काठमाडौं । मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा भएपछि उनले सकेसम्म झापाका कुनै पनि कार्यक्रम छुटाएका छैनन्।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहेका छैनन्। काठमाडौं–५ का स्थायी बासिन्दासमेत भएकाले उनी त्यहींबाट निर्वाचन लड्ने ध्याउन्नमा छन्। उनले यसअघिको निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेका थिए।
उपाध्यक्ष सुवास नेम्वाङले विगतदेखि इलाम–२ बाट निर्वाचन जित्दै आएका छन्। एमालेबाट लगातार निर्र्वाचन जित्ने नेतामध्ये नेम्वाङ पनि एक हुन्।
पार्टी उपाध्यक्ष युवराज ज्ञवालीको कुनै निर्वाचन क्षेत्र छैन। उनले यसपटक पनि प्रत्यक्षबाट निर्वाचन नलड्ने बताएका छन्। उपाध्यक्ष रामबहादुर थापा पनि निर्वाचन लड्ने सोचाइमा छैनन्। केही दिनअघि आफूनिकट नेताहरूसँगको छलफलमा उनले प्रत्यक्ष निर्वाचन नलड्ने बताएका थिए। उनीनिकट एक नेताका अनुसार यसपल्ट थापाले समानुपातिकमा बस्ने रुचि देखाएका छन्।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कुनै एक क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न नेताकार्यकर्ताले दबाब दिएको भए पनि उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन्। उनी सकेसम्म प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने सोचमा छन्।
अर्का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट चुनाव भिड्ने तयारीमा छन्। अर्थमन्त्री हुँदा आफ्नो क्षेत्रमा विकास निर्माणका लागि ठुलै रकम छुट्याएका पौडेलले उक्त क्षेत्र नछाड्ने भएका हुन्।
अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ लाई कार्यक्षेत्र बनाएर निर्वाचनको तयारी गरिरहेका छन्। महासचिव शंकर पोखरेलले पनि संघीय संसद्को निर्वाचनमा भाग लिने जानकारी गराइसकेका छन्। उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ दुवैले प्रत्यक्षतर्फ उम्मेदवार हुने तयारी गरेका छन्।
अर्का उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष निर्वाचनमा सहभागी हुने छैनन्। उनी अहिलेसम्म जनअनुमोदित हुनेगरी निर्वाचनमा सहभागी भएका छैनन्।
यस्तै सचिव गोकर्ण विष्टले गुल्मी–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि प्रत्यक्ष निर्वाचनमा सहभागी हुँदैछन्। अर्का सचिव योगेश भट्टराईले पनि पुरानै निर्वाचन क्षेत्र ताप्लेजुङलाई रोजेका छन्।
सचिव पद्मा अर्यालले स्याङ्जा–२ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन्। अर्का सचिव रघुवीर महासेठले पनि धनुषा–४ बाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्। सचिव छविलाल विश्वकर्मा सकेसम्म प्रत्यक्षबाट निर्वाचन लड्ने तयारीमा छन्।
The post एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Q4D5k4 via IFTTT
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई फाइदा नै नहुने भए गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् ।
उनले फाइदै नहुने भएपछि अरुको भर्याङ नहुने बताएका छन् । उनले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको पनि गुनासो पोखेका छन् ।
आज (बुधबार) पार्टीनिकट युवासंघको मेची महाकाली अभियानको शुभाराम्भ गर्दै उनले यस्तो बताएका हुन् । नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिएको भन्दै आक्रोश पोखेका थिए ।
उनले कांग्रेस र माओवादी केन्द्रको नाम नलिईकन सबै सिटजति उनीहरुले लिने सहति गरेको र उभ्रिएको मात्रै आफूहरुलाई जिम्मा लगाउन खोजिएको आक्रोश पोखे ।
The post चुनावको मुखमा गठबन्धनप्रति माधवको आक्रोश- फाइदै हुँदैन भने अरुको भर्याङ हुन चाहँदैनौं appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RHf0RR via IFTTT
काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको सचिवालयले नेता बस्नेतमाथि वाईसिएलको भौतिक आक्रमण भन्दै जारी भिडिओ झुटो प्रचारमात्रै भएको भन्दै आपत्ति जनाएको छ । बस्नेतको सचिवालयले आज एक नोट जारी गर्दै ती फेक भिडिओ जारी गर्ने केशव थुलुङ्ग र उनको भिडिओ सुनियोजित रुपमा प्रचार गर्नेहरुलाई कानूनी कारबाही गर्ने पनि जनाएको छ ।
बस्नेतका स्वकिय सचिव दिनेश थापाले जारी गरेको वक्तव्यमा यस्तो भनिएको छ-
गहेको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओबादिका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओबादी कै निवर्तमान मेयर अमान सिंह तामाङ्ग पक्षका कार्यकर्ता विच भएको विवादको भिडियोलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग,S.p Regmi लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी “नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन YCL का युवाहरु द्वारा भौतिक आक्रमण गरेको भनि ” झुटा प्रचार गरिएकोमा हाम्रो गंभिर आपत्ती रहेको छ ।आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै,सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरुलाई कानुनी कारवाही गर्नेछौं। तत्काल साइवर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।
The post आफूमाथि वाईसिएलको भौतिक आक्रमण भनेर झुटो प्रचार गरिएको भन्दै महेश बस्नेत फायर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pULBHN via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज अपरान्ह शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित देउवा शितलनिवास पुगेका थिए ।
भेटमा देउवाले नागरिकता विधेयकबारे छलफल गरेका थिए । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका केही विषयमाथि प्रश्न उठाएको बुझिएको छ । जवाफमा देउवासहित काँग्रेस नेताहरुले विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारले ल्याएको नागरकतासम्बन्धी अध्यादेश अनुसार हुबहु विधेयक संसदले पारित गरेको विषय राखेका थिए । उनीहरुले पूर्वाग्रही व्यवहार भएको भन्दै राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रपति भण्डारीले चुनावमा सरकारको तयारीबारे पनि चासो राखेकी थिइन् । उनले मुख्य दलका नेताहरुलाई सहमतिमा बढ्न सुझाव दिएको बुझिएको छ ।
The post राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच के के कुरा भयो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3wGmlsu via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा कानुन मिचेर बनाइएका सब–वेमाथिको अवैध संरचना भत्काउन सुरु गरेको छ ।
आज नगर प्रहरीले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथिका अनधिकृत संरचना भत्काएका हुन् ।
प्रहरीले गैंची,झम्पललगायतका हाते औजारले संरचना भत्काइरहेको जनाइएको छ ।
The post रत्नपार्कमा सब–वेमाथिको अनाधिकृत संरचना हटाइयो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PYbhxV via IFTTT
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा यसअघि परिसकेकाको नाम नराख्ने मापदण्ड तय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय लिएको हो ।
