काठमाडौं । सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा नेपाल सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधवार गृहमन्त्रालयद्वारा जारी सूचनामा बिहिवार देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sJj0I0 via IFTTT
काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउ अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो । उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/349nWMb via IFTTT
बुटवल। नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे। उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे ।
उनले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाए ।
एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताए ।
राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32pJqUF via IFTTT
काठमाडौँ। नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच मंगलबार एकता भएको छ। राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो।
देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच मिलन भएको हो।
महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pzwa8q via IFTTT
उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछिस्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खाका मुचुका लामाले जानकारी दिनुभयो । “हिउँले लिमी, मुचुको तापक्रम माइनस १५ माथि नाघेको छ ।” उहाँले रासससँग भन्नुभयो, “हिजो बेलुकादेखि निरन्तररुपमा हिउँ परेर चिसो ह्वात्तै बढेको छ । हिउँसँगैको हावाहुरीले घरबाट समेत बाहिर निस्कन पनि सकिएको छैन ।”
गत मङ्सिर महिना सुरु भएदेखि नै तापक्रम माइनसमा गएको सदरमुकाम सिमकोटमा यो हिमपातले चिसो अत्यधिक बढेको छ । जाडोले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी ककार्यालयले जनाएको छ ।
हिमपातले दक्षिण क्षेत्रका किसान खुसी
लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाको दक्षिण क्षेत्रका किसान भने खुसी छन् । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका दक्षिण क्षेत्रका अदानचुली, ताँजकोट, चङ्खेली र सर्केगाढका स्थानीय खुुशी भएका अदानचुली–५ कर्गैका शिक्षक पृथ्वी शाहीले जानकारी दिनुभयो । हिमपातले पाखोमा छरेका गहुँलाई राम्रो हुने उहाँले बताउनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JnSJEY via IFTTT
काठमाडौं – नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी रहने टुंगो लागेको छ ।
केन्द्रीय समिति बैठकले पास गरेको विधान अनुसार पार्टीमा अध्यक्षदेखि कोषाध्यक्षसम्म १५ जना पदाधिकारी रहने छ ।
केन्द्रीय समितिले पास गरेको विधान अनुसार माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ। माओवादी केन्द्रमा अब वरिष्ठ उपाध्यक्ष पनि रहने भएको छ ।
यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई पनि महाधिवेशनमा रुपान्तरण गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ewV2ax via IFTTT
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले राजनीतिक दलका नेताहरूले आ–आफ्नो कमजोरीको समीक्षा गरेर देश र जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी, समाजावादी, परिवर्तनकारी शक्ति मिलेर देश र जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
देशमा भएका परिवर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्तनलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका उनले २१औँ समाजवादलाई प्रस्ट पार्न बहस गरिरहेको बताए ।
भ्रष्टाचार, अनियमितततासहितमा आत्मसमीक्षा गरेर देशको रुपान्तरणा गर्न सम्भव रहेको भन्दै उनले जारी महाधिवेशन यसैमा केन्द्रिूत रहने जानकारी दिए । नेपाली जनताको आवश्यकता, देशको समृद्धिलाई केन्द्रमा राखेर महाधिवेशनमा छलफल हुने उनको भनाइ छ ।
समाजवाद उन्मुख शक्तिसँग सहकार्य गर्न तयार रहेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीसँग एकता पनि सम्भव रहेको बताए। साथै उनले माओवादी केन्द्र चाँडै विशेष महाधिवेशनमा पनि जान सक्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32vv4BX via IFTTT
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन । दल दर्ताका लागि तोकिएको समयावधीको अन्तिम दिन आजसम्म १२ राजनीतिक दलहरुले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको हो । पुस १२ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने प्रयोजनका लागि दल दर्ताको समय आज सकिएको छ ।
‘हिजो शुक्रबार आठ र आज चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिलो हुने जानकारी हिजै गराएका थिए । ’, निर्वाचन आयोग अन्तर्गत राजनीतिक दल शाखाका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।
