लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको थियो । नयाँ निर्वाचन तालिका अनुसार अब निर्वाचन डिसेम्बर २६ र २७ तारिखमा हुने जनाइएको छ ।
संघको निर्वाचन समितिले मंगलबार बेलुका सूचना प्रकाशित गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर ७ मा मतदाता नामावली उपर दाबी विरोध, डिसेम्बर १० मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।
यस्तै डिसेम्बर ११ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, डिसेम्बर १३ मा उम्मेदवारविरुद्ध दाबी विरोध, डिसेम्बर १४ मा उजुरीउपर निर्णय, डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, डिसेम्बर १७ मा उम्मेदवारको मनोनयनपत्र फिर्ता, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र डिसेम्बर २६ र २७ गते मतदानको कार्यक्रम राखिएको छ । संघको १०औं महाधिवेशनको लागि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3G85xx7 via IFTTT
काठमाडौं । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् ।
दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।
जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागूू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरेको थियो तर सोमबार साँझदेखि लागू हुने गरी सबै प्रयोजनका लागि जापान जाने तयारीमा रहेकालाई रोक लगाइएको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष पाण्डेले बताए । उनका अनुसार जापान सरकारको निर्णय कहिलेसम्मका लागि हो भन्ने केही खुलाइएको छैन । अस्ट्रेलिया सरकारले भने डिसेम्बर १५ सम्मका लागि भनेको छ तर त्यसपछि पनि खुल्छ कि खुल्दैन भन्ने निश्चित नभएको पाण्डेले बताए । उनले भने, “ओमिक्रोन भाइरसको सङ्क्रमण कम भयो भने खुल्छ होला । अन्यथा अनिश्चितकालसम्म पनि जान सक्छ ।”
निर्णय कार्यान्वयन नहुँदै फेरि अर्को निर्णय भए पनि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थी समस्यामा परेको पाण्डेले बताए । जापान सरकारले नोभेम्बर ८ तारिखमै बोर्डर खुला गरेकोले यसअघि तयारी गरेर बसेका भए पनि विद्यार्थी भने जान पाएका थिएनन् । जापान बन्द हुँदा करिब आठ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूले सम्बन्धित कलेजमा भर्नाका लागि अनुमति (कन्फरमेसन अफ इन्रोल्मेन्ट) समेत पाइसकेका छन् । विद्यार्थीहरू हवाईजहाजको टिकटसमेत किनेर जाने तयारीमा थिए ।
अस्ट्रेलियाका लागि भने यसअघि नै प्रवेशाज्ञा (भिसा) लिएर बसेका विद्यार्थी तीन हजार आठ सय रहेको इक्यानले जनाएको छ । उनीहरूले आफू पढ्न जाने कलेजमा शुल्कसमेत बुझाइसकेका छन् । कलेज जान नपाएका विद्यार्थीले डलरमा शुल्क तिरेर नेपालबाटै अनलाइन कक्षा लिइरहेका छन् । डिसेम्बरबाट खुल्ने भएपछि भने उनीहरू खुसी हुँदै सम्पूर्ण तयारी गरिरहेका थिए । डिसेम्बर २ तारिखका दिन सिड्नी उड्ने तयारी गरिरहेकी शिला थपलियाले भनिन, “झन्डै दुई वर्षसम्म कुरेपछि अस्ट्रेलिया जाने सपना पूरा हुन लागेको थियो । बोर्डर नखुल्ने भन्ने अकस्मातको सूचनाले निकै निराश बनाएको छ ।” समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3D9jrNt via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा पुनःअध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उर्जाशील नेतृत्व, गतिशील र वैकल्पिक शक्ति निर्माणका लागि भन्ने नारासहित आयोजना गरिएको उक्त घोषणा सभामा उहाँले पार्टीलाई कहिल्यै विभाजन हुन नदिने संकल्पका साथ उम्मेदवारी दिन लागेको घोषणा गर्नुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, “पार्टीका केही काम बाँकी छाडेर पलायन हुने अनुमति आफूलाई नभएकाले उम्मेदवारी दिन लागेको हुँ, एकता महाधिवेशनलाई नाम मात्रका लागि होइन, मन, बचन र कर्मले पनि एकताबद्ध तुल्याउनुपर्छ, पार्टीमा एकता, सद्भावना र सहमतिको सन्देश दिनपर्छ ।” विसं २०४७ मा गठन भएको राप्रपा र राप्रपा नेपालमा अध्यक्ष थापासँग केन्द्रीय सदस्य र अध्यक्ष तीन–तीन पटक भएको अनुभव छ ।
अध्यक्ष थापाले भन्नुभयो, “नेपालको भूराजनीतिक धरातलका आधारमा राजतन्त्रसहितको प्रजातन्त्र र सनातन हिन्दुअधिराज्यका मुद्दालाई प्रखररुपमा अघि बढाइनेछ, त्यसको आधार तयार भएपछि पार्टीको जिम्मेवारीबाट विश्राम लिनेछु ।”
विसं २०६२÷६३ को जनआन्दोलनपछि भएको संविधानसभामा २५ सदस्य पठाएर संविधान निर्माणमा योगदान पु¥याएको राप्रपाको हाल प्रतिनिधिसभामा राजेन्द्र लिङदेनले प्रतिनिधित्व गर्दै आउनुभएको छ ।
अध्यक्ष थापाले भन्नुभयो “सवैधानिक बाटोबाटै पुरा गर्नु पर्ने केही काम अधुरा छन्, त्यसका लागि सङ्घर्ष गर्नुपर्नेछ, त्यो कामका लागि अध्यक्षमा निरन्तरता दिन चाहेको हुँ, राप्रपाको एकीकृत अध्यक्षकारुपमा पार्टीलाई एक पटक जुरुक्क उठाउन चाहन्छु ।
आगामी चुनावमा मुलुकको तेस्रो ठूलो शक्तिका रुपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्नेछु ।” मुलुकका ७५३ स्थानीय तहमध्ये एक नगरपालिकासहित ४ पालिकामा राप्रपाले नेतृत्व गरिरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31eCCId via IFTTT
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।
जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3G035Ze via IFTTT
