काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै ल्याएको दाबी गरे । उनले देशमा अब माओवादी केन्द्रमात्रै माओवादीको रुपमा रहेको भन्दै मोहन बैद्य, नेत्रविक्रम चन्द र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीको औचित्यमाथि प्रश्न उठाए । उनले पार्टी स्थानीय तहको निर्वाचनमा निर्णायक शक्तिको रुपमा स्थापित भएको भन्दै आगामी निर्वाचनपछि देशको बागडोर माओवादीले सम्हाल्नुपर्नेमा जोड दिए ।
The post देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zjYkbj via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ हरुको छाता संगठनको रुपपमा रहि २७ बर्ष देखि ब्यबसायीहरुको हक हितमा कार्य गरीरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघको २७ औं बार्षिक साधारण सभा आज भक्तपुर राधे राधे मा रहेको अतिथि बैंक्युट मा भब्यताको साथ सम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवाल को अध्यक्षता ,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्य ,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ ,सल्लाहकार समितिका सदस्यहरु तथा जिल्ला ,क्षेत्र र इकाईका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
११ हजार भन्दा बढी ब्यबसाय र १ लाख ६० हजार भन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिई बार्षिक ६५ अर्ब भन्दा बढी कारोबार गर्ने यो ब्यबसायलाई सरकारले आफ्नो मुलधारको ब्यबसायमा ल्याउन नसकेकोमा ब्यबसायीहरु चिन्तित रहेको अध्यक्ष कटुवालले बताउनु भयो ।
महाभुकम्प २०७२ पछि यो ब्यबसाय अलि फस्टाएको भएपनि कोरोनाको कारण ब्यबसायहरु धरासायी बन्दै गईरहेको भएपनि कारोनाको समयमा राज्यलाई अक्सिजनको हाहाकारको अवस्थामा आफ्नो ब्यबसाय र उद्योगमा प्रयोग हुने अक्सिजनका सिलिन्डरहरु प्रयोग गर्न दिएकोमा सरकारको तर्फबाट उद्योग सचिव अर्जुन प्रसाद पोखरेल ले आम ब्यबसायीहरुलाई हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा महासंघमा आवद्ध जिल्लाका संगठन तथा बिभिन्न इकाईलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा सम्मान समेत गरेको थियो ।
जिल्ला स्तरबाट उत्कृष्ट पोखरा फेब्रिकेट एसोसिएसन का अध्यक्ष बिष्णु प्रसाद कर्माचार्य , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु, खुसिबुँ इकाईका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र) तथा काठमाडौं पुर्वि क्षेत्र अन्तरगत कपन इकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगाएत लाई सम्मान गरीएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित भई तथा आर्थिक भौतिक सहयोग गर्ने सहयोगदाता हरुलाई मायाको चिनो बाट सम्मान गरीएको थियो ।
कार्यक्रममा अध्यक्ष मोहन कटुवालको स्वागत मनतब्य , कोषध्यक्ष कमलमान श्रेष्ठको आर्थिक प्रतिवेदन , महासचिव विबेकदास श्रेष्ठको प्रतिवेदन सार्वजानिक भएको थियो ।
उद्याटन सत्रको समापन संगै शुरुभएको बन्द सत्रले आगामी भदौ महिनाभरीमा महाधिवेशन गर्ने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
महासंघमा यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।
The post ग्रील तथा स्टील ब्यबसायी महासंघको २७ औं साधारण सभा सम्पन्न :उत्कृष्ट कार्यसम्पादन गर्ने इकाईहरुलाई सम्मान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3blGXyL via IFTTT
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।
नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् ।
कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा नयाँ शक्ति पार्टी खोलेका थिए । उक्त पार्टी संघीय समाजवादी फोरमसँग एकीकरणपछि संघीय समाजवादी पार्टी बनेको थियो । पछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । बाबुराम जसपाबाट अलग भए ।
कुनैबेला जनमोर्चामा रहेका बाबुराम माओवादी जनयुद्धमा लागेका थिए । यसरी उनले सातौं पार्टीमा आफूलाई संलग्न गराइसकेका छन् ।
The post भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PK6G32 via IFTTT
काठमाडौं । नागरिकता विधयेक पारित भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिश हुने आशा गरिएको छ । विधयेक पारित नभएसम्म चुनाव घोषणा नगर्ने सत्ता गठबन्धनमा छलफल भएको थियो ।
विश्वस्त स्रोतका अनुसार नागरिकता विधयेक कार्यान्वयन गरी नयाँ नागरिकता पाएकालाई पनि मतदाताको सूचीमा समावेश गर्नुपर्ने विषय उठेको छ । त्यसका लागि केही महिना लाग्ने भन्दै निर्वाचन फागुन या चैत्रसम्म धकेल्न सत्ता गठबन्धनका केही शिर्ष नेताहरुले दबाब दिएका छन् ।
आज माओवादी केन्द्रको बैठकमा प्रचण्डले नागरिकता विधयेक पारित नभएसम्मका लागि चुनाव घोषणा नगर्न आफूले सुझाव दिएको खुलाए । तर, नागरिता विधयेकको कार्यान्वयनको विषय पनि उठाउन थालिएको छ ।
सत्ता गठबन्धनभित्र संवैधानिक निकायमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएका नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसला कुरेर खारेजीको आदेश आएमा नयाँ नियुक्तिमा जानेसम्मको तयारी भएको छ । यसका लागि पनि चुनावको मिति घोषणा नगरी रोकिएको चर्चा छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसै हप्ता ४ मंसिरमा चुनाव हुने गरी घोषणा हुनसक्ने खुलासा गरेका थिए । तर, क्याबिनेटले अझै पनि कुनै निर्णय लिएको छेन । यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा चुनाव घोषणा गर्ने पक्षमा रहेकाले धकेलिने सम्भावना कम छ ।
The post प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव कहिले घोषणा होला appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3z8Xm1m via IFTTT
काठमाडौं । नेपालमा अमेरिकी अधिकारीहरुको आवतजावत बाक्लिएको छ । हरेक महिनाजसो कुनै न कुनै अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम चलि नै रहेको छ । यसलाई धेरैले अमेरिकी प्रभाव बढेको रुपमा पनि लिएका छन् ।
नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउने भएका छन् । उनी बिहिबार र शुक्रबार नेपाल रहने बुझिएको छ । एमसीसी पारित गराउन उनैले मुख्य भूमिका खेलेका थिए । प्रचण्डले त सार्वजनिक रुपमै आफूलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दबाब दिएको बताएका थिए ।
लू आफै नेपालका नेताहरुसँग टेलिफोन संवाद गर्दै आएका छन् । यसपटक उनले प्रत्यक्ष भेट्ने गरी भ्रमण गर्न लागेका हुन् ।
रुस र युक्रेनबीच युद्ध चलेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए । उक्त संवाद रुस र युक्रेनबीचको युद्धको विषयमा केन्द्रित रहेको खुलाइएको थियो ।
केही महिना अघि अमेरिकी सांसदहरुको जम्बो टोली नेपाल भ्रमणमा आएको थियो । २५ जना अमेरिकी सांसद नेपाल भ्रमणमा आएका थिए ।
अमेरिकी उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएर तिब्बती शरणार्थीलाई भेटेकी थिइन् । विगतमा एमसीसीकी अधिकारी फतिमा सुमार नेपाल आउँदा खूबै चर्चा भएको थियो ।
The post अमेरिकी अधिकारीको बाक्लो आवतजावत, डोनाल्ड लू फेरि आउँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zdFti3 via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
The post राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3b6ZEX5 via IFTTT
काठमाडौं । पुरातनवादी सोचलाई त्यागेर अहिलेको विज्ञानको युगलाई आत्मसाथ गर्दै, सुचना संचार र प्रबिधिको उच्चतम प्रयोग गर्नसके नेकपा ( माओवादी केन्द्र ) लाई आम नागरिकले चाहेजस्तो पार्टी बनाउँदै समाजवादको लक्ष्य हासिल गर्न सकिने सम्पर्क समन्वय समिति प्रदेशका अध्यक्ष श्री कृष्ण अधिकारी ( बिवेक ) ले बताउनु भएको छ ।
आज सम्पर्क समन्वय समिति प्रदेशको कार्यलयमा पार्टीको विज्ञान तथा सुचना प्रबिधि बिभाग र प्रकाशन तथा प्रचार प्रसार बिभागको संयुक्त बैठकमा बोल्दै उहाँले यो कुरा बताउनु भएको हो ।
विज्ञान तथा प्रबिधि बिभागका प्रकाश रायमाझी को अध्यक्षतामा बसेको बैठकमा पार्टीका विज्ञान प्रबिधि बिभागका सदस्यहरु तथा सम्पर्क समन्वय समिति प्रदेशका प्रकाशन तथा प्रचार प्रसार बिभागका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकले पार्टीको आधिकारीक सप्टवेयर तथा पोर्टल बनाउने बिषयमा गंभिर छलफल गरि आगामी मध्यावधी निर्वाचन सम्ममा पार्टीलाई आम नागरिकको मनमनमा पुर्याउन सुचना तथा संचार मा आधुनिकिकरण गर्दै पार्टीले बिगतमा गरेका कामहरु तथा आगामी कार्ययोजना बारेमा प्रष्ट हुने सामाग्री समेत बनाउने निर्णय गरेको छ ।
बैठकमा उपस्थित सबैले अबको युग संग सुहाउँदो संयन्त्र बनाएर विज्ञान र प्रबिधिको प्रयोग गर्न सके पार्टीलाई आम नागरिकको मुटुको ढु्कढुकी बनाउन सकिने कुरामा एकमत जनाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zx1ObW via IFTTT
