भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक) ले अहिलेको अन्तरबिरोध हलगरेर कार्यकर्ताको ब्यबस्थापन गर्ने हो भने अबको पाँच बर्षमा माओवादी पहिलो दल बन्ने निश्चित भएको बताउनु भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्पर्क समन्वय समितिको भुमिका बारे बोल्दै नेता अधिकारीले यस्तो भन्नु भएको हो ।
सम्पर्क समन्वय समिति बागमती प्रदेशको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता अधिकारीले जान अन्जानमा २०६४ साल पछि माओवादीबाट केहि कमजोरी भएको स्विकार गर्दै,आठौं महाधिवेशन को दस्तावेजले केहि हदसम्म सुधार गरेको बताउनु भयो ।
समितिको अध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा बसेको सम्पर्क समन्वय समिति बागमती प्रदेशको चौथो पुर्ण बैठकलाई प्रदेश समितिका ईन्चार्ज तथा पार्टीका केन्द्रीय सचिव डिलाराम आचार्यले पनि सम्बोधन गर्नुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै आचार्यले माक्र्शवादको परिमार्जन गर्ने होईन ,समयानुकुल त्यसमा थप्दै र पुष्टि गर्दै जानु आजको आवश्यकता रहेको बताउनु भयो । माक्र्शवादको किताब पुरानो भयो होला तर त्यसमा लेखिएका तथ्यगत आधार सहितको वैचारिक दृष्टिकोण झन झन नयाँरुपमा आईरहेको छ भन्दै उहाँले ज्ञान,ब्यबहार,सिदान्तको नियमलाई आत्मसाथ गर्नसके माक्र्शवादमाथि न्याय गरेको ठहर्ने बताउनु भयो ।
बैठकमा सम्पर्क समन्वय समिति बागमती प्रदेशको ईन्चार्ज कमला दोङ , प्रदेश अन्तरगत १० वटा जिल्लाका अध्यक्ष , ईन्चार्ज , तथा पदाधिकारीहरु,बिभागिय प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले चुनावी रणनीति तय गर्दै बिभिन्न महत्वपुर्ण बिषयहरुमा निर्णय समेत गरेको छ ।
The post अहिलेको अन्तरबिरोध हलगरेर कार्यकर्ताको ब्यबस्थापन गर्ने हो भने अबको पाँच बर्षमा माओवादी पहिलो दल बन्ने निश्चित छ : श्री कृष्ण अधिकारी (बिबेक) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qUh3Gy via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