सर्लाही । नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् । आइतवार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फाएर गरेकाे श्रोतले जनाएको छ ।
स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसगै रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।
भडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ ।
मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए । त्यसवेला समेत आक्रोसित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए । अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी माधव प्रसाद बुडाथाकीले जानकारी दिए । डिएसपी बुडाथोकीले भने सामान्य वादविवाद मात्र भएको दाबी गरे ।
यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफुखुसी मतदानस्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन् । आफुलाई मतदान स्थलमा प्रवेश समेत नदिएको उनले बताए । आक्रमणबाट आफुसँगै गएका एक जना सहयोगीको हात भाचिएको र पिएसओको टाउकोमा चाेट लागेकाे उनकाे दाबी छ ।
निर्वाचन प्रकृया अगाडि बढउन नपाएको बलरा नगारपालिका-९ को अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए । जिल्लाका एक दर्जन वडामा सर्वसहमतिको अवस्था नभएपछि मतदानको प्रकृया सुरु गरिएको र अन्य स्थानमा शान्तिपूर्ण ढंगले अधिवेशन भइरहेको मतदान अधिकृत राउतले बताए ।
प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराब छ । जिल्ला अधिवेशनका दुबै नेता जिल्ला सभापतिको उमेद्वार छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CZvlcD via IFTTT
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।
मतगणनामा महतले आफुना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् । उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको साथ पाएका थिए ।
सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ पाएका थिए । जिल्लाको २ क्षेत्र र ४ वट्टै प्रदेशसभा कब्जा जमाएको महत–लामा समुहले केसी समुहलाई जिल्लामा निल गराएसँगै वर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको बाग्मति प्रदेश सभापति बन्ने लक्ष्य समेत संकटमा परेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xrBwFi via IFTTT
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गर्ने भएको छ ।
पापडले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । यसबारे जानकारी दिन मंगलबार पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौँ । तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौं ।’
प्रधानन्यायाधीश जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू एकसाथ आन्दोलित हुनुपरेको भन्दै पापडले परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लङ्ग पारेको र देशमा न्याय–शून्यता सिर्जना गरिदिएको आरोप लगाएको छ ।
पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छ ।
विज्ञप्तिः
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरण, न्यायिक क्षमता र नेतृत्वमाथि गम्भीर आक्षेपका साथ न्यायाधीश तथा अधिवक्ताहरू ऐतिहासिकरूपमा एकसाथ आन्दोलित हुनुपरेको परिस्थितिको जटिलतालाई बेवास्ता गरेर गठबन्धन सरकारले जबराको निरन्तरतामा आफ्नो मिलेमतो रहेको छर्लंग्याएको छ तथा देशमा न्याय–शून्यता सिर्जना गरिदिएको छ ।
प्रधानन्यायाधीशका रूपमा जबराको नेतृत्व, न्याय सम्पादन र न्याय प्रशासन सञ्चालनले न्यायपालिकाको प्रतिष्ठा गिराएको महसुस गरी सुधारका लागि सुझाव दिने सहकर्मी न्यायाधीशहरूको बेवास्ता मात्र गरेन, नेपाल बारको शान्तिपूर्ण धर्नालाई दबाउन सर्वोच्च अदालतभित्र समेत हतियारधारी दंगा–प्रहरी परिचालन गर्दै युद्धग्रस्त क्षेत्रजस्तै बनाएको छ ।
राजनीतिक–प्रशासनिक आडमा ठूलो संख्यामा तैनाथ प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरिएको छ, छानी–छानी धारतलाई निशाना साँधिएको छ, बार भवनमा भिजिलान्तेहरू घुसपैठ गराउँदै त्रासको वातावरण बनाइएको छ र जनताको आस्थाको केन्द्र बनिरहनुपर्ने एउटा सर्वोच्च संस्थाको साख सकिने गरी मानमर्दन गरिएको छ ।
यसरी न्यायिक क्षेत्रलाई बिथोल्ने र दमनकारी चरित्र समेत देखाउने न्याय प्रशासनको नेतृत्वको एकपछि अर्को व्यवहारले प्रधानन्यायाधीश जबराको अविवेकी चरित्र मात्रै उजागर गरेको छैन, राजनीतिकप्रशासनिक नेतृत्वको अन्यायी प्रवृत्ति पनि छर्लङ्ग पारेको छ ।
राजनीतिक नेतृत्वले संवैधानिक दायित्व पालना नगर्दा न्याय पाउने जनताको संवैधानिक हक कुण्ठित भएको असाधारण अवस्थाले हामी लोकतन्त्र, कानुनी शासन, नागरिक अधिकार, सामाजिक न्यायसहित नागरिक सर्वोच्चताका हिमायती पेसागत तथा नागरिक शक्तिहरूलाई आक्रोशित तुल्याएको छ ।
आमनागरिकले न्याय पाउन मुद्दा लड्नुपर्छ र मुद्दा लड्नु दशा लाग्नु हो भन्ने आम धारणा व्याप्त रहेको दुखद् परिवेशमा लोकतान्त्रिक संघर्षहरूपछि पनि जस्ताको तस्तै राखिएको राज्यको यो स्वतन्त्र अंगलाई अहिलेको नेतृत्वले झन् न्याय किनबेचको वस्तु बनाउने उद्यमशाला बनाएको, सत्ता र अनेक स्वार्थ शक्तिसँग मोलमोलाइ गरेको जस्ता संगीन आरोप व्याप्त छन् ।