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेका छन् । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरे । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरे ।
उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराए । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताए ।
विशेष समयमा सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम ९एसपिपी० मा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताए । उनले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिइ सरकारलाई आग्रह गरे ।
सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए । बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे ।
सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासिन भएको बताए । उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुखद् भएको बताए । साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धानखेत सुक्न थालेको बताए।
सांसद हृदयेश त्रिपाठीले आर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए । मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ उत्पादनमा ध्यान दिन आग्रह गरे । सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए । राष्ट्रहितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए ।
सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरिन् । सांसद गङ्गा चौधरीले सीमासुरक्षामा सरकारको ध्यान नपुगेको बताइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zxhZGd via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरुलाई एकताबद्ध बनाउने प्रयास थालेका छन् । पछिल्लो समय उनले माओवादीबाट अलग भई नयाँ दल खोलेका नेताहरु डा. बाबुराम भट्टराई, मोहन बैद्य, गोपाल किराँतीदेखि नेत्रविक्रम चन्दसम्मलाई भेटेका छन् । सो भेटमा उनले पूर्व माओवादीहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिने गरेका छन् ।
माओवादी कमजोर हुँदा देशमा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको दाहालको भनाई रहँदै आएको छ । आगमाी मंसिरमा हुने संघीय संसद्को निर्वाचनअघि नै प्रचण्डले छुट्टै वामपन्थी मोर्चा बनाउने गृहकार्य थालेका छन् । यो बीचमा उनले माधव नेपाल, उपेन्द्र यादव र वामदेव गौतमसँग पनि भेटवार्ता बाक्लो बनाएका छन् । एमालेबाहेकको वामपन्थीहरु एक ठाउँमा रहनेगरि गृहकार्य थालिएको माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन् ।
आजमात्रै वर्षमान पुनले पनि एमालेबाहेकका वामपन्थीहरुबीच समाजवादी मोर्चा बन्ने खुलासा गरेका थिए । उनले संसद्को अब हुने निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै समाजवादी मोर्चाले उम्मेद्धवार दिनेसमेत दाबी गरेका छन् । माओवादी केन्द्रले कांग्रेससँग चुनावमा अब केही ठाउँमा मात्रै तालमेल गर्ने रणनीति बनाएको छ ।
प्रचण्डले पूर्व माओवादीहरु एकजुट हुनुपर्ने भनेर गरेको प्रस्तावमा बाबुराम, बैद्यदेखि विप्लवसम्म सकारात्मक देखिएका छन् । बाबुरामले भने नयाँ ढंगले सहकार्य अघि बढाउनुपर्ने भन्दै पार्टीको नाम नै फेर्न सुझाव दिएका छन् । प्रचण्ड भने पार्टीको नाममा कतै न कतै कम्युनिष्ट राखेर जानुपर्ने अडानमा छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zvbVOk via IFTTT
सिन्धुपाल्चोक जिल्लामा अझै पनि निकै दुर्गम क्षेत्रमा अवस्थित ठाउँहरु रहेको पाइन्छ । त्यस मध्य इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर मुले एक हो । यस ठाउँमा विभिन्न जातिको मानिसहरु तामाङ, लामा, मगर, क्षेत्री, बाहुन, दलित लगायत जातिको मानिसहरु बसोबास गर्दै आएका छन् । यस ठाउँमा करिब १५००—२००० को हाराहारीमा जनसंख्या रहे पनि मतदाता नामावली समावेश भएको नाम भने जम्मा ५०० को हाराहारी मा मात्र छ ।
यो गाउँका मानिसहरु मुख्यतय कृषिमा निर्भर छन् । यस ठाउँमा करिब ९० प्रतिशत मानिसहरु खेतीपाती गर्ने , ५ प्रतिशत सरकारी जागीर र,५ प्रतिशात व्यावसाय गरेर आफ्नो जिविकोपार्जन गर्ने मानिसहरुको बसोबास रहेको छ । यस ठाउँमा लामो समय देखिनै कृषिमा विभिन्न नगदे बाली लगाउदै आएको स्थानीयहरु बताउछन् । यहाँका किसानहरुले धान,मकै,कोदो,गहु,फापर,तोरि आदि नगदे बाली लगाउदै आएका छन् ।
कृषिको लागि खेतीयोग्य जमिन पर्याप्त भएको ले यहाँको मानिसहरु खेतीपाती गर्दै आएको देखिन्छ । ९० मानिसले खेती गरेपनी आधुनिक कृषि प्रणालिको बिकास गर्न नसक्दा राम्रो आम्दानी नभएको देखिन्छ ।
गाउँलेहरु प्राय सबै खाद्यबस्तु केनेरै प्रयोग गर्ने बताउछ्न । अहिले पछिल्लो समयमा जंगली जनावरको कारण खेतबारी को बाली सबै नस्ट गर्ने र भनेको जस्तो बाली भित्राउन नपाउँदा किसानहरु दुखित छन । यहाँका किसानहरुले खेती सङसङै पशुपन्छी हरु पनि पलान गर्दै आएका छन् ।
जनसंख्या थोरै भएपनी यो गाउँ ठूलो रहेको स्थानीय बताउँछन् । लगभग ६० प्रतिशत जमिन जङ्गल ले ढाकेको रहेको छ ।
बुद्ध सामुदायिक बन उपभोक्त समिति, झोम्पाखा सामुदायिक बन उपभोक्त समिति लगायत यहाँ को वन रक्षाको को लागि स्थानियको सकृयता राम्रो रहेको छ । यो ठाउँ नेपाल को कर्णाली जस्तै छ । नत भने जस्तो मोटर बाटो छ नत खानेपानीको सुविधा छ नत गुणस्तरीय शिक्षानै । यस ठाउँमा विभिन्न क्षेत्रबाट बिधान हसिल गरेर आएको लामाहरु भए पनि एउटा गुम्बा पनि बनाउन सकेको छैन । गुणस्तरीय शिक्षा नभएको कारण आज सबै युवाहरु बिदेशीनु परेको छ । गाउँको ६०प्रतिशत युवाहरू बिदेश मै रहेको स्थानीयहरु बताउँछन् ।
यसठाउँको बालाकहरु सानै उमेरमा आफ्नो धर्म अनुसार लामा विधि अध्यापन गर्न भारत लगायत को रास्ट्र मा गएको पाइन्छ । यस ठाउँमा आधारभूत शिक्षा भने गाउँकै श्री भिम्सेन आधारभूत विद्यालय मा अध्यन गर्ने गरिन्छ भने मा.वि.शिक्षा अध्यन गर्न ४०–५० मिनेट हिडेर बजार क्षेत्रमा जानू पर्छ । यस ठाउँको मुख्य धार्मिक र पर्यटनकिय स्थानहरु दारिगौड देवि मन्दिर,दारिगौड डाडा,देवि थान मन्दिर,पुरानो कुवा, आदि ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटनहरु आउने स्थानीयहरु बताउँछन् ।
स्वर्गको एक टुक्रा जस्तै देखिने यो ठाउँ बत्ति मुनिको अध्यारो बनि रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Oxw7Dv via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमतिको विषय उठाएको एक हप्तामै चुनावपछि माओवादीले सरकारको नेतृत्व लिने खुलासा गरेका छन् । उनले आज पेरिसडाँडामा आयोजित कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।
प्रचण्डले चुनावपछि माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे । उनले भने, ‘माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न सक्नेछैन ।’ उनले माओवादी फेरि बलियो भइसकेको बताए ।
भाषणमा कडा रुपमा प्रस्तुत भएका प्रचण्डले चुनावपछि माओवादीले देशको बागडोर सम्हाल्ने दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले आलोपालो सरकारको नेतृत्वको भद्र सहमतिको विषय उठाइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावअघि र प्रचण्डले चुनावपछि सरकारको नेतृत्व लिने गरी दुईबीच सहमति बनेको आशयका सन्देशहरु प्रवाह भइरहेका छन् । यसमा प्रचण्ड स्वयं लागिरहेका छन् । प्रचण्डले चुनावपछि आफू प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरेर चुनावी माहोल माओवादीको पक्षमा पार्ने रणनीति पनि चालिरहेका छन् ।
प्रचण्ड पछिल्लो समय समाजवादी केन्द्र बनाउने रणनीतिमा पनि छन् । तर, उनी कम्युनिस्ट सिद्धान्त चटक्कै छाड्ने पक्षमा छैनन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zvYMER via IFTTT
काठमाडौं । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।
बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो। एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।
यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरु स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ । नगपार प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरु कसैलाई पनि म्याद थप नगरिएको हो ।
अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उनको भनाइ थियो । आन्दोलनरत कर्मचारीहरु भने आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताए ।
नगर उपप्रमुख महेस्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरु तथा सदस्यहरुसहित गरेर १७ जनप्रतिनिधिहरुले भने तत्काल नगर बैठक बोलाउन नगर प्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए ।
