काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा तालमेलमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा सम्मानजनक भागवण्डा हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गठबन्धनको बैठकमा सम्मानजनक स्थानहरु पाउनुपर्ने प्रस्ताव राख्दै विकल्पमा नेकपा एमालेसँग मिल्न सक्ने विषय पनि राखेका छन् ।
प्रचण्डले गठबन्धनका दलले २०७४ सालमा जितेका स्थानीय निकायमा सोही दललाई नै टिकट दिने र गठबन्धनबाहेकले जितेको स्थानमा भागवण्डाको प्रस्ताव राखेका छन् । महानगर र उपमहानगरहरुमा नेपाली काँग्रेसले बढी सिट दाबी गरेको छ । महानगरमा यसअघि काँग्रेसले २, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ सिट जितेका थिए । काँग्रेसले आफूले जितेकोसहित थप २ महानगरपालिकामा दाबी गरेको बुझिएको छ ।
प्रचण्डले आफ्नो दलको नेताहरु एमाले नेताहरुसँग गठबन्धनबारे छलफलमा लागेको खुलाएका थिए । उनले आफू निकै दबाबमा रहेकाले भविष्यमा एमालेसँग मिल्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने समेत बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुनः तालमेलमा जाने अवस्था आउन सक्नेबारे उनले खुलाएका थिए । आफू पार्टीभित्र दबाबमा परेको भनेका प्रचण्डले अन्य दबाबतर्फ पनि संकेत गरेका छन् ।
प्रचण्डले बैठकमा माओवादीले खेलेको भूमिका र अप्ठ्याराहरु पार लगाउन जोखिम मोलेको विषय उठाएका थिए । तर, माओवादीलाई स्वीकार्न गाह्रो मान्ने अवस्थाबारे आफू गम्भीर भएको भन्दै काँग्रेसले पेल्न खोजे विकल्पमा जानुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।
यसैगरी, गठबन्धनका दलबीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल भएको छ । भारत भ्रमणका दौरान संवेदनशील विषयमा सम्झौता नगर्न माओवादी र नेकपा एसका नेताहरुले सुझाएका थिए । यसले चुनावमा असर गर्न सक्ने उनीहरुको भनाई थियो ।
गठबन्धनका दलबीच अर्थ र गृह प्रशासनका विषयमा प्रश्नहरु उठेका थिए । काँग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाले अर्थ मन्त्रीको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रीको कामकारबाहीमा प्रश्न उठाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38iJCaO via IFTTT
काठमाडौं । प्रतिनिधिसभा र प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेकाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले बनाएको १८ बुँदे मापदण्डमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा रहेकाले स्थानीय तहमा उम्मेदवारी दिन नपाउने उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार २१ वर्ष उमेर पूरा भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको जस्ता १८ वटा मापदण्डभित्र पर्ने व्यक्तिले उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36KRSjf via IFTTT
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा. महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए ।
उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताएका थिए ।
ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका डा. महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको गाउँगाउँ जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कंदा स्थानीयवासीले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याइदिन अनुरोध गरेका थिए ।
यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ ।
नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखहरुलाई बोलाएर तुरुन्त कार्यान्वयनका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा. महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेलगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका बारेमा प्रकाश पारेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NzpjG0 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा. शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो । तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो ।
आजको निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tOgkJe via IFTTT
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था भएपनि साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
साना दलहरुको मागलाई सम्बोधन गर्दै आयोगले ती दललाई जिल्लाको संगठन संरचना भएमा जिल्लागत विवरण समेत माग गरेको थियो । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j0QbB3 via IFTTT
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमापुगेर खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि गृहमन्त्री खाँणको सक्रियता बढेको छ।
पछिल्लो समय नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे छलफल चलाएको छ।
प्रचण्ड त सुरुदेखि नै तालमेलको पक्षमा उभिएका छन् ।
उनले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन्।
खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36MYspc via IFTTT
काठमाडाैं। नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा छन् ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आएका छन् । सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने डरले कांग्रेस गठबन्धनसहित चुनावमा जाने अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको छ ।
विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेका उनी निकट नेता बताउँछन् ।
नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक ठानेका छैनन् । कोइरालाले चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव पनि गरेका छन् ।
केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताए । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उनले न्युज कारखानासँग बताए । तर अहिलेको राजनीतिक माहोल हेर्दा गठबन्धनसहित चुनावमा जाँदा राम्रो हुने उनको भनाइ छ ।
‘प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ ।
पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । सभापति देउवा, नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’ नेता रञ्जितले भने ।
अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताए । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने बताए । गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्ति गत धारणा आएका छन्, तर पार्टीकै औपचारिक निर्णय बैठकपछि आउने उनको भनाइ छ ।
अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा छिन् । कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उनले नेतृत्वलाई आग्रह गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uAXqF5 via IFTTT
काठमाडौं । एनआरएनएका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले साघँुरिएर अघि बढेकाले यस्तो स्थिति आएको बताएका छन् । पद गौण भएको भन्दै सबैले जिम्मेवारीका साथ काम गरे समस्या नाआउने बताए ।
नेपाललाई समृद्धि बनाउने अभियानमा एकताको विकल्प नभएको उनको भनाइ थियो । ‘पाप नबोकाइ दिनुहोस् । संस्थामा आफ्नो सबै काम छोडेर लाग्न उचित हुँदैन । फुर्सदमा मात्र लाग्नु होला,’ उनले भने ।
गैरआवासीय नेपाली संघ ६० लाख नेपालीको भएको उनको भनाइ छ । उनले इगो राखेर संस्था टिक्न नस्क्ने पनि बताए । मन नपर्ने बिषय रहे पनि सहेर बसेको उनको भनाइ छ ।
निर्वाचन ‘फेस टु फेस होस’ भन्ने चाहेको उनले बताए । प्रतिनिधि छनोटको व्यवस्था व्यवहारिक नभएको उनले बताए । संस्था बिगारेको पुरानाले हो ? उनीहरूलाई ६५ प्रतिशत किन व्यवस्था गर्ने ?’ उनले प्रश्न गरे ।
एनआरएनएमा कोहि प्रतिपक्ष नहुने उनले बताए । विधान संसोधन गर्दा धेरै कुरा चित्त नबुज्दा पनि चुप लागेको उनको भनाइ छ । ‘कुलले मान्नु भयो । सुन्दा राम्रो लाग्यो भन्नु भयो तर पछि विरोध गर्नु भयो ।’ उनले भने । सुन्दा भन्दा पनि गर्दा राम्रो हुनुपर्ने बताए ।
विवादले छबी बिगार्न केही समय नलागेको बताए । पदमा जो आए पनि नआए पनि केही फरक पर्दैन । तर, संस्था बच्नु पर्छ । संस्था जीवित राख्नुपर्ने उनले बताए । नेपालीको समृद्धिका लागि एनआरएनएको भूमिका हुनुपर्ने उनले बताए ।
एनआरएनएलाई जसले पनि आफ्नो बनाउन खोज्छ : भट्ट
