काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । आज सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s2s8Gt via IFTTT
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो।
केन्द्रको उक्त निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताहरूले बागी उम्मेदवारी दिएका छन्। देशका अरू विभिन्न भागमा पनि गठबन्धनका स्थानीय नेताले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्।
सत्तारूढ गठबन्धनका नेताहरूले आज साँझसम्म त्यस्ता उम्मेदवारी फिर्ता गरेर साझा उम्मेदवार बनाउने भनेका थिए। भरतपुर, जनकपुरजस्ता ठाउँमा बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन्।
उम्मेदवारी फिर्ता लिन केही घन्टा बाँकी रहेका बेला गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rZ22o6 via IFTTT
चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन गएका गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका छन् ।
शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । उनीहरुले स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।
भरतपुरमा रहँदा मन्त्री खाँणले कांग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरुलाई भेटेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3voajUy via IFTTT
पोखरा । पोखरा महानगरपालिकामा आउँदो ५ वर्षका लागि जनप्रतिनिधि बन्ने आसमा पार्टीबाट टिकट माग्दै बहालवाला पदबाट राजीनामा दिएका अधिकांशले टिकट पाएका छैनन् । २ वडाध्यक्ष सहित ३१ जना वडा सदस्यहरूले टिकट नपाएका हुन् ।
कांग्रेसबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु र ४ बाट निर्वाचित शंकर बास्तोलाले पार्टीबाट टिकट पाउने संकेतले राजीनामा बुझाए । तर उनीहरूको ठाउँमा पार्टीले नयाँलाई टिकट दियो । उनीहरू अहिले रित्तै भएका छन् ।
राजीनामा बुझाएर टिकट नपाउनेमा अधिकांश एमाले जनप्रतिनिधि छन् । वडा नम्बर १४ का जितेन्द्र जंग थापा, ढोलबहादुर गुरुङ, १५ की पार्वती कार्की, ३ की लक्ष्मी पराजुली, रवीन कायस्थ र जितेन्द्र कायस्थ, ११ का जंगबहादुर हमाल ठकुरी, मीनबहादुर गुरुङ र तीर्थकुमारी गुरुङले राजीनामा दिए पनि टिकट नपाएका हुन् ।
यस्तै, कार्यपालिका सदस्य यशोदा केसी, वडा नम्बर ९ की राममाया मानन्धर र सुरेश खन्खवास, वडा नम्बर २ का प्रमोद पराजुली, ३० की रमा नेपाली, २७ की सरस्वती सार्की, ४ का सुवर्ण केसी, २४ की सन्तु सुवेदी र अग्नीधर त्रिपाठीले पनि टिकटको आसमै राजीनामा बुझाएका हुन् ।
वडा नम्बर ३२ का विष्णुप्रसाद तिवारी, २९ का थलबहादुर पाण्डे, १२ का निर्मलबहादुर थापा, ८ की किरण गौतम, ७ की सुकमाया नेपाली र दिनबन्धु पौडेल, ५ का पुष्पराज बराल र उज्ज्वल खत्री, २२ का मातृका बराल, ८ का पुष्पराज सिग्देलले राजीनामा दिए पनि टिकट पाएनन् । वडा नम्बर २६ का रामकृष्ण जिसी पार्टीले टिकट नदिएपछि बागी उठेका छन् ।
यस्तै, अघिल्लो पटक सदस्य जितेका ५ जना भने अहिले अध्यक्षमा उठेका छन् । १२ मा देशभक्त केसी, १ मा सहारा प्रधान, ७ मा किशोर बराल, १७ मा राधिका शाही योगी र ६ मा विष्णुबहादुर भट्टराई अध्यक्षमा उम्मेदवार बनेका हुन् । ६ का जगतबहादुर पहारी, ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ, ३२ का अक्कलबहादुर कार्की र ३३ का शिव आचार्य दोहोर्याएर वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rUZeYM via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियामा उनले ओलीलाई शरीरको ख्याल राखेर अभिव्यक्ति दिन सुझाएका हुन् ।
एमाले अध्यक्ष ओलीले मंगलबार कांग्रेसको चुनावी घोषणा पत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले भने,“सनक्क सन्किँदा शरीरलाई अपठ्यारो पर्न सक्छ । शरीरको ख्याल राख्नुहोला ।”
उनले ओलीको मुखमा अँगार भएको टिप्पणी गर्दै मुखमा अँगार भएको व्यक्तिले कालो नै ओकल्ने बताए । “जसको मुखमा अँगार छ उसले ओकल्ने कालै हो,” उनले भने ।
कांग्रेसको घोषणा पत्र पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, डा.गोविन्द केसीलाई पनि पागल भनेको स्मरण गरे ।
“झुटलाई कसैले च्यालेञ्ज गर्छ उहाँले सबैभन्दा पहिले गाली गर्ने कुरा पागल हो,” उनले भने,“सुशीला कार्की, गोविन्द केसीलाई पनि भन्नुभएकै हो । ”
उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rYcD2l via IFTTT
काठमाडौं । काठमाडौं महानगरको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेद्धवारी दर्ता गराएकी छिन् ।
अहिले सिंह निवास चाक्सीबारीमा चहलपहल बढेको छ । चुनावी रणनीति बनाउनको लागि कांग्रेसका नेताहरु पनि भेला भएका छन् ।
‘संस्कार, संस्कृति र सभ्यताको सम्मान, मेयर पदमा सिर्जना सिंहलाई मतदान’ नारा दिएर सिंहका समर्थकहरुले प्रचारप्रसार तिव्र पारिसकेका छन् ।
आज सिंह निवासमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणापनि पुगेकी छिन् । त्यस्तै, महामन्त्री गगन थापा र नेता राजन केसी पनि पुगेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OEQ78w via IFTTT
काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् ।
राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकासमानको श्रीमती नभई राजनितीक योगदानको आधारमा टिकट पाएकी हुँ ।’
महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vFTVO1 via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेका नगर अध्यक्ष उद्दब बिष्ट मेयरको लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपमेयरमा सानान्नी लामाले मनोनयन दर्ता गराएकी छन् ।
बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा बिष्ट र उपमेयरमा लामा सहित ९ वटै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गोकर्णेश्वर पुगेका मेयरका उम्मेदवार बिष्टले समग्र गोकर्णेश्वरको विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/395TMvG via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी बीच चुनावी तालमेल अनुसार उम्मेदवारी दिएका छन । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको हो ।