जनआन्दोलन तथा जनसंघर्षहरूको बलमा बनेको वर्तमान संविधानले पनि परिवर्तन गर्न नसकेको न्यायपालिका आफैमा एउटा परम्परागत शक्ति–संरचना हो, जसको पुनःसंरचना र रूपान्तरण अबको अपरिहार्य कार्यसूची भएको अहिलेको संकटले प्रस्ट गरेको छ । जबरा र जबरा प्रवृत्तिबाट मुक्तिका लागि न्यायपालिकामा लागेका अनेक रोगको निवारण झन् झन् जरुरी देखिएको छ ।
न्यायसेवा प्रवेशदेखि नै शंकाको घेरामा रहेका र तल्लो अदालतदेखिकै न्याय सम्पादनमा एकपछि अर्को विचलनको आक्षेप खेप्दै आएका व्यक्ति सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएर फेरि उस्तै शंकास्पद फैसला गर्दै आएको न्याय क्षेत्रमै सर्वत्र आलोचित हुँदाहुँदै पनि प्रधानन्यायाधीश पदमा बसिरहन सक्ने अवस्थाले न्यायपालिका पुनःसंरचनाको मागको पुनःपुष्टि गरेको छ।
यस्तो हुँदा पनि सुनुवाइ प्रक्रियाद्वारा अनुमोदन गर्ने संसदलाई क्रियाशील बनाई महाभियोग लगाउने संवैधानिक दायित्व निर्वाह गर्नेतर्फ राजनीतिक दलहरूको विशेष ध्यानाकर्षण हुन नसक्नुले जबरा र जबरा प्रवृत्तिको मूल स्रोत दलीय नेतृत्व नै देखिएको प्रतीत हुन्छ । तसर्थ, तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ । साथै, हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो ।
यस्ता व्यक्ति जन्माउने प्रक्रिया र संरचना फेर्न हामी सबै सडकमा उभिएका छौँ । न्याय किनबेच निषेध हुने गरी सबै तहका न्यायालयमा न्यायिक स्वच्छता कायम गर्ने, न्यायमा सर्वसाधारण जनताको सहज, सुलभ र सरल पहुँच सुनिश्चित गर्ने तथा
न्यायाधीश नियुक्तिको प्रणाली र मापदण्ड परिमार्जन गर्नेजस्ता सवालमा न्यायपालिका रूपान्तरणका निम्ति सार्वजनिक प्रतिबद्धता जारी गर्न र त्यसअनुसार तयारी थाल्न हामी दलहरूलाई ध्यानाकर्षण गर्दछौँ ।
तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौं ।
यस मार्चमा सहभागी हुन हामी सामाजिक न्यायसहितको जवाफदेही लोकतन्त्र पक्षधर सबै पेसागत संघसंस्था तथा सामाजिक र नागरिक शक्तिलाई आह्वान गर्दछौँ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HQW4M4 via IFTTT
पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष को पहिलो ९ महिनामा घरजग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।
मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महिनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ । अघिल्लो आव २०७६र७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो । यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qX44Fi via IFTTT
हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्।
जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन्। यस्तै, पेसी सूची मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ।
‘आफूमाथि लागेका अभियोगहरू एक कानले सुन्ने र अर्को कानले उडाउने प्रवृत्ति देखियो’, सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी भन्छन्, ‘नेपाल बार एसोसिएसनको सहयोगबिना न्यायालय चल्नै सक्दैन। प्रधानन्यायाधीश स्वयंले निम्त्याएको परिस्थिति हो।
बारले बहिष्कार र सहकर्मी न्यायाधीशले अवज्ञा गरेको अवस्थामा प्रधानन्यायाधीश एक मिनेट पनि पदमा बस्नु हुँदैन।’ जबरालाई बहिर्गमनका लागि पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, नागरिक समाजलगायत चौतर्फी रूपमा दबाब छ।
( यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DHVE8o via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले ११-१३ पुसमा हुने महाधिवेशनमा समूह बनाएर उम्मेद्वारी दर्ता गर्न रोक लगाउने भएको छ । महाधिवेशनमा होमिएको माओवादीले एमालेको सिको गर्दै समूहगत उम्मेद्वारीमा रोक लगाएको हो । एमालेले विधानमै प्यानल बनाएर उम्मेदवारी दिन नपाइने व्यवस्था गरिसकेको छ ।
माअोवादीले महाधिवेशनका लागि गठित निर्वाचन समितिको कार्यालय बुधबार उद्घाटन गर्ने जनाएको छ । सात लाख हाराहारी कार्यकर्ताले जिम्मेवारी पाउने गरी माओवादीले महाधिवेशन प्रक्रिया थालेको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेशमा सात जना, पालिकामा पाँच जना र वडामा तीन जनाको निर्वाचन समिति बनाएको छ । महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय नेतृत्व चयन गर्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30Al35C via IFTTT
ओखलढुंगा । नेपाली कांग्रेसको आगामी नेतृत्व चयनका लागि जिल्लामा दुई समूहबीच प्रतिस्पर्धा छ । ६ मंसिरदेखि सुरु हुने अधिवेशनमा बालकृष्ण दाहाल र तेजन खनाल (तेजेन्द्र) नेतृत्वको समूह चुनावी मैदानमा छ ।
हाल जिल्लाका उपसभापति रहेका खनाल देउवा पक्षीय हुन् भने दाहाल कोइराला-पौडेल पक्षका नेता हुन् । दाहाल तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव र शहीद लीलानाथ दाहालका सुपुत्र हुन् । दुवै समूहबीच कडा प्रतिस्पर्धा छ । एक हजार ४४३ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछन् ।
दुवै समूहमा युवा तथा विद्यार्थीको पदाधिकारीमा उम्मेदवारी छ । विगतमा पुराना पुस्ताका नेताहरू हावी हुने गरेकामा यो अधिवेशनमा युवाहरूको निर्णायक उपस्थित देखिएको छ । प्रतिनिधिदेखि पदाधिकारी तथा जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गर्न होडबाजी नै चलेको छ । मतदाता प्रभावित पार्नदेखि जातिगत र क्षेत्रीय सन्तुलन कायम गर्न पनि दुवै समूहले युवालाई पदाधिकारीमा उम्मेदवार बनाएको छ ।
कोको छन् उम्मेदवार ?
