काठमाडौं । नेकपा एमालेका निवर्तमान सांसद राजेन्द्र राईले पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । उनले टेलिफोन गरेर पौडेललाई तत्काल जिल्ला छाड्न धम्की दिदै अस्तित्व समाप्त पारिदिने धम्की दिएका हुन् ।
रिपोर्टर्स नेपाललाई प्राप्त अडियो रेकर्डमा धनकुटाबाट २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित राजेन्द्र राईले पौडेलाई टेलिफोनमार्फत् भनेका छन्,‘जिल्ला कुल्चन दिन्न, तपाईंका छोराछोरी रुला । खुरुक्क जानुहोस् ।’
धनकुटा आफ्नो ठाउँ भएको भन्दै राईले भने,‘तपाईं मेरो ठाउँमा आएर शासन गर्ने ? ख्याल गर्नुहोला । अस्तित्व समाप्त पारिदिन्छु ।’
राजेन्द्र राई र प्रकाशराज पौडेलको संवाद
राजेन्द्र राईः ए हाकिम साब
प्रकाशराज पौडेलः हजुर नमस्कार
राईः तमुमा आएर मेरो ठाउँमा तपाईं शासन गर्ने
पौडेलः के भयो र हजूर ?
राईः के भयो भन्ने ? जिल्ला कुल्चन दिन्न । तपाईंका छोराछोरी रुला । तपाईंले धेरै हेप्नुभएको छ । तपाईंलाई कसैले रोक्न सक्दैन
पौडेलः भएको के हो त भन्नुहोस् ? के भयो हजूर ?
राईः तपाईंले हामीलाई खुबै हेप्नुभएको छ । अब खुरुक्क जानुहोस् । कुनै घटना घटेमा
तपाईं मेरो ठाउँमा आएर शासन गर्ने ?
पौडेलः के गरें र मैंले ?
राईः तपाईं ख्याल गर्नुहोला । तपाईं तुरुन्त जानुहोस् खुरुक्क जानुहोस् । अस्तित्व समाप्त पारिदिन्छु
पौडेलः के भयो त भन्नुहोस् ?
राईः तपाईंको शेरबहादुर देउवा र रामचन्द्र पौडेल आएपनि रोक्न सक्दैन । पछि कुनै घटना घटेमा भन्न पाउनुहुन्नँ । मेरो ठाउँमा आएर दादागिरी गर्ने ?
पौडेलः के गरेँ त भन्नुहोस् न ?
राईः डडेलो दरिलो बनाएर राख्ने भेट्न आउँछु । म आउँछु कुन दिन । तपाईं जानुहोस् खुरुक्क जानुहोस् । मेरो ठाउँमा आउने फूर्ति लाउने ।
पौडेलः के गरेँ मैंले भन्नुहोस् न ?
The post निवर्तमान सांसद राजेन्द्र राईद्वारा पाख्रिवासका प्रशासकीय प्रमुखलाई ज्यान मार्ने धम्की (कुराकानीसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UL0JWm via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वैचारिक ध्रुवीकरणका कारण विवेकशील साझा पार्टी छाड्नुपरेको बताएका छन् ।
“२०७४ को निर्वाचनमा बागमती प्रदेशमा विवेकशील साझा पाँचौं ठूलो पार्टी भयो । तीनवटा समानुपातिक सांसद पायौं । पार्टी ठिकठाकै चलिरहेको थियो । तर वैचारिक ध्रवीकरणपछि कठिन अवस्थामा विवेकशील साझा पार्टी छाडेको हुँ,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता मिश्रले भने ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग आफ्नो कुनै कनेक्सन नभएको पनि उनले बताए । बीबीसीका पूर्वपत्रकार मिश्रले थपे, “राजासँग मेरो न लेना छ, न देना । म पत्रकार हुँदा दुईचोटि भेटेको हुँ । अब पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न चाहन्छु । राजसंस्था चाहिन्छ भनेपछि भेट गर्नु स्वाभाविक हो ।”
उनले विश्वभरि राजसंस्था फर्किएको उदाहरण पनि प्रस्तुत गरे । मिश्रले भने, “संसारभरि राजतन्त्र फर्किएका छन् । राजसंस्था जनताले फालेको पनि होइन । जनमतसंग्रह भएको पनि होइन । पूर्वराजाले बेबीकिङ मानेको भए वा विदेशीको एजेन्डा मानेको भए राजसंस्था जाने थिएन ।”
तपाईं के फाइदा देखेर प्रतिगामी भनिएको राप्रपा प्रवेश गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा मिश्रले भने, “मलाई त्यस्तो प्रश्न गर्दै नगर्नोस् । राजनीति यदि देशका लागि गरिएको भए यस्तो अवस्था हुन्थ्यो ? अग्रगामी विचार के हो ? म परिवर्तनकारी हुँ, त्यसैले राजसंस्था चाहिन्छ, धर्म निरपेक्षता र संघीयता खारेज गर्नुपर्छ भनेको हुँ ।” राप्रपा आफ्नो एजेन्डामा अविचलित रहेको पनि उनले औंल्याए ।
मिश्रले कांग्रेसको विकृत वामपन्थीकरण र प्रचण्डीकरण भएको आक्रोश पनि पोखे । उनले थपे, “अब कांग्रेसले बीपी, गणेशमान, किसुनजीसँगै प्रचण्डको पनि फोटो टाँसे हुन्छ ।” देश दोहन गर्नेलाई सफल र जिम्मेवारीमा नपुगेका नेतालाई विफल भन्ने भन्नु दुराग्रह भएको पनि उनको दाबी छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले पर्सि शुक्रबार साढे १२ बजे थापागाउँको वानेश्वर ब्यांकेटमा पत्रकार सम्मेलन गरेर काठमाडौं १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दैछन् । एमालेसँग राप्रपाको संवाद सकारात्मक रुपमा अघि बढेको उनले बताए ।
The post रवीन्द्र मिश्रले भने: “पूर्वराजा ज्ञानेन्द्रसँग भेट्न चाहन्छु” appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CkRCo4 via IFTTT
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको संयोजन तथा नेपाल नगरपालिका संघ बागमती प्रदेशद्वारा आयोजित ‘समग्र नगर विकास तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार गोकर्ण फरेस्ट रिसोर्टमा नेपाल नगरपालिका संघ बागमती प्रदेश समितिका संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना, नगरपालिका संघ महिला बिभाग सह संयोजक एबम हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राइ, नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायत बागमती प्रदेशका बिभिन्न नगरपालिका प्रमुख र उप प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रम संचालन इशान श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रस्तुतिकरण राखेको कार्यक्रममा बोल्ने वक्ताहरुले नगरपालिकाको समग्र हितको बिषयमा छलफल गरेका थिए ।उनीहरुले बागमती प्रदेश भित्र क्षमता विकासमा साझा धारणा बनाउने, बागमती नदि संरक्षणका निम्ति सरकारसँग माग गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, फोहोरमैला ब्यबस्थापनमा साझा धारणा बनाउने, नगरपालिका भित्रका फोहोरहरु आफ्नै नगरपालिकामा ब्यबस्थापन गर्न पहल गर्ने र साझेदारीमा गौरबका पूर्वाधार निर्माण गर्ने, कानुनि अड्चन लगायतको बिषय समेत छलफल गरेका थिए ।
कार्यक्रमलाइ नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठ, नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगाना, नगरपालिका संघ महिला बिभाग सह संयोजक एबम हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राइ लगायतले सम्बोधन गर्दै चाड पर्वको समेत शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै नेपाल नगरपालिका संघ बागमती प्रदेश समितिका संयोजक तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई एक पटक माफी दिन अनुरोध गरेका थिए । उनले निर्वाचन आयोगको यस्तो निर्णयपछी आफुहरुले आयोग र सरकारसँग जरिवाना नलगाउन र एक पटक माफी दिन आग्रह गरेको स्मरण गर्दै उनले फेरी एक पटक निर्णय फिर्ता गर्नको लागि सरकारसँग आग्रह गर्ने बताए ।
भर्खरै जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गरि हाल्न नहुने संयोजक कार्कीको भनाइ रहेको थियो । निर्वाचन आयोगले चुनाव खर्च नबुझाउने नगरपालिकाका मेयर र उपमेयरमा उम्मेदवार बनेका तीन हजार ७५६ जनालाई साढे चार लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।
पराजित भएकाहरूको हकमा जरिवाना नतिरे उम्मेदवार बन्न नपाउने र विजयी भएकाहरूले ६ महिनाभित्र जरिवाना नतिरे उनीहरूको पद नै जाने आयोगले जनाएको छ । उनले सो निर्णयलाइ पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । साथै उनले समग्र नगरपालिकाको सहकार्यमा ठुला योजनाहरु संचालन गर्दा अनुकरणीय काम गर्न बजेट लगायत अन्य समस्या नहुने हुँदा त्यस्ता आयोजना संचालन गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
The post नेपाल नगरपालिका संघ बागमती प्रदेशद्वारा आयोजित ‘समग्र नगर विकास तथा व्यवस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Cjdi42 via IFTTT
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।
घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने मनशाय बनाएका छन् । यसअघि उनी काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । तर, घिसिङ स्वयमले भने आफू काठमाडौं–३ बाट चुनाव लड्ने बताएका छन् ।
उनले सो सन्देश प्रचण्डसमक्ष पुर्याइसकेका छन् । दाहालले भने काठमाडौं वा रामेछाप जहाँबाट लडेपनि टिकट दिईने बताईसकेका छन् । ०७४ मा काठमाडौं–३ मा एमालेका कृष्णबहादुर राई निर्वाचित भएका थिए । घिसिङ अहिले काठमाडौं ३ मै बसोबास गर्छन् ।
The post काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ryLi6x via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विद्रोही समुहको गतिविधिलाई नियालीरहेको बताएका छन ।
आज कन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले समानुपातिक पद्धतीको बन्दसूची सबैको सहमतिबाटै तयार पारिएको दाबी गरे ।