एमाले केन्द्रीय कमिटी बैठकले लिएको निर्णयपछि यसअघि सांसद भएका ३० जना समानुपातिकतर्फकाहरु फेरि समानुपातिकतर्फको सांसद बन्नबाट रोकिएका छन् । यसरी रोकिनेमा एमाले छाडिसकेका बामदेव गौतमकी पत्नी तुलसा थापादेखि अनेरास्ववियूकी पूर्व अध्यक्ष नविना लामा समेत छन् ।
पूर्वमन्त्री जुली महतो पनि सांसद बन्न प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने भएको छ । उनी धनुषाबाट चुनाव लड्ने चर्चा छ ।
आशा कुमारी विक, कुमारी मेचे, गोमा देवकोटा, गंगा चौधरी, जानकी देवी राम, तीर्था गौतम, पूर्वमन्त्री थममाया थापा, निरु देवी पाल, विजय सुब्बा, विमला विक, मनकुमारी जीसी, मायादेवी न्यौपाने, मैनाकुमारी भण्डारी, पूर्व राज्यमन्त्री मोतीलाल दुगड, मोहन बानिया, राधाकुमारी ज्ञवाली, रेखा कुमारी, विना कुमारी श्रेष्ठ, विन्दा पाण्डे, विमला विश्वकर्मा, विष्णु शर्मा, शान्ता चौधरी, शान्तिमाया तामाङ, डा. शिवमाया तुम्बाहाङफे, सरिता कुमारी गिरी, सरिता न्यौपाने र सुजिता शाक्य छन् ।
The post एमालेको समानुपातिक सूचीमा नपर्ने ३० सांसदमा बामदेव पत्नी देखि नविना लामासम्म appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QU7rXD via IFTTT
कपिलवस्तु | गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो ।
गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
The post कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3pKE4LI via IFTTT
सुर्खेत | नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।
समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो, यो माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको कुरा हो,’ अध्यक्ष केसीले भनिन्।
स्रोतका अनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।
उनीहरूको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रूकुम पश्चिमका रातो कामी मन्त्री बन्ने स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन। कर्णाली प्रदेश सभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुई जना मात्र मन्त्री बन्न बाँकी थिए । डोल्पाका वीरबहादुर शाही केही दिनअघि मात्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
The post माओवादीले कर्णालीका दुई मन्त्री फिर्ता बोलायो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dORrHQ via IFTTT
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२९ करोडभन्दा बढी बिगो दाबी गर्दै महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रभाव तथा प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
The post पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Kn6xRa via IFTTT
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन फास्ट ट्र्याकमार्फत ल्याउने तयारी गरे पनि सत्तारूढ दलबीचमा नै सहमति कायम हुन नसक्दा ऐन आउने बाटो अवरुद्ध भएको छ ।
जसका कारण चालू संसद् अधिवेशनमा संघीय निजामती सेवा ऐन आउने सम्भावना अत्यधिक न्यून हँुदै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसका अधिकांश सांसद हालको प्रस्ताविक संघीय निजामती सेवा विधेयकमा रहेका प्रावधानविरुद्ध रहेपछि संघीय निजामती सेवा ऐन तत्काल आउने बाटो अवरुद्ध भएको हो । प्रधानमन्त्री देउवा प्रदेश र स्थानीय तहमा केन्द्रकै कर्मचारी पठाउनुपर्ने अडानमा रहेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ व्याक हुने अवस्थामा पुगेका छन् । मन्त्री श्रेष्ठ, उनको दल जसपा तथा सत्तारूढ अर्को दल माओवादी केन्द्र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेशको सचिव पदमा प्रदेश सेवाकै कर्मचारी राख्नुपर्ने अडानमा छन् तर कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू भने केन्द्रसँगका समन्वय गर्न प्रदेशको प्रमुख सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत केन्द्रकै कर्मचारी हुनुपर्ने अडानमा रहेपछि हाल प्रस्ताव गरेकै अवस्थामा संघीय निजामती सेवा ऐन आउने सम्भावना करिब करिब अन्त्य भएको स्रोतको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।
The post विवाद बढ्दै गएपछि संघीय निजामती विधेयक रोकियो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ALiJIi via IFTTT
नागरिकता विधेयकलाई राष्ट्रियसभामा रोक्न प्रमुख प्रतिपक्षी एमालेले दबाब बढाएको छ। राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनस् पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ।
प्रतिनिधिसभाले विधेयक पारित गरेको सन्देश राष्ट्रियसभामा पेस भएपछि त्यसमा सैद्धान्तिक छलफल गरिनेछ। सैद्धान्तिक छलफलपछि विधेयकलाई स्वीकृत गरी समितिमा पठाउने तयारी छ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विधेयक गए दफावार छलफल हुनेछ। समितिमा छलफल भएपछि प्रतिवेदन तयार गर्न दुई साताजति समय लाग्न सक्छ।
समितिले नागरिकता विधेयक प्रतिवेदन तयार पारेर पठाएपछि निर्णयार्थ राष्ट्रियसभामा प्रस्तुत गरिनेछ । राष्ट्रियसभाबाट पारित भएको सन्देशसहित विधेयक प्रतिनिधिसभामा पठाउनुपर्छ।
राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देशसहितको जानकारी प्रतिनिधिसभामा पुगेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
The post नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Q643rP via IFTTT
‘चुनाव भड्कलो बन्यो। उम्मेदवारले धान्नै नसक्ने खर्चिलो बन्यो’ भन्ने मतदाता र उम्मेदवार गुनासो गर्छन्। यसैलाई मध्यनजर गरेर चुनावी खर्चलाई घटाउन निर्वाचन आयोगले नयाँ उपायहरू खोज्दैछ।
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा खोजिएको उपाय कार्यान्वयन गर्ने सोच आयोगको रहेको निर्वाचन अधिकारी बताउँछन्। यसका लागि निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन आयोगसँग भएको निर्वाचन आचारसंहिता परिमार्जन गर्न लागिएको छ।
आयोगका अनुसार चुनाव प्रचारप्रसार अवधि घटाउनेदेखि घरदैलोमा परिचालन गरिने संख्यालाई पनि नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याउन लागिएको छ। उम्मेदवारले मानोनयन गर्दा सम्पत्ति वितरण, निर्वाचन खर्चको स्रोत र आफ्नो पूरा विवरण पनि पेस गर्नुपर्ने आयोगले नयाँ प्रवधान बनाउन लागेको हो।
चुनावमा गरिने भीडभाड र भोजभतेरलाई रोक्ने गरी आचारसंहिता बनाउन लागिएको र आचारसंहिता परिमार्जनका एजेण्डामा प्रमुख आयुक्त र सरोकारवाला पक्षसँग पनि छलफल भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
The post चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dZV6mb via IFTTT
काठमाडौं । उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएको बारे छलबिन गर्न समिति गठन गरिएको हो ।
प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ ।
कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाइ कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आजैका मितिबाट निलम्बन गरिएको प्रहरी उपरीक्षक पालले जारी गरेको सूचनामा जनाइएको छ ।
