काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् ।
थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् ।
गगन थापाले आफ्नै गुट तयार गरेको बुझिएको छ । उनले काँग्रेसभित्रका युवाहरुको ठूलो समूहलाई साथ लिएर सक्रियता बढाएका छन् । थापाले आफू देशको भावी प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरिरहेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक निर्वाचित भइसकेका थापा यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । युवाहरुको पक्षमा लहर नै आइरहँदा थापाले देशभर काँग्रेसबाट युवाहरुले उम्मेदवार बन्ने माहोल तयार गर्न खोजिरहेको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bEPz3o via IFTTT
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् । उनले आज राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
ओहदाको प्रमाणपत्र बुझ्दा श्रीवास्तवको साथमा भारतीय राजदूतावासका उच्च अधिकारीहरु पनि उपस्थित थिए । राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न हालैमात्र नेपाल आएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OCcZ8j via IFTTT
काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छिन् । दाङ्गस्थित एकराज बस्नेतको घरमा विहानै पुगेर पत्नी र छोरीलाई कुटपिट गरेको आरोप लागेको दुई हप्तापछि उनको राजीनामा आएको हो ।
राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलबहादुर केसीले राजीनामा दिन दबाब दिएको बुझिएको छ । वलीको विषयमा छानविन चलिरहेको छ ।
वली दाङबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनका पति उत्तरकुमार वलीको निधन भएपछि उपनिर्वाचनमा विमला नेकपाको सूर्य चिन्हबाट विजयी भएकी थिइन् । तर, उनी नेकपा माओवादी केन्द्रमा लागिन् । राज्यमन्त्री सम्म बन्न सफल भइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3y2iPZn via IFTTT
काठमाडौं। सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ । आज (बुधबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको बताए । यस्तै, बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जनाए ।
त्यस्तै, प्रवक्ता कार्कीले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०८९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको जनाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39Z3kcV via IFTTT
काठमाडौं ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सङ्घसंस्थाको भूमिका तथा सम्मान कार्यक्रम’मा उहाँले पर्यटन, कृषि र जलविद्युत्मार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो ।
“मुलुकभित्रका दूरदराजका ग्रामीण क्षेत्रमा ‘होमस्टे’ सञ्चालन गरी पर्यटकलाई सहुलियत दरमा खान र बस्ने सेवा प्रदान गर्नसके नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो । मुलुकलाई चिनाउनका लागि हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । मन्त्री रेग्मीले गाउँका युवा रोजगारीका लागि विदेश पलायन हुँदा गाउँघरमा ज्येष्ठ नागरिक र महिलामात्र बाँकी रहेको भन्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो । उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगबाटै देशको विकास हुने भन्दै उद्योगमैत्री वातावरणका लागि पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको झगडाका कारण आम पर्यटन व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो । अध्यक्ष सुवेदीले राष्ट्रको विकासका लागि कलम चलाउन सञ्चाकर्मीलाई आग्रहसमेत गर्नुभयो ।
होटल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवद्र्धनमा एसएस हस्पिटालिटीले महत्वपूर्ण भूमिका रहेको भन्दै होटल एशोसिएशन हस्पिटालिटी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । एउटा पर्यटक नेपाल आउँदा ११ जना नेपालीले रोजगारी पाउने भन्दै जतिसक्दो धेरै पर्यटक भित्र्याउन राज्य लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले मुलुक आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । एसएस हस्पिटालिटी सोलुशन प्रालिका अध्यक्ष नरेन्द्र प्रसाद अधिकारीले आफूले विदेशमा सिकेका अनुभवलाई नेपालको पर्यटन प्रवद्र्धनमा लगाएको बताउनुभयो । डेरी एशोसिएशन अफ नेपालका अध्यक्ष प्रह्लाद दाहालले दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेको बताउनुभयो । उहाँले डेरी व्यवसायबाट देशभरबाट छ लाख जनताले रोजगारी पाएको उल्लेख गर्नुभयो । सोही अवसरमा विभिन्न विधामा विशेष योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yuICeh via IFTTT
काठमाडौं । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ दल घोषणा गरिएको छ । नयाँ दलमा ७५ सदस्यीय केन्द्रीय कमिटी बनाईएको जनाईएको छ । त्यस्तै, स्थायी कमिटी भने १५ जनाभन्दा नबढ्नेगरि बनाईने जनाईएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नवगठित पार्टीको घोषणा गरिएको हो । पार्टीले ८ सदस्यीय हेडक्वार्टर (केन्द्रीय सचिवालय) गठन गरेको छ । जसमा संयोजक गौतमसहित सचिव डीबी कार्की, सदस्य ओम शर्मा चालिसे, सदस्य डिल्लीराज भट्टराई, सदस्य दुर्गा भण्डारी, सदस्य निमकान्त पाण्डे, सदस्य भगवती विष्ट र सदस्य युवराज सफल रहेका छन् ।
नवगठित पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको एमाले र माओवादी केन्द्र अलग अलग गर्ने निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचमा शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको टिप्पणी गरेको छ। संयोजक गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘एमाले र माओवादी केन्द्र विभाजन गर्ने सर्वोच्चको निर्णय त्रुटिपूर्ण र हानिकारक सावित भएको छ । त्यसकै कारण जनतामा निराशा बढ्दै जान थालेको छ ।’
त्यस्तै, पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पूनर्गठन गर्ने रहेको जनाईएको छ । र, प्रदेश र संघको निर्वाचन पुर्व नै एमाले, माओवादी र समाजवादीबीच एकताको प्रयास गर्ने र एकता सम्भव नभए कार्यगत एकता गर्ने पार्टीको अर्को मुख्य लक्ष्य रहेको छ । यसरी गरिने कार्यगत एकतामा जनमोर्चा र जसपासहितको बृहत्त वापन्थी चुनावी मोर्चा बनाउने योजना रहेको छ ।
कार्यक्रममा संयोजक गौतमले आफू लागिपरेपछि जस्तोसुकै जिम्मेवारी पनि पूरा गरेरै छाडेको ईतिहास भएको स्मरण गराउँदै आफ्नै जीवनकालमा नेपालका सबै कम्युनिष्टहरुबीच एकता गरेरै छाड्ने घोषणा गरे । उनले आफूमाथि पदमा बसिरहन र परिवारवादमा फसेको भनेर लगाईएको आरोपको खण्डन गरे ।
उनले भने,‘मलाई पदमा बसिरहने, आकांक्षा पूरा गर्नको लागि महत्वकांक्षा बोकेर, पार्टी खोलेको भनेर पनि यहाँ पत्रकार साथीहरुले भन्नुभयो, केही साथीले परिवारका सस्यहरु पार्टीमा राखेको कुरा भन्नुभयो । दुई वटै कुरा सत्य होइन । मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ । सिंगो परिवार, आमा, भाईहरु, बहिनीहरु, जति छन् मेरा सन्तान, तपाईँले हेर्नुभयो भने सबै आन्दोनलमा लागेका छन् । आज होईन, कठिन परिस्थितिमा पनि लागेका छन् । म त ७ वर्षको उमेर हुँदा कम्युनिष्ट आन्दोलनमा सरिक भएको हुँ । अहिले ७३ वर्ष भएँ । व्यक्तिगत ईच्छा पूरा गर्न छोडेर कम्युनिष्ट आन्दोलनको लागि ०२६ सालदेखि पूर्णकालिन रुपमा भूमिगत भएर हिँडेको हुँ । कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले जग हालेको पार्टीमा आज धेरै ठूला ठूला नेता बस्नुभएको छ । नेकपा मालेको जग पनि मैले नै गण्डकी उता होलेको हुँ । कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पूरा गर्न लगाएको छैन् । मजस्ता व्यक्तिहरु संसदीय संघर्षमा सामेल भएकैले देशमा सकारात्मक नतिजा प्राप्त भएको छ ।’
सो क्रममा वामदेवले माओवादीले सशस्त्र संघर्षको पनि स्मरण गरे । उनले भने,‘माओवादीले सशस्त्र संघर्ष सुरु गर्यो, त्यो संघर्ष एउटा चरणमा पुगेको बेला, कमरेड प्रचण्डसँग मेरो भेट भएको थियो । उहाँले भन्नुभएको थियो–हामी शत्रुको फौज समाप्त गने अवस्थामा छैनौं, र शत्रुले पनि हाम्रो फौज समाप्त गर्नसक्ने अवस्था छैन भन्नुभयो । मैले वार्ता गर्नुपर्छ भनेको थिएँ । वार्तामा आफ्ना माग पूरा भए शान्तिप्रक्रियामा जानुपर्छ भनेको थिएँ, त्यतिवेला प्रचण्ड, बाबुराम र मोहन बैद्य हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । प्रचण्डले बोल्नुभएन । तर, बाबुरामले बोल्नुभयो कि जुन संसदीय व्यवस्थाविरुद्ध लड्यौं, आज सम्झौता किन गर्ने भन्नुभयो । मैले त सेफ ल्याण्डिङको बाटो खोज्न भनेको थिएँ । त्यही दौरानमा ठूलो संघर्षको विस्फोट भयो । २०६२÷०६३ मा ठूलो जनआन्दोलन भयो । त्यो आन्दोलनले राजालाई हल्लायो । संविधानसभाको निर्वाचन भयो । पहिलोपटक नेपालमा राजालाई गद्दीबाट तल झारयौं । संसदीय अभ्यासमा हामीले ठूलो–ठूलो सफलता हाँसिल गरेका छौं । त्यो संघर्ष गर्दा म एउटा मोर्चामा खटिएको थिएँ ।’