वडा नं१० का अध्यक्ष किरण पाण्डेले भन्नुभयो, “एक हप्तादेखि नगरपालिकामा ताला लगेको र कर्मचारीहरुले मूलगेटमा नै बसेर धर्ना दिएका कारण नगरप्रतिनिधिहरुसमेत कार्यालयभित्र छिर्न नपाइएकाले प्रमुखलाई तत्काल बैठक बोलाउन र समस्याको विषयमा छलफल गराउन एक पत्र लेखेर बुझाइएको हो।” आन्दोलनरत कर्मचारीहरुका अनुसार आफूहरु वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीबाट समस्याको समाधान होस् भन्न चाहेको एक आन्दोलनरत कर्मचारी बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PMHjNF via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच खटपट चलेको छ । स्थानीय चुनावमा तालमेलमा पनि देउवाले पेल्न काम गरेको निष्कर्ष निकाल्दै नेपालले असन्तुष्टि पोख्दै आएका छन् ।
देउवाले आफूले प्रधानमन्त्री बनाउन जोखिम मोलेको विषय बिर्सदै गएको भन्दै नेपालले निकटस्थसँग असन्तुष्टि पोख्ने गरेको बुझिएको । आज सार्वजनिक रुपमा पनि उनले काँग्रेसले दम्भ देखाउन खोजेको आरोप लगाए । उनको संकेत देउवातर्फ थियो ।
पछिल्लो समय चुनावी तालमेलको सिट बाँडफाँटको कुरा चल्दा नेकपा एसले मागेको सिट नपाउने अवस्था विकास भएपछि माधव नेपाल असन्तुष्ट बनेको बुझिएको छ । कम्तिमा २० सिट प्रत्यक्ष चुनाव लड्ने गरी गठबन्धनमा तालमेल गर्ने तयारीमा नेपाल रहेका छन् । उनको लक्ष्य कम्तिमा २० सिट प्रत्यक्ष जित्ने गरेको छ ।
काँग्रेसले कम सिटमा गठबन्धन गर्न खोजेपछि माधव नेपालले पनि समाजवादी केन्द्रको विषयलाई जोड दिएका छन् । प्रचण्ड, माधव नेपाल, वामदेव मिलेर समाजवादी केन्द्र निर्माणमा जोडबल गरिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PT4nuf via IFTTT
सिन्धुपाल्चोक । जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीमा यो वर्ष पनि मेला लाग्ने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन । यसपालि भने जनै पूर्णिमा मेला भर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो ।
यो वर्षको जनै पूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् ।
संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरीहरू रहेका छन् । पाँच पोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्ला सहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँच पोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिव सरह श्रीमान् पाउने र बिहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
अहिले पाँचपोखरी सम्म पुग्ने बाटो निमार्ण, सूचना पाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङका अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिका –४ थाङपालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा आज सरसफाइ गरिएको छ । स्थानीय, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3BhJRiV via IFTTT
काठमाडौं । नृत्य क्षेत्रमा रुचिराख्ने बाल बालिका तथा युवा वर्गलाई लक्षित गरी देशै भरी बाट उत्कृष्ट कलाकार छनौट गर्ने उदेश्यका साथ गर्न लागिएको एक्टिभ डान्स स्टार कम्पिटिसनको काठमाडौं भित्रको अडिसन राउण्ड आज सम्पन्न भएको छ ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा भएको यो कम्पिटिसनको अडिसन राउण्ड तार्केश्वर ११ स्थित ईमेज एकेडेमीको प्रागणमा भएको थियो ।
प्हिलो राउण्डमा सहभागी मध्य २८ जना अर्को राउण्डको लागि छनौट भएका छन् ।
यो राउण्डमा सेलेक्ट भएकाहरु सिधै फाईनल राउण्डमा पुगेको आयोजकले बाताएका छन् ।
यो राउण्डमा निर्णायकको भुमिकामा नायक शितल के.सीं ,दिपक एस के र सुजन लामा रहेका थिए ।
आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागे ले सन्चालन गरेको कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको आयोजक संस्थाले जानकारी गराएको छ ।
काठमाडौं को अर्को राउण्ड यहि २०७९ श्रावण १४ गते हुने तथा त्यो राउण्डमा भाग लिन चाहने ईच्छुक डान्सरहरुले आयोजकहरु संग सम्पर्क गरि फारम लिन सक्ने आयोजकहरुले बताएका छन् ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा सारा खवर , कोचे नेपाल , जन आकाश , भुमे अनलाईन लगायत रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PKDd8C via IFTTT
काठमाडौं । देश भरका ७४ जिल्लाबाट काठमाडौं उपत्यकाको ३ जिल्लामा आई अस्थायी रुपमा बसोबास,रोजगारी तथा पढाई गरिरहेका आफ्ना कृयाशिल कार्यकर्तालाई पार्टीको मुख्य संगठानिक संरचना भित्र राखेर अगाडी बढाउन नेकपा(माओवादी केन्द्र) ले बिधानमै उल्लेख गरेर आधिकारीक संगठन बनाएको सम्पर्क समन्वय समिति बिशेष प्रदेशले आफु मातहतका सबै समितिहरुलाई चलायमान बनाउँदै अगाडी बढाएको छ ।
नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य डिलाराम आचार्य ईन्चार्ज रहेको यो संगठनको अध्यक्ष श्री कृष्ण अधिकारी ( बिबेक )तथा सह ईन्चार्ज झक्कु प्रसाद सुबेदी हुनुहुन्छ ।
कार्य सहजताको लागि सम्पर्क समन्वय समिति बिशेष प्रदेशले बिभिन्न आयोग ,उप समिति र बिभागहरु गठन गरेको छ । आज सोहि अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन बिभागको बैठक बसि बिभिन्न प्रस्ताव उपर छलफल तथा निर्णयहरु गरेको थियो ।
समितिका ईन्चार्ज डिलाराम आचार्यको प्रमुख आतिथ्य तथा अध्यक्ष श्रीकृष्ण अधिकारी (बिबेक)को बिशेष आतिथ्य र बिभागको प्रमुख सुनिता रोकाय को अध्यक्षतामा बैठक बसि बिभिन्न उप समितिहरु समेत निर्माण गरेको थियो ।
बैठकले यहि साउन १४ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट संबोधन हुने प्रशिक्षण कार्यक्रमलाई भब्य बनाउन कार्यकर्ता परिचालनगर्न मातहतका समितिहरुलाई निर्देशन दिने तथा केहि बर्ष देखि रोकिएको मेची महाकाली आवाजलाई पुन निरन्तरता दिदै प्रकाशनगर्ने समेत निणर्य गरेको छ ।
पार्टीका हरेक गतिबिधिलाई आम कार्यकर्ता र नागरिक सामु पुर्याउन अहिले सहजरुपमा प्रयोग गर्न सकिने हरेक टेक्नोलोजि लाई प्रयोग गर्न पार्टीको टेक्नालोजि बिभाग संग बसेर बिशेष योजना बनाउन बैठकले उपसमितिलाई निर्देशन समेत दिएको छ ।
बैठकले पार्टी केन्द्र बाट मनोनित बिभागका प्रमुख र उप प्रमुखको कार्य सहजताको लागि पुष्पराज भट्टराई लाई सचिव पदमा चयन गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v94YzU via IFTTT
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब तात्दै छौं,’ एक आयुक्तले भने ।
सरकारका एक मन्त्रीका अनुसार आगामी साताको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।
आयोगले भने यसअघि नै गत २२ असारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन एकै चरणमा गर्नेगरी सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको छ ।
आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै सोहीअनुसारको समय माग गर्दै आएको छ । प्रधानमन्त्रीलाई सो विषयमा आयोगले ध्यानाकर्षणसमेत गराइसकेको छ ।
आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्ब ८० करोड खर्च भएको थियो ।
आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3olZ8HF via IFTTT
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको हो ।
सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oisXZI via IFTTT
काठमाडौं । सत्ता गठबन्धन यतिबेला फल पाकेको र खान मात्र बाँकी रहेको जस्तो व्यवहार गरिरहेका छन् । गठबन्धन बनाएरै चुनावमा जाने मौखिक सहमति बनिसकेको छ । तर, सहमति कार्यान्वयनमा लान कस्ले कति सिट तालमेलका बेला पाउने देखि चुनावपछि कुन कुन मुख्य पद कस्ले पाउने सम्मको भद्र सहमतिको विषय उठिसकेको छ ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कम्तिमा ६० र ४० प्रतिशत सिटको मोटामोटी सहमति बनिसकेको छ । चुनावपछि आलोपालो प्रधानमन्त्रीको भद्र सहमति पनि भएको छ ।
चुनाव देउवाले गर्ने र चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सहमतिको प्रयास भएको छ । त्यसबाहेक काँग्रेसले मागेको ९५ र ९० सिट सम्ममा सहमतिको खाका तयार छ । समाजवादी केन्द्र बनाएर बाँकी दलहरुले ७५ देखि ८० सम्मका सिट लिने गरी सहमति बन्नसक्ने बुझिएको छ ।
चुनावपछि राष्ट्रपति कस्लाई बनाउने भन्नेबारे पनि कुरा चुहिइसकेको छ । काँग्रेसबाट रामचन्द्र पौडेल, नेकपा एसबाट झलनाथ खनाल राष्ट्रपतिका दाबेदार छन् । खनाल राष्ट्रपतिको दाबेदार विगतमा पनि थिए । विद्या भण्डारीलाई ओलीले बढाएपछि बन्न सकेनन् । यसपटक भने उनी बन्न खोजिरहेका छन् । देउवा र प्रचण्डले माधव नेपाललाई अघि सार्ने गरी भद्र सहमति गर्ने सम्भावना नभएको होइन । यसो गर्दा नेकपा एस नै विघटन हुनसक्छ ।
चुनावपछि सभामुख र उपसभामुख कस्ले पाउने भन्नेबारे पनि चर्चा चलिसकेको छ । प्रचण्ड प्रधानमन्त्री बनेमा सभामुखमा काँग्रेसको बलियो दाबी बन्न सक्छ । राष्ट्रिय सभा सदस्यमा माओवादीको दाबी रहन सक्छ । उपसभामुखमा जसपाको दाबी देखिनसक्छ ।