The post अस्पतालबाट कैदी फरार प्रकरणः छानबिन समिति गठन, कार्यालय प्रमुख हटाइए appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PK7ST7 via IFTTT
काठमाडौं । अमेरिकासहित चार राष्ट्रका राजदुतले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओलीसँग नेपालका लागी अमेरिकन, स्विट्जरल्याण्ड, अस्ट्रेलियन र बेलायतका राजदुतको पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नयाँ प्रावधानलाई लिएर विवाद चलिरहेको बेला चार देशका राजदुतहरुले ओलीलाई भेटेका हुन् । भेटमा नेताहरु सुवास नेम्वाङ, बिष्णु रिमाल लगायतको उपस्थिति थियो ।
The post ओलीलाई भेट्न पुगे ४ देशका राजदुत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QTLt7h via IFTTT
काठमाडौं निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु माथी लागेको महाअभियोगका बारेमा यसैसाता सफाई पेश गर्नुपर्ने भएको छ ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारे पछि निलम्बित प्रधानन्यायाधीश जबराले यसैसाता सफाईसफाई पेश गर्नुपर्ने भएको हो । जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नेछन ।
समितिले २९ भदौं भित्र जबरा माथी लागेको महाअभियोगका बारेमा सफाई पेश गर्ने, अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिकाको समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको थियो । सिफारिस समितिको तेस्रो बैठक पुनस् बुधवार बस्नेछ ।
The post निलम्बित प्रधानन्यायधिस राणाले यसैसाता सफाई पेश गर्नुपर्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AfXk8F via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ ।
नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता वा एउटै चुनाव चिन्हको घोषणा गर्ने छैनन् । यसको कारण हो सिट बाँडफाँटमा काँग्रेसले दुई दललाई घटाइदिने सम्भावना ।
सिट बाँडफाँटको टुंगो लाग्नेवित्तिकै प्रचण्ड र माधव नेपालले चुनाव चिन्हमा पनि टुंगो लगाउने गरी रणनीति बनाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कलम चिन्हमा माओवादी र एसका उम्मेदवारहरु चुनाव लड्ने सम्भावना देखिएको छ ।
गठबन्धनमा माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५० र एसले ३० सिटको दाबी गरिरहेको छ । माओवादी ४५ र एस २५ सिटमा सहमति गरेर चुनावमा जाने रणनीतिका साथ प्रस्तुत भएका छन् ।
The post एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QMIiyc via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरि राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।
The post राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3R1GsJG via IFTTT
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ ।
मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपि, सिफारिसमा परेकाहरूले नियुक्ति खानका लागि राजनीतिक भेटघाटलाई अघि बढाउँदै आइरहेका छन् ।
कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्रीका रूपमा कार्यरत छन् । मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्ड तथा अन्य विभिन्न कोषबाट समेत मिलाएर चुनावी खर्चको व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउने गरी गृहकार्य अघि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरूमा डा। द्वारिका उप्रेती, निर्मलकुमार उप्रेती र युवराज बस्नेत छन् । तीनै जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको भए पनि मन्त्रिपरिषद् बैठकले मन्त्री कुँवरकै रुचिअनुसार एक जनालाई कार्यकारी निर्देशकमा छनोट गर्नेछ ।
सिफारिस भएका तीनै जनाले आफुलाई नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् । सोही क्रममा मन्त्री कुँवरले सिफारिस भएकासँग कार्यकारी निर्देशक बन्न पार्टीलाई निर्वाचनमा रकमको जोहो गर्न सक्ने व्यक्ति हुनुपर्ने बताएको स्रोतको दाबी छ ।
सिफारिस भएका तीन मध्ये एक जनाले केही दिनअघि मात्रै मन्त्री कुँवरलाई भेटेर आफुलाई नियुक्त गरेमा वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने र वैदेशिक रोजगार बोर्डमा पनि व्यापक सुधार गर्ने भन्दै आफ्नो विस्तृत कार्ययोजना मन्त्रीसमक्ष सुनाएका थिए । तर, मन्त्रीले तपाइँ बोर्डमा आएपछि वैदेशिक रोजगार कोष तथा अन्य मातहतबाट चुनावी खर्चको पनि जोहो गर्नुपर्छ कि भन्दै घुमाउरो पाराले रकमको माग गरेका थिए । राजधानी दैनिकबाट
The post श्रममन्त्रीले मागे चुनावी खर्च appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dKw9eH via IFTTT
काठमाडौं । चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारीको टुंगो लगाएका छन् । उनले कम्युनिस्ट पार्टीको शक्तिशाली पद संगठनमा बलियो पकड भएका कुनै पनि नेतालाई दिएनन् ।
माओवादीभित्र बलियो पकड रहेकामा वर्षमान पुन र जर्नादन शर्मा चिनिन्छन् । दुवै महासचिवका दाबेदार थिए । तर, प्रचण्डले दुवैलाई उपमहासचिवमा सिमित पारे । बाजी मारे देव गुरुङ्गले ।
माओवादी जनयुद्धमा पनि सक्रिय गुरुङ्ग विगतमा मोहन वैद्य निकट थिए । उनी माओवादी फुट्दा वैद्यसँगै गएका थिए । पछि फर्किए ।
रामबहादुर थापा बादलले माओवादी छाडेर एमाले रोज्दा गुरुङ्गलाई फाइदा पुग्यो । उनलाई माओवादीभित्र निष्ठाको राजनीति गर्ने नेताका रुपमा पनि चिनिन्छ । कुनै बलियो गुट नबनाएका देव गुरुङ्ग बोलीका पनि पक्का छन् । त्यसकारण पनि प्रचण्डको रोजाईमा परे ।
वर्षमान पुन या जर्नादन शर्मामध्ये कुनै एकलाई बनाउँदा असन्तुष्टि बढ्ने सम्भावना थियो । सिनियरलाई पन्छाएको सन्देश पनि जान्थ्यो । प्रचण्डलाई अर्कोतर्फ भविष्यमा वर्षमान र जर्नादनले चुनौती दिनेमा पनि चिन्ता थियो । उनले चाँडै नेतृत्व हस्तान्तरण नगर्ने बताइसकेका थिए । यसकारण पनि ६० वर्ष उमेर कटेका देव गुरुङ्गलाई नै रोजे । ५१ वर्षका वर्षमान र ५९ का जर्नादन शर्मा उपमहासचिवमा सिमित राखिए ।
पदाधिकारी चयनमा प्रचण्डले आफ्नो प्रभाव सुनिश्चित गरेका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई बनाएर पूर्व एकता केन्द्र पक्षधरलाई व्यवस्थापन गरेका छन् । कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएर वरिष्ठता कायम राखेका छन् । उपमहासचिवमा उस्तै उमेर पकड भएका नेताहरुको व्यवस्थापन गरेका छन् । उनले तत्काल माओवादी नेतृत्व हस्तान्तरण नगर्ने रणनीति समेत बनाएको देखिन्छ ।
The post प्रचण्डले देव गुरुङलाई किन महासचिव बनाए appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3c7sneW via IFTTT
काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् डा. आरजु देउवा । उनको परिचय देशको पाँचपटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीको रुपमा पनि रहेको छ ।
आरजु काँग्रेसको राजनीतिमा हर्ताकर्ता नै छिन् । देउवालाई सफल बनाउन निकै खटिएकी छिन् । उनी यसपटक पनि प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा छ । आरजुले कैलाली क्षेत्र नं ५ लाई चुनावी क्षेत्र बनाएकी छिन् ।