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले एनआरएनए १८ वर्षको सुन्दरी भएकाले आफ्नो बनाउन खिचातानी भएको बताए । संघ ठूलो डायस्पोरा रहेको उनले बताए ।
एनआरएनए उपेन्द्रजीले सुरु सत्ययुग हुँदै अहिले कलियुगमा प्रवेश गरेकाले एनआरएनएमा लफडा भएको बताए । कुण्ठा पालेर बस्न कसैलाई जरुरी नभएको उनले बताए । कुण्ठाकै कारण एनआरएनमा विवाद आएको उनले बताए ।अब एनएनआरएमा मोडालिटी परिवर्तन गर्न आवश्यक भइसकेको उनको भनाइ छ ।
एनआरएनएमा एकताको हार्मोनी हरायो : लमिछाने
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा एकताको हार्मोनी हराएको बताए ।एनआरएनएको दशौंँ महाधिवेशन उद्घाटनका क्रममा उनले एनआरएनएमा विषम परिस्थिति सिर्जना भएको बताए । गैरआवासीयहरूले नेपालको सम्मृद्धिको लागि हातेमालो गर्नुपर्ने बताए । विवादका कारण एनआरएनएका धेरै राम्रा काम ओझेलमा परेको बताए ।
समीक्षा गरेर एनआरएनएलाई अघि बढाउनुपर्छ । विवादकाकारण साख गिरेको भन्दै साख जोगाउन रचनात्मक काम गर्न आवस्यक भएको उनको भनाइ छ ।
सहकार्य गरेर अघि बढ्नुपर्छ : थापा
संघका पूर्व अध्यक्ष रामप्रसाद थापाले एकताले आत्मबल दिएको बताए । सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । एनआरएनएमा जुन दुर्घटना घट्यो, अब नघट्ने गरी बलियो र दिगो बनाउन सबै एकजुट भएर काम गर्नुपर्छ ।एनआरएनएमा सुरुमा सहभागिता गराउनै हम्मे परिरहेको बेला अहिले वृहत भएको उनको भनाइ छ ।
सबैले गल्ती आत्मसात गरेर जानुपर्छ : संस्थापक सचिव ढकाल
संस्थापक सचिव चिरञ्जीवी ढकालले एनआरएनए नेताहरूमा टसल बढेकाले विवाद आएको बताए । गल्ती आत्मसात गरेर जानुपर्ने उनले सुझाए ।
दुई बर्षमा नेपाल आउने वातावरण बनाउन भौतिक रुपमै चुनाव गर्ने वातावरण बनाउन उनले जोड दिए ।नयाँ उर्जा दिने शक्ति एनआरएनएमा आउन सक्नुपर्ने उनले जोड दिए । ‘६ महिनामा तिता कुरा भए । अब स्वच्छ मन लिएर जानुपर्छ ।’ उनले भने ।
एकताले दुर्घटनाबाट जोगायो : अध्यक्ष पन्त
गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले आवश्कयताअनुसार विधान संशोधन हुने बताए । १० औँ महाधिवेशनका अवसरमा अध्यक्ष पन्तले एकता भएकाले दुर्घटनाबाट बचेको बताए । सुरुमा महाअधिवेशन परराष्ट्रले रोकेको उनले बताए । ‘अस्तित्व स्वीकार नगर्ने परिपाटी सिर्जना भएको छ’ उनले भने ।
अदालतले चुनाव गर्न दिए पनि सहमति, सहकार्य र एकताका लागि चुनाव नगरेको बताए । फोर्सफुल्ली चुनाव नगर्न सुझाव पायौं । साथी र अग्रजको आग्रहलाई मानेर चुनाव नगरेको उनको भनाइ छ ।
अब गाली सामन्य लाग्न थालेको उनले बताए । अभियान सार्थक बनाउनका लागि जो नेता भए पनि फुटाउन नहुने उनमने छ । शेष घले पनि मूलधारमै आउने उनले बताए । ‘अब एनआरएनए कसैले बिग्रान सक्दैन,’ उनले भने । राज्यको सहयोग बिना काम गर्न नसकिने भएकाले सहकार्य खोजेको उनले बताए ।
उनले पूर्व अध्यक्षहरूको सात जनाको कमिटी बनाएर नयाँ नेतृत्व छान्ने बताए । उपेन्द्र महतोको संयोजकत्वमा गठित समितिले कसैलाई अन्याय नहुनेगरी उम्मेदवारको टुंगो लगाउने बताए ।
गैरआवासीय नेपाली ऐनको धारा २७ को कार्यसमितिसम्बन्धी व्यवस्था हाललाई स्थगित गरी सामूूहिक नेतृत्वमा जान लागिएको अध्यक्ष पन्तले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qDALqk via IFTTT
काठमाडौं । नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
आज हस्ताक्षर भएका सम्झौतामा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सहायता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहयोग सम्झौता (चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन), भन्सारको सामान्य प्रशासन सम्बन्धी प्रोटोकल (नेपालबाट चीनमा सुरक्षित तवरमा हेलेज निर्यात), भन्सार छुट गराउने सम्बन्धी एक्सचेन्ज पत्रमा हस्ताक्षर, अरनिको राजमार्ग मर्मतसम्भार परियोजनाको हस्तान्तरण, रेल क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने, चीनको नेशनल रेलवे प्रशासनले नेपालको रेल क्षेत्रमा सहयोग बढाउने र नेपाललाई कोभिड–१९ खोप वितरण र स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iC4lZ5 via IFTTT
काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा। आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायम रहने बताएकी छन् । उनले आफुलाई पार्टीले टिकट दिए कैलालीमै उम्मेदवार बन्ने चाहना रहेको पनि दोहोर्याएकी छन् ।
बिहीबार धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको म्यान्डेट सबै दल मिलेर अघि बढ्नुपर्ने भएकाले निर्वाचनसम्मै गठबन्धन कायम रहनु पर्ने आफ्नो धारणा रहेको बताएकी हुन् ।
‘एमाले मात्र छैन, अरू पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्ने नगर्नेबारे बहस भएका छन्, हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौं,’ उनले भनिन् ।
राणाले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन् । उनले स्थानीय निर्वाचनमा वडा तहदेखि सिफारिसका आधारमा उम्मेदवार बनाइने पनि जानकारी दिइन् । सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले कांग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताकाबीचको चुनावमा प्रकट हुँदैनन्,’ उनले भनिन् ।
नेता देउवाले आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले २२ हजारभन्दा बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्ने बताइन् । ‘म यहाँका जनतासँग म भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ,’ उनले भनिन्, ‘०७४ को चुनावमा तीन, चार दल मिलेर मलाई हराएका हुन्, म हारेको होइन ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NjO6hl via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू मेयरमा उठ्न तयार रहेको बताएका छन् । उनले स्थानीय तहको प्रमुख भएर आफ्नो अनुभव र क्षमताको उपयोग गर्ने चाहना रहेको बताएका हुन् ।
‘मेरो एउटा रोमान्टिक सोच मात्रै होइन, कहिलेकाहीँ सोच्छु पनि । म ६८ वर्ष भइसकेँ । पटक-पटक सांसद हुनुको सट्टा बरु एक पटक स्थानीय तहमा त्यहाँ धेरै टाढा हिँडडुल गर्न पनि पर्दैन । त्यहाँ बसेर अनुभव, क्षमताको उपयोग गर्न पनि सकिन्छ, आवश्यक पर्यो भने’, उनले भने ।
उनले गोरखाको पालुङटार नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा पनि आफूले स्थानीय तहका प्रमुखको महत्त्व बुझेर काम गर्न आग्रह गरेको बताए ।
‘अस्ति पनि साथीहरूलाई गोरखामा पालुङटार नगरपालिकाको कार्यकर्ताको भेलामा स कभर तपाईंहरू नै यसको महत्त्व बुझेर काम गर्नुहोस् । होइन त्यस्तो आवश्यक ठान्नुहुन्छ भने ‘म सांसद हुन्नँ, तपाईंहरू सांसदमा लड्नुहोस् म नगरपालिकामा लड्छु’ भनेको थिएँ’ उनले ।
उनले स्थानीय तहको निर्वाचनमा लड्नका लागि जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने उल्लेख गरे । यस्तो अवस्थामा आफू काठमाडौं महानगरपालिकाको मेयरमा लड्न नसक्ने उनको भनाइ छ ।
‘स्थानीय तहको निर्वाचन लड्न जहाँ मतदाता नामावली छ त्यहीँ लड्नुपर्ने हुन्छ । अन्त पाइँदैन, कतिपयले काठमाडौं महानगरपालिकामा लडिदिए हुन्थ्यो भन्नुहुन्छ, तर मेरो मतदाता नामावली पालुङटार नगरपालिकामा छ । मैले चाहेर पनि यसपटक म काठमाडौं महानगरपालिकामा उठ्न सक्दिनँ । मलाई त्यस्तो आवश्यकता भयो, जनताले चाहे भने अर्को चोटि मतदाता नामावली परिवर्तन गरेर म लड्न गर्न सक्छु,’ उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JEKS5T via IFTTT
काठमाडौं। वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले गतिविधीलाई बढाएका हुन् ।
उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ ।
हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।
गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।
महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनीहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् ।
तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् ।
देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् ।
‘वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन्’ भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत भने दिएका छन् ।
आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राखेका थिए ।
तर, अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताए । उनको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।
अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ ।
एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताएका थिए । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताए ।
ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताए । उनले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताएका थिए । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।
देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए । नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।
कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् ।
तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।
उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुने/ नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NiyDxQ via IFTTT
पाल्पा । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउदैँ यसले देशमा विकास हुने उनले बताए ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । ”
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।”
उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3D8rAmI via IFTTT
काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।
‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NfMaGD via IFTTT
काठमाडौं। पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ ।
श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्नेगर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् ।
ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ ।
यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले न्युज कारखानासँग भने ।
पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ ।
चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ ।
सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् ।
उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११२, २०७६/७७ मा १९१, २०७५/७६ मा ४४८, २०७४/७५ मा ३३१ र २०७३/७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए ।
नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४.६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wvmQGE via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ ।
राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ ।
आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो निर्वाचनमा ४८ घण्टा अघि जानकारी दिनु पर्ने व्यवस्था थियो । जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने संहितामा राखिएको छ ।
उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइने प्रावधान छ । घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितमा समेटिएको छ । उम्मेदवारले क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न पनि पाइने छैन ।
निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ पर्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । अनलाइन वेब पेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटीएम काउन्टरमा उम्मेदवारको बारेमा प्रचारप्रसार समेत रोक लगाएको छ । दलको झण्डा, उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन समेत नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ ।
भित्तेलेखन गर्न, चारपाङग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सवारी साधन प्रयोग गर्न समेत रोक लगाएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले सवारी साधन प्रयोगमा पनि कडाई गरेको छ । सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउमा चार वटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ । यसअघिको निर्वाचनमा आचारसंहितामा आयोगले तोके अनुसार मात्रै हुने भनिएको थियो ।
एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नहुने व्यवस्था राखिएको छ । दल र उसको उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसार प्रसारमा समेत लगाएको छ । निर्वाचन आयोगमा प्रचार प्रसारमा हेलिकप्टर प्रयोगमा भने रोक लगाएको छैन । राजनीतिक दलले प्रचार प्रसारको लागि दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने भएको छ ।
राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने हुन्छ । ‘आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न सक्छन,’आचारसंहितामा भनिएको छ,‘उम्मेदवारले गर्न पाउने खर्चको सीमा भित्र रहेर गर्नु पर्ने हुन्छ ।’ आयोगले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने निर्णय गरिसकेको छ ।
स्थानीय तहसम्म अनुगमन समिति
आचारसंहिता कार्यान्वयन गराउन आयोगले स्थानीय तहसम्म अनुगमन समिति गठन गर्ने भएको छ । केन्द्रमा भने निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति गठन हुनेछ । त्यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन टोलीसमेत गठन हुने व्यवस्था संहितामा छ । टोलीमा सहसचिव वा त्योभन्दा माथिल्लो तहका कर्मचारी संयोजक रहने गरी टोली गठन गर्न लागिएको हो । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा समिति रहनेछन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता अनुगमन समितिसमेत गठन हुनेछ । स्थानीय तहमा भने निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति गठन हुने प्रावधान आचारसंहितामा छ ।
उम्मेदवारलाई आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, यस्त कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो निर्वाचनमा ४८ घण्टाअघि जानकारी दिनुपर्ने व्यवस्था थियो । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने प्रावधान संहितामा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JEdlZm via IFTTT
राझाँn। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् ।
बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।
उनका अनुसार, गत आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन् । तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फछ्र्यौट भएका छन् भने अझै ६५ उजुरी फछ्र्यौट हुन बाँकी छन् । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए ।
स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने÷नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3L6i1Yr via IFTTT
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए ।
“सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ”, उनले भने ।
यस्तै, उनले शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पु¥याउने प्रतिबद्धता जनाए । तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठूला ठूला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्दै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताए ।
मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको सुनाए । मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो ।
सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरेका थिए । सो अवसरमा पानीसम्बन्धी चेतनामूलक गीत र लघुनाटकसमेत प्रस्तुत गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ujUkoJ via IFTTT
काठमाडौं। वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले राजनीतिक गतिविधीमा तिव्रता दिएका छन् । निर्वाचन आउँन ५३ दिन बाँकी रहँदा दलहरुले गतिविधीलाई बढाएका हुन् ।
उम्मेदवार चयन लगायतका लागि प्रमुख राजनीतिक दलहरुले मापदण्ड बनाउन थालेका छन् भने गठबन्धन गर्ने विषयमा पनि चर्चा चलिरहेको छ ।
हाल सत्ता सञ्चालन गरिरहेका नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।
गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापन इतरपक्षका नेताहरुले गठबन्धन सरकार सञ्चालनका लागि भएको बताउँदै आइरहेका छन् ।
महामन्त्री गगन थापासहितका नेताहरुले कांग्रेका मतदालतले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनीहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् ।
तर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् ।
देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् ।