गौतमले आज देशमा भएका परिवर्तन त्यसको जग आफूहरुले हालेको पनि स्मरण गराए । उनले भने,‘अब म कति समय बाँच्न सक्छु, मलाई मृत्युवोध छ । तर, अहिले म किन अगाडि बढेको छु, जुन आन्दोलनको निम्ति संघर्ष र जीवन बलिदान गरें, आज देखिरहेको छु, कि त्यो आन्दोनल धराशयी हुँदैछ । जसले चाँडो सूर्य देख्छ, त्यसले संसार उज्यालो देख्छ । कम्युनिष्ट आन्दोलन धराशयी हुन नदिनको लागि म सक्रिय भएको छु । स्थानीय तहमा कांग्रेस पहिलो भयो । कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर गयो भने र कम्युनिष्टहरुबीच एकता भएन भने उसले या त बहुमत प्राप्त गर्छ, या त ठूलो दल बन्छ । अब हुने निर्वाचनपछि हुने अर्को निर्वाचन अर्थात दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक पर्दैन् ।’
कांग्रेससँगको सहकार्यले नेपालमा ठूलो परिवर्तन हाँसिल भएको पनि गौतमले उल्लेख गरे । तर, कांग्रेसको नेतृत्वमा नै देशले ठूलो–ठूलो संकट व्यहोर्नुपरेको उनको आरोप छ । उनले भने,‘भर्खरै अमेरिकी सहयोग परियोजना एमसीसी पास भयो । एसपिपी पनि सत्ताधारी कम्युनिष्टको कारण विरोध भएकोले रोकियो, कांग्रेस सत्तामा रहेको बेला उसले विकासको नाममा जे पनि गर्ने स्थिति देख्यौं । राष्ट्रको राष्ट्रियता र स्वतन्त्रताको हकअधिकारको निम्ति, कांग्रेस सही किसिमले प्रस्तुत भएको छैन् । कांग्रेसको नेतृत्वमा देशको विकास हुँदैन् ।’
उनले देशको विकास हुनको लागि कम्युनिष्टहरु मिल्नुपर्ने बताए । उनले भने,‘हाम्रो पार्टीको एकमात्रै उद्देश्य त्यही हो । हामी आफ्नो प्रयत्न अघि बढाउँछौं । आज पार्टी घोषणा भयो, अब पार्टी उद्घाटन हुने बेलामा नेपाल चकित हुनेछ । त्यतिवेला लाखौं व्यक्ति गोलबन्द हुनेछन् । म जहाँ–जहाँ सामेल भएको छु, निश्वार्थ भावनाका साथ प्रस्तुत भएको छु, र ठूलो सफलता हात पारेको छु ।’
उनले श्रीमती तुलसा थापा आफ्नो पार्टीमा केन्द्रीय सदस्य बनेको विषयमा उठाईएको प्रश्नमा यसलाई उनले श्रीमतीको व्यक्तिगत स्वतन्त्रता र उनले पाएको मौलिक अधिकारसँग जोडे । उनले भने,‘हामी व्यक्तिगत स्वतन्त्रता मान्दछौं । मेरी श्रीमती राजनीति गर्ने ठाउँमा आउन हुँदैन् र ? उनले आफ्नो मालिक हक पाउन हुँदैन भनेर प्रश्न कहाँबाट प्राप्त भयो ? आज हामी सरकारी पदमा छैनौं । जनप्रतितिधि संस्थाको रुपमा म राष्ट्रियसभामा छु, मेरी श्रीमती प्रतिनिधिसभामा छिन् । अब केही समयपछि निर्वाचन हुँदैछ ्। त्यो सबै देखेर हामीले यो काम गरिरहेका छौं । नेपालको कम्युनिष्ट आन्दोलन जोगाउनको लागि कम्युनिष्ट पार्टीबीच सुदृढ किल्लाको रुपमा विकास गर्न यो पार्टी गठन भएको हो । मलाई हजारौं कमरेडले साथ दिनुभएको छ । मेरो साथमा चार÷पाँच वटा पार्टी पनि सामेल भएका छन्, अझै पाँच÷सात दल संलग्न हुने अवस्था छ । अब नयाँ धार विकसित हुँदैछ । त्यो धारको शुभाराम्भ मिडियामार्फत यही रिपोर्टर्स क्बलमार्फत गरेका छौं । दोस्रो भेला अत्यन्तै उत्साहका साथ सम्पन्न बनायौं । केन्द्रीय कमिटी बनाएर बैठक गरेर निर्णय सार्वजनिक भएको छ । हामी जनताप्रति बफादार भएर अघि बढ्नेछौं । कम्युनिष्ट पार्टीबीच शत्रुतापूर्ण अवस्था भैरहेको बेलामा, मित्रतापूर्ण रुपमा अघि बढाउन हामी लागेका छौं । हामीलाई सफलता मिल्नेछ ।’
उनले आजभन्दा दुई वर्ष पहिले पार्टी नखोल्नुमा नेकपा एकताको लागि प्रयास गर्नु थियो भन्ने जवाफ दिए । उनले भने,‘हामीले त्यतिवेला पार्टी खोलेनौं । त्यति बेला नेकपा एकता राष्ट्रिय अभियान चलायौं, एकताको लागि धेरै काम गर्यौं, तर एकता सम्भव भएन । अहिले आएर हामीले आफ्नो एउटा शक्ति निर्माण गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्यौं । र, यो पार्टी जन्माएका छौं । कम्युनिष्टहरुबीच पार्टी एकता हुन्छ, एकताको लागि हिजो चुम्बक थिएन । अब चुम्बक छ । हामीले अघि सारेका योजना पूरा हुन्छन् ।’
कम्युनिष्ट पार्टीबाहेक अरु कुनै पार्टीले नेपालको परिवर्तन र विकास गर्न नसक्ने गौतमले बारम्बार दाबी प्रस्तुत गरे । उनले भने,‘देशको विकास गर्न कम्युनिष्ट पार्टी नै चाहिन्छ, अरुले गर्न सक्दैनन् । हाम्रो ७८ वर्षको ईतिहासले यो सावित गरेको छ । नेपालको विकासको लागि कम्युनिष्ट नेतृत्वको सरकार चाहिन्छ । हिजो एकता गर्न सक्यौं आज पनि एकता गर्नसक्छौं । ४६औं एकताबाट नेकपा बनेको थियो । ४५ वटा एकीकरणमा म संलग्न छु । पार्टी निर्माणमा म सक्रिय छु । मैले आज अर्को संकल्प गरेको छु । पार्टी पूनर्गठनको महाभियानमा जुटेको छु ।’
उनले आफूले नेकपा विभाजन नगरेको जिकिर गरे । तर, नेकपा विभाजनको एउटा हिस्सा आफूले भने स्विकार गर्ने उनको भनाई छ । उनले भने,‘नेकपाको सचिवालयमा म बरिष्ठ सदस्य थिएँ । ठीक र बेठिक छुट्याएर निश्पक्ष तरिकाले आफ्नो सुझाव दिने गरेको थिएँ, कहिले ओलीको आलोचना गर्थें, कहिले प्रचण्डको आलोचना गर्थें । मैले गरेको आलोचना तथ्यमा गरिएको हुन्थ्यो ।’ उनले अहिले पनि प्रयत्न गर्ने हो भने केन्द्रमा र ७ वटै प्रदेशमा कम्युनिष्टको सरकार बन्ने स्थिति रहेको सुनाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bwubxg via IFTTT
मकवानपुर । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । शनिबार हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य,तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका थिए ।
हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक समेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य रहिसकेका छन् ।दाहाल एसोसिएशनको महासचिव र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bwMT89 via IFTTT
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को समिक्षा सहित नेकपा (माओवादी केन्द्र)बागमती प्रदेश सम्पर्क समन्वय समितिको बैठक ठुलो बाबू श्रेष्ठ को अध्य्क्षतामा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सम्पर्क समन्वय समिति बागमती प्रदेश अन्तर्गत रहेका १० वटा जिल्ला अध्यक्ष तथा ईन्चार्ज वा प्रतिनिधि हरुले स्थानीय निर्वाचन मा सम्पर्क समन्वय समिति को भुमिका बारे रिपोर्टिङ गर्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्य ले अन्तर्राष्ट्रिय तहको माफिया र नेपाली मिडियाको साँठ गाँठले आम मतदाताको धार परिवर्तन गरेको तथ्य आफू सँग रहेकोले यसमा पार्टी गम्भीर हुन ध्यानाकर्षण गराउनु भएको छ ।
रिपोर्टिङ राख्दै जिल्ला का प्रतिनिधिहरुले सम्पर्क समन्वय समितिलाई भुगोल पार्टी ले टुरिष्ट को रुपमा व्यवहार गरेको भन्दै आलोचना गर्नु भएको थियो ।
बैठक नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय समिती बिशेष प्रदेश ईन्चार्ज डिलाराम आचार्य को प्रमुख आतिथ्य , माओवादी केन्द्रीय सदस्य कमला दोङ , सम्पर्क समन्वय समिति बिशेष प्रदेश का अध्यक्ष श्री कृष्ण अधिकारी (बिबेक) को आतिथ्य मा सम्पन्न भएको थियो ।
बैठकले माओवादी केन्द्रको केन्द्रीय कार्यलय बैठकले गरेको निर्णय लाई कार्यन्वयन गराउन तल्लो समिति सम्म लाई निर्देशन दिएको छ ।
बैठक मा अध्यक्ष ठुलोबाबु श्रेष्ठ द्वारा प्रस्तुत परिपत्र तथा प्रस्ताव माथी छलफल गरिएको थियो ।
तल्लो समिति बाट उठेका विभिन्न सवालहरु लाई बैठकका अतिथिहरु तथा प्रमुख अतिथीले सम्बोधन गर्नु भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3QO9JrZ via IFTTT
काठमाडौं । बिहिबार नै सपथ भनी जगन्नाथ खतिवडाले सार्वजनिक रुपमा बोलेपनि नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुल शुक्रबार मात्र सपथ लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारले शुक्रबारमात्र क्याबिनेटमा मन्त्री परिवर्तन गरी सपथको कार्यक्रम राख्ने भनेर खबर पठाएपछि रोक्किएको हो ।
हप्ता, दिन भन्दा भन्दै मन्त्रिपरिषदमा नेकपा एसका मन्त्रीहरुको परिवर्तन एक महिना जस्तै हुनलाग्यो धकेलिएको । मन्त्री बन्न जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ र शेरबहादुर कुँवर ठिक्क परेका छन् । ६ महिनामा फेरिने भनिएको मन्त्री ९ महिना टेकिसक्दा पनि नफेरिएपछि कतिपय छटपटीमा छन् ।
