बाँके। राप्रपाका युवा नेता ऋषिराज देवकोटा सह–महामन्त्रीमा मनोनित भएका छन् । राप्रपाको आइतवार बसेको केन्द्रिय समितिको बैठकले उनलाई सह–महामन्त्रीमा मनोनित गरेको हो ।
यसअघि भएको महाधिवेशनमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भएका थिए ।
सह–महामन्त्रीमा मनोनित भएपछि देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए। उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ugvgAr via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनवार्ता भएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको जानकारीअनुसार दुई नेताबीच हिजो आईतबार फोनमा करिब आधा घण्टा कुराकानी भएको थियो ।
उक्त कुराकानीमा प्रधानमन्त्री देउवालाई ओलीले गठबन्धन तोड्न प्रस्ताव गरेका थिए । पछिल्लो समय एमसीसी सदनबाट पारित गर्ने विषयमा पाँच दलीय गठबन्धनमा खटपट सुरु भैरहेको बेला प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गम्भीर राजनीतिक वार्ता भएको छ ।
ओलीले गठबन्धन तोड्न र एकल सरकार चलाउन सहयोग गर्ने पनि प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री देउवाले गत पुष २४ गते बालकोट पुगेर ओलीसँग लामो कुराकानी गरेका थिए ।
प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी सदनबाट अनुमोदन गराउन चाहन्छन् । उनले गठबन्धनका नेताहरुसँग पनि यो कुरा सेयर गरिरहेका छन् । उनले एमसीसी पास गराउन सहयोग नगरे गठबन्धन तोड्ने चेतावनी दिएका छन् । यही विषयलाई लिएर अहिले गठबन्धनका शीर्ष नेताहरुको दौडधुप चलिरहेको छ ।
एमसीसी पास गर्नका लागि सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने एमाले अध्यक्ष ओलीको प्रस्ताव छ । ओलीको प्रस्तावमा एमसीसी पास हुन्छ भने आफू जे गर्न पनि तयार रहेको भन्दै देउवाले पनि भित्रभित्रै सहमति जनाएको स्रोतको दाबी छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओलीलाई भेट्न २४ पुसमा उनकै निवास बालकोट पुगेका थिए । ओलीलाई विस्थापित गरेर देउवा प्रधानमन्त्री भएपछि उनीहरुबीच पहिलोपटक भएको औपचारिक भेट करिब एक घण्टा चलेको थियो ।
त्यो भेटमा प्रधानमन्त्री देउवाले संसद अवरोध खोल्न र एमसीसी अनुमोदनका लागि सहयोग मागेका थिए । प्रधानमन्त्री देउवाले हालै मात्र गठबन्धनका केही शीर्ष नेताहरु र पार्टीका आफू निकट नेताहरुलाई बताएअनुसार ओलीले सभामुख हटाए संसद अवरोध खोल्ने र एमसीसी पास गर्न पनि सघाउने जवाफ दिएका छन् ।
प्रधानमन्त्री देउवा शुरुदेखि एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् तर सत्ता गठबन्धनमा सहमति जुटाउन सकेका छैनन् । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नहुँने पक्षमा छन् ।
ओलीले सभामुख हटाए वा सत्ता गठबन्धन टुटाए एमसीसी पास गर्न सघाउने देउवालाई बचन दिएका छन् । शनिबार स्थानीय तह निर्वाचनबारे छलफल गर्न बोलाएको गठबन्धनको बैठकलगत्तै देउवाले एमसीसीबारे सरकारमा भएका चार दलका शीर्ष नेता र एमसीसी अध्ययनका लागि बनेको कार्यदलका सदस्यहरुसँग छलफल गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s2xxg9 via IFTTT
काठमाडौं। नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले आगामी फागुन ७ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका संगठनले जनाएको छ।
सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव संकलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए।
महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ।
देशभर रहेका मातहतका संगठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ।
यही माघ २२ गतेभित्र सुझाव पठाउन समय सीमा तोकिएको छ। विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदा परिमार्जित गरी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी छलफलसहित पारित गरिनेछ।
संगठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KYp8CU via IFTTT
काठमाडौ । निर्वाचन आयोगको प्रस्ताव अनुसार नै गठबन्धन दलहरु स्थानिय तहको निर्वाचन समयमै गर्ने निर्णयमा पुगेका छन् । निर्वाचन आयोगले बैशाखमा स्थानिय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन् ।
शनिवार पटक पटक गरिएको गठबन्धनको बैठक पछि यस्तो निष्कर्षमा दलहरु पुगेका हुन् । आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।
नेकपा एमालेले पनि स्थानिय तहको निर्वाचन गर्न सरकारलाई दवाव दिएको थियो । गठबन्धन दलका नेपाली कांग्रेस वाहेक अन्य दलहरु एकै पटक निर्वाचन गराउनुपर्ने पक्षमा थिए । तर आगामी जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्ने गरी आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार त्यसका लागि आवश्यक संविधान र कानुन संशोधनसहितका प्रक्रिया पनि अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ।
निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्। निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी थाल्न गठबन्धन बैठकले सुझाव दिएको ।
आगामी वैशाख(जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री देउवालाई स्थानिय तहको निर्वाचनको मिति तोक्न भन्दै आएका थिए । उनले सुरुमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने भन्दै आएका थिए । निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्। शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख(जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए।
सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताउँदै आएका थिए।
उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा गरेका थिए। तर स्थानीय निर्वाचन सार्ने उनीहरुको प्रस्तावलाई लिएर चर्को आलोचना भइरहेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34ndqRH via IFTTT
काठमाडौं । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा फर्काउन नमिल्ने भएको छ । सर्वोच्च अदालतले आज समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्काउन नमिल्ने फैसला गरेपछि यस्तो परिस्थिति निर्माण भएको हो ।
अनमोलमणी भट्टराईसमेत विभिन्न व्यक्तिहरुले लोकसेवा आयोगसहित विभिन्न सरकारी निकायलाई विपक्षी बनाइ दायर मुद्दामा सर्वोच्चका न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना मल्ला प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले फैसला सुनाउँदै निवेदकहरुले लोकसेवा आयोगको विज्ञापनको परीक्षाफल रोक्ने सम्बन्धमा भभएका निर्णय तथा काम कारबाही समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने भनेको छ । योसँगै लोकसेवा आयोगको स्थगित गरिएका विज्ञापनहरुको परीक्षाफल प्रकाशन गर्न समेत आदेश जारी गरिएको छ ।
फैसलामा लोकसेवा आयोगले तोकेको परीक्षा प्रक्रिया सुरु भइसकेपछि विज्ञापन रद्द गर्न मिल्ने अवस्था नदेखिएको भन्दै निवेदकहरुको परीक्षा स्थगित गर्ने निर्णयलाई नै सदर गरिदिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3G4QPGv via IFTTT
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा थपलियाले यस्तो बताएका हुन् । उनले बैशाखमै निर्वाचन गर्नेगरि सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन् । रोकिँदैन। यो मेरो आग्रह हो । बैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरुलाई भेटेर यो कुरा राखिसकेको छु ।’
उनले ऐन संशोधनलगायतका कामहरु चुनावपछि पनि गर्न सकिने धारणा राखे । पछिल्लो समय स्थानीय तहको निर्वाचन बैशाखमा नगर्ने र यसलाई पछि धकेल्नेगरि तयारी भएको चर्चा चलिरहेको बेला प्रमुख निर्वाचन आयुक्त थपलियाको यस्तो प्रतिक्रिया आएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33JB8rr via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा पुगी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रशंशा गरे । उनले प्रचण्डले नै संविधानसभाको एजेन्डालाई पूरा गरेर देशको राजनीतिक प्रणाली परिवर्तन गरेको बोले । प्रचण्डलाई राजनीतिक परिवर्तनको नायक जसरी व्याख्या गरे ।
प्रचण्डले पनि आफूले धेरैलाई प्रधानमन्त्री बनाइसकेको बताउने गरेका छन् । उनले आफूले नै अहिलेको राजनीतिक परिवर्तन ल्याएको बताउँदै आएका छन् । यतिसम्मकी अहिलेको सत्ता गठबन्धन निर्माणमा पनि आफू नै मुख्य भएको बताइरहेका छन्।
प्रचण्डले भनेजस्तै सत्ता गठबन्धनमा उनकै रणनीति चल्ने गरेको छ । पछिल्लो समय चुनावको घोषणालाई रोक्ने पनि उनकै रणनीति हो । स्थानीय निकायको निर्वाचन धकेलेर प्रतिनिधिसभाको चुनाव गर्न प्रचण्डले प्रस्ताव गरेका छन् । विकल्पमा तीन तहको चुनाव कात्तिकमा गर्ने रणनीतिमा प्रचण्ड छन् ।
प्रचण्डको यही रणनीति अनुसार स्थानीय निकाय निर्वाचन ऐन संशोधन गरेर भएपनि चुनाव सार्ने तयारी भएको छ । यसका लागि कानून व्यवसायीसँग गठबन्धनले परामर्श गरिसकेका छन् ।
प्रतिनिधि सभाको चुनाव पहिले वा स्थानीय चुनावको साथ गरेर प्रचण्ड गठबन्धनबीच तालमेल गराउन चाहन्छन् । नेकपा एमालेलाई चुनावी धक्का दिने प्रचण्डको रणनीति छ । यही रणनीतिलाई देउवाले अस्वीकार गर्न सक्ने सम्भावना कम छ । स्थानीय चुनाव संविधान अनुसार तोकिएको समयमै गर्ने देउवाको चाहना छ । तर, प्रचण्डको चाहनालाई देउवाले बेवास्ता गर्ने सम्भावना कम छ ।