तालमेल अनुसार गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा एकीकृत समाजवादी बाट गोपाल प्रसाद बराल र माओवादी केन्द्रका पेमाछिरी शेर्पाले गोकर्णेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजा र दलबल सहित गएर उम्मेदवारी दर्ता गराएका हुन। जोरपाटी निवासी बराल नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य हुन भने पेमा छिरि शेर्पा नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद सदस्य एवम् गोकर्णेश्वर नगर इन्चार्ज समेत हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MxjQy6 via IFTTT
नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर ३ गोकर्णेश्वर नगरपालिकाको मेयरका लागि दिपक रिसाललाइ टिकट दिएको छ । रिसाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिव छन् । उनी कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि पनि हुन् । नगर कमिटीले रिसाललाई पहिलो नम्बरमा राखेर मेयरको उम्मेदवार सिफारिस गरेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी निवर्तमान मेयर एवम् कांग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसेलाई सघाएका रिसालले यस पटक आफू उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । क्षेत्रीय समितिले उम्मेदवारबारे मागेको सुझावमा नगर कमिटीले रिसालको सामाजिक प्रभाव बढी भएको भन्दै मेयर उम्मेदवार बन्न योग्य भनेर सिफारिस गरेको थियो ।
रिसाल वरिष्ठ समाजसेवी तथा शिक्षाविदका रुपमा समेत स्थापित व्यक्ति हुन । गोकर्णेश्वर नगरपालिकामा सर्वार्धिक रुचाईएका बौद्धिक, सरल र मिलनसार रिसाल कुशल व्यक्ति हुन् भने प्रशासनिक क्षमताका धनी ब्यक्तित्व मध्यमा पर्छन् । नेपाली कांग्रेसका तत्कालिन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा वि सं २०४६ सालमा भएको पहिलो जनआन्दोलनमा आरआर क्याम्पसबाट विद्यार्थीको भूमिकामा आन्दोलनमा सहभागी भएका रिसाल गणेशमान सिंहको जीवनीबाट प्रभावित भएर नेपाली कांग्रेसको राजनीतिमा प्रवेह गरेका नेता हुन् । सैद्धान्तिक बैचारिक एवम् प्रखर बक्ताका रुपमा समेत चिनिएका रिसाल सामाजिक अभियन्ता,खेलप्रेमी तथा लोकप्रिय र प्रभावशाली युवा नेता हुन । वि सं २०३० साल भदौ १३ गते काठमाडौंको जोरपाटीमा जन्मिएका रिसाल हाल गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहाकार समेत रहेका छन् । उनी अहिले नेपाली काँग्रेसको राजनीतिमा मात्र नभएर विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै सामाजिक काममा समेत कृयाशिल रहेका छन् ।
चुनावलाई केन्द्रित गरेर रिसालले आफ्ना योजना सार्वजनिक गरिसकेका छन् । उनले नगरपालिकाले गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वधार विकासका योजना अघि सारेका छन् । त्यस्तै नगरपालिकाभित्र शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने र रोजगारी सिर्जना गर्ने कामममा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।
१ लाख ५१ हजार २ सय जनसंख्या भएको यो नगरपालिकामा ३३ हजार ८ सय ९८ मतदाता छन् । अघिल्लो चुनावी परिणामका हिसाबले काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकामा कांग्रेस बलियो छ । देशभरै सत्तारुढ पाँचदलले गठबन्धन गरेर जाने निर्णय गरेको समयमा अघिल्लो चुनावमा नै सर्वाधिक मत पाएको कांग्रेसले गोकर्णेश्वरमा आफ्नो दाबी गरेको छ । २०७४ को चुनावमा यो नगरपालिकामा कांग्रेसले ७० प्रतिशत परिणाम निकालेको थियो । नौवटा वडा रहेको यो पालिकामा कांग्रेसले प्रमुख/उपप्रमुखसहित छवटा वडामा जित हात पारेको थियो । बाँकी तीनवटा वडाअध्यक्षमध्ये एउटामा राप्रपा र दुईवटामा एमालेका उम्मेदवार विजयी भएका थिए । नगरपालिका प्रमुखमा कांग्रेस ९ हजार ९ मतका साथ विजयी हुँदा दोस्रो भएको एमालेले ७ हजार ५ सय ९५ मत पाएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38huURh via IFTTT
काठमाडौं । आगामी स्थानीय तहको चुनावको लागि मतपत्र छपाइमा गठबन्धनलाई फाइदा पुर्याउन खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
एमालेले ६ वटा महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका बाहेकका पदमा चुनाव चिन्ह हटाउने समाचारप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो ।
आइतबार अन्य पालिकाको भन्दा फरक प्रकृतिको मतपत्र छापिएको भन्दै एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले आयोगलाई पत्र लेख्दै प्रष्ट पार्न आग्रह गरेका हुन् ।
निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नु हुँदैन र मतपत्रको डिजाइन परिवर्तन गर्ने जस्ता कामहरु निर्वाचन आयोगबाट नहुने पनि पत्रमा उल्लेख गरिएको छ । साथै पार्टीले मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k63MY6 via IFTTT
काठमाडौं। ललितपुरमा गठबन्धन टुटेको हो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेपनि नेकपा एकीकृत समाजवादी पार्टी ललितपुरमा गठबन्धनबाट बाहिरिएको हो ।
गठबन्धन टुटेपछि नेकपा एसले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गरेको छ । मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बनेका हुन् ।
नेकपा एसले महालक्ष्मी नगरपालिका र महाकाल गाउँपालिकामा मेयरको दाबी गरेको थियो । तर, माओवादी त्यसमा तयार नभएपछि कुरा नमिलेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3EFKEd3 via IFTTT
काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले ६ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौँको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।
डंगोल स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणा पत्र सार्वजनिक गरेकी थिइन् ।
ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरपालिकाको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाएको छ । दुवै महानगरको उपमेयरको उम्मेदवार तोकिएको छैन ।
यस्तै, विराटनगर पालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी रहेको उनले बताए ।
एमालेले ९ ओटा उपमहानगरपालिकाको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर–सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।
यी हुन् उम्मेदवार
उपमहानगरपालिका
धनगढी– मेयर मेयर रणबहादुर चन्द, उपमेयर चन्द्रकला राना थारु
नेपालगञ्ज– पशुपति दयाल मिश्र, उपमेयर शान्ति ढकाल
तुलसीपुर– मेयर टीकाराम खड्का, उपमेयर स्यानी चौधरी
घोराही– नरुलाल चौधरी, उपमेयर हुमाकुमारी डिसी
बुटवल– मेयर बाबुराम भट्टराई, उपमेयर साबित्रा अर्याल
हेटौंडा– मेयर अनन्त पौडेल, उपमेयर सुमित्रा काफ्ले
धरान– मेयर मञ्जु भण्डारी, उपमेयर पदम लिम्बू
इटहरी–मेयर यामकुमार सुब्बा, उपमेयर संगीता चौधरी
कलैया– मेयर विनोद शाह
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k9YBGJ via IFTTT
काठमाडौं । नेकपा एमालेले ९ उपमहानगरपालिकामा उम्मेदवार छानेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवार छानेको हो ।
महानगरपालिकाहरुमा उम्मेदवार छानिसकेको एमालेले साँझ उपमहानगरपालिकाहरुमा पनि उम्मेदवार छानेको हो । एमालेको केन्द्रले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्ने तय गरेको थियो । नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेशलाई जिम्मा दिएको थियो ।
एमालेले जितपुर सिमरा र जनकपुरमा उम्मेदवार छान्न बाँकी छ । ९ उपमहानगरपालिकाहरुमा उम्मेदवार छानिएका हुन् ।
धनगढी
मेयर – रणवहादुर चन्द
उपमेयर- चन्द्रकला राना थारु
नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल
तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी
घोराही
मेयर– नरुलाल चौधी
उपमेयर- हुमा डिसी
बुटवल
मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले
धरान
मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु
इटहरी
मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी
कलैया
मेयर- बिनोद शाह
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3OrsGQ1 via IFTTT
काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
आयोगले काठमाडौं महानगरमा राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको जनाएको छ । प्रत्येक स्थानीय तहमा भएका निर्वाचन अधिकृतको कार्यालयमा १० जना कर्मचारी रहने र आचारसंहिता पालना भए नभएको समेत अनुगमन गर्नेछ ।
चुनाव आगामी बैशाख ३० गते हुँदैछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k1rPr6 via IFTTT
काठमाडौं । बाग्मती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएपछि सुवेदीले राजीनामा दिएका हुन् ।
सुवेदीले आज बाग्मतीका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निर्वाचन आयोगले उम्मेदवार दर्ता गर्न जनप्रतिनिधिले राजीनामा दिन पर्ने नियम जारी गरेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3K5sd2n via IFTTT
काठमाडौं । निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामाग्री पठाउन सुरु गरेको छ । आज मुगु, बाजुरा, अछाम, जाजरकोट, सोलु र ताप्लेजुङ जिल्लालाई चुनावमा आवश्यक पर्ने सामाग्री पठाएको आयोगले जनाएको छ ।
बाँकी रहेको अन्य जिल्लामा पनि १० दिनसम्ममा सामाग्री पठाउने आयोगको भनाई छ। आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । हालसम्म १ करोड १९ लाख मतपत्र छापिसकेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kj6jhX via IFTTT
काठमाडौं । सत्ता साझेदार पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । गठबन्धनबीच अधिकांश महानगर उपमहानगरापलिकाको नेतृत्वबारे सहमति जुटेपनि नेपालगञ्जको उपमहानगरपालिकाको नेतृत्वको विवाद मिल्न नसकेपछि छलफल लम्बिएको स्रोतले जनाएको छ ।
शीर्षनेताहरुको छलफलपछि दलहरु आ–आफ्नो आन्तरिक छलफलमा जुटेका थिए । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागवण्डा मिलाउन प्रधानमन्त्री निवासमा भएको बैठकमा आज उम्मेदवारको विषयमा छलफल भइरहेको छ । सम्भवत आज उम्मेदवारको टुंगो लाग्नेछ ।
गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुन पालिका कसलाई दिने,कसका उम्मेदवारलाई उठाउने भन्ने विषयमा बैठक केन्द्रीत भएको स्रोतले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jYV3qG via IFTTT
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले किन्न नसक्ने दाबी गरेका छन् ।
ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा सोधेको एक प्रश्नको उत्तर दिदै उनले यस्तो बताएका हुन् ।
‘काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा कसलाई टिकट दिनुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।
जसको जवाफमा ओलीले भने, ‘सात करोड मात्र होइन् सात सय करोड अथवा सात हजार करोड अफर गरेपनि एमालेलाई किन्न सम्भव छैन्, ।’
साथै उनले एमालेलाई गणेश प्रवृती नचाहिएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rHe2Ku via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।
परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ । खनालले सभापति देउवाले भरतपुर माओवादीलाई छाड्नुपर्ने भनेको खुलाए ।
काँग्रेसभित्र भरतपुर महानगरपालिका नछाड्ने विषय उठिरहँदा देउवालाई खनाललाई डाकेर त्यस्तो भनेका हुन् । देउवाले काठमाडौं, ललितपुर र विराटनगर आफूहरुले लिने भन्दै भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्थाबारे प्रष्ट पारेका थिए । देउवाले जिल्लाको माहोल सम्हाल्न समेत भनेको बताए । तर, जिल्ला सभापति खनालले माहोल फरक रहेको भन्दै कठिन चुनौती आउने जवाफ दिएका थिए ।
