नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।
आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।
कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे । महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताएका छन् ।
उनले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।
संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्रमात्रै भएको उनले बताए ।
The post नेपालका सबै कम्युनिष्टहरू एक हुने:नेत्रविक्रम चन्द विप्लव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GUn5QE via IFTTT
धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार २ सय ३६ मत पाउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् । महासेठ २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । महासेठ विजयी भएसंगै एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा क्षेत्रमा जित हासिल गरेको छ ।
The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VyFpTv via IFTTT
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी पछाडि छ । हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ । पहिलोपटक निर्वाचन लडेको जनमत पार्टीले भने २ लाख ८८ हजार २१६ मत प्राप्त गरिसकेको छ ।
राष्ट्रिय पार्टी बन्न समानुपातिकमा कूल सदर मतको ३५ मत पाउनुपर्छ । तर, अहिलेसम्म एकीकृत समाजवादीले यो अनुपातमा मत प्राप्त गरिसकेको छैन ।
The post समानुपातिकमा सिके राउतको पार्टीभन्दा एकीकृत समाजवादी पछि appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GU9tF1 via IFTTT
वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो ।
शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए । उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
लास जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
The post मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UaLbd4 via IFTTT
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।
उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।
The post मोरङ प्रतिनिधिसभा क्षेत्र.न-६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VtzNd8 via IFTTT
उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई गरेका हुन।
अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।
The post माओवादीका राजन किराती उदयपुरबाट प्रदेशसभामा निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3U7A7NE via IFTTT
कास्की क्षेत्र नम्बर-१ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए।
The post कास्की-१ मा एमालेका मनबहादुर गुरूङ विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XxtTd6 via IFTTT
रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
The post रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपाल विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OxiMfX via IFTTT
मजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार गुरुङले १८ हजार पाँच सय चार मत प्राप्त गरे । त्यस्तै, गुरुङका निकटतम प्रतिद्वन्द्वी एमालेका घलेले १७ हजार तीन सय ४३ मत पाए । यस क्षेत्रमा कूल ३७ हजार चार सय ३६ मत खसेको थियो । यी दुवै नेताबीच यसअघि दोस्रो संविधानसभा सदस्य पदका लागि मुख्य प्रतिस्पर्धा भएको थियो । दुवैजना दोस्रो संविधानसभा सदस्य चुनावमा तत्कालीन क्षेत्र नं १ बाट चुनाव लड्दा गुरुङभन्दा सात सय ९८ मत बढी ल्याएर घले निर्वाचित भएका थिए ।
The post मजुङ प्रदेश ‘१’ मा कांग्रेसका डा.टकराज गुरुङ विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Oz0fA2 via IFTTT
गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् । प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए । २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस उम्मेदवार विजयी भएको थियो । प्रदेश (ख) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनाललाई पराजित गरेका हुन् । खनालले १४ हजार ७ सय ६१ मत ल्याए । निर्वाचन क्षेत्र नम्बर १ को १ मा एमालेका रोशन गाहा मगर पनि विजय नजिक पुगेका छन् ।
The post नवलपुर क्षेत्र नम्बर २ प्रदेश सभा सदस्यमा दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3guc6CR via IFTTT
डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै छ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।
यस्तै बिपी कांग्रेसका कर्ण मल्लले १ हजार ९ सय ३२ मत पाएका छन्।
The post १३ हजार ८ सय ८० मत गन्दा ढकालले पाए ३ हजार ६ सय २६ मत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Aw9U4n via IFTTT
काठमाडौं | काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश १ को ‘क’ मा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