२०७४ सालको स्थानीय चुनावमा पनि देउवा प्रचण्डसँग मिलेर बढेका थिए । प्रचण्डको रणनीति अनुसार चलेर भरतपुर महानगरपालिकामा रेनु दाहालका लागि काँग्रेस उम्मेदवारलाई मैदान खाली गर्न लगाएका थिए । तर, प्रचण्डले प्रतिनिधि सभा चुनावमा ओलीसँग मिलेर छक्क पारिदिए । यसपटक प्रचण्डले तालमेलको रणनीति बनाएका छन् । यसमा देउवा तयार हुने सम्भावना देखिदै गएको छ ।
देउवालाई पार्टीभित्र प्रचण्डको हरेक कदमलाई साथ नदिन दबाब बढेको छ । राष्ट्रियसभा निर्वाचनपछि चुनावी तालमेल नगर्न शेखर कोइराला समूहले दबाब बढाइरहेको छ । तर, अहिलेको चुनावी प्रणाली कुनै एक दलले जित हासिल गर्न नसक्ने खालको भएको भन्दै देउवा मिलेरै जाने पक्षमा छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rM21CH via IFTTT
काठमाडौं। निर्वाचन आयोगले राप्रपालाई विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको छ । गत माघ २ गते नै आयोगले राप्रपालाई पत्र लेखेर विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन निर्देशन दिएको हो ।
यस्तै झण्डाबाट गाई हटाउन पनि राप्रपालाई आयोगले निर्देशन दिएको छ । यो पत्र आयोगले पठाएपनि वर्तमान नेतृत्व मौन बसेको भन्दै पूर्व अध्यक्ष कमल थापाले आक्रोश पोखेका छन् । उनले आयोगको यो निर्देशन अस्वीकार्य रहेको भन्दै विगतको यस्तै निर्णय आफूहरुले संघर्षबाट उल्ट्याएको स्मरण गरेका छन् ।
उनले माघ २ गतेको पत्र राजेन्द्र लिंदेनले किन लुकाएर राखेको भन्दै प्रश्न समेत गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FTMplC via IFTTT
काठमाडौं । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nIPKhg via IFTTT
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनावलाई केन्द्रित गरेर छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भनेर आफूनिकट नेताहरुसँग सरसल्लाह गरिरहेका छन् ।
हिजोमात्रै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेबारे छलफल भएको थियो । तर, यसमा गठबन्धनमा आवद्ध सबै दलको समान धारणा बनिसकेको छैन् । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीभित्र पनि यस विषयमा छलफल चलाएका छन् ।
प्रधानमन्त्री देउवा यो संसद्को पूरा अवधि नै सरकार सञ्चालन होस भन्ने चाहन्छन् । त्यसको लागि उनले गठबन्धनमा आवद्ध नेताहरुलाई चिढ्याउन चाहेका छैनन् । यसअघि प्रचण्ड र माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै गर्न नहुने बरु प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने राय प्रस्तुत गरेको समाचार आएका थिए ।
सायद, प्रचण्ड र माधव नेपालको असन्तुष्टिको कारण देउवाले पार्टीभित्र पनि सुरुमा संघीय संसद्को निर्वाचन गराउनेबारे छलफल थालेका छन् ।
कांग्रेसनिकट स्रोतले जनाएअनुसार सुरुमा प्रतिनिधिसभाको निर्वाचन गराउने अनिमात्रै स्थानीय तह र प्रदेश सभाको निर्वाचन गराउनेबारे छलफल भएको र यसमा प्रधानमन्त्री देउवा पनि सहमत भएका छन् । तीनै तहको निर्वाचन गराउँदा चाहीँ मंसिरमा गराउनुपर्ने संवैधानिक बाध्यता छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fDs9tY via IFTTT
काठमाडौं। बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास अर्गनाइजेशनसँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार आफैँ धर्मशालाको निरीक्षणमा गएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A9Oglb via IFTTT
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
‘मधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् ।
यि महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र समर्थन रहेको उनले बताए । उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेश प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् ।
‘दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ ‘ उनले भनेका छन् ।
अव मधेश प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंजसहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको समुचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FEmdLI via IFTTT
काठमाडौँ। नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको भन्दै त्यस क्षेत्रमा सडक निर्माणको काम रोक्न भनेको छ । सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको हो ।
लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको पछि आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् ।
साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए । दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/325fBbL via IFTTT