भरतपुर महानगरमा गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rEicCS via IFTTT
हुम्ला । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा भने गठबन्धन नहुने भएको छ ।
स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।
वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ ।
सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको कांग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए ।
एकीकृत समाजवादीले राखेको कांग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा कांग्रेस सहमतिमा पुगे पनि माओवादीले मानेको र माओवादी चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबण्डा मिलाउन नसकेको कांग्रेस उपसभापति वसन्त रोकायाले बताए ।
सातवटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एकसय पदमा जितेको थियो । कांग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vw2bAl via IFTTT
काठमाडौं । नेकपा (एमाले) ले काठमाडौं महानगरको मेयरमा केशब स्थापितलाई अघि सार्ने तयारी गरेको छ। एमोलेले मेयरमा अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर, केशब स्थापित, निर्मला देउला र ईन्दिरा पन्तसहित पाँच जनाको नाम सिफारि गरेको छ ।
एमाले महानगर कमिटिको गत बुधबार बसेको बैठकले यी पाँच जनाको नाम मेयरमा सिफारिश गरेको थियो । तर, पछिल्लो समय एमाले नेतृत्वले भने मेयरमा यसपटक स्थापितलाई अघि सार्ने तयारी गरेको विशेष सुत्रले जनाएको छ । स्थापित काठमाडौं महानगरमा निकै नै चर्चित छन् ।
उनको काम गर्ने शैलीप्रति एमाले नेतृत्व पनि सन्तुष्ट छ। स्थापितले भने आफूले टिकट पाए जित्ने दाबी गर्दै आएका छन् । उनले पार्टीले जसलाई टिकट दिएपनि आफू जिताउन लागिपर्ने पनि बताएका छन् । यसपटक काठमाडौं महानगरमा एमालेबाट नेतृत्वको लागि रेसमा स्थापित र मानन्धर अघि देखिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37XkG8G via IFTTT
जनकपुर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजना गरिएको निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले स्थानीय चुनावको मिति तलमाथि गर्न नहुने बताएका हुन् ।
निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले आचारसंहितालाई सामान्य रूपमा नलिन राजनीतिक दललाई उनले आग्रह गरे ।
यस्तै, उनले निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट सजग हुन आग्रह गरेका थिए ।
निर्वाचन आयोग ३० वैशाखमै निर्वाचन गराउन प्रतिबद्ध रहेको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JJg3vT via IFTTT
काठमाडौं । नेपाल प्रहरीमा २० वैशाखबाट नयाँ नेतृत्व आउने भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल १९ वैशाखमा सकिने भएकाले त्यस अगाडि नै सरकारले नयाँ आइजीपीको टुंगो लगाउने निश्चितप्रायः छ ।
भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । तीनैजना एउटै ब्याचका हुन् ।
चारैजनाले आफूभन्दा अघिल्ला ब्याचका प्रहरी अधिकृतहरुलाई उछिनेर डिआइजी बनेका थिए । एआइजी बन्दा पनि अघिल्ला ब्याचका डिआइजीहरुलाई पनि उछिनेका थिए ।
सबैभन्दा पहिले विश्वराज पोखरेल, त्यसपछि सहकुल थापा एआइजीमा बढुवा भए । पछिल्लोपटक धीरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भए । चारैजना एआइजीको दरबन्दी बढाएर बढुवा भएका हुन् ।
यसअघि तीन एआइजीको दरबन्दी भएकोमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एउटा एआइजीको दरबन्दी बढाएर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । पोखरेल आइजीपीका लागि प्रतिष्पर्धाविहिन मानिएका थिए । तर, ओलीकै पालामा एआइजीको अर्को दरबन्दी सृजना गरी सहकुल थापालाई बढुवा गरिएको थियो ।
पोखरेल र थापाबीच आइजीपीको प्रतिष्पर्धा हुने देखिएको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि तीन एआइजीको दरबन्दी थपेर धीरजप्रताप सिंह, रवीन्द्र धानुकका अलावा आइजीपी शैलेश थापाका ब्याची वसन्त पन्तलाई बढुवा गरिएको थियो । त्यसपछि सिंह र धानुक पनि प्रतिष्पर्धामा देखिए ।
हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र वसन्त पन्त १९ वैशाखमा नै सेवानिवृत्त हुनेछन् । उनीहरु पछि वरियतामा रहेका चारजना एआइजीहरुबीच आइजीपीको दौड तिव्र भइसकेको छ ।
विश्वराज पोखरेल
नेपाल प्रहरीको आइजीपीका प्रतिष्पर्धी विश्वराज पोखरेल सेलिब्रिटी प्रहरीका रुपमा परिचित छन् । उनले डिआइजी बन्दा आफ्नो मात्र नभई अघिल्लो ब्याची प्रहरी अधिकृतहरुलाई पनि उछिनेर आइजीपीको मुख्य प्रतिष्पर्धीका रुपमा उभ्याएका थिए । त्यसपछि एआइजी बन्दा पनि दरबन्दी नै सृजना गरेर अगाडि बढ्न सकेका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पोखरेलले छलाङ मारेका थिए । उनको स्थायी घर पूर्व क्षेत्र हुनुले पनि फाइदा लिन सके । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग उनको निकटताले पनि बढुवामा महत्वपूर्ण सफलताहरु हासिल गरे । पोखरेलले हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की एआइजीमा बढुवा हुँदा नै छलाङ मार्न लागेका थिए । त्यो सम्भव नभएपछि एआइजीको दरबन्दी नै खडा गरेर पोखरेल एआइजी हुन सके ।
एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौंमा बसेका पोखरेलले महत्वपूर्ण ठाउँमा कमाण्ड सम्हालेका थिए ।
सहकुल थापा
नेपाल प्रहरीमा सालिन प्रहरी अधिकृतका रुपमा परिचित सहकुल थापाको स्थायी घर भक्तपुर हो । उनलाई त्यस क्षेत्रमा तबलाबादकका रुपमा पनि चिन्ने गरेका छन् ।
आफ्नो ब्याचमा एसपी हुँदा पछि रहेका उनले एसएसपी हुँदा छलाङ मार्न सकेका थिए । अपराध अनुसन्धान महाशाखामा रहेर चर्चामा आउने कार्यहरु गरेका थिए । डिआइजी हुँदा सीआइबीमा बसेका थापा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू र आफ्ना ब्याचीका प्रतिष्पर्धीलाई उछिनेर अगाडि बढ्न सके । डिआइजी बढुवामा पनि उनले छलाङ मारे ।
