भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । नेपाली काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरु युवावस्थाका चर्चित अनुहार हुन् । उनीहरुले युवावस्थामा राजनीतिक परिवर्तनको महत्वपूर्ण क्षणमा युवाविद्यार्थी नेताका रुपमा नेतृत्व लिएका थिए ।
२ देखि ३ दशकयता युवा भनिएकालाई अझै पनि युवा भनिदैछ । जबकि कतिपय ६० कटिसकेका छन् । ५० को हाराहारीमा पुगेका पनि धेरै नेताको संख्या छ ।
चन्द्र भण्डारी, धनराज गुरुङ्ग विगतमा युवा नेताका रुपमा चर्चित थिए । उनीहरुलाई काँग्रेसको भावी नेतृत्वको रुपमा पनि लिइयो । तर, नेतृत्वको दौडमा चल्दा चल्दै उनीहरु ६० पार गरिसकेका छन् । विश्वप्रकाश शर्मा महामन्त्री बन्दा ५० कटिसकेका छन् । गगन थापा ५० को नजिक पुगेका छन् ।
काँग्रेसमा मात्र नभएर नेकपा एमालेमा पनि त्यही हालत छ । कुनैबेला एमालेभित्र युवा संघ र विद्यार्थी यूनीयनमा उमेरहद राख्दा नयाँ पुस्ताले नेतृत्वको मौका पाए । एमालेमा ७० वर्षको उमेरहद नै राखियो । तर, केपी शर्मा ओलीले पुनः अध्यक्ष बन्न आफ्ना लागि नियम नै संशोधन गराए । ७० कटेपछि पनि ओली एमाले अध्यक्ष छन् ।
एमालेमा ओलीको उत्तराधिकारीका रुपमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल जस्ता नेता देखिएका छन् । यी नेताहरुको हातमा नेतृत्व आउन अझै समय लाग्ने देखिन्छ । युवा भन्दा भन्दै वृद्ध बन्नुपर्ने वाध्यता नेताहरुमा देखिन्छ ।
The post काँग्रेस र एमालेमा युवा नेता भन्दा भन्दै वृद्ध appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AW8OP4 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