दल दर्ता गराउने मध्ये माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल परिवार दल गरी नौ वटा दलले सातै प्रदेशको राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराएका छन ।
नेपाल मजदुर किसान पार्टीले भने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मात्रै दल दर्ता गराएको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ र सुदूरपश्चिम प्रदेशका लागि र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ को राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको वाग्लेले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद, स्थानीय निकायका प्रमुख, उपप्रमुख र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन ।
आयोगमा दर्ता भएका एक १०३ दलमध्ये १२ वटा दलले निर्वाचन प्रक्रियाका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।
वाग्लेका अनुसार दर्ता भएका कागजपत्रको छानबिनको कामपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने गरी निर्वाचन चिन्ह वितरण गर्ने निर्णय आयोगले गर्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32yywM2 via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज तथा राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने जनाइएको छ ।
प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।
नेकपा माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ehOJYy via IFTTT
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही माघ १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
नियुक्त हुनुभएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ हुनुहुन्छ ।
गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु रहनुभएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो।
यसैबीच, आयोगले २०७३ माघ २० गतेभन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने उल्लेख गरेको छ ।
त्यस्ता व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्ने सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FlxEc7 via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठुला ठुला विकास निर्माणका कामहरु गरेर एमालेले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गरेका छन् ।
नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको भन्दै एमाले नेतृत्वको सरकारले नेपाललाई समृद्धिको बाटोमा अघि बढाएको दावी गरेका हुन् ।
उनले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राखे ।
ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको पनि बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HjEe3x via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार सभापति शेरबहादुर देउवा पक्षले बर्चश्व कायम राखेको छ । आइतबार साँझ सकिएको मगणनामा शेखर कोइराला पक्षबाट ९ जना विजयी भएका छन् ।
जसमा शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी ,डा राम शरण महत, बल बहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FcHa17 via IFTTT
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५ जना निर्वाचित भएका छन् । आइतबार राति सकिएको मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट २६ जना निर्वाचित भएका छन् ।
३५ मध्ये देउवा पक्षबाट २६ जना निर्वाचित भएका हुन् ।
यी हुन् देउवा पक्षबाट निर्वाचित सदस्य
एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेशजङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की , शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sl4INM via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।
बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।
उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।
आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।
८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस र आर्यको मतगणना आज विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GPXgxV via IFTTT
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
एमाले नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध सिलवाल सर्वोच्च गएका थिए ।
आफ्नो बर्खास्तगीविरुद्ध सर्वोच्च अदालतमा सिलवालले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई बर्खास्त गरेर घिसिङलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले पुरानै अवस्थामा सदस्यसचिवका रूपमा काम गर्न तथा नयाँ नियुक्त सदस्यसचिव घिसिङलाई कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि १३ मंसिरमा घिसिङलाई मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिवमा नियुक्त गरिएको थियो । १४ मंसिरमा घिसिङले पद तथा गोपनियताको सपथ लिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/323WCOk via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत आज विहान सकिएको मतगणनाको परणाम अनुसार देउवा सभापति निर्वाचित भएका हुन ।