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ । २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको खुलासा भएको हो ।
भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा तीन थान सुन बिस्कुट आकारमा ल्याएका थिए । ती मध्ये ३० ग्राम सुन अवैध थियो ।
सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । सो मुद्दामा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tylGIU via IFTTT
काठमाडौँ । वैदेशिक रोजगार कार्यालय, काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए ।
श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
यसरी लिन सकिन्छ अनलाइनबाट सेवा
पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजात सहित फाराम भर्नुपर्ने छ । यसका लागि सुरुमा विभागको वेभसाइट (www.doafe.gov.np)मा गइ अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधैँ ‘एफइआइएमएस डट डिओएफई डट जिओभी डट एनपी’मा गएर पनि खोल्न सकिने छ ।
श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्ने छ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ । अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने भएकाले कम्तिमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको एकिन गर्न पनि कार्यालयले भनेको छ ।
पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ । म्यादी जीवन बीमा उमेरअनुसार १८ वर्षदेखि ३५ वर्षसम्म ३ हजार ७०८, ३६ वर्षदेखि ५० वर्षसम्म रु ४ हजार ९३१ र ५१ वर्ष देखि ६४ वर्षसम्म रु ९ हजार ४६३ शुल्क तिर्नुपर्छ । वैदेशिक रोजगार कल्याणकारी कोषका लागि रु १ हजार ५ सय शुल्क तिर्नुपर्छ ।
पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सो को स्क्यान कपी आवश्यक पर्छ । त्यस्तै, अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।
घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।
वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनु पर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन् ।
वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुस सम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब १ लाख जना, संस्थागततर्फ १ लाख ८० हजार र व्यक्तिगततर्फ ८ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GAcirQ via IFTTT
काठमाडौँ । जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ यसैलाई आधार मान्दै गरिएको सर्वे अनुरूप विश्वकै सबैभन्दा कमजोर सूचीमा नेपाली पासपोर्ट परेको छ । बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो । उक्त सूचीअनुसार नेपालको पासपोर्ट विश्वको सातौं सबैभन्दा कमजोर पासपोर्टको रुपमा देखिएको छ । नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ ।
सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । अफगानिस्तानको पासपोर्टबाट २६ ओटा मुलुकमा अनअराइभल भिसा वा भिसा फ्री व्यवस्था छ ।
सबैभन्दा कमजोर पासपोर्टको दोस्रो स्थानमा इराक र तेस्रो स्थानमा सिरिया छ। त्यस्तै चौथोमा पाकिस्तान, पाँचौँमा यमन, छैटौंमा सोमालिया छ। सातौं स्थानमा नेपालसँगै प्यालेस्टाइन टेरिटोरिज पनि छ । सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पास पोर्टभन्दा पनि कमजोर देखिएको छ । उत्तर कोरियाको पासपोर्टबाट विश्वका ३९ देशमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ ।
सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरका छन् । यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ मुलुकको यात्रा अगाडि भिसा लगाइरहनु पर्दैन ।
सूचीको दोस्रो स्थानमा जर्मनी र दक्षिण कोरिया छन् । यी दुई मुलुकबाट विश्वका १९० मुलुकमा यात्रा गर्दा अगाडि नै भिसा लगाउनुपर्ने आवश्यकता हुँदैन । सन् २००६ देखि हेन्ली एण्ड पार्टनर्स कम्पनीले निरन्तर विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33BCJig via IFTTT
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।
कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेको भनाइ छ ।
अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको परीक्षण गरिएको थियो ।
एकैपटक ठूलो संख्यामा पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने काफ्ले बताउँछन् ।
चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी अस्पतालले गरेको छ । पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rhnSSn via IFTTT