प्याकेजमा यी सबै विषयमा सहमति गर्दा प्रदेशको सिट बाँडफाँडको विषय पनि आइसकेको छ । प्रतिशतको आधारमा प्रदेशमा पनि ६० र ४० गरेर जाने गरी खाका बनेको विश्वस्त स्रोतले बताएको छ ।
काँग्रेसबाहेकको गठबन्धनको दलमध्ये प्रतिनिधि सभातर्फ माओवादीले कम्तिमा ५० सिट मागिसकेको छ । बाँकी २५ देखि ३० सिट मिलेमा नेकपा एसले १५ सिट पाउने निश्चितप्रायः छ । बाँकी १५ सिटसम्म जसपा र जनमोर्चा नेपालले बाँड्नुपर्ने परिस्थिति आउँछ । तर, काँग्रेसभित्र व्यवस्थापनको चुनौती भएकाले सिट बाँडफाँडमा तलमाथि हुनसक्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zlxWip via IFTTT
काठमाडौं । सुवासराज काफ्लेले नेतृत्व गरिरहेको जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आज प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय शभा गृहमा उद्याटन कार्यक्रम गर्दै शुरु भएको छ ।
कम्युनिष्ट बिचारधारालाई अहिलेको समय सापेक्षितरुपमा बिकास र प्रयोग गर्न सके छोटो समयमानै नेपाललाई विश्वको उत्कृष्ट राज्यको रुपमा स्थापित गराउन सकिने लक्ष्य सहित गठन भएको यो पार्टीको बिकास मोडलको रुपमा रहेको स्टार मोडल यो राष्ट्रिय सम्मेलन बाट अनुमोदन गराएर कार्यन्वयनमा लैजाने गरि तयारि भई रहेको सम्मेलनमा सहभागि एक नेताले जानकारी गराएका छन् ।
कार्यक्रममा नेकपा एकता अभियानका संयोजक बामदेव गौतम , नेकपा मालेका महासचिव सि पि मैनाली , वैद्य समुहका प्रभावशाली नेता सिपि गजुरेल ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता नैन सिंह महरा ,मधेशका बामपन्थि नेता बब्लु सिंह , साहित्यकार प्रेम कैदी लगायत अन्य राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्ने सबै वक्ताहरुले राज्यको हरेक अंगमा तथा राजनैतिक नेतृत्वमा समेत पुस्ता हस्तान्तरणको समयआएको कुरालाई स्विकार गर्दै क्षमतावान र कुशल तथा नैतिकवान नेतृत्व आजको आवस्यकता रहेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता नैन सिंह महरले काँग्रेस ले अबलम्बन गरेको नितिले उत्पादन र फाईदाको मात्र कुरा गर्ने कम्युनिष्ट हरुको नितिले बितरणको मात्र कुरा गर्ने हो भने यो देशको बिकास हुन नसक्ने भन्दै बामपन्थिहरुले पुजिँवादको समय सापेक्षित प्रयोग गर्ने निति ल्याए देशलाई संमृद्धितिर डोहोर्याउन खासै अप्ठ्यारो अवस्था नरहेको बताएका थिए ।
मालेका महासचिब सिपि मैनालीले भने बामपन्थि बिचार भएका पार्टीहरुमा मालेमा वादलाई प्रयोग गर्ने सवालमा डंगुर मतभेद भएपनि राष्ट्र र राष्ट्रिय स्वाधिनताको सवालमा एकढिक्काहुनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय सम्मेलन भोलि सम्म चल्ने छ । उद्याटन सत्र राष्ट्रिय शभा गृहमा सम्पन्न गरेको यो सम्मेलनको बन्द सत्र कलंकिको एउटा पाटी प्यालेसमा हुने आयोजक पक्षले जानकारी गराएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v6t7qL via IFTTT
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए ।
नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गरे । उनले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भने । उनले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गरे ।
प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपाललाई विकासशील राष्ट्रको स्तरमा पु¥याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको र यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको बताए ।
उनले दिवसका सन्दर्भमा दिगो पूर्वाधार निर्माण कार्यमा गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जानकारी दिँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र उनीहरुका संस्थाको हुने स्मरण गराए । आम नागरिकमा रहेको विकासप्रतिको चाहनालाई मूर्तरुप दिने इन्जिनियर÷आर्किटेक्टको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै एशोसिएशनका अध्यक्ष डा हरिबहादुर दर्लामीले जनताको आवश्यकतालाई सम्बोधन गर्न यस पेशामा कार्यरतहरुको समस्यालाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aRBqzT via IFTTT
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।
संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो”, उनले भने, “छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो ।” छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताए ।
“संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो”, सभामुख सापकोटाले भने, “यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ ।”
मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल प्रभावित
सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताए । संसद्को चालु अधिवेशन बजेट अधिवेशन भए पनि महत्वपूर्ण विधेयक पारित भएको र केही विधेयक छलफलकै क्रममा रहेको उनले बताए ।
“चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन्”, उनले भने, “विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ ।”
विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले समितिका सभापतिको निर्वाचन गर्न प्रधानमन्त्रीसँग आफूले संवाद गरिरहेको बताए । ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनको विश्वास छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3RK2scT via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी ६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धी ३५, गैरकानूनी लाभहानी सम्बन्धी ३४, राजस्व हिनामिना सम्बन्धी ५, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ७ र अन्य विषयसँग सम्बन्धीत १२ वटा रहेका छन् ।
‘आर्थिक वर्ष २०७८/७९ मा दायर भएका १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी तीन जना, अन्य राष्ट्रसेवक कर्मचारी ३०८ जना, बिचौलिया÷मतियार लगायत अन्य १७२ जना, भूतपूर्व मन्त्री एक जना र निर्वाचित÷मनोनित पदाधिकारीहरु १५५ जना रहेका छन्,’ प्रवक्ता भण्डारीले जानकारी दिए ।
गत आर्थिक वर्ष दायर गरिएका मुद्दाका प्रतिवादीहरुसँग २ अर्ब ७८ करोड ४३ लाख ३२ हजार ७१० रुपैयाँ बिगो माग दाबी गरिएको छ । गत आर्थिक वर्ष अदालतबाट भएका १४८ फैसलामध्ये ५८ वटा (३९.१९ प्रतिशत) मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा अदालतबाट भएका मुद्दाको फैसला ११३ रहेको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दाको संख्या ८१ (७१.६८ प्रतिशत) रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3RLnmZ8 via IFTTT
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनाले अझैसम्म वित्तिय व्यवस्थापन गर्न सकेको छैन । ९०० मेगावाटको विद्युत आयोजना निर्माणका लागि भारतको ग्रान्डी मल्लिकार्जुन राओ (जीएमआर) समूहले ८ वर्ष अघि लाइसेन्स पाएको थियो । तर, उक्त कम्पनीले अझै पनि वित्तीय व्यवस्थापन गर्न सकेको छैन ।
१९ सेप्टेम्बर २०१४ मा लगानी बोर्ड र जीएमआरबीच विद्युत विकास सम्झौता भई ७ वर्षभित्र निर्माण पूरा गर्ने उल्लेख थियो । तर, निर्माण पूरा भइसक्नुपर्ने शर्तबमोजिमको समयमा पनि जीएमआरले वित्तीय व्यवस्थापन गर्न सकेन ।
माथिल्लो कर्णालीमा वित्तीय व्यवस्थापन गर्न सरकारले पटक पटक समय थपेको छ । मन्त्रिपरिषदको बैठक १ साउनमा सार्वजनिक गरिएकोमा वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप्ने निर्णय भएको उल्लेख छ । यसअघि लगानी बोर्डको बैठकले जीएमआरलाई लगानी व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने सिफारिश गरेको थियो ।
माथिल्लो कर्णालीको ९०० मेगावाटमध्ये ५०० मेगावाट बङ्गलादेशलाई निर्यात गर्ने लक्ष्य लिइएको छ । भारतलाई २९२ मेगावाट निर्यात गर्ने लक्ष्य उल्लेख छ ।
सन् १९९० को दशकमा २४० मेगावाटको सम्भाव्यताको योजना बनाइएकोमा सन् २००८ मा ९०० मेगावाट अनुमोदन गरिएको थियो ।
बङ्गलादेशसँग विद्युत खरिद सम्झौता पीपीएमा सहमति भइसकेको छ । तर, वर्षौ देखि यो आयोजना अलमलमा छ ।
माथिल्लो कर्णाली परियोजनाबाट नेपालले १०८ मेगावाट बिजुली निःशुल्क पाउने गरी सम्झौता भएको थियो । निर्माण समयमा हुनु त परै जाओस् वित्तीय व्यवस्थापन पनि गर्न नसक्दा अनुमानित लागत नै बढेको छ । नेपालमा लाइसेन्स लिने तर समयमै काम नगर्ने कम्पनीहरुको परिपाठी रहेकोमा माथिल्लो कर्णालीमा पनि त्यस्तै देखिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OdRzxk via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैली प्रति आफू सन्तुष्ट नरहेको बताए । ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन । अब आफ्नै पार्टीको सरकारको बचाउन गर्न सक्ने अवस्था रहेन,’ उनले भने ।