मंगलबार भएको मतदानमा चार हजार ६२३ मत खसेको थियो । जसमा शेरबहादुर देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सभापतिमा पराजित डा. शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका छन् । उनी ८७८ मत अन्तरले पराजित भएका हुन् ।
२५ मत बदर भएको मतदान अधिकृत सुनील पाण्डेले जानकारी दिए ।
मतगणना सकिएलगत्तै गृहमन्त्री राष्ट्रिय सभागृह पुगेका छन् । उनले निर्वाचन मतपरिणामबारे जानकारी लिनुका साथै अबका गणना कसरी गर्ने भन्नेबारे निर्वाचन समितिसँग परामर्श गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3scsviV via IFTTT
अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । केन्द्रीय कमिटीले गरेका निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै उनले असन्तुष्टि जनाए ।
साँफेबगर नगरपालिका-१४ पातलकोटस्थित कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रमा नेता रावलले एमालेमा आइतबार भएको जिम्मेवारी, कार्यविभाजन हेर्दा अध्यक्ष ओलीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढवा दिएको बताएका छन् ।
देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित काम भएको भन्दै उनले पार्टी अध्यक्षबाट गुटबन्दी बढवा दिने निर्णय भएको र त्यसलाई तत्काल सच्याइनु पर्नेमा जोड दिए।
नेता रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए ।
देश र पार्टी हीतविरुद्ध हुने निर्णयको आफूले खबरदारी गर्दै आएको बताउँदै उनले यसलाई निर्न्तरता दिने बताए । नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र पूरा हुन नदिने बताए ।
सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट त्यसलाई अनुमोदन गर्ने षड्यन्त्रमा लागेको उनको आरोप थियो । एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भइरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड उनले जोड दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pSpjWO via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् ।
आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए ।
‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छु उनले भने । उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए ।
‘सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छु’ कोइरालाले भने । आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए।
महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IF9RWJ via IFTTT
काठमाडौं । शनिबार पत्रकारहरूसँग कुरा गर्ने क्रममा रामचन्द्र पौडेल सार्वजनिकस्थलमै भक्कानिएर रुनुभयो ।
संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार खोज्न नसकेको र सभापतिमा दुई नेता (प्रकाशमान सिंह र शेखर कोइराला) ले दाबी नछाडेपछि उहाँ भावुक मात्र बन्नुभएन रुन नै थाल्नुभयो ।
यसअघि पनि प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापतिको साझा उम्मेदवार छान्न बसेको बैठकमा कुरा नमिलेपछि उहाँ निक्कै भावुक बन्नुभएको थियो ।
आज आफू कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने दोहोर्याउँदै उहाँ रुन थाल्नुभयो । ठिक यही अवस्था थियो ।
कांग्रेसले जननेता भनेर चिनाउने गणेशमान सिंह र त्यागी नेता भनेर चिनाउने कृष्णप्रसाद भट्टराईकोपनि । उहाँले चाक्सीबारी बैठकमा पनि राजनीतिबाटै संन्यास लिने घोषणा गर्नुभएको थियो ।
शनिबार (आज) नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिने बताउँदै गर्दा पौडेलले दुवै हातले आँखा छोप्नुभयो । हात निकाल्दा बरर आँशु खसे । उहाँको बोली पनि एकाएक मधुरो भयो। आवाज पनि निक्कै भावुक थियो।
आफूले नेताहरूलाई (खासगरी शेखर र प्रकाशमान) सभापतिका लागि साझा उम्मेदवार चयन गर्न आग्रह गरिरहे पनि नभएपछि नेतृत्वको दाबी छाडेको बताउनुभयो ।
एक जना मात्रै नेता सभापतिको दाबेदार हुँदा आफू सहयोग गर्न तयार रहेको भन्दै उहाँले इतरपक्षलाई सभापति जिताउन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।
आफ्नो समूहबाट पदाधिकारी उम्मेदवार बनाउने विषयमा लचक देखिएका पौडेल संस्थापनइतर मिलेर गए देउवालाई हराउन सकिने विश्वासमा हुनुहुन्छ ।
त्यसो त कांग्रेसमा यो किसिमको दृश्य र विषय नौलो होइन। चाहे गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराई। दुवै नेताले पार्टीबाट अपमानजनक व्यवहार सहनुपरेको थियो। गिरिजाप्रसाद गुटबाट पार्टीमा अपमानजनक व्यवहार व्यर्होनुपरेका सिंहले पार्टी नै परित्याग गरेको इतिहास साक्षी छ ।
तर उहाँले केही दिनयता एउटै विषयमा चित्त दुःखाइरहनुभएको छ, शेखर र प्रकाशमान सिंहबीच सहमति नभएको। यही विषय उठाउँदै उहाँले शनिबार गुनासो गर्नुभयो, “शंशाकले मलाई समर्थन गर्न तयार भए पनि शेखर र प्रकारशमानले आफ्नो अड्डी नछोडेपछि उहाँ नै लिकबाट बाहिरिनुभयो ।