काग्रेसका उमेदवार छिरिङ दोर्जे लामा चारहजार ५५८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत ल्याए ।
The post काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Op69Un via IFTTT
काठमाडौं । काठमाडौंका मतदानस्थलबाट मतपेटिका मतणनाको लागि १० स्थानमा लगेर राखिएको छ । अबको केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन क्षेत्रका दश वटै स्थानबाट मतगणना गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जसअनुसार क्षेत्र नं १ को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतगणना गर्ने तयारी भइरहेको छ । क्षेत्र नं २को कागेश्वरी मनोहरा नगरपालिकाको थलिस्थित राधाकृष्ण मन्दिरमा गर्न लागिएको छ ।
क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा र क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा मतगणना गर्न लागिएको छ ।
यस्तै क्षेत्र नं.५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नं.६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा र क्षेत्र नं.७ को बालाजुस्थित जुडो हलमा मतगणना गर्न लागिएको छ ।
क्षेत्र नं.८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं.९ को रविभवनस्थित न्याथम कलेजमा र क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गर्ने तयारी भइरहेको छ ।
The post काठमाडौंमा कहाँ- कहाँ हुँदैछ मतगणना ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Va2f3M via IFTTT
काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।
सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् ।
यो आम निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौँंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको सभापति देउवाले बताएको पार्टीका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको सभापति देउवाको भनाइ छ ।
आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्दै कांग्रेसले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले लिएका छन्। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति उहाँले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन् ।
निर्वाचनमा मतदाताको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नुभएकामा सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको कांग्रेसको भनाइ छ । निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ ।
शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई सभापति देउवाले विशेष धन्यवाद दिएका छन् । निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई पनि उनले धन्यवाद दिएका छन् । निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रति समेत उनले धन्यवाद ज्ञापन गरेका छन् ।
यसैगरी प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् । उनले निर्वाचन सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिएका छन् ।
“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु”, प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन् ।
The post शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OmYHJi via IFTTT
काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सामाजिक सञ्जालमा प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार गरेको भन्दै सो कार्यप्रति ध्यानाकार्षण गराएका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले आज (शनिबार) संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो कार्यको आपत्ति जनाएका हुन् ।
विज्ञप्तीमा भनिएको छ,‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर दुई पार्टीबीच फाटो गराउने दुराशयले भ्रमपूर्ण प्रचार भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् । र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं ।’
The post भ्रमपूर्ण प्रचार गरेकोमा कांग्रेस र माओवादीको आपत्ति, निकाले संयुक्त विज्ञप्ती appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AunoxJ via IFTTT
मंसिर २, काठमाडौं ।
नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो। करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ ।
The post नक्कली मतपत्र र स्वस्तिक छापसहित २ जना पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XbqfFA via IFTTT
काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ ।
मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ । सातै प्रदेश र संघीय संसद् मा रहेर जनप्रतिनिधिले कानुन मात्र होइन, सरकार पनि सञ्चालन गर्नेछन् ।
निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ । विदेशमा रहेका लाखौँ नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आआफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ ।