‘वामपन्थी पार्टीहरु फेरि एक हुन बेर लाग्दैनन्’ भन्दै आफूलाई सुरक्षित गर्न खोजेका देउवालाई प्रमुख प्रतिपक्षीसमेत रहेको र आगामी चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेको आकलन गरिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राहत भने दिएका छन् ।
आजबाट सुरु भएको पोलिटब्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी दलहरुसँग एकताको प्रस्ताव राखेका थिए ।
तर, अध्यक्ष ओलीले भने पारस्परिक लाभको आधारमा चुनावी तालमेल भए पनि अन्य पार्टीसँग एकता नहुने बताए । उनको यस्तो भनाइले देउवालाई केही राहत मिलेको छ ।
अब कांग्रेससँग गठबन्धन नभएमा पनि एमालेसँग माओवादी र एकीकृत समाजवादी मिल्न जाने त होइनन् भन्ने देउवाको संसयलाई केही हदसम्म टारिदिएको छ ।
एमाले अध्यक्ष ओलीले नेपालमा एमाले मात्रै वामपन्थी दल रहेको भन्दै अन्यसँग एकताको कुरा नहुने बताएका थिए । पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार घनश्याम भूसालले वाम एकताको प्रस्ताव ल्याएको भए पनि अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपालको पार्टी र मान्छे दुवै वामपन्थी नभएको बताए ।
ओलीले पार्टी आफ्नो सामर्थ्यमा एकल प्रयासमा अघि बढ्ने बताए । उनले वामपन्थीसँग एकता नभइ आवश्यकताअनुसार विभिन्न पक्षसँग तालमेल हुने बताएका थिए । आफू बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने ओलीले बताइरहँदा देउवालाई राहत भएको छ ।
देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । गत मंगलबार बुटवल पुगेर प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए । नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।
कांग्रेस नेताहरुबीच कुरा बाँझिदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टा खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् ।
तर स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ ।
उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।
कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियै भएकाले गठबन्धन हुने/ नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/353fkHO via IFTTT
पाल्पा । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउदैँ यसले देशमा विकास हुने उनले बताए ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । ”
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।”
उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36Buswx via IFTTT
काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।
‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।
उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’
एमाले विभाजनपछि धेरै क्षति भएको इलाम क्षेत्र नम्बर १ मा हो । यस क्षेत्रका संघीय सांसद खनाल हुन् । पटकपटक त्यही क्षेत्रबाट निर्वाचन जितेर खनाल प्रधानमन्त्रीसमेत भइसकेका छन् । हाल एकीकृत समाजवादीमा छन् । सोही क्षेत्रको प्रदेश सांसद खिनु लङ्वा लिम्बू पनि खनाल रहेको पार्टीमै छिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/368zmRR via IFTTT
काठमाडौं। पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ ।
श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् ।
नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्नेगर्छ ।
वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् ।
ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ ।
यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले न्युज कारखानासँग भने ।
पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ ।
चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ ।
सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् ।
उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११२, २०७६/७७ मा १९१, २०७५/७६ मा ४४८, २०७४/७५ मा ३३१ र २०७३/७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए ।
नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४.६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wnzMhV via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ ।
राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३/३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ ।
आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो निर्वाचनमा ४८ घण्टा अघि जानकारी दिनु पर्ने व्यवस्था थियो । जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने संहितामा राखिएको छ ।
उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइने प्रावधान छ । घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितमा समेटिएको छ । उम्मेदवारले क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न पनि पाइने छैन ।
निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । निर्वाचन प्रयोजनको लागि पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ पर्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । अनलाइन वेब पेज, टिभी स्क्रोलिङ्, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैङ्कका एटीएम काउन्टरमा उम्मेदवारको बारेमा प्रचारप्रसार समेत रोक लगाएको छ । दलको झण्डा, उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन समेत नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ ।
भित्तेलेखन गर्न, चारपाङग्रे गाडी, मोटरसाईकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सवारी साधन प्रयोग गर्न समेत रोक लगाएको छ ।
राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले सवारी साधन प्रयोगमा पनि कडाई गरेको छ । सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउमा चार वटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ । यसअघिको निर्वाचनमा आचारसंहितामा आयोगले तोके अनुसार मात्रै हुने भनिएको थियो ।
एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नहुने व्यवस्था राखिएको छ । दल र उसको उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसार प्रसारमा समेत लगाएको छ । निर्वाचन आयोगमा प्रचार प्रसारमा हेलिकप्टर प्रयोगमा भने रोक लगाएको छैन । राजनीतिक दलले प्रचार प्रसारको लागि दुई जना मुख्य प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने भएको छ ।
राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने हुन्छ । ‘आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग गर्न सक्छन,’आचारसंहितामा भनिएको छ,‘उम्मेदवारले गर्न पाउने खर्चको सीमा भित्र रहेर गर्नु पर्ने हुन्छ ।’ आयोगले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी ७ लाख ५० हजार मात्रै खर्च गर्न पाउने निर्णय गरिसकेको छ ।
स्थानीय तहसम्म अनुगमन समिति
आचारसंहिता कार्यान्वयन गराउन आयोगले स्थानीय तहसम्म अनुगमन समिति गठन गर्ने भएको छ । केन्द्रमा भने निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति गठन हुनेछ । त्यस्तै निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन टोलीसमेत गठन हुने व्यवस्था संहितामा छ । टोलीमा सहसचिव वा त्योभन्दा माथिल्लो तहका कर्मचारी संयोजक रहने गरी टोली गठन गर्न लागिएको हो । जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा समिति रहनेछन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता अनुगमन समितिसमेत गठन हुनेछ । स्थानीय तहमा भने निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति गठन हुने प्रावधान आचारसंहितामा छ ।
उम्मेदवारलाई आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।
स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, यस्त कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । अघिल्लो निर्वाचनमा ४८ घण्टाअघि जानकारी दिनुपर्ने व्यवस्था थियो । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने प्रावधान संहितामा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Jmb4SJ via IFTTT
राझाँn। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् ।
बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।