२०७४ को चुनावमा आरजु नेकपा एमालेका नारद मुनि रानासँग झण्डै ७ हजार मतान्तरले पराजित भएकी थिइन् । एमालेले माओवादीसँग चुनावी तालमेल गर्दा त्यस्तो परिणाम आएको हो ।
यसपटक काँग्रेस र माओवादीसहितको पाँच दलीय गठबन्धन तालमेल गरी चुनाव लड्दैछन् । यसलाई दृष्टिगत गर्दा पाँच वर्ष अघिको चुनावी परिणाम अनुसार आरजु चुनाव जित्ने सम्भावना बलियो हुनसक्छ ।
कैलाली क्षेत्र नं ५ थारु बाहुल्य क्षेत्र हो । २०७४ मा नारद मुनि राना जित्नुमा थारु मतदाता आकर्षित गर्न सक्नु पनि मुख्य कारण थियो । राजपा नेपालका लक्ष्मण चौधरीले ६ हजार ७ सय ४७ मत ल्याएका थिए ।
यसपटक कैलालीको थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीकी पत्नी रञ्जिता चौधरी श्रेष्ठ नेतृत्वको दल नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । उक्त दलले स्थानीय तहको चुनावमा कैलालीमा ४ पालिका जितेको छ । यसकारण उक्त पार्टी कैलालीका कतिपय क्षेत्रमा निर्णायक शक्ति बन्न सक्छ ।
कैलाली ५ बाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनाव लड्ने चर्चा चलिसकेको छ । त्यस्तो अवस्थामा आरजु र रञ्जिताबीच चुनावी प्रतिष्पर्धा हुनसक्छ ।
चुनावमा आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई दृष्टिगत गरी आरजुले चुनावी क्षेत्र रोज्ने चर्चा पनि छ । उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा जाने सम्भावना नभएको होइन । तर, यसपटक उनी प्रत्यक्ष चुनाव नै लडेर अझ शक्तिशाली बन्ने रणनीतिमा देखिएकी छिन् ।
The post के आरजुले कैलालीबाट चुनाव जित्न सक्लिन् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CkJXqi via IFTTT
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी लामो समय टुंगो लगाएनन् । तर, चुनावको मुखमा उनले पदाधिकारीको टुंगो लगाउने गरी तयारी थालेका छन् ।
यसअघि महासचिवका लागि जर्नादन शर्मा र वर्षमान पुनबीच ठूलै संघर्ष चल्यो । त्यसमा शक्ति बस्नेत पनि जोडिए जो प्रचण्डका विश्वासपात्र मानिन्छन् । माओवादीभित्र बलियो पकड बनाएका शर्मा र पुनबीचको संघर्ष रोचक बन्यो । तर, अन्तमा प्रचण्डले चार्तुयता देखाइहाले ।
प्रचण्डले वर्षमान पुन र जर्नादन शर्मा दुवैलाई महासचिव बन्नबाट रोक्ने भएका छन् । उनले पाका नेता देव गुरुङलाई महासचिवमा ल्याउने भएका छन् । गुरुङ सांगठनिक हिसाबले शर्मा र पुनभन्दा कमजोर छन् । यसकारण उनको रोजाईमा गुरुङ नै परेको विश्लेषण हुन थालेको छ ।
The post प्रचण्डले जर्नादन र वर्षमानलाई किन महासचिव बन्नबाट रोके appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3c318lI via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले १० महिलालाई केन्द्रीय सदस्य मनोनित गर्दा वाध्यकारी जसरी गर्यो । चुनावमा दल दर्ता गर्न ३३ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण १० महिलाले अवसर पाए । त्यो पनि दल दर्ताको अन्तिम समयमा ।
नेपालको इतिहासमा प्रथम महिला मन्त्री बनाउने नेपाली काँग्रेस नै थियो । वीपी कोइराला नेतृत्वको सरकारमा द्वारिकादेवी ठकुरानी उपमन्त्री बनेकी थिइन् । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा ठकुरानी चुनाव जित्ने एकमात्र महिला थिइन् । उनी डडेलधुराबाट निर्वाचित भएर इतिहास रचेकी थिइन् ।
नेपाली काँग्रेसले पहिलो महिला निर्वाचित सांसद र मन्त्री बनाएर इतिहास रचेको छ । तर, त्यही काँग्रेसले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एकजना महिलालाई नि प्रत्यक्षतर्फ प्रतिनिधि सभा सांसद निर्वाचित गर्न सकेन । निर्वाचनमा काँग्रेसबाट थोरैमात्र महिला प्रत्यक्ष सांसदमा उम्मेदवार खडा भए । जसमध्ये सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा पनि थिइन् । तर, उनी पनि पराजित भइन् ।
२०७४ मा सबैभन्दा बढी माओवादी केन्द्रले ३ जना प्रत्यक्ष निर्वाचित सांसद बनाउन सक्यो । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसदमध्ये शत प्रतिशत अर्थात् एकजनामात्र महिला सांसद दुर्गा पौडेल भइन् । सबैभन्दा बढी ८० प्रत्यक्ष निर्वाचित सांसद बनाउन सकेको नेकपा एमालेबाट २ जना मात्र महिला रहे । प्रत्यक्ष सांसद निर्वाचित गर्न सकेका काँग्रेससहित, राजपा, समाजवादी फोरम, नयाँ शक्ति, नेमिकिपा र राप्रपामा महिलाको संख्या सून्य रह्यो ।
त्यसो त नेपाली काँग्रेसमा प्रभावशाली महिलाहरु नभएका होइनन् । उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइराला समानुपातिकतर्फ दुईपटक सांसद भइसकेकी छिन् । चित्रलेखा यादव उपसभामुख भइसकिन् । उपसभामुख पुष्पा भुसाल पनि यसपटक समानुपातिकमा बसिन् । काँग्रेसभित्र महिलाहरु सशक्त रुपमा अगाडि बढिसकेका छन् । तैपनि, उनीहरु प्रत्यक्षतर्फ कमैमात्र टिकट पाइरहेका छन् । पाएकाहरुलाई पनि जित्न कठिन हुने गरेको छ ।
The post के काँग्रेसमा प्रत्यक्षतर्फ सांसदको चुनाव जित्नसक्ने महिला छैनन् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dFdgcX via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काललाई समाजवादी केन्द्र बन्न नसक्ने भनेपनि उनको गतिविधि त्यसैतर्फ केन्द्रित बन्दै गएको छ । प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई मोर्चामा ल्याइसकेका छन् । दुवै नेता एउटै घोषणापत्र र चुनावचिन्हमा प्रचण्डसँग मिलेर निर्वाचनमा जान सहमत भइसकेका छन् ।
प्रचण्डको अबको ध्यान माधव नेपालतर्फ गएको छ । उनी माधव नेपालसँग पार्टी एकताकै लागि बढिसकेका छन् । ३१ साउनमा प्रचण्डले माधव नेपालसँग पार्टी एकताका लागि काम बढेको खुलाएका थिए ।
एउटै समाजवादी केन्द्र बनाउने गरी प्रचण्ड, बाबुराम, माधव नेपाल र बामदेव गौतम सक्रिय भएका थिए । चुनाव पछि मात्र केन्द्र बनाएर जाने तयारीमा रहेका उनीहरु अहिले नै अगाडि बढ्नु अर्थपूर्ण छ ।
काँग्रेसले प्रत्यक्षतर्फको १६५ मा एक सय सिटको अडान लिइरहेको छ । तर, बाँकी दलहरु ६५ सिटमा मात्र मान्न तयार छैनन् । यसकारण कुरा मिल्न सकेको छैन । एउटै समाजवादी केन्द्र बनाउने गरी प्रचण्ड, बाबुराम, माधव नेपाल र बामदेव एकजुट हुँदा देउवामाथि दबाब पर्न सक्छ । त्यसमाथि उपेन्द्र यादवलाई पनि साथमा ल्याउन प्रचण्डले तयारी गरिरहेका छन् ।
काँग्रेसले आधा अर्थात् ८३ र बाँकी दलले ८२ सिटमा चुनाव लड्ने गरी प्रचण्डले रणनीति बनाएका छन् । यसका लागि काँग्रेसलाई वाध्य पार्न पनि प्रचण्डले समाजवादी केन्द्र बनाउने अभियानलाई जगाएका छन् ।
The post देउवामाथि दबाब बढाउँदै प्रचण्ड, आधा आधा सिट मान्न वाध्य पार्दै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ptVNXI via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् ।
महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा. रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा. शेखर कोइराला पक्षमा छिन् ।
काठमाडौंकी राधा धले पनि समेटिएकी छिन् । उनी देउवा पक्षकी हुन् । ललितपुरकी धना खतिवडा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनले महिला संघमा लामो समय काम गरेकी थिइन् ।