एआइजीको दरबन्दी नै खडा गरेर उनलाई बढुवा गरिएको थियो । त्यसपछि आइजीपीमा विश्वराज पोखरेलका लागि उनी नै चुनौती बन्न सके । थापाले विगतमा जिल्ला प्रहरी कार्यालय चितवनमा बसेर पनि काम गरेका थिए । उनी आइजीपीको दौडमा सक्रिय देखिएका छन् ।
धीरजप्रताप सिंह
सुदूरपश्चिम बझाङ स्थायी घर भएका धीरजप्रताप सिंह आइजीपीका मुख्य प्रतिष्पर्धी देखिएका छन् । उनी गत वर्षको चैत्रमा मात्र बढुवा भएका हुन् । एआइजीको तीनवटा दरबन्दी थपेर उनलाई बढुवा दिइएको हो ।
सिंहले एसपी हुँदा सम्म आफ्नो ब्याचीमा अगाडि रहने सफलता हासिल गरेका थिए । तर, एसएसपी र डिआइजी बढुवा हुँदा पछि परे । विशेषगरी, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिंह पेलाईमा परे । एसएसपी हुँदा अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हाले । त्यहाँ चर्चामा आउने कामहरु गरे ।
डिआइजी बढुवापछि सिंह प्रदेश नम्बर २ को कमाण्ड सम्हाल्न पुगे । जटिल मानिएको उक्त क्षेत्रमा उनको कमाण्डले चर्चा बटुल्यो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनले सीआइबीको कमाण्ड सम्हाले । सीआइबीमा रहेर ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा महत्वपूर्ण सफलताहरु हासिल गरे । यसले उनलाई चर्चामा पुर्यायो ।
एआइजी बढुवापछि पनि सिंह सीआइबीकै निर्देशक छन् । सरकारले सीआइबीमा डिआइजीको कमाण्ड रहने व्यवस्था गरेकोमा एआइजीको दरबन्दी बढाएपछि एआइजीको कमाण्ड रहने व्यवस्था गरेबाट उनी त्यहाँ रहेका हुन् । सिंहले १ वैशाखमा राष्ट्रपतिबाट पदक पनि प्राप्त गरेका छन् । उनी आइजीपीका प्रतिष्पर्धीमध्येबाट पदक पाउने एकमात्र एआइजी हुन् । यसले पनि उनको कार्यक्षमता मूल्याकनमा अंक थपिने देखिएको छ ।
धीरज प्रताप सिंह सुदूरपश्चिमको हुनुले पनि आइजीपी बन्ने सम्भावना बलियो रहेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्री देउवा सुदूरपश्चिमको हुनु र उनले आफ्नो क्षेत्रलाई निकै प्राथमिकता दिने गरेको इतिहासबाट पनि सिंहको सम्भावना बलियो बनेको हो ।
रवीन्द्र धानुक
रवीन्द्र धानुक पनि सुदूरपश्चिमकै स्थायी बासिन्दा हुन् । प्रहरीभित्र कडा स्वभावका अधिकृतका रुपमा उनको परिचय छ । आफ्नो ब्याचका एआइजीमध्ये उनी चौंथो वरियतामा छन् । धानुक हालै तीन एआइजीको दरबन्दी थपिएर भएको बढुवामा तेस्रो नम्बरमा परेका हुन् ।
धानुक वर्तमान अर्थमन्त्री जर्नादन शर्मानिकट मानिन्छन् । उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निकटता छ । धानुकले महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर दुवैको कमाण्ड सम्हालेका छन् । डिआइजी हुँदा प्रदेशको कमाण्ड समेत सम्हाले ।
धानुक पनि आइजीपीको दौडमा छन् । तर, उनी चौंथो नम्बरमा भएकाले सजिलो छैन । तैपनि, उनले आशा मारेका छैनन् ।
को बन्ला आइजीपी
चार एआइजी मध्येबाट एकजना आइजीपी बन्ने निश्चित नै छ । वरियतामा पहिलो रहेकाले विश्वराज पोखरेलको दाबी देखिएको छ । प्रहरी बढुवासम्बन्धी नियमावलीमा वरिष्ठतासँगै कार्यक्षमता पनि उल्लेख छ ।
वरिष्ठताका आधारमा मात्र नभई कार्यक्षमताका आधारमा पनि बढुवा गरिएको विगतको अभ्यास छ । यसकारण पनि पोखरेललाई चुनौती बढेको छ । त्यसमाथि विगतमा आफ्नो ब्याचीका एक्ला एआइजी उनलाई तीनवटा प्रतिष्पर्धी थपिएको छ ।
विश्वराज पोखरेल र सहकुल थापाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बढुवामा छलाङ मारेका थिए । एमाले नेतृत्वको सरकार हुँदा बढुवा र आकर्षक ठाउँमा सरुवा पाउनुका अलावा एमालेका कतिपय प्रभावशाली नेताहरुसँगको निकटता नै अबको प्रतिष्पर्धामा असर पर्ने देखिएको छ । तैपनि, उनीहरु सत्तारुढ दलका प्रभावशाली नेता हुँदै बालुवाटार रिझाउने दौडमा छन् ।
प्रधानमन्त्री देउवाले धीरजप्रताप सिंहलाई एआइजीको दरबन्दी बढाएर बढुवा गराउनुले भने पोखरेल र थापा दुवैमाथि चुनौती थपिदिएको छ । सिंहले बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको चर्चा पनि चलेको छ । सुदूरपश्चिमको बझाङ स्थायी घर हुनु, ओली प्रधानमन्त्री हुँदा पेलाईमा पर्नु र देउवाको कार्यकालमा महत्वपूर्ण अवसर र बढुवा पनि पाउनुले सिंहको सम्भावना बलियो बन्दै गएको छ । वरियतामा तीन नम्बरमा रहेपनि सिंहले हालै राष्ट्रपतिबाट पदक प्राप्त गरेबाट कार्यक्षमता मूल्यांकनमा छलाङ मार्न सक्ने बुझिएको छ ।
अबको दुई हप्ता आइजीपीको प्रतिष्पर्धा तिव्र बन्दै जाँदा पोखरेल, थापा र सिंहको दौड पनि बढेको बुझिएको छ । अब हुने आइजीपी चुनावमा पनि प्रहरीको कमाण्डमा हुने हुँदा देउवाले निकै चासो लिएको बुझिएको छ । दौडमा सबैभन्दा अगाडि धीरजप्रताप सिंह देखिइसकेका छन् । वरियतामा तेस्रो रहेपनि दौडमा अगाडि देखिन थालेका उनलाई विश्वराज पोखरेल र सहकुल थापाले उछिन्ने गरी राजनीतिक नेतृत्वलाई रिझाउने प्रयास गरिरहेका छन् ।
जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था प्रहरी नियमावलीमा गरिएको छ ।
नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् । यस आधारमा वरियतामा पहिलो नम्बरमा भएका नै आइजीपी हुन्छन् भन्ने छैन। विगतमा नवराज सिलवाल वरियतामा अगाडि भएपनि प्रकाश अर्यालले बाजी मारेका थिए । वरियतामा पछाडि रहेका प्रहरीहरुले बाजी मारेको इतिहासहरु धेरै छन् । देउवा प्रधानमन्त्री हुँदा त्यस्ता धेरै घटनाहरु भएका थिए । यसपटक पनि त्यही सम्भावना देखिएकाले धीरजप्रताप सिंहको सम्भावना बलियो बन्दै गएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3M87UTs via IFTTT
काठमाडौंं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् । आज (बिहीबार) नेपाल स्काउटले आयोजना गरेको विशेष समारोहका बीच ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् ।
नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो । स्काटउकाअनुसार ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rrheKn via IFTTT