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य तथा प्रवक्ता राजकुमार ढुंगाना कांग्रेसको १४औँ महाधिवेशनमा सचिव पदका उम्मेदवार हुन् । उनी तेह्रौँ महाधिवेशनमा सदस्य निर्वाचित भए । त्यसअघि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा थिए ।
आम निर्वाचनमा पार्टीले बेहोरेको पराजय र गिरेको शाख उठाउन नेतृत्वमा युवाहरूको हस्तक्षेप जरुरी भएको उनको तर्क छ । ‘हामी यही मान्यता स्थापित गर्न नेतृत्वमा युवाहरूको विजयका लागि चुनावी मैदानमा छौँ’, उनले भने । उनी तेजन खनाल समूहबाट सचिवका उम्मेदवार छन् ।
नेविसंघका पूर्वउपाध्यक्ष नविन राई महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् । त्यस्तै, प्रवीन राई तरुण दलका जिल्ला अध्यक्ष हुन् । उनी पनि चुनावी मैदानमा छन् । दुवै दाहाल समूहका उम्मेदवार हुन् ।
तरुण दलका पूर्वउपाध्यक्ष टेकबहादुर खड्का र नेविसंघका नेता उज्जन बुढाथोकीलाई सो समूहले सहसचिवको उम्मेदवार बनाएको छ । युवाहरू नेतृत्वमा नआईकन संगठन गतिशील नहुने विगतका उदाहरणले प्रस्ट भएको सहसचिवका उम्मेदवार टेकबहादुर खड्का बताउँछन् ।
नेविसंघका जिल्ला अध्यक्ष रोशन महतरा प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । त्यस्तै, विद्यार्थी नेता गोविन्द कोइराला, विन्दा बोगटी पनि प्रदेश प्रतिनिधिका उम्मेदवार बनेका छन् ।
संघीय महाधिवेशन प्रतिनिधि उम्मेदवार अर्चना लुइँटेल युवाहरूको नेतृत्वबाटै कांग्रेसमा पुनर्जागरण आउने बताउँछिन् । पुराना पुस्तालाई सम्मान गर्दै युवाहरूले नेतृत्व लिनुपर्ने उनको तर्क छ । सामाजिक क्षेत्रमा क्रियाशील सुनिता अधिकारी र मैया राई महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । युवा पुस्ताका महिलाहरूको राजनीतिमा कमजोर उपस्थितिले महिला आन्दोलन पछि परेको उनीहरूको ठहर छ ।
मानेभञ्ज्याङ गाउँपालिकाका उपप्रमुख सविता राई, वडा अध्यक्षहरू रामकुमार राई, भीम बलाम्पाखी मगर, वडा सदस्य कल्याण राईसहित युवा पुस्ताका नेताहरू पनि चुनावी मैदानमा छन् ।
यी त केही उदाहरण मात्र हुन् । यस पटकको अधिवेशनमा प्रदेश, संघीय महाधिवेशन प्रतिनिधिदेखि जिल्लाका पदाधिकारी र जिल्ला सदस्यमा युवा तथा विद्यार्थीहरूको होडबाजी नै छ । पदाधिकारीबाहेक २७ जिल्ला सदस्य पदका लागि उम्मेदवार घोषणा गरेका अधिकांश युवा, विद्यार्थीहरू नै छन् ।
पत्रकार पनि चुनावमा
कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लामा दुई जना पत्रकार चुनावी मैदानमा छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका उपाध्यक्ष बाला अधिकारी र प्रदेश १ का प्रदेश सभासद् जीवन शर्मा उम्मेदवार बनेका हुन् ।
अधिकारी संघीय महाधिवेशन प्रतिनिधि र शर्मा प्रदेश प्रतिनिधिका उम्मेदवार हुन् । शर्मा प्रेस युनियनका जिल्ला अध्यक्ष र रेडियोकर्मी हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ozy33s via IFTTT
काठमाडौं । जलवायु परिवर्तनको असरसँग अनुकुलन हुनका लागि नेपालले लिएको स्थानीय स्तरको नेतृत्वमा भएका कार्यक्रम विश्वका अरु मुलुकले पनि अनुशरण गर्ने भएका छन् ।
नेपालले सन् २०१० मा राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा) निर्माण गरी जलवायु परिवर्तनका कार्यक्रम स्थानीय स्तरमा बढी भन्दा बढी सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०११ मा स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्यान्वायनमा ल्याएको थियो । लापा कार्यक्रम सञ्चालन गर्ने नेपाल अति कम विकसित मुलुकहरुमा पहिलो मुलुक भएको छ ।
बेलायतको ग्लास्गो शहरमा जम्मा भएका जलवायु परिवर्तनका असरले ज्यादै जोखिममा परिरहेका र विपद् सामना गरिरहेका मुलुकका प्रतिनिधिहरुले नेपालले अवलम्बन गरेको स्थानीय स्तरको नेतृत्वमा अनुकुलन कार्यक्रम व्यवहारिक, पारदर्शी तथा प्रतिफलमूखि भएको भन्दै सह्राना पनि गरेका छन् । नेपालको यो कामको विकसित मुलुकहरुले पनि उच्च मूल्याङ्कन गरेकोसरकारी अधिकारीहरुको दावी रहेको छ ।
वन तथा वातावरण मन्त्रालय तथा बेलायत सरकारद्वारा ग्लास्गोमा सञ्चालन भएको एक कार्यक्रममा नेपालको यो कार्यक्रम जोखिमको प्रत्यक्ष पीडा भोगिरहेको वर्ग, समुदाय तथा क्षेत्रको हितमा भएको टिप्पणी गरियो ।
असर तथा पीडा स्थानीय तहमा हुने भएकाले स्थानीय तहको नेतृत्व, सहभागिता र निगरानीमा कार्यक्रम सञ्चालन गर्नका लागि नेपालले आठ वटा सिद्धान्त अवलम्बन गरेको छ । ती सबै सिद्धान्तलाई विश्व समुदायले जोखिम न्यूनीकरण तथा अनुकुलनका उत्कृष्ट आधार मानेको छ ।
नेपालले स्थानीय नेतृत्व, सहभागितामा सहज पहुँच पु(याउनका लागि स्थानीय ज्ञानको सदुपयोग गर्दै यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले बताए ।
गरीव, विपन्न, महिला, आदीबासी जनजाति लगायतका सीमान्तकृत समुदायको प्रत्यक्ष सहभागितामा प्राकृतिक स्रोतको व्यवस्थापनमा नेपालले असल सिकाई गरेकोले विश्वका अन्य समुदायले पनि यो विधि र प्रयोगलाई अनुशरण गर्न खोजेको सचिव डा. कँडेलले बताए ।
सामुदायिक वन, पानीको स्रोतको संरक्षण लगायतका विपद् व्यवस्थापनका कार्यमा सामुहिकताको भावनाले नेपालमा काम भइरहेको जलवायु परिवर्तन विज्ञ डा।विमलराज रेग्मीले आफ्नो कार्यपत्र प्रस्तुत गरे। उनले भने, जलवायु परिवर्तनको असर र पीडा स्थानीय तहमा छ, त्यसकारण अनुकुलनका कार्यक्रम र बजेट पनि स्थानीय तहमा स्थानीय नेतृत्वमा सञ्चालन गर्ने नेपालको अभ्यास अहिले अरु मुलुकका लागि पनि सफल उदाहरण बन्न सफल भएको छ ।
सीमित स्रोत, आफ्नै परम्परागत प्रविधि र सीमित क्षमताको आधारमा नेपालले स्थानीय तहमा अनुकुलनका कार्यक्रममा सफलता हासिल गरेकोले यसलाई सरकारले आगामी दिनमा अझ बढी सशक्त बनाएर लैजाने योजना बनाएको वन तथा वातारण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेले बताए ।
नेपालले सन् २०२२ देखि २०४५ सम्म कार्वन उत्र्सजनमा शुन्यमा झार्न (नेट जिरो) सक्ने प्रतिवद्धता प्रस्तुत गरेको छ । नेपालको आवश्यकता अनुसारको अन्तराष्ट्रिय समुदायबाट पर्याप्त जलवायु वित्त, नयाँ प्रविधिको सहयोग प्राप्त भएमा तथा क्षमताको विकास गर्न सके नेपालले सबैभन्दा छिटो नेट जिरो मुलुकमा सूचीकृत गर्न सक्ने दावी नेपालले गरेको छ । समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3HmKJDt via IFTTT
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष माधव कुमार नेपालले मुख्यमन्त्री र मन्त्रीहरुलाई इमान्दार पूर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । पार्टीको दास्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।
हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिनेसमेत बताए ।
आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्नसमेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wNmdGK via IFTTT
चितवन । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी गरेर एमालेलाई सरकारबाट हटाएको बताए ।
‘पापको घैँटो फुट्यो भने जस्तो हिजो सेटिङ भएको ठाउँमा आज एकअर्कालाई पोलापोल गर्नुभाछ । अदालतले केही नेताको स्वार्थमा परमादेश जारी गर्दिने । त्यो परमादेश जारी गरिदिए बापत सरकारले उहाँका कसैलाई मन्त्री र कसैलाई पदक उपहार दिने गर्नुभाछ । अपवित्र साँठगाँठ त्यहाँ भएको छ’, उनले भने ।
एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्न लागिएको उनले बताए । महाधिवेशनमा जनताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए ।
‘चितवनबाट मात्रै तपाइहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविक जस्तो लाग्ला । तपाइका पार्टी सदस्यका हिसाबले एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, उनले भने । जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी र चक्रव्यूह निर्माण गरिएको पनि उनले बताए ।
‘संसारमा सत्तापक्षका विरुद्धमा प्रतिपक्षले मोर्चाबन्दी गर्छन्, स्वाभाविक मानिन्छ । तर, हामी कहाँ प्रतिपक्षका विरुद्धमा सत्तापक्षले मोर्चाबन्दी गरिरहेको छ’, उनले भने, ‘सत्ता गठबन्धनले गायत्री मन्त्र जस्तो यो गठबन्धन चुनावसम्मै जान्छ भन्ने गर्नुहुन्छ । एमालेसँग एक्लै लड्ने तागत गठबन्धनका कुनै शक्तिसँग पनि छैन ।’
एमालेविरुद्ध मोर्चाबन्दी गर्नकै लागि संघीयता र संविधान खारेज गर्नेदेखि ११ वटा प्रदेशको माग गर्ने पार्टी एकठाउँमा आएको उनले बताए । ‘यो कुनै सिद्धान्तको गठबन्धन होइन । एमालेप्रतिको विरोध र प्रतिशोध र कुण्ठाले उहाँहरूलाई एक ठाउँमा ल्याएको छ’, उनले भने ।
एमाले भित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएको समेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने उनको भनाइ थियो ।
महानगर कमिटीले लियो शपथ
एमाले भरतपुर महानगर कमिटीको नयाँ पदाधिकारीले बिहीबार शपथ ग्रहण गरेका छन् । लामो रस्साकस्सीपछि सर्वसम्मत रूपमा चयन गरिएको भनिएको कमिटीलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा शपथ खुवाइएको हो ।
महानगर कमिटीमा शंकर थपलियाको अध्यक्षतामा ११४ सदस्सीय कमिटी चयन गरिएको हो । थपलियालाई एमाले जिल्ला नेता केशवप्रसाद रेग्मीले शपथ खुवाएका हुन् । महानगर कमिटी अध्यक्ष थपलियाले सचिव, सहसचिव लगायत सदस्यलाई शपथ खुवाएका हुन् । महानगर कमिटीको सचिवमा टिकाराम सुवेदी र सहसचिवमा निशा अधिकारी चयन भएका छन् ।
उपाध्यक्ष र एक सहसचिव पछि थप गर्ने भनिएको छ । महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते भएको थियो । अध्यक्षलगायतको पदमा धेरैको आंकाक्षा देखिएपछि पदाधिकारी चयनमा पार्टी नेतृत्वलाई सकस भएको थियो । अध्यक्षका प्रत्याशी प्रह्लाद प्रधानको समूहले महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमै ब्यानर प्रदर्शन गरेर विरोध जनाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C8gQTs via IFTTT
मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जुहेवलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरिएको हो ।
उत्तर प्रदेशको बुलन्द शहर घर भएका जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए ।
४२ वर्षका महमद जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3D7upDN via IFTTT
काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।
यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ ।
प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘तपाईं संगठित सदस्यहरूले रु १००/- मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ । सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30c3wjs via IFTTT
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अधिवक्ता बसन्त बस्नेतको नेतृत्वमा डेलिगेसनमा आएको ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘अदालत प्रशासन चलाउने काम मेरो हो । नेपालको संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउँछु । गैरकानुनी काम निस्तेज गर्छु’ जबराको भनाई उद्धृत गर्दै अधिवक्ता बस्नेतले भने ।
अधिवक्ताको समूहले मुख्य तीनवटा माग राखेर प्रधानन्यायाधीशलाई ज्ञापन बुझाएको हो । जसमा बेन्च सूचारु गर्नुपर्ने, बारको वैधानिक माग पूरा गर्ने तथा अवैधानिक कुरालाई अस्वीकार गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी वरिष्ठ अधिवक्ता, १९ जना न्यायाधीशहरु र हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालत भ्रष्टाचार भइरहेको देखाएकाले भ्रष्टाचारको छानविन गरी को को दोषी छन् न्यायाधीश, वकिल, बिलौचिया सबैलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।
‘हामीले यो तत्काल अगाडि बढाउनुस् भन्यौँ’ बस्नेतले भने । उनकाअनुसार अदालत प्रशासनले रिट र मुद्दा दर्ता नगरेकोमा पनि अधिवक्ताहरुले प्रधानन्यायाधीशसँग असन्तुष्टि जनाएका थिए । न्यायाधीशलाई हड्ताल गर्ने अधिकार नभएको तर्फ पनि ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले तपाई गलत हुनुहुन्छ भने नैतिकताका आधारमा राजीनामा दिनुस् । सही हुनुहुन्छ भने कसैको दबाबमा नपर्नुस् । न्याय प्रशासन ऐनअन्तर्गत अदालतलाई अगाडि बढाउनुस् । बन्धक बनाउन मिल्दैन भनेका थिए ।
‘भोलि सेवाग्राही आएर सर्वोच्च गेटमा ढुंगा हान्ने दिन नआओस् । त्यस्तो दिन आउनु राम्रो हुँदैन भनेर साथीहरुले कुरा राख्नुभयो’ अधिवक्ता बस्नेतले भने, ‘प्रधानन्यायाधीशले हाम्रो कुरा गम्भीरतापूर्वक सुन्नुभयो । भोलिबाटै बेन्च सूचारु गर्ने र अन्य माग पनि कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3C0SyuB via IFTTT
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य(सचिव ढकालले पदवहाली गरेका हुन् ।
१६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य-सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।
ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदवहालीपछि सदस्य-सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८/०७९ का महत्त्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्य-सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bS61Km via IFTTT