धादिङ्गकी उर्मिला थपलिया नेविसंघको राजनीतिबाट आएकी हुन् । उनी डा. सशांक कोइराला समूह निकट मानिन्छिन् । मोरङ्गकी रुक्मीणी कोइराला र काठमाडौंकी कल्याणी रिजालको नाम पनि समेटिएको छ । रुक्मिणी शेखर पक्षकी हुन् भने रिजाल प्रकाशमान सिंह निकट हुन् ।
झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही र जुझारु महिलाको रुपमा आफूलाई स्थापित गरेकी लक्ष्मी खतिवडा पनि मनोनित भइन् ।
नवलपुरकी सीता देवकोटा पनि केन्द्रीय सदस्य बनाइएकी छिन् । उनी विगतमा पाल्पाबाट चुनाव लडेर पछिल्लो समय नवलपुरलाई राजनीतिक क्षेत्र बनाएर सक्रिय छिन् । चारैजना देउवानिकट हुन् ।
The post देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका १० महिला को को appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3A1xS6H via IFTTT
काठमाडौं । सात वर्षपछि डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा भट्टराई नेतृत्वको दलले माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने भएको छ ।
यसको लागि आज दुवै दलले आयोगमा संयुक्त रुपमा दल दर्ता गराएका छन् । उता, दुवै दलका प्रतिनिधिहरु आयोगमा दल दर्ताको लागि पुग्दा यता माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भने प्रचण्ड, बाबुराम, नारायणकाजी र महिन्द्रराय यादव छलफलमा जुटेका थिए ।
उक्त भेटवार्तापछि प्रचण्डले चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन गरिने खुलासा गरे । उक्त समितिमा माधव नेपालसमेत सहभागी हुने दाहालको खुलासा छ । पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन्,”चुनावअघि नै पार्टी एकता संयोजन समिति बन्छ । बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ । हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ ।’
The post पेरिसडाँडामा प्रचण्ड र बाबुरामको मुस्कान, मिसिए नारायणकाजी र महिन्द्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PutOS3 via IFTTT
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो ।
‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौं,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ ।
पत्रको जवाफ आयोगले पाएको छैन । चुनावका खर्च गर्न पाउने सीमा तय भएकाले त्यस भन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने पनि प्रवक्ता शर्माले बताए ।
The post प्रचण्डलाई निर्वाचन आयोगको आग्रह- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PvOmts via IFTTT
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ मा भएपछि नयाँ सरकारको मात्र टुंगो लाग्दैन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको पनि टुंगो लाग्छ । यसमा चुनावी नतिजा र दलहरुबीचको सहमतिले असर गर्छ ।
देश गणतन्त्रमा गएपछि संविधान बमोजिम प्रतिनिधि सभाले राष्ट्रपति र उपराष्ट्रपति चयन गरेको थियो । पहिलो राष्ट्रपतिका रुपमा डा. रामवरण यादव र उपराष्ट्रपतिका रुपमा परमानन्द झा निर्वाचित भएका थिए । दुवैको गृहक्षेत्र मधेश नै हो ।
यादवपछि विद्या भण्डारी राष्ट्रपति भइन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेर बहुमत हासिल गर्न सफल भए । त्यसपछि तत्कालीन एमालेकी नेता विद्या भण्डारी राष्ट्रपति र तत्कालीन माओवादी केन्द्रका नेता नन्दबहादुर पुन पासाङ उपराष्ट्रपति निर्वाचित भएका थिए ।
अब हुने चुनावमा काँग्रेस, माओवादी, जसपा, नेकपा एस र राजमो मिलेर चुनाव लड्न लागेका छन् । गठबन्धन सफल भएमा राष्ट्रपति र उपराष्ट्रपतिमा उनीहरुबाटै कुनै नेता निर्वाचित हुने सम्भावना छ ।
गठबन्धनबाट राष्ट्रपतिको चर्चा अहिले देखि नै भइरहेको छ । नेकपा एसबाट झलनाथ खनाल, नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौलालगायतको भावी राष्ट्रपतिका लागि नाम चर्चामा आउन थालिसकेको छ । गठबन्धनमा काँग्रेस या माओवादीले प्रधानमन्त्री दाबी गरेमा राष्ट्रपतिमा एसले दाबी गर्ने सम्भावना पनि छ ।
गठबन्धन असफल भएर एमाले सफल भएमा विद्या भण्डारी नै फेरि राष्ट्रपति हुने सम्भावना पनि छ । एमालेका अन्य नेताहरु पनि दाबेदारका रुपमा छन् । जसमध्ये अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत छन् ।
सत्ता गठबन्धन या विरोधी गठबन्धनले देशको कुनै क्षेत्रमा प्रतिष्ठा बनाइआएकोलाई पनि बनाउनसक्ने सम्भावना छ ।
The post गठबन्धनबाट राष्ट्रपतिको चर्चा : को बन्ला तेस्रो राष्ट्रपति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3w6BFyB via IFTTT
काठमाडौं । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो भएको छ डा. बाबुराम भट्टराईलाई । उनी माओवादीमा १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येको एक भएर सोही पार्टीबाट प्रधानमन्त्री पनि बनेका थिए । पछि माओवादी छाडे । कम्युनिस्ट सिद्धान्त नै त्यागे । राजनीतिले उनलाई यस्तो मोडमा ल्याइदिएको छ कि फेरि माओवादी नै बन्नुपर्ने वाध्यता आइपरेको छ ।
बाबुराम माओवादीसँग मिलेर एउटै घोषणा पत्र र एउटै चुनाव चिन्हमा जाने सहमति बनाउन सफल भएका छन् । चुनाव चिन्ह के हुने स्पष्ट नभएपनि प्रचण्डले जे रोज्छन् त्यसैमा उनी सहमत हुनेछन् ।
नयाँ शक्ति स्थापना गरेका बाबुरामले पछि संघीय समाजवादी पार्टीसँग एकता गरे । त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकता भएपछि जसपा बन्यो । उनले जसपा छाडेर समाजवादी पार्टी दर्ता गरे । सत्ता गठबन्धनभित्र नअटाउने अवस्था बनेपछि छटपटीमा परे । त्यसपछि उनी प्रचण्डसँगै हात मिलाउने अवस्थामा पुगे ।
कम्युनिस्ट सिद्धान्त त्यागिसकेका बाबुरामका लागि फेरि फर्किएको सन्देश जाँदा आलोचित हुनुपर्ने भएकाले उनले एउटै चुनाव चिन्ह र घोषणापत्रमा मात्र समझदारी बनाएका छन् । वास्तवमा उनी फेरि प्रचण्डसँग सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।
The post प्रचण्ड-बाबुराम फेरि एकै ठाउँ,एउटै चुनाव चिन्हमा जाने सहमति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PmZAR6 via IFTTT
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा काठमाडौं उपत्यकामा फोहोरको बिजोगको विषय उठेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलको कार्यदलले तत्काल फोहोर व्यवस्थापन गर्न सुझाव समेत दिएको सरकारका प्रवक्ता समेत रहेका कार्यदलका सदस्य सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
काकीले कार्यदलको बैठकमा महङ्गीको विषय पनि उठेको जानकारी दिए । महङ्गी नियन्त्रणका लागि आवश्यक कदम चाल्न समेत सुझाव पेश भएको बताए ।
बैठकमा सत्ता गठबन्धनका दलहरुबीच चुनावमा सिट बाँडफाँटका अलावा कसरी चुनावी प्रतिष्पर्धामा सफल हुने भन्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।
The post गठबन्धनको बैठकमा उठ्यो फोहोरको बिजोगको विषय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qrd7bo via IFTTT
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गरेर संयुक्त आन्दोलनको घोषणा गरेका हुन्।