काठमाडौं । राजनीतिक दलहरुले तालमेल गर्दा एउटै दलको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सम्मको सहमति गरेका छन् । ३० चैत्रमा मात्र नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको थियो । तर, निर्वाचन आयोगले यसबारे चासो व्यक्त गरेको छ ।
आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’
आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने प्रष्ट पारेको छ । प्रवक्ता पौडेलको भनाई अनुसार सूर्य चिन्हबाट चुनाव लडेका परिवार दल र राप्रपा नेपालका उम्मेदवार कानूनी रुपमा एमालेका हुनेछन् ।
विगतमा पनि हृदयश त्रिपाठीलगायत केही नेताहरु सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेका थिए । उनीहरु एमालेकै सांसदको रुपमा गनिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37UgKWd via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्न थालेका छन् । कम्युनिस्ट पार्टीका नेता ओलीले हिन्दू राष्ट्रको मुद्दा उठाउँदै आएका कमल थापासँग तालमेल गरेका छन् ।
थापा विगतमा राजसंस्था पुनःस्थापनको पक्षमा थिए । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले राप्रपा नेपालको नेतृत्व लिएका छन् । थापा ओलीसँग तालमेल गर्दै एमालेको सूर्य चिन्हबाट राप्रपा नेपालका उम्मेदवारले चुनाव लड्ने सहमति गर्न पुगेका छन् ।
ओलीलाई गणतन्त्र र धर्मनीरपेक्षविरोधीका रुपमा माओवादी अध्यक्ष प्रचण्डले आरोप लगाइरहँदा कमल थापासँग तालमेल गर्न पुगेका हुन् ।
यसैगरी ओलीले एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग पनि तालमेल गरेका छन् । परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर स्थानीय चुनावमा भाग लिने भएको छ । ढकाल युनिभर्सल पिस फेडेरेशनसँग आवद्ध छन् । उक्त संस्थाको मुख्यालय कोरियामा छन् । यो संस्था गैर हिन्दू फरक धर्मसँग सम्बन्धित छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JDzqXh via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको विदेश नीतिप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपाल कुनै देश विशेषसँग बढी टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न भएको भन्दै प्रश्न उठाएका हुन् ।
२०७९ सालको शुभकामना दिदै उनले आज साँझ एक सन्देशमार्फत् छिमेकी मुलुकहरुप्रति अबलम्बन गर्ने नीति तथा व्यवहारले राष्ट्रको अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने भन्दै गम्भीरता देखाएका छन् । ‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ,’ पूर्व राजा शाहले सन्देशमा भनेका छन् ।
पछिल्लो समय नेपाल कुनै एक छिमेकीसँग बढी ढल्किएको विषय उठिरहँदा शाहेको भनाई आएको हो ।
शाहले अर्थ व्यवस्था जटिल बन्दै गएको अर्थविद्हरु तथा उद्दमीहरुको चिन्ताबारे समेत उल्लेख गरेका छन् । नेपालीको घर घरमा बढ्दो महंगी र थपिंदो आर्थिक बोझले जीवन गुजरा गर्न कठिन भएको दुखेसो समेत प्रकट भइरहेको भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jy6Tbb via IFTTT
काठमाडौंं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको ‘घर घर जाऔं, नेपाली काँग्रेस जिताऔँ’ अभियानको प्रभावकारिता बढेको बताएका छन् । उनले उक्त अभियानमार्फत पार्टी संगठनको पहुँच व्यापक विस्तार भएको दाबी गरे ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले पार्टीको ८ वटै संरचना व्यापक रुपमा परिचालन भएको पनि सुनाए । काँग्रेसले फागुन २९ गतेदेखि सुरु भएको काँग्रेसको एक महिने चुनावी अभियानमा चैत २९ गते आज सकिएको हो । आठ उद्देश्य राखेर सुरु गरिएको एक महिने अभियानले फलदायी भएको प्रवक्ता महतले बताए ।
उनले स्थानीय तहको आवश्यकत्ताअनुसार नै गठबन्धन गरिने बताए । उनले भने,‘हामी स्थानीय तहको आवश्यकत्ताअनुसार नै गठबनधन गर्छौं, कहाँ आवश्यक छ ? अनि के आवश्यक छ ? त्यसको निर्णय विभिन्न तहहरूको संरचनालाई जुन हाम्रो विधानले दिएको अधिकार दिएको छ, त्यो अनुसार नै सम्पन्न हुन्छ ।’ उनले स्थानीय तह निर्वाचनमा तालमेलका कुरा राष्ट्रिय निर्वाचनजस्तो सहज नभएको स्पष्ट पारे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3E7Da21 via IFTTT
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ ।
सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।
आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिक स्वीकृति प्रदान गरिएको जानकारी दिएका छन् ।
सरकारले चुनावमा नेपाल प्रहरी र त्यस अन्तर्गत १ लाख म्यादी प्रहरीका अलावा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय लिइसकेको छ । सेना परिचालनको पनि मार्ग खोलेर राखेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rlf7Yv via IFTTT
काठमाण्डौैँ, । नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी विच पाटी एकिकरण भएको छ ।
मंगलबार एक कार्यक्रमका विच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पाटी पाटी एकिकरण भएको हो ।
काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा हस्ताक्षर गरेर पार्टी एकिरण भएको घोषणा गरेका हुन ।
दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन ।
दुवै पार्टीविच राष्ट्रिय मुद्दा र विकास बारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र अनुप पहाडी संघिय परिषद् अध्यक्ष रहने गरि पार्टी एकिरण भएको घोषणा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन ।
जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन ।
विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमती गरेका छन । पार्टी एकता घोषणा पत्रमा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह र नव नेपाल डेमोक्रेटिक पाटीका अध्यक्ष अनुप पहाडीले पार्टी एकिकरण पत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्दै संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो¥याउने प्रतिबद्धता जाहेर गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vcLMR4 via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् ।
आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिए ।
सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए । कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए । आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उनको जोड थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3E4hQKL via IFTTT
काठमाडौं । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ ।
निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । तर, विप्लवका नेताहरु सरकारमा रहेका प्रभावशाली मन्त्रीहरुसँग छलफल गर्न थालेका छन् ।
विश्वस्त स्रोतका अनुसार नेपाली काँग्रेसका एकजना प्रभावशाली मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विप्लवको चुनावमा आउने चाहनालाई पूरा नगरे भविष्यमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था आउनसक्ने रिपोर्टिङ गरेका छन् । उनले विगतमा माओवादीले राखेका मागहरुको बेवास्ता गर्दा देशमा हिंसात्मक द्वन्द्व भएको इतिहास स्मरण गराउँदै चुनावमा आउने विप्लवको चाहनालाई सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।
विप्लवलाई चुनावमा ल्याउन पार्टी दर्ताको अवसर दिनुपर्छ । तर, निर्वाचन आयोगले आव्हान गरेको पार्टी दर्ताको म्याद गुज्रिइसकेको छ । यसलाई पुनः सुचारु गर्दा ३० वैशाखमा चुनाव नहुने सक्छ । यसकारण पनि विप्लवलाई चुनावमा ल्याउने वातावरण बनाउँदा केही पर धकेलिन सक्छ ।
सरकारले केही समय चुनाव सार्ने विकल्पबारे समेत छलफल भित्र भित्र चलाएको बुझिएको छ । यसरी पर सार्दा चुनाव जेठको अन्ततिर या भविष्यमा तीन तहको चुनाव एकैपटक गर्ने अवस्था बन्नसक्छ ।
सत्ता गठबन्धनबीच स्थानीय चुनावमा भागवण्डाको समस्या यसै पनि आइरहेको छ । जिल्ला जिल्लामा सत्ता गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको छ । यसलाई दृष्टिगत गरी कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने, चुनावी तालमेल पनि एकैपटक भई सम्भावित विद्रोहहरु रोक्न सक्ने विषयमा पनि छलफल बढेको छ ।
यसैगरी, शनिबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले चुनाव सर्न सक्ने संकेत गरेका छन् । उनले असोजमा चुनिएका जनप्रतिनिधिहरुको संवैधानिक अधिकार हरण हुने तर्क समेत गरेका छन् । यसका अर्थ स्थानीय निकायमा असोजमा जनप्रतिनिधि भएकाले ५ वर्ष पूर्ण कार्यकाल रहन पाउनुपर्छ भन्ने हो । यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JseL8G via IFTTT
काठमाडौं । आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार चयनमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ पहिलो बनेको छ ।
नेकपा एमाले वडा कमिटीको बैठकबाट वडा अध्यक्षमा राजु अधिकारी, वडा सदस्यहरुमा बिनोद कुमार तामाङ, रत्ना नगर्जी, प्यारी कुमारी बास्तोला (कञ्चन) र डल्ले लामा सर्वसम्मत रुपमा चयन भएका छन् ।
छानिएका पाँच मध्ये राजु अधिकारी, रत्ना नगर्जी र बिनोद कुमार तामाङ पुनः दोहोरिएका हुन भने प्यारी कुमारी बास्तोला र डल्ले लामा आगामी निर्वाचनका लागि नयाँ अनुहार हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DZ80d7 via IFTTT
सिन्धुपाल्चोक । आसन्न स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै सबै राजनैतिक दलहरुले आ–आफ्नो सकृयता बढाउँदै उम्मेदवारहरुको टुङ्गो लगाउन थालेका छन् ।
सरकारमा रहेका दलहरुले गठबन्धनको लागि प्रयास गरीरहँदा प्रतिपक्षमा रहेको एमालेले भने आफ्नो तर्फबाट उम्ेदवार घोषणा गर्न थालेको छ । सिन्धुपाल्चोकको १२ वटा स्थानिय तह तथा १०३ वटा वडा मध्य बलेफी ६ मा एमालेका सकृय स्थानिय नेता तेज बहादुर पराजुलीको नाम सर्वसहमतबाट सिफरीस भएको छ ।
गत स्थानिय निर्वाचनमा झिनो मतले पराजय भएका पराजुली को यो उम्मेद्वारी ले अन्य दलहरुलाई चुनौति थपिएको छ । सामाजिक काममा समेत सकृय पराजुली लामो समय देखि नेकपा एमाले मा रहेर राजनिति गरीरहेका छन् । आम वडाबासीहरुको चाहाना बमोजिम नै आफ्नो उम्मेद्वारी रहेको पराजुलीले बताउनु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DVVzyX via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अब पार्टीको रुपमा नरहेको र सानो गुटमा सिमित हुन पुगेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले देशव्यापी रुपमा आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दाबी गरे ।
उनले एमाले चाहीँ व्यक्तिको वर्चश्वको चलिरहेको समूहको संज्ञा दिएका छन् । उनले आफ्नो पार्टी नै कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको पनि दाबी गरे ।
एमाले त दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएको उनको आरोप छ । त्यस्तै, अध्यक्ष नेपालले भ्यू टावर बनाईएकोप्रति आपत्ति जनाएका छन् । अरबौं खर्च गरेर भ्यू टावर बनाउनु गलत भएको उनको टिप्पणी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uq9R7P via IFTTT
काठमाडौं । बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकाको मेयरमा पदमा नेपाली कांग्रेसका दीपक रिसालले दाबी गरेका छन।
नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिवको जिम्मेवारीमा सम्हाल्दै आएका रिसाल हाल नगरपालिकाको सल्लाहकारको भूमिकामा रहेर नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा अहम भूमिका खेलेका छन् । २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेका उनि राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि निक्कै सकृय देखिन्छन।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जोरपाटीका स्थानिय निवासी रिसाल अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुन् । उनी हाल गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको वर्तमान महासचिव छन् । गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आर्थिक संकलन गरेर समेत सप्ताह लगाएको उनले बताएका छन। उनले विभिन्न कुरामा परिवर्तन गर्दै नगरपालिकाको समुन्नत बिकासका लागि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।
‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले गोकर्णेश्वर नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ भन्दै मेयर पदमा उनको दाबेदार भएको बताए। दिपक रिसालले आफू कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेको बताउदै मेयर बनेर अझ बढी काम गर्ने चाहना भने,उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने र बर्तमाण मेयर सन्तोष चालिसे जीको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।
उनले भने, मेयर सन्तोष चालिसे बीस २०७४ सालमा भएको सहमति अनुसार आफुले सन्तोष चालिसे जीलाई सघाएँको र यसपटकको चुनावमा मेयर सन्तोष चालिसेले सघाउनु पर्ने समेत बताएका छन।सन्तोषजीले आफैंले अबको मेयरको उम्मेदवार दीपक हो भनेपछि मेरो बाटो खुल्ला भएको छ, त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने आन्तरिक तयारी गरिरहेको छु, रिसालले भने।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NZ0Gmn via IFTTT
काठमाडौं । सरकारले रिक्त रहेका २० देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
निकै नै महत्वपूर्ण मानिएको चीनको लागि माओवादी कोटाबाट बिष्णुपुकार श्रेष्ठको नाम नियुक्तिको लागि सिफारिस गरिएको छ ।
ससदीय सुनुवाई प्रक्रिया पुरा भएर सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ । २० जना राजदूतमा १२ जना राजनीतिक दलको कोटाबाट र ८ जना परराष्ट्र मन्त्रालयबाट छन् ।
सरकारले राजनीतिक दलको कोटाबाट दानबहादुर तामाङ, दक्षिण अफ्रिका। शर्मिला पराजुली ढकाल, स्पेन बासुदेव मिश्र, श्रीलंका,मिलन तुलाधर, रसिया कैलाश पोखरेल, अस्ट्रेलिया,डिल्लीराज पौडेल, मलेसिया,शान्ता रिजाल, इजराइल,जेपी प्याकुरेल, दक्षिण कोरिया,प्राडा रामसुरज राय यादव, डेनमार्क नवराज सुवेदी, साउदी अरबको लागि नियुक्त गरेको छ ।
मन्त्रालयको कोटाबाट नरेश विक्रम ढकाल,घनश्याम भण्डारी,हरिशचन्द्र घिमिरे,डोरनाथ अर्याल,सुशीलकुमार लम्साल,भरतकुमार रेग्मी,निर्मलराज काफ्ले,दुर्गाबहादुर सुवेदी र तिर्थराज वाग्ले रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KlGjhf via IFTTT
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी-विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताउनु भएको छ ।
नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवादी यिनै पाँचदलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुने बताउनु भएको हो ।
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरुसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत कुन दिन देखि बाँड्न रोक्ने आशंका व्यक्त गर्नुभयो ।
नेकपा समाजवादी एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनु भयो ।
अध्यक्ष ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भयो ।
बाँकेमा मात्रै होइन, अहिले एमाले प्रवेशका लागि देशभर जनलहर चलेको उहाँले बताउनु भयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rb5Ceg via IFTTT
काठमाडौं । २०७९ बैशाख ३० गतेको लागि घोषणा गरिएको स्थानिय तहको चुनाव नजिकिदै गर्दा नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्तिन थालेको छ ।
स्थानिय चुनावमा गठबन्धनको बिषयमाथि छलफल भईरहेको अवस्थामा माओवादी केन्द्रको स्थानिय समितिहरुले भने आवस्यकता पर्दा एक्लै पनि चुनावमा जान सकिने गरी तयारी भईरहेको बताएका छन् । प्रतेक गाउँपालिकाले चैत्र २८ गते सम्ममा आ–आफ्नो वडा सम्मको प्रतिनिधि चयन गर्ने समय राखेर वडा स्तरमा छलफल चलाई रहेको बेला नेकपा माआवादी केन्द्र सम्बद्ध सिन्धुपाल्चोक काठमाडौ. सम्पर्क समन्वय समितिले भने सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा आफ्नो तर्फबाट उम्मेदवारी सिफारीस गरी नेकपा माआवादी केन्द्र सम्पर्क समन्वय समिति बागमती प्रदेश मा पठाएको छ । समितिले पठाएको सिफरीसमा सम्पर्क समन्वय समितिका केहि प्रभावशालि नेता हरुको समेत राखिएको छ ।
सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का ईन्चार्ज बयान बहादुर कार्की , प्रदेश सदस्य लक्ष्मि बस्नेत , महिला बिभाग ईन्चार्ज मिथिला सिग्देल , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का सचिव तोक बहादुर गधराज , अर्चना खड्का ,शारदा आचार्य,आशा गुरुङ ,कृष्ण कुमारी कुँवर तथा देवराज बस्नेत लगायत रहेका छन् । सम्पर्क समन्वय समितिलाई उचित मुल्याङ्कन गरेर कोटा छुट्याउनु पर्ने भन्दै दबाबमुलक ढंगबाट यो सिफारीस माथिल्लो समितिमा गएको हुन सक्ने बताईएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j8RSMK via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापति समेत भएकाले भारतीय जनता पार्टीको कार्यालयमा गएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय गएको बताए ।
‘नेपाली काँग्रेसको सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो,’ परराष्ट्रमन्त्री डा. खड्काले पत्रकारको प्रश्नमा भने, ‘उहाँ प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा जानुभएको हो ।’ नेपाली काँग्रेसको भारतीय जनता पार्टीसँग सुमधुर सम्बन्ध रहेको भन्दै दुई पार्टीबीच भ्रमणहरु हुने बताए ।
देउवा भाजपाको केन्द्रीय कार्यालयमा जानुलाई कूटनीतिक मर्यादा विपरित भनी आलोचना भइरहँदा खड्काको पछिल्लो भनाई आएको हो ।
खड्काले प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग सीमा समस्याबारे कुराकानी गरेको बताए । कूटनीतिक माध्यमले सीमा सम्बन्धी समस्याको हल गर्ने विषयमा कुराकानी भएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r1zxW6 via IFTTT