काठमाडौं। हतपत्त सार्वजनिक कार्यक्रममा ननिस्कने पूर्वराजा ज्ञानेन्द्र शाह आज पृथ्वी जयन्तिको अवसर पारेर सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न निस्किए।पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शाह उक्त स्थानमा पुगेका थिए।
शाह पुग्ना साथ अत्याधिक भिड बढेकाले ट्राफिक र स्वयंसेवकलाई नै भिड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो।उनी त्यहाँ पुग्नसाथ हजारौँ कार्यकर्ता र शुभेच्छुकले उनको पक्षमा नाराबाजी गर्न थाले । सरकारले आइतबार सूचना जारी गर्दै २५ जनाभन्दा धेरै मानिस भेला हुन नपाउने नियम बनाएपनि आज सो अवसरमा कोरोना र सरकारी निर्देशनलाई कुनै वास्ता गरेनन्। कार्यक्रममा हजारौं मानिसहरुको उपस्थिति रहेको थियो।
स्वतस्पूmर्त ढंगले हजारौँ नागरिक राष्ट्रिय झण्डा बोकेर जनसागरको रुपमा उत्रिएका थिए। हिन्दु धर्मका विभिन्न धर्मगुरु, बाबादेखि विभिन्न समुदायका मानिसहरुले आफ्नो मौलिकता अनुसारको सांस्कृतिक प्रदर्शन गरेका थिए।गणतन्त्र घोषणा हुनुभन्दा पहिले सरकारले राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिने गरेको भएपनि देश संघीय गणतान्त्रिक व्यवस्थामा गएपछि बिदा दिने चलन हटेको छ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभिन्न राजनीतिक दलका नेताहरुले पृथ्वीनारायण शाहको योगदानलाई उच्च प्रशंसा गर्दै शुभकामना भने ब्यक्त गरेका छन्। र, आजको दिनलाई राष्ट्रिय एकता दिवसकै रुपमा मानेका छन्।यो अवसरमा गणतन्त्रपछिका सरकारले सार्वजनिक बिदा दिन हिच्किचाए पनि पृथ्वीनारायण शाह नभएको भए नेपाल देशको अस्तित्व नरहने भन्नेमा कुनै शंका नभएको कुरा भने स्वीकार गरेका छन् ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, पर्यटनमन्त्री प्रेमबहादुर आले लगायत विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमन्त्रीहरुको उपस्थिति रहेको थियो ।उपस्थित अधिकांक्ष नेताहरुले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपाली भन्ने पहिचान रहेको बताए। तर पूर्वराजाले भने कुनैपनि टिप्पणी गरेनन्।
उनको आगमन हुनसाथ राजसंस्था र राष्ट्रियताको पक्षमा चर्को नारा लागिरहेको थियो।
हँसिला अनुहारका पूर्वराजा उक्त जनलहर र उनीप्रतिको आकर्षणले थप चम्किला भएका थिए। बाक्लो भिडका कारण उनले राम्रोसँग पुष्पगुच्छा पनि चढाउन सकेनन्। परैबाट सहयोगीको साथमा माल्यार्पण गरेर हात हल्लाएर बिदा भए।उनले हात हल्लाउँदा मात्र पनि जनलरहले उनको पक्षमा चर्को नारा लगाइरहेको थियो।
यसरी सिंहदरबारकै अगाडि अहिलेका नेता र उनीहरुका आचरणविरुद्ध चर्को नारा लागिरहँदा नेपाली जनतामा अहिलेको व्यवस्थाभन्दा पूर्वराजाप्रति आकर्षण बढेको भन्ने पनि केहीले तर्क गरेका छन् ।गणतन्त्रपछि सम्भवतः पूर्वराजा शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पहिलो पटक निस्केका हुन्।
अहिलेको व्यवस्था र नेताहरुको रवैयाका कारण नागरिक चरम निराशामा पुगेका छन् भन्ने मनोविज्ञान पनि पूर्वराजाले राम्रोसंग बुझेका छन्।त्यसैलेपनि उनी बेला बेला सार्वजनिक हुन्छन् र संकेतिक रुपमै जनमत जित्न र जनताको मनोविज्ञान बुझ्न उनलाई कुनै सकस पर्दैन। उनको बेला बेलामा हुने तीर्थ भ्रमण होस् वा एल.ओ.डि रात्रीक्लबमा गएर हात हल्लाएर नाच्दा समेत गणतन्त्रका मसिहा हुँ भन्ने नेताहरु झस्कने गर्दछन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r8T9XI via IFTTT
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताउनुभएको छ । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।”
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो । सिमाना र राष्ट्रियताको समस्या जटिल बन्दै गएको अवस्थामा सरकार चुप लागेर बसेको उहाँको आरोप थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FdIAaV via IFTTT
काठमाडौं । नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि कारबाही हुने भएको छ । नारायणहिटीको जग्गा भाडामा दिने प्रकरणमा उनको भूमिकामाथि छानविन कमिटीले प्रश्न गर्दै जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकालेको छ ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई छानविन समितिले बुझाएको प्रतिवेदनमा सम्झौता विपरित वि. म्यानेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशक दाहालबाट कुनै पनि कानूनी कारबाही गरेको नपाइएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा भनिएको छ,‘निर्माण कार्यलाई रोक्न र निर्माण नै हुन नदिने तर्फ पनि कुनै पहल भएको देखिएन ।’