चार पार्टीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने, भदौ ४ काठमाडौंसहित गते देशव्यापी विरोध सभा गर्ने, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने जारी विज्ञप्ति उल्लेख गरिएको छ।
The post चार कम्युनिस्ट पार्टीद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PlRoR8 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्।
शनिबार पार्टी केन्दीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्।
केन्दीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए। उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे । उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए।
केन्दीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताए। उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई के को आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए।
केन्दीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताए।
The post टिकट वितरणको विषयमा पार्टी भित्र मनपरी नहोस्ः अर्जुननरसिंह केसी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SO5RYU via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’
आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विचार र व्यवहारप्रति नेताहरू धर्मराएको उनको भनाइ छ । दाहालले जनताको आकर्षण आफ्नो पार्टीप्रति व्यापक रुपमा बढेको सुनाए । साथै, उनले अहिलेपनि वाम एकताको प्रयास पनि जारी रहेको सुनाए ।
उनले भने,‘ वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने पूरै सम्भावना छ, पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’ उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन गरिने पनि सुनाए । उनले पार्टीका नयाँ विचार र कार्यदिशालाई दृष्टिगत गरेर नेताहरु अघि बढ्न आवश्यक रहेको सुनाए ।
The post माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3AkEf6r via IFTTT
काठमाडौं । माओवादी आन्दोलनको एक खम्बा तथा बरिष्ठ कम्युनिष्ट नेता पोष्ट बहादुर बोगटीको सम्झनामा सामाजिक रुपान्तरणको लक्ष्यसहित स्थापना भएको पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं साधारणसभा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेको अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड)को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका बरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले बार्षिक प्रतिबेदन, आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिबेदन, नीति कार्यक्रम पारित गरिनुका साथै माआवादी नेता बर्षमान पुन (अनन्त) को अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्य समिति निर्बिरोध निर्बाचित गरेको छ ।
प्रप्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा श्रीकृष्ण अधिकारी विवेक, महासचिवमा निर्मल आचार्य, कोषाध्यक्षमा रुद्र ढुंगेल, सदस्यहरुमा राममाया बोगटी, ज्ञानु बस्नेत सुवेदी, राम कुमारी चौधरी, राम प्रसाद सापकोटा र रामशरण पौडेल गरि ९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए ।
२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।
बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।
The post पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं बार्षिक साधारणसभा सम्पन्न : अध्यक्षमा बर्षमान पुन चयन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3dudeVe via IFTTT
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरे संगै देशै भरीको राजनैतिक माहोल तात्तिएको छ ।
जताततै बाट स्वतन्त्र उम्मेदवारी घोषणा भएको समाचारहरु प्रशारण भइरहेका छन् ।
यसैविच सामाजिक अभियन्ता तथा मिडियाकर्मी मन्दिरा शर्मा पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरीरहेको बाउनुभएको छ ।
पुरानो राजनैतिक संस्कारबाट देशलाई संमृद्ध बनाउन नसकिने भन्दै उहाँले नयाँ योजनाको साथमा उम्मेदवारी घोषणा गर्ने बताउनुभएको हो ।
यस्ता छन् मन्दिरा शर्मा पौडेलका योजनाहरु
* वृद्ध हरुलाई भत्ता कटौती गरेर सुविधा सम्पन्न वृद्धाश्रम को व्यवस्था गर्ने। जहाँ सबै किसिमको हेरचाह हुनेछ।
*हिमाली भेगमा साहसिक खेल को लागि पूर्वाधार विकास गरेर अन्तर्राष्ट्रिय स्तर का प्रतियोगिता आयोजना गर्ने ।
* सबै शहरमा स्मार्ट शौचालय र प्रतिक्षालय को व्यवस्था गर्ने।
* प्रत्यक्ष निर्वाचित कार्यकारी को व्यवस्था गर्न पहल गर्ने।
* समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पहल गर्ने र सांसद संख्या र मन्त्री संख्या नी घटाउने।
* राजनीतिक दल का सबै भातृ संगठन खारेज गरिने।
* सरकारी कर्मचारी र शिक्षक संग सम्बन्धित सबै संघ संगठन खारेज गरिने, कुनै दल संग आबद्ध हुन चाहेमा सेवा बाट राजीनामा दिनु पर्ने।
* नेपालको नागरिकता त्यागेर विदेशी भएकाहरूलाई पुन नेपाल प्रवेश मा प्रतिबंध लगाउने।
* देश लेटर खाएका हरुको छानबिन गर्दा,२०४६ साल यताका सबै लाभको पदमा रहेका नेता , कर्मचारी साथै उनीहरूका नातेदार सहितको सम्पत्ती छानबिन गरि श्रोत नखुलेको सबै चलअचल सम्पती राज्यकोषमा जम्मा गर्ने र कडा भन्दा कडा सजाय को व्यवस्था गर्ने ।
* नीति निर्माणमा हस्तक्षेप गर्ने र नेपाली धर्म,सँस्कृति र पहिचान बिरोधी आइएनजीओहरुलाई समय नै तोकेर नेपाल छोडेर जान आदेश दिने र यस्ता संस्था बाट कुनैपनि सहयोग नलिने।
* सांसद लाई नीति निर्माण बाहेक अर्थ (बजेट) विनियोजन को पाटोमा निष्क्रिय बनाउने।
* नेपाल भरिको जमीन सरकारको स्वामित्व मा राख्ने र सरकार संग लिज मा लिएर प्रयोग गर्न पाउने।
* खेती योग्य जमीन मा कुनै पनि निर्माण कार्य गर्न नपाउने।एकीकृत बस्ती विकास गरिने।
* नेपालमा उत्पादन गरिने र गर्न सकिने कृषिजन्य बस्तु र मदिराको आयात पूर्ण प्रतिबन्ध लगाउने।
* देशमानै सबै विषय मा अध्यापन गराउने गुणस्तरीय शैक्षिक संस्थाको उचित व्यवस्थापन गर्ने र विदेशी लाई नेपालमा पड्न आउने वातावरण बनाउने।
* सबै सरकारी शिक्षक,कर्मचारी र सार्बजनिक पद धारण गरेका व्यक्तिले आफ्नो परिवार का सदस्य लाई सरकारी विद्यालय र कलेज मा मात्र पढाउन पाउने।
* भारतीयहरूलाई बिना वर्कपरमिट नेपालमा कामगर्न प्रतिबन्ध लगाउने ।
* १५० सि सि भन्दा माथिका सबैखाले २ पाङ्ग्रे आयातमा प्रतिबन्ध लगाउने।
* जुनसुकै विकास साझेदारले वा विदेशी नियोगहरुले प्रत्यक्ष जनतामा गइ कुनैपनि कार्यक्रम गर्न र लगानी गर्न नपाउने।
* नेपाल सरकार र मातहतका निकायहरुमा र सबै लाभको पदमा रहने ले स्वदेशी उत्पादन
मात्र प्रयोग गर्ने।
* राज्य बाट पाउने सेवा सुविधा सबैलाई समानता का आधारमा दिने।
The post सामाजिक अभियन्ता तथा मिडियाकर्मी मन्दिरा शर्मा पनि स्वतन्त्र उम्मेदवारी दिने तयारीमा : यस्ता छन् उनका योजनाहरु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3C0n4It via IFTTT
काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको कामले गति लिएको छ । प्रारम्भिक छलफलमा दलहरुबीच अहिले प्रत्यक्षतर्फ जुन दलको बहालवाला सदस्य छन् सोही स्थानमा सोही दलले टिकट पाउने लगभग सहमति बनेको छ । विशेष परिस्थितिमा भने सिट फेरबदल गर्नेबारे पनि विकल्प राख्ने गरी तयारी छ ।
कार्यदलको बैठकपछि माओवादी नेता देव गुरुङ्गले २०७४ को निर्वाचनलाई आधार बनाउने मोटामोटी सहमति बनेको खुलासा गरे । उक्त मोडालिटीमा जाँदा माओवादीको ३६ सिट सुनिश्चित हुन्छ । माओवादी केन्द्रले ५० सिट दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको १२ सिट सुनिश्चत हुन्छ । उसले ३३ सिट दाबी गरेको छ । नेपाली काँग्रेसको भने २३ सिट मात्र जितेकाले उक्त सिट सुनिश्चत हुन्छ । उसले कम्तिमा ९० सिट दाबी गरेको छ ।
मोडालिटी अनुसार २०७४ मा जितेको सिट पाउने भएमा जसपाले ११ सिट सुनिश्चित गर्नेछ । त्यसमा बाबुराम भट्टराई र महेन्द्र राय यादवको सिट पनि जोड्दाको संख्या हो । दुवैले जसपा छाडिसकेका छन् । राष्ट्रिय जनमोर्चाको एक सिट सुनिश्चित हुन्छ ।
जितेको सिटमा सोही दलकै उम्मेदवार खडा हुने मोडालिटी बनेमा काठमाडौंमा काँग्रेसले ४, नेकपा एसले २, ललितपुरमा नेकपा एस र माओवादी केन्द्रको ११ सिट सुनिश्चित हुन्छ । एमालेले जितेका बाँकी सिट र नेमकिपाले जितेको एक सिटमा गठबन्धनबीच बाँडफाँट हुन्छ ।
The post संसदको चुनावमा जुन दलले जितेको थियो सोही दलले पाउने गरी मोडालिटी बन्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QkV8DG via IFTTT
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।
जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउनेबारे निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन् ।
The post लोसपा पनि सरकारमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SJtRMy via IFTTT
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारिएको छ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायतका पद अहिले नै बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव अघि सारेको हो। नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो प्रस्ताव गरेका हुन्।
नेता खनालले २०७४ सालको निर्वाचन र गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत र परिणामका आधारमा सिट बाँडफाँट गरी अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्।
‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट वितरण प्रमुख विषय हो तर त्यसपछि हुने सरकार गठन, राष्ट्रपति निर्वाचन, सभामुख चयनजस्ता प्रमुख विषयलाई पनि अहिले नै टुंग्याएर जानुपर्छ’, खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो। माओवादी केन्द्रले यस्तो प्रस्ताव राख्नुअगावै खनालले प्रधानमन्त्रीलाई भेटेर प्रस्ताव गरेका हुन्।
स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई अपेक्षित सहयोग नगरेको बताउँदै आएका नेता खनालले स्पष्ट रूपमा निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनुपर्ने र त्यसमा निर्वाचनपछिका प्रमुख पद पनि बाँडफाँट हुनुपर्ने प्रस्ताव गरेका छन्।
खासगरी माओवादीले राष्ट्रपति र सभामुख ताकेर सरकार नेतृत्व आधा–आधा कार्यकाल गर्नुपर्ने भन्दै प्रधानमन्त्रीमा समेत बार्गेनिङ गरेका बेला खनालले राखेको यस्तो प्रस्तावबाट नेकपा एसले पनि राष्ट्रपतिको दाबी गर्न खोजेको देखिन्छ। खनाल स्वयं यसअघि राष्ट्रपतिको आकांक्षी थिए।
सत्ता गठबन्धन दलले निर्वाचनमा सिट बाँडफाँटको ढाँचा तय गर्न ११ सदस्यीय कार्यदल बनाएका छन्। जसमा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला संयोजक छन्।
The post राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Aaz6xN via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री कहाँबाट चुनाव लड्छिन भन्ने अहिले चासोको विषय बनेको छ । पछिल्लो समय झाँक्री काठमाडौंबाटै चुनाव लड्ने चर्चा चलेको छ ।
उनी काठमाडौं २ बाट उठ्ने तयारीमा रहेको चर्चा चलेपनि गठबन्धनका शीर्ष नेताहरुले भने उनलाई गृहजिल्ला गुल्मीबाटै उठ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसमेत झाँक्रीलाई गुल्मीबाटै चुनाव लड्न र जिताउने जिम्मा लिएको चर्चा छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पनि गठबन्धनले नै साझा उम्मेद्धवार बनाउने भएपछि गुल्मीबाटै चुनाव लड्न आग्रह गरेको बुझिएको छ । गुल्मी झाँक्रीको गृहजिल्ला हो । यो क्षेत्रमा ०७४ मा नेकपा (एमाले) का प्रभावाली नेता गोकर्ण विष्टले चुनाव जितेका थिए ।
यसपटक पनि एमाले सचिवसमेत रहेका नेता विष्ट नै चुनाव उठ्ने निश्चित् छ । गठबन्धनले साझा उम्मेद्धवारको रुपमा झाँक्रीलाई उठाउने भएपछि उनको जित निश्चित् रहेको अड्कलबाजी सुरु भएको छ । आजबाट सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलले छलफल थालेको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलबीच सिटको बाँडफाँडको मोडालिटी तय गर्न कार्यदल गठन भएको छ । कार्यदलको संयोजक भने कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिएका छन् ।
The post झाँक्रीलाई जिताउन देउवा र प्रचण्डले दिए वचन, गुल्मी-२ बाट चुनाव उठ्ने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Pe0O0O via IFTTT
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भेट गरेका छन्।
ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए।
गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए।
भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले बताए।
The post एमाले अध्यक्ष ओलीलाई भेट्न परिवार दलका अध्यक्ष ढकाल बालकोटमा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3A22bvi via IFTTT
काठमाडौं । संसदको अंकगणित नै यस्तो छ कि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग पारित हुन नेकपा एमालेको साथ अनिवार्य हुन्छ । तर, एमाले जबराविरुद्धको महाभियोगको पक्षमा छैन । उसले काउन्टरमा केही वरिष्ठतम न्यायाधीश देखि सभामुख अग्निप्रसाद सापकोटा सम्मलाई महाभियोग लगाउने तयारी समेत गरेको थियो । तर, अगाडि बढाएन ।
एमाले जबराविरुद्धको महाभियोगको पक्षमा नहुनुले पारित गर्ने पक्षमा पनि छैन । आज संसदमा यसबारे जोडतोडले कुरा उठ्यो । एमालेले जबरालाई महाभियोगबाट बचाउन चाहेको सत्ता गठबन्धनका नेताहरुले आरोप लगाए ।
संसदमा हाल रहेको कुल २६५ सदस्यमध्ये एमालेको मात्र ९८ सदस्य रहेका छन् । एमालेबाहेकका सबै सांसद मिल्दा पनि दुई तिहाई पुग्दैन । संविधान अनुसार महाभियोग पारित गर्न दुई तिहाई आवश्यक पर्छ ।
काँग्रेसको ६२, माओवादीको ४८, नेकपा एसको २३, जसपाको १९, लोसपाको १३, नेमकिपाको १ र स्वतन्त्र १ सांसद छन् । एमालेबाहेक सबै दलको संख्या जोड्दा पनि आवश्यक १७७ पुग्दैन । अंकगणितबाट पनि जबराविरुद्धको महाभियोग पारित नहुने देखिदैछ ।
प्रतिनिधि सभाको आइतबारको बैठकले बहुमतले पारित गरेर जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले जबराविरुद्धको प्रस्तावलाई सिफारिस समितिमा पठाउन सिफारिश गरेका हुन् । अब निर्णयार्थ लान प्रक्रियामा जानुपर्छ । तर, दुई तिहाई नपुग्ने निश्चित देखिएका सभामुखले अगाडि नबढाउने सम्भावना देखिन्छ ।
