Loading...
Loading...
अख्तियार द्धारा सार्वजनिक जग्गा हडपेका १३ जना विरुद्ध मुद्दा दायर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरी विरुद्ध आरोप पत्र दायर गरेको हो ।

अख्यितार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका तीन जनाको भने मृत्यु भइसकेको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3i8OkcJ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.