आफूहरूले हिजो केपीलाई सरकार कसरी चलाउनु पर्छ भनेर प्रश्न गरेको भन्दै महामन्त्री थापाले आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको आरोप लगाए ।
पार्टीमा केही व्यक्तिले सभापति शेरबहादुर देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित नहुने उनको तर्क छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IGK00V via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला तीन दिने भ्रमणको लागि नयाँ दिल्लीमा छन् ।
दिल्लीमै स्वास्थ्योपचार गराईरहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवासँग दाहालको भेटवार्ता भएको थियो । सो भेटवार्ताबारे अनर्गल टिप्पणी गरिएको भन्दै दाहालको सचिवालयले त्यस्तो प्रचार र टिप्पणीको खारेज गरेको जनाएको छ ।
दाहालको सचिवालयले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ-
गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा ज्युको निमन्त्रणामा तीन दिने सदभावना भ्रमणका लागि नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँको दैनिक भेटघाट र कार्यक्रम सबै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमले प्रशारण गरिरहेका छन।
आज बिहान भारतका लागि नेपाली राजदुतावासमा महामहिम शंकर प्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनु भएकी काङ्ग्रेस नेतृ डा आरजु राणा देउवासङ्ग कमरेड अध्यक्षको ब्रेकफास्टकै क्रममा सामुहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नु भएको थियोे। भेटघाटको क्रममा दूतावासका कर्मचारी सहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो।
यस विषयलाई लिएर केहि मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ।
त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पुर्णतः खारेज गर्दछौं । कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।
हाम्रो देश र जनताको हित बाहेक अरु कुनै स्वार्थ छैन । राष्ट्रिय स्वार्थ प्रती प्रतिवद्द रहि छिमेकीसङग टेबुलमा बसेको एक राष्ट्रनायक प्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ। धन्यवाद
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cpIUuw via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित उनी पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ । पर्साको वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारीणी बैठकले उनीहरुमाथि कारबाही गरेको हो ।
भट्टराईसहित नेताहरु हिसिला यमी, महिन्द्र राय यादव, गंगा श्रेष्ठलगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिए । अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aFFN0I via IFTTT
काठमाडौं । निर्मल बाल विकास विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनर्स्थपना गर्ने उदेश्यले काठमाडौमा स्थापना गरिएको सरकारी विद्यालय हो । यस विद्यालयले वि.स.२०३८ सालमा काठमाडौको पुरानो बनेश्वर स्थीत भिमसेनगोलामा रहेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवहारिक ज्ञान, सीप द्धारा उनीहरुको क्षमता र रुची अनुसार शिक्षा प्रदान गर्दै आएको छ ।
यस विद्यालयले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक विकासका लागि विभिन्न सयमा स्वरोजगार हुन सकिने सीप मूलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । यस विद्यालयले यस्ता विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने क्रममा यही असार २२ गते देखि २६ गते सम्म ५ दिन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई कागज तथा सालको पातको दुना, टपरी, प्लेट बनाउने तालिम प्रदान गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कोषले आर्थिक रुपमा सहयोग गरेको तालिम बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र तिनका अभिभावकहरुलाई आत्म निर्भर गरोने उदेश्यले सञ्चालन गरिएको तालिमको प्रमाण पत्र तालिम समापन समारोहका प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नं ३१ क वडा अध्यक्ष सरोज ढकालले प्रदान गर्नु भएको थियो ।
यस कार्यक्रममा काठमाडौं बालाजु निवासी १७ वर्षिया बौद्धिक अपाङ्गता व्यक्ति दिक्षान्त पोखरेलकी आमा धनाकुमारी ढकालले यो दुना टपरी बनाउने सीप मूलक तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै यो तालिमले आर्थिक अवस्थामा सुधार ल्याउन सहज हुने र अभिभावकहरु मिलेर भविश्यमा यस तालिममा सिकेका सीप तथा ज्ञानलाई सही उपयोग गर्दै व्यवसाय गर्ने कुरामा जोड दिनु भयो ।
साथै उहाँले यो तालिममा सहभागी हुने अवसर प्रदान गर्नु भएकोमा निर्मल बाल विकास विद्यालय परिवार र प्रधानाध्यापक ज्योती खनाल भट्टराईलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । तालिम पश्चात प्रमाण पत्र वितरण समारोह कार्यक्रममा अभिभावक एवं यस तालिमका संयोजक पूर्णमान श्रेष्ठले कागज तथा सालको पातको दुना, टपरी तथा प्लेटहरुको बजारमा माग रहेकोले यो तालिम निकै नै प्रभावकारी हुने र यस तालिमको सही उपयोग गर्ने बताउनु भयो ।
त्यसै गरी तालिमका प्रशिक्षक कृष्ण खड्गीले यो दुना, टपरी तथा प्लेट बनाउने मेसिन आफैले निर्माण गरेको, यो मेशिन यस विद्यालयललाई र माग गर्ने अभिभावकहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउने भन्दै अभिभावहरुले निकै नै उत्साह पूर्वक यस तालिममा सहभागी हुनु भएको बताउनु भयो ।
साथै उहाँले यस तालिममा सिकेका सीप तथा ज्ञानहरुलाई सदुपयोग गरी व्यवसाय गर्न चाहने अभिभावकहरुलाई उत्पादन सामाग्रीको बजार व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै यस तालिमले अपाङ्गता भएका व्यक्तिहरु तथा अभिभावकहरुलाई रोजगार तथा स्वरोजगारमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा काठमाडौं ज्ञानेश्वर निवासी २२ बर्षिय बौद्धिक अपाङ्गता व्यक्तिकी आमा मिना कार्कीले यो तालिमले आफुलाई स्वरोजगार बनाउन सहयोग गर्ने, आर्थिक उन्नती हुने, उत्पादन सामाग्री खपत हुने हुदा ज्यादै खुशी लागेको र यहाँ सिकेको सीपलाई उपयोग गर्ने बताउदै आयोजक संस्थालाई विशेष धन्यवाद दिनु भयो भने काठमाडौं धुमबराही निवासी २६ बर्षिय बौद्धिक अपाङ्गता व्यक्ति रजनी श्रेष्ठकी आमा प्रेम कुमारी श्रेष्ठ पनि यो स्वरोजगार मुलक तालिम लिन पाउदा ज्यादै खुशी लागेको भन्दै यस तालिम मार्फत आफुले पनि समुहगत रुपमा दुना, टपरी बनाउने र स्वरोजगार भएर आर्थिक उपार्जन गर्न तर्फ लाग्ने भन्दै यो अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।
प्रमाण पत्र वितरण कार्यक्रममा नुवाकोट स्थाई ठेगाना भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका निवासी १६ वर्षिय बौद्धिक अपाङ्गता भएकी व्यक्ति आयश्रेया गुरुङ्की आमा लक्ष्मी गुरुङ्ले यो तालिम ज्यादै महत्वपूर्ण र स्वरोजगार मूलक भएकोले छोरीले राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता संकलन गरि राखेको र त्यही रकममा अन्य आवश्यक रकम थप गरेर कागज र सालको पातको दुना टपरी बनाउने मेशिन खरिद गरी स्वरोजगार बन्ने योजना रहेको बताउनु भयो ।
साथै तालिम पश्चात छोरी उत्पादन सामाग्रीहरु संकलन गरी प्याकिङका साथै उचित व्यवस्थापन गर्न सक्ने हुदा काम काम गर्न सहज हुने भन्दै तालिम प्रदान गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो । भने तालिममा सहभागी अर्का अभभिावका सानु बस्नेत पनि यो तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस तालिममा सिकेको सीपलाई उपयोग गर्ने बताउनु भयो ।
तालिम आयोजक संस्था निर्मल बाल विकास विद्यालयका कार्यवाहक अध्यक्ष विनेद क्षेत्रीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई स्वरोजगार बनाएर आर्थिक स्तर उकास्नका लागि यो तालिम प्रदान गरिएको भन्दै यो ५ दिने सीप मूलक तालिम प्रभावकारी भएको बताउनु भयो ।
यस ५ दिने तालिम पश्चात असार २९ गते बुधबारका दिन आफ्नै कार्यलय परिसरमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीप्रसाद भट्टराईले दुना टपरी उत्पादन गर्ने मेशिनको अवलोकन गर्दै तालिममा सहभागी अभिभावकहरुलाई अबका दिनमा यस तालिममा सिकेका सीप तथा ज्ञानको सदुपयोग गर्दै स्वरोजगारी हुन आग्रह गर्नु भयो ।
साथै उहाँले यस तालिमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक उपार्जनक लागि सहज हुने, समाजमा उदारहणिय काम हुने, समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति सकारात्मक परिर्वतन आउने कुरामा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PpQfIr via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन् ।
“संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ”, उन भने । पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गरे । उनले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताए । “देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ”, उनले भने । राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताए ।
उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । शिक्षाको पहुँच ग्रामीण स्तरसम्म पुगे पनि गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको समस्या भएको बताए । प्रविधिमूलक शिक्षालाई जोड दिनसके बेरोजगारीको अन्त्य हुने उनको भनाइ थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै रोजगारी प्रदान गर्ने खालको शिक्षा दिनेगरी अबको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए । सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पु¥याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nZbzsI via IFTTT
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।
गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी छिन् ।
बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनमा दिएका थिए । उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्सीय छानबिन समिति बनाएर काम थालेकाे १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार समिति गठन भएको झन्डै एक सातापछि समितिको बैठक बस्न लागेको हो । गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्सीय रहेका छन । जसअनुसार खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3O5S5gw via IFTTT
काठमाडौँ । सांसद वामदेव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाका उपसमाभुख पदहरु खाँली रहनु लज्जाको विषय भएको र यसमा महिला पदहरु भएकाले अहिलेसम्म पूर्ति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेपालको संविधानमा भएको व्यस्थालाई कार्यान्वयन नगर्नु लज्जाको विषय भएको बताए । “राष्ट्रियसभा उपाध्यक्ष नभएको चार महिना भयो, प्रतिनिधिसभामा चार वर्षदेखि उपसभामुख नै छैन”, सांसद गौतमले भने, “लाजमर्दो स्थिति छ, पुरुष भएको भए चार दिनमै राखिन्थ्यो तर महिला भएकाले अहिलेसम्म उपाध्यक्ष खाली छ ।”
उनले नेपालको संविधानमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि संसद्ले नै संविधानको कार्यान्वयन गरेर काम नगरेकोप्रति महिला सांसदहरु बोल्नुपर्ने जरुरी भएको बताए । “संविधानमा नै प्रष्ट रुपमा लेखिएको छ, सभामुख पुरुष भए उपसभामुख महिला हुने वा सभामुख महिला भए उपसभामुख पुरुष हुनेछ भनेर, त्यस्तै व्यवस्था राष्ट्रियसभामा पनि छ”, सांसद गौतमले भने, “दुवै सदनमा महिला अनिवार्य भएको पदमा छैनन्, महिला सांसदहरुले यसबारेमा आन्दोलन नै गर्नुपर्ने होइन ?
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IwWfgv via IFTTT
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लादहन गरेकोछ । यसले आज सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रधानमन्त्री देउवाको पुत्लादहन गरेको हो ।
आज (मंगलबार) युवा संघका कार्यकर्ताले काठमाडौमा माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले ‘हतियारको खेलोमा, श्रीलंकाको मेलोमा, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार’, जस्ता सरकारविरोधी नारा लगाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NWpUkg via IFTTT
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।
‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ ।
आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो । राजधानी दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cac5Bj via IFTTT
काठमाडौं । राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) र टोखा नगरपालिका वडा नं १० बसुन्धारामा रहेको ग्रीनसिटी अस्पताल बिच राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा )का सदस्यहरुलाई अस्पतालले प्रदान गर्न सक्ने सेवा सुबिधामा छुट दिने बिषयमा आज सम्झौता भएको छ ।
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगाना तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर आजैबाट २ बर्षका लागि लागु हुनेगरी यो संझौता गरीएको हो ।
सम्झौता को बारेमा बोल्दै ग्रीनसिटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले यो भन्दा अगाडी पनि अस्पतालले आफ्नो सेवामुलक ब्यबसायको सामाजिक उत्तरदायीत्व अन्तरगत गर्नुपर्ने सबै काम गरीरहेको र राज्यको चौथो अंग कोरुपमा रहेको संचार क्षेत्रलाई समेत सहयोग गर्न पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताउनु भयो ।
नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले यस्ता सामाजिक सेवा अन्तरगत लिन मिल्ने सेवा र सुबिधा हरुलाई पत्रकारको पहुँच सम्म पुर्याउन सके पत्रकारको जीवनस्तर उठाउन मद्यत पुग्ने हुनाले अब नोजाको पहलमा बिभिन्न संघ संस्था ,कम्पनि तथा सेवाहरुमा सम्झौता गरेर नोजालाई ब्यबस्थित बनाएर अगाडी लैजाने सोचका साथ यो कार्यलाई अगाडी बढाएको बताउनु भयो ।
कार्यक्रममा रे टेलिभिजन , सारा खबर , राष्ट्रिय खवर , ए बि सि टेलिभिजन, साझा सवाल डटकम , मुग्लानी खवर लगाएतका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सम्झौतामा अस्पतालले प्रदान गर्नसक्ने सेवा सुबिधामा तोकीएको प्रतिशतमा छुट तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पत्रकारको हकमा नोजाको बिशेष सिफारीसको आधारमा निशुल्क उपचारको ब्यबस्था मिलाउन अस्पताल पक्ष सहमत भएको छ ।
सम्झौता अनुसार नोजामा आबद्ध मिडियाहरुले अस्पतालको बिज्ञापनमा ५० प्रतिशत छुट सहित प्रकाशन गर्नुपर्ने छ ।
यस्ता सम्झौता हरुबाट श्रमजिवि पत्रकार हरुले अकालमा ज्यान गुमाउनु पर्ने अबस्थाबाट मुक्तहुने तथा पत्रकारको जिवन स्तर उठाउन समेत मद्यत पुग्ने नोजाका अध्यक्ष मुकुन्द ढुंगानाको दावी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yYdJ1V via IFTTT
काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
“सौहार्द्रपूर्ण वातावरणमा वार्ता सम्पन्न भयो । वार्तामा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतालाई पार्टीका तर्फबाट स्वागत गर्नुभयो । चीन र नेपालका बीचमा राज्य–राज्य, जनता–जनता र पार्टीहरूका बीचमा पनि राम्रो सम्बन्ध भएकामा आभार व्यक्त गर्नुभयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटमा अध्यक्ष दाहालले आगामी दिनमा दुई देशका सहकार्यका क्षेत्रमा अझ राम्रो सम्बन्ध हुने भन्ने विश्वास व्यक्त गरेका थिए । माओवादीका तर्फबाट नेपालका सबै पार्टी र जनता एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई असल छिमेकीका रुपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गरेका नेता श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष दाहालले नेपालको विकासको प्रक्रियामा चीनले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको ध्यानाकर्षण गराएका थिए । “विशेषतः चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न आग्रह गर्नुभयो”, भेटमा सहभागी नेता श्रेष्ठले भने ।
“नेपाल चीनलाई असल मित्रका रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीतिमार्फत राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा सिङ्गो नेपाल राज्य, नेपाल सरकार र माओवादी पार्टी प्रतिबद्ध छ”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै नेता श्रेष्ठले भने ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता लिउले माओवादी केन्द्र, नेपालका सबै राजनीतिक पार्टी, नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतामा एकै ठाउँमा रहेकामा खुसी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गरको थिए ।
नेपालको विकासको प्रक्रियामा आगामी दिनमा सधैं चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताका सन्दर्भमा नेपालले ठोस योजना छनोट गरेको अवस्थामा त्यसलाई अगाडि बढाउन सकिने बताएको नेता श्रेष्ठले जानकारी दिए। नेपाल र नेपालका कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति रहेको उहाँले जानकारी गराएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Iti1Sj via IFTTT
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले सात वटा समितिहरु गठन गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको दशौ नगर सभाले नगर कार्यपालिका (कार्यसम्पादन ) नियमावली २०७५ को दफा १५ बमोजिम विभिन्न विषयगत समितिहरुका संयोजक तथा सदस्यहरुको नाम अनुमोदन गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा उपप्रमुख अनिता लामाको उपस्थितिमा भएको सो नगर सभाले समिति गठन सहित ४७ वटा प्रस्तावहरु पारित गरेको छ।
को को बने समितिका संयोजक र सदस्यहरु ?