२०४८ सालमा बनेको गिरिजाप्रसाद कोइरालाको सरकारले ‘महत्वपूर्ण निर्णय गर्दा आफूलाई नसोधिएको र पद एवं सुविधामा जातीय सन्तुलन नमिलाएको’ भन्दै सिंह कोइरालाप्रति असन्तुष्ट हुनुभयो । सोही वर्ष प्रकाशित मूल्यांकन मासिकको पृष्ठ ७ मा उल्लेख छ।
लेखिएको छ, झापा कलवलगुढीमा भएको नेपाली कांग्रेसको महासम्मेलनमा ठूलो हलचल पैदा भयो। त्यतिखेर पार्टी सभापति कृष्णप्रसाद भट्टराईले तीन महीनाभित्र गणेशमानको चित्त नदुख्ने गरी काम गराउने वाचा गरे पनि उहाँले त्यसो गर्न सक्नुभएन ।
गिरिजाप्रसाद कोइराला सरकारको अधिकांश काम जनघाति रहेको भन्दै सिंहले त्यसको विरोध जनाउन थाल्नुभयो । जनताको नजरमा पार्टी पंगु, भ्रष्टाचारी र जनविरोधी भएको भन्दै उहाँले सिंहले त्यसका विरोधमा देशव्यापी अभियान नै चलाउनुभयो ।
कोइराला सरकार गठन भएको ६ महीनापछि नै सरकारको विरोध जनाएपछि सिंह २०५१ सालपछि पार्टीबाट नै अलग हुने अवस्थामा पुग्नुभयो । त्यसक्रममा उहाँ हरेक जिल्ला पुगेर पार्टीका कार्यक्रतासँग संवाद गर्दैै केही निकास निकाल्न थाल्नुभयो ।
सिंह समर्थित ३६ सांसदको असहयोगका कारण कोइराला सरकार अल्पमतमा पर्दा कोइरालाले सरकारबाट राजीनामा दिँदै देशलाई मध्यावधि निर्वाचन घोषणा गर्नुभयो । प्रधानमन्त्री कोइरालको संसद् विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कोइरालाको संसद् विघटन गर्ने निर्णयलाई सदर गरेको थियो।
सोही वर्षको १२ साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोइरालाको कदमको विरोध गर्नुको सट्टा अनुमोदन गर्यो।
त्यस क्रममा सिंहले भन्नुभएको थियो, ‘अब नेपाली कांग्रेसले राष्ट्रियता र प्रजातन्त्र जोगाउला भन्ने रहेन, यसले माखो पनि मार्दैन’ (मूल्यांकन मासिक, २०५१ अश्विन, पूर्णांक २२)।
सोही वर्षको ३१ भदौमा देशी तथा विदेशी पत्रकारबीच ‘अब उपरान्त नेपाली कांग्रेससँग आफू सम्बद्ध नरहेको,’ सिंहले घोषण गर्नुभयो। गणेशमान सिंहलाई पार्टीबाट निस्काशित गर्न कोइरालाको ठूलो भूमिका थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GvXD0o via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार ५ बजेसम्म तय गरिएको समयसीमाभित्र ६ नेताले सभापति पदमा मनोनयन दर्ता गराउनु भएको हो ।
वर्तमान सभापति शेरबहादुर देउवा सहित, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसभापति विमलेन्द्र निधी र युवा नेता कल्याण गुरुङ र युवराज न्यौपानेले प्यानलविना एकल उम्मेदवारी दर्ता गराउनुभयो ।
सभापतिमा यसअघि देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुनुभयो ।
पौडेलले शनिवार एक वक्तव्य जारी गर्दै आफू प्रतिस्पर्धाबाट अलग भएको बताउनु भएको थियो । सिटौलाले आफ्नो समर्थन देउवालाई रहे पनि आफू सक्रिय राजनीतिबाट अलग रहने स्पष्ट पार्नुभयो ।
देउवाको समूहबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्ण बहादुर खड्कालाई अगाडि सारिएको छ । त्यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनु भएको छ ।
सिंहको समूहबाट उपसभापतिमा कोइराला परिवारकी सुजाता कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने महामन्त्रीमा यसअघि सभापति देउवा निकट रहेका विश्वप्रकाश शर्मा उम्मेदवार बन्नु भएको छ । सिंहले सबै पदमा आफ्नो प्यानल बनाउनु भएको छैन ।
कोइराला परिवारका धेरै नेताहरूले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् । शेखर कोइरालाको समूहबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार बन्नु भएको छ ।
यो समूहको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल हुनुहुन्छ । थापाले यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
उपसभापति निधीले समूह नबनाएको बताइएपनि उपसभापतिमा उम्मेदवारी दिएका दिब्येश्वरी शाह र महामन्त्रीका उम्मेदवार राजाराम कार्कीले निधीको समूहबाट उम्मेदवार बनेको दावी गर्नुभएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DND0ek via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ । महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाका लगायतका विषयमा विचार मन्थन हुनु पर्ने भएपनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको पाइन्छ ।
१३ औं महाधिवेशनमा विजयी सभापति देउवा पुन: अर्को पाँच वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष उनीबाट नेतृत्व फुस्काउने दाउमा रहेको छ । देउवालाई यसअघि दरो साथ दिएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै देउवा केही कमजोर भएको भन्दै उत्साही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन नजिकएसँगै निराश बन्दै गएको छ ।