डा.शेखर कोइराला–गगन थापाको समुहले बन्द सूचीको बारेमा अनावश्यक विवाद निकालेको उनको भनाइ थियो । यसले पार्टीको हित नहुने उनले टिप्पणी गरे ।
डा. महतले पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट उक्त सूची पेश भएको दाबी गरे । सूचीमा केही त्रुटी भएपनि एउटा पक्षलाई मात्र पक्षपोषण गरेर अर्कोलाई कमजोर गरेको भन्नेमा सत्यता नभएको बताए ।
The post ‘कोइराला समुहको गतिविधि नियालिरहेका छौं’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SCrxWV via IFTTT
काठमाडौं । नेपाली कांग्रेस डा.शेखर कोइराला पक्षले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । ठमेलस्थित एक होटलमा बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ ।
कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक सुची नसच्याए विरोधका थप कार्यक्रम तय गर्ने समेत चेतावनी दिएको छ ।
युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी थिए । कोइराला समुहले प्रत्यक्ष र समानुपातिकमा ४० प्रतिशत उम्मेदवार दिनुपर्ने अडान राख्दै आएको छ । नदिए विद्रोह गर्ने चेतावनी दिएको छ ।
The post शेखर पक्षको निर्णय : पार्टी कार्यालयमा धर्ना दिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RhArZ1 via IFTTT
काठमाडौं । पर्यटकिय दृष्टिकोण बाट महत्वपुर्ण गन्तब्यको उपमा बटुल्न सफल देश नेपाल र मन्दिरै मन्दिरको शहरको परिचयबनाउन सफल यो देशको राजधानि काठमाडौं, त्यहि काठमाडौंको एउटा कुनामाआफ्नो अलगपहिचानबनाएर उभिएको गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले तयार पारेको वृतचित्र सार्वजानिक भएको छ ।
यो नगरपालिका काठमाडौं उपत्यकाको महत्वपुर्ण धार्मिक स्थलहरुबोकेर बसेको नगरपालिका पनि हो ।
करिब १० हजार घरधुरी रहेको यो वडामा नेपालभित्रजतिभाषाभाषि ,जातजाति र धर्मावलम्बिहरु छन् तिमध्य अधिकांसको बसोवास रहेको छ ।
यो ठाउँ शहरको बिकास क्रम संगैभर्खर भर्खरै बिकसित भएको ठाउँ हो ।
यो ठाउँमा बिभिन्नधर्माबलम्विहरुको पनिबसोवास नभएको भने होईन र धार्मिक स्थलहरु नभएको पनिहोईन तर अहिलेको तथ्याङ्क अनुसार र त्यस स्थानको बयोवृद्धहरुसंग कुराकानिगर्दा यो हिन्दुहरुकै बाहुल्यतारहेकोले मठ मन्दिरहरुनै बढी भएको देखिन्छ ।
बौद्ध आरुबारी देखि बागमतीकिनार सम्म फैलिएको यो वडा भित्रनिकै एैतिहासिकमहत्वबोकेको मठ मन्दिरहरु रहेका छन् ।
१ ) माहांकाल भैरव मन्दिर डाँडा गाउँ
करिब १२ आना क्षेत्रफलमा फैलिएको यो मन्दिर त्यस स्थानका स्थानियहरु को मात्रनभई उपत्यकाको सबै क्षेत्र को हिन्दु धर्मावलम्बिहरुको रोजाईमा परेको मन्दिर हो ।
सुन्दर र कलात्मक ढंगबाट बनाईएको यो मन्दिरको जिर्णोदार मा स्थानिय सरकार देखि संघिय सरकारको समेत महत्वपुर्ण भुमिका रहेको छ ।
बिभिन्न समयमायहाँजात्रालाग्ने गरेको छ ।
२) रामजानकिमन्दिर
बौद्धआरुबारी रोडमै रहेको यो मन्दिर को कथाभने अलि फरक छ ।
धार्मिक स्थलबनाउनभनेर स्थानियलव प्रसादधिमिरे बाट प्राप्तभएको जग्गामा सानो बाँसको छाप्रोबाट शुरु गरेको यो मन्दिर बिभिन्न समयमाबिभिन्नब्यक्तित्वहरुको पहलमा जिर्णोदार हुदैं हाल त्यस क्षेत्रकै महत्वपुर्ण मन्दिरको रुपमा स्थापितहुदै गईरहेको छ ।
धार्मिक ग्रन्थअनुसार धनुषबाँण कला देखाएर रामले जानकीलाई बिबाह गरेर लगेको हुनाले यहाँ जानकीबाटीका भित्र धनुषबाँण बोकेको रामको सालिकपनि स्थापनागरिएको छ ।
यो मन्दिर हेर्दा सानो देखिएपनियसाको वरीपरकिो क्षेत्रफल करीब ५ रोपनि रहेको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ र ९ को सिमानामा पर्ने यो मन्दिर २०४० सालतिर स्थापनाभएको मानिन्छ ।
जनकपुरमा झैं यहाँपनि रामनवमि तथा बिबाह पञ्चमीमा मेला लाग्ने गरेको छ ।
अहिलेपनि बिहान ५ बजे बाट ७ बजे सम्म भक्तजनहरुको भिडभाड रहने गरेको छ ।
३) छहारी क्लबकृष्ण मन्दिर
जोरपाटी बाट गोकर्णेश्वर मन्दिर जाने बाटैमा रहेको यो कृष्ण मन्दिर सानो क्षेत्रफलमाभएपनियसको महत्वभने अत्यधिक रहेको छ ।
त्यस क्षेत्रमालामो समयदेखिबसोबास गर्ने स्थानियहरुको भनाई अनुसार त्यो ठाउँमा पहिलात्यो बाटो भएर हिडडुल गर्ने बटुवाहरु बस्ने पाटी रहेको थियो ।
बस्ति बिकास संगै फोहर हुन थालेपछि त्यसलाई भजन मण्डलको रुपमा बिकास गरेको पाईएको छ ।
त्यो पाटी वामन्दिर के थियो भन्ने बारेमामन्दिर अगाडीको शिलालेख मापनिउल्लेख छ ।
यो मन्दिर पनि १०० बर्षभन्दा पुरानो रहेको मानिन्छ ।
जिर्णादार र पुननिर्माण भने बेला बेलामाभइरहेको छ ।
४) मिजार टोल छेउको गणेश मन्दिर
केहिसमय अगाडी सम्म ढुङ्गेधारा रहेको यस ठाउँमा बस्तिबिकास संगैं धारामापानिआउन छाडे पछि सार्वजानिकजग्गा संरक्षणको लागि कृयापुत्रीभवनबनाईएको छ ।
संगै रहेको गणेश मन्दिर परिसरलाई वडा कार्यालय र नगरपालिकाको सहयोगमा ब्यबस्थित बनाउने कार्य समेत भएको छ ।
परम्परा अनुसार प्रतेक मंगलबार र एकादसीमा यहाँ भक्तजनहरुबाट पुजाआजाहुने गरेको छ ।
यस क्षेत्रमा रहेको दलितबस्तिलाई ब्यबस्थित गदैं सर्बजात सह अस्तित्वको मान्यताकायमगर्न यो गणेश मन्दिरले महत्वपुर्ण भुमिकानिर्वाह गरेको छ ।
नजिकै नारायणटारमा १०० बर्ष भन्दा पुरानो मिजारहरुको कुलदेवताको रुपमामानिने स्थान रहेको छ ।
मिजारहरुको कुल देवता स्थान संगै आनन्द गणेश मन्दिर तथा कृयापुत्रीभवन समेत रहेको छ ।
यो मन्दिरमाभक्तजनहरुले नियमितपुजाआजागर्ने गरेका छन् ।
५) सिद्धिदात्रीनवदुर्गा मन्दिर
करिब १०४ घर धुरी रहेको पिपलबस्तिको बिचमा रहेको यो मन्दिरको बिशेषता
अलि फरक रहेको छ ।
परापुर्व कालदेखि नै बेसिगाउँका नेवार समुदायको कुलपुजागर्ने यो ठाउँलाई पहिला बाटुलढिक भनेर चिनिन्थ्यो ।
स्थानिय सरकार तथा स्थानियबासिन्दाकाहरुको सकृयतामायहाँहिन्दुधर्माबलम्बिहरुले पजाआजागर्ने मन्दिर र बौद्धिष्टहरुको स्तुपा समेत बनाएर सर्ब धर्म सह अस्तित्वलाई स्विकार गरेको देख्न सकिन्छ ।
यस ठाउँमा समुदायको बिभिन्नकार्यहरुमा सहजताकायमगर्न सामुदायीकभवन समेत निर्माण गरिएको छ ।
६ ) बुद्ध चोकको बुद्धको प्रतिमा
यो वडामा बुद्ध धर्माबलम्बिहरुको धार्मिक स्थलको रुपमा बुद्धचोकमाप्रबेश द्वार तथा बुद्धको प्रतिमा रहेको छ ।
सानो ठाउँ भएपनियसलाई सदुपयोग गर्दै सानो बाटीका र बुद्धको प्रतिमा ले यो ठाउँको शोभा बढाई दिएको छ ।
७ ) राधाकृष्ण मन्दिर
सलललबगिरहेको बागमतीको मनोरम दृष्य संगै बिभिन्नकिसिमकाभजनको सांगितीकधुनमा रमाउनबागमतीको किनारमा राधाकृष्ण मन्दिर बनाईएको छ ।
श्री कृष्ण जन्माअष्टमी माबिषेश मेलालाग्ने यो मन्दिरमा अरु समयमापनि स्थानियभक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
यो मन्दिरकै छेउमाबुद्धको स्तुपा सहितको प्रतिमाबनाईएको छ । जसले ओमकार परिवार भित्रका सबैलाई एकैठाउँमा उभिएर आफ्नो सांस्कृतिकमौलिकताजोगाउन प्रेरणा जोगाउनखोजेको देखिन्छ ।
८) उत्तर धारा
जोरपाटीबाट गोकर्ण तर्फ जाँदामुख्य सडक खण्डको बायाँतिर चौबिसै घण्टा कलकलपानिबगिरहने एक ढुङ्गे धारा रहेको छ ।
यो धारानको नामउत्तर धारा हो । उत्तरतिर फर्किएको हुनाले यो धाराको नामउत्तरधारा रहनगएको हो । यो निकै प्राचिनधाराको रुपमा समेत परिचितधारा हो ।
यो धारा निकै पुरानो भएकोले पुरातात्विक सम्पदा सुचिमा समेत परेको छ ।
यो वडामा रहेकाधार्मिक स्थलहरुको चर्चा गर्दा केहि रोचक ठाउँपनि छन् जसलाई देखेर धार्मिक आस्था राख्ने सबैलाई आश्चार्य लाग्न सक्छ ।
२०११ सालतिर बेसीको खेतमाकामगर्न आउने खेताला र किसानलाई सितलमा बस्ने ठाउँ को ब्यबस्थागर्न चालिसे परिवारले दानदिएको जग्गामाअहिले चालिसे परिवारको लगानिमा राधा कृष्ण मन्दिर ,बस्नमिल्ने पाटी र कृयापुत्रीभवन समेत निर्माण गरेर राखिएको छ ।
निजिलगानिमाचालिसे बन्धु गुठीको तर्फबाट समाजजको लागि यस्ता अरु कार्यहरु पनिभएका छन् ।
यस्तै आफ्नैे निजिनिवास मा राधे राधे को सत्संंग बनाएर धार्मिक आस्थालाई कायम राख्ने क्याप्टेन हिरालाल श्रेष्ठको घर पनि मन्दिर भन्दा कम देखिदैन ।यस वडाले धार्मिक र सांस्कृतिपक्षलाई सुदृढ गर्दै धार्मिक पर्यटनको बिकासमा अझ शसक्त भुमिकानिर्वाह गर्दै जाने प्रतिबद्धता जाहेर गरेको छ ।
यो बृतचित्र गोकर्णेश्वर नगरपालिका वडा नं.८ को लागि बोष्टर मिडियाले तयार गरेको हो ।
बृतचित्रको संयोजन बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना ले गर्नुभएको छ भने लेखन तथा निर्देशन डि.बि.पराजुलीको हो ।
सुमन बस्नेतको छायांङ्कन रहेको यो बृतचित्रको सम्पादन घाश्याम पाण्डेले गर्नुभएको हो ।
भिडियो हेर्न तलको लिंकमा जानुहोला
The post धार्मिक पर्यटनको बिकास सम्बन्धि गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले तयार पारेको वृतचित्र सार्वजानिक appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CbHrlG via IFTTT
काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनको लागि लागू गर्ने आचारसंहिताबारे निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ।
आयोगको कार्यालयमा भर्खरै सुरु भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत आयोगले निमन्त्रणा गरेका सवै राजनीतिक दलका नेता तथा पदाधिकारी उपस्थित भएका छन् ।
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल सुरु गरेको हो।
The post आचारसंहिताबारे निर्वाचन आयोगको राजनीतिक दलहरुसँग छलफल सुरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dPzB7U via IFTTT
काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर समूह ठूलै विद्रोहको तयारीमा लागेको छ । उक्त समूहले पार्टी नफुटाइहाले पनि प्रत्यक्षतर्फ देशभर विद्रोही उम्मेदवार खडा गर्ने तयारी गरेको हो ।
आज संस्थापनइतर शेखर कोइराला समूहले खबरदारी भेला गरेको छ । नेविसंघको पूर्वसभापति गुरुराज घिमिरे देखि तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजङ्ग शाहीसम्मले विद्रोहको चेतावनी दिए । उनीहरुले विद्रोहलाई रोक्न नसक्ने भन्दै आफ्ना समूहका नेताहरुलाई टिकट च्यातेर आउन भने ।
त्यसो त शेखर समूहका केही नेताले निर्वाचन आयोगमा दल दर्ता गरेर समानुपातिक सूची पनि बुझाइसकेको चर्चा छ । त्यस्तै परे पार्टी नै विभाजन गरेर जानुपर्ने कतिपयको भनाई रहेको छ । तर, शेखर कोइराला, धनराज गुरुङ्ग, गगन थापालगायत प्रभावशाली नेताहरु तयार भएका छैनन् । टिकट बाँडफाँटमा आफ्नो पक्षकाले ४० प्रतिशत नपाए विद्रोह गर्ने चेतावनी शेखर कोइराला आफैले दिइसकेका छन् ।
पार्टी विभाजन नगरेपनि टिकट बाँडफाँटमा चित्त नबुझे शेखर समूहले विद्रोही उम्मेदवार उठाउन आन्तरिक तयारी गरेको छ । विशेषगरी काठमाडौं उपत्यका र तराईका जिल्लाहरुमा त्यस्ता उम्मेदवार तयारी अवस्थामा राखेर सक्रिय बनाइएको बुझिएको छ ।
शेखर समूहको तयारीको सूचना पाएर सभापति शेरबहादुर देउवा तनावमा छन् । उनी शेखर समूहलाई मिलाएर लाने गरी सक्रिय भएका छन् ।
The post शेखर कोइराला समूह विद्रोहका लागि ठिक्क, देउवालाई तनाव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DVqVYm via IFTTT
काठमाडौं। यसपटकको चुनावमा उल्लेख्य संख्यामा पूर्वप्रहरीहरु चुनावी मैदानमा देखिने भएका छन् । उनीहरु चुनावमा प्रतिष्पर्धाका लागि तयारीमा लागिसकेका छन् ।
सशस्त्र प्रहरीका पूर्वएआइजी डा. कृष्णकुमार तामाङले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा व्यापक प्रचार गरिरहेका छन् । उक्त क्षेत्रबाट काँग्रेस महामन्त्री गगन थापा र एमालेका प्रभावशाली नेता राजन भट्टराई उम्मेदवार बन्ने निश्चितप्रायः छ ।
पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गरेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन् । उनी तनहुँ या चितवनबाट उम्मेदवार बन्ने चर्चा छ ।
पूर्वआइजीपी ध्रुबबहादुर प्रधान राप्रपाका प्रभावशाली नेता हुन् । प्रधान नवलपरासीबाट चुनावी प्रतिष्पर्धामा देखिने बुझिएको छ ।
सशस्त्र प्रहरीका पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ पनि राप्रपा प्रवेश गरेका छन् । उनी पनि चुनावी मैदानमा देखिने बुझिएको छ ।
पूर्वडिआइजी रमेश खरेल नेपाल सुशासन पार्टीको नेतृत्व गरिरहेका छन् । उनी काठमाडौं १ बाट चुनावी मैदानमा देखिने घोषणा भइसकेको छ ।
पूर्वडिआइजी नवराज सिलवाल निवर्तमान सांसद हुन् । उनी ललितपुर क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवारका रुपमा पुनः खडा हुने निश्चित भइसकेको छ ।
प्रहरीमा लामो सेवा गरेर चर्चामा आएका व्यक्तिहरु राजनीतिमा आउँदा चुनौती भने फरक देखिने गरेको छ । धेरैजसो पूर्वप्रहरी राजनीतिमा अगाडि बढ्न सकेको देखिदैन । प्रहरीमा हुने भूमिका र राजनीतिक बिल्कुल फरक पाटो भएकाले पनि उनीहरुलाई सफलता हात पार्न मुश्किल देखिने गरेको छ ।
सिलवालले गत चुनावमा एमालेको तर्फबाट बाजी मार्दा माओवादीको पनि साथ थियो । आइजीपी बन्नबाट रोक्किएका सिलवालले सहानुभूतीको मत पनि पाएका थिए । यसपटक भने उनको पुनः परीक्षा कठिन छ । एमाले फुटेको छ र माओवादी काँग्रेससँग मिलेको छ ।
सर्वेन्द्र खनाल फरक पारिवारिक पृष्ठभूमिबाट आएर कम्युनिस्ट राजनीतिसँग जोडिएका छन् । रमेश खरेल आफै पार्टी गठन गरेर बढ्दा सांगठनिक सञ्जाल कमजोर हुनुको चुनौती छ । कृष्णकुमार तामाङ स्वतन्त्र उम्मेदवार हुन् । उनको क्षेत्रबाट अरु स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् ।
The post चुनावमा पूर्वप्रहरीको परीक्षा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DRFM6l via IFTTT
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् ।
त्यस्तै उनीहरुले संविधानले दिएको भूमिका राष्ट्रपतिले प्रभावकारी रुपमा खेल्न नसकेको समेत बताएका छन् । छलफलपछि अखिल नेपाल कानून व्यबसायी संघको अध्यक्ष एवं अधिवक्ता पदम रोकाले दोश्रो पटक पारित गरेर बिधेयक पारित गरेर पठाएपछि रोक्ने अधिकार राष्ट्रपतिमा नरहेको बताए । उनले संवैधानिक व्यवस्था भन्दा बाहिर राष्ट्रपति जान नमिल्ने भएपनि अहिले राष्ट्रपतिबाट नै संवैधानिक व्यवस्था उलंघन भएको बताएको उल्लेख गरे ।
त्यस्तै छलफल पछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संवैधानिक, कानूनी परार्शका लागि कानूनबिद्हरुसंग छलफल गरेको र राष्ट्रपतिले असंवैधानिक काम गरेको सुझाव आएको बताए । कानूनविदहरुको सुझाव गठबन्धनमा पुन छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनले बताए ।
राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धनले यस बिषयमा कानूनी राय लिएको हो ।
The post राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3LAq6WA via IFTTT
काठमाडौं । नेकपा(माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक) ले अहिलेको अन्तरबिरोध हलगरेर कार्यकर्ताको ब्यबस्थापन गर्ने हो भने अबको पाँच बर्षमा माओवादी पहिलो दल बन्ने निश्चित भएको बताउनु भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्पर्क समन्वय समितिको भुमिका बारे बोल्दै नेता अधिकारीले यस्तो भन्नु भएको हो ।
सम्पर्क समन्वय समिति बागमती प्रदेशको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता अधिकारीले जान अन्जानमा २०६४ साल पछि माओवादीबाट केहि कमजोरी भएको स्विकार गर्दै,आठौं महाधिवेशन को दस्तावेजले केहि हदसम्म सुधार गरेको बताउनु भयो ।
समितिको अध्यक्ष ठुलोबाबु श्रेष्ठको अध्यक्षतामा बसेको सम्पर्क समन्वय समिति बागमती प्रदेशको चौथो पुर्ण बैठकलाई प्रदेश समितिका ईन्चार्ज तथा पार्टीका केन्द्रीय सचिव डिलाराम आचार्यले पनि सम्बोधन गर्नुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै आचार्यले माक्र्शवादको परिमार्जन गर्ने होईन ,समयानुकुल त्यसमा थप्दै र पुष्टि गर्दै जानु आजको आवश्यकता रहेको बताउनु भयो । माक्र्शवादको किताब पुरानो भयो होला तर त्यसमा लेखिएका तथ्यगत आधार सहितको वैचारिक दृष्टिकोण झन झन नयाँरुपमा आईरहेको छ भन्दै उहाँले ज्ञान,ब्यबहार,सिदान्तको नियमलाई आत्मसाथ गर्नसके माक्र्शवादमाथि न्याय गरेको ठहर्ने बताउनु भयो ।
बैठकमा सम्पर्क समन्वय समिति बागमती प्रदेशको ईन्चार्ज कमला दोङ , प्रदेश अन्तरगत १० वटा जिल्लाका अध्यक्ष , ईन्चार्ज , तथा पदाधिकारीहरु,बिभागिय प्रमुख तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले चुनावी रणनीति तय गर्दै बिभिन्न महत्वपुर्ण बिषयहरुमा निर्णय समेत गरेको छ ।
The post अहिलेको अन्तरबिरोध हलगरेर कार्यकर्ताको ब्यबस्थापन गर्ने हो भने अबको पाँच बर्षमा माओवादी पहिलो दल बन्ने निश्चित छ : श्री कृष्ण अधिकारी (बिबेक) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qUh3Gy via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा यतिवेला कानूनी राज्यको उपहास भएको बताएका छन् । आज (आईतबार) आफ्नो निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई घरमै नजरबन्द गरेर सत्तापक्षले तमाशा देखाएको आरोप लगाएका छन् ।
उनले भने,‘लोकतन्त्रका विधि र प्रक्रिया हुन्छन् । त्यसको मर्यादा सबैले पालना गर्नुपर्छ । अब संविधानले नै नमान्ने हो भने, कानून नै नमान्ने हो भने, कानूनको राज होईन, जंगली राज चलाउने हो भने, सत्ताको दुरुपयोग गर्ने हो भने त्यो डेमोक्रेसी हुँदैन् । को व्यक्ति के थियो भन्नेसँग हाम्रो प्रश्न होईन । नेपाल कानूनी राजको हिसाबले चल्नुपर्छ ।’