१. पूर्वाधार विकास समिति
संयोजक : सुरेन्द्र लामा
सदस्य : बस नारायण महर्जन
सदस्य : गंगा परियार
सदस्य :विक्रम श्रेष्ठ
सदस्य : सबिन अधिकारी
२.सुशासन समिति
संयोजक : शम्भु प्रसाद भट्टराई
सदस्य :राजेन्द्र श्रेष्ठ
सदस्य :मुना देशार
सदस्य :झपट कार्की
सदस्य :बालमाया श्रेष्ठ
३. सामाजिक विकास समिति
संयोजक : शान्ता ढकाल पुडासैनी
सदस्य :राममाया महर्जन
सदस्य :मेन्दोक लामा शेर्पा
सदस्य :सुशिला रम्तेल
सदस्य :मेनुका भुषाल
४.विधायन समिति
संयोजक :गोमा मंग्राती
सदस्य :रिता दाहाल
सदस्य :कृष्ण खत्री
सदस्य :हेब्सिबा तामाङ
सदस्य :मंगल नगरकोटी
५.आर्थिक विकास समिति
संयोजक : रिना श्रेष्ठ
सदस्य :सुमी परियार
सदस्य :मैना पराजुली
सदस्य :मिना बयलकोटी
सदस्य :श्याम तामाङ
६.बन ,वातावरण तथा विपद व्यवस्थापन समिति
संयोजक :राम कुमार रोक्का
सदस्य :बुद्धिमान लामा
सदस्य :राममाया बिक
सदस्य :रण बहादुर तामाङ
सदस्य :बिनोद थापा
७.लेखा समिति
संयोजक : राजकाजी श्रेष्ठ
सदस्य :चण्डिका रैला
सदस्य :तारा मिजार
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3RrcijK via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी फुटको नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक डाकेपछि फुटको नजिक पुगेको हो ।
यादवले वीरञ्जनमा असारको २९ र ३० गते बैठक डाकेका छन् । भट्टराई त्यसभन्दा एक दिन अघि २९ र २९ असारमा काठमाडौंमा बैठक डाकेका छन् । बैठकमा सहभागिताले कस्को पक्षमा बहुमत छ भन्ने देखिनेछ ।
उपेन्द्र यादवले बाबुराम भट्टराईलाई बेवास्ता गरी मन्त्री फिर्ता बोलाउने र नयाँ बनाउने निर्णय लिएपछि जसपाको विवाद अझ चुलिएको छ । यादवले अशोक राई र मधेश प्रदेशमा आफ््नो विरोध गरिरहेकाहरुलाई हातमा लिएका छन् । राजेन्द्र श्रेष्ठ मन्त्री यथावत् छन् । प्रदीप यादव र मोहम्मद इस्तियाक राईलाई मन्त्री बनाएर थमथमाएका छन् ।
मन्त्री बनाएका नामहरुप्रति उपेन्द्रसँग जसपा नेताहरु असन्तुष्ट छन् । यादवलाई अमृता देवी अग्रहरी, नरमाया ढकाल, प्रमोद साह, डा. सुरेन्द्र यादवले गुट परिवर्तन गरेर चुनौती दिने बुझिएको छ । महेन्द्र राय यादव बाबुरामकै पक्षमा छन् ।
यादवको समूहमा अशोक राई पक्षधरका अलावा, प्रदीप यादव, मोहम्मद इस्तियाक राई पनि छन् । उनीहरुले कति जना सांसद र कार्यकारिणी समितिको सदस्य व्यवस्थापन गर्न सक्छन् चासोको विषय बनेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3awyqc3 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पोलिटव्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् ।
माओवादीको १२५ पोलिटब्युरो सदस्यमा उनीहरुको नाम पनि परेको हो ।
बिना मगर प्रतिनिधि सभामा प्रत्यक्षबाट सांसद छिन् भने रेनु भरतपुर महानगरको प्रमुख हुन् ।
माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरेका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NRgGWg via IFTTT
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिकताको खडेरी परिरहेको मुलुकको राजनीतिमा प्रश्न उठेपछि राजीनामा दिएर अर्थमन्त्री जनार्दन शर्माले उच्च राजनीतिक संस्कार देखाएको बताएका छन् ।
राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएको प्रश्नको जिज्ञासाको जवाफ दिँदै उनले माओवादीले मात्रै नेपाली राजनीतिमा नैतिकताको संस्कार र त्याग पनि हुन्छ भन्ने विषयको सञ्चारसमेत भएको बताए। अर्थमन्त्रीका रूपमा नेता शर्माले कुनै गलत काम नगरेको स्पष्ट पार्दै अध्यक्ष दाहालले बजेटमा समावेश भएका कतिपय प्रगतिशील विषय केही मानिसलाई मन नपरेको उल्लेख गरे ।
उनले वर्तमान सरकार र गठबन्धन बनेदेखि नै यसलाई टुटाउनका लागि अनेकन प्रयास भइरहेको तथ्य पेस गर्दै अर्थमन्त्रीको मानमर्दन गरिनु पनि त्यसैको निरन्तरता भएको अथ्र्याउए। “अर्थमन्त्रीले आफूले कुनै पनि गलत काम नगरेको भनेर पटक–पटक प्रष्टिकरण दिँदै आउनुभएको र बुधबार संसद्मा आफ्नो कुरा स्पष्टसँग राखेर राजीनामा दिनुभएको छ, यसले त्याग र नैतिकताको सन्देश गएको छ”, अध्यक्ष दाहालले भने।
बजेट निर्माणको अन्तिम दिन अनधिकृत मानिसलाई प्रवेश गराएको लगायतका विषयमा प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । त्यस सम्बन्धमा छानबिनका लागि प्रतिनिधिसभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
अनावश्यक विषयलाई उचालेर माओवादी नेतृत्वको मानमर्दन गर्ने र गठबन्धन धरापमा पार्न सकिन्छ कि भन्ने ध्येयका साथ केहीले गलत राजनीति गर्न खोजे पनि उनीहरू परास्त भएको अध्यक्ष दाहालको भनाइ छ । यही असार १९ गते आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोही दिन र सोमबार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uvSylm via IFTTT
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OD4ObL via IFTTT
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।
जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षमा छैटौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bK90Ia via IFTTT
जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् ।
राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको जसपा स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्रीहरुको सपथ आज वा भोलि हुने पनि स्रोतको दावी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NI6CPg via IFTTT
गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर निमार्णाधिन अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गरेका छन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा समेत गरेका छन् ।
सर्वोच्च अदालतले १२ जेठमा निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो । त्यो फैसलाको पूर्णपाठ बुधबार आएको छ, जसले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो खुला भने बन्द गरेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।
विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताए । समयमै विमानस्थल निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्रयाकको औचित्य समेत पुष्टि नहुने उनको तर्क छ । ‘फाष्ट ट्रयाकको डिपीआर बनाउँदा नै निजगढ एयरपोर्टको आवश्यकतालाई मध्यनगर गरेर नै गरिएको हो,’ प्रचण्डले भने ‘यो राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्ट हो । यसले देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउँछ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bLSuqV via IFTTT
बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले आवेगमा आएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले ठहर गरेको छ ।उक्त घटना छानबिनका लागि सरकारले आर्थिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा संयोजक, कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।
विमलाले एकराजसंग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए ।विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी र १५ गते राजीनामा स्वीकृत भएको थियो ।
राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् ।
घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीकै निर्देशनमा बुटवल ल्याइएको थियो ।
मन्त्रीको कमजोरी भेटिएकाले राजीनामा दिन लगाएर मात्रै प्रतिवेदन सार्वजनिक गरिएको श्रोतको दाबी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OYodUd via IFTTT