नेताले होइन, नीति र प्रणाली (सिस्टम) ले देश सञ्चालन भएको देखेका विदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन् । विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ ।
गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित सहरी क्षेत्रमा विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरेको देखियो।
मंसिरमा हुने चुनावमा पनि विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका परिवारका सदस्यलाई प्रभावित गरे भने उनीहरूको मत स्वतन्त्र र भर्खर खुलेका दलहरूले पाउन सक्नेछन्।
जसका कारण परिणाममै उलटफेर आउन सक्नेछ। त्यसबाट सबैभन्दा धेरै क्षति कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दललाई पुग्नेआजको नागरिक दैनिकमा खवर छ ।
The post विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UFd5ip via IFTTT
काठमाडौँ । बागमती प्रदेशको काठमाडौँ उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् । तीमध्ये महिला १७ लाख ३७ हजार तीन सय ७८ र पुरुष १७ लाख ३८ हजार ८७ मतदाता रहेको मकवानपुरस्थित बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ । काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र ती मतदान केन्द्रमध्ये कारागारमा रहेका कैदीबन्दी, तेस्रो लिङ्गी समुदाय र निजामती कर्मचारीलाई समानुपातिक सांसदको निर्वाचनमा मात्र मतदान गर्ने अवसर दिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
The post बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले मतदान गर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3V1Yddz via IFTTT
खोटाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान जोगाउने र संविधान च्यात्ने गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने प्रवृत्ति बीचको जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको जिकिर गरेका हुन् । अध्यक्ष दाहालले विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे ।
सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा। प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘कुरा गर्ने तर काम नगर्ने’ आरोप लगाएका छन् । डा. महतले ओलीले समावेसी संविधानलाई भत्काउन चाहेको दावी गरे । उनले देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको औंल्याएका छन् ।
The post आसन्न निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह : प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TJ2f9T via IFTTT
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया-१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतम आफ्नो जितबारे ढुक्क छन् । विगतमा आफूले गरेको काम र जनताका एजेण्डा बोकेको कारण नै आफ्नो जितको आधार भएको उनको दाबी छ । गौतम यतिवेला गठबन्धनका साझा उम्मेदवारहरुसँगै घरदैलोमा व्यस्त छन् ।
जिल्लाको समग्र विकासमा विगत लामो समयदेखि नै योगदान पुर्याएका गौतम जनतामा कहिल्यैपनि झुठो आश्वासन बाँड्दैनन् । उनी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिन्छन् । पार्टीभित्र निष्ठाको राजनीति गर्ने नेताको छवि बनाएका गौतम नेतृत्वले पनि विश्वास गरेको नेता हुन् ।
उनले सुकुम्बासी समस्यालगायतका समस्या समाधान गर्ने अठोट लिएका छन् । उनले कांग्रेस नेतृत्वको सरकार आएपछि अवरुद्ध भएको विकास निर्माणका कार्यले गति लिन थालेको भन्दै भोलि बन्ने गठबन्धनको सरकारले तिव्र गतिमा विकासको गतिलाई अघि बढाउने विश्वास दिलाउने गरेका छन् ।
उनले एमाले नेतृत्वको सरकारले मुलुक र जनताको चार वर्ष समय खेर फालेको पनि आरोप लगाएका छन् । उनले आफ्नो दलको सरकारले नागरिकतासम्बन्धी समस्याको पनि समाधान गर्ने विश्वास दिलाएका छन् । सो क्षेत्रका जनता गौतमलाई जिताउनको लागि आफूहरु आँतुर रहेको बताउन थालेका छन् ।
The post सञ्जय गौतम जितबारे ढुक्क, एजेण्डा र निष्ठाको राजनीतिक गरेको भन्दै जनता जिताउन आँतुर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UHOOrV via IFTTT
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् ।
आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्लास्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ । दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफँै सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लङ्घनका घटना देखिएका छन् । गत असोज १२ गतेदेखि उक्त आचारसंहिता कार्यान्वयनमा आएको थियो भने कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस र सञ्चारमाध्यमका माध्यमबाट प्रचारप्रसारका लागि निर्धारण गरेको थियो । मङ्सिर १ गते राति १२ बजेदेखि मतदानको दिनसम्म निर्वाचन प्रचारप्रसार निषेध (स्थिर अवध) मानिनेछ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्ने÷गराउने निर्णय गर्दै आएको र त्यसका अनुगमन नियमितरूपमा भइरहेको बताए । उनका अनुसार हालसम्म विभिन्न माध्यमबाट एक सय ४९ वटा उजुरी परेका आवश्यक चाँजबुझ गरी एक सय १६ वटा स्पष्टीकरण सोधिएकामा नौवटा घटनामा कारबाही, सचेत र निर्देशनसमेत गरी निर्णय भइसकेको छ । केन्द्रीय निर्वाचन अनुगमन समितिका संयोजक भण्डारीले स्पष्टीकरण सोधिएकामध्ये ३५ वटा घटनामा निर्णयका लागि आवश्यक कागजात र फाइलहरू तयार भइसकेकाले चाँडै किनारा लगाइनेछ । यसबीचमा उक्त केन्द्रीय समितिको दुईवटा बैठक सम्पन्न भएका छन् ।
राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निर्वाचन खर्चको हदबमोजिम कार्यान्वयनका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आयोगले यसअघि निर्देशन दिइसकेको छ भने आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको छ ।
विभिन्न मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रतिनिधि सहभागी समितिको आइतबारको बैठकले समितिको आजको बैठकले कसैलाई डर, त्रास, धाक, धम्की प्रलोभन दिनेजस्ता कार्य गरेको लगायतका क्रियाकलाप भए÷गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नुपर्ने विषयमा कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आफैँ स्पष्टीकरण र कारबाही गरेका विवरणहरू भने आयोगले तयार गरिसकेको छैन । आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा १ को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएको स्मरण गराउँदै आएको छ ।
निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर र सजाय) ऐन, २०७३ विपरीत त्यस्तो प्रचार सामग्री राखिएको, भित्तेलेखन गरिएको, तुलब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी २४ घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सो बमोजिम नगरेमा निजलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वा (४) बमोजिम जरिवाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीका लागि सिफारिससाथ आयोगमा लेखी पठाउन पनि आयोगले निर्देशन दिएको छ ।
The post निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन, एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WUpksS via IFTTT
ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।
तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।
The post तोसिमा कार्कीको उम्मेदवारी कायम रहने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AcGwAm via IFTTT
काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ ।
यसअघि आयोगले प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरिसकेको छ ।
आयोगले अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदीबन्दीलगायतका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न दिने व्यवस्थासहित अस्थायी मतदान केन्द्र तोकेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि ७७ जिल्लामा १ सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको जानकारी दिए ।
आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलोपटक कार्यान्वयन गर्न लागेको हो । आयोगले अस्थायी मतदाताको नामावली संकलन गर्न विभिन्न कार्यालयलाई पत्राचार गरेको थियो ।
आयोगका सहायक प्रवक्ता ऋषिराम भुषालले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने जानकारी दिए । उनका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्नेगरी आयोगले व्यवस्था मिलाएको छ । तर, अस्थायी मतदाता हुन अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकै हुनुपर्छ ।
निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएको आयोगले बताउँदै आएको छ । अस्थायी मतदाता भने करिब १ लाख ४८ हजार हुने आयोगको अनुमान छ । आयोगले अस्थायी मतदाताको अन्तिम नामावली सार्वजनिक गरिसकेको छैन । राजधानी दैनिकबाट
The post ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WU8Ukt via IFTTT
डोटी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
‘विभिन्न दलबीच जुन गठबन्धन भएको छ, त्यो देशको विकास, समृद्धिका लागि होइन, राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झुठो आश्वासन दिएर चुनाव जित्ने र पछि भागबण्डा गरेर खाने एउटामात्र उद्देश्य हो ।’
मंसिर ४ पछि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरू पश्चिम सेती, खुटीया–दिपायल फास्ट ट्रयाक, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिने, नेपालको नक्शामा कायम गरिएको लिपुलेक लिम्पियाधुराको भूमि फिर्ता ल्याउने दृढता व्यक्त गरे ।
The post ओलीको उद्घोष : ‘गठबन्धनका दलहरूलाई राष्ट्रियताप्रति चिन्ता, चासो छैन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3G8HiC4 via IFTTT
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ ।उहाँले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गर्नुभयो ।
चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो ।
गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताउनुभयो ।
The post गोरखाबाट आर्थिक क्रान्तिको सुरुवात गर्ने प्रचण्डको दावी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3EqpiSx via IFTTT
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताए ।
उनले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिए । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गरे । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनको चेतावनी थियो ।
युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लघंन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए ।
जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढि हुने व्याख्या गर्दै उहाँले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरुले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उल्लेख गरे ।
प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरु सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे । प्रमुख आयुक्त थपलियाले भने,“मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”
The post आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3EjB2Gl via IFTTT
काठमाडौं । अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएको छ ।
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएकोरनासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।
The post अब परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UmMNkU via IFTTT
बारा । सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ ।
आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर निजि (रातो) नम्बर प्लेट राख्दै दुरुपयोग गरेपछि आयोगले गडी नियन्त्रणमा लिएको हो ।
बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीले बा२झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट परिवर्तन गरेर बा१२च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका थिए । आचारसंहिताले सरकारी गाडी प्रयोग गर्न रोक लगाएपछि मन्त्री चौधरीले निजि नम्बर नम्बर प्लेट राखेर चलाउने जुक्ती लगाएका हुन् ।
मन्त्री चौधरीले प्रयोग गरेको उक्त निजि नम्बर मेलम्ची आयोजनाले खरिद गरेको टोयोटा ल्याण्ड क्रुजर प्राडो जिपको हो । उक्त जीप भिए टेक वावाग प्रतिभा ई जे भीको नाममा बाग्मती प्रदेशमा दर्ता छ । खानेपानी मन्त्रालयकै प्रयोगमा रहेको उक्त जीपको नम्बर मन्त्री चौधरीले आफू चढ्ने सरकारी गाडीमा राखेका हुन् ।
सरकारी गाडीको नम्बर नै परिवर्तन गरेर प्रयोग गर्दै आएका मन्त्री चौधरी प्रहरी सुरक्षा घेरामा नेपाली कांग्रेसको झण्डा राखेर चुनावी प्रचारमा हिड्ने मन्त्री चौधरीलाई स्कर्टिङ दिने प्रहरी नम्बर प्लेट परिवर्तन भएको सम्बन्धमा अनविज्ञ रहेको र मन्त्री चौधरीले पद र सरकारी गाडीको दुरुपयोग गरेको खबर बाहिरिएपछि आयोगले उनीसंग स्पष्टीकरण माग गरेको खबरप्राप्त भएपच्यात प्रहरीले थहाँ पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।
यता जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिई खानेपानी मन्त्रालयमा फिर्ता पठाएसकेको जानकारी दिए ।
सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले कार्तिक ५ गते २४ घण्टे स्पष्टीकरण माग गरेको थियो ।
The post नम्बर फेरेर सरकारी गाडी दुरुपयोग गर्ने मन्त्री चौधरीको गाडी तानियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3hl92ZN via IFTTT
कैलाली। कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ ।
कैलालको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा यात्रु चढाउन रोक्ने क्रममा देवकोटा खड्गचोकमा बसको ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।
The post बसबाट खसेर बस मालिकको मृत्यु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBhzYI via IFTTT
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ ।
दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
The post राष्ट्रपति भण्डारीलाई यस वर्षको ट्रेलब्लाजर अवार्ड दिइने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WBH7F2 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफैंमाथि छानविन गर्ने नागरिक अगुवा सम्मिलित समिति गठन गर्ने बताएका छन्। बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा उनले आफैं माथि छानविन गर्ने समिति गठन गर्ने बताएका हुन्।
‘हामीले भनेका छौं, हामी माथि नै छानविन गर्ने एउटा नागरिक छानविन समिति बनाइनुपर्छ। त्यसको सुरुवात हामीले गर्ने छौं,’ काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले भने।