दाहालले वि.म्यानेजमेण्टसँग समितिको निर्णय एवं प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरी सम्झौता गरेको देखिएको उल्लेख छ । पतिवेदनमा क्यान्टिन भाडामा लगाउन निर्धारित दररेट कायम गर्दा तत्कालीन चलन चल्तीको बजार मूल्यलाई समेत आधार मानेको नदेखिदा कायम भएको दररेटलाई स्वाभाविक मान्न नसकिएको उल्लेख छ ।
बोलपत्रदाताहरु आपसमा मिलेमतो गरी न्यूनतम मूल्यांकन रकम भन्दा केही पैसा मात्र बढी कबोल गरी ठेक्का सम्झौता गरेको देखिदा सम्झौता कार्यमा एक आपसमा मिलेमतो भएको हुनसक्ने प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनकहरुमा संयोजक सहसचिव होमप्रसाद लुइटेलसहित सदस्यहरुमा उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र अधिकृत टंकबहादुर नेगी छन् ।
दाहालको भूमिकामाथि विभिन्न बुँदा राखी प्रश्न नै उठाइएको छ । यसले उनी कारबाहीमा पर्ने निश्चितप्रायः भएको छ ।
दाहाल यतिबेला चर्चामा आएका छन् । उनले विगतमा पनि विवादास्पद गतिविधिहरु गरेका थिए । दाहाल यसअघि पुरातत्व विभागका निर्देशक थिए । उनको पालामा सम्पदा जोगाउनु भन्दा उल्टै अतिक्रमणका धेरै घटनाहरु भए ।
बहुचर्चित पुरातात्विक महत्वको ठमेलस्थित पोखरीमा छायाँ सेन्टर बन्दा आँखा चिम्लने उनै भेषनारायण दाहाल थिए । यसो गरेवापत् उनले ठूलै लाभ हासिल गरे । कतिपय नेता तथा व्यवसायीका प्रीय बने । योजनावद्ध तरिकाले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिमा कार्यकारी निर्देशकका रुपमा लगिए । उनको पालामा छायाँ सेन्टर बन्दै गरेपछि पुरातत्व विभागमा समेत जानकारी पुगेको थियो । अदालतमा पुगेको उक्त विषयमा भेषनारायाणले शक्तिकेन्द्रको निर्देशन र आर्थिक लाभमा मौनता साँधेका थिए ।
शक्तिकेन्द्रलाई रिझाउन सिपालु भएकैले उनले लाभको पद पाएका थिए । अहिले भने उनको गलत क्रियाकलाप छताछुल्ल भएको छ । दाहालमाथि अख्तियारको समेत आँखा परेको बुझिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GiTqOe via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको पूर्वसन्ध्यामा दिएको लिखित सन्देशमा देशको अस्तित्व समेत संकटमा परेको उल्लेख गरेका छन् । उनले देश परायाहरुको मैदान बनिसकेको समेत बताएका छन् ।
‘देश परायाहरुको खेल मैदान बनिसकेको खतराकोअनुभूति हरेक नेपालीले गरिराखेका छन्,’ पूर्वराजा शाहले विज्ञप्तिमा भनेका छन् ।
उनले राजनीतिक प्रणालीलाई केवल साधन भन्दै यसैलाई महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएकोमा आलोचना गरेका छन् । घुमाउरो तरिकाले गणतन्त्रले जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बनेको तर्क गरेका छन् ।
पूर्वराजाले परराष्ट्र मामिलामा नीति र व्यवहारको सम्वेदनशीलतालाई उपेक्षा गरिएकाले असन्तुलनको परिणाम भोगिरहेको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3faqrA1 via IFTTT
नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् ।
बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई बट्टारमा जारी नेकपा एमाले नुवाकोटको सातौँ अधिवेशनले अध्यक्षमा सर्वसहमत रुपमा निर्वाचित भएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GfdQr6 via IFTTT
काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम खासै हासिल हुन सकेको छैन ।
सकारले केही दिनअघि मात्रै ‘ओ एन्ड एम’ नै नगरी बिनाऔचित्य प्रशासन र प्राविधिकतर्फ सचिवको एक एक पद सिर्जना गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संख्या सात पुगेको छ । यसअघि प्रशासनतर्फका चार र कानुनतर्फका एक गरी पाच जना सचिव रहेका थिए । अब भने प्रशासनतर्फका एक थप गरी पाँच जना, कानुनतर्फका एक र प्राविधिक (इन्जिनियरिङ) तर्फका एक गरी सात जना सचिव पुगेका हुन् ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरेपछि त्यससँगै खारेजी भएको सचिव पदलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो । सो पद इन्जिनियरिङतर्फको हो । यसैगरी, बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवहरू डम्प गर्ने थलोको रूपमा विकास भएको छ । कसैलाई अन्य मन्त्रालयबाट तान्नु पर्ने भएमा वा कोही कतै विवादमा परेका प्रधानमन्त्री कार्यालयमा तान्ने गरिएको छ । अन्य मन्त्रालयबाट तानेर ल्याइएपछि आएका सचिवहरूले उच्च मनोबलका साथ काम गर्ने वातावरण नै बन्न नसक्दा प्रधानमन्त्री कार्यालयका सचिवहरूले राम्ररी काम नगर्ने गरेको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।
सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयका सचिवहरूको भूमिका सशक्त हुने भए पनि सरकारले उनीहरूलाई उचित वातावरण दिन नसक्दा परिणाम करिब करिब शून्य जस्तै आउने गरेको कार्यालयका अधिकारीहरूको दाबी छ । राजधानी दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HNhZCZ via IFTTT
काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।
जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन हुनुभएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JZ7grk via IFTTT
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा बिक्री प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रतिवेदन बुझाएको छ । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्ष (एसपी) श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताए ।
तीन वर्षको अनुसन्धानपछि सिआइबीले यो प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ । ललिता निवास प्रकरणमा संलग्न साढे ३ सय बढीलाई प्रतिवादी बनाएको छ ।
सिआइबीले २०४९, २०६२, २०६६/६७ र २०६९ मा गरी चरपटक ललिता निवासको जग्गा व्यक्तिको नममा दर्ता गरेको सम्बन्धमा अनुसन्धान गरेको थियो । अनुसन्धानमा १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सिआइबीको छ ।
अख्तियारले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित १६५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यो मुद्दा विशेष अदालतमा विचराधीन छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिको सिफारिसको आधारमा सरकारले अख्तियार र सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।
सिआइबीले पूर्वसचिवहरु दीप बस्नेत, छबिराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका रामकुमार सुवेदी शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3F9C6Kc via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् । यसका लागि देउवा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने तयारीमा रहेकाे गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।
‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनु भएको छ,’ न्युज कारखानासँग उनले भनिन् ।आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको र पार्टीले कारबाही गरेकालाई सांसदको मान्यता दिइरहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।
गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी दिइएको उनले बताइन् ।
‘आज बसेको बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवा ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराउनुभयो’, पौडेलले भनिन्, ‘ओली बालुवाटार आउनु भएन भने म आफैँ बालकोट जान तयार रहेको देउवाले पौडेललाई बताउनु भएको बैठकमा जानकारी दिइयो ।’ उनका अनुसार बुधबार भएको पौडेलसँग भेटमा देउवाले गतिरोध अन्त्यका लागि आफू ओलीलाई बालकोटमै गएर भए पनि भेट्न तयार रहेको बताएका हुन् ।
एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zFsG7V via IFTTT
काठमाडौं । ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन् । बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले आदेश दिएको हो ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो । उनी सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका थिए ।
गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए ।
२२ मङ्सिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी धरौटी बुझाएर छुटेका हुन् ।
अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3F3SV9h via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।
बुधबार शेरख कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।
उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।
‘राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,’ उनले भने ‘गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।’
थापाले ४० प्रतिशत मत ल्याएको शक्तिलाई पार्टीमा बेवास्ता गर्न नहुने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34q3p6e via IFTTT
जिल्लाको ओमसतिया गाउँपालिकाभित्रका सयौ स्थानीयवासी वर्षौंदेखि भूमि उपभोग गरे पनि लालपुर्जाविहीन बनेका छन् । विसं २०२७ मा नापी कार्यालयले घरबासको जग्गा भनेर फिल्डबुकमा लेखेको भेटिए पनि व्यक्तिले लालपुर्जा नपाउँदा सरकारलाई समेत वार्षिकरूपमा लाखौँ भूमिकर घाटा लागेको छ ।
गाउँब्लकका दर्जनौ बस्ती रुपन्देहीभरि भेटिन्छन् तर उनीहरुको लालपुर्जा नबनेको जिल्ला नापी कार्यालय रुपन्देहीले बताएको छ । मानिसले ठूलाठूला व्यावसायिक भवनसमेत बनाएका छन् । आपसी सहमतिमा किनबेचसमेत हुने गरेको छ तर जग्गाको लालपुर्जा नबनेको ओमसतियाका स्थानीयवासी जीतेन्द्र चौधरी बताउनुहुन्छ ।