काठमाडौं । तामाङ चलचित्र काख्रे आज काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा प्रतिनिधि सभा सदस्य बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम बिच प्रदर्शनीको भएको छ ।
कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्व हरुलाई सम्मानपत्र , कदर पत्र र प्रशंसा पत्र माफर्त सम्मान गरीएको थियो । सोहि क्रममा मिडिया क्षेत्रबाट तामाङ चलचित्रमा योगदान दिएको भन्दै सारा खबर डटकम का सन्चालक मिलन कुमार लामा दोङ लाई सम्मान गरीएको थियो ।
कार्यक्रममा तामाङ समुदायको चर्चित नायक तथा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान , तामाङ महानायकका उपाधि पाएका अमिर दोङ , नायीका चाँदनी मोक्तान लगायत कलाकार , बिभिन्न बिधाका पत्रकार , राजनितिज्ञ ,समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्रको प्रिमियर सो मा नाचघरको हल खचक्कै भरीने दर्शकहरुको उपस्थिति रहेको थियो ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।
काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । काख्रे कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको कमेडी चलचित्र हो ।
चलचित्र काख्रेको मध्यान्तर सम्म हुटिङ सहित रमाउँदै चलचित्र हरीरहेका दर्शकहरु मध्यान्तर पछाडी भने केहि निराश बनेका थिए । पर्दामा चलचित्र देखिदाँ संग संगै २ वटा आवाज आएर चलचित्रलाई खल्लो बनाएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।
समग्रमा चलचित्र राम्रो हुँदा हुँदै पनि केहि प्राबिधिक समस्याको कारण यस्तो भएको चलचित्र निर्माण पक्षले स्विकार गर्दै आम दर्शकहरु संग क्षमा याचना समेत गरेको छ ।
नाायक ऋतुराज पाख्रिन तथा निर्देशक रोशन फ्युवाले आफुहरुको कमजोरी स्विकार्दै अब आईन्दा यस्तो हुन नदिने प्रतिबद्धता सहित आम दर्शकहरुमा क्षमायाचना गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yb6WjR via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय गरेको छ ।
केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको अध्ययनपछि शुक्रबार आयोगले दर्ता गर्ने निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।
१८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3acp9pd via IFTTT
काठमाडौं । सुनिता लुङ्बाको अभिनय रहेको ब्यबसायीक कमेडी तामाङ चलचित्र काख्रेले असार १८ गते शनिवार जमलको राष्ट्रिय नाचघरमा बिशेष प्रदर्शनी गर्ने समय आउन १ दिन मात्र बाँकी हुँदा लुङ्बा अभिनित अर्को तामाङ चलचित्र दार्बुङको पनि बिशेष प्रदर्शनी हुने मिति तथा ट्रेलर सार्वजानिक भएको छ ।
कोरोना माहामारी र त्यसले मनोरन्जन क्षेत्रमा पारेको प्रभावसंग तामाङ समुदायको अगुवाईमा बनेका चलचित्र र म्युजिक भिडियोले जुध्नु परीरहेको अवस्थामा तामाङ चलचित्र उद्योगमा नायीका तथा संचारकर्मी सुनिता लुङ्बाको नाम अग्र स्थानमा आउन थालेको छ ।
आज बौद्धको मःम प्लाजामा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माता टिमले एच एम एम मिडिया युटुयुब च्यानल मार्फत प्रमो सार्वजानिक तथा असार ३२ गते राष्ट्रिय नाचघर जमलमा बिशेष सो हुने जानकारी गराएको हो ।
कार्यक्रममा तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो भने नायक तथा निर्देशक अमिर दोङ ,नायीका चाँदनी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
पत्रकार हरुले सोधेका प्रश्नको जवाफ दिदैं निर्देशक हुत्त सन्जय लामाले चलचित्र प्रमोशन बाहेक करीब १३ लाखको लगानीमा गाउँघरमा हुने र देखिने बिभिन्न घटनाहरुमा आधारीत रहेर बनेको बताएका छन् । एउटा नारीको ईच्छा आकांक्षा र अपांग भएर जिउनुको पिडालाई चलचित्रमा समेटिएकोले चलचित्र हेरुन्जेल दर्शकहरु निदाउन नपर्ने निर्देशक लामाको दावी छ ।
चलचित्रको शिर्शक को बिषयमा पत्रकार मिलन लामा र निर्माण पक्षबिच एकै छिन दोहारी नै चलेको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै नायक कुमार मोक्तानले तामाङ चलचित्रको बजार सानो छ भन्ने मानसिकता हटाएर अरु चलचित्र झैं प्रतिश्पर्धामा जान सक्ने बनाउन सबैले प्रयास गर्नुपर्ने बताउनु भयो । अहिलेको मुख्य बजार भनेको युट्युब भएको ले त्यसमा ट्र्ेडिङ नं १ मा आउन सक्ने म्युजिक भिडियो तथा चलचित्र निर्माण गर्न सके मात्र अरु संग प्रतिश्पर्धा गर्न सकिने मोक्तानले बताउनु भयो । तामाङ कलाकार ,निर्माता ,निर्देशक तथा कलाकारहरुले कुनै पनि बिषयमा गम्भिर अध्ययन नगर्ने र रचनात्मक सोच बाट अगाडी नबढ्ने हो भने तामाङ चलचित्र क्षेत्र अझ खस्किने अबस्थामा रहेको बताउनु भयो ।
चलचित्रमा निर्देशक–हुत्त सन्जय लामा , अर्जुन खड्का , निर्माता – लोसाङ लामा ,इकेस लामा , सह निर्माता –पर्खाइ मोक्तान ,भुईसाल लामा , द्वन्द –सुरज श्रेष्ठ , गितकार –सम्झना लामा , बुद्ध ब्लोन तामाङ,संगीतकार–कार्साङ लामा ,पाश्र्व संगीत –कार्साङ लामा , पाश्र्व गायक ÷गायीका – बबिता पाख्रीन ,पुजा लामा ,आकाश ब्लोन , कार्साङ लामा , सम्पादन –अजून खड्का , मिक्सिङ– दिपक ताामङ , छायांकन— प्रज्वल राउत ,मेकअप – नरेश खरेल , प्रमोशन गीत –जितु लोप्चन , प्रयास दोङ रहेका छन् भने स्वर्गिय जयनन्द लामा ,हुत्त सन्जय लामा ,सुनिता लुङ्बा ,मान बहादुर तामाङ,सिर्जना गोले , डोमो ह्योल्मो ,मायादेवी मोक्तान ,भइसाल लामा , राजकुमार तामाङ ,इन्द्र बहादुर स्याङ्तान , दोर्जे मोक्तान , करेशा वाइबा ,सुस्मिता तामाङ, राम तामाङ , पेमा योन्जन, दिपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिष्टल मगर, सुनमाया तामाङ, तथा सागर लामा लगाएतको अभिनय रहेको निर्माण पक्षले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yJlMjn via IFTTT
काठमाडौं । काख्रे चलचित्र प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको नायक तथा लेखक ऋतुराज पाख्रिनले जानकारी दिएको छ ।
असार १८ गते शनिबार दिनको ठिक १:०० बजे काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा पूर्व सांसद बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा काख्रे चलचित्रको प्रिमियर शो हुनेछ । कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।
असार ३ गते काख्र चलचित्रको टेलर सार्वजनिक भएको थियोे । पत्रकार सम्मेलन मार्फत राष्ट्रिय नाँचघर जमलमा प्रिमियर शो हुने जानकारी दिएका थिए । अहिले सम्पूर्ण तयारी पूरा भएको काख्रे निर्माण टिमले बताएका छन् ।
काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको चलचित्र भएको बताएको छ ।
यसैगरी निर्देशक रोशन फ्युवाले अहिलेसम्मकै तामाङ समुदायको ब्याङ्ग्यात्मक पहिलो चलचित्र भएको दाबी गरेका छन्। नायिका सुनिता लुङ्वाको भनाइ भने यस्तो छ । “मैले यो चलचित्रमा फरक भुमिकामा अभिनय गरेको छु ।
यो भन्दा धेरै चलचित्रहरुमा मुख्य भुमिकामा अभिनय गर्ने अवसर मिल्यो तर यो चलचित्रले जस्तो फरक सन्देश अरु चलचित्रबाट दिन सकेको थिएन तर असार १८ गते सबैले राम्रै सन्देश बोकेर जानेछन् भन्नेमा म ढुक्क छु ।” काख्रे चलचित्रले वर्तमान युवाहरूले काठमाडौंमा बोकेका समस्याहरुलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गरेको पाइन्छ ।
काठमाडौंको डिस्कोथेग तिर महिलाहरुको जीवन अवस्थाको बारेमा काख्रे चलचित्रबाट थाहा पाउने लेखक ऋतुराज पाख्रिनको दाबी रहेको छ ।
यो चलचित्रमा नायिका सुनिता लुङ्वा, नायक ऋतुराज पाख्रिन,हास्यकलाकार कुइसाङ रुम्बा मोडल प्रभा घिसिङ …… लगाएतको कलाकारहरुको अभिनयबाट आन्नद लिन सकिने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NAqrYW via IFTTT