उनका अनुसार, गत आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन् । तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फछ्र्यौट भएका छन् भने अझै ६५ उजुरी फछ्र्यौट हुन बाँकी छन् । जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए ।
स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने÷नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3u5tdxr via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुई मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् । यसबाहेक केही मन्त्रीहरु हटाएर नयाँलाई बनाउनेबारे छलफल समेत बढाएका छन् ।
चैत १५ मा निर्वाचन आचारसंहिता लाग्ने भएकाले देउवाले अर्को हप्ताभित्र निर्णय लिने तयारी गरेको बुझिएको छ । त्यसका लागि उनले आन्तरिक र गठबन्धनका शिर्ष नेताहरुसँग छलफल बढाइसकेका छन् ।
देउवाले रक्षाका अलावा उद्दोग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो दलबाट मन्त्री बनाउने भएका छन् । मन्त्री बनाउँदा पूर्वमहामन्त्री प्रकाशमान सिंहले चाहेको एकजना र अर्को आफ्नो चाहना बमोजिमलाई रोज्ने विश्वस्त स्रोतले बताएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट सबै मन्त्रीहरु फिर्ता बोलाइने तयारी भएको छ । नेकपा एसमा आलोपालो मन्त्री बन्ने सहमति भएको थियो । अहिले स्वास्थ्यमा विरोध खतिवडा, श्रममा कृष्णकुमार श्रेष्ठ, पर्यटनमा प्रेम आले, सहरी विकासमा रामकुमारी झाँक्री मन्त्री छन् । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ छन् । चार मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मौका दिने भएका छन् । अब मन्त्री बन्नेमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी, निरादेवी जैरु र कृष्णलाल श्रेष्ठ रहेको बुझिएको छ ।
नेकपा माओवादी केन्द्रले पनि केही मन्त्री हेरफेर गर्ने विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले नै माओवादी अध्यक्ष प्रचण्डसँग केही मन्त्रीको विषयमा प्रश्न उठाएर फेर्ने चाहना व्यक्त गरेका छन् ।
जनता समाजवादी पार्टीबाट पनि केही मन्त्री हेरफेरको सम्भावना छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवादले पनि त्यस्तो सम्भावना बढेको हो ।
देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी बनाउन खोजेका छन् । लोसपाले ३ मन्त्रालय मागेको छ । देउवाले २ मन्त्रालयमा सहमतिको प्रयास गरेको बुझिएको छ । लोसपा सरकारमा सहभागी भएमा माओवादी र एसले हाल लिएको मन्त्रालयबाट एक एक घटाउने तयारी भएको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qb02Ih via IFTTT
काठमाडौं। नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी म्यादी प्रहरीको भर्ना खोलेको हो । स्थानीय निकायको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको हो ।
६ चैत्र देखि ११ चैत्रसम्म सार्वजनिक बिदाको दिन बाहेक दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीको आवेदन दिने कुनै नैतिक पदत देखिने फौजदारी अभियोगमा कसूरदार नठरिएको, राजनीतिक दलको सदस्इ नरहेको, साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने योग्यता उल्लेख छ । सेवा निवृत्त सेना, प्रहरी र पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरुलाई प्राथमिकतामा राखिने उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3u3jnfw via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरी विरुद्ध आरोप पत्र दायर गरेको हो ।
अख्यितार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्थानीय सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका तीन जनाको भने मृत्यु भइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3i8OkcJ via IFTTT
काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डले पहल थालेका छन् । उनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई बनाउन पहल थालेका हुन् ।
आज धनगढी पुगेका प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा सुदूरपश्चिम छाड्ने जवाफ दिएको खुलासा गरेका हुन् । उनले यसो भनेसँगै बागमतीमा माओवादीले मुख्यमन्त्री लिन खोजेको सन्देश गइसकेको छ ।
गठबन्धन दलबीच सहमति अनुसार बागमती प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्नुपर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद छाड्न मानेका छैनन् ।
सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ काँग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् । भट्टको ठाउँमा काँग्रेसबाट मुख्यमन्त्री ल्याउने प्रयास चलिरहेको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3w7vXgG via IFTTT
काठमाडौं । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ ढकालले आगामी हुन गईरहेको आसन्न स्थानिय निर्वाचनको लागि तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
पुर्वमन्त्री समेत रहनुभएको अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले बिकल्पको खोजी गर्नुपर्ने बताए। अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कैलाली र कन्चनपुर गरेर सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दलका अध्यक्ष ढकालले प्रशिक्षण दिने क्रममा बोल्दै सत्ता र सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा दुःख पोख्दै नेपाली जनताले धेरै पीडा पाएको जसले गर्दा नगरिकले गाँस, बास कपास जस्ता न्युनतम आधारभुत आबश्यकता पनि पुरा हुन नसकेकोमा भाबुक बन्दै कथित ठुला भनिने नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने कुरा ब्यक्त गरे ।
तीन घन्टासम्म सन्चालन भएको प्रशिक्षण कार्यक्रमममा नेता ढकलले नेपाल परिवार दल नयाँ विचारका साथ एक बैकल्पिक पार्टीको रुपमा उदाएको पार्टी भएको र यसले सबै खाले बिभेदको अन्त्य गर्दै नयाँ नेपाल निर्माण गर्ने महान अभियानमा अगाडि बढेको पार्टी हो भन्दै उपस्थित सबै कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए र यसको शुरुवात पनि सुदुरपश्चिमबाट हुने कुरामा विश्वस्थ भए।
त्यसैगरी भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय महामन्त्री प्रकाश बाबु थापाले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउँदै आफ्नो पार्टी युवामैत्री रहेको पनि जिकीर गर्नुभयो। आजकै कार्यक्रममार्फत कन्चनपुर जिल्ला कार्यसमिति र पीस फोर्स जिल्ला कार्यसमितिको पनि गठन भएको छ । जसमा ३१ सदस्यीय कन्चनपुर जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेम परियार र १५ सदस्यीय पीस फोर्सको कार्यसमितिको अध्यक्षमा प्रेम राज गिरी निर्वाचित भएका छन् ।
साथै कार्यक्रममा १२० जना महानुभावहरुले अन्य पार्टी छोडी नेपाल परिवार दलमा प्रबेश गरेका छन् । केन्द्रीय सदस्य खडग नगरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय शंकर ढकाल, बिष्णु बिक, नेपाल प्रबाशी परिवार भारत दिल्ली राज्य समिति अध्यक्ष मन्जु सेवान लगायतका नेताहरुको सहभागिता रहेको थियो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3udf2H1 via IFTTT
काठमाडौं। माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाई आगामी चैत २० गते हुने भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।
एमालेले यही विषयलाई लिएर पछिल्लो समय लगातार संसद् अवरुद्ध गरिरहेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tShthJ via IFTTT
ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन् ।
ललितपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन् । ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भने, “यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्याससभन्दा सस्तो छ ।”
हाल एक सिलिन्डर ग्यासको मूल्य रु एक हजार ५०० भन्दाबढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य रु १५० तथा एक लिटर डिजेलको मूल्य रु १३० भन्दाबढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन्, “दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नुपर्छ ।”
ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उहाँले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन । मन्त्री भुसालले भनीन्, “घरभेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्नेगरी मैले निर्णय गराएको छु । विद्युत् प्राधिकरणमा सम्पर्क गर्नु होला ।”
विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरिन । आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पु¥याउन आफूले विशेष पहल गरेको र कृषकलाई अधिकतम फाइदा पुग्नेगरी ऊर्जाको सुनिश्चिता गर्ने वचन पनि दिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JdsXTx via IFTTT
ककनी(नुवाकोट) । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नुवाकोटको ककनीमा स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममो समुद्घाटन समारोहलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले यो अभियान आगामी स्थानीय निर्वाचन जित्न आरम्भ गरिन लागेको बताउदै उहाँले भन्नुभयो,“यो अभियान सम्पूर्ण वडा र पालिका जित्ने लक्ष्यका साथ थाल्नुहोस् । स्थानीय तहको निर्वाचन जितेपछि प्रदेश र संसदीय निर्वाचन जित्न सहज हुन्छ । नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैन ।”
प्रवक्ता महतले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पराजित हुँदा विकास प्रयास सिथिल भएको सिथिल भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरुले चुनाव जितेको ५ बर्षमा कति आयोजना आए,कति सम्पन्न भए । विगतमा थालिएका आयोजनाहरुको अवस्था के छ ? त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउदैन ।”
उहाँले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गर्नुभयो ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री रहनुभएका डा.महतले यो अभियानलाई आम नागरिकसंग दोहोरो सम्बादको रुपमा सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो । यो अभियानका क्रममा नागरिकहरुको चाहना र आवश्यकताको बारेमा पनि जानकारी लिन उहाँले आग्रह गर्नुभयो ।
उहाँले जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिनेहरुको पनि पहिचान गरेर मत नदिनुको कारण पहिल्याएर नेपाली कांग्रेसका पक्षमा मतदान गर्न लालयित बनाउन आग्रह गर्नुभयो ।
उहाँले पार्टीको १४ औं महाधिवेशनमा निर्वाचित भएर जिम्मेवारी पाउनुभएका साथीहरुलाई सबैलाई समेटेर पार्टीका कार्यक्रममा सरिक गराउन पनि आग्रह गर्नुभयो । उहाँले पार्टीभित्रको आन्तरिक जित हारलाई ठूलो नमानिकन स्वभाविक रुपमा लिएर आउने निर्वाचन जितेर जनताको सेवामा लाग्ने लक्ष्य हासिल गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
निर्वाचन जित्ने लक्ष्य नलिदा पार्टीहरु क्लबमा रुपान्तरित हुने बताउदै प्रवक्ता डा.महतले भन्नुभयो, “निर्वाचन जितेर सरकार बनाएपछि राज्यको स्रोत र साधन तथा जनशक्तिको उपयोग गरेर जनताको सेवा गर्न पाइन्छ । देशको पूर्वाधार तथा आर्थिक सामाजिक विकास गर्न पाइन्छ । जनताको जीवनस्तर उठाउन पाइन्छ ।”
कांग्रेस प्रवक्ता महतले नेपाली युवाहरु कामको लागि विदेशिएकोले घरघर पुगेर महिलाहरुलाई संझाउने कार्यमा महिला नेतृहरु अझ सक्रिय हुनुपर्ने पनि बताउनुभयो ।
पूर्व मन्त्री डा.महतले नेपाली कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढेको र विकास प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै व्यक्तिमा शक्ति केन्द्रित गर्ने होडले झण्डै दुई तिहाईका कम्युनिष्ट सरकार पतन भएर पार्टी पनि विभाजित भएपछि फुटेर आएका कम्युनिष्ट र अन्य दलको सहयोगमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले देशमा कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्ने, मुलुकमा सुशासन कायम गर्ने काम गरेको पनि दावी गर्नुभयो ।
कार्यक्रममा डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपालको सडक विस्तार तथा मर्मत संभार र विद्युत प्रशारण लाईन निर्माणको लागि ५०० मिलियन अमेरिकी डलर(६०अर्ब नेपाली रुपैयाभन्दा माथि) रकम अनुदान लिने सम्बन्धमा भएको संझौताको विषयमा पनि प्रकाश पार्नुभएको थियो ।
उहाँले यो अनुदान सहयोग नेपालले नै माग गरेको, यो अनुदान अन्तरगत आउने रकम खर्च र परियोजना सञ्चालन नेपालका अर्थसचिवको संयोजकत्वमा बनेको मिलिनियम च्यालेञ्ज एकाउण्टले गर्ने, यस अन्तरगत बनेका परियोजनाहरु निर्माण सम्पन्न भएपछि नेपाल सरकारलाई हस्तान्तरण गरिने, यी परियोजना बन्दा कुनै बौद्धिक सम्पत्तिको सिर्जना भए नेपालको हुने, नेपालको महालेखाले लेखापरीक्षण गर्न पाउने, यो सहयोग कुनै सैन्य रणनीतिसंग आबद्ध नभएको र यसलाई आधार बनाएर अमेरिकी सेना आउन नसक्ने मात्र हैन यो सहयोग सैन्य प्रयोजनमा उपयोग गर्न नपाइने स्पष्ट किटानी भएकोले कम्युनिष्टहरुको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो ।
कांग्रेस प्रवक्ता डा.महतले यो अनुदान लिने सम्बन्धमा झलनाथ खनालको नेतृत्वमा रहेको सरकारले पनि सहमति दिएको,डा.बाबुराम भट्टराईको नेतृत्वकोे, खिलराज रेग्मीको नेतृत्वकोे, सुशील कोइरालाको नेतृत्वकोे, नेकपा एमालेका के.पी.ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पनि अघि बढाएको तथाा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारका पालामा संझौता भएकोले यसमा विवाद हुनुनपर्ने अवस्था विद्यमान रहेको पनि उहाँले बताउनुभयो ।
कांग्रेस नेता डा.महतले नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ पूर्ण नेतृत्वमा एमसीसी संझौता पारित भएको पनि बताउनुभयो । यो संझौतामा भएका प्रावधानले नेपालले अन्य देश तथा दातृ निकायबाट लिने अनुदान तथा ऋणका प्रावधानहरुमा पनि नेपालमैत्री हुने गरी फेरबदल ल्याउन सक्ने बताउनुभयो ।
नेपाली कांग्रेस नुवाकोट प्रदेश क्षेत्र १(ख)का सभापति रामजी पौडेलको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष भाग्यश्री लामा, महासमिति सदस्य कृष्ण लामा र नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पनि संबोधन गर्नुभएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35QtgoV via IFTTT
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताउनुभएको छ । राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले सम्पूर्ण नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गर्नुभयो ।
सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले स्पष्ट पार्नुभयो । नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएकोमा यो राम्रो लक्षण नभएको भन्दै अध्यक्ष थापाले यसको सम्पूर्ण दोषी विदेशी प्रभुहरुका अगाडि लम्पसार पर्ने प्रमुख राजनीतिक दलका नेताहरु भएकोले यसको अन्त्यको लागि बलियो वैकल्पिक राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल उदाएको ठोकुवा गर्नुभयो ।
फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको भन्दै थापाले राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दावी गर्नुभयो । निस्वार्थ भावले राष्ट्रको लागि केही गर्छौं भन्ने आशा बोकेका युवाहरुको साथले राप्रपा नेपाललाई थप उर्जा र हौसला प्राप्त भएको बताउँदै अध्यक्ष थापाले सम्बर्धनवाद, लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासन, समृद्धि र राष्ट्रवादको एजेण्डा बोकेर जनतामाझ आएको राप्रपा नेपालप्रति स्वतन्त्र रुपमा रहेका व्यक्तित्वहरु, विभिन्न संघ संगठनहरु अकर्षित हुँदै पार्टी प्रवेश गर्ने लहर सुरु भैसकेकोले पार्टीका एजेण्डा बोकेर घरघर, दैलोदैलो पुग्न युवाहरुलाई आह्वान गर्नुभयो । कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो ।
नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी अध्यक्ष कमल थापाले माला र खादा लगाएस सम्मान गर्नुभएको थियो । मोर्चा घोषणा कार्यक्रमकै अवसरमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठ तथा लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङसहित लोसपाको सिंगो धादिङ जिल्ला कार्य समिति राप्रपा नेपालमा प्रवेश गरेको थियो भने स्वतन्त्र रुपमा रहेका २ दर्जन बढी युवाहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।
कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री राजाराम वर्तौला, प्रवक्ता सुरेश आचार्य, लोसपाबाट प्रवेश गरेका केन्द्रीय सदस्य निर बहादुर श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य एवं सहकारी समन्वय विभाग प्रमुख राजकुमार खड्का, राप्रमसंका अध्यक्ष सुनिता कुरुम्वाङ, साँस्कृतिक मञ्चका अध्यक्ष राज सागर, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाल, राप्रविसंका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो भने स्वागत मन्तव्य मनोज तिमल्सिनाले राख्नुभएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3i3ZCiu via IFTTT