आजै गर्ने भनिएको मन्त्री परिवर्तन किन रोकियो भन्ने चासो बढेको छ । यसै पनि नेकपा एसका बहालवाला मन्त्रीमध्ये केहीले विद्रोहको चेतावनी दिएका छन् । यसले पनि देउवा रोक्किएको चर्चा चल्न थालेको छ ।
नेकपा एसभित्र मन्त्री फेरबदलको विषयले ठूलै तरङ्ग आइरहेको छ । माधव नेपाललाई केही मन्त्रीहरुले धम्की समेत दिन थालेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NZk825 via IFTTT
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन ।
गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो ।
कांग्रेस विधानको दफा १७ ९५० मा केन्द्रीय महाधिवेशन कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टी केन्द्रीय कार्यसमिति निर्वाचन व्यवस्था र नीति निर्माण तथा विधान पारित गर्न फरकफरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ ।
विधानमा भएको सो व्यवस्थ टेकेर कांग्रेसले गत २८ कात्तिकमा बसेको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।
तर, प्रधानमन्त्रीसमेत रहेका तथा देशकै मुख्य लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसले महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको आगामी ‘नीति कस्तो हुने?’ भन्ने तय गर्न सकेको छैन ।
यसैगरी, कांग्रेस नेतृत्वले पार्टी विधानलाईसमेत वास्ता नगरी अघि बढेको पाइएको छ । कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पनि पूर्णता दिन सकेको छैन भने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि नेतृत्वले बिर्सिएको छ ।
त्यस्तै, पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ भने पार्टीका विभिन्न समिति र विभागसमेत गठन हुन नसकेको आजको राजधानी दैनिकमा खवर छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nbRM9a via IFTTT
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन आयोगले नाम दर्ता गरिरहेको छ ।
१८ वर्ष पुगेका नेपाली नागरिकले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट हाल्न पाउनेछन् ।
नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
नाम दर्ता गर्न, विवरणमा रहेका गल्ती सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बिन्धत निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।
साथै, आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेकाहरूले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने आयोगको भनाइ छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
– नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाइँ सरी आएकोमा बसाइसराइ प्रमाणपत्र ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HRYkTN via IFTTT
बालेन्द्र साहले काठमाडौं महानगरपालिकाको मेयर भएपछि पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै परम्परा जोगाउने विषयलाई प्राथमिकतामा राखेका छन् । उनले ऐतिहासिक बागदरबारलाई भत्काउने पूर्वमेयर विद्यासुन्दर शाक्यको निर्णयलाई उल्टाएर रेट्रोफिट गर्ने कार्यक्रममा उल्लेख गरेका छन् ।
बसस्टपहरुमा परमपरागत फल्चा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । फल्चा बसिबियालोका लागि परम्परागत रुपमा प्रयोगमा आउने गथ्र्यो । तर, ती विस्तारै लोप हुँदै गएका छन् ।
स्थानीय रक्सीको ब्रान्डिङ गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उनले पानी पुनर्भरणका लागि कार्यालयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । उपत्यकामा पोखरी लोप हुँदै गएका छन् ।
यसैगरी, बालेन साहले हरेक आइतबार जनतासँग मेयर कार्यक्रमको घोषणा गरेका छन् । कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन पनि महत्वका साथ राखिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OlXfpm via IFTTT
महिलाको हितमा निरन्तर अग्रसर हुँदै तरामण्डलको आयोजनामा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा राजधानीस्थित पुरानो बानेश्वरमा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्ताराष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समय देखि काम गर्दै आएको अनुभव साझा गरेकी छन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नु पर्यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ ।
एक जना १५ करोडको व्यवसाय सञ्चालन गरिरहनुभएको महिलाले बैंकबाट एक करोड ऋण निकाल्न श्रीमानको हस्ताक्षर नभएको कारण वञ्चित हुनुपरेको अवस्था छ । यो एकदमै निन्दनीय कुरा छ ।’
अध्यक्ष पोखरेलले महिलाहरू स्वरोजगार हुनुपर्नेमा जोड दिइन् । ‘महिलाहरूलाई उद्यमशीलताको बाटोमा ल्याउनुपर्छ । व्यवसायले नै जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने ज्ञान हरेक महिलामा हुनु आवश्यक छ’, उनले भनिन्, ‘हामीले देशभरका ४० बढी जिल्लामा पुगेर महिलाहरूलाई स्वरोजगार बनाउने कार्य गरेका छौं । सरकारी तवरबाट पनि यस्तै काम गरियोस् ।’
सरकारले त्यो अनुभूति गराउन सकेको छैन । उहाँहरूलाई न्यायको अनुभूति गराउन सक्रिय संयन्त्र खडा गिरियोस् ।’ उनले विगतको ५७ महिनामा १० हजार १३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाहरूले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुखद भएको समेत जिकिर गरेकी छन् । त्यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा कार्यक्रमकी प्रमुख अतिथि कमला ओलीले महिलाहरूलाई आफ्नो हक र अधिकारको विषयमा जानकारी गराएकी छन् । कार्यक्रममा उपस्थित भएका करिब दुई सय जना महिलाहरूलाई आफ्नो हक हित र अधिकारको लागि आफै लड्न र सूचनाको हकमा पछि नपर्न उनले अनुरोध गरेकी हुन् । उनले सरकारी कार्यालय भित्रै पनि महिलाहरू माथि हिंसा भएको उदाहरण दिँदै भनिन् ‘सरकारी कार्यालय भित्रै पनि महिला माथि हिंसा भएका घटनाहरू प्रशस्तै छन् । हिंसाको स्वरूप फरक होला तर हरेक प्रकारको हिंसाको विरुद्धमा महिलाहरू जागरूक हुन आवश्यक छ ।
केही दिन अघि संविधानले महिलाहरूलाई दिएको सुत्केरी बिदाको अधिकारबाट समेत एक महिला वञ्चित भएको घटना मसँग आइपुगेको थियो । यस्ता घटना धेरै हुन्छन् महिलाहरू यसमा आफै जागरूक हुन आवश्यक छ ।’ त्यस्तै कार्यक्रमकी विशेष अतिथि तथा सञ्चारीका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाले भन्दा पनि आत्मनिर्भरताले महिला हिंसा अन्त्य गर्ने बाटोमा समाजलाई लैजाने बताएकी छन् । उनले भनिन् ‘हामीलाई लाग्छ शिक्षाले हिंसाको अन्त्य गर्छ ।
तर शिक्षाले मात्रै पनि महिला हिंसाको अन्त्य गर्छ भनेर भन्न सकिने अवस्था छैन । त्यस्तो हुँदो हो त शिक्षित र विकसित देशमा महिला हिंसाको घटना नहुनु पर्ने हो । त्यसैले महिलाहरू स्वरोजगार हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ ।’ त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिका ९ कि जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जीला अनिल (शर्मा), राप्रपाका केन्द्रीय सदस्यहरू सिर्जना रानी वर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेसी आयोगकी प्रतिनिधि रेणु देवी साह लगायतको उपस्थिति रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NZk825 via IFTTT
अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Hz08kz via IFTTT
काठमाडौँ, ५ असार । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
फोकस नेपालले शनिबार साँझ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दैै उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ,”– उहाँले भन्नुभयो ।
उहाँले समाजभित्र देखिने विकृति, विसङ्गती, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घचघच्याउनुपर्ने बताउनुभयो ।
पूर्व अर्थमन्त्री तथा साहित्यकार शङ्कर प्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो ।
सामाजिक सङ्घ संस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उहाँको भनाई थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो ।
सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Hy7rZL via IFTTT
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँडने प्रयासले बाहिर आएकोसमेत बताएका छन । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै हस्ताक्षरको कार्यक्रमा पनि नभएको उनको भनाइ छ ।
अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिकाटिप्पणी भइरहेको बेला प्रधासेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपुर्ण भएको पनि बताएका छन । ‘अहिले जुन १० बुँदे फरम्याट बाहिर आएको छ, त्यो आएको नै होइन, यो त हाम्रो एकता नचाहनेले यस्तो गरेको हुन सक्छ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले बैठकमा भने, ‘ढुक्क हुनुहोस्, नेपाली सेनाले कदापि नेपाली जनताको भावनाविपरीत कुनै पनि काम गर्दैन ।’
प्रधानसेनापति राणाले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए । ‘त्यस्तो एसपीपी कुनै पनि हालतमा हाम्रो लागि मान्य छैन,’ शर्माले बैठकमा भने । यसअघि विपद् व्यवस्थापनमा सो सहमति गरिएको भए पनि सैन्य गठबन्धनका बारेमा त्यस्तो सहमति नहुने उनको भनाइ छ ।
प्रधानसेनापति राणाले अमेरिकन भ्रमणका क्रममा कुनै पनि हस्ताक्षर कार्यक्रम नभएको पनि जनाएका छन् । ‘मेरो अमेरिका भ्रमणमा कुनै पनि कुराको सिग्नेचर गर्ने कार्यक्रम छैन, त्यसमा अमेरिकाले पनि भनेको छैन, यो मैत्रीपुर्ण भ्रमण हो, यसबाट सशंकित हुनुपर्ने नै छैन,’ उनको भनाइ छ ।
प्रधानसेनपति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि मात्र अमेरिका जानेछन् भने सो बीचमा उनले सिरियामा कार्यरत नेपालका शान्ति सेनासँग भेटघाट गर्नेछन् । ‘म भोलि लेवनान जाँदैछु, त्यसको दुई दिनपछि सिरिया र त्यहिँबाट एक हप्तापछि अमेरिकाको भ्रमण गर्न लागेको छु, यो भ्रमणमा केही हस्ताक्षर हुनेवाला छैन,’ प्रधानसेनापति शर्माले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xG4TUI via IFTTT
काठमाडौं ।“सबै मिलि एउटा नयाँ यात्राको शुरुवात गरौं , अब फोहर टिप्ने मात्र होईन जथाभावि फोहर नफाल्ने प्रण गरौं ” भन्ने मुल नाराका साथ स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज काठमाडौं महानगरपमलिका वडा नं १५ डल्लु पुल क्षेत्रमा त्यहाँका स्थानीयनागरिकहरु संग सहकार्य गर्दै सरसफाइ तथा जन चेतना अभियान सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रगतिशिल नागरिक मञ्च नेपाल बालाजु , उपत्यका सरोकार मञ्च , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र ,शान्तिनगर टोलसुधार समिति बालाजु , काठमाडौं महानगर प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापन गर्ने निजि कम्पनि ,स्थानिय हरु लगायत बिभिन्न संघ संस्था का प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अभियानले डल्लु पुल क्षेत्रमा थुप्रिएको फोहरलाई काठमाडौं महानगरपालिका को गाडीमा राखेर ब्यबस्थापनको लागि पठायो भने त्यस क्षेत्रका नागरिकमा सचेतना फैलाउने कार्य समेत गरेको थियो ।
काठमाडौं को फोहरको कारण सिसडोल र त्यस आसपास क्षेत्रका नागरिकले पाएको पिडा काठमाडौंको जनताले नबुझ्दा सम्म फोहर ब्यबस्थापनमा सहजता नआउने भन्दै एकपल्ट प्रभावित क्षेत्रमा पुगेर अनुभव लिन समेत काठमाडौंका नागरिकहरुलाइ अभियन्ताहरुले आग्रह गरेका छन् ।
आम नागरिकको लापर्वाहि , महानगरपलिकाको गैह्र जिम्मेवारी काम , निजि फोहर ब्यबस्थापन कम्पनिहरुको नाफामुखि ब्यबसायीकरण र राजनैतिककरण, स्थानिय संघ संस्था, क्लब तथा टोल सुधार समितिहरुको निरिहताको उपज यो सडकमा देखिएको फोहर हो भन्दै दिमागमा चेतना र काममा सकृयता नहुँदा सम्म केहि परिवर्तनको आशा गर्न नसकिने अभियन्ताहरुको भनाई छ ।
फोहरको ब्यबस्थापनमा सहजता ल्याउने हो भने सकेसम्म फोहर हुने बस्तुको प्रयोगमा कमि ल्याउने , फोहरको श्रोतमै बर्गिकरण गरेर उपयोगिताको बिधि अपनाउने , कुहिने फोहरलाई मल बनाउने र नकुहिने फोहरलाई सकेसम्म पुनप्रयोग गर्ने स्थान सम्म पुर्याउन सक्नु पर्दछ । जसले फोहर उत्पादन गर्छ उसलेनै यसको ब्यबस्थापन गर्ने नितिलाई कार्यन्वयन गराउन सके फोहर न्युनिकरण हुने धारणा अभियन्ताहरुको छ ।
वातावरण संरक्षण ऐन, फोहरमैला ब्यबस्थापन ऐन – २०६८ , नियमावलि २०७१, स्थानिय सरकार संचालन ऐन –२०७४,आफ्नो पालिकाले बनाएको कार्यबिधिहरु म समेत फोहरमैला ब्यबस्थापनको बारेमा प्रस्ट लेखिएको छ तर कार्यन्वयनमा ब्यबहारीक कठिनाई देखाउँदै सम्बन्धित निकाय पछि हट्नुले पनि यो भित्रको चलखेललाई देखाएको अभियानका संयोजक मुकुन्द सिलवालको दावि छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Qv1TDn via IFTTT
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन । अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाई छ । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाले एसपीपीमा हस्ताक्षर गर्दिन कसैले भने पनि म गर्दिन भनेर भन्नू भो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दववा स्वीकारिदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aVlj3R via IFTTT
आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने स्पष्ट खाका तय गरेको छ । सरकारले पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । आयात ३० प्रतिशतले घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको विस्तार र विकासका लागि केही रणनीतिक महत्वको काम गरेको छ ।
नेपालको संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्य हासिल गर्ने मार्गमा बजेट केन्द्रित गरिएको सरकारको भनाइ छ । बजेट सार्वजनिक भएको दुई हप्तासम्म आम नागरिक र सरोकारवालाले यसको खुलेर प्रशंसा गरे ।
यसैबीचमा एउटा समाचार सार्वजनिक भयो । त्यसमा बजेट निर्माणका दिन अनधिकृत व्यक्तिलाई अर्थमन्त्रीले प्रवेश गराएर गोप्य सूचना सार्वजनिक गरे । हरेक वर्षको बजेट निर्माणमा क्रममा हरेक क्षेत्रका चासो स्वभाविक नै हुन्छ ।
अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको र केही व्यापारिक घरानालाई लाभ प्रदान गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संघीय संसद्को प्रतिनिसभाको बैठकमा संसदीय छानविन वा अर्थमन्त्रीको राजीनामाको माग गरेको छ । मुलुकको समग्र अर्थतन्त्र, पछिल्ला घटनाक्रम एवं शेयर बजारलगायतका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता रमेश लम्सालले गरेको अन्तरवार्ता :
बजेट निर्माणका क्रममा केही त्रुटि भएको आशंका गरिको छ, जनप्रतिनिधिमुलक थलो संसद्मा यसबारेमा सांसदले जिज्ञासा राख्नुभएको छ नि ?
बजेट निर्माणको आफ्नै संयन्त्र, विधि र प्रक्रिया छ । सबैले विधि र प्रक्रियाअनुसार नै जान्छन् र जानुपर्छ । दुई–दुई जना सचिव भएको मन्त्रालय हो यो । त्यो दिन कानून सचिव पनि मन्त्रालयमै हुनुहुन्थ्यो । तीनवटा सचिवले काम गर्नुभएको हो । कानूनमन्त्री पनि आउनुभएको थियो । मन्त्रालयको संयन्त्रले काम गर्ने हो । कहानी बनाएर यो विषय उठाइएको छ । मन्त्रालयमै पर्याप्त जनशक्ति छ । मैले चिन्ने सचिव, सहसचिव, महाशाखा प्रमुख हो, अरु चिन्ने कुरा भएन । त्यसैले उहाँहरूसबै काममा खटिनुभएको छ । काम गर्नुभएको छ । हामीले बजेटमा तीन कुरामा संश्लेषण गरेका छौँ । बजेट अस्थितरताबाट स्थिरतार्फ, बञ्चितीबाट समावेशीतर्फ र आयातबाट उत्पादनतर्फको प्रस्थान बिन्दु हो । यो भनाइ मात्र हो कि कार्यक्रम पनि छ भनेर हेर्नुभयो भने प्रष्ट हुन्छ ।
कूल ६१ प्रतिशत जनसङ्ख्या संलग्न भएको कृषि क्षेत्रको सुधारका लागि पर्याप्त कार्यक्रम ल्याएको छ । जमिन बाँझो छ, प्रयोग हुनसकेको छैन । त्यसले उत्पादन दिनसकेको छैन । बजेटमा कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकीकरण गर्न ठोस योजना छन् । स्थानीय तहले के गर्ने, प्रदेशले के गर्ने र संघले के गर्ने स्पष्ट योजनाका साथ बजेट ल्याइएको छ । किसानलाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिएको छ । अहिले आयात भइरहेको कृषि उत्पादन प्रतिस्थापन गर्न बाँझो जमिन, जनशक्ति र क्षमताको प्रयोग गर्नपर्छ भन्ने मान्यतालाई बजेटले समेटेको छ । सरकारले सबैलाई उत्साहित बनाएर लैजानुपर्छ ।
स–साना उद्योग, स्टार्टअप, लघु तथा घरेलु उद्योग सबैलाई प्राथमिकता दिइएको छ । ती उद्योग व्यवसायलाई तालिम र कर्जा दिने व्यवस्था गरिएको छ । आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरण गर्न मद्धत गर्ने ठूला उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ । उद्योगमैत्री नीति लिइएको छ । हामीले उद्योगलाई विद्युत् महसुलमा छुट भनेका छौँ । यसले थप उद्योग आउन सक्ने वातावरण बनेको छ ।
केही ठूला उद्योगलाई ‘पोस्न’ विद्युत् महसुल छुट दिने व्यवस्था बजेटमा गरियो भन्दै तपाईँमाथि प्रश्न उठेको छ नि ?