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकले राजनीतिक संयन्त्र गठन गरेको छ । बालुवाटारमा आज बसेको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको हो ।
सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले कार्यदल गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद्बाट ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने कार्यदलको बैठकमा सहभागी हुने श्रेष्ठको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o7WfK1 via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तय गरेको छ ।
२८ गते आइतबार १ बजे पार्टी कार्यालयमा बैठक बस्ने निर्णय भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने छन् ।
पार्टीको आसन्न महाधिवेशनको विषयमा केन्द्रीत रहेर छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुने तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kfmTQ0 via IFTTT
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको बेलामा १०० जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार देशका विभिन्न स्थानबाट १०० बढी जुवाडेलाई पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका–६ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य गरिरहेको छ ।
यस्तै कपिलबस्तु, बाणगंगा नगरपालिका–२ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कपिलबस्तु बाणगंगा नगरपालिका–१ स्थित किशोर जंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ बर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।
रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ कबडहल बस्ने ६३ वर्षीय गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्द समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका९६ तेलकोट वेसीटोल बस्ने ४० वर्षीय दिपक कुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपक लगायत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
लमजुङ, बेसिशहर नगरपालिका९३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोष समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
गोरखा, गोरखा नगरपालिका–८ चाईनिजधारा बस्ने २९ वर्षीय मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत ९ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद १ लाख १ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ESWoaV via IFTTT
काठमाडौँ । भवानी ईन्टरटेन्मेन्टको आयोजनामा ग्यालेक्सी एक्सिलेन्सी अवार्ड सम्पन्न भएको छ ।
भवानी ईन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा भएको अवार्ड वितरण कार्यक्रममा सामाजिक, शैक्षिक, साङ्गीतिक र कलाकारिताका क्षेत्रमा योगदान दिने व्यक्तिहरूको योगदानको कदर स्वरूप अवार्ड प्रदान गरिएको हो ।
कलाकारिता, सामाजिक, शैक्षिक र साङ्गीतिक क्षेत्रका ३३ विधामा अवार्ड वितरण गरिएको आयोजक सोनितराज ढुङ्गेलले जनाएका छन् ।
र्याडिसन होटेलमा भएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3q31aOO via IFTTT
तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्ितक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ ।पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् ।
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्का्तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।
सामाजिक महत्व
तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
नेपालमा तिहार
तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । नेपाली हिन्दू पात्रो अनुसार कार्त्ितक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ । हिन्दू चान्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।
गाई तिहार अनि लक्ष्मी पूजा
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्नि्हित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस् यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।
दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।
यस दिनसँग जोडिएका रोचक तथ्य
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिनः विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ । तिहारमा पुजिने अर्को जनावर हो— गोरु । गोरुलाई मानिसले खेत जोत्न, गोरु–गाडा चलाउन प्रयोग गर्दै आएको छ । गोरु घोडाभन्दा लामो समय हिँड्न सक्छ । प्रतिकूल मौसममा पनि धेरै सामान बोक्ने भएकाले यसलाई मानिसले प्रयोग गर्दै आएको हो । हाम्रै मुलुकको कुरा गर्ने हो भने तराईका कतिपय दुर्गम ठाउँमा गोरुगाडा प्रयोग गरिन्छ ।
तिहारको चौथो दिन गोबर्धन पर्वतलाई पुजिन्छ ।
भैली अनि देउसी
अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर–घरमा, गल्ली–गल्लीमा देव श्री राम–जसको अर्थ हुन्छः हाम्रा राम देउता हुन् को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू भट्याउनेको पछि पछि देउसिरे भन्ने हुन्छन्।
देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ, जो यस प्रकार छः
बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केहि खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गा्दि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल र्पुयाउने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रूप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ’ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रूप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे ।
र, उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरूप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् ।
गोरु तिहार
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केहि नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्।
भाइ तिहार (भाइ टीका)
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान(सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा(मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्नि्हित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान(सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख(समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्नि्हित छ ।
दिदी बहिनीले आफ्ना दाजु–भाइलाई टीका र माला लगाएपछि…..