काठमाडौं। गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्मका लागि भिजिट भिसा सम्बन्धी अस्थायी प्रावधान लागु गरेको छ।
बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ। अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ।
अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन्।
विदेशी मुलुकमा न्यूतम दुई वर्षभन्दा बढी व्यतित गरेका र न्यूनतम कक्षा १२ को औपचारिक शिक्षा हासिल गरेका व्यक्तिहरु भिजिट भिसामा यात्रा गर्न पाउनेछन्।
अंग्रेजी र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषामा दख्खल भएको व्यक्ति पनि जान पाउनेछन्।
वार्षिक न्यूतम पाँच लाख रुपैयाँ करयोग्य आय भई त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन्।
आफ्नो एकाघर (आफ्नै परिवार)को नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रण र प्रयोजनमा जाने व्यक्ति (आमाबाबु, सासुससुरा, छोराछोरी, श्रीमानश्रीमती) जान पाउनेछन्।
नेपाली दूतावासको सिफारिसमा विरामी कुरुवा र रेखदेखका लागि जाने तीन पुस्ते नाताभित्रका व्यक्तिले पनि भिजिट भिसामा जान पाउनेछन्।
खेलाडी र कलाकारले भिजिट भिसामा जान प्रायोजकको आधिकारिक पत्र वा सम्बन्धित नेपाली दूतावासको सिफारिस वा नेपालीस्थित अध्यागमनको पूर्व स्वीकृत भएमा जान पाउनेछन्।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधि नआउँदासम्म यो अस्थायी प्रावधान लागु हुने बताए।
उनले यसअघि सिफारिस गरिएको १० लाख रुपैयाँ वार्षिक आय र पाँच लाख रुपैयाँ बैंक खातामा बचतको प्रावधानले नकारात्मक सन्देश गएकाले संशोधन गरिएको बताए।
‘१० लाख राख्दा त्यति नै पैसा जम्मा गर्नुपर्ने जस्तो पर्न गयो। नकारात्मक सन्देश गयो। त्यसैले घटाएर पाँच लाख गरिएको हो। कार्यविधि नआउँदासम्म यो व्यवस्था लागु हुन्छ,’ उनले भने।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vXtYLy via IFTTT
काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मंगलवार घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पार्दै सुनिता कुरुम्वाङको अध्यक्षतामा ८७ सदस्यीय महिला संगठन घोषणा गरिएको हो ।
संगठनको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, बिना राणा, मनमिरा श्रेष्ठ, प्रभा केसी, अम्बिका खतिवडा रहेका छन् ।
त्यस्तै महासचिवमा सुशिला गिरी, प्रवक्तामा सुस्मिता सुवेदी, सचिवमा सरला विक, करुण शाही, शकुन्तला माझी, सहायक कोषाध्यक्षमा उर्मिला विष्ट रावत रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MwjTey via IFTTT
काठमाडौँ । आज ८ मार्च, अर्थात अन्तराष्ट्रिय नारी दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । महिला कामदारहरुले श्रम शोषणविरुद्ध आवाज उठाएको दिन पारेर यो दिवस मनाउन थालिएको एक शताब्दी भन्दा बढी भयो । नेपालमा पनि नारी दिवस मनाउन थालिएको ६ दशक वित्यो । तर सिमित क्षेत्र वा व्यतिmले मनाउने नारी दिवसको उपलब्धिबारे विभिन्न प्रश्न उठ्ने गरेका छन् ।
हरेक वर्ष ८ माच लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस अर्थात पछिल्लो समय अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाइदै आइएको छ । विश्वका अधिकांश देशमा यो दिवस मनाउन सुरु भएको एक शताब्दी भन्दा बढी भयो । नेपालमै ६ दशक नाघ्यो ।
यो अवधिमा महिला अधिकार र सहभागिताका सवालमा प्राप्त कानुनी व्यवस्था र उपलब्धिहरु साँच्चिकै अनुकरणीय छन् । नेपालको सन्दर्भमा नीतिगत रुपमै हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीताको सुनिश्चिता हुनु र देशको कार्यकारिणी पदमा महिला पुग्नु आफैमा ठूलो उपलब्धि हो ।
तर नीतिगत तहमा ३३ प्रतिशत प्रतिनिधित्व देखाउने दाँत मात्र बनेको छ । कार्यान्वयन स्तर अझै प्रभावकारी बन्न सकेको छैन । राजनीतिमा नै आमुल परिवर्तन नआएसम्म अधिकारको कुरा नारामा सीमित हुने कतिपयको विश्लेषण छ ।
महिला अधिकार र सहभागिताका सवालमा बर्षेनी कराडौं लगानी गर्दै पाँचतारे होटलमा बहस नभएका होइनन् । तर बहसपछिको निष्कर्षले भुईमान्छेलाई छोएको छ त ? यो सोचनिय विषय बनेको छ । अर्कातर्फ सरकारले पनि महिला सशतिmकरण, सहभागिता र सचेतनाका लागि लगानी गरेकै छ । तर यसको न्यून देखिएको छ ।
उदाहरणका लागि २०७८/७९ मा उपत्यकामा मात्र झन्डै दुई हजार घरेलु हिंसाको उजुरी परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी बहु तथा बालविवाह, बोक्सी आरोप, बाल यौन दुराचार जस्ता घटनाले प्रसय पाइरहेको छ ।
त्यसैले महिला अधिकारका कुरा सीमित व्यतिm पोसिने जड मात्र बनेको भन्दा फरक नपर्ला । तर ११२ र्औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शुन्य सहनशीलताको नीति अपनाई सरकारले काम गर्ने दावी गर्न भने छुटाएनन् ।
महिलामाथी हुने हिंसा नेपालमा मात्र नभई विश्वभर बढ्दो छ । विभिन्न अध्ययनहरुले आज पनि विश्वमा ३ जनामध्ये एक जना महिला यौनहिंसाको शिकार बन्ने गरेको देखाएको छ । त्यसैले ठूलो भाषणमा भन्दा महिला अधिकारको आन्दोलन मार्फत प्राप्त अधिकारको कार्यन्वयनतर्फ सम्बन्धित निकायको ध्यानकर्षण हुन जरुरी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vMgAdj via IFTTT
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे तोकिएका छन् ।
लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल चयन भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tDmef5 via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।
आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।
यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।
माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य
प्रचण्डको परिवारबाट ४ केन्द्रीय सदस्य
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vLRivO via IFTTT
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) शैलेन्द्र खनाल आउँदो चैत २८ गते सेवानिवृत्त हुँदैछन्। चार वर्षे पदावधिका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। खनाल निवृत्त हुने समय करिब डेढ महिना मात्रै बाँकी रहँदा उनीपछि सशस्त्र प्रहरीको महानिरीक्षक को बन्ने भन्ने रस्साकस्सि सुरु भइसकेको छ। सशस्त्रमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का दुई दरबन्दीमा एआईजीद्वय पुष्पराम केसी कार्य तथा सीमा विभाग र रामशरण पौडेल मानव स्रोत तथा प्रशासन विभागमा कार्यरत छन्।
खनाल निवृत्त हुँदा यी दुई एआईजी ३० वर्षे सेवा अवधिका कारण सेवामै रहन्छन्। खनालपछि उनीहरुमध्ये एक जना आईजी बन्ने छन्। उनीहरु दुवैजना सेवा प्रवेश गरेको आउँदो वैशाख १८ गते ३० वर्ष पुग्छ। जसकारण उनीहरु दुईमध्ये जो आईजी भए पनि जम्माजम्मी २१ दिन मात्रै जिम्मेवारी सम्हाल्न पाउँछन्।
त्यही २१ दिने आईजी बन्न केसी र पौडेल अहिले दौडधुपमा लागेका छन्। ओली नेतृत्वको सरकारले एक वर्षे पदावधि थप गरेका दुवै एआईजी ‘एमालेनिकट’ मानिन्छन्। उनीहरु दुवैजना नुवाकोटका हुन्। नुवाकोटकै एमाले नेता विष्णु रिमालसँग उनीहरुको निकट सम्बन्ध रहेको मानिन्छ। अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार भएको हुँदा उनीहरु कांग्रेस नेताहरु प्रवक्ता प्रकाशशरण महत, रामशरण महत, अर्जुननरसिंह केसी, माओवादी नेता हितबहादुर तामाङ्गको बाक्लै आउजाउ हुने गरेको छ । यी मध्ये देउवा निकट मानिएका प्रकाशशरण महतले कसलाई बोक्ने हुन् पत्तो छैन । अर्जुननरसिंह केसी कांग्रेस महामन्त्री गगन थापाका ससुरा हुन् ।
डीआईजीहरू चन्द्रप्रकाश (सिपि) गौतम, राजु अर्याल, नारायणदत्त पौडेलमध्ये एआईजी हुनेचाहिँ केही दिनमै आईजीपी बन्नेछन् । त्यसैले २१ दिनको आईजीपी नियुक्ति भन्दा एआईजीको लविङ तीव्र छ । हालका एआईजी केसी र पौडेलमध्ये एक जना २१ दिनका लागि आईजीपी नियुक्तपछि एक दरबन्दी रिक्त हुन्छ । त्यही रिक्त दरबन्दी (एआईजी) मा बढुवा हुने नै भावी आईजीपी हुनेछन् ।
केसी र पौडेलमध्ये एक जना आईजी नियुक्त हुनसाथ एआईजीको एक पद रिक्त हुन्छ। त्यसरी रिक्त हुने पदमा बढुवा गर्ने कार्य थप पेचिलो बन्ने देखिन्छ। सशस्त्र प्रहरी नियमावलीले नेपाल प्रहरीमा जस्तो एआईजी र एआईजी नभएको अवस्थामा डीआईजीबाट सोझै आईजी नियुक्त गर्ने बाटो दिएको छैन।