नेपाल विद्युत् प्राधिकरणबाट सबैले तथ्यांक लिएर हेर्न सक्नुहुन्छ । विद्युत् महसुलमा छुट पाउने उद्योग सयौँ छन् । वार्षिक रु १० करोड तिर्ने उद्योग १०० बढी छन् । ती सबै उद्योगलाई त्यस्तो छुट दिन सकिँदैन भन्ने छ । त्यसो भएर हामीले दुई देखि १५ प्रतिशत छुटको व्यवस्था गरेका हौँ । मन्त्रालयले नीति बनाएर कति सहुलियत दिने हो भन्न सक्ला । ठूला उद्योग स्थापना गर्न प्रेरित गरिएको छ । उद्योग बनाउन ५० वर्षसम्म जग्गा लिजमा लिन सक्ने व्यवस्था गरिएको छ । उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्ने वातावरण बनाइएको छ ।
पर्यटन क्षेत्रको विकासमा पनि सरकारले उत्तिकै ध्यान दिएको छ । यहाँका हजारौँ होटल व्यवसायलाई अझ व्यवस्थित गरेर लाखौँ पर्यटक भित्र्याउने व्यवस्था गर्नुपर्नेछ । लुम्बिनी, खप्तड, रारा, सगरमाथा, मुस्ताङलगायत क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ । अब सेवा निर्यात गरेर विदेशी मुद्रा भित्र्याउनुपर्छ । नेपालमा सूचना प्रविधिको अत्यन्त बढी सम्भवाना छ । ठूला–ठूला इनोभेसन सेन्टर, आइटी कलेज सञ्चालन गरेर बेरोजगारलाई यही नै काम दिनसक्ने बनाउन सकिन्छ । यही बसेर यहीबाट आफ्नो सीप बिक्री गर्न सकिने अवस्था छ ।
अहिलेको बजेटले मुख्यतः तीन वटा विषयलाई जोड दिएको छ । हामीसँग भएको सबै स्रोत साधन, जनशक्तिको उपयोग गरेर देशलाई आत्मनिर्भरतातर्फ लैजानुपर्छ भन्ने उद्देश्यमा आधारित भएर बजेट बनाएइको छ । आर्थिक सूचकांक नकारात्मक दिशामा छन् । तीनलाई सुधार गरेर लैजानुपर्छ । मुलुकलाई समृद्धिको दिशामा अगाडि जान दिन, यसलाई कार्यान्वयनमा बाधा सिर्जना गर्न, यसलाई ‘डिरेल’ गर्ने प्रवृत्ति हाबी हुँदै आएका छन् ।
बजेट बनाउनु अर्थमन्त्रीको दायित्व हो । विद्युतीय गाडीमा के गल्ती भयो ? व्यवसायीलाई मर्का परेको हो र ? मर्का परेको भए खरिद गर्ने व्यक्तिलाई पर्छ । बढी मूल्यको गाडी किन्दा थोरै कर बढी तिर्ने कुरा हो । डलर सञ्चिती पनि बढाउनु छ, सकभर सस्तो मूल्यका गाडी चढून् भन्ने हो । डलर बाहिर जानबाट पनि रोक्नु छ । कम मूल्यका गाडी आयात होउन्, डलर सञ्चिती पनि बढोस् भन्ने उद्देश्य राख्नु गलत हो र ? देशको समस्यालाई समाधान गर्ने गरी बजेट आएको छ ।
देशभित्रका स्यानिटरी प्याड उद्योगीलाई समस्यामा पारेर आयात बढाउने उद्देश्यका साथ भारी मात्रामा कर छुट दिइयो भन्ने आरोप पनि लागेको छ ? यसमा तपाईँको के भनाइ छ ?
चालु आवको बजेटका सन्दर्भमा प्रतिस्थापन विधेयक ल्याउँदा स्यानिटरी प्याडका सन्दर्भमा रातो कर माफ गर भनेर नारा लगाइएको होइन । कति चाँडै बिर्सिएको होला मानिसहरूले यो विषय । महिलाले रातो कर माफ गर भन्नुभएको होइन । त्यो भन्नु एक हिसाबले लज्जाको विषय नै थियो । त्यतिबेला उद्योगीले बोल्नु पर्दैन रु हामी उत्पादन गरिरहेका छौँ भन्नु पर्दैन । हामीले ती उद्योगीलाई पनि संरक्षण गर्न खोजेका छौँ । सरकार आफैँले रु दुई अर्ब बराबरको खरिद गर्छ । सरकारले आयकर र कच्चा पदार्थ आयात गर्दा लाग्ने शुल्कमा छुट दिइएको छ ।
घिउ, तेलको विषय पनि सँगै जोडिएर आएको छ ? किन हरेक क्षेत्रमा विवाद सिर्जना गरिँदैछ ?
यो विषय सामान्य हो । व्यवसायीले सहमति गरेर खरिद बिक्री के के गर्ने हो त्यो आफैँले मिलाउँदा हुन्छ । चाउचाउ र बिस्कुटको कच्चा पदार्थका रुपमा आयात हुने रहेछ । यसमा व्यवसायीले सहमति गरे भइहाल्छ । प्रक्रिया मिलाइन्छ । वायर रडको विषय पनि आएको छ । यो नेपालमा पर्याप्त छ । तर, उद्योग बन्द हुन दिँदैनौँ । सरकार उद्योग विस्तारमा सहजीकरण गर्छ, समस्यामा पर्न दिँदैनौँ ।
बजेटको अन्तरवस्तुमा भन्दा पनि राजनीतिक रुपमा आरोपित गर्ने कोणबाट किन यसलाई बढी उचाल्ने प्रयास भयो होला ?
राजनीतिक रुपमा हेर्दा, यो गठबन्धनप्रति परिलक्षित छ । गठबन्धन टुटाउन सकिन्छ कि भन्ने प्रयास गरिएको छ । गठबन्धन टुटाउने र अस्थिरता सिर्जना गर्ने प्रयास भएको छ । बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूतरूपमा समेटिएको छ । जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ । केही विषय छुटेको होला । तर मुलतभूत रुपमा देशको अर्थतन्त्रलाई बलियो बनाउने गरी आएको बजेटमाथि प्रश्न रु त्यो पनि राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा प्रश्न गर्नुको कुनै अर्थ र औचित्य छैन ।
बजेट निर्माणको दिन राति १२ बजेपछि अर्थमन्त्रालयको कोठामा चुकुल लागेको थिएन र अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर विशेषगरी तपाईँमाथि आरोप लगाउने प्रयास गरिएको छ । अर्थमन्त्रीले यस्तो गर्न सक्छन् ?
यहाँ चुकुल लागेको छैन । १२ बजे राति त त्यसदिन म यहाँ (मन्त्रालय) मा थिइन् । त्यसअगावै पुल्चोकस्थित मन्त्री निवास गइसकेको थिएँ । त्यहाँ गएर सोध्नुस् । त्यहाँ त नेपाली सेना छ, प्रहरी छ । उनीहरुले आफ्नो निकायमा रिपोर्ट गरेका हुन्छन् । को कति बेला आयो, को कति बेला गयो भनेर टिपेर राखेको हुन्छ । अनि फेरि मैले किन चुकुल लगाउने ? विगतमा बजेट बनाउने गरेको समयमा यहाँको ढोका बन्द हुने गरेको थियो । यसपटक कुनै पनि बेला यहाँ बन्द थिएन । सबै मान्छेहरूयहाँ आइराखेका थिए । बजेट लेख्ने समयमा पनि आफ्ना माग लिएर मानिस त आइरहेका नै थिए । जेठको १२ गते पनि आएका थिए, १४ गते दिउँसो पनि आएका थिए । अर्थमन्त्रालयको ढोका कहिल्यै पनि बन्द गर्नु हुँदैन । हामी जनताका काम गर्न बसेका सेवक हौँ ।
अर्थमन्त्रीलाई आरोपित गरेर गठबन्धन नै भत्काउने उद्देश्य राखेर यस्ता गलत प्रचार गरिएको हो भन्ने कोणबाट केहीले टिप्पणी गरेका छन् ? यसलाई यही रुपमा बुझ्दा हुन्छ कि थप अरु पनि केही छ ?
अर्थतन्त्रका सूचांकमा समस्या आउनु, बढी ऋण वितरण हुनु अर्थमन्त्रीको हैसियतले मेरो जिम्मेवारी हो । विभागीय मन्त्रीको हैसियतले यो बजेटको समग्र स्वामित्व मैले लिन्छु । यहाँ भएको कमजोरीको जिम्मा र राम्रोको जश पनि लिन्छु । तर, मैले यसमा सबैको साझा स्वामित्व छ भनेको छु । कमजोरीको जिम्मा त मैले लिन्छु । उपलब्धि सबैको हो । म यहाँ आएदेखिकै समस्या छन् । शेयर बजारका साथीहरू आउँछन् र मैले पेलेको भन्छन् तर शेयर बजारको समस्या समाधानका लागि सकारात्मकरूपमा नै काम गरेको छु ।
समस्या समाधानका लागि कदम चालेको छु । सोहीअनुसारको निर्देशन गरेको छु । सोहीअनुसारको प्रक्रिया अगाडि बढाएको छु । विधि, नियम बनाउन सहयोग गरेको छु । त्यसलाई कसरी अगाडि बढाउने भन्नेमा चिन्तनमनन गरेको छु । यो विस्तारित हुनुपर्छ, यो अर्थतन्त्रको ऐना हो भनिरहेको छु । तर, त्यसैमा प्रश्न फेरि पनि । अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्छ ।
मौद्रिक नीति कसरी आउँछ, दुनियाँलाई जानकारी छ । त्यसले पार्ने असर के हुन्छ, सबैलाई थाहा छ । मैले भनिरहनु पर्दैन । विविध समस्या आउँछन् । म अर्थमन्त्री भइसकेपछि प्रश्न उठ्नु स्वभाविक छ । अन्यथा मान्दिनँ, तर उत्तर दिन मैले पाउनुपर्यो । मैले स्पष्ट गर्न पाउनुपर्यो । जनतालाई भ्रमित पारेर मात्रै भएन भन्ने मेरो भनाइ छ । जनताले थाहा पाउन त पाउनुपर्यो ।
राष्ट्रको विरुद्ध मैले कहाँ गद्दारी गरेको छु ? जनताको विपक्षमा के काम गरेको छु ? भन्नुपर्यो, प्रमाणित गर्नुपर्यो, के नराम्रो गरेँ मैले ? मैले जे गरेको छु देशको हितमा गरेको छु । जनताको पक्षमा नै काम गरेको छु । योजना बनाउँदा कुनबाट कहाँ पर्यो, त्यो सबै कुरा त मलाई थाहा हुँदैन ।
प्रदेशको सन्तुलनमा पनि हिजोको भन्दा केही बजेट बढेको छ । एकैपटक सबै गर्न सकिँदैन । चालु योजना काटेर अर्कोमा राख्न सकिँदैन । प्रदेशमा पनि सन्तुलन मिलाउन खोजिएको छ । विगतको भन्दा बढेको छ । कर्णाली र मधेस प्रदेशमा थोरै भए पनि बजेट बढेको छ । बढी जाने ठाउँमा थोरै घटेको छ । संघीयता लागू गर्ने काममा मैले प्रयास गरेको छु ।
मैले कहाँ गरे देशको विरुद्धमा काम ? जनताका विरुद्ध के गरेँ ? कुनै विषय नपाएपछि कथा बनाएर को मान्छे आयो रे । कथा–पटकथा बनाइएको छ । हरेक मान्छेको रेकर्ड लिएर बस्ने म यहाँ ? मेरो काम हो त्यो ? कोही पनि अनधिकृत मान्छे म हुँदासम्म यहाँ आउँदैन र आएको पनि छैन । सबै आधिकारिक व्यक्ति नै आउँछन् ।
दुई–दुई वटा सचिव, कानून सचिव छन् नि त्यो दिन यहाँ । उहाँहरू त रातभर बसेर बजेट बनाउनुभएको छ । म गएर सुतेको हो । बिहान ६ बजे म आउँदा पनि उहाँहरूकाम गरिरहनुभएकै थियो । त्यसकारण यो बजेटको कुराभन्दा राजनीतिक फाइदा लिने प्रयत्न हो । यो स्वभाविक होला । त्यसकारण म यसलाई अन्यथा भन्दिन । तर तथ्य कुरा के हो भने जनताको अहितमा न बजेट आएको छ । न प्रक्रियामा नै यताउता गरिएको छ । मैले पाएको जिम्मेवारीअनुसार इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रयत्न गरेको छु ।
एमालेले त तपाईमाथि संसदीय छानबिन हुनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ नि ?