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरमाथि लागेको महाभियोगको सन्दर्भमा सत्तपक्षले नै सफाई दिएको स्पष्ट पारे । उनले भने,‘त्यो महाभियोगको प्रस्ताव प्रतिनिधिसभाले दुई तिहाईले पारित गर्नुपर्दथ्यो । होईन भने पारित नगर्दा असफल हुन्थ्यो । तर, षड्यन्त्रपूर्ण ढंगले ०७८ फागुन १ गते दर्ता भयो, २०७९ ुसाल भदौ १ गतेसम्म सभामुखले आफ्नो घर्रामा, सत्ता पक्षको स्वार्थवश राख्नुभयो । र, उहाँले कारबाही अघि नै बढ्न दिनुभएन ।’
उनले प्रमुख प्रतिपक्षीको तर्फबाट आफूहरुले प्रधानन्यायाधीशमाथि कुनै आरोप र अभियोग लागेपछि त्यसलाई समयमै टुँगोमा पुर्याउनुपर्नेमा जोड दिएको स्मरण गराए । उनले भने,‘हामीले यस्तो प्रस्ताव संसद्मा दर्ता भएपछि, यसरी केही नभएझैं गरेर निश्क्रिय बस्नुहुँदैन् भनेको थियो । तर, सत्ता पक्षले गणितीय खेल खेल्यो । हिजो संसद्को अधिवेशन सिद्दियो । यो अधिवेशनमात्रै होईन, यसको कार्यकाल नै सिद्दियो । महाभियोग पारित नभएपछि, कुरा सिद्दियो । सत्तापक्षले उहाँलाई सफाई दियो । प्रक्रिया अघि नबढाएर सफाई दियोे । उहाँमाथि लागेको अभियोग पारित गरेन ।’
महाभियोग सिफारिश समितिले बुझाएको प्रतिवेदन अर्को संसदले टेकवोभर गर्ने कुरा छ नि भनेर सोधिएको प्रश्नमा उनले भने–‘अब आउने संसद्, त्यसले पनि गरेन भने ? तीन महिनाभित्र यो प्रस्ताव टुँगो लगाउनुपर्छ । कुनै पनि संसदीय प्रक्रियाको अवधि हुन्छ । कानूनी व्यवस्था छ ।’ उनले महाभियोग पारित नभएपछि प्रधानन्यायाधीश काममा फर्कनुपर्ने बताए । तर, सत्ता पक्षले कानूनलाई हातमा लिएर सेना र प्रहरी लगाएर जबराको घर घेर्ने र नजरबन्द गरेर तमशा देखाएको भन्दै ओलीले आक्रोश पोखे । उनले भने,‘सत्तामा पुगेर, सेना प्रहरी हातमा छ भनेर, जे पनि गरे हुन्छ ? मान्छेको घर घेर्ने, नजरबन्द गर्ने, यस्तो तमशा लोकतन्त्रमा हुँदैन्, अभियोग पुष्टि भएन भने प्रधानन्यायाधीशले के गर्ने ?’
The post प्रधानन्यायाधीश जबरामाथिको महाभियोग असफल भयो, सत्तापक्षले नजरबन्द गरेर तमाशा देखायो : ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UivySa via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरुबाट साझा उम्मेदवार तय गर्दा कम्तिमा ९० सिटको अडान छाडेको छैन । काँग्रेसभित्र ८५ देखि ९० सिटमा चुनाव लड्नेहरुको सूची पनि लगभग तय भइसकेको बुझिएको छ ।
काँग्रेसका लागि केही चुनावी क्षेत्र निकै महत्वपूर्ण छन् । ती क्षेत्र उसलाई छाड्नु चुनावी धक्का लाग्नु जत्तिकै हुनसक्छ । काँग्रेसका प्रभावशाली नेताहरुले चुनावी क्षेत्र बनाएका ठाउँहरुमा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीको दाबी छ ।
काँग्रेसले तनहुँ १, झापा १ र सिन्धुपाल्चोक १ निर्वाचन क्षेत्रलाई महत्व दिएको छ । यी क्षेत्रमध्ये झापा र सिन्धुपाल्चोकका निर्वाचन क्षेत्रबाट २०७४ को चुनावमा माओवादी जितेको थियो । तनहुँ १ बाट तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठले जितेका थिए । तनहुँ १ मा काँग्रेस नेता रामचन्द्र पौडेलको दाबी छ ।
झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दाबी छ । त्यहाँ माओवादीबाट राम कार्कीले जितेका थिए । सिन्धुपाल्चोक १ मा मोहनबहादुर बस्नेतले अडान कसेका छन् । बस्नेत देउवानिकट मानिन्छन् । उक्त क्षेत्र सभामुख अग्नि सापेकोटाले तीनपटक चुनाव जितिसकेको क्षेत्र हो ।
माओवादीले २०७४ को चुनाव जितेको सोलुखम्बु, ललितपुर ३, जाजरकोट, कालिकोट, गोरखा १, नुवाकोट १ मा काँग्रेसले दाबी गरेको छ ।
डोटी १ मा नेकपा एसका बहालवाला सांसद प्रेमबहादुर आले रहेपनि काँग्रेसले वीरबहादुर बलायरका लागि दाबी गरिरहेको छ । रौतहट १ मा माधव नेपाललाई छाडेको खण्डमा काँग्रेसले काठमाडौं २ मा दाबी गर्ने गरी कुरा राखेको बुझिएको छ । दाङ १ र ३ मध्ये कुनै एकमा काँग्रेसको दाबी छ ।
यसैगरी, जसपाका बहालवाला सांसद रहेका बारा, सर्लाही, रौतहटलगायत तराईका जिल्लाहरुमा काँग्रेसले दाबी छाडेको छैन ।
The post काँग्रेसले छाड्न नमानेका यी चुनावी क्षेत्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3BOyqyZ via IFTTT
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा जे बोले त्यसले विवाद मात्र ल्याएन कतिपय विषयहरुको पर्दाफास गरिदियो । उनले पूर्वप्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, कानून व्यवसायीका अलावा राजनीतिक दलका नेताहरुको नाम तोकेरै आरोपहरु लगाए ।
जबराले जो जोमाथि आरोप लगाए तीमध्ये कतिपय समितिमा प्रस्तुत भएर प्रत्युत्तर दिए । तर, न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरु गएनन् । न्यायाधीशहरुले संसदीय समितिमा नियुक्तिका बेलामा सुनुवाईका लागि र महाभियोग लागेमा मात्र जान सकिने संवैधानिक व्यवस्थाबारे बोले ।
पूर्वप्रधानन्यायाधीशहरुमध्ये समितिले बोलाएका चारजनाले महाभियोग सिफारिश समितिले क्षेत्राधिकार विस्तार गर्न नसक्ने भन्दै नजाने भएका छन् । उनीहरुले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने भएकाले उनले भनेको आधारमा समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने जिकिर गरेका हुन् । समितिलाई पूर्वप्रधानन्यायाधीशहरु मिन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त पत्र पठाएका हुन् । रायमाझी र श्रेष्ठमाथि राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बन्न नपाएपछि प्रतिशोध साँधेको आरोप जबराले लगाएका थिए ।
यसअघि कामु प्रधानन्यायाधीशहरु दीपकराज कार्की, न्यायाधीशहरु मीरा ढुंगाना, आनन्दमोहन भट्टराई, ईश्वरीप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतमाथि जबराले गम्भीर आरोप लगाएका थिए । उनीहरुलाई पनि समितिले बोलाएको थियो तर फूलकोर्टबाट नजाने निर्णय गराए ।
The post चोलेन्द्रको आक्रामक आरोपपछि न्यायाधीश देखि पूर्वप्रधानन्यायाधीश महाभियोग सिफारिश समितिले बोलाउँदा किन गएनन् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QSIStj via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौंले बागमती सफाई अभियान को लागि लाखौं को सफाई सामाग्री सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिका को उपमेयर सुनिता डंगोल को प्रमुख आतिथ्य तथा एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष उद्धब प्रसाद तिमल्सिना को बिशिस्ट आतिथ्य र ग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवाल को विशेष आतिथ्य,एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका सिनियर डिभिजन ईन्जिनियर अमित रन्जित , ग्रील तथा स्टील ब्यबसायी महासंघका पदाधिकारीहरु तथा काठमाडौंमा रहेका ब्यबसायी संघ सस्था र ब्यबसायी हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक ६० अर्ब भन्दा बढी आर्थिक कारोवार गर्ने तथा करोडौं राजस्व तिर्ने ग्रील तथा स्टील ब्यबसायी हरुको संगठन ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं ले २०७० साल बाट शुरु भएको बागमती सफाई अभियानको सहयोगार्थ ठूलो मात्रामा बिरुवा संरक्षण गर्ने जाली , फोहर उठाउने सुईरो तथा फोहर तान्ने काँटा प्रदान गरेको छ ।
२ वटा क्षेत्र र १४ वटा ईकाई रहेको काठमाडौं जिल्लामा आधिकारिक रुपमा दर्ता भएका करिब २५ सय भन्दा बढी ब्यबसायी रहेकोे अझै धेरै ब्यबसायी दर्ता प्रकृयामा रहेको संघका अध्यक्ष यज्ञ दास श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मोहन कुटुवालले राज्यले ग्रील ब्यबसायीहरुलाई हेर्ने नितिगत दृष्टिकोण सकारात्मक हुन नसकेको कारण ग्रील ब्यबसाय धरासयी बन्दै गएको बताउनु भयो ।
राजश्व तिरेर ब्यबसाय गर्छु भन्दापनि नपाएका ग्रील ब्यबसायीहरुलाई स्थानिय सरकारले करको दायरामा ल्याउनुपर्नेमा कटुवालले जोड दिनुभएको छ ।
ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं का अध्यक्ष यज्ञदास श्रेष्ठको सभापतित्व मा भएको कार्यक्रम संघका महासचिव राजुलाल श्रेष्ठ ले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत बाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष उद्धब प्रसाद तिमल्सिनाले ग्रील तथा स्टील ब्यबसायीहरुले उपलब्ध गराएका सफाई सामाग्रीको सदुपयोग गर्ने र अझ अन्य कार्यक्रममा समेत सहकार्य गर्न समेत आफु तयार रहेको बताउनु भयो ।
प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै उपमेयर सुनिता डंगोल ले ग्रील तथा स्टील ब्यबसायीको समस्यामा छलफल गरेर निकास निकाल्न आफुले पहल गर्ने बताउनु भयो ।
The post यति धेरै सहयोग गरेको भन्दै उपमेयरले दिईन् ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं लाई धन्यावाद appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DAR5PQ via IFTTT