नियमावलीको दफा ५३ मा आईजीमा बढुवाबारे उल्लेख छ। जहाँ लेखिएको छ– ‘सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेद्वारलाई बढुवा गर्नेछ।’
दफा ५३ मा एआईजी नभएको अवस्थामा डीआईजीबाट पनि आईजी नियुक्त गर्न सकिने व्यवस्था नगरिएकाले सरकारले २१ दिने आईजीको टुंगो लगाएसँगै रिक्त एक एआईजी पदमा पनि बढुवा गर्नुपर्ने छ। रिक्त त्यही पदमा बढुवा हुने व्यक्ति नै त्यसपछि आईजी नियुक्त हुने निश्चित जस्तै हुनेछ। एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल १९ वैशाख २०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका थिए । २०५८ मा अर्धसैनिक बल सशस्त्र प्रहरी बल स्थापना भएपछि उनीहरू सशस्त्रमा गएका हुन् ।
डीआईजीहरू चन्द्रप्रकाश (सिपि) गौतम, राजु अर्याल, नारायणदत्त पौडेलमध्ये एआईजी हुनेचाहिँ केही दिनमै आईजीपी बन्नेछन् । त्यसैले २१ दिनको आईजीपी नियुक्ति भन्दा एआईजीको लविङ तीव्र छ । हालका एआईजी केसी र पौडेलमध्ये एक जना २१ दिनका लागि आईजीपी नियुक्तपछि एक दरबन्दी रिक्त हुन्छ । त्यही रिक्त दरबन्दी (एआईजी) मा बढुवा हुने नै भावी आईजीपी हुनेछन् । सशस्त्र प्रहरीमा एआईजी नभई आईजीपी हुने बाटो नियमावलीले बन्द गरेको छ । त्यसैले एआईजीको बढुवाको लविङ २१ दिन हुने आईजीपीको भन्दा तीव्र छ ।
साहित्यकार समेत रहेका नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये गौतम मात्र एक्ला बहालवाला अधिकारी हुन्, भारतको देहरादुनबाट सैनिक तालिमसमेत पूरा गरेका छन् । रसायनशास्त्रमा (एमएस्सी) गरेका उनी सशस्त्र प्रहरी बलमा रहेर विभिन्न कमाण्ड सम्हालिसकेका छन् । उपत्यका बाहिनी र सशस्त्र प्रहरी बल प्रदेश–२ को प्रमुखको जिम्मेवारी निभाएको अनुभव उनीसँग छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MsBQLa via IFTTT
झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा समाप्त हुने दाबी गरेका छन् । उनले आफूले २०५६ सालमै माओवादी समाप्त हुन्छ भनेको स्मरण गराउँदै अब त्यो दिन आएको दाबी गरेका हुन् ।
आज (शनिबार) गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर, अब त्यो दिन आयो । अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CjKfLX via IFTTT
बनेपा। नेपाली कां ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजना गरेको नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको ५०औँ बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बनाए ।
आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको दाबी थियो ।
नेपाली कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसङ्ग उल्लेख गरे ।
नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने बताए । साथै, उनले राष्ट्रलाई हित हुने खालका काममा दाता राष्ट्रसँग अनुदान लिएर राष्ट्रिय सहमतिमा नै विकास निर्माणका काममा ध्यान दिनुपर्ने धारणा राखे ।
त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढङ्गले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए ।
काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँको सभापतित्वमा भइरहेको जिल्ला कार्यसमिति बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादेलगायतका नेताको उपस्थिति रहेको थियो । बैठक आगामी निर्वाचनका लागि सङ्गठन परिचालन, राष्ट्रिय राजनीतिका मुद्दाका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने काममा केन्द्रित हुने कांग्रेसले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IL4DrW via IFTTT
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सार्वजनिक सुनुवाई हुने भएको छ । २०७८ साल फाल्गुन २० गते शुक्रबार बिहान ८ बजे वडा कार्यालयको सभाहलमा हुने उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासी राजनीतिक दलका प्रतिनिधि, बुद्दिजिव, नागरिक समाज महिला तथा सरोकारवालाहरुलाई उपस्थितिको लागि वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pxjXRz via IFTTT
काठमाडौं । नेकपा (एस)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रतिपक्ष दल नेकपा (एमाले) प्रति सङ्केत गर्दै संसद् खुलाउन सद्बुद्धि आउनुपर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
“संसद अबरोधले लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न खडा गरेको र स्वयं उक्त पार्टीको आफ्नो प्रतिष्ठा खस्किएको छ”, उनले भने ।
साथै, उनले यसको मूल्य नेकपा (एमाले)ले आगामी निर्वाचनमा चुकाउने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sxR09P via IFTTT
काठमाडौं । यतिबेला नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गम्भीर छन् । माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा १६ फागुनमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी गम्भीर बनेका हुन् ।
यसै पनि माओवादीभित्र पूर्व एकता केन्द्रबाट आएका नेताहरुलाई जनयुद्ध नलडेको भनी फरक व्यवहार गरिने चर्चा चल्ने गरेको छ । मुख्य पदमा उनीहरुलाई स्वीकार्न कठिन मानिने गरिएको छ ।
माओवादी जनयुद्ध हुँदा तत्कालीन एकता केन्द्रका नेताहरुले बाहिरी मोर्चाबाट महत्वपूर्ण भूमिका निभाउने गरेका थिए । तर, जनयुद्ध नलडेको भनी उनीहरुलाई शान्ति प्रक्रियापछिको एकता पछि फरक व्यवहार गरियो । त्यो भोगाई नारायणकाजी श्रेष्ठले गरेपछि उनी फरक तरिकाले प्रस्तुत हुने सोचमा पुगेको बुझिएको छ ।
श्रेष्ठले आफू पक्षीय पूर्व एकता केन्द्रका नेताहरुसँग बसेर गम्भीर छलफल समेत गरेका छन् । एमसीसी अनुमोदनमा माओवादीका पूर्व एकता केन्द्रका नेताहरु खुलेरै विरोधमा उत्रिए । त्यसप्रति प्रचण्ड आक्रोशित भए । उनले आफ्नै बाटोमा जान सक्ने बताए । प्रचण्डका विश्वासपात्र शक्ति बस्नेतले पनि त्यस्तै भने ।
असन्तुष्ट भएका श्रेष्ठले एमसीसी विरोधी दल र नेताहरुसँग परामर्श थालेका छन् । उनले १८ फागुनको विहानै विप्लवसँग कुराकानी गरे । भेटमा एमसीसीको विरोधमा अभियान चलाउनेबारे छलफल भएको खुलाइसकेका छन् ।
प्रचण्डले १७ फागुनमा हात्तिवन पुगेर श्रेष्ठलाई भेटे । उनले असन्तुष्ट श्रेष्ठलाई मनाउन खोजे । तर, उनी निकै चिन्तित भएको र फरक बाटोमा लाग्नुपर्ने विकल्पबारे पनि सोच्न थालेको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HJCj8c via IFTTT
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एमालेले सम्झौताबारे आफ्नो धारण व्यक्त गरेको हो ।
“एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ,” अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संसद्को सबैभन्दा ठुलो दल नेकपा (एमाले)लाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।
पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको एमालेको भनाइ छ ।
कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व नै त्यसको सम्भावित परिणाममा ध्यान दिनुपर्ने एमालेले बताएको छ । सम्झौता भइसकेपछि कार्यान्वयनमा लाग्नुपर्नेतर्फ जोड दिँदै ओलीले यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुने प्रष्ट्याएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C3i2sO via IFTTT
काठमाडौं । एमसीसी अनुमोदनप्रति तिव्र असन्तुष्टि जनाएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ विद्रोहमा सक्रिय भएपछि रोक्न अध्यक्ष प्रचण्डले प्रयास थालेका छन् । उनले आज हात्तीवन पुगेर श्रेष्ठलाई फकाउने प्रयास गरेका छन् ।
भेटमा प्रचण्डले एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थालाई मनन गर्न आग्रह गरेको बुझिएको छ । उनले गठबन्धन नै धरापमा पर्ने अवस्थाबारे समेत व्याख्या गरेको बुझिएको छ ।
१६ फागुनमा पत्रकार सम्मेलन गरेर प्रचण्डले नारायणकाजी श्रेष्ठको नामै लिएर आलोचना गरेका थिए । एमसीसीबारे बाहिर नबोल्ने भनेकोमा बोलेको भन्दै आफ्नो बाटो लाग्न सक्ने प्रतिक्रिया दिएका थिए ।
रेडियो एनआरएनमा प्रचण्डनिकट नेता शक्ति बस्नेतले पनि एमसीसी अनुमोदन चित्त नबुझ्नेले पार्टी छाड्नसक्ने प्रतिक्रिया दिएका थिए । यसले माओवादीभित्रको विवाद सतहमा प्रकट भएको थियो ।
माओवादीमा बस्न नसकिने भन्दै एमसीसीविरोधी नेताहरुले आफ्नो फरक तयारी गर्न थालेका थिए । यस्तो सूचनापछि प्रचण्ड पार्टी एकता जोगाउन लागेको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C6klvg via IFTTT