देशको पक्षमा बजेट बनाएको आधारमा संसदीय छानबिन हुन्छ ? देशको पक्षमा बजेट बनाएपछि राजीनामा दिनुपर्छ ? राजीनामा दिन त, देशको विरुद्ध घात गरेको हुनुपर्यो । जनताको विपक्षमा उभिएको हुनुप¥यो । कुनै बदमासी गरेको वा भ्रष्टाचार गरेको हुनुपर्यो । चुनौतीका साथ म भन्न सक्छु । पुष्टि गरेर आउँदा हुन्छ । मैले कुनै भ्रष्टाचार गरेको छु, जनतालाई घात गरेको छु भने कारबाही भोग्न तयार छु । माग त हुनसक्छ । माग राख्न पाइयो । त्यसप्रति मेरो कुनै गुनासो छैन ।
तपाईलाई आरोपित गर्दा, तपाई सम्वद्ध पार्टीलाई पनि क्षति पुर्याउन सकिन्छ भन्ने राजनीतिक भाष्य पनि यसभित्र लुकेको छ कि ?
मेरो पार्टीलाई ठोक्न सकिन्छ, गठबन्धनलाई समस्यामा पार्न सकिन्छ भन्नेमा नै विषय केन्द्रित छ । गठबन्धन सरकार छ । गठबन्धन कसरी बन्यो भन्ने पनि थाहा छ । कुन परिवेशमा गठबन्धन बन्यो भन्ने पनि छ । गठबन्धन बन्दा नबन्नेहरुको के प्रभाव परेको होला भन्ने कुरा पनि स्पष्ट बुझन सकिन्छ । राजनीतिक रुपमा ‘इस्यू’ बनाएर प्रतिशोध साँध्नेबाहेक अरु कुरा केही पनि होइन ।
शेयर बजारमा देखिएको समस्या समाधानका कुनै पहल गर्नुभएन भन्ने आरोप पनि छ नि ?
शेयर बजारलाई कसरी राम्रो गर्ने भनेर के छन् त्यहाँभित्रका समस्याहरूपत्ता लगाउ र समाधान गर भनेर नयाँ व्यक्तिहरू नियुक्ति गरेर स्पष्ट निर्देशन दिएर पठाएको छु । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत र नेपाल धितोपत्र बोर्डको अध्यक्षलाई निर्देशन दिएको छु । बुक बिल्डिङको काम कसरी गर्ने, अरु काम कसरी गर्ने अरु कोषहरू कसरी बनाउने, अरु संरचनाको विकास कसरी गर्ने, आइटी क्षेत्रलाई कसरी सहज बनाउने भनेर स्पष्ट निर्देशन दिएको छु ।
उहाँहरू काममा हुनुहुन्छ । त्यो कामले गति लिँदैछ । शेयर बजार व्यवस्थित ढङ्गले चल्ने वातावरण बन्दैछ । सामान्यरूपमा कसैले यताउति गर्दा पनि तलमाथि नहुने गरी काम भइरहेको छ । अब काम उहाँहरुको जिम्मामा छ । अर्थमन्त्रीले शेयर बजारमा घटाउने बढाउने गर्न सक्दैन । त्यो गर्दा पनि गर्दैन । म लगानीकर्तालाई विश्वास दिलाउन चाहन्छु कि राम्रो काम हुँदैछ, तपाईँहरू नआत्तिनुस् ।
तपाईँले तथ्यांक त हेर्नुभएको होला, आगामी आवको बजेट सार्वजनिक भएपछि एक कारोबार दिन मात्रै नेप्से परिसूचक उकालो लागेको छ र अरु सबै दिन ओरालो लागेको छ । समस्या त्यससँग सम्बन्धित संस्थाको हो कि अर्थतन्त्रको अन्य पाटोसँग पनि जोडिएको छ ?
त्यसमा दुईवटा विषय छन् । एउटा हाम्रोमा यससम्बन्धी साक्षरताको कमी छ । त्यसभित्र गर्नुपर्ने धेरै काम पनि बाँकी छ । ती सबै काम समयमा हुन नसक्दा आम लगानीकर्ताले प्रक्रियालाई बुझने, कहाँ गर्दा के हुन्छ भन्ने जानकारी छैन । बजारमा परिपक्वता आएको छैन । त्यहाँको साधन र स्रोत बलियो बनाउनुपर्छ । अहिलेको चुनौतीले सकारात्मक दिशामा नै लगिरहेको छ । मलाई विश्वास छ, शेयर बजारले गति लिन्छ र लिनु नै पर्छ ।
शेयर बजारमा समस्या देखिनुको पछाडि बैंकिङ तरलताको विषयले पनि काम गरेको टिप्पणी पनि गरिएको छ ?
हो, यसमा बैंकिङ क्षेत्रसँग जोडिएको तरलता पनि जोडिएको छ । हाम्रो संरचनागत समस्याहरू आजको मात्रै होइन । हिजो हामीले राज्यको पुनः संरचना गर्दा यस क्षेत्रको पनि पुनःसंरचना नहुनुको परिणाम पनि हो । नयाँ ढङ्गले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनिसकेपछि त्यसको लक्ष्य र उद्देश्यसँग एकाकार हुनुपर्ने थियो ।
त्यसअनुसारको कार्यविभाजनको समस्या पनि रहेको छ । केही कानुनले निर्देशन गर्दैछ । प्रक्रियामा अगाडि बढेको छ । हाम्रो खर्च गर्ने क्षमताको कमजोरी देखियो । एउटा पाटो हो यो । मैले विभिन्न मन्त्रालयसँग प्रयत्न गरे । अर्थमन्त्री आफैले खर्च गर्ने त होइन । अर्थमन्त्री त त्यसका लागि सहजकर्ता, स्रोतको व्यवस्थापक मात्रै हो । सरकारको कमजोरीका साथ साथै संरचनागत कमजोरी पनि त्यसमा जोडिएको छ ।
तपाइँले त मासिक १० प्रतिशत पूँजीगत खर्च गर्ने कुरा गर्नुभएको थियो, तर त्यसो त हुन सकेन ? के रहेछ त्यस पछाडिका कारण ?
हो, हामीले भनेको हो, तर सकिएन । त्यसरी परीक्षण गर्दा हुन्छ कि भनियो । त्यसअनुसार अगाडि बढेन । अर्को पाटो मौद्रिक नीतिले कतिपय विषय निर्धारण गर्छ । त्यसैसँग सम्बन्धित छ आयात । आयातका कारणले धेरै पैसा बाहिर गयो । त्यसपछि हुण्डीलगायतका विषय छन् । त्यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय एक्लैले त सक्दैन ।
त्यसमा सबैको साथ सहयोग जरुरी रहन्छ । व्यवसायीका ‘अण्डर इन्भ्वाइसिङ’लगायतका कुरा छन् । यी तमाम कुराले पनि समस्या पारेको छ । यसलाई समाधान गर्न मौद्रिक नीतिमार्फत सम्भव भएका कुरा त्यताबाट गर्ने र अरु विषय यताबाट गर्ने भन्ने छ । हामीले अहिले ल्याएको नीतिले निर्यातलाई प्रोत्साहन गरेको छ । निर्यातबाट पनि विदेशी मुद्रा भित्र्याउँछौँ । लगानीमार्फत पनि ल्याउँछौँ । जस्तैः पश्चिम सेती त्यसको एउटा उदाहरण हो । ठूला परियोजना अगाडि बढाउँछौँ । विद्युत् निर्यात भइरहेको छ । हिजो ल्याएका थियौँ, आज गएको छ ।
सिमेन्ट, क्लिन्कर, जस्तापातालगायतका कुरा पनि छन् । यसरी समग्रताबाट तरलतालाई व्यवस्थापन गर्ने काम अहिलेको नीति तथा कार्यक्रम र बजेटमार्फत दिशा तय भएको छ । त्यसमा राष्ट्र बैंकको आफ्नो भूमिका छ । अर्थ मन्त्रालयको पनि आफ्नो भूमिका छ । समग्रमा अर्थमन्त्रालय जिम्मेवार हुने कुरा लुकाइछिपाइ गर्नु पर्दैन । भाग्न पर्ने कुरा पनि छैन । तर परिस्थितिलाई कसरी हल गर्ने भन्नेमा हामी अगाडि बढेकै छौँ ।
विदेशी मुद्राको सञ्चिती ओरालो लाग्दै गएको सन्दर्भमा देश श्रीलङ्काको बाटोमा छ भनेर टीकाटिप्पणी भएको छ, देश दिशातर्फ हो कि ? सुधारको दिशामा छौँ, स्पष्ट पारिदिनुहोस् ?