गाउँब्लक जग्गाको लालपुर्जा पाउनका लागि पटकपटक स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । विसं २०१९ मा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो । त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको नापी कार्यालय रुपन्देहीले बताएको छ । छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपुर्जाविहीन बनेका हुन् ।
जिल्लाको ओमसतिया, सैनामैना, देवदह, बुटवल, सियारी, लुम्बिनीलगायतका क्षेत्रका दर्जनौँ बस्ती अहिले पनि लालपुर्जाविहीन रहेको भूमिहीनका अगुवा प्रतापनारायण चौधरी बताउनुहुन्छ । नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले जिल्लामा गाउँब्लकमा बसोबास गर्नेको जग्गा नाप्ने काम र पुर्जा वितरण कार्य निरन्तर हुने गरेको बताउनुहुन्छ । उहाँले जिल्लामा एक हजार २५० गाउँब्लकमा ५० हजार घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FZP6TT via IFTTT
मकवानपुर । राष्ट्रिय सभा सदस्य चुनावका लागि वाग्मती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे माघ १२ गते हुने चुनावका लागि महिलातर्फ तीन जना र अन्यतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई/दुई जना रहेका छन् । उनीहरूले आज मङ्गलवार हेटौँडा उपमहानगरपालिका ५ मा रहेकाे प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावमा उठ्दैछन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल (काठमाण्डाै) ले उम्मेदवारी दर्ता गराउनुभएकाे छ भने महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । त्यस्तै चुनावका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुली) ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै चुनावका लागि नेमकिपाबाट कृष्णबहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरूको उम्मेदवारी दर्ता गराउनुभएको वाग्मती प्रदेशका राष्ट्रिय सभा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयाे ।
आउँदाे फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि चुनाव हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरूको भोलि बुधवार २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।
पुस २२ र २३ गते उजुरीमाथि जाँच गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ ।
मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभा गृहलाई मतदान स्थल तोकिएको छ । चुनावमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्यसहित प्रदेशबाट तीन सय ४६ मतदाता रहेका छन् । जसमा एक सय नाै जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31rnmZf via IFTTT
रसुवा । सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ ।
पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो ।
सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ । यो सडक खण्डमा पहिरो खसिरहने समस्या रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FVrSOD via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको आवश्यकता अनुसार आफू पुन: पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुन: नेतृत्वमा आएको बताएका हुन् । उनले आज आफूले पाएको अभिभाराले पुन: ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।
माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।
उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।
दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zpi2SQ via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् ।
२९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम भने अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेका छन् । बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएको हो ।
त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sRxJk8 via IFTTT
लमजुङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए ।
नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए ।
उनले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताए । यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धनसँगै हुनेछ । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङ्कित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JxwBYY via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको हो ।
महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका छन् ।
केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Syv5u via IFTTT