एकातर्फ, चुनाव घोषणा भएर पनि प्रतिनिधि सभामा सांसदहरुको पदावधि कायमै राखेर गतिविधि गरेकोमा टिकाटिप्पणी भइरहेका छन् । अर्कोतर्फ, जबराविरुद्धको महाभियोग निर्णयार्थ प्रस्तुत नगर्ने रणनीति बनेको छ । जबराविरुद्धको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा एमाले विपक्षमा उभिने कारण उनी फेरि सर्वोच्च अदालत फर्कन सक्छन् ।
हाल निलम्बनमा रहेका राणालाई फर्कन नदिने सत्तापक्षले महाभियोग प्रस्ताव अड्काएर राख्ने रणनीति बनाएको छ । एमालेले भने निर्णयार्थ प्रस्तुत गर्न दबाब बढाइरहेको छ । जुन सम्भावना देखिदैन ।
The post जबराविरुद्धको महाभियोग पारित नहुने भएपछि अड्काउने रणनीति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vKT5Ak via IFTTT
काठमाडौं । सरकारले नेपाल लेखा परीक्षण सेवाको राजपत्रांकित प्रथम श्रेणीका सहसचिव विन्दु विष्टलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी महालेखा परीक्षकको कार्यालयको उपमहालेखा परीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ ।
साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजामति सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका यादवप्रसाद कोइरालासमेत ६ जना अधिकृतहरु सरुवा गर्ने निर्णय बैठकले गरेको बताए ।
त्यसैगरी, सरकारले शहरी विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोलीसमेत गठन गरेको छ ।
The post यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १३ निर्णय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QoqcBV via IFTTT
काठमाडौं । निर्वाचन आयोगले गत स्थानीय चुनावमा भन्दा करिब १० लाख मतदाता थपिने प्रक्षेपण गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कूल मतदाता एक करोड ८५ लाखदेखि ८६ लाखसम्म पुग्ने आयोगको प्रक्षेपण गरेको बताए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “त्यसमा दश लाख मतदाता थपिन सक्छन्।”
सरकारले ४ मंसीरका लागि चुनावको मिति घोषणा गरेसँगै आयोगले मतदाताा नामावली संकलन स्थगित गरेको छ। अनलाइन फारम भरिसकेकाहरूले भने साउन २१ गतेसम्म औंठा छाप लगाउन र फोटो खिचाउन पाउने छन्।
The post आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qlqtpn via IFTTT
काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।
The post चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vFJsmL via IFTTT
दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई जनताले सजाय दिने टिप्पणी गरेका छन् । उनले शर्माले व्यापारिक घरानासँगको साँठगाँठमा बजेट ल्याएको आरोप लगाउँदै जनताले अब सजाय दिने बताएका हुन् ।
प्रेस चौतारी दाङले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले शर्माले बजेट माफियाकरण गरेको आरोप लगाउँदै भने,‘अहिले देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’ उनले वर्तमान सरकारले मंसिरमा हुनुपर्ने निर्वाचनको मिति घोषणा गर्नपनि अलमल गरेको आरोप लगाए ।
उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले आफूहरु नेतृत्वको सरकारले आर्थिक सूचांक राम्रो अवस्थामा छोडेको पनि स्मरण गराए । उनले एमाले सरकारमा रहँदा विदेशी मुद्राको सञ्चिती राम्रो रहेको पनि तथ्यांक सुनाए । एमालेको सरकारले पुँजीगत खर्च गर्ने मामिलामा पनि अघि रहेको उनको दाबी छ ।
The post जनार्दन शर्मामाथि किन खनिए शंकर पोखरेल ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QlHf7Y via IFTTT
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
The post मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zyzVPk via IFTTT
काठमाडौं । नेकपा एमालेले र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाइ आधार मान्दा यी दुई दल मिलेमा अझै पनि सबैभन्दा बढी स्थानमा प्रत्यक्षतर्फ चुनाव जित्नसक्ने देखिन्छ । अर्थात् केपी शर्मा ओली र माधवकुमार नेपाल मिलेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड मिल्दा पनि बढी सिट जित्न मुश्किल पर्न सक्छ ।
एमाले देशभर फुटेको छ । तल्लो तहमा समेत फुटको असर छ । त्यसैले ओली र माधव नेपाललाई मिलाउन ठूलै समूह लागेको छ ।
देउवा र प्रचण्ड मात्र मिल्दा जसपा र लोसपा कता जाने हुन् यकिन गर्न कठिन छ । उपेन्द्र यादवले विकल्पमा ओलीसँग मिल्ने कार्ड समेत तयार गरेर राखेका छन् । महन्थ ठाकुरले पनि ओलीसँग भेटवार्ता छाडेका छैनन् । यसकारण माधव नेपाल यसपटकको चुनावमा निर्णायक शक्ति बन्ने अवस्था बनेको छ ।
प्रचण्डले वामपन्थी एकता वा समाजवादी केन्द्र नबन्ने भन्दै काँग्रेससँगै मिलेर जाने स्पष्ट पारिसके । अब माधव नेपाल पनि गठबन्धनमै रहने निश्चितप्रायः छ । तर, राजनीतिक लेनदेनमा कुरा नमिले उनले पनि ओलीसँगै हात मिलाउने सम्भावना नकार्न सकिदैन । आखिर राजनीति सम्भावनाको खेल हो ।
स्थानीय चुनावको मत तथ्यांकलाई आधार मान्दा नेकपा एमाले र नेकपा एस मिलेमा काठमाडौं उपत्यकामा अधिकांश सिटमा अगाडि देखिन्छन् । तर, गठबन्धन मिलेमा भने एमाले सून्य हुन सक्छ । यसकारण उपत्यकामा माधव नेपाल निर्णायक शक्ति देखिएका छन् ।
नेकपा एसको प्रदेश १, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिममा शक्ति देखिन्छ । ती प्रदेशको मतका केलाउँदा ओली र माधव नेपाल मिलेमा देउवा र प्रचण्ड मिल्दा पनि धेरैजसो क्षेत्रमा चुनाव जित्न मुश्किल हुनसक्छ । देउवा र प्रचण्ड मात्र मिलेर जान खोजेको विषय पनि नउठेका होइनन् । त्यस्तो अवस्थामा माधव नेपाल या त ओलीसँग मिल्न सक्छन् या उनीनिकटस्थहरुले साथ छाडेर एमाले वा माओवादी रोज्न सक्छन् । यसकारण माधव नेपाललाई साथमै लिएर जानुपर्ने वाध्यता देउवा र प्रचण्डसामु देखिएको छ । माधव नेपाल निर्णायक शक्तिका रुपमा देखापर्दै गएका छन् ।
The post माधव नेपाल चुनावमा यसकारण बन्दैछन् निर्णायक शक्ति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ByXzOo via IFTTT
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पु¥याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएको हो ।
उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएको हो ।
उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिएका छन् । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए । यता नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।
The post विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SmxLLu via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । सरकारको अकर्मण्यताको कारण मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै एमालेले प्रदर्शन गरेको हो ।
गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको नेताहरुले जनाएका छन् । प्रदर्शनमा युवा संघको बाहुल्यता रहेको थियो ।
The post सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vV39qT via IFTTT