तथ्यांकले सन् २०२१ देखि नै विदेशी मुद्राको सञ्चिती ओरालो लाग्ने क्रम शुरु भएको देखाउँछ । मूल्यवृद्धि पनि यसमा सम्बन्धित छ । मूल्यवृद्धि आन्तरिकभन्दा पनि बाह्य कारण बढी छ । तेलको भाउ बढ्दा सबै क्षेत्रमा प्रभाव पर्छ । कोइलाको मूल्य बढ्दा समस्या पर्छ । इन्धनको मूल्यवृद्धिको अन्तर्राष्ट्रियस्तरमा पारेको प्रभाव पनि यसमा जोडिएर आउँछ ।
वस्तु पहिलाको जत्ति आयात भए पनि पैसा त बढी गएको छ । यो कुराले अलिक डलरको खर्च भइरहेको छ । तर हामी अहिले पनि सेफ जोनमा छौँ । ६।६ महिनाको सेवा वस्तु खरिद गर्न सक्ने क्षमता छ । विप्रेषण पनि आइरहेको छ । त्यसलाई अघि मैले भनेको नीति र कार्यक्रमले पनि सम्बोधन गर्छ । सरदरमा मासिक २१ करोड बराबरको डलर खर्च भइरहेको देखिन्छ ।
मार्जिन लगाउनेदेखि उच्च मूल्य भएका वस्तुलाई नियमन गर्ने काम पनि भएको छ । यस्तै ड्युटी बढाउने काम भइरहेको छ । आयात कम गर्ने गरिएको छ । बीचबीचमा घट्ने बढ्ने पनि भइरहेको छ । श्रीलङ्का नै हुन्छ भनेर प्रचार भइरहेको छ । त्यस्तो प्रचार गर्नेलाई म के भन्न चाहन्छु भने अहिलेको नीति तथा कार्यक्रमले त्यसलाई रोकेको छ । सरकारको सोही विषयलाई केन्द्रमा राखेर कार्यक्रम ल्यायो । खुल्ला हृदयका साथ स्वागत गर्नुपर्यो यो बजेटलाई ।
हाम्रो अर्थतन्त्रको बनावट हेर्यौँ भने हाम्रो पर्यटन क्षेत्रमा सुधार भइरहेको छ । कृषि क्षेत्रमा विगतको बाढीले असर गर्यो । अहिले रासायनिक मलको कारणले केही समस्या खडा गर्ला । समग्रमा कृषि क्षेत्रले अर्थतन्त्रलाई सहयोग गर्छ । अन्य क्षेत्रमा सकारात्मक प्रभाव परेको छ ।
उद्योगको योगदान १४ प्रतिशत मात्रै छ, त्यसलाई वृद्धि गर्न लागिपरेका छौँ । विप्रेषणको आयात पनि क्रमशः वृद्धि भइरहेको छ । हाम्रा स्रोतहरुमा विविधीकरण छ । हाम्रोमा संकट छैन तर बृद्धि गर्नुपर्ने आवश्यकता छ । डलर सञ्चितीलाई बढाएर सात महिना, आठ महिना पुर्याउने दिशामा लागेका छौँ । त्यसलाई सम्बोधन गर्ने काम अहिलेको नीति तथा कार्यक्रम र बजेटले गर्छ । हामी समाधानको दिशामा छौँ ।
केही क्षेत्रमा रसिया र युक्रेनबीचको संघर्ष देखाएर पन्छिने प्रवृत्ति पनि देखिएको छ ? वास्तविकता त्यस्तै रहेछ ?
कोही पन्छनु परेन । त्यो त तथ्य हो । तेलको मूल्य बढेको कुरा तथ्य हो । यो लुकाउने, बहानाबाजी गर्ने विषय होइन । इन्धनको मूल्यले के असर गर्छ भन्ने देखिएको छ । यो त देखेको कुरा हो, भन्ने कुरा होइन ।
अर्थतन्त्रमा देखिएको भनिएको समस्या समाधानको दिशामा छ भन्न खोज्नु भएको हो, त्यसो भए ?
हो, हामीले अहिलेको बजेट, नीति र कार्यक्रम कार्यान्वयन गर्दै जाँदा समाधान गर्न सक्छौँ । समाधानको दिशामा जान्छ । अस्थिरताबाट स्थिरता भनेका छौँ, हामीले । सक्छौँ हामी । आयातबाट क्रमशः निर्याततिर जान सक्छौँ । हामीलाई प्रकृतिले दिएको स्रोत र साधन प्रयोग गर्न सक्छौँ ।
केही होला कि भनेर चिन्ता गर्दा त्यसलाई सम्मान नै गर्छु । तर, चिन्तालाई समाधान गर्ने योजना चाहियो । चिन्ताबाटै योजना बनेको छ, कार्यान्वयनमा जान्छ । हामीले सबैलाई आह्वान गरेका छौँ । सरोकारवाला सबैलाई आग्रह गरिएको छ । यो आह्वानले सबैलाई उत्साहित गरेको छ । सरकारले आफ्नो क्षमता प्रस्तुत गरेर अगाडि बढ्दा सफलता हासिल हुन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xWL0ub via IFTTT
एमसीसीबारे सडक र सदनमा चर्काचर्की नै भयो । यतिसम्मकी सत्ता गठबन्धन नै एमसीसीको कारण टुट्ला जस्तो भयो । तर, एमसीसी पारित भयो । गठबन्धनमा एमसीसी विरोधी भनिएका नेकपा माओवादी केन्द्र र नेकपा एसले नै साथ दिए ।
एमसीसी पारित भएको केही महिनामै एसपीपीको विषय उठेको छ । अमेरिकी सहयोग सम्बन्धी एमसीसी जस्तै एसपीपी स्टेट पार्टनरसीप प्रोगामले सडक र सदन तात्तिएको छ । एसपीसी सैन्य साझेदारीसम्बन्धी अमेरिकी कार्यक्रम हो ।
एसपीपीको मस्यौदा नै मिडियामार्फत् सार्वजनिक भएपछि अमेरिकाले त्यसलाई झुट भनेको छ । सरकारले एसपीपीमा नेपाल अहिलेसम्म संलग्न नभएको र हुने सोच नभएको बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले संसदमा बोल्दै असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अबलम्बन गरेको भन्दै कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न नसक्ने बताए ।
नेपालमा अमेरिकी सेनाहरु आएकोबारे प्रश्नमा उनले प्राकृतिक विपद र मानवीय सेवाको क्षेत्रमा उद्धार र राहतका लागि सेनाहरु आएको बताए । नेपालले पनि विदेशमा विभिन्न तालिम र सेवाका लागि सेना पठाउने गरेको उनको भनाई थियो ।
तर, संसदमा एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल कडा रुपमा प्रस्तुत भए । उनले सत्ता पक्षले एसपीपी विवादमा आएपछि एमालेको टाउकोमा हाल्न खोजेको आरोप लगाए ।
संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षमाथि कुनै एक शक्तिराष्ट्रको स्वार्थको सम्बोधनमा लागिेको आरोप लगाइसकेका छन् । उनले सरकारको नियतमाथि नै प्रश्न गरे ।
पछिल्लो समय एमालेले सरकार र प्रधानमन्त्री शेरबहादुर देउवामाथि विदेश नीतिको विषयमा विभिन्न आरोपहरु लगाइरहेको छ । तर, देउवा र उनीनिकट नेताहरुले प्रतिरक्षा मात्र गरेका छैनन् ओलीका पालामा विदेश मामलामा भएका कतिपय विवादास्पद कार्यहरुबारे बताउँदै आएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tGVU4G via IFTTT
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको आधारभूत ठाउँ भएको बताउनुभएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एमालेको स्थानीय तहमा निर्वाचित नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको अभिमुखीकरण कार्यक्रममा उहाँले प्रशिक्षणले जनप्रतिनिधिलाई आगामी मार्गदर्शनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालीन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गर्नुभएको हो ।
“चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला– पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।”
अध्यक्ष ओलीले बहुमत भएको, नेतृत्व मात्रै भएको वा दुवै नभएको स्थानीय तहमा फरक तरिकाले प्रभावकारिता देखिने गरी काम गर्नसक्नुपर्ने बताउनुभयो । “विजयी बनाउने जनतालाई अर्कोे पटक पनि विश्वास गर्ने गरी अभिभारा सुम्पिएको छ । तपाई उसको सेवक हुनाका लागि हो, स्वतन्त्र नागरिक जस्तो फुक्का होइन । अब बढी शालीन हुनुपर्दछ ।”
प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेललगायतले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ ।Source
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MQEqJT via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोक्न लगाउनेगरि पार्टीभित्र गृहकार्य थालेका छन् । प्रधानमन्त्री देउवा यही असार दोस्रो साता अमेरिका जाने तयारीमा जुटेको बेला सत्तारुढ दल माओवादी केन्द्रले भने प्रधानमन्त्रीको अमेरिका भ्रमण रोक्नेगरि तयारी थालेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई अमेरिकाको भ्रमण रोक्न आग्रह गर्ने तयारी भएको सुझाव दिए । यदि आफूहरुको आग्रह प्रधानमन्त्री देउवाले बेवास्ता गरे सरकारबाट बाहिरिनेसम्मको तयारी रहेको गुरुङको चेतावनी छ । अहिले प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण गर्नु उपयुक्त नहुने माओवादीको निश्कर्ष छ ।
संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालमा अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण भैरहेका छन् । यही अवस्थामा प्रधानमन्त्री देउवा पनि अमेरिका जाने तयारीमा छन् । उनको भ्रमणको तयारीमा दुवै देशले आवश्यक गृहकार्य थालिसकेका छन् । तर, नेपालमा भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मात्रै नभएर सत्तारुढ दलले नै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रश्न उठाउन थालेका छन्
प्रधानमन्त्री देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालय र अमेरिकी ‘डिपार्टमेन्ट अफ स्टेट’ ९विदेश मन्त्रालय०ले नभएर रक्षा मन्त्रालयको तहमा अर्थात् अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्स र नेपालको पनि रक्षा मन्त्रालयबाट भैरहेको भनेर एमाले सांसद प्रदिप ज्ञवालीले आवाज उठाएका थिए । ज्ञवालीले यसबारेमा सरकारले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए । अमेरिकी सेनाका प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए। फ्लिन नेपालको भ्रमण गरेका थिए भने प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाँदैछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NYlKZM via IFTTT
दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं। दुबई पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मुगु खत्याड गाउँपालिका-११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मुलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं सिफलस्थित भिजन मल्टिपर्पोज प्रा.लि.का संचालक कार्कीले दुबई (युएई)मा जानको लागि ७ लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस गार्डको काम लगाइदिन्छु मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट ७ लाख रूपैयाँ रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौ पठाइएको छ ।
पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ
पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो ।
साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Og3laS via IFTTT
राजन कटुवाल/हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।
मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् । ‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ’, बानियाँले भने ‘कांग्रेसलाई छोडेको खण्डमा ठिकै छ, नत्र कांग्रेसले जबरजस्ती गर्दैन ।’
अहिले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे छन् । कार्यक्रममा बोल्दै बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोर्नुपरेको बताए । ‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो,’ उनले भने ‘कांग्रेसले नराम्रो काम गरेन, हल्लाको पछाडी जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन् ।’
पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताएका हुन् । उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधीसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिहरूप्रति प्रश्न खडा हुने बानियाँले बताए । अहिले जितेका जनप्रतिनिधिहरूलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39rReIM via IFTTT
काठमाडौं । नेपालस्थित् अमेरिकी दूतावासले एसपीपीबारे मुख खोलेको छ। उसले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सामेल हुन कुनै देशलाई नभनेको स्पष्ट पारेको छ। दूतासावले आज (मंगलबार) एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो भनेको हो । दूतासावले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने अनलाईन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज पनि असत्य भएको दाबी गरेको छ।
उसले भनेको छ-
नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ।
स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ।
२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश छन्। तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्। आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3QorbTu via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र वाम एकताका लागि दबाब बढ्न थालेको छ । नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत खुलेरै वाम एकताको पषमा दबाब दिन थालेका छन् ।
वर्षमान पुन निरन्तर नेकपा एमालेका नेताहरुसँग सम्पर्कमा छन् । उनले खुलेरै चुनावमा वाम तालमेलको कुरा गर्दै आएका छन् । नारायणकाजी श्रेष्ठले त आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै गरे । ओलीसँग श्रेष्ठले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अमेरिकाको भूमिका बढेको विषय देखि वाम एकता नभए ठूलो संकट आउनसक्ने भन्दै छलफल गरेको बुझिएको छ ।
श्रेष्ठले वाम एकताका लागि आफूहरु सधै तयार भएको भन्दै मार्ग खोल्न ओलीलाई पनि आग्रह गरे । विश्वस्त स्रोतका अनुसार श्रेष्ठले प्रचण्डलाई समेत वाम एकताका लागि दबाब दिएका छन् । उनले माओवादीभित्र अलग समूहलाई सक्रिय बनाएका छन् । वाम एकताका लागि कुनैपनि बेला माओवादीभित्र विद्रोह गर्ने सम्मको रणनीतिमा श्रेष्ठ पुगेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pdfbq via IFTTT
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा लोसपालाई तत्काल सरकारमा ल्याउन दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएका हुन् । सो विषयमा देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति भइसकेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्न चाहनुहुन्छ, यो उहाँको स्थानीय तह निर्वाचन अघिदेखिकै चाहना हो, अहिले पनि त्यसमा प्रयास भइरहेको छ, दुई मन्त्री र एक राज्यमन्त्री लोसपालाई दिनेगरी उच्च तहमा छलफल भइरहेको छ,’ स्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा उद्योग वाणिज्य तथा आपूर्तिमध्ये एक मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याउने योजना बनाएका हुन् । हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व माओवादी केन्द्रको र उद्योग, वाणिज्य तथा आपूर्ति कांग्रेसको भागमा छ ।
यस्तै, सरकारमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई पनि सरकारबाट बाहिर राख्ने योजना देउवाको छ । सो स्थानमा लोसपाकै नेतालाई राज्यमन्त्री बनाउने तयारी छ । यसैगरी, हाल खाली रहेको रक्षा मन्त्रालयमा सरकारमा रहेका आफ्नै दलका मन्त्रीलाई हेरफेर गरेर रिक्त हुने मन्त्रालयमा लोसपालाई ल्याउने योजनासमेत देउवाको छ ।
यसरी रिक्त हुने दुई मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग संवाद गरिरहेका छन् ।
लोसपाले भने पहिले विगतदेखि नै आफ्नो दलले सरकारसँग राखेका मागका विषयमा प्रस्ट हुन सरकारलाई दबाब दिएको छ । राजधानी दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3O1hxUM via IFTTT
काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री पदकै लागि फुट्ने सम्भावना बढेको छ । एसले आइतबार बैठक गरी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ ।
६–६ महिना बन्ने सहमति अनुसार फिर्ता बोलाएको माधव नेपालले प्रतिक्रिया दिएपनि बहालवाला मन्त्रीहरु मान्नेवाला छैनन् । उनीहरु बजेटको बेलामा आफूहरुलाई जानकारी सम्म नदिई हटाएकोमा विद्रोहको चेतावनी दिइरहेका छन् ।
श्रममन्त्री किसान श्रेष्ठले घुमाउरो तरिकाले पार्टी विभाजनको धम्की दिइसकेका छन् । उनले आफूहरुसँग १८ सांसद रहेको दाबी गरेका छन् । श्रेष्ठ अन्तिम समयमा नेकपा एमाले छाडेर माधव नेपालको साथमा पुगेका थिए । उनीसहित प्रेमबहादुर आले, धनबहादुर बुढा पनि एसको पक्षमा लागेका थिए । उनीहरु सबै एकढिक्का भएका छन् ।
मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका लागि सिफारिश गरिएकाहरुको अलग समूह बनिसकेको छ । माधव नेपाल र झलनाथ खनाललाई आले र श्रेष्ठलगायतका नेता तथा सांसदले चुनौती दिइरहेका छन् । विरोध खतिवडा पनि यही समूहमा छन् ।
एमालेभित्र विगतमा केपी शर्मा ओलीले एकल तरिकाले निर्णय गर्थे । यसपटक माधव नेपालले त्यस्तै गरे । उनी पनि ओलीपथमा लागेको टिप्पणी एसभित्र हुन थालेको छ ।
एमाले महासचिव वेदुराम भुसालले मन्त्री नपाएकै आधारमा कोही पार्टी छाड्न खोज्छ भने नरोक्ने टिप्पणी गरेका छन् । उनले मन्त्रीका लागि पार्टी नै छाड्छु भन्नेहरुबाट नचल्ने समेत बताए । यसकारण पनि एसभित्र निकै ठूलो विद्रोहको अवस्था बनेको स्पष्ट हुन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NGLZ76 via IFTTT
काठमाडौं। सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । आइतबार बिदा हटाउने निर्णय १ असारदेखि लागू हुनेछ ।
यसअघि इन्धन खपत घटाउन भन्दै सरकारले शनिबार दिदै आएको बिदा यथावत् राखी आइतबार पनि बिदा दिने निर्णय लिएको थियो । तर, यसको चौतर्फी विरोध भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3H9sfq6 via IFTTT
काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो ।
बढुवा भएकामा एक नम्बरमा उत्तम सुवेदी परेका छन् । त्यसपछि अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् । सिंह नेपाल प्रहरीमा अप्राविधिकतर्फ एआइजी हुने पहिलो महिला बनेकी छिन् ।
यसैगरी, सहसचिव सर्जुकुमार वैद्यलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । प्राविधिक सहसचिव वैद्य सचिवमा बढुवा भएका हुन् ।-
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MEhayB via IFTTT
काठमाडौंं । सरकारले नागरिकता विद्येयक अघि बढाउने तयारी गरेको छ । यसको लागि गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता बढाएका छन् ।
हिजोमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यो विषयमा छलफल गरेको बुझिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गतेदेखि संसदमा छ ।
उक्त विद्येयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख दलका शीर्ष नेताहरुँगको भेटवार्ता बाक्लो बनाएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले पनि तत्काल यो विद्येयक अघि बढाउन भनिरहेका छन् ।
गृहमन्त्री खाँणले भने सबै सरोकारवालाहरुसँगको छलफलपछि मात्रै यसलाई अघि बढाउने तयारी गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NAZqp0 via IFTTT