काठमाडौं । आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)भित्रै टिकट वितरणमा खटपट हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको समयमा माधव नेपाल समूहमा लागेर आफूलाई असहयोग गरेका १० नेतालाई सहज रुपमा टिकट नदिने संकेत गरेका छन्।
दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरेर विवादमा आएका ओलीले आफ्नो कदमप्रति विरोध गर्दै संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मतदान गरेका १० भाइलाई ओलीले चुनावी मैदानमा समेत हेर्ने नजर फरक भएको एमालेका एक नेताले बताए ।
ती नेताले भने– ‘कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन र माधव नेपाललाई साथ दिएर पार्टी विभाजनमा ‘अप्रत्यक्ष भूमिका निर्वाह गरेका’ नेतालाई ओलीले टिकट वितरणमा सर्त तेस्र्याउने तयारीमा छन् ।’ पार्टीका पदाधिकारी रहेका भए पनि पार्टी हितविपरीत गुटबन्दी गरेर आफ्नै सरकार ढाल्न भूमिका खेलेका नेताहरुलाई सहजै टिकट दिन हुन्न भन्ने पक्षमा अध्यक्ष रहेको उनको भनाइ छ ।
The post एमाले भित्र टिकट वितरणमा खटपट, अप्ठेरोमा १० भाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3xprW6R via IFTTT
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पोलेका न्यायाधीशहरुलाई महाभियोग सिफारिश समितिले बयानका लागि बोलाएपनि नजाने भएका छन् । सर्वोच्चको फूल कोर्ट बैठकले कुनैपनि न्यायाधीश नजाने निर्णय लिएको हो ।
जबराले समितिमा बयानका क्रममा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीका अलावा न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई, ईश्वरीप्रसाद खतिवडा, प्रकाशकुमार राउतका सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए । त्यसबारे उनीहरुलाई बयानका लागि बोलाएको थियो ।
यसैगरी, जबरामाथिको महाभियोगका सम्बन्धमा बहस चलेको छ । प्रतिनिधि सभाको अवधि सकिएपछि महाभियोगबारे के हुने हो भन्ने बहस चलेको हो । एउटा पक्ष महाभियोग टुंगो नपुगुञ्जेल जबरा सर्वोच्च फर्कन नपाउने जिकिर गरिरहेको छ । अर्कोपक्ष, जबरामाथिको महाभियोग स्वतः असफल हुने तर्क गर्न थालेको छ ।
The post सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिश समितिमा नजाने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3eT9rBD via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता र सत्य निरुपणसम्बन्धी विधेयक विस्तृत शान्ति सम्झौताको भावनाअनुरुप आजै टुङ्ग्याउन अपिल गरेका छन् । उनले राजनीतिक दलहरु र सरोकारवालासँगको गहन छलफलपछि मस्यौदा तयार गरिए पनि बाहिर उठेका हत्या, बलात्कार र मानवअधिकारसँग सम्बन्धित आवाजमा पनि सहमतिका आधारमा सम्बोधन गर्न प्रयास हुनुपर्नेमा जोड दिए।
कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।
बैठकमा अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौता कानुनी र संवैधानिक नभई राजनीतिक सम्झौता भएको बताए । उनले भने,“यो सम्झौताको मूल स्प्रिड पोलिटिकल अर्थात् द्वन्द्व समाधान गरी देशलाई शान्ति, समृद्धि र विकासतर्फ लैजाने भन्ने उद्देश्यबाट प्रेरित छ । सत्यअन्वे होस्, मेलमिलाप पनि कायम होस् भन्ने मुख्य भाव हो ।”
सत्य पत्ता लगाउने र मेलमिलापको वातावरण बनाउने विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न कोणबाट छलफल भएर हामी आजको विन्दुमा आएको बताउँदै अध्यक्ष प्रचण्डले विषयमा कोही पक्ष वा विपक्ष नरहेको स्पष्ट पारे ।
उनले भने “विधेयकमा अरू पोलिटिकल प्रवेश गर्न दिनहुन्न । त्यो भयो भने देश र लोकतन्त्रका लागि राम्रो हुन्न । यो युगान्तकारी विषय हो । यद्यपि यो राजनीतिक शक्ति सन्तुलनका आधारमा जाला जस्तो लाग्छ । अल्पमत र बहुमतका आधारमा नभई सहमतिमा टुङ्ग्याउनुपर्छ ।”
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्यनिरुपण र बेपत्ता विधेयकलाई टुङ्ग्याउने हामी सबैको साझा विषय भएकाले यसलाई टुङ्ग्याउने सवालमा पूरै साथ र सहयोग रहने बताए । उनले भने, “यो विषयलाई हामी यही पटक टुङ्ग्याउनेतर्फ लागौँ । त्यसमा साथ सहयोग हुन्छ । पुनरावेदनमा जाँदा सङ्क्रमणकालीन न्याय नै आकर्षण हुन्छ ।”
बैठकमा सभापति कृष्णभक्त पोखरेलले मुलुकमा सशस्त्र द्वन्द्व अन्त्य गर्ने कार्यमा नेपालले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै सत्यनिरुपण र बेपत्ता छानबिनसम्बन्धी बाँकी काम पनि सहमतिकै आधारमा सक्नुपर्नेमा जोड दिए ।
माओवादीद्वारा विगतमा सञ्चालन गरिएको सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट करिब १७ हजार व्यक्ति मारिएका थिए । उक्त द्वन्द्व अन्त्य गरी समाजमा मेलमिलापको वातावरण तयार गरी जघन्य अपराधका घटनाका पीडितलाई परिपूरण र पीडकलाई कारबाहीको दायरामा ल्याउने सन्दर्भमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोग गठन भई कामसमेत भएको थियो ।
आयोगले झन्डै १५ वर्ष काम ग¥यो तर उठेको विषय निक्र्यौल गर्ने विषय विलम्ब भयो । विगतको सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा आयोगसमक्ष करिब ६३ हजार उजुरी परेको छ । ती उजुरीको छानबिनका लागि गठन हुने उच्च अदालत समाबेसी हुनुपर्ने, फैसलामाथि पुनरावेदन जान पाउनुपर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट उठेको चासोलाई गर्ने विषयमा साझा धारणा बनाउने प्रयास गरिरहेका छन् । समितिको अर्को बैठक आजै अपराह्न बस्ने गरी बैठक स्थगित भएको छ ।
The post संसदीय समितिमा पुगेर प्रचण्डले भने–शान्ति सम्झौताको मूल मर्मअनुसार टुङ्ग्याऔँ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QO1hrg via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा सामेल गराउनेगरि तयारी थालेका छन् । देउवाले बरु गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीलाई गठबन्धनबाट बाहिर पठाउन चाहेका छन् ।
जसपा र लोसपाबीच मधेशमा तिव्र प्रतिष्पर्धा छ । अहिले गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले २५ सिटको अडान लिएका छन् । तर, गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रले भने कुनैपनि हालतमा १० सिटभन्दा बढि नदिने अडान लिएका छन् । यादवले पनि २५ सिट नदिए अलग हुने चेतावनी दिईसकेका छन् ।
यादव पछिल्लो समय एमालेसँग सहकार्य गर्ने मुडमा पुगेका छन् । यादवको रणनीति पहिल्याएका प्रधानमन्त्री देउवाले पछिल्लो समय यादवलाई भन्दापनि लोसपाका अध्यक्ष ठाकुरलाई बढि महत्व दिन थालेका छन् । गठबन्धनमा नरहँदापनि देउवाले लोसपालाई आगामी निर्वाचनमा ३ सिट दिनेगरि पार्टीभित्रबाट आन्तरिक निर्णय गराईसकेको स्रोतको दाबी छ ।
उनले लोसपाका अध्यक्ष ठाकुरसहित नेताहरु शरदसिंह भण्डारी र राजेन्द्र महतोलाई जिताउने वचन दिएका छन् । यसको पुष्टि धनुषा ३ बाट चुनाव लड्न लागेका राजेन्द्र महतोको क्षेत्रमा कांग्रेसले हेभिवेट उम्मेदवार सिफारिश नगरेसँगै हुन्छ ।
विमलेन्द्र निधिले प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरिसकेका छन् । धनुषा-३ मा यसपटक लोसपाका महतो र एमालेकी नेतृ जुलीकुमारी महतोबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
The post गठबन्धनमा महन्थलाई भित्र्याउने देउवाको तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3xqVQYq via IFTTT
काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई महाभियोग सिफारिस समितिले बोलाउने भएको छ ।
जबराले नाम लिएका पुर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पुर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो ।
आज बसेको समितिको बैठकले भोलि आरोपितहरुलाई बोलाउने निर्णय गरेको छ । तर, क–कसलाई बोलाउने बारे नाम तय नभएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।
The post निलम्बित प्रधानन्यायधीश जबराले नाम लिएकाहरुलाई पनि बयान लिइने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qE0IWC via IFTTT
काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले प्रवक्ताको जिम्मेवारी सचिव लक्ष्मीप्रसाद गौतमलाई तोकिएको छ ।
आइतबार बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाईलाई कतिपय मिडियाले उल्टो सम्प्रेषण गरेको भन्दै प्रवत्ता तोकिएको हो ।
समितिमा भएका बयान र छलफल अबदेखि समिति गौतमले भनेका कुरामात्र आधिकारिक हुने जनाइएको छ ।
The post महाभियोग सिफारिस समितिको प्रवक्तामा गौतम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3xlzHLi via IFTTT
काठमाडौं । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लागेकी हुन्। बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछिन् ।
विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै २०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गरेकी छन् ।
एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गरेकी हुन् ।
“मैले एक कन्जरर्भेटिभ दलको रूपमा अभियान चलाएँ, र म दलको कम कर र व्यक्तिगत जिम्मेवारीको टोरी मूल्यमान्यताहरूप्रति प्रतिवद्ध भई देशलाई नेतृत्व गर्नेछु,” उनको भनाई छ ।
ट्रसले कर कटौती र ऊर्जा सङ्कटलाई सम्बोधन गर्न साहसिक योजना’ को प्रतिज्ञा गर्दै आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने जनाएकी छन् ।
यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेखेका छन्, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको सङ्कटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकताबद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।” उहाँले थप्नुभयो, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।”
गत जुलाईमा सुनकसहित मन्त्रीहरूले जोनसनको कामप्रति असन्तिुष्टि जनाउँदै सरकारबाट राजीनामा दिने घोषणा गरेपछि उनले पनि पदबाट हट्ने इच्छा व्यक्त गरेका थिए। उनको राजिनामाको घोषणासँगै नेतृत्वको प्रतिस्पर्धा सुरु भएको थियो ।
The post को हुन बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लागेकी ४७ वर्षीया लिज ट्रस ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3S2IklT via IFTTT
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्याएका छन् ।
आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ ।” उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए ।
आजसम्म ३५ जबरालाई प्रश्न गरिएको छ । अब मङ्गलबार आठवटा प्रश्नमा सवाल÷जवाल हुनेछ । उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने, “मङ्गलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ ।”
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।
जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
The post निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RDil4G via IFTTT
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमति हुन सकेको छैन् । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले बढि नै सिटमा दाबी गरेपछि सिट बाँडफाँट टुँगोमा नपुगेको बुझिएको छ ।
तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मिलाउने जिम्मा गठबन्धनको अर्को मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई दिएका छन् ।
कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्षतर्फको १६५ सिटमा १०० सिटमा दाबी गरेको छ । तर, सभापति देउवाले भने गठबन्धनलाई साथमै लिएर जानको लागि ९० सिटसम्म सहमति गर्न सकिने प्रस्ताव राखेका छन् ।
माधव नेपालले भने कांग्रेसलाई ७० भन्दा बढि सिट दिन नहुने अडान राखेका छन् । पछिल्ला बैठकमा सहमति जुट्न नसकेपछि माधव र उपेन्द्रलाई मिलाउने जिम्मा देउवाले प्रचण्डलाई दिएका छन् ।
गठबन्धनका अन्य दलले कांग्रेसलाई एकल बहुमत आउन नदिनेगरि सिट संख्यामा बार्गेनिङ गरेको भन्ने आरोप छ । देउवाले भोलिसम्म सिटको सहमति टुँगो लगाउनुपर्ने भन्दै सोहीअनुसार समझदारी कायम गर्न दाहालसमक्ष आग्रह गरेको बुझिएको छ ।
The post सत्ता गठबन्धनमा माधव र उपेन्द्र मिलाउने जिम्मा प्रचण्डलाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RynJpK via IFTTT
काठमाडौं । सरकारले आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेको छैन । सदाचार र सक्षमतालाई प्रमुख आधारमानी एक जना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी पुरस्कृत गर्ने परम्परा भए पनि आठ वर्षदेखि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएको छैन ।
२०७१ सालमा तत्कालीन सचिव शान्तराज सुवेदी सर्वोत्कृष्ट निजामती कर्मचारी घोषणा भएका थिए । सरकारले बुधबार १९औँ निजामती सेवा दिवस मनाउने क्रममा उत्कृष्ट निजामती सेवा पुरस्कार दस जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचारीको नाम घोषणा गरिए पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको जनाएको छ ।
The post आठ वर्षदेखि फेला परेन सर्वोत्कृष्ट निजामती कर्मचारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3eCpofi via IFTTT
काठमाडौँ । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ ।
भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले योजनावद्ध रुपमा ‘कोही पनि नछुटुन् कोही पनि नदोहोरिउन्’ भन्ने नाराका साथ सुकुम्बासीलाई जग्गा धनी बनाउने कामलाई अभियानका रुपमा अगाडि बढाएको हो ।
यसका लागि राष्ट्रिय भूमि आयोगले आगामी दिनमा सुकुम्बासीको समस्या नै नरहने गरी कामलाई तीव्रता दिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिए ।
कित्ता नापी नापनक्शा गर्ने कार्य अन्तर्गत विशेष नापीमा कुल १३ हजार पाँच सय ९६ हेक्टरको काम सम्पन्न भएको छ । हेक्टर, गाँउब्लक नापी तीन सय आठ हेक्टर, नापी एक हजार नौ सय १० हेक्टर गरी कूल १५ हजार सात सय ४८ हेक्टर नाप नक्शा सम्पन्न भएको छ । गाँउब्लक, विशेष नापी र पुनः नापी गरी जम्मा ४८ हजार चार सय ७० घरपरिवारलाई हालसम्म जग्गाधनी पूर्जा वितरण भइसकेको उनको भनाइ छ ।
गाँउ ब्लकको रुपमा रहेको जग्गालाई नापनक्शा गरी लामो समयदेखि हक भोग भएपनि जग्गाधनी प्रमाण पूर्जा पाउन नसकेको नागरिकलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने कार्यलाई पनि युद्धस्तरमा अगाडि बढाइएको छ । यसले देशभर रहेको गाँउब्लकको समस्या समाधान हुने सरकारको विश्वास छ ।
आयोगले सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अधिकांश स्थानीय तहसँग सम्झौता गरिसकेको छ । केही स्थानीय तहमा भने अनेकन समस्या देखाएर समस्या समाधान गर्ने सरकारको पवित्र उद्देश्यलाई कार्यान्वयनमा व्यवधान खडा गर्ने प्रयास भएको मन्त्रालयको बुझाइ छ ।
“केही स्थानीय तहमा भने राजनीतिक पूर्वाग्रह राखेको पाइएको छ । भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काममा व्यवधान खडा गरिए जो प्रभावित हो उनैले संघर्ष गर्नुपर्ने अवस्था पनि आउन सक्छ ” उनले भने “ यसमा कुनै राजनीतिक पूर्वाग्रह नराखौ । यो देशको समस्या हो , समाधानका लागि सबैको साथ र सहयोग जरुरी रहन्छ ।”
आयोगले लगत संकलन, कम्प्युटरमा तथ्यांक प्रविष्ट, जग्गाको नापजाँचको काम र निस्सा वितरण कार्य एकै साथ गरिररहेको छ । चितवनको भरतपुर, सिन्धुलीको दुधौली नगरपालिकामा रहेको मुसहर बस्ती, मकवानपुरको बाग्मती गाँउपालिका, झापाको गौरादह ४ र ५, महारानी झोडा, सुर्खेतको भेरी गंगा र गुर्वाकोट र कैलालीको धनगढी ९ मा तीन सय आठ भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण भइसकेको छ ।
त्यस्तै, कैलालीको लम्कीचुहाको बादी बस्तीमा एक सय २४ भूमिहिन दलित परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइसकिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । समग्रमा छ सय ६८ भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण भएको छ ।
कूल छ सय २४ स्थानीय तहसँग भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्यका साथ कार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । पाँच सय ५७ स्थानीय तहमा सूचना प्रकाशत भइसकेको छ भने ७० स्थानीय तहमा नापनक्शाको काम शुरु भएको छ ।
मन्त्री श्रेष्ठका अनुसार आयोगको सूचना प्रणालीमा पाँच लाख ८९ हजार ९४ भूमिहिनको लगत प्रविष्ट भइसकेको छ । सरकारले चालु आवमा नै भूमिहिन तथा सुकुम्बासीलाई जग्गाधनीले लामो समयदेखि भोग्नु परेको समस्या समाधानका लागि नीति तथा कार्यक्रम, बजेटको प्रबन्ध गरेको छ । सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई देखाएर ‘केवल भोटको राजनीति गर्ने’ प्रवृत्तिलाई सधैको लागि अन्त्य गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
यस्तै, पुनः स्थापना हुन बाँकी कमैया, कम्लहरी तथा हरुवा चरुवाको पुनः स्थापनाको लागि कार्ययोजना तयार भई सो को कार्यान्वयनका लागि कार्यविधि पनि तयार भइसकेको छ । भूमि र यससँग जोडिएको विषयसँग लामो समयदेखि अध्ययन गरिरहेका, ज्ञान सीप तथा विशेषज्ञता हासिल गरेका विज्ञको रोष्टर तयार पारी राय परामर्श लिइएको र त्यसबाट दीर्घकालदेखि रहँदै आएको समस्या समाधानमा सहयोग पुग्ने सरकारको विश्वास छ ।
The post ४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3eBsUGN via IFTTT
काठमाडौं । नेपाली काँग्रेसको दोस्रो र तेस्रो पुस्ताका कतिपय नेताहरु युवावस्थाका चर्चित अनुहार हुन् । उनीहरुले युवावस्थामा राजनीतिक परिवर्तनको महत्वपूर्ण क्षणमा युवाविद्यार्थी नेताका रुपमा नेतृत्व लिएका थिए ।