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान(सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
सप्तरंगी टिका
हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको,सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।
भारतमा दीपावली
तिहारलाई भारतमा दीपावलीको नामले जानिन्छ, यो पर्वका दिनहरूमा भारतमा विभिन्न स्थानहरूमा मेला लाग्छन्।ृ२े दीपावली एक दिनको पर्व नभएर पर्वहरूको समूह हो । दशैं पछि दीपावलीको तैयारी गरिन्छ। दीपावलीको दुइ दिन पहिला त्रयोदशीका दिन धनतेरस मनाइन्छ। यस दिन बजारहरूमा चारैतिर बाट मानिसको भीड लाग्छ। भाँडा–कुँडाको पसलमा र साज सज्जाको पसलहरूमा अति नैं भीड देखिन्छ। धनतेरसका दिन भाँडाहरू किन्नु अति शुभ मानिन्छ यसकारण प्रत्येक परिवारले अफ्नो आवश्यकता अनुसार केहि न केहि किन्ने गर्छन्। यस दिन तुलसी अथवा घरको ढोकामा एउटा दियो बालिन्छ। भोलिपल्ट नरक चतुर्दशी अथवा सानो दीपावली मनाइन्छ। यस दिन यम पूजा हेतु दीपक जलाइन्छ। त्यसको भोलिपल्ट दीपावली मनाइन्छ। यस दिन घरहरूमा बिहानदेखिनै तरह–तरहका पकवान बनाइन्छ। बजारमा खील–बताशा , मिठाईहरू ,खांड़क खेलाउने सामान, लक्ष्मी–गणेश आदिका मूर्तिहरू बेचिन्छन् । ठाउँ–ठाउँमा आतिशबाजी (पटेका) पसलहरू सजाइन्छ। बिहानदेखि नैं मानिसहरू आफन्त, साथी–भाइ र सम्बन्धीहरूको घर गएर मिठाई र उपाहार बाँड्छन्।
दीपावलीको बेलुका लक्ष्मी र गणेश जीको पूजा गरिन्छ। पूजापछि मानिसहरू आ–आफ्ना घर बाहिर दीपक र मोमबत्तीहरू बाल्छन्। चारैतिर बालिएका दियाहरूको कारण सबैतिरको दृश्य मनमोहक हुन्छ। रंग–बरंगका बिजुलीका बल्बहरूले बजार र गल्लीहरू जगमगाउँछन्। केटा–केटीहरू पनि पटेका, झिरझिरे चलाएको दृश्य हेरेर अति खुशी देखिन्छन्। मध्य रातसम्म कार्तिकको अँधियारो रात पूर्णिमा भन्दा पनि उज्यालो हुन्छ। अर्को दिन मानिसहरू गाई–गोरुलाई सजाउँछन् तथा गोबरको पर्वत बनाएर गोवर्धन पूजा गर्छन्। त्यसको भोलिपल्ट भाइको तिहार मनाइन्छ। दीपावलीको भोलिपल्ट व्यापारीहरू आ–आफ्ना पुराना बहीखाता बद्ली गर्छन्। उनीहरू पसलमा लक्ष्मी पूजन गर्छन्। यस्तो मानिन्छ कि यस्तो गर्दा धनकी देवी लक्ष्मीको उनीहरूमाथि विशेष अनुकंपा हुनेछ। कृषक वर्गको निम्ति यस पर्वको विशेष महत्त्व छ। खरीफÞको फसल पाकेर तैयारी भएको कारण कृषहरूका खेतहरू समृद्ध बन्छन्। कृषक समाज आफ्नो समृद्धिको यो पर्व उल्लासपूर्वक मान्छन्। –विभिन्न अनलाइनहरुको सहयोगमा तयार पारिएको सामग्री
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bGPCIF via IFTTT
आज धनतेरसमा राशी अनुसारको सामान किनेमा अत्ति उत्तम दशैँ पछिको हामी नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर–आँगनमा भित्रिसकेको छ । पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनतेरस पर्ने गर्दछ । यो वर्ष धनतेरस कात्तिक २८ गते आज शुक्रवारको दिनमा परेको छ ।
यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । किनकी सामानहरु किन्न धनतेरसको दिन अति शुभ दिन मानिन्छ । हिन्दुधर्म अनुसार सो दिन यि सामानहरु किनेमा हामीलाई जिन्दगीभरी यि सामानहरुको अभाव नहुने भन्ने धार्मिक मान्यता रहिआएको छ । ज्योतिष शास्त्र अनुसार धनतेरस भएको दिन कुन राशी भएकोले के किन्न हुने र नहुने तथा पूजा गर्ने बिधि तल दिईएको छ ।
१) मेष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ । – मेष राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ । – नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला । – दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् । – सेतो कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् ।
२) वृष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – सुन, चादी, पीतल, हीरा, केशरी, कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो – साझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ । – नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ । – वृष राशि भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ ।
३) मिथुन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुदैन । – मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ । – नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ । – दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ-लाभ हुन्छ । – दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ । – यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख(शान्ति आउँछ ।
४) कर्कट राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम बाट बनेको कुनै पनि सामान किन्न नहुने – माता लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने – नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ । – दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ ।
५) सिंह राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो – शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो – तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो – सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ । – काग तिहार बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ ।
६) कन्या राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ । – कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस् – नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ । – दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ ।
७) तुला राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुने छ । – सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम – तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस । – नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस् – दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुने छ ।
