजाता कोइराला उम्मेदवार थिइन्। सुजातालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरे। सुनसरी २ मा सीताराम महतोलाई यसपटक एमालेका भीम आचार्यले पछि पार्दा सुनसरी ३ मा विजयकुमार गच्छदार भगवती चौधरीसँग पराजित हुन पुगे। उदयपुर १ मा नारायण खड्का सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले सफलता जोगाएका छन्। २०७४ को निर्वाचनमा झापा ३ बाट निर्वाचित बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि यसपटक सफलता दोहोर्याएका छन्।
The post प्रदेश-१ मा एमाले बन्यो सबैभन्दा ठूलो दल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3FhbZUH via IFTTT