२ देखि ३ दशकयता युवा भनिएकालाई अझै पनि युवा भनिदैछ । जबकि कतिपय ६० कटिसकेका छन् । ५० को हाराहारीमा पुगेका पनि धेरै नेताको संख्या छ ।
चन्द्र भण्डारी, धनराज गुरुङ्ग विगतमा युवा नेताका रुपमा चर्चित थिए । उनीहरुलाई काँग्रेसको भावी नेतृत्वको रुपमा पनि लिइयो । तर, नेतृत्वको दौडमा चल्दा चल्दै उनीहरु ६० पार गरिसकेका छन् । विश्वप्रकाश शर्मा महामन्त्री बन्दा ५० कटिसकेका छन् । गगन थापा ५० को नजिक पुगेका छन् ।
काँग्रेसमा मात्र नभएर नेकपा एमालेमा पनि त्यही हालत छ । कुनैबेला एमालेभित्र युवा संघ र विद्यार्थी यूनीयनमा उमेरहद राख्दा नयाँ पुस्ताले नेतृत्वको मौका पाए । एमालेमा ७० वर्षको उमेरहद नै राखियो । तर, केपी शर्मा ओलीले पुनः अध्यक्ष बन्न आफ्ना लागि नियम नै संशोधन गराए । ७० कटेपछि पनि ओली एमाले अध्यक्ष छन् ।
एमालेमा ओलीको उत्तराधिकारीका रुपमा ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल जस्ता नेता देखिएका छन् । यी नेताहरुको हातमा नेतृत्व आउन अझै समय लाग्ने देखिन्छ । युवा भन्दा भन्दै वृद्ध बन्नुपर्ने वाध्यता नेताहरुमा देखिन्छ ।
The post काँग्रेस र एमालेमा युवा नेता भन्दा भन्दै वृद्ध appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AW8OP4 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस गरिएको हो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।
उनको पुख्र्यौली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेको अनुभव छ । नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन् ।
वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत The Role of Nepali political parties in democracy Building विषयमा पीएचडी गरेका हुन् ।
यस्तै नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।
त्यसैगरी, एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।
The post प्रतिनिधिसभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3REdboy via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा जन आन्दोलनका घाइते मुकेश कायस्थको नाममा मुकेश कायस्थ हेड इन्जुरी सेन्टर निर्माण तथा व्यवस्थापन गरिने भएको छ।
उक्त सेन्टर निर्माणका लागि सोमबार गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल जगडोल सामुदायीक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्दान व्यवस्थापन समिती बीच सम्झौता भएको छ ।
नगरपालिकाको तर्फ बाट नगर प्रमुख दिपक रिसाल र राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल सामुदायीक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्दान व्यवस्थापन समितीका सुदर्शन सिग्देलले सेन्टर निर्माणको लागि बिभिन्न सर्त सहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्।
राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) क्षेत्रको करिब १५ रोपनी जग्गामा करिब २० करोडको लागतमा निर्माण हुने उक्त सेन्टरमा अत्यावश्यक प्रविधि सहितको सेवा प्रदान गरिने योजना रहेको छ ।
चाडै नै निर्माण गर्न लागिएको उक्त सेन्टरको लागि नगर प्रमुख दिपक कुमार रिसालले बन मन्त्रालय संग समन्वय गरि अघि बढ्ने बताएका थिए। नगर प्रमुख रिसालको संरक्षक्त्वमा बिभिन्न समिति निर्माण गरि बनाइने उक्त सेन्टरले नगर अस्पतालमा उपलब्ध हुने सम्पूर्ण सेवा प्रदान गरिने छ ।
हस्ताक्षर कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, प्रशासन शाखा अधिकृत टंकनाथ घिमिरे वडा अध्यक्षहरु द्धारिका श्रेष्ठ ,मुरारी प्रसाद कुईकेल, जयराम महत, नारायण बहादुर सुवेदी, केशव गुरुङ, नन्दलाल श्रेष्ठ, राजिव थापा, वडा सदस्यहरु, जीउँदो सहिद मुकेश कायस्थको आमा मीरा कायस्थ लगायतको उपस्थिती रहेको थियो ।
The post गोकर्णेश्वर नगरपालिकामा जनआन्दोलनका घाइते मुकेश कायस्थको नाममा हेड इन्जुरी सेन्टर निर्माण गरिने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TLzhqZ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आगामी निर्वाचनको लागि आफ्नो दल ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले सिट बाँडफाँडबारे आफ्नो पार्टीको यस्तो बटमलाईन सुनाएका हुन् ।
उनले भने-“हामी ९० सिटबाट अब एक सिटपनि तल झर्दैनौं । हामीले यसअघि १०० सिटमा दाबी गरेका थियौं ।” उनले गठबन्धनमा माधव नेपालले हैसियतभन्दा बढि नै सिटमा दाबी गरेको आरोप लगाए । माधव नेपालकै कारण सिट बाँडफाँडमा सहमति नभएको उनको आशय थियो ।
गठबन्धनमा आवद्ध दलहरु आफ्नो अडानबाट ब्याक नभएपछि सिटको भागबण्डा अझै टुँगिएको छैन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने भोलिसम्म सबै भागबण्डा टुँगोमा पुग्ने दाबी गरेका छन् । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले आधा लिने र बाँकी आधामा आफूहरु मिलेर लड्ने बताउँदै आएका छन् ।
आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले ८० सिटको हाराहारीमा सहमति जनाउने खुलासा गरेका थिए । दाहालको यस्तो खुलासासँगै नेता पौडेलले कांग्रेस ९० सिटबाट तल नझर्ने स्पष्ट पारेका हुन् ।
कार्यदलका सदस्यहरुसहित गठबन्धनका शीर्ष नेताहरुको निर्णायक बैठक भोलि विहान बस्ने जनाईएको छ । सोही बैठकले भागबण्डा टुँगो लगाउने बताईएको छ ।
The post माधव नेपालले हैसियतभन्दा बढि दाबी गरेको भन्दै रामचन्द्र पौडेल फायर, कांग्रेस ९० सिटबाट तल नझर्ने अडान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3BiuUfL via IFTTT
काठमाडाैँ । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो ।
नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताए ।
निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ–१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोखे ।
निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पु¥याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उनको भनाइ छ ।
The post बूढानीलकण्ठका मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ATIjcQ via IFTTT
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सांसद पदबाट राजीनामा घोषणा गरेका हुन्।
सम्बोधनको क्रममा उनले भने,‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस् ।’ आफूले बाटोबाटै सांसदबाट राजीनामा दिएँ भनेर भन्न नहुने ठानेर नै संसद्को रोष्ट्रममा उभिएर राजीनामा घोषणा गर्न आएको उनको भनाई थियो ।
The post लिङ्देनले दिए सांसदबाट राजीनामा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3cNGVAG via IFTTT
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आगामी २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको महाभियोग सिफारिस समितिको बैठकले अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको हो ।
जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत उनले स्पष्ट पारेका हुन् ।
जबराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा झारेका थिए । उनले कोइरालाकै कारण महाभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने पनि बताए ।
The post चोलेन्द्रको बयान भदौ २५ गते सम्म स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Bd5Wys via IFTTT
सिन्धुपाल्चोक । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको मिति नजिकिदै गर्दा राष्ट्रिय महत्व राख्ने दलहरुले धमा धम उम्मेदवारको चयन गर्न थालेका छन् ।
राजधानिको नजिकै रहेको तथा राजनैतिक हिसाबमा अत्यन्तै महत्वको साथ हेरिने सिन्धुपाल्चोक जिल्लामा मुख्य तिन वटै पार्टीले आ—आफ्ना संभाबित उम्मेदवार घोषणा गरि सकेका छन् ।
गठबन्धनबाट चुनाब लड्ने घोषणा गरेका बाम लोकतान्त्रिक गठबन्धन अन्तरगतका माओवादी र नेपाली काँग्रेसले समेत आ—आफ्नो उम्मेदवार को नाम सार्वजानिक गरेका छन् ।
नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ कुनैपनि हालतमा नछोड्ने भन्दै सम्बन्धित पार्टी कमिटि बाट सर्वसहमत निर्णय गराएर उपल्लो कमिटिमा सिफारीस पठाए पछि आज माओवादीले समेत आफ्नो उम्मेदवारको नाम सावैजानिक गरेको छ ।
काँग्रेस बाट मोहन बहादुर बस्नेत र माओवादी बाट सभामुख अग्नि सापकोटा, माधव सापकोटा (सुबोध) तथा फुलम तामाङ (प्रज्ञा) लाई सिफारीस गरेको छ भने एमाले बाट पुराना नेता अरुण नेपाल , शरेस नेपाल तथा ब्यबसायी भरत पराजुली लाई सिफारीसमा परेका छन् ।
राजनैतिक क्षेत्रमा खुलेर नलागेको भएपनि कुटनितिक र आर्थिक क्षेत्रमा सबल मानिएका भरत पराजुली लाई नै एमालेले अगाडी बढाउन सक्ने सिन्धुपाल्चोकको राजनितिलाई नजिकै बाट नियालीरहेका केहि बौद्धिक ब्यक्तिहरुले बताएका छन् ।