८) बृश्चिक राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो – फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ हुने – बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने – नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ ।
९) धनु राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – धनु राशि भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ । – सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ . – नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् । – दीपावली को दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ ।
१०) मकर राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण र घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ । – मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सर्सिउको तेलमा दियो बल्नु पर्दछ । – नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस् – दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ । – शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस – दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास हुने छ ।
११) कुम्भ राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ । – घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने । – कुंभ राशि हुनेले स्थायी सुख(समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी (गणेश र कुबेर जी को पूजा गर्नुहोस् । – नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस् – दिपावलीको रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ ।
१२) मीन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने ?) – सुनको आभूषण, चादीको भाडा, घर(जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने – मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस् – नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस् – दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस – माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jW9pbR via IFTTT
काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आउनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नो सम्मानजनक बहिर्गमनका लागि तयार भए पनि यसको मोडालिटीमा कुरा नमिल्दा विवाद मिल्न सकेन । अब अझै बन्दी प्रत्यक्षीकरण रिट बाहेक मुद्दा सुनुवाइ प्रभावित हुने भएको छ ।
अघोषित इजलास बहिष्कार गरेर आन्दोलनसँगै प्रधानन्यायाधीश जबरासँग वार्ता गरिरहेका न्यायाधीशहरूले तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान राखे पनि जबरा तत्काल यसका लागि तयार हुनुभएन ।
१९ जना न्यायाधीशका तर्फबाट सपना मल्ल प्रधान, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा जबराबीच सोमबार छलफल भएको छ ।
छलफलमा कुनै सहमति बनेन तर प्रधानन्यायाधीशले आफ्ना इजलासमा मुद्दा नतोक्ने र बन्दी बाहेकका पेसी नतोक्ने सहमति भने भएको छ ।
यो सहमतिपछि न्यायाधीशहरूले इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरे पनि अन्य मुद्दा भने सुनुवाइ नगर्ने अडान कायम रहेको जनाइएको छ ।
वार्तामा जबराले आफूलाई चैत मसान्तसम्म न्यायिक सुधारका लागि काम गर्न दिन भनेपछि अन्य न्यायाधीशले लिखित सम्झौता गर्न भनेका थिए ।
तर जबराले न्यायिक नेतृत्वका हैसियतले आफूले ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) खोजेको भन्दै लिखित सहमति नगर्ने बताउनुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलका अनुसार न्यायाधीशसँगको कुराकानीमा प्रधानन्यायाधीशले बन्दीबाहेकका इजलास नतोक्ने, आफूले मुद्दा सुनुवाइमा भाग नलिने प्रतिबद्धता जनाउनुभएको छ ।
‘दुई कुरामा सम्माननीयज्यू सहमत हुनु राम्रो कुरा भयो, तर हाम्रातर्फबाट निकाससहितको लिखित प्रतिबद्धताको अडान छ, त्यसमा उहाँ अझै सहमत हुनुभएको छैन,’ न्यायाधीश फुयाँलले जनबोलीसँग भन्नुभयो ।
प्रधानन्यायाधीशले निकासका लागि मोडालिटी नै बनाउन प्रस्ताव गर्नुभएका कारण आजको वार्ता निष्कर्षमा पुग्न नसकेको वार्तामा सहभागी अर्का एक न्यायाधीशले बताउनुभयो ।
उहाँका अनुसार जबराले संवैधानिक प्रक्रियाबाट आएको व्यक्तिलाई जबर्जस्ती निकालेको अभियोग लाग्दा न्यायपालिकाको छवि बिग्रने चिन्ता व्यक्त गरेपछि न्यायाधीशहरूबीच तत्कालका लागि बन्दीका मात्र मुद्दा हेर्ने, बन्दीबाहेकका मुद्दाको पेसी सार्वजनिक भए सुनुवाइमा सहभागी नहुने सहमति भएको छ ।
‘प्रधानन्यायाधीशसँग केही विषयमा सहमति जुटे पनि मूल मुद्दामा निर्णय हुन बाँकी भयो, अब उहाँसँग गफ पनि गरिरहने, बन्दीका मुद्दा हेरिरहने कुरा भएको छ, थप कुरा छलफलपछि आउला,’ न्यायाधीश फुयाँलले भन्नुभयो ।
उहाँका अनुसार न्यायाधीशहरूबीच वर्तमान संकटको सहज निकासका लागि न्यायाधीशहरूले लचकतापूर्ण छलफल गरिरहने बताइएको छ ।
तर प्रधानन्यायाधीश भने आफूलाई मुद्दाबाट अलग राखेर प्रशासनिक काममा केन्द्रित गरेर भए पनि राजीनामा नदिई बस्ने अडानमा कायम हुनुहुन्छ ।
‘प्रधानन्यायाधीश जबरा आफ्नो राजीनामाबाहेक न्यायाधीशले उठाएका सबै एजेन्डामा लचक हुनुहुन्छ, मागको सम्बोधनको मोडालिटी पहिला प्रस्ट हुनुपर्छ भन्ने उहाँको स्पष्ट भनाइ छ,’ प्रधानन्यायाधीशको सचिवालयका एक अधिकृतले भन्नुभएको छ ।
उहाँका अनुसार न्यायाधीशको छलफलसँगै विस्तारै इजलासलाई सक्रिय बनाउने विषयमा जबराले बारका प्रतिनिधिसँगसमेत बेग्लै छलफल गर्ने तयारी गरिरहनुभएको छ । जबरा विस्तारै इजलास खुलाएर यो विवादलाई मत्थर गर्दै लैजाने रणनीतिमा हुनुहुन्छ गोप्य श्रोतको दावी थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mxP2TZ via IFTTT
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् ।उनी २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको उनको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pYH9ZY via IFTTT