इतर पक्षमा निराशा छाउनुमा मुख्यत तीनवटा कारण रहेका छन् । पहिलो, संस्थापन पक्षमा देउवाको विकल्पमा अन्य कोही सभापतिको आकांक्षामा नरहँदा उनी बलिया देखिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि विभिन्न तहमा भएका निर्वाचन, जिल्ला र क्षेत्रका सभापतिमा देउवा बलियो देखिएको बेला उनको मत काट्ने खालको उम्मेदवार नहुँदा उनी कमजोर छैनन् । उनलाई पराजित गर्न ‘एक मन एकता’ हुनुपर्ने पौडेल पक्षले बुझेको छ। तर, त्यसो हुन सकिरहेको छैन ।
दोस्रो, इतरपक्षमा चारजना सभापतिका आकांक्षी छन् । गत महाधिवेशनमा देउवासँगै पराजय व्यहोरेका रामचन्द्र पौडेल, कोइराला परिवारको उत्तराधिकारी ठान्ने शेखर र शशांकका साथै बारम्बार त्याग गर्दै आएको बताउने प्रकाशमान सिंह।
चारै जनाले सभापतिको दाबेदारी नछाड्दा साझा उम्मेदवार बनाउने प्रयास कमजोर बन्दै गएको हो कि भन्ने आशंका देखिएको छ ।
प्रकाशमानले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । उनले प्रतिनिधिले नै अब टुंगो लगाउने बिहीबार बताएका छन् । शनिबार आफूले उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ ।
‘कांग्रेसको रक्षा गर्ने नै कोइरालाले हो’ भन्दै आफू पक्षधरले भनेपछि शेखर कोइराला प्रकाशमान उठे पनि आफू पछि नहट्ने बताइरहेका छन् । दुवै जना उम्मेदवारीबाट पछि नहट्ने हो भने इतर पक्षको मत महाधिवेशनमा विभाजन हुने छ । यसले गर्दा विशेषगरि देउवालाई पार्टीको कमाण्डबाट बिदा गर्न चाहिरहेका इतर पक्षका नेता कार्यकर्तामा निराशा छाएको छ । यद्दपी नेताहरु सघन छलफलमा रहेकाले साझा उम्मेदवार चयन हुने सम्भावना भने बाँकी नै रहेको छ ।
इतर पक्षमा साझा उम्मेदवार चयन हुन नसक्दा देउवा भने ढुक्क देखिएका छन् । उनी निकटका नेताहरुले त देउवाले पहिलो चरणमै जीत निकाल्ने भएकाले गत महाधिवेशनमा जस्तो यसपटक दोस्रो चरणमा निर्वाचन गर्नु नपर्ने अवस्था आउने बताइरहेका छन् ।
तेस्रो, नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म संस्थापन/इतर पक्ष कता लाग्ने वा आफैं प्यानल बनाएर महाधिवेशनमा भिड्ने भन्ने खुलाएका छैनन् । सहयोग माग्न भनेर बुधबार उनको निवास पुगेका नेता पौडेललाई उनले सकारात्मक जवाफ दिएनन् । त्यसमा पनि उनी पक्षका अधिकांश नेताले संस्थापन पक्षसँग मिलेर अघि बढ्नु पर्ने सुझाव दिइरहेका छन् ।
महाधिवेशन प्रतिनिधिको संख्याको हिसावले धेरै नभएपनि अन्तिम प्रतिस्पर्धामा उनी निर्णायक बन्न सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ । इतर पक्षमा आफूहरुबीच नै नेतृत्व बाँटफाँटमा समस्या भइरहेको बेला उनी तर्फका नेताको व्यवस्थापन त्यति सहज बन्ने देखिएको छैन । यसअघि पार्टीमा विवाद हुँदा इतरपक्षसँग नजिक रहेन गरेपनि निर्णायक बेलामा सिटौलाले देउवालाई साथ दिँदै आएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DGi9K0 via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार (आज) बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो ।
स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि बढाएको हो ।
प्रवक्ता महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।
यस्तै आज बसेको बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ भने पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको समिति बनाएको प्रवक्ता महराले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IE2I8K via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ । २४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3EGP7eB via IFTTT
काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो।
संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ । आकांक्षी धेरै हुँदा उनीहरुलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन । यसअघि देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।
महाधिवेशन नजिकिएसँगै सभापति देउवाले आफू पक्षधर नेताहरुसँग छलफल गर्न लागेका छन् । सभापतिमा आफूलाई चुनौती दिने कोही नभए पनि आफ्नो समूहको व्यवस्थापनका लागि देउवा लागि परेका हुन् । त्यसका लागि देउवाले बुधबार बिहान आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरुसँग छलफल गर्न लागेका छन् ।
महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् । ‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले भोलि बिहान ९ बजे बैठक बोलाउनु भएको छ’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।
देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए । देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।
पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । यसैबीच, संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन भोलिसम्ममा टुंग्याउने तयारी गरेको छ ।
मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार भोलिसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ । सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरु विषयमा छलफल गर्ने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/307TlNs via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऊँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।
पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’ मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सो’ मा कुनै निर्णय भने भइसकेको छैन ।
‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सो’ मा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।
तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ ।
प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ ।
यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् ।
कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियामा एक मतदातालाई मतदान गर्न कागजी प्रक्रियामा जाँदा औसतमा ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । कांग्रेस महाधिवेशनमा ७७ जिल्ला तथा विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट गरी करिब ४६ सयको संख्यामा महाधिवेशन प्रतिनिधि मतदानको प्रक्रियामा सहभागी हुने अनुमान छ ।
कांग्रेस महाधिवेशन २४ मंसिर १ बजे भृकुटीमण्डपमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।
कांग्रेसले महाधिवेशनको प्रचारप्रसारका लागि सडकका विभिन्न भागमा डिजिटल बोर्ड तथा होडिङबोर्ड राख्ने तयारी गरेको छ भने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गर्ने तयारी गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ov7ihL via IFTTT
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।
यसअघि मंसिर १२ गते भएको प्रारम्भिक सुनुवाइमा एनआरएनएको निर्वाचनमा रोक लगाउने परराष्ट्र मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिँदै छलफलका लागि आइतबार दुवै पक्षलाई बोलाएको थियो।
न्यायाधीश श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको इजलासले परराष्ट्र मन्त्रालयको असोज २२ र मंसिर ३ को निर्णय कार्यन्वयन नगर्न र महाधिवेशन नरोक्न आदेश दिएको उच्च अदालतका प्रवक्ता नगेन्द्रकेसरी पोख्रेलले जानकारी दिए।
एनआरएनएले कात्तिक ६ गतेदेखि ८ गतेसम्म अधिवेशनको मिति तोके पनि संघको विवाद समाधान नगरी निर्वाचन नगर्न परराष्ट्र मन्त्रालयले भनेको थियो। मन्त्रालयले निर्वाचनमा रोक लगाउनु गैर कानुनी भएको भन्दै एनआरएनएका तर्फबाट उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको थियो।
एनआरएनएको तर्फबाट सतिशकृष्ण खरेल, शेरबहादुर केसी, भिमार्जुन आचार्य र विपिन सुवेदीले बहस गरेका थिए। संरक्षक परिषदका अध्यक्ष शेष घलेको तर्फबाट शम्भु थापा, शुसिलकुमार पन्त, सुनिलकुमार पोख्रेलले बहस गरेका थिए।
सरकारको तर्फबाट उच्च अदालतका सरकारी वकिलहरुले बहस गरे।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32VTAvT via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेटेका छन् । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गरेका हुन् । भेटका क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गरेकी थिइन् ।
घलेले आफू अहिले लेखपढमा लागेको बताइन् । ९० वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आएका छन् ।
ओली चितवनमा १० औँ महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उनलाई भेट्ने इच्छा रहेको बताएकी थिइन् । उनको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुगेका हुन् ।
यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आएकी थिइन् । घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।
घलेले ओलीलाई देखाइर वा चिनेर नभई उनको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताइन् । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताइन् ।
‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो’, ओलीसम्गको भेटमा घलेले भनिन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने घलेले बताइन् । ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ’, घलेले भनिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GjcDPn via IFTTT
काठमाडौं । ९ देशबाट आउने नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगाउने भएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावी रहेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको बताइएको छ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IgcC0s via IFTTT
काठमाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।
सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ ।
छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कार्तिक १० गते सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किए पनि कुनै क्षति हुन पाएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dcUQNk via IFTTT