उनले उक्त समितिको छानविनका क्रममा गलत सवित भए सांसद पद नगए पनि अर्को पटक निर्वाचनका लागि आफू अयोग्य हुने पनि जिकिर गरे। ‘समितिले हामीमाथि छानविन गर्दा गलत सावित गर्यो भने हाम्रो सांसद पद जाँदैन,’ पौडेलले भने, ‘तर, अर्को पटक हामी गलत ठहरियौं भने चुनाव जित्दैनौं। जनताका बीचमा हामी नांगिन्छौं। मिडियाले हामीलाई बर्बाद गरिदिन्छ।’ विश्वका अन्य देशहरुमा जस्तो ‘राइट टु रिजेक्ट’ को व्यवस्था नेपालमा पनि लागु हुनु पर्नेमा उनको जोड थियो।
‘यो यसकारणले आवश्यक छ कि संसारमा यस्तो पनि व्यवस्था छ, राइट टु रिजेक्ट,’ पौडेलले भने, ‘५ वर्षका लागि चुनिएको एउटा सांसद गलत काममा मुछियो भने उसलाई गरेको समर्थन फिर्ता लिने व्यवस्था दुनियाँ म छ, यहाँ पनि हुनुपर्छ।’ उनले निर्वाचन जितेको एक वर्षभित्रै काठमाडौं–५ को बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने प्रतिवद्धतासमेत जनाए।
पौडेलले मतदातासँग ‘डिजिटल कनेक्टिभिटी’ सहज बनाउन ‘एप्स’ विकास गरेर काम अघि बढाउने पनि बताए। ‘मतदातासँग डिजिटल कनेक्टिभिटी सहज बनाउँछौं। हामी एउटा एप्सको विकास गर्छौं। कहाँ खाल्डो परेको छ त्यसमार्फत् जानकारी गराइदिनुस्। हामीले जानकारी प्राप्त गरेको ५ दिनभित्र त्यो खाल्डो पुरिसक्छौं,’ उनले भने, ‘कहाँ ढल फुटेको छ त्यसको पनि हामीलाई जानकारी गराइदिनुस्। स्थानीय तहको सहयोग लिनुपर्ने हो कि कसको सहयोग लिनुपर्ने हो, कसको सहयोग लिने हो सहयोग लिएर हामी त्यसको तत्काल समस्या हल गर्छौं।’
आफू सांसद विकास कोषको हिमायती नभए पनि सांसद विकास कोषको रकम लगानीका लागि नागरिक अगुवाहरुको समिति निर्माण गरेर काम गर्ने पनि पौडेलले प्रतिवद्धता जनाए। ‘सांसद विकास कोषको म विरोधी हुँ। तर, म मात्र विरोधी भएर हुँदैन। सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने त्यसको निम्ति नागरिक अगुवाहरुको एउटा समिति बनाइने छ। समितिले छनौट गरेको योजनाहरुमा पैसा हाल्ने व्यवस्था गर्ने छौं,’ उनले भने। सो कार्यक्रममा अर्थशास्त्री स्वर्णिम वाग्ले, वरिष्ठ कलाकार नीर शाहले पौडेललाई विजयीको शुभकामना दिएका थिए ।
The post हामीले जित्यौं भने आफैमाथि छानबिन समिति गठन गछौं–प्रदीप पौडेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DFBOMd via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मुस्ताङ गएकी छन् । मुक्तिनाथमा ३५ फिट अग्लो गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी मुस्ताङ गएकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न गएकी थिइन् ।
The post गौतम बुद्धको मूर्ति अनावरण गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zLMcky via IFTTT
काठमाडौं । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् ।
ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतको विश्वास छ । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका भारतीय दूतावासले जनाएको छ ।
नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ । सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने पनि दूतावासले जनाएको छ ।
The post भारतले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DCfqn2 via IFTTT
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर हेभिवेट उम्मेदवार छन् । यी तीनमध्ये राउतको यो पहिलो संसदीय निर्वाचन हो । अहिले यादवलाई यीनै राउत र ठाकुर भारी पर्ने चर्चा चलेको छ।
यादव भने एमालेको समर्थनको कारण जित्नेमा ढुक्क छन् । उनी एमाले–जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । यादव सोही क्षेत्रबाट ०७४ मा पनि विजयी भएका थिए । यता, जयप्रकाश ठाकुर भने पाँच दलीय गठबन्धनका साझा उम्मेदवारको रुपमा मैदानमा खडा भएका छन् । यादवले पटक पटक मधेश आन्दोलनको नाममा सत्ता–लाभ हाँसिल गरेको र मधेशी जनतालाई सधैं धोका दिएको ठाकुरको आरोप रहँदै आएको छ ।
उता, राउतले पनि यादवले सिंगो मधेशको लागि कुनैपनि राम्रो काम गर्न नसकेको आरोप लगाउने गरेका छन् । पछिल्लो समय यादवलाई हराउनको लागि राउत र ठाकुरबीच नै अघोषित साँठगाँठ हुने अनुमान गरिएको छ । यादवलाई हराएर गतिलो पाठ सिकाउनुपर्नेमा दुवै नेता सहमत छन् । उपेन्द्र यादव पनि यसपटक चुनाव जित्न फलामको चिउरा चपाएसरह हुने भएकोले चुनावी मैदानमै खटिएका छन् । उनी सप्तरी २ मा चुम्बकझैं टाँसिएका छन् ।
The post उपेन्द्र यादव हराउन सिके राउत र जयप्रकाश ठाकुरबीच अघोषित मोर्चाबन्दी, यादव तनावमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Wuo4N5 via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
आज (मंगलबार) न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्की अदालत गएकी थिईन् । उनले हिजो (सोमबार) रिट दायर गरेकी थिईन् । सो रिटमा सुनुवाई गर्दै अदालतले आज यस्तो आदेश जारी गरेको हो ।
The post डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3sPlOSR via IFTTT