राजनितिमा अब्बल मानिएका माधब सापकोटा (सुबोध) र लामो समय देखि सिन्धुपाल्चोकको राजनितिमा हालि मुहालि गरेका मोहन बहादुर बस्नेतलाई टक्कर दिन सक्ने उम्मेदवारको रुपमा एमालेले भरत पराजुलीलाई अगाडी सारेको जानकारहरु बताउँछन् ।
The post सिन्धुपाल्चोक बाट एमालेले ब्यबसायी भरत पराजुली लाई अघि सार्यो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RrJuqK via IFTTT
काठमाण्डौ । प्रतिनिधि सभा निर्वाचनका लागि काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको छ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय संयोजक विदुर विक्रम खड्काको अध्यक्षता बसेको बैठकले काठमाण्डौ क्षेत्र नं ४ बाट डा. भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेलले दावी गरेको भएपनि बृहत छलफल पछी डा. भट्टराईको नाम सर्वसम्मत गरी जिल्ला कमिटीमा पठाएको जानकारी दिदै संयोजक खड्काले नेकपा एमाले काठमाण्डौ -४ निर्वाचन अभियानमा जुट्ने बताएका छन।
भोलि भाद्र १७ गते प्रदेस सभा क्षेत्रका उम्मेदवार सिफारिस गर्ने तयारी गरेको नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को बैठकमा प्रदेश कमिटी एबं क्षेत्र नं ४ इन्चार्ज निर्मल कुईकेल, बागमती सदस्य तथा बुढानीलकण्ठ नगरप्रमुख मिठारामअधिकारी , बागमती प्रदेश कमिटी सदस्यसङ्गम गहतराज सहित जिल्ला कमिटी सदस्य तथा परिभाषित जिम्मेवारी तोकिएका विभिन्न तहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
The post काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेका डा. राजन भट्टराई सर्वसम्मत सिफारिस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wTo91m via IFTTT
काठमाडौं । आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र चार निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सदस्यतर्फ एक सय १३ जनालाई (प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत) सम्बन्धित कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षमा दुई र समानुपातिकतर्फ छ तथा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष र समानुपातिकतर्फ तीन–तीन जना उम्मेदवार सिफारिस भएका छन् ।
क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा रामशरण महतलाई सिफारिस गरिएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठलेले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ छ जनालाई सिफारिस गरिएको छ । प्रत्यक्षमा समेत नाम समावेश हुनुभएका डा रामशरणणलाई समानुपातिकतर्फ १ नं मा सिफारिस गरिएको छ । अन्य उम्मेदवारमा डा केदारनरसिंह केसी, कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजार छन् ।
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ तीनजनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बहादुरसिंह लामा ९तामाङ० सहित राज्यलक्ष्मी पाँडे ९श्रेष्ठ० र लालीमाया तामाङलाई सिफारिस गरिएको हो । केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीलाई समानुपातिकतर्फ सिफारिस गरिएको क्षेत्रीय सभापति जगतबहादुर तामाङले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ केन्द्रीय सदस्य केसी सहित धुव्रप्रसाद अधिकारी र रुक्मिणी सेढाइँलाई सिफारिस गरिएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्यको लागि प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी, महेन्द्र थिङलगायत १३ जनालाई सिफारिस गरिएको छ । समानुपातिकतर्फ पार्टी सभापति रमेशकुमार महत, डा केदारनरसिंह केसीसहित ३० जनालाई सिफारिस गरिएको कार्यबाहक सभापति उपेन्द्र दाहालले जानकारी दिए ।
प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति रमेशकुमार महत, जगदिश्वरनरसिंह केसी, अर्जुनप्रसाद न्यौपाने, वैकुण्ठ मिश्रसहित आठ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिए । समानुपातिकतर्फ सभापति पौडेलसहित १५ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘क’ बाट प्रत्यक्षतर्फ जगदिश्वरनरसिंह केसी, रमेशकुमार महतसहित २१ जनाको नाम सिफारिस गरिएको प्रदेश सभापति वैकुण्ठ पाण्डेले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ जिल्ला सचिव श्रीराम श्रेष्ठसहित १७ जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं २ को प्रदेश ‘ख’ बाट प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ र राजकुमार भट्टराईलाई सिफारिस गरिएको प्रदेश सभापति गणेशमान तामाङले जानकारी दिए । उनका अनुसार समानुपातिकतर्फ चोकराज शाक्य, सुरेन्द्रराज अधिकारीसहित ११ जनाको नाम सिफारिस गरिएको छ ।
पार्टीको विधान र परिपत्रअनुसार प्रदेश उम्मेदवारको लागी सिफारिस गरिएका नाम प्रदेश कार्यसमितिले क्षेत्रीय कार्यसमितिमा पठाएको छ भने प्रदेशबाट आएको नामावलीमा क्षेत्रले केही संशोधन गरेर जिल्लामा पठाएको जनाएको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागी क्षेत्रीय कार्यसमिति बैठकले सिफारिस गरेर जिल्ला कार्यसमितिलाई शुक्रबार बुझाएको हो । प्रदेश र क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर बागमती प्रदेश कार्यसमितिमा पठाउने जिल्ला सचिव वैकुण्ठ मिश्रले जानकारी दिए ।
The post नुवाकोटमा प्रवक्ता डा महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस, केसी समानुपातिकमा सिमिति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3cIQdho via IFTTT
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको र कुनै पनि बेला टुट्न सक्ने बताएका छन। झापाको गौरीगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको हुुँदा गठबन्धनको धागो कुनै पनि बेला चुँडिनसक्ने बताएका थिए ।
गठबन्धनलाई जनताले राम्रोसँग चिनिसकेको बताउँदै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे । उनले पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गरेका थिए । उनले भने,‘नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।’ जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने पनि दाबी गरे ।
गठबन्धनमा रहेका माधव नेपाल दिनरात रोइकराई गर्दै हिडिरहेको बताउँदै अध्यक्ष ओलीले भने– ‘उब्रेको खान जाँदा जुठो खान्न भन्न पाइँदैन । माधव नेपाल अहिले जुठो खान्न भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो ।
The post गठबन्धन धरापमा परेको ओलीको खुलासा, कुनैपनि बेला टुट्नसक्ने दाबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wWoalc via IFTTT
काठमाडौं । १०४ बर्षिय जहानिय राणा शासन , ३० बर्षे पञ्चायत , १७ बर्षे बहुदलिय राजतन्त्र बिचमा भएका बिभन्न शसस्त्र तथा निशस्त्र आन्दोलनको जगमा स्थापित भएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यबस्था बाट समाजवादी मोडलको बिकास गर्ने उदेश्यले नेपालको राजनितिमा तेस्रो धु्रवको बिकास गर्ने तयारी स्वरुप आज स्वतन्त्र राजनैतिक शक्ति नेपाल र सामुहिक नेपाल बिच बैठक बसि बिभिन्न बुँदामा छलफल तथा सहमति भएको छ ।
बैठक पश्चात दुवै समुहका नेताहरुको हस्ताक्षर रहेको प्रेस बिज्ञप्ति जारी भएको छ ।
बिज्ञप्तिमा नयाँ राजनैतिक शक्ति निर्माण सहित मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन यत्रतत्र छरिएर रहेका राजनैतिक समुहहरुलाई केन्द्रिकृत तथा गोलबन्द गर्दै सार्थक र दिर्घकालिन परिणाम निकाल्न प्रयत्न गर्ने जनाईएको छ ।
स्वतन्त्र राजनैतिक शक्ति नेपाल को तर्फबाट गोबिन्द गिरी तथा सामुहिक नेपालको तर्फबाट रबिन्द्र कुमार श्रेष्ठ को हस्ताक्षर रहेको बिज्ञप्तिमा मोर्चा बन्दिको लागि बिशेष पहल गर्न सबैमा आह्वान गरिएको छ ।
तेस्रो राजनैतिक धार निर्माण गर्न रमेश खरेल ,पुण्य प्रसाईँ , बिराज भक्त श्रेष्ठ,रोमलााल गिरी , गंगालाल श्रेष्ठ , मुकुन्द सिलवाल , बिकास बाबु श्रेष्ठ ,शैलेन्द्र घिमिरे लगायतको आजको बैठकमा ऐकेबद्धता रहेको थियो ।
बिचार मिल्ने सबैलाई एकैठाउँमा ल्याएर तेस्रो राजनैतिक धार निमार्ण गर्न अब आफुहरुले बिशेष पहल गर्ने सामुहिक नेपालका प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
The post नेपालको राजनितिमा तेस्रो ध्रुवको बिकास गर्ने तयारी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wT7Lho via IFTTT
काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।
सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनको भनाई छ । यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।
सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो ।
The post गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3KI